Friday, March 06, 2015

नेपाली काँग्रेस को महासमिति ठुलो कि सुशील ठुलो

राजतन्त्रमा राजा ठुलो हुन्छ। पंचायत काल मा देखावटी भए पनि थियो त एउटा संसद, राष्ट्रिय पंचायत भन्ने। तर त्यो संसद भन्दा माथि राजा हुने गर्थ्यो।

लोकतन्त्रमा त्यस्तो हुँदैन। नेपाली काँग्रेस सब लाई लोकतंत्र को ट्युशन पढाउन खोज्ने पार्टी। ल त काँग्रेसी हरु लाई एउटा प्रश्न --- नेपाली काँग्रेस महासमिति ठुलो कि पार्टी सभापति, नेपाली काँग्रेस महासमिति ठुलो कि पार्टी महाधिवेशन, पार्टीको केंद्रीय समिति ठुलो कि महासमिति?

सबै भन्दा माथि पार्टीको महाधिवेशन। महाधिवेशन भन्दा मुनि महासमिति। महासमिति मुनि केंद्रीय समिति। पार्टी सभापति ती सबै भन्दा मुनि। लोकतान्त्रिक पार्टी मा।

नेपाली कांग्रेस को महासमिति ले एक मधेस तीन प्रदेश भन्ने निर्णय गरे पछि त्यो निर्णय उल्ट्याउन पाइन्छ। कि त महासमितिको अर्को बैठक डाक्नु पर्यो, कि त महाधिवेशन बोलाउनु पर्यो। त्यस्तो केही भएको छैन। केपी को लहै लहै मा लागेर सुशील ले त्यो एक मधेस बाट झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कंचनपुर झिक दियो। लुजा। कसको के लाग्छ। राजतन्त्र समाप्त भा जस्तो लाग्या थियो, होइन रै छ। नेपाली काँग्रेस पार्टी भित्र राजतन्त्र रै छ। नेपाली काँग्रेस महासमिति भन्दा पार्टी सभापति पो माथि रै छ।

नेपाली काँग्रेस ले पार्टी सभापति भन्दा पार्टी महासमिति माथि भन्ने लोकतान्त्रिक सिद्धांत मानने हो भने देश ऑफ़से ऑफ सहमतिमा जान्छ। केपी बाहुनले सुशील बाहुनलाई नचाई दियो। आफ्नै पार्टी को लोकतंत्र नमान्ने बनाई दियो।


No comments: