Saturday, March 12, 2016

एक शब्दमा मधेस आंदोलन: संघीयता, समावेशीता

लोकतंत्र, गणतंत्र, संघीयता, समावेशीता। यो चार मध्ये देशमा गणतंत्र मात्र स्थापित भएको छ। लोकतंत्र भनेको एक व्यक्ति एक मत, त्यो पनि छैन। संघीयता, समावेशीता त छँदै छैन। भने पछि यो मधेस आंदोलन लाई एक शब्द मा भन्नु पर्दा के भन्ने? त्यो एक शब्द भनेको संघीयता हो, समावेशीता हो। तर लोकतंत्र पनि हो। मधेसी का लागि त यस संविधान मा लोकतंत्र पनि छैन।


मधेस आंदोलन: तर्क को बल कि शक्ति को बल?

बल भनेको हिंसात्मक बल होइन। अहिंसा को बल को कुरा छ। बंद हड़ताल भनेको, धर्ना जुलुस भनेको अहिंसाको बल हो। मधेस आंदोलन: तर्क को बल कि शक्ति को बल? सोध्नु पर्ने भएको छ। किनभने ११ बुँदे बारे मधेसी मोर्चाले तारंतार तर्क हरु अगाडि सार्ने गरेको देखिएन। विपक्षी को तर्क हरु खोज्दै खोज्दै हिड्नु पर्ने बेला हो यो।

संविधान सभाको प्रक्रिया मिचेकोले सभा भित्र हुनुपर्ने तर्क वितर्क बाहिर हुँदैछ। व्हिप जारी नगरी, अझ ६ महिना बुंदा बुंदा मा तर्क वितर्क मतदान हुँदै अगाडि बढ्नु पर्ने संविधान सभा।

आफु एक तिहाई को अल्पमत मा हुँदा नमानेको ११ बुँदे, र सफलतापूर्वक नमानेको। यही शक्ति हो। भने पछि रणनीति के हुने? ११ बुँदे को विषय प्रवेश नै गर्न नचाहनु भनेको के? हामी कुरा सम्म गर्न तैयार छैनौं भनेको न हो। सम्बोधन त टाढा को कुरा हो। भने पछि त्यस राजनीतिक यथार्थ को जवाफ के हुन सक्छ? कस्तो आंदोलन? कस्तो वार्ता? कस्तो लचकता?

वर्षात सम्म आलटाल गर्ने रणनीति मा अर्को पक्ष देखिन्छ।

महंथ जी उमेर ले सीनियर, विद्वान मान्छे हो तर राजनीतिक दाउपेंच मा पछाडि हुनुहुन्छ। ठगिने मान्छे वार्तामा जाँदा। अर्को पक्ष ले वार्ता गरेको हो कि आलटाल? या त बुझ्न नसक्ने या बुझ्न नचाहने।






Thursday, March 10, 2016

Nepal News (9)

मलाई फँसाइयो : सलमान खान
[विचार] सन्धिले चोइटयाएको नेपाल
प्रस्तावित सन्धिमा पश्चिमतर्फ महाकाली नदीदेखि सतलज/काँगडा र पूर्वतर्फ मेचीदेखि टिस्टासम्म अनि चुरे सिवालिक पर्वतदेखि दक्षिणतर्फको मैदानी भाग नेपालले अंग्रेजलाई सदाका लागि छाड्नुपर्ने उल्लेख गरिएको थियो । .... मकवानपुरको सुगौलीमा रहेको अंग्रेजको क्याम्पमा गई नेपालका तर्फबाट सन्धिमा काउन्टर हस्ताक्षर गरी इस्ट इन्डिया कम्पनीका प्रतिनिधि महाराज्यपाल डीडी अक्टरलोनीलाई हस्तान्तरण गरे । ..... यो सन्धिबाट नेपालको एक तिहाइ भू–भाग चोइटिएर फुत्क्यो । परिणामत: नेपाल तराईविहीन भएको थियो । ..... नेपाललाई करकापमा पारेर सन्धि गर्न लगाइएको कुरा स्वयम् अंग्रेजलाई पनि महसुस भएको थियो । त्यसैले बेखुस भारदारहरूलाई निवृत्तिभरणका रूपमा वितरण गर्न प्रतिवर्ष २ लाख रुपियाँ नेपाललाई प्रदान गरिने कुरा सन्धिको धारा–४ मै उल्लेख गरियो । ...... सुगौली सन्धिपछि नेपालमा बेलायती ‘लिगेसन’ स्थापना भयो । परिणामत: अंग्रेज रेजिडेन्ट काठमाडौंमा बस्न पाउने व्यवस्था भयो । यसबाट नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथि अप्रत्यक्ष रूपले आँच आउन सुरु गर्‍यो । ..... ब्रिटिस गोर्खा रेजिमेन्ट स्थापना गरी गोरखा सैनिक भर्ती गर्ने गरियो । यस्ता नेपाली गोरखा सैनिकले बेलायतका लागि जीउज्यान दिनुपर्ने प्रावधान बन्यो । ..... सुगौली सन्धिले चोइटयाएर नेपाललाई तराईविहीन बनाउँदा मर्कामा परेको रहेछ भन्ने अंग्रेजको दिमागमा परिरहेका कारण सन्धि भएको ९ महिनापछि राप्तीदेखि कोसीसम्मको समथर तराई भू–भाग फेरि नेपालमा नै जडान हुन आइपुग्यो । यसका कारण नेपाललाई प्रतिवर्ष दिइने दुई लाख नगद दिन बन्द गरियो । .... यो सन्धिले गर्दा नेपाल राष्ट्र नै अपमानित र अपहेलित भएको कुराले वीर योद्धा अमरसिंह थापाको मनमा चस्का परेकोले गोसाइँकुण्डमा गएर उनले त्यहीं देहत्याग गरेका थिए ।
विकल्पको परिकल्पना
केपी शर्मा ओली नेतृत्वको गठजोड पाकेको आँप हो कि कुहिएको स्याउ ? ..... एउटा बाजी पल्टिँदैमा सिद्धहस्त खेलाडीहरू विचलित हुँदैनन् भन्ने भनाइलाई आत्मसात गर्दै पटक—पटकको पराजयपछि पनि देउवा आत्तिएनन् । उनले दलभित्र निरन्तर एउटा विकल्पको रूपमा आफूलाई प्रदर्शित गर्दै रहे । ....... देउवालाई मधेससँगको आफ्नो सम्बन्धलाई परिभाषित गर्ने अवसर आइपुगेको छ । उनले आँट गर्नसके मधेसका बाँकी रहेका सवालहरूको सहज व्यवस्थापनको चुकुल खोल्न सम्भव हुन्छ । हिजोको दिनमा मधेससँग जोडिएका उनका रचनात्मक अभिव्यक्तिहरूलाई पनि दलीय चुनावको पासोका रूपमा कतिपयले हेर्ने गर्थे । ...... कांग्रेसको सारथीको रूपमा देउवाले मधेसलाई मूलधारको राजनीतिसँग कसरी इन्गेज गर्छन् र मधेसलाई काठमाडौंप्रतिको आकर्षणलाई जीवन्त राख्छन् । त्यसमा नै उनको राजनीतिक भविष्य टिकेको छ । ...... अहिलेसम्मको समग्र भूमिकामा एमाले पंक्ति मधेस सवाल व्यवस्थापन गर्नमा उत्साहित छैनन् ..... महाधिवेशनताका संविधान निर्माणको प्रमुख श्रेय कांग्रेसले लिएको प्रचुर प्रचारबाजी आफैंले गरेको छ .... आन्दोलनको मध्यान्तरमा रहेको मधेसले कांग्रेसका इकाइगत अधिवेशनहरू प्राय:गरी सहज रूपमा सम्पन्न गर्ने छुट दिएको छ ..... मुलुकको आन्तरिक राजनीति असन्तुलित रहेसम्म विदेश नीति सन्तुलित हुनसक्दैन । उनको नेतृत्वको सरकारबारे उनकै दलभित्र असन्तुष्टिका स्वरहरू प्रशस्त उठ्न थालेका छन् । ..... प्रचण्डले पनि कांग्रेसको महाधिवेशनसँगै राष्ट्रिय सहमतिको सरकारको तुरूप फालेका छन् । यस परिप्रेक्ष्यमा मोटो बुझाइ के छ भने कांग्रेस अब सरकार निर्माणको राजनीतिमा केन्द्रित हुनेछ । ..... राष्ट्रिय सहमतिको राजनीति भनेको राष्ट्रिय सहमतिको सरकार होइन । ..... एकजना घरधनीले आफूलाई दूध ख्वाउने इच्छा नहुँदा तातेको दूध बिरालोको सामु राख्यो, अनि बिरालो हत्तनपत्त दूध खान जाँदा मुख पोल्यो । ....हो, त्यसैगरी आन्दोलनरत मधेसी दलले एकपटक प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेसलाई सहयोग गर्न पुगे, तर अहिले उनीहरूको अवस्था मुख पोलेको बिरालोको जस्तै भएको छ ।

Today in mahottari district court Govt. Of nepal have lodged a criminal cases against me of killing of a police sub...

Posted by Devendra Yadav on Thursday, March 10, 2016
Terraforming Mars: Turning the Red Planet Green

Here's how scientists think we could turn Mars into Earth 2.0...

Posted by Futurism on Tuesday, March 8, 2016


देउवाका दायित्व
गिरिजाप्रसाद कोइरालाले पहिलो राष्ट्रिय जनआन्दोलनपछि आफ्नो जीवनको अन्त्यसम्म नै कांग्रेसलाई आफ्नै शैलीमा हाँक्नुभयो । त्यसपछि पार्टी नेतृत्वमा अवतरित भएका सुशील कोइरालाले पनि झन्डै-झन्डै गिरिजाप्रसाद कोइरालाकै शैली पछ्याए । ...... सरकारले राहतमा राजनीति गरेको उजागर हुँदै आएको छ । नाकाबन्दीका नाममा सुरु भएको इन्धन तस्करीले संस्थागत रूप लिएको छ । ....... राज्यका उत्तरदायी पदमा बसेका व्यक्तिहरू नै समानान्तर अर्थव्यवस्था प्रोत्साहित गर्दैछन् । मधेस आन्दोलनका माग र मधेसका समस्यालाई सम्बोधन गर्ने मामिलामा सरकार निरपेक्ष र मौन रहेको छ । नाकाबन्दीको अन्त्यपछि आन्दोलन सकिएको भ्रममा बाँचेको छ, सरकार । ..... भारतसँग सम्बन्धमा सुधार नआएसम्म चीनसँगको सम्बन्धमा स्वाभाविक सहजता आउन नसक्ने कुरा बिर्सिएका छन्, सरकारका नेताले । ..... एक त विकृतिको डुंगुरमा उभिएको सरकार धेरै दिन चल्दैन । अर्को, वर्तमान सरकारका प्रमुख निर्माता एकीकृत माओवादीका अध्यक्ष स्वयंले राष्ट्रिय सहमतिको सरकार बनाउने नाममा त्यस्तो कसरत सुरु गरिसकेका छन् । लोकतन्त्रमा राष्ट्रिय सहमतिको सरकार हुँदैन । ...... देउवा स्वयं नै ठूला दलहरू मिलेर सरकार चलाउने अवधारणाका विरुद्ध छन् । यसको अर्थ हो,

कांग्रेस र एमालेबीच नयाँ गठबन्धनको सम्भावना क्षीण देखिएको छ ।

...... नेपाली मधेसको समस्यालाई भारतसँग जोडेर हेर्ने जुन प्रवृत्ति देखिएको छ, त्यसलाई निरुत्साहित नगरेसम्म मधेसको समस्या टुंगिँदैन । सभापति देउवाले पार्टीको कार्यसूची तयार गर्दा भुइँचालो पीडितलाई राहत र मधेसको समस्यालाई उच्च प्राथमिकतामा राख्नुपर्छ । ..... अघिल्लो नेतृत्वले भूमिकाविहीन बनाएका कांग्रेसीजनलाई यथोचित भूमिका दिनसके
प्रधानमन्त्रीलाई मोर्चाले शुक्रवार ध्यानाकर्षण गराउदै ।
मोर्चाले प्रधानमन्त्रीलाइ गराउन लागेको ध्यानाकर्षण मोर्चाको पुन आन्दोलनमा जाने रणनिती तहत भएको बताए । यस अघि बसेको मोर्चाको बैठकले आफनो सचिवालयलाई अगामी आन्दोलनको रणनिती र प्रधानमन्त्रीलाइृ दिने ज्ञापन पत्र बनाउने जिम्मा दिएका थिए ।
[अन्तर्वार्ता] पार्टीबाहेक मेरो कुनै स्वार्थ छैन : देउवा
देउवाले १८२२ मत प्राप्त गरे भने पौडेलले १२९६ मत ल्याए
कुवेतमा नेपाली चेली बलात्कृत

कड़ा तर छोटो आंदोलन

सम्पुर्ण मधेस सम्पुर्ण देश सम्पुर्ण काल का लागि बंद गर्ने किसिमको कड़ा तर छोटो आंदोलन को परिकल्पना शायद सही हो। पंचायती स्टाइल मा धरपकड़ र झुठा मुद्दा अभियान मा लागेको पहाड़ी सरकार ले आँ गर्यो, अलंकार बुझ्नु पर्छ। सहमति र समाधान र सदाचार को बाटो देख्न चाहेका छैनन्। २१ औं शताब्दीमा अपार्थाइड को प्रयास भैरहेको छ नेपालमा।

चार हप्ता भित्र आंदोलन लाई निष्कर्ष मा लाने किसिमको रोडमैप हुनुपर्छ। त्यो भनेको १००% नाकाबंदी पनि हो। बॉर्डर को दुबै तर्फ बाट। ममताको सहयोगले कोलकाता बाट।

जनजाति जाग्नुपर्छ काठमाण्डु मा। आंदोलन को केंद्रविंदु अब काठमाण्डु हुनुपर्छ। सिंह दरबार र बालुवाटार छोप्नुपर्छ।

चार हप्ता भित्र निष्कर्ष सामुन्ने न आए अंतरिम संविधान अंतरिम सरकार का बारे सोच्नुपर्छ।


Wednesday, March 09, 2016

नेपालले बंगलादेश बाट सिक्नुपर्ने

Bangladesh, India sign $2 billion new line of credit
Bangladesh and India have signed a new $2 billion credit agreement to implement socio-economic development projects in Bangladesh ..... This is the biggest line of credit India has extended to any country so far. ..... The interest rate has been fixed at 1 per cent annually with a 20-year repayment term, including a five-year moratorium...... India first extended a Line of Credit of $1 billion to Bangladesh in 2010...... Of this, $200 million was later converted into grant ..... The Second Line of Credit will fund social and infrastructure development projects in the power, railways, road, transport, information and communication technology, shipping, health and technical education sectors.

महंथ लाई मोर्चा को संयोजक किन नमान्ने?

२०४६। गणेशमान। सन २००६। गिरिजा।

गिरिजा लाई त राजेंद्र ले ख़ुशी ख़ुशी मानेका थिए। त्यस्तो के थियो गिरिजामा?

महंथ को उमेरले भ्याएको छ। बौद्धिकता को कुरा नगरम। गिरिजा लाई अपमान गर्न खोजे जस्तो लाग्न सक्छ।

आखिर महंथ प्रधान मंत्री बन्ने पनि होइन। यसो चार हप्ता का लागि अगाडि सार्ने एउटा अनुहार।

आंदोलनमा स्पष्टता आउँछ। आखिर निर्णय त सामुहिक नै हुने हो।

मधेसी जनतमा अझै डर छ। आंदोलन सफल भए पनि यिनी हरु एक पद एक उम्मेदवार मा जाँदैनन् भन्ने। किन जाँदैनन् त्यसको जवाफ एक जना कोही नेताजी सँग छैन। तर चुनाव को गफ नगरौं। आंदोलन को मात्र गफ गरौं।

मधेसी नेता हरुलाई लाग्छ पहाड़ी पार्टी तीन वटा हुँदा मधेसी मतदाता लाई फरक नपर्ने, हामी चाहिँ एक हुनुपर्ने? किन?

साइज तो देखो।


के यो एक शब्द को आंदोलन हो?

मधेसी मोर्चाको ११ बुँदे बारे त्रिकोणात्मक Televised Debate गरौं तीन चार घंटा, तीन चार राउंड
मधेसी मोर्चा ११ बुँदे माग
मधेसी मोर्चा ११ बुँदे माग का पक्षमा तर्क हरु: Talking Points

बहुदल भनेको एक शब्द। २०४६। गणतंत्र भनेको एक शब्द। स्पष्ट। सन २००६। दुनिया भरि खारियेका शब्द ती। नेपालमा इम्पोर्ट गरिएको।

तर अहिलेको मधेस आंदोलन ले दुनिया लाई नै हाँक्न खोजेको छ। पहिला नेपाल मा स्थापित गर्ने अनि बेलायत फ्रांस तिर एक्सपोर्ट गर्ने। भने पछि यो एक शब्द मा अटिरहेको छैन।

तर एक शब्द को बानी परेको छ। कहिले मधेस, कहिले मधेसी, कहिले अधिकार, कहिले नाकाबंदी, कहिले हड़ताल। त्यो कुनै पनि शब्द ले आंदोलन को स्पिरिट कैप्चर गरेको छैन। त्यो समस्या हो।

यो एक शब्द को आंदोलन हुँदै होइन। यस आंदोलन ले शब्द हरुको बौछार खोजेको छ। ११ बुँदे के हो र किन? भनेको भन्यै गर्नु पर्ने भो। टॉकिंग पॉइंट्स मा जानुपर्ने भो। बिपक्षी को ११ बुँदे विरुद्ध का तर्क हरु खोजी खोजी बटुल्नु पर्ने भो। र नियमित काट्नु पर्ने भो। बेलायत फ्रांस सम्म पुग्दा यो आंदोलन ले पनि शायद आफ्नो एक शब्द पाइसकेको हुन सक्नेछ। तर अहिले त्यो एक शब्द प्रकट भइसकेको छैन।


सेनालाई लोकतंत्र सिकाउनु पर्ने होइन

लोकतान्त्रिक सरकारले विधि पुर्याएर सेना परिचालन गर्छ भने परिचालित हुने होइन भने चुप लागेर बस्ने। देशको राजनीति बारे टिकाटिप्पणी गर्दै नबस्ने जनताको तलब खाएर सेनामा बसेका हरुले। सेना परिचालन गर्छु भनेर धम्की दिने, सीमांकन हेरफेर गर्नु हुँदैन भन्दै मीडिया मा आउने --- त्यो एउटा लोकतान्त्रिक देशको सेनाको काम होइन। Unprofessional व्यवहार भयो यो। अलोकतांत्रिक पनि भयो।

नेपाल भारत जस्तै हो आजको अवस्थामा। जसरी भारत मा सैनिक शासन को कल्पना पनि गर्न सकिँदैन त्यस्तै नेपालमा पनि। त्यस कुराको छिनोफानो २००५-२००६ तिर भैसक्यो।




नेपालको संविधान लाई राम्रो देख्ने छिमेकी हरु

५० वर्ष अगाडि संविधान लेखेका देश हरुले नेपालको संविधान लाई राम्रो देख्नु स्वाभाविक हो। गाउँ बाट काठमाण्डु आउँदा बाटो राम्रो देखिन्छ। अझ गाउँ बाट नजिक बजार पुग्दा बाटो राम्रो छ जस्तो लाग्छ।

राम्रो त छ तर के को तुलनामा?

मधेस आंदोलन ले अमेरिका को इंटरस्टेट हाईवे बनाएर अंतरिम संविधान मा राखिसकेको। त्यो झिकेर काठमांडु को रिंग रोड राख्ने काम गरिएको छ।

नेपालको संविधान राम्रो भन्ने हरुले के सँग तुलना गरेका?

मधेस आंदोलन का ११ माग सम्बोधन गरेर संविधान संसोधन हुन्छ अनि नेपालले एक्सपोर्ट गर्ने संविधान बन्छ। छिमेकी हरुले आफ्नो संविधान मा पनि लेख्नु पर्ने कुरा हरु थपिन लागेको हो।

२१ औं शताब्दी मा चार पाँच वटा क्रांति को बलमा लेखिने संविधान को स्टैण्डर्ड अर्कै हुन्छ। छिमेकी हरुको भन्दा राम्रो संविधान बन्न लागेको हो।


फासिज्म ले देशलाई दुर्घटना तर्फ लान्छ

मधेसीले आफुले आफुलाई कोर्रा हान्ने समय होइन यो

मधेस आंदोलन गंतव्य मा पुगिसकेको छैन। त्यो सही हो। र लोकतंत्र हो, नेतृत्व को समीक्षा त भइरहने कुरा हो।

तर मधेसीले आफुले आफुलाई कोर्रा हान्ने समय होइन यो। मधेस आंदोलन गंतव्य मा नपुगेको कारण साढ़े तीन पहाड़ी दल हो। मधेसी ले निशाना बनाउनुपर्ने त्यो साढ़े तीन पहाड़ी दल को नेतृत्व हो। आफुले आफुलाई कोर्रा हान्ने मधेसी हरुले मानसिक दासता प्रदर्शन गर्ने गरेको ३० वर्ष भैसक्यो। निशाना बनाउ त्यो काँग्रेसी मधेसी हरु लाई जसले नेपाली काँग्रेस लाई मधेस माथि दासता लाद्ने शक्ति दिए।

"Mental slavery is a state of mind where discerning between liberation and enslavement is twisted."





Tuesday, March 08, 2016

Janakpur

Sunday, March 06, 2016

Nepal News (8)

महन्थ ठाकुरदेखि मिनेन्द्र रिजालसम्मलाई दिल्लीको निम्तो
सेनापतिले दिए सेना परिचालनको चेतावनी
देश नै टुक्राउने खालका तथा राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई खतरा पु¥याउने प्रवृत्तिका सुरक्षा चुनौतीहरु श्रृजना भएमा नेपाल सरकारको निर्देशानुसार विधिसम्मत् तरिकाले नेपाली सेना स्वतः परिचालन हुनेछ ।


नेपालको संविधान उत्कृष्ट छ : भारतका प्रधानन्यायाधीश
“भारतमा संविधान जारी भएको ६६ वर्ष भइसक्यो र त्यसमा १०० पटक संशोधन भइसकेको छ” ..... बङ्गलादेशका प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हाले पनि नेपालको संविधानलाई उत्कृष्ट भन्दै त्यसको स्वागत गरे
यस्ता देखिए देउवाका जीत–हारका फ्याक्टर
कार्यकर्ताका काम, साम, दाम, दण्ड, भेद प्रयोग गरी गर्न सक्छन् । सकारात्मक असर पर्ने भएपनि, नकारात्मक असर पर्ने भए पनि तत्काल निर्णय लिने क्षमता राख्छन् । उनलाई नेता बनाउनका लागि आन्तरिक व्यवस्थापन गर्ने समूह दह्रो छ । नेता देउवा सभापति हुने कष्टमा अन्य नेता केन्द्रीय सदस्य बस्न तयार छन् । टिम एकजुट छ । तर, त्यसको ठीकविपरीत पौडेलको समूहमा पदका लागि हानथाप छ । ...... देउवा वैचारिक नेता मानिदैनन् । यसको असर पर्न सक्छ ।
मधेसमा फेरि भूमिगत समूहको चन्दा आतंक