Pages

Saturday, July 11, 2015

एक तिहाई महिला लाई आरक्षित निर्वाचन क्षेत्र

यो आईडिया को बारे गफ भएको हो, केही वर्ष अगाडि, पटक पटक --- तर मस्यौदा मा कतै छैन। एक तिहाई महिला लाई आरक्षित निर्वाचन क्षेत्र।

पार्टी सभापति लाई कम ताकतवर बनाउनु पर्ने ठाउँ मा उल्टो हुँदैछ। समानुपातिक निर्वाचन ले दमजम लाई ताकतवर बनाउने काम कम, पार्टी अध्यक्ष हरुलाई ताकतवर बनाउने काम बढ़ी गरेको छ।

बरु निर्वाचन क्षेत्र नै छुट्याउने। महिला लाई छुट्याइएको निर्वाचन क्षेत्रमा जुन सुकै पार्टी को पनि उम्मेदवार महिला मात्र हुन पाउने। अनि त्यसरी निर्वाचित महिला को आत्म विश्वास अर्कै लेवल को हुन्छ। अहिले त समानुपातिक मा परेर आएका हरु पार्टी अध्यक्ष को इशारा कुर्दै बस्ने चलन छ। त्यो कस्तो सशक्तिकरण?

यसमा पनि ५१-४९ नै गरे कसो होला? ५१% खुला प्रतिस्प्रधा अनि ४९% आरक्षित निर्वाचन क्षेत्र। यो ४९% मध्ये दलित, मधेसी, जनजाति लाई छुट्याउने ---- अनि प्रत्येक को आधा महिला लाई। २०% मधेसी, २०% जनजाति, १०% दलित, अनि त्यस मध्ये प्रत्येक मा आधा महिला।

अनि खुला प्रतिस्प्रधा को कोटा बाट अर्को १०% महिला लाई ---- जुन सुकै पृष्ठभूमि को होस्। त्यसरी महिला लाई एक तिहाई मा पुर्याउने।


No comments: