Pages

Saturday, July 11, 2015

मधेसी जस्तै महिला पनि अदालत जाने हो

जुन बाहुन ले गलत कुरा लेख्यो मस्यौदा मा उसै लाई लॉबिंग गर्न जानु किन? उसले त जे भन्नु भनिसक्यो। उसकोमा अनुनय विनय गर्न जानु गल्ती हो। महिला को अधिकार को रक्षा त्यो बाहुन ले गर्ने भए गरिसक्थ्यो। त्यो बाहुन ले महिला को अधिकार खोस्ने हो पाए सम्म। उसको मा अनुनय विनय गर्नु उसलाई ताकत दिनु जस्तो हो। ताकत दिने होइन खोस्ने हो।

संसदमा बहुमत चाहिन्छ, सयकरौं सांसदको साथ चाहिन्छ। अदालतमा एउटा वकील भए पुग्छ। यदि आफु सही हो भने एक जना वकील भए पुग्यो।

महिला ले पाउनु पर्ने समानता अंतरिम संविधान मा आइसकेको कुरा। त्यो सँग बाझ्ने मस्यौदा ल्याएछन् भने अदालत को ढोका ढकढकयाउने हो। मधेसी जस्तै महिला पनि अदालत जाने हो।

अंतरिम संविधान सँग बाझ्ने गरी नया संविधान ल्याउन पाइँदैन। त्यो कुराको गारंटी सर्वोच्च ले र राष्ट्रपतिले लिन्छ र लिनुपर्छ। कमती दुक्खः गरेर गरेको क्रांति थिएन त्यो।

No comments: