Sunday, March 06, 2016

२ + २ + २ = १

माओवादी, एमाले र बाबुराम एकीकरण गर्नु भनेको २ + २ + २ = १ हुनेछ। बाबुराम को नया शक्ति देश भरि जंगल को आगो जस्तो फैलिएको देखेर ईर्ष्या गरिएको हो। यो एकीकरण को प्रस्ताव त्यही हो। प्रचंड ले बहुदल मानि सकेका छैनन्। एमाले को माफियावाद जगजाहिर छ। भ्यागुतो को खुट्टा तान्ने प्रयास हो एकीकरण को गफ।

कहिले काहिं एकीकरण गरेर पार्टी ठुलो बन्छ, कहिले तोडेर ठुलो बन्छ। इंदिरा गांधी ले पार्टी तोडेर ठुलो बनाएकी। खुद माओ ले पत्ता लगाएको कुरो। पार्टी केंद्रीय समिति बाट आधा मान्छे फाल्दियो कि पार्टी दोब्बर भै जाने।

माओवादी, एमाले र बाबुराम एकीकरण गर्नु भनेको बाबुराम पुरानो बोतल पुरानो रक्सी मा पुग्नु हो। 


सबै मधेसी पार्टी लाई एउटै पार्टी किन नबनाउने?

सबै मधेसी पार्टी लाई एउटै पार्टी किन नबनाउने? यस प्रश्न को जवाफ कोही एक जना मधेसी नेता सँग पनि छैन। सबै मधेसी सबै थारु सबै जनजाति पार्टी हरु लाई एउटै एकीकृत पार्टी बनाउनु पर्छ। होइन भने यी नेता इमान्दार छैन कॉज प्रति भन्ने हुन्छ। जनता सँग बलिदान माग्ने, रगत पसीना माग्ने, आफु जाबो पार्टी एकीकरण गर्न नसक्ने? एजेंडा एउटै छ फोटोकॉपी सेम टु सेम। जनताले नबुझ्नु स्वाभाविक हो यिनी हरु किन एक हुँदैनन् भन्ने कुरा।


चीन सँग माओवादी युद्ध सिक्ने आर्थिक क्रांति नसिकने?

सन १९९० मा प्रति व्यक्ति आय का हिसाबले चीन भन्दा भारत अलिकति अगाडि थियो। अहिले कहाँ चीन कहाँ भारत। के गर्यो त्यस्तो चीनले?

चीन सँग माओवादी युद्ध सिक्ने आर्थिक क्रांति नसिकने?

यो वाद र त्यो वादको कुरै छैन। Whatever works. यदि चीनले पूँजीवाद गरेको हो र अमेरिका पूँजीवादी देश हो भने खोई त अमेरिकाले गरेको चीनले जस्तो? चीन ले के गर्यो के गर्यो। बड़ा mysterious छ। तर एक किसिमले खुला किताब नै हो। Peace and stability मा आउन सक्ने जुन सुकै गरीब देशलाई सिकाउन पनि तैयार मदत गर्न पनि तैयार।

मैले बुझेसम्म बाबुरामले चीनको सिको गर्न खोजेका हुन। तर विकास र आर्थिक क्रांति यस्ता कुरा हुन, नीतिश देखि मोदी जोसुकै सँग सिक्न सकिन्छ। अहिले गृहकार्य फेजमैं छन। यस्तो उस्तो भन्ने आइसकेको छैन। जब आउला तब आउला।

प्रचंड ले माओवादी युद्ध माइंडसेट बाट चीनकै आर्थिक क्रांति माइंडसेट मा फड्को मार्न नचाहेकोले हो बाबुराम ले नया शक्ति शुरू गरेको। मेरो अनुमान। माओवादी युद्ध त उहिलेका कुरा खुइले। माओवादी शांति प्रक्रिया मा आउनुपर्छ भनेर २००५ मा भन्ने मध्ये एक जना म पनि हुँ। बरु त्यस विचारमा आएको अंतिम व्यक्ति गिरिजा कोइराला। माओवादी शांति प्रक्रिया मा आएको विश्व इतिहास मा दर्ज हुने कुरा हो। यो नेपाल लेवल को कुरा भएन। र प्रचंड र बाबुराम दुबै लाई श्रेय जान्छ। जस्ले जे घुर्की लगाए पनि माओवादी शांति प्रक्रिया मा आउनु भनेकै युद्द कालका घटना जति सबै बढ़ी भए Truth And Reconciliation Commission सम्म पुग्ने भनेको हो। अर्थात नया शुरुवात को मौका। तर त्यो नया शरुवात अहिंसा, बहुदल र मानव अधिकार को परिधि भित्र मात्र हुन सक्छ।


मलाई प्रधानमन्त्री, राष्ट्रपति चाहिँदैन : दाहाल
नेपाली कांग्रेसको महाधिवेशन सकिए लगत्तै मधेसी मोर्चा, नेपाली कांग्रेस लगायत सत्तारुढ दलहरु सबै बसेर एउटा समझदारी बन्ने कुरा आफू विश्वस्त रहेको उनले बताए । ..... ‘मेरो त सहज कुरा हुन्छ मधेसी मोर्चाका साथीहरुसँग । अहिले पनि भइरहेको छ,’ उनले भने, ‘कांग्रेस महाधिवेसन सकिने बित्तिकै बैठक हन्छ । अब मधेसका नेताहरुले आन्दोलन गर्नु पर्दैन ।’ ..... दाहालले पत्रकार सम्मेलनमा माओवादी पार्टीबाट फुटेर गएकाहरुसँग मात्र नभई अरु ४/५ वटा पार्टीसँग एकपटक एकता गर्ने विषयमा संवाद भइरहेको पनि बताए । ‘दुई पार्टीको मात्र होईन ४/५ पार्टीको एकताको कुरा चलिराखेको छ,’ उनले भने, ‘देशको आवश्यकता पार्टी एकताको हो भन्ने मलाई महसुस भयो । खासमा राष्ट्रिय एकता नै आवश्यक छ ।’


Saturday, March 05, 2016

प्रचंड को बाबुराम प्रति नितांत घटिया व्यवहार

प्रचंड ले आफ्नो राजनीतिक उचाई घटाउने बाहेक केही गरेका छैनन्। _____ लाई भन्दा देखने लाई लाज भएको छ।

बाबुरामले एउटा पार्टी छोडेर अर्को पार्टी खोल्न पाउँछन्। त्यो लोकतान्त्रिक अधिकार हो। बरु प्रचंड ले कता कता एक पार्टी अधिनायकवाद छोड्न नसकेको देखियो।

प्रचंड अब कहिले पनि देशको प्रधान मंत्री हुने छैनन्। पुर्व प्रधान मंत्री को रुपमा पाउने सम्मान र भत्ता सुरक्षा त आजीवन नै पाउने हुन। भने पछि आफ्नो इमेज ख़राब गर्दै किन हिड्नु परेको?

प्रचंड को बाबुराम प्रति नितांत घटिया व्यवहार देखिएको छ। नितांत घटिया र तल्लो स्तरको।

एक पार्टी अधिनायकवाद मा जनतामा जानु पर्दैन। अनि उठापटक जति सबै केंद्रीय समिति भित्र हुन्छ। त्यों सोंच छोड़न नसके जस्तो देखियो प्रचण्डले। त्यही सोंच ले पहिलो संविधान सभा तुहियो। अब त तुहिन लाई संविधान सभा छैन। अब तुहिने भनेको माओवादी पार्टी मात्र हो।

हिसिला यमी ले बड़ो राम्रो लेख अँग्रेजी मा लेखेकी छिन प्रचंड ले एक नायिका लाई यस हिलोमा ल्याउँदा।

प्रचंड ले गोरखा पुगेर प्रमुख जिल्ला अधिकारी बर्खास्त गरे। चुनावमा धाँधली गर्छु भन्ने उद्घोष हो त्यो। तानाशाही सोंच। गोरखा मा बाबुराम लाई हराउने चुनौती संगठन र सन्देश को आधारमा दिन सक्नुपर्छ दिन सक्नेले। चुनावी धाँधली को लगभग नाङ्गो धम्की ले प्रचंड को विरुद्ध यदि कहिले कुनै धाँधली भयो भने त्यस बारे शिकायत गर्ने नैतिक धरातल हराएको छ।

देशलाई निष्पक्ष चुनाव तर्फ लानुपर्छ सबै पार्टीले मिलेर। त्यो बिना लोकतंत्र संभव छैन।

जनता जागेका छन। देशमा आर्थिक क्रांति को एजेंडा मा अहिलेको अवस्थामा सबैभन्दा राम्रो काम गरेको व्यक्ति बाबुराम। जनताले रिस्पांस गर्छन। प्रचंड को धरातल भांसीदै जान्छ। त्यो अनावश्यक छ।

बहुदल भनेको मानव अधिकार को सम्मान हो। लोकतंत्र भनेको निष्पक्ष निर्वाचन को धरातल मा मात्र संभव छ।

विरोध नै गर्नु छ भने राजनीतिक विरोध गरुन प्रचण्डले। संगठन विस्तार गरुन। नीति गत तर्क वितर्क होस्।

घटिया गाली गलौज ले कसैलाई फाइदा गर्दैन।




मधेस आंदोलन फेज २, वैशाख र मॉनसून

English: India Gate in Delhi, India Deutsch: I...
English: India Gate in Delhi, India Deutsch: India Gate in Delhi, Indien हिन्दी: इण्डिया गेट, दिल्ली, भारत (Photo credit: Wikipedia)
मधेस आंदोलन फेज २ मा छ। सत्ता पक्ष को चाहना हुन सक्छ जसोतसो वैसाख कटाइदिम। अनि देखा जाएगा। वर्षात मा के को आंदोलन?

त्यसो सोँच्नेले भारत बिर्से जस्तो देखिनेछ। दिल्ली पनि प्रक्रिया मा सक्रिय रहेकोले मधेसी मोर्चा ले दिल्ली सँग कोआर्डिनेट गर्दै हिड्नुपर्ने हुन्छ।

मधेसी मोर्चा को लक्ष्य यो संविधान कार्यान्वयन हुनु अगाडि ११ बुँदे को आधारमा संसोधन गराउने हो। भने पछि देशमा कुनै चुनाव नभएसम्म यो संविधान कार्यान्वयन भएको मानिने छैन। भने पछि मोर्चा सँग चुनाव नभए सम्म को समय छ। आफुले मागेको तीन महिना भित्र ११ बुँदे सम्बोधन नगरे सत्ता का ले दिल्ली सँग कुरा गरुन भन्ने जस्तो अवस्था छ।

मोर्चा ले त्यति बेलासम्म हप्तामा ६ दिन आर्थिक क्रियाकलाप १ दिन संगठन विस्तार को नारा दिनुपर्छ। लक्ष्य ५ लाख सदस्य हो। ५ लाख सदस्य काट्छ भने मोर्चाले दिगो विजय प्राप्त गर्छ।

वर्षातमा नहुने भनेको चुनाव हो। आंदोलन जति बेला पनि हुन सक्छ।


देउबा र मधेस

सबैलाई समेटेर पार्टी हाँक्छु: शेरबहादुर देउवा
सत्य के हो भने मधेसमा जुत्ता लगाउन सक्नेहरू छन्, तर पहाडमा खाली खुट्टा हिँड्न बाध्य छन् । मधेसमा विद्यालय, कलेज, उद्योग, कलकारखना र खेतीयोग्य जग्गा पनि छ, तर त्यो पनि पहाडमा छैन । यति हुँदाहुँदै पनि किन मधेसमा विकास हुनसकेको छैन ? किन समस्या देखिएको छ ? हामीले त्यसमा सोच्नुपर्छ । सम्बोधन गर्ने राजनीतिक नेतृत्वले नै हो । पहाडीले ‘डोमिनेट’ गरेको छ भन्ने मनोविज्ञानबाट मुक्त बनाउनु जरुरी छ । नेतृत्व वर्गमा रहनेहरूले यसलाई जोड दिन र समस्या कहाँनेर हो भनेर खोज्नुपर्छ । सधंै रुलिङ क्लासमा पहाडी रहे । त्यही कराण मधेसमा हामी दोस्रो दर्जाका नागरिक भयौं भन्ने जुन खालको मनोविज्ञानले काम गरिरहेको छ, यसलाई हटाउन म सक्छु । सीमांकन लगायतका विषयमा सम्बोधन गरी पहाड र तराई–मधेस बीचको दूरी हटाउन सकिन्छ ।

पहाड़मा गरीबी छ त्यसैले मधेसी लाई अधिकार दिन मिल्दैन। यो सोंच बिभिन्न मानेमा गलत छ। पहिलो कुरा त मधेस कर्णाली भन्दा पछाडि छ प्रति व्यक्ति आय का हिसाबले। दुनिया मा जहाँ पनि समथर ठाउँ मा मान्छे बढ़ी धनी हुन्छ। मधेसको हकमा चरम शोसन गरेको कारणले नै प्रकृति को त्यो नियम विपरीतको यथार्थ छ।

तर त्योभन्दा गहन कुरा हो राजनीतिक अधिकार को कुरा। राजनीतिक अधिकार भनेको एक व्यक्ति एक मत हो। त्यसको प्रति व्यक्ति आय सँग कुनै सम्बन्ध छैन। त्यति जाबो त देउबा जस्तो काँग्रेसी ले बुझ्नुपर्ने।

अर्को ठुलो गलतफहमी छ कि पहाड़मा विकास गर्ने तरिका हो मधेस मा मानिसलाई अधिकार बाट वंचित राख्नु। म त भन्छु त्यो सही हो भने मधेसी सँग रहेको अलि अलि अधिकार पनि फिर्ता लेउ। पहाडको मानिस फलोसफुलोस। तर त्यो सही होइन। सबैले अधिकार पाएर लोकतंत्र फुल स्पीड मा कूदे अर्थतंत्र पनि फुल स्पीड मा कुद्छ अनि पहाड़ मधेस सबैलाई फाइदा हुन्छ। होइन भने मधेसी अधिकार बाट वंचित रहेको सैकड़ों वर्ष बित्यो। खोई त पहाड़ बिकास भएको?





बीपी: मुर्ति, बौद्धिक व्यक्ति, आईडीयोलग, नेता

बीपी कोइराला सबभन्दा पहिला त मुर्ति हो। काँग्रेस जनले पुजा गर्ने। त्यो अधिकार छ। त्यो काँग्रेस को आतंरिक कुरा।

दोस्रो बीपी को बौद्धिकता, जसमा शंका गर्ने ठाउँ छैन। उच्च कोटि को प्रतिभा।

तर आईडीयोलग को रुपमा त बीपीले मधेसीलाई ठग्नु ठगेका हुन। मधेसमा प्रमुख धरातल भएको पार्टीले नै मधेसलाई  सकेसम्म ठग्ने --- त्यो बनाएकै बीपीले हो।

नेता को रुपमा पनि शंका छ। कांतिपुर मा हप्तों अगाडि एउटा लेख आएथ्यो, २०१७ को कु बारे। त्यो लेख मा वर्णन गरिएको घटनाक्रम सत्य हो भने त बीपी अचम्मै को मान्छे रहेछन्। कु भनेको त थाहा नै नपाउने गरी हुने कुरा हो। पहिरो जाने जस्तो। यो त महीनों, हप्तो, कैयन दिन को अग्रिम चेतावनी पाएका रहेछन् बीपीले। अनि के कुरेर बसेको? महेंद्र ले सेना र प्रहरी पनि हात पार्न गार्हो रहेछ। बीपी ले समाउन आएको मान्छे थुरु थुरु कामेको छ। बीपी ले झपारेको भए त्यही साम्ने मुत्ने जस्तो गरेर। यो त कु भन्न मिल्दैन। देशले मजाले ५० वर्ष गुमायो। बीपीले थाहा पाउना साथ दिल्ली हान्निनु पर्ने। नेहरू ले जे गर्नु गर्थे। अव्यवहारिक भन्ने कि ---- मेरो त बीपी को इमेज नै स्खलन भयो। यो बीपी कोइराला त बड़ा अचम्म को मान्छे रहेछ जस्तो लाग्यो। कि त त्यो लेख गलत हो। महेंद्र को मान्छे ले लेखेको हो, ढाटेको हो।


Nepal News (7)

फेरि दिल्ली जाँदै मोर्चा नेता
थिंक ट्यांकको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध सातै मधेस केन्द्रित दलका अध्यक्ष अर्को साता भारतको नयाँदिल्ली जाने भएका छन्। ..... औपचारिक कार्यसूचीमा अन्तक्र्रिया भनिए पनि उक्त भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेट हुने मोर्चा उच्च स्रोतले जानकारी दियो। भारतीय विदेशमन्त्री सुष्मा स्वराज, भाजपा, कंग्रेस आईलगायत नेतासँग भेट गर्ने कार्यक्रम अहिलेसम्म तय भएको र अन्य भेटघाट पनि हुन सक्ने तराई–मधेस लोकतान्त्रिक पार्टीका एक नेताले कान्तिपुरलाई जानकारी दिए। ..... सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले भने भर्खर दिल्ली भ्रमण सकेर आएका प्रधानमन्त्री केपी ओलीलाई कटाक्ष गर्दै आफूहरूको भ्रमण ‘स्टेट भिजिट नभएको’ बताए। ‘हामी त नेपाल–भारत मैत्री समाजको कार्यक्रममा जान लागेका हौं, त्यस्तो कुनै राजकीय भ्रमण होइन,’ महतोले संकेतमा भने, ‘अरू नेता चार दिनमा फर्कनुहोला। मचाहिँ अझै केही दिन बस्छु, गएको बेलामा आँखा देखाउनुपर्ने छ। ..... मोर्चा उच्च स्रोतका अनुसार

कांग्रेस महाधिवेशन सकिएलगत्तै सत्तासमीकरण परिवर्तन गर्ने, त्यसै क्रममा मधेसी मोर्चाका माग पूरा गर्ने उपायहरू के हुन सक्छन् भन्नेबारे भ्रमण केन्द्रित हुन सक्नेछ।

....... भारतले आफूसँग सल्लाह नगरी माघ २२ गते एकतर्फी रूपमा नाकाबन्दी खुलाएको बारेमा मोर्चाले सामूहिक असन्तुष्टि राख्ने रणनीति बनाएको छ। भारतले नाकाबन्दी खोलेको ३ दिनपछि माघ २५ गते मोर्चाले औपचारिक रूपमा नाकाबन्दी खोलेको घोषणा गरेको थियो।
आजको सन्दर्भमा राष्ट्रियता
विश्व राजनीतिक रंगमञ्चमा प्रजातन्त्र एक प्राचीन विचार हो। राष्ट्रियता र समाजवाद भने फ्रान्सेली राज्यक्रान्तिपछि प्रभावशाली भएका आधुनिक अवधारणा हुन्। ..... फ्रान्सेली राज्यक्रान्तिका दौरान र पछि नेपोलियनको युद्धमा कतिपय मुलुकका राजाहरू भागे। तर जनताले विदेशी सेनाको प्रतिरोध गरिरहे। इतिहासकारहरूले फ्रान्सेली युद्धका त्यस्ता उदाहरणहरूबाट राष्ट्रियताको सिद्धान्तको उदय भएको विवरण लेखेका छन्। ...... खासगरी गान्धी र माओत्सेतुङको नेतृत्वमा भारत र चीनमा भएको स्वाधीनता आन्दोलन राष्ट्रियताको इतिहासका स्वर्णिम अध्याय हुन्। .....पछि द्वितीय महायुद्धका क्रममा गान्धी र माओबाट प्रेरणा लिएर एसिया र अफ्रिकाका अनेक देशमा स्वाधीनता आन्दोलन विजय भए। ..... नेपाल कहिल्यै प्रत्यक्ष रूपमा कुनै विदेशी शासकका आधिपत्यमा रहेन। यसलाई सम्झेर नेपालका प्रखर राष्ट्रवादीहरू ठूलो गर्व गर्छन। ..... पृथ्वीनारायण शाहले नेपाललाई ‘असिल हिन्दुस्ताना’ भनेका थिए। राणाहरूले आफू शुद्ध हिन्दु भएको प्रचार गरेर भारतका कट्टर हिन्दुमाझ समर्थन जुटाएका थिए। २००७ साल अघिको राष्ट्रियता यस्तै चिनारीमा सीमित थियो .....

तत्कालीन राणाशासकले राजा त्रिभुवनलाई राष्ट्रद्रोहीको संज्ञा दियो।

..... दिल्ली–सम्झौता धोखा हो भनेर डा. के.आई. सिंहदेखि कम्युनिस्टहरूले पनि भने। राणा शासनका समर्थकलाई दिल्ली–सम्झौता यसै पनि सुपाच्य थिएन। ...... ०७ सालको क्रान्तिपछि नेपालमा आधुनिकीकरणका केही प्रयास थालिए। ....त्रिभुवन राजमार्ग एउटा त्यस्तै प्रयास थियो। ....... त्रिभुवन राजमार्ग निर्माणलाई भारतीय हस्तक्षेपका रूपमा वामपन्थी कविहरूले भत्सर्ना गरेको अझै पढ्न सकिन्छ। संक्षेपमा भन्दा

०७ सालपछिको नेपाली राष्ट्रियता मूलत: भारतविरुद्ध लक्ष्यित रहेको थियो। यो परम्परा आज पनि कायम छ।

...... ०१७ सालपछि भने राजा महेन्द्रले एउटा आक्रामक राष्ट्रियताको प्रचार-प्रसार गरे। ...... भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू राजा महेन्द्रको ०१७ सालको सैनिक ‘कू’को आलोचक थिए। ...... राजा महेन्द्रले राणाशाहीभन्दा पनि एक कदम अगाडि बढेर हिन्दु पहिचानको दुरुपयोग गरे। ...... उनी मधेसप्रति शंकालु थिए। ठिक त्यस्तै जनजातिप्रति पनि उनको दृष्टिकोण बढीमा कृपावादी थियो। उनको राष्ट्रियताको परिभाषा ‘एक राजा एक देश, एक भाषा एक भेष’को नारामा व्यक्त भएको थियो। उनले ०७ सालपछि लगत्तै लागु गरिएको नागरिकताको कानुनलाई अत्यन्त अप्ठेरो बनाए। ...... जनता, जनताको अगाडि उपस्थित समस्या, त्यस समस्यालाई सबैले मिलेर समाधान गर्ने सामूहिक प्रयत्न र त्यस प्रयत्नमा अनुभव भएको एकताको भावना नै राष्ट्रियताका तत्त्व हुन्। राष्ट्रियतालाई यसरी विचार गर्दा त्यसमा भूगोलको भूमिका गौण भएर जान्छ।’ ..... राष्ट्रको मर्म बुझ्दा इटलीका मेजिनी वा जर्मनीका हडरको उद्धरण सामान्य अर्थमा अनुपयोगी हुन्छन्। ठिक त्यस्तै गान्धी, माओ वा होचिमिनको राष्ट्रवाद पनि नेपालका हकमा यथावत् पैँचो लिन सकिँदैन। .... अंग्रेजसँगको लडाइँका दरमियान नेपालको आजको भू–राजनीतिको निर्धारण भयो। .....

सुगौलीको सन्धिका दिनदेखि नै नेपाली राज्यमा लामो समयदेखि एक जाति विशेषको बर्चस्व रहेको छ। .. सरकार, निजामती सेवा, प्रहरी, सेना, शैक्षणिक संस्था सबैमा उसैको बाहुल्य छ। त्यो देखेर हाराहारी नै जनसंख्या भएका मधेसी र जनजाति आफ्ना असन्तोष व्यक्त गर्दैछन्। दलितको छट्पटी आफ्नो ठाउँमा छ। शासक समूह भने संविधान र प्रजातन्त्रलाई देखाएर त्यस्तो असन्तोष र छट्पटीलाई सम्बोधन गर्न चाहन्छ। यो सम्भव देखिँदैन।

....... सम्झौता गर्न ढिलो भयो भने श्रीलंका वा युगोस्लाभियाको अवस्था नेपालमा पनि सिर्जना हुनसक्छ। हिजोका राजनीतिक मान्यता र आग्रहका आधारमा आजको समस्या हल हुँदैन। ‘जीवन हरियो हुन्छ, नित्य पालुवा फेर्छ, सिद्धान्त खोक्रो हुन्छ, थोत्रो हुन्छ’ भनेर लेनिन भनिरहन्थे। यो उनको मौलिक कथन पनि होइन। जीवनको अकाट्य सत्य हो। ....... पाकिस्तान, हिन्दुस्तान, नेपाल वा बंगलादेशमा प्रत्येक मुलुकमा कवि छन्, चित्रकार छन् र क्रिकेट वा फुटबलजस्ता खेलका प्रेमी पनि छन्। .....

एउटा राष्ट्रका वासिन्दा एकातिर दिपावली गर्दै थिए। अर्कोतिर अन्धकार थियो। राजधानीमा जलसा थियो, मधेसमा गोली चलेको थियो। तत्कालीन नेतृत्वले संवेदनहीनताको लज्जाजनक प्रदर्शन गरेको थियो।

..... अहिले प्रधानमन्त्री केपी शर्मा ओली लगायत आग्रहीहरू प्रदेशको सीमांकनको निम्ति खुल्ला रहेको कुरा अगाडि ल्याइरहेका छन्। यस परिस्थितिमा मधेसवादी दल र शक्तिहरूले पनि आवश्यक भए एक कदम पछाडि हट्नुपर्छ। सम्झौताको मर्म हो यो।
कांग्रेसमा वंश, वृद्ध र बजारको धुन
तिनका ओठमा प्रजातन्त्र छ, लोकतन्त्र छ। तर रुढ संस्कार र दम्भी व्यवहारमा छ, राजसी वंशतन्त्र। समय कहाँबाट कहाँ पुगिसक्यो, तैपनि कांग्रेसमा वंशको विरासतको महिमा अपरम्पार छ। ........ कांग्रेसमा उमेरको परिभाषा अजीव छ। कांग्रेसमा कोही कहिल्यै बूढो हुँदैन। ...... भनेको मान। उच्चपदको आस नगर। सन्तोषी बन। लेखेको पाइन्छ, देखेको पाइँदैन। धैर्य गर, प्रतीक्षा गर। बालकृष्ण समका शब्दमा ‘बेला वसन्तको पर्ख जिन्दगीको हठी बनी, सहु-सहु-सहु बाबु सहनै नसके पनि। ....... आरोपको निर्वाह चलाउन हिजो दरबारको एजेन्ट भनिन्थ्यो। अब दरबार छैन। मौसमी राष्ट्रवादको याम छ। त्यसैले आरोपको गर्जो टार्न अहिले दिल्लीको दलाल चल्तीमा छ। जो आफ्नो सिंहासन ताकेर माथि उक्लिन खोज्छ, त्यो दिल्लीको दलाल हो। .... आरोप लगाउने ब्रह्मज्ञानीहरू तिनै हुन्, जसले पटक–पटकको दिल्लीधामको तीर्थाटनबाट अगाध पुण्य आर्जन गरिसकेका छन्। ..... वृद्ध कांग्रेसीहरूका कर्ममा यी संज्ञाहरूको विकल्पमा बासी वंशतन्त्र, मौसमी उग्र राष्ट्रवाद र नरभक्षी बजारबाद क्रियाशील छन्। ..... आखिर देश र जनताले के पाए? देश र जनताले गरिबी र बेरोजगारी पाए। देश र जनताले परनिर्भरता र परवशता पाए। ..... यो निर्णायक घडीमा बहुसंख्यामा रहेका मताधिकारी कांग्रेसी युवाहरू के सोच्दा हुन्?
मनोरञ्जक महाधिवेशन

यस्तो प्रतीत हुन्छ, नेपालको एक पुरानो पार्टी नेपाली कांग्रेसको मूल विचारधारा अरु केही नभएर परिवारवाद हो।

...... बीपीपुत्र शशांकको वंशवाद र पौडेलको मौखिक समाजवादमा त्यति अन्तर नहुन पनि सक्छ। ...... तर राष्ट्रको सिमाना नाघेर देउवा अन्तर्राष्ट्रिय स्तरका समाजवादी नेताको रूपमा स्थापित भइसकेका छन्। यसको सुदृढ प्रमाणका लागि सोसलिष्ट इन्टरनेसनललाई प्रस्तुत गर्न सकिन्छ। यो अन्तर्राष्ट्रिय समाजवादीहरूका सुप्रसिद्ध संगठनमा शेरबहादुर देउवा उपाध्यक्षका रूपमा लामो समयदेखि कार्यरत छन्। अब उनको अन्तर्राष्ट्रिय समाजवादी छविको योभन्दा ठूलो सबुत अरु के हुनसक्छ? ..... तेह्रौं महाधिवेशनमा आएर ससुरा अर्जुननरसिंह केसी र उनका छोरी-ज्वाइँ गगन थापाले कांग्रेसी परिवारवादमा रोचक आयाम थपे
नेपाली कांग्रेस : अवसर गुमाउने संकेत
तेह्रौं महाधिवेशन संघारमा आइपुग्दा पनि नेपाली कांग्रेसले आफ्नो आदर्श, सिद्धान्त, कार्यक्रम, कार्यनीति र संगठनात्मक रणनीतिका विषयमा बहस र चर्चा गरेको छैन। संघीय लोकतान्त्रिक गणतन्त्रमा पुगेको राजनीतिक परिवेश र समाजलाई लोकतान्त्रिक शक्तिले कसरी र कुन विचारका आधारमा नेतृत्व गर्ने भन्ने सबैको जिज्ञासाको कुनै समाधान दिनसक्ने लक्षण पनि कांग्रेसले देखाएको छैन। परम्परागत ढर्रामै तेह्रौं महाधिवेशन भइरहेको देखिन्छ। ...... कृष्णप्रसादका प्रधानमन्त्री र पार्टी सभापति भएका तीनैजना पुत्रहरू मातृका, बीपी र गिरिजाप्रसादको राजनीतिक उत्तराधिकारित्वका अन्तिम अवशेष सुशील कोइरालाको अवशान भएपछि त्यस वंशको राजनीतिक विरासतमा विराम लागेको छ। ...... कृष्णप्रसाद कोइरालाको पारिवारिक विरासतको अन्त्य भएको छ .... शेरबहादुर देउवा, रामचन्द्र पौडेल वा कृष्ण सिटौलादेखि अर्जुननरसिंह केसी, रामशरण महत हुँदै गगन थापा ..... ०४८ मा पिता गिरिजाप्रसाद प्रधानमन्त्री भएपछि प्रथम महिलाका रूपमा स्थान लिने लोभले सुजातामा आरम्भ राजनीति गिरिजाप्रसादको नाम नजोड्ने हो भने करिब शून्यमा पुग्छ। डा. शशांक त राजनीतिमा लागेको दस वर्ष पनि भएको छैन ..... सुजाताले पदाधिकारी दाबी गरिरहँदा मीना खड्का वा उमा रेग्मीहरू जस्ताको संघर्षमय गाथालाई भुसुक्क बिर्सेजस्तो लाग्छ। ..... ०६३ पछि उदाएका गगन थापाले पनि महामन्त्री दाबी गरिरहेका छन्।


दुई सय वर्षअघिको त्यो सन्धि: जसले नक्सा परिवर्तन गर्‍यो
सन् १८१६ को फेब्रुअरी २७ । जनरल अक्टरलोनीको नेतृत्वमा अंग्रेज फौज मकवानपुरगढी पुगिसकेको थियो । ..... नेपालका आठ सय फौजको ज्यान गएको थियो । फेब्रुअरी २९ कर्णेल कोलीको नेतृत्वको अंग्रेज फौजसँग हरिहरिपुरगढमा अर्को युद्ध भयो । ..... राजधानी काठमाडौंमा हल्ला फैलियो, अक्टरलोनीको फौज काठमाडौंतर्फ बढ्दै छ । ..... भनिन्छ, त्यसैको डरले देशका बहुमूल्य सम्पत्ति अन्यत्र सार्ने काम पनि भएको थियो । सन् १८१४–१६ को नेपाल–अंग्रेज युद्ध खासमा समाप्त भइसकेको थियो । फेब्रुअरीको अन्तिम साताका यी सबै सैनिक गतिविधि त्यस युद्धको अन्तिम केही क्षण मात्र थिए । युद्ध त मेतिर नै समाप्त भइसकेको थियो । ..... त्यति बेला नेपाल अंग्रेजविरुद्धको युद्धमा जताततै पराजित भइरहेको थियो । नेपाल नाजुक मोडमा पुगिसकेको थियो, जहाँबाट नेपाल अगाडि बढ्न सक्ने कुनै स्थिति नै तयार भएको थिएन । आत्मसमर्पणको दबाबमा रहेका अमरसिंह थापाले मे १५ मा जनरल अक्टरलोनीसँग सन्धिमा हस्ताक्षर गर्न बाध्य भए । यस सन्धिपछि नै अंग्रेजसँगको युद्ध समाप्त भएको थियो । .....

यसै परिस्थितिमा सुगौली सन्धि भएको थियो, जसलाई इतिहासको भाषामा एउटा विजयी सेनाले पराजित देशमाथि गर्न बाध्य पारिएको सन्धि भनिन्छ । सुगौली सन्धि नेपालका लागि धेरै अर्थमा अपमानजनक थियो ।

...... यो सन्धिका केही धाराले नेपालको स्वतन्त्र अस्तित्व अस्वीकार गरेको थियो ...... सुगौली सन्धि तय भयो, तर त्यसलाई नेपालले अनुमोदन गर्न लामै समय आनाकानी गरेको थियो । त्यसको पहिलो कारण थियो, नेपाल अंग्रेजसँग फेरि युद्ध गर्न चाहन्थ्यो । ...... नेपालको दाउ थियो, वर्षाको समय लाग्नुपर्छ, अंग्रेजसँग फेरि युद्ध सुरु गर्ने ..... नेपाललाई त्यति बेला सबैभन्दा बढी निराश चीनले गरेको थियो । नेपालले यसअगाडि तिब्बतसँग पनि युद्ध गरेको थियो र त्यस युद्धपछि भएको सन्धि अनुसार तेस्रो पक्षसँग युद्ध भएमा चीनले नेपाललाई सहयोग गर्नुपर्ने थियो । .... तर, चीन पनि त्यस युद्धमा होमिन चाहेन । ........ सन्धि अनुमोदन गर्न अगाडि नेपालका यी सबै घटनाक्रमलाई इस्ट इन्डिया कम्पनीले नजिकबाट हेरिरहेको थियो नै । त्यसैले नै अंग्रेज सेना राजधानी काठमाडौंको यति नजिक आइपुगेको थियो, चेतावनीको ठूलो सन्देश लिएर ..... नेपाल सरकारको लालमोहरसहित स्वीकृत भएको सुगौली सन्धि लिएर चन्द्रशेखर उपाध्याय अक्टरलोनीको छाउनीमा पुगे । .....

नेपाली इतिहासकै सबैभन्दा ठूलो ‘टर्निङ प्वाइन्ट’

...... नेपालले कुमाउँ, गढवाल, नैनीताल, दार्जिलिङजस्ता स्थान गुमाएको थियो । यी स्थानमा इस्ट इन्डिया कम्पनीले सुरुदेखि नै आँँखा लगाएको थियो । ..... युद्धकै क्रममा अंग्रेजले राम्रोसँग बुझेका थिए, नेपाली वास्तवमै बहादुर हुन्छन् । यिनीहरू भारतका अरू राज्यका सेनाजस्तो कमजोर र सधैंका लागि चुप लाग्ने खालका छैनन् । ...... त्यसैमा टिकेर अंग्रेजले पछि नेपालबाट धेरै फाइदा लिन खोजेको थियो र त्यो कालान्तरमा पूरा पनि भयो । ...... सन् १९२३ मा चन्द्रशमशेरको पालामा अंग्रेजले औपचारिक रूपमा नेपालको सार्वभौमिकता स्विकार्दा ...... अंग्रेजविरुद्धको युद्धताका नेपालका सर्वेसर्वा थिए, भीमसेन थापा । अंग्रेजसँग युद्ध गर्ने निर्णय उनकै थियो । त्यसैले इतिहासकार बाबुराम आचार्यले भीमसेन थापाबारे लेख्दा प्रश्न उठाएका छन्, ‘लडाइँको मैदानमा कहिल्यै पनि पाइला नटेकेका यिनलाई लडाइँका मोर्चाका विभीषिकाबारे के पो थाहा ?’ आचार्य युद्धको सबै दोष भीमसेन थापालाई दिन चाहन्छन् र यसको कारण उनको घमण्ड मान्छन् । ...... नेपाली सेनामा प्राविधिक ज्ञानको कमी थियो । .... दुई पक्षको सेनामा शक्तिको ठूलो असमानता थियो । नेपाली सेनामा सञ्चार र सम्पर्कको अभाव थियो । र, केही हदसम्म नेपालीमा एकताको कमी पनि थियो, किनभने ठूलो संख्यामा भारदार भीमसेन थापाको विरोधमा थिए । ..... अंग्रेजको मनसाय नै युद्ध थियो । त्यसैले युद्ध रोकिन सकिने स्थिति थिएन । ..... नेपालको विस्तार सधैंका लागि रोकियो .... नेपालको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप यही समयबाट सुरु भयो । .... सन्धिअनुसार अंग्रेज रेजिमेन्टले काठमाडौंमा प्रवेश पाएको थियो । अंग्रेजी हस्तक्षेप भीमसेन थापाकै पालामा कतिसम्म बढ्यो भने यो नै अन्तत: उनको पतनको कारण बन्यो । ...... सन्धि अगाडिसम्म नेपाली सेना मात्र होइन, भारदारको मनस्थिति नै लडाकु थियो । युद्ध के रोकियो, विशेषत: भारदारहरू फुर्सदिला हुन थाले । यही फुर्सदले नेपाली राजनीतिमा सधैंका लागि षड्यन्त्रलाई प्रवेश गरायो । ...... यसको पहिलो सिकार त भीमसेन थापा नै थिए । उनको अन्त्यसँगै यो षड्यन्त्र रोकिएन । नेपाली दरबारमा हत्याको क्रम सुरु भयो र यसैको परिणाम मानिन्छ, कोतपर्व र भण्डारखाल पर्व । ...... लामो समयको विवादपछि रणोद्दीप सिंहको पालामा नेपालीलाई ब्रिटिस सेनामा भर्नाको पूर्ण स्वतन्त्रता दिइयो । ...... सन् १९४७ मा अंग्रेजबाट स्वतन्त्र भएपछि बनेको स्वतन्त्र भारतसँग नेपालको अहिलेसम्मको राजनीतिक सम्बन्धको जगमा पनि यही सन्धि बस्यो ।

Friday, March 04, 2016

Nepal News (6)

नितिश कुमारले मधेशी नेताहरु संग भने - काग्रेस,एमालेका मधेशी सभासदले किन संविद्यानमा हस्ताक्षर गरे ?
भारतको विहार प्रान्तका मुख्यमन्त्री नितिश कुमारले नयां संविद्यान प्रति जारी मधेश आन्दोलन प्रति गम्भिर चासो व्यक्त गर्दै त्यसको वारेमा मधेशी मोर्चाका नेताहरु संग विहिवार भेटवार्ता गरेका छन । ...... नितिश कुमार संगको भेटमा मोर्चाको तर्फ वाट फोरम नेपालका वरिष्ठ नेता अशोक राई, तमलोपा उपाध्यक्ष बृषेशचन्द्र लाल, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सहित अन्य अध्यक्षहरु सहभागी थिए । ..... तराई मधेशको सिमावर्ती क्षेत्र समेत पर्ने विहारको मुख्य मन्त्रीले नेपालको मधेशी समुदायहरु संग भएको विभेद वारेमा आफहरुले जानकार भएको भन्दै आन्दोलनमा सवै मधेशी पक्षहरुलाइ एकतावद्ध भएर अघि किन वढन नसकेको भन्दै जिज्ञासा राखेको नेताहरुले बताएका छन । ..... नयां संविद्यान जारी हुनु भन्दा पुर्व नै तराइ मधेशका जिल्लाहरुमा त्यत्रो आन्दोलन उठन गयो, तर पनि प्रमुख पार्टीहरुका त्यस क्षेत्र सांसदहरुले किन त्यसमा हस्ताक्षर गरेको भन्दै नितिश कुमारले मोर्चाका नेताहरु संग जिज्ञासा राखेको बुझिइएको छ । भेटमा सहभागी तमलोपा उपाध्यक्ष वृषेश चन्द्र लालका अनुसार विहारका मुख्यमन्त्री नितिश कुमारले नेपालको नयां संविद्यानमा नागरिकता सम्बन्धी कस्तो प्रावधान गरिएको छ भन्ने जिज्ञासा समेत राखेका थिए । त्यसको संगै संघियताको सिमाकंनमा आन्दोलनरत मोर्चाले राख्दै आएको धारणा समेत नितिशकुमारले बुझेका थिए । ...... मुख्यमन्त्री नितिशकुमारले जारी मधेश आन्दोलनलाई चाडो व्यवस्थापन गरेर नेपाल विकासको वाटो अवलम्बन गर्नु पर्ने आफनो धारणा समेत राखेका थिए । उनले भनेका थिए, विभेद रहे सम्म राजनितीक स्थिरता हुन सक्दैन, त्यसैले मधेशीहरुको मागलाई नयां संविद्यानमा सम्बोधन हुनु पर्ने धारण भारतीय पक्षको रहेको समेत बताएका थिए । ...... वर्तमान भारतीय सरकार नेपाल विकासको वाटोमा अघि वढनु पर्ने पक्षमा भए पनि त्यसका लागी राजनितीक स्थिरता हुनु अनिवार्य रहेको बताउदै उनले नेपालमा मधेशीहरुले महसुस गरिरहेको विभेदको अवस्था सक्दो चाडो अन्तय हुनु पर्नेमा जोड दिएका थिए । साथै उनले पछिल्लो समयमा नेपाल भित्र पहाडी र मधेशी समुदायको विचमा वढेको दुरीले नेपालको आन्तरिक र खुल्ला सिमाका कारण भारतलाई समेत दिर्घकाल सम्म यसले सुरक्षा चुनौती वढाएको टिप्पणी गरेका थिए । ...... हिजो काठमाडौ आए संगै विहारका मुख्यमन्त्रीले प्रमुख दलहरुका नेताहरु संग भेटेर समेत जारी मधेश आन्दोलन प्रति गहिरो चासोहरु राखेको समाचारहरहरु आएका थिए । नयां संविद्यानको संघियताको सिमाकंन सहित अन्य कयौन प्रावधान प्रति असन्तुष्टि राख्दै सुरु भएको मधेश आन्दोलन प्रति भारतले गहिरो चासो व्यक्त गर्दै आएका छन ।
नेपाली काग्रेस भित्रको ‘मधेश हुरी’
गएको वुधवार नेपाली काग्रेस आफनो महाधिवेशनको अन्तिम तयारी भएको काठमाडौमा घोषणा गरीरहदा महोतरीको सदरमुकाम जलेश्वरमा स्थानिय काग्रेसी नेताहरु सदभावनाका सहअध्यक्ष लक्ष्मण लाल कर्णको हाथ वाट टिका थाप्दै सदभावनामा प्रवेश गर्दै थिए । त्यसैगरी विहिवार काठमाडौको टुडिखेलमा काग्रेसले महाधिवेशन उदघाटना चलीरहदा पर्साको विरगंजमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको हाथवाट टिका थाप्दै विरगंजका स्थानिय प्रभावशाली काग्रेसीहरु फोरम पार्टीमा प्रवेश गर्दै थिए । ..... आन्दोलनको क्रममा प्रमुख पार्टी स्थानिय नेताहरु धमाधम पार्टी परित्याग गरेर मधेश केन्द्रित पार्टीहरुमा प्रवेश समेत गर्न थाले । जुन क्रम अझै जारी देखिन्छ ।

महाधिवेशनको पुव सन्धयामा काग्रृसका एक जना प्रभावशाली मधेशी सांसद तथा नेता सुरेन्द्र चौधरीले पनि पार्टी र संसद दुवै वाट परित्याग गरेका छन ।

....... सवै अध्यक्षका प्रत्यासीले आफुले जितेमा सवै भन्द्या पहिलो प्राथमिकता मधेश समस्या सामाधान गर्न समेत बताउने गरेका छन ..... अव केन्द्रिय राजनितीको मुल मुद्धा नै केहि बर्ष मधेश रहने भएकाले ......

एक दुइ जना मधेशीलाइ केन्द्रमा राख्दैमा त्यसले मधेशमा गुमेको साख पुर्न फर्कन्छ भन्ने आकंलन गर्नु हुन्न ।

....... ०६४ मा काग्रेसले ठुलै मुल्य चुकाउनु परेका थियो । र हाल ०७२ मा पुन उदेलित भएको मधेशको प्रभाव कुन स्तरमा पर्छ भन्नका लागी अर्को निर्वाचन सम्म कुर्नै पर्ने हुन्छ । ......

००७ सालमा नेपाल प्रजातन्त्र आए सगै तत्कालिन काग्रेसका नेताहरुले तराई लाई प्रान्तीय अधिकारल दिनु पर्ने माग सहित विरोध गरे । तत्कालिन पाटीृले नसुने पछि तराई काग्रेस नामक छुटै पार्टीको गठन भयो ।

कांग्रेस महाधिवेशनपछि राष्ट्रिय सरकारः प्रधानमन्त्री ओली
नयाँ शक्तिमा ज्ञानेन्द्र शाह ! को–को परे थपिएका ५६ जनामा ?
अब गौहर खान पनि हलिउडमा

Nepal News (5)

किरात राईहरु राजधानीमा जुट्दै
तथ्यांकले मुलुकमा १२५ जातजाति र १२३ भाषा रहेको देखाएको छ । त्यसमध्ये किरात राई समाजमा २५ भन्दा बढी भाषा बोलिन्छन् ।
नितिशले भने 'नेपाली नेताहरूको मिलनले लाेभ्यायो'
नाकाबन्दी लगाउनु गलत: भारतीय कम्युनिष्ट नेता
पञ्चायती व्यवस्था अन्त्य गर्न भारतमा बसेर आन्दोलन गरिरहेका सुशील कोइराला र चक्र बाँस्तोला सहितका नेतासँग बिहारको भागलपुर जेलमा भेट भएको भएको स्मरण गरे । '०३३ सालमा बीपी कोइराला नेपाल फर्किदा हामी (सुशील, चक्र र म) सँगै रहेर बिदाइ गरेको सम्झना ताजै छ । हामीले त्यतिबेला उहाँ नेपाल गएपछि जेल पर्नु हुन्छ भनेका थियौं । त्यही भयो,' उनले भने । ...... नेपालमा संविधान जारी भएपछि देखिएको समस्या संवादबाटै समाधान हुने अपेक्षा व्यक्त गरे । ..... वर्तमान सरकारले लगाएको नाकाबन्दीको आफूहरूले भारतमा सडक र सदन दुवैबाट निकै ठूलो विरोध गरेको बताए । ..... नेपालले नै बंगलादेश स्वतन्त्रताको पहिलो स्वागत गरेको थियो


दाहालको प्रश्न- नाकाबन्दी हुने गरी के गल्ती गर्‍याैं ?



भ्रमण र भ्रम
भारतले संविधानकै स्वागत नगरेको कारण संयुक्त विज्ञप्ति जारी गर्ने प्रयास अन्तिम समयमा तुहिएको कूटनीतिक सूत्रले नै स्पष्ट गरेको छ । त्यसैले शीर्षस्थ सारमै नेपाल—भारतबीच एक्लाएक्लै वार्ता सम्पन्न भए पनि समझदारी भने कायम भएको मान्न सकिँदैन । ..... प्रधानमन्त्री ओली द्विपक्षीय सम्बन्धमा विश्वसनीयता कायम गर्ने निहितार्थ नयाँ दिल्ली पुगेका थिए । शीर्ष नेतृत्व तहमै भएको द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यसपछिको विदेश सचिव सुव्रमन्यम जयशंकरको प्रेस ब्रिफिङमा आएका आधिकारिक वक्तव्यहरूको मिमांसाले विश्वसनीयता कायम गर्न नेपाली पक्ष अझै परीक्षणकालमा रहेको बुझाउँछ । ...... दुवै मुलुकका प्रधानमन्त्रीहरूको एक्लाएक्लै भेट र संवादपछि हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा साढे चार महिना लामो नाकाबन्दीको असह्य पीडालाई सम्झिँदै प्रधानमन्त्री ओलीले केही महिनादेखिको असमझदारी टुंगिएको दाबी गरे पनि उनका समकक्षी मोदीले हाम्रो संविधानप्रतिको उनको असन्तुष्टि कायमै रहेको तथ्य लुकाउन चाहेनन् । ...... संविधानको जडमा रहेको बाँकी विवाद सबै एकजुट भई संवाद र सहमतिको आधारमा समाधान ..... नेपालको शान्ति र स्थायित्व भारतको सुरक्षासित जोडिएको ..... भारतीय विदेश सचिव जयशंकरले पत्रकारहरूलाई ‘ब्रिफिङ’ को सन्दर्भमा आफ्नो सरकार प्रमुखको भनाइको तात्पर्य स्पष्ट पार्दै दुई प्रधानमन्त्री बीचको छलफलमा कतिपय विषय नेपालको आन्तरिक मामला भए पनि त्यसले भारतलाई समेत प्रभावित गर्ने हुँदा भारतीय सरोकार रहेको खुलासा गरे । ...... यो स्पष्टतया मधेस आन्दोलनका चुनौती र त्यसको समाधाननिम्ति सीमांकनको साथै अन्य मुद्दामा समझदारी गरी संविधानको दोस्रो संशोधन गर्न एकतर्फी रूपमा गठन गरिएको राजनीतिक संयन्त्रमा मधेसी नेताहरूको सहभागितासमेत जुटाई तीन महिनाको निर्धारित समयमा संविधानलाई सर्वत्र स्वीकार्य बनाउने सरकारको प्रतिबद्धता रहेको र त्यही अनुरुप कार्यसम्पादन हुने मोदीले विश्वास गरेको जयशंकरले अवगत गराए .......

नेपालले तीन महिनाको परीक्षणकालको अवधि पाएको छ ।

यस अवधिभित्र हाम्रो सरकारले आन्दोलित मधेसी नेताहरूको साथ लिई राजनीतिक संयन्त्रद्वारा मूलभूत रूपमा सीमांकनको विवादित विषय टुंगो लगाउनसके भारतसितको असमझदारी हट्नेछ । अन्यथा नेपालको आन्तरिक अस्थिरता भारतको सुरक्षा सरोकार हुने भएकाले असमझदारी बढाउने निश्चित छ । ......

सन् १९४७ सम्म आफ्नै भूभाग र नागरिक रहेको पाकिस्तान र १९७१ पछिको बंगलादेशको साँधसीमामा विद्युतीय तारबारसितै कतैकतै लेजर फेन्सिङ गर्न तम्सिएको भारत सुरक्षा जोखिम मोलेरै भए पनि नेपालसितको सीमा भने निर्वाध राख्न चाहन्छ

....... मोदीको राष्ट्रिय सुरक्षा तथा विदेश नीति निर्माण मूलत: विदेशमन्त्री सुषमा स्वराज, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभल, पूर्व स्थलसेनाध्यक्ष हाल रक्षा राज्यमन्त्री भीके सिंह र विदेश सचिव सुव्रमन्यम जयशंकरको समूह निर्णायक रहेको छ । ...... राहुल गान्धीदेखि सीताराम यचुरी र अरविन्द केजरीवाल समेतले राष्ट्रद्रोहीको मुद्दा खेप्नुपर्ने परिस्थिति भारतीय राजनीतिमा नरेन्द्र मोदीको ओज शिथिल हुँदै जानुको परिणति हो । त्यस्तै पोहोर साल वाक् स्वतन्त्रताको पक्षमा लेखेबापत अरुन्धती रायलाई न्यायालयमा हाजिर हुन बाध्य पारिनु भारतीय लोकतन्त्रको कुरूप पक्ष भएको छ, मोदी राजमा । असहिष्णुताको पनि हद हुन्छ । के यो भारतीय लोकतन्त्रमा मोदीको अघोषित आपतकाल लागु गरिएको परिवेश हो ? ....... जनता ओलीको बोलीप्रति आश्वस्त छैनन् । भूकम्पले थिलथिलो पारेको मुलुकमा राष्ट्रिय ढुकुटीको खुलेआम लुट, कालो अर्थतन्त्रको रजाइँ र जनताको विचल्लीबीच आन्तरिक राजनीतिक समस्यामा जेलिएर संविधान कार्यान्वयन गर्ने क्षमतासमेत चुनौतीपूर्ण अवस्थामा पुग्दा पनि कुनै नीतिगत निर्णय लिन नसक्ने नेतृत्वले जनविश्वास गुमाउनु अस्वाभाविक होइन । ...... प्रधानमन्त्री ओलीको चीनयात्रा पूर्व चिनियाँ पक्षले सुपुर्दगी सन्धिको प्रस्ताव राखेको छ । यो पहिलेकै आग्रहको पुनरावृत्त हो । भारतले पुरानो सुपुर्दगी सन्धि प्रतिस्थापित गरी नयाँ सन्धि तथा त्यसैसित जोडिएको पारस्परिक कानुनी सहायता सम्झौताको प्रस्ताव र दबाब राखेको दशकौं बितिसकेको छ । .......

यो हाम्रा दुवै छिमेकीहरू नेपाली भूमिबाट आफ्नो सुरक्षा संवेदनशीलताप्रति आश्वस्त हुन नसकेको सूचक हो

...... चीन र भारतबीच राजनीतिक व्यवस्थामा अन्तर भए पनि यी दुई मुलुकको शासकीय प्रवृत्तिमा समानता छ । राज्यशक्तिको केन्द्रीयकरण चीन र भारतको नेतृत्वको उत्प्रेरक रहेको छ । ...... नाकाबन्दीकै कारण भारतीय इतिहासमा पहिलोपटक त्यहाँको राजनीतिक दलहरूबीच विदेश नीति विवादित भएको छ .....

शीर्ष नेतृत्वको ‘राजकीय’ भ्रमणको समापनमा समेत संयुक्त विज्ञप्ति जारी नगर्नु अनि सो भ्रमणको हप्तादिन नबित्दै आफ्नो आर्थिक वर्ष २०१६/१७ को बजेटमा नेपाललाई दिने सहयोग रकमको कुल ४० प्रतिशत कटौती गरिनुले पनि नेपालप्रति भारतीय संस्थापनपक्षीय दृष्टिकोण स्पष्ट भएको छ ।

....... नेपालले नेतृत्व तहमै आफ्नो छिमेकीलाई बुझ्न सक्ने संरचनागत क्षमता विकास गर्न सक्नुपर्छ । तामसी शक्ति हाम्रो कूटनीतिको आधार हुनसक्दैन ।
नेता छान्ने ‘लिगलिगे’ दौड
अब त बीपी कोइरालाले जस्तो पत्र लेखेर ‘कांग्रेसीजनमा पार्टीको घोषणापत्रसम्मको उपयुक्त ज्ञान नभएकोमा’ चिन्ता जाहेर गर्ने पनि कोही छैन । ..... कांग्रेस लगायत अधिकांश दल राजनीतिक अगुवाबाट होइन, पार्टी नोकरशाहहरूबाट भरिएको दलदलभन्दा भिन्न छैन, जहाँ पुराना सिद्धान्त, विचार र नीतिलाई सुन्दर र लोभलाग्दो कमलको फूलको रूपमा मात्रै प्रयोग गरिन्छ । ...... कांग्रेस आफैं पनि चुनाव जित्नका लागि बनेका विभिन्न ‘स्वार्थ–समूह’हरूको गठबन्धन मात्र रहेको छ । .....

कोही संरक्षक त कोही संरक्षित हुनेगरी ‘प्याट्रोनाइज’ गर्ने ‘प्याट्रोन–क्लाइन्ट सम्बन्धले नै गैरराजनीतिक गुट बनाउँछ र त्यसकै आधारमा संस्था वा पार्टीलाई सञ्चालन गर्छ । कांग्रेस लगायत अधिकांश दलको हालत यसभन्दा भिन्न छैन, हुनसक्ने सम्भावना पनि तत्काल छैन ।

......... नेपाली कांग्रेस लगायत नेपाली दलहरूको निर्माण बर्चस्वशाली समुदायको अभिजात वर्गका शिक्षित समुदायका पुरुषहरूबाट भएको छ । यस्ता राजनीतिक अभिजातका सदस्यहरू सुरुमा क्रान्तिकारी सपनाले डोरिएर दल र राजनीतिमा अगाडि आएका हुन्छन् । .....

बीपी कोइराला आफैंले आफ्ना दाजु मातृकाप्रसाद कोइरालादेखि आफू स्वयम् सत्तामा हुँदा पनि पार्टी भुइँफुट्टा जमातले कब्जा गर्नसक्ने चेतावनी दिएको पाइन्छ

...... नेपाली कांग्रेसमा अधिकांश नेतालाई ‘दाइ’ भन्ने चलन छ, कोहीका लागि रामचन्द्र दाइ त कोहीका लागि देउवा दाइ । यस्तो सम्बोधनमा कुनै खराबी नहोला, खराबी उनीहरूबीच बन्ने सम्बन्धमा छ, सम्बन्धले बनाउने संस्कृतिमा छ । ..... कसैलाई ‘दाइ’ भन्ने वा भनाउने र धेरैजसो कार्यकर्ताचाहिँ उनीहरूका भाइबहिनी हुने, ती दाइ र भाइबहिनीबीच सहकर्मी नाता वा समानताको सम्बन्धको सट्टा संरक्षक र संरक्षितको साइनो कायम गर्ने तथा संरक्षित भाइबहिनीले पार्टी र सरकारको सत्तामा आफ्ना दाइ प्रमुख वा प्रभावशाली हैसियतमा रहँदा पद, प्रतिष्ठा, पैसा प्राप्त गर्ने वा बाँड्ने चलनमा भने पक्कै खराबी छ । ......

राजनीतिक जमिनदारी

झनै फष्टाउने निश्चित छ, किनभने पार्टी र सरकारमात्रै होइन, सिंगो राजनीतिकै निजीकरण (प्राइभेटाइजेसन) तीव्र जो भएको छ । ......

‘प्रजातन्त्र’लाई संसदीय प्रणालीभन्दा पर हेर्नै नसक्ने, प्रजातन्त्रलाई पनि सबै वर्ग, वर्ण, जातजाति, क्षेत्र, लिंग, भाषा र धर्मको समावेशी लोकतन्त्रको रूपमा विकास गर्न नचाहने तथा आफूलाई प्रजातान्त्रिक समाजवादीको रूपमा प्रस्तुत गर्दागर्दै पनि समुदाय, समाज र गरिखाने जनतालाई होइन, सीमित व्यक्ति र कुलिनहरूको हितमा काम गर्ने राजनीतिक अभिजात जमातबाट धेरै आस गर्न सकिँदैन ।

...... अब कमसेकम सबै खाले सदस्यबाट सभापति र अन्य पदाधिकारी सिधै निर्वाचित हुने, घुमाउरो पारामा निर्वाचित हुने सभापतिको हातमा विशिष्ट पदाधिकारी मनोनयन गर्ने अधिकार नहुने, विभिन्न वैचारिक समूह बनाएर स्वस्थ प्रतिस्पर्धा गर्ने, त्यसले ‘प्याट्रोन–क्लाइन्ट सम्बन्धका आधारमा होइन, अग्रगामी र जनमुखी नीति र कार्यक्रमका आधारमा कार्यकर्ताको मन जित्ने एवं राष्ट्रिय राजनीतिको पनि अगुवाइ गर्ने दिशातिर बढ्नु जरुरी छ । तर विडम्बनाको कुरा, यस्तो सम्भावना ‘पौडेल दाइ’ वा ‘देउवा दाइ’हरूबाट सम्भव छैन । ....गगन, गुरु, प्रदीप र विश्वजस्ता युवाहरूले पनि महामन्त्री वा केन्द्रीय पदको लोभलाल्चामा फँसेर तिनै ‘दाइ’हरूका गुटसँग साँठगाँठ गरेमा यस्तो सम्भावनाको बिउसमेत मासिन सक्छ ।
कर्मचारी प्रशासनको राजनीतीकरण रोक
कर्मचारी प्रशासनलाई सुधार गर्दै सेवा प्रवाह चुस्तदुरुस्त बनाउनुपर्नेमा सरकार फेरिएपिच्छे निजामती कर्मचारीलाई आफूअनुकूल चलाएर अस्थिर बनाउने गलत प्रवृत्ति बढ्दै गएको छ । यही प्रवृत्तिलाई केपी ओली नेतृत्वको सरकारले पनि निरन्तरता दिँदै आएको छ । पछिल्लो समय सरुवामा सामान्य विधिसमेत मिच्न थालिएको छ । .....

सत्तारूढ दल एकीकृत एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले गोरखामा असन्तुष्टि व्यक्त गर्दै घुमाउरो पारामा सरुवाको चेतावनी दिएको चार दिनमै प्रजिअ गौतमलाई गोरखाबाट सप्तरीमा सारिएको छ ।

...... कार्यकर्ता प्रशिक्षणका लागि शनिबार गोरखा पुग्दा स्वागत गर्न नगएपछि दाहाल प्रजिअ गौतमसँग असन्तुष्ट थिए । यस्तै, एमाओवादीका स्थानीय नेताको खटनअनुसार काम नगरेको आरोप पनि उनीमाथि थियो । .... अहिले एमाओवादीका नेता गृहमन्त्री छन् । राजनीतिक दलका नेतालाई खुसी पार्न नसक्दा गौतमको गोरखामा जिम्मेवारी सम्हालेको ४३ दिनमै सरुवा भयो । ..... हाम्रो मुलुकमा सत्तामा दल बदलिनासाथ कर्मचारी प्रशासनमा अदलबदल गर्ने प्रवृत्ति कायम भएको छ, जसका कारण स्थायी सरकार भनिएको कर्मचारी प्रशासन नै सबभन्दा बढी अस्थिर बनेको छ ..... पछिल्ला वर्षमा राजनीतिक हस्तक्षेप ह्वात्तै बढेको सरकारी कर्मचारीहरू नै बताउँछन् । ..... अनावश्यक हस्तक्षेपले इमानदार कर्मचारीको मनोबल गिर्छ .... सत्तारूढ दलसँग निकट सम्बन्ध बनाएपछि उपल्लो तहका कर्मचारीलाई नटेर्ने र आफू पनि जिम्मेवारीअनुरूप काम नगर्ने थिति बस्छ .....

सत्तामा पुगेका राजनीतक दलहरूले राज्य सञ्चालनका लागि नीति–नियम बनाउने हो र कर्मचारी प्रशासनमार्फत तिनलाई कार्यान्वयन गर्ने–गराउने हो । कर्मचारी प्रशासनलाई अनावश्यक हस्तक्षेप गर्दै आफ्नो स्वार्थअनुरूप कर्मचारी सरुवा–बढुवा गर्नु–गराउनु गलत हो ।

...... सरकारले चाहँदा पनि हटाउन र भूमिकाविहीन बनाउन नसक्ने भएकाले मुख्यसचिवले आँट गर्ने हो भने कर्मचारीतन्त्रमा बढ्दै गएको राजनीतीकरणलाई धेरै हदसम्म रोक्न सकिन्छ ।


महाधिवेशनको परिक्रमा
दुर्भाग्य, महाधिवेशन सुरु भइसक्दा पनि कांग्रेसका कुनै पनि महत्त्वपूर्ण नेताहरूले यी विषयमा आफ्ना विचार प्रवाहित गरेका छैनन् । विपरीत, अधिवेशनको प्रारम्भ नेताहरूको सभापति र पदाधिकारी बन्ने होड र विवादमा नै सीमित भएको छ । .....

महाधिवेशन कुनै पनि पार्टीको वैचारिक गतिशीलता मापनको अवसर पनि हो, जहाँ नेताहरूले आफ्ना सपनाहरूको व्याख्या गर्छन् । यो तथ्यलाई बिर्सिन सकिँदैन । मतदाताले नेताहरूको त्यही व्याख्याका आधारमा योग्य नेतृत्वको चयनको अवसर पाउँछ । त्यस्तो परिदृश्य देखिएको छैन ।

....... सम्पूर्ण महाधिवेशन महत्त्वपूर्ण भनिएका डेढ दर्जनजति नेताहरूको सेरोफेरोमा सलबलाइरहेको देखिएको छ । सामाजिक सञ्जालमा सबै महत्त्वपूर्ण नेताको अनुहारको उपस्थिति छ ।

विचारको उपस्थिति कतै देखिएको छैन ।

...... प्रदीप गिरीका अनुसार, कांग्रेसका पहिले भएका महाधिवेशनमा पनि कम्युनिष्ट पार्टीहरूमा जस्तो लामा—लामा वैचारिक विश्लेषणहरू भएनन् ..... यतिखेर कसैले पनि ऐतिहासिक नेताहरूको नेतृत्वमा रहेको कांग्रेस खोज्नु निरर्थक हुन्छ .....

अहिले कांग्रेसको नेतृत्वका दाबेदारहरू सबै पुराना व्यक्तित्व हुन्

...... पहिलो संविधानसभाको अवधिमा कांग्रेसले खासै प्रभावकारी भूमिका खेल्न सकेन ...... महाधिवेशन जुन किसिमको वातावरणमा सम्पन्न हुँदैछ, त्यसले खासै दिशानिर्देश गर्ने सम्भावना पनि देखिएको छैन । ..... एउटा परिपक्व राजनीतिक दलले आउने समयमा विकसित हुने परिस्थितिको पूर्वआँंकलन गर्नुु आवश्यक हुन्छ । तर संस्थापन र गैरसंस्थापनमा बाँडिएको कांग्रेसमा यस्तो परिस्थिति बनेको देखिएको छैन । .... पुराना नेताहरूको शैलीका उपग्रहका रूपमा रहेका कांग्रेसको नयाँ पुस्ता आवश्यकताभन्दा बढी नै आत्मकेन्द्रित देखिएको छ । ..... नेतृत्वमा जाने महत्त्वाकांक्षा पालेर बसेका नयाँ नेताहरूमा समाजलाई तरंगित पार्ने र तन्नेरी पुस्तालाई ऊर्जाशील बनाउने किसिमको विचारशील प्रवृत्ति देखिएको छैन । ..... खास गरेर पछिल्लो मधेस आन्दोलन र त्यसले उत्पन्न गरेका विग्रहहरूमा नयाँ पुस्ताका धेरै कम नेताहरूले मात्र हस्तक्षेप गर्नसकेको देखिएको छ । ..... नयाँ संविधानमा मधेसको आक्रोशलाई सम्बोधन गर्न सरकारले प्रस्तुत गरेको संविधान संशोधन विधेयक लामै समय अलपत्र पर्‍यो । सरकारले आफैंले त्यसको प्रतिरक्षा गर्न सकेन । भुइँचालोले देश ध्वस्त पारेपछि पुनर्निर्माणका लागि गठन भएको आयोग पनि त्यसरी नै अलपत्र पर्‍यो .....

वास्तवमा कांग्रेसभित्र संस्थापन र गैरसंस्थापन पक्षको नाममा स्वार्थी र संकीर्ण राजनीतिको चर्को धन्दा चलिरहेको छ । नयाँ पुस्ताका नेताहरू पनि यही धन्दामा संलग्न देखिएका छन् ।

...... प्रजातान्त्रिक समाजवाद र राष्ट्रियताको विचार सजावटका लागि ध्वजा–पताकामा लेखिने नाराको तहमा पुगेका छन् । ...... कांग्रेस यही पारामा चल्ने हो भने चौधौं महाधिवेशनमा पुग्दा बी.पी.को नाम सुनेका कांग्रेसीहरूको संख्या नगण्य हुनेछ .... होइन भने नेपाली कांग्रेसले पनि त्यही नियति भोग्नु पर्नेछ, जुन नियति अहिले महात्मा गान्धी र जवाहरलाल नेहरूजस्ता व्यक्तित्वले निर्माण गरेको भारतीय राष्ट्रिय कांग्रेसले भोगिरहेको छ ।


सबैलाई समेटेर पार्टी हाँक्छु: शेरबहादुर देउवा
शेरबहादुर देउवा भावी सभापति निम्ति बाटो खुल्नेमा ढुक्क देखिन्थे ..... तीनपटक प्रधानमन्त्री भए, तर नेपाली कांग्रेसको वैधानिक सभापति बन्न पाएका छैनन् .... संस्थापन पक्षबाट कृष्ण सिटौला र सुजाता कोइरालाले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेको पृष्ठभूमिमा देउवा आफ्नो पल्ला भारी हुनेमा विश्वस्त देखिन्छन् ..... ‘मसँग गिरिजाप्रसाद कोइरालाको जस्तो तत्काल निर्णय लिने क्षमता, कृष्णप्रसाद भट्टराईको जस्तो न्याय गर्ने पद्धति र गणेशमान सिंहले उठाएको समावेशीपन बोक्ने चरित्र छ ।’ ..... उनी पार्टीभित्र मौलाउँदै गएको गुटतन्त्र र भागबन्डा अन्त्य गरी योग्यता र क्षमताका आधारमा न्याय गर्ने बताउँदै थिए । ..... महिला, मधेसी, जनजाति, दलित, आदिवासी लगायतका कतिपय माग पुरा हुने क्रममा छन् । म तराई–मधेसका समस्या समाधान गर्न खुलेर लागेको हुँ । मैले कति विषयमा दलभित्र झगडा नै गरेर सम्बोधन पनि गराएँ । मधेसमा सीमांकन लगायतका विषय अझै थाँती छन् । यसको पनि सम्बोधन हुनुपर्छ । ..... संविधान घोषणापछि त्यसले पहाड र मधेसबीच मनोवैज्ञानिक दूरी खडा गरेको छ । यो दूरीलाई जोड्न आवश्यक छ । खासगरी प्रदेश नम्बर– २ को समस्या छ । म मधेसका यी समस्या नेतृत्वमा पुगेपछि समाधान गरेरै छाड्छु । देशलाई मनोवैज्ञानिक रूपमा समेत एक बनाउनु जरुरी छ ...... सत्य के हो भने मधेसमा जुत्ता लगाउन सक्नेहरू छन्, तर पहाडमा खाली खुट्टा हिँड्न बाध्य छन् । मधेसमा विद्यालय, कलेज, उद्योग, कलकारखना र खेतीयोग्य जग्गा पनि छ, तर त्यो पनि पहाडमा छैन । यति हुँदाहुँदै पनि किन मधेसमा विकास हुनसकेको छैन ? किन समस्या देखिएको छ ? ...... पहाडीले ‘डोमिनेट’ गरेको छ भन्ने मनोविज्ञानबाट मुक्त बनाउनु जरुरी छ ...... सधंै रुलिङ क्लासमा पहाडी रहे । त्यही कराण मधेसमा हामी दोस्रो दर्जाका नागरिक भयौं भन्ने जुन खालको मनोविज्ञानले काम गरिरहेको छ, यसलाई हटाउन म सक्छु । सीमांकन लगायतका विषयमा सम्बोधन गरी पहाड र तराई–मधेस बीचको दूरी हटाउन सकिन्छ । ......

पार्टी विभाजन भएर दुइटा हुँदा मैले आफ्नो नेतृत्वमा रहेको पार्टीलाई समावेशी बनाएको थिएँ, त्यतिबेला ‘कदमजम’ (कर्णाली, दलित, मधेस, जनजाति र महिला) को अवधारणा ल्याएको थिएँ ।

....... कांग्रेसको नेतृत्वमा आएको संविधान कांग्रेसले कार्यान्वयन तहमा लैजानुपर्छ । .... नेपालमा दलित किन प्रधानमन्त्री हुन नसक्ने भन्ने अवस्था सिर्जना गर्न आवश्यक छ ..... नेपाल एक बनाउने र राष्ट्रिय एकताको माध्यम नै समावेशी हो । ..... बाबुलाई बचाएर ल्याउने व्यक्तिलाई राजा महेन्द्रले जेल हालेकै हो .... जसको परिणामबाट उनीहरू एकादेशका राजा भए ..... समयमा निर्णय नगर्दा भूकम्पपछिको पुनर्निर्माण विधेयक नै हामीले गुमायौं । सरकारले मनोनीत गर्ने सांसद पनि गुमायौं । अब म त्यस्तो अवस्था आउन दिन्न ..... शेरबहादुर देउवा बीपीले अघि बढाएको गिरिजाप्रसादसँग लडेर आएको व्यक्ति हो । मलाई यो हैसियतमा ल्याउने काम गिरिजाप्रसादले नै गर्नुभएको हो । .....

हामीले झन्डै एक दशक लगाएर संविधान बनायौं । तर भट्टराईले त्यतिबेला ६ महिनामै संविधान बनाएका हुन् ।

२०४६ सालका कमाण्डर गणेशमान पार्टीबाट बाहिरिने अवस्था आयो । भट्टराई र सिंहले पार्टी छाड्ने अवस्था कसरी आयो ? ..... म तीनपटक प्रधानमन्त्री भएको व्यक्ति, कांग्रेस विभाजित हुँदा पनि हाराहारीको पार्टी बनाएँ । मलाई २०५९ सालमा कांग्रेसको साधारण सदस्यबाट निकालेका गिरिजाबाबुले पाँच वर्षपछि ‘रेड कार्पेट’ बिछ्याउनुभएको होइन र ? ..... सुशीलपछि दोस्रो नम्बरमा म नै हुँ । त्यसैले मेरो स्वाभाविक दाबी हो । ..... गिरिजाप्रसादको जस्तो तत्काल निर्णय गर्ने क्षमता, गणेशमानको जस्तो समावेशी हुनुपर्छ भन्ने भावना र कृष्णप्रसादको जस्तो न्याय गर्ने शैली मेरो छ । तीनै नेताहरूको गुण र बीपीको आदर्श बोकेर म पार्टीलाई अब्बल बनाउन चाहन्छु । ..... म निकट रहेकाहरूले त्याग गर्नुभएको छ । पदाधिकारी हुने हैसियत नभएका कारण होइन । पार्टी एक बनाउन उहाँहरूले त्याग देखाउनुभएको छ । यो भावना म भोलि निर्वाचित भएपछि अघि बढाउन चाहन्छु । म जित्ने र हार्नेबीच दूरी बढ्न दिन्न । .... कांग्रेस सधंै दु:ख पाएको पार्टी हो । राणा, पञ्चायत र राजतन्त्र अन्त्य गर्ने पार्टी हो ..... संस्थापन र अर्को पक्ष भन्ने नै छैन । सुशीलको निधनपछि म दोस्रो नेता भएपछि संस्थापन म नै भएँ । .....

प्रतिपक्ष बलियो भयो भनेमात्र प्रजातन्त्र संस्थागत हुन्छ ।

.....

२०५६ सालमा भट्टराई प्रधानमन्त्री हुँदा फ्रान्स भ्रमण गरेपछि राजीनामा दिन्छु भन्दा पनि छुट दिइएन ।

भट्टराईमाथि त्यसरी अन्याय भएकै कारण म दसौं महाधिवेशनमा गिरिजाबाबुसँग चुनाव उठेको हुँ, जित्न होइन । ........ कांग्रेसको त ‘दाइ कल्चर’ छ । हाम्रोमा दाइहरूलाई सम्मान गर्ने ‘संस्कृति’ छ, कम्युनिष्टमा कमरेड कल्चरजस्तै । यसैले पनि ‘सान्दाज’ु, ‘ठूल्दाजु’ भन्ने कल्चरले भाइहरूलाई अन्याय परेको अनुभव भएको होला । ..... दक्षिण एसियामा नेपाली कांग्रेस निकै पुरानो पार्टी हो ।
के भन्छन् महामन्त्रीका तीन आकांक्षीहरु ?
नेपाली कांग्रेसमा पार्टी सभापतिपछि दोस्रो शक्तिशाली पद मानिन्छ, निर्वाचित महामन्त्री । महामन्त्री भएपछि स्वाभाविक पार्टी संगठनमा प्रभाव विस्तार गर्ने आधार बन्न सक्छ, अर्थात् भविष्यमा पार्टी नेतृत्वको निम्ति ढोका खुलाउने आधार निर्माण गर्छ । ..... थापा अघिल्लो महाधिवेशनमा केन्द्रीय सदस्यको खुला चुनावी प्रतिस्पर्धामा सर्वाधिक मत पाएर विजयी भएका थिए । केसी दोस्रो नम्बरमा थिए भने कोइराला चौथो नम्बरमा । ...... एकातिर सम्पूर्ण वामशक्ति एक स्थानमा भएर सरकारमा रहेको अवस्था छ । त्यो परिवेशमा नेपाली कांग्रेसभित्र मधेस–तराई लगायतलाई एकीकृत गरी ‘ब्रोडर अम्ब्रेला’भित्र लोकतान्त्रिक मोर्चा तयार गर्नुपर्ने आवस्था छ । ...... शेरबहादुरजीमा जुन प्रकारको लचकता र संयोजन प्रदर्शन गर्ने क्षमता छ, त्यो अहिलेको आवश्यकता पनि हो । ..... मिहेनत नगर्ने र सानो समूहको घेरामा परिक्रममा गर्नेहरूले मात्र अवसर पाउने प्रथा अन्त्य गर्न आवश्यक छ । .... नेतृत्व चयनपछि छिट्टै महासमिति बोलाएर नीति तथा कार्यक्रमका लागि काम गर्नुपर्ने अवस्था छ । अहिलेसम्मको उपलब्धि देखिएका कमी—कमजोरी र अब लिनुपर्ने भावी नीति र कार्यक्रम गम्भीर सोचेका छौं र प्रारूप तयार पनि देखिएको छ । ...... उहाँ (गगन) लाई मैले भनेकै थिएँ । उहाँले के सोचेर निर्णय लिनुभयो, त्यो उहाँलाई नै जानकारी होला । म योभन्दा बढी टिप्पणी गर्न सक्दिन । ..... शेरबहादुरजीको टिममा कुनै समस्या थिएन । म महामन्त्री, उहाँ सभापति उठ्ने विषय स्पष्ट थियो । ..... जुन सुकै विषयमा पनि दक्षिणी भारतसँग जोड्ने संस्कार बसाल्नु गलत हो ..... महाधिवेशन भन्नसाथ नीति, नेतृत्व र संगठनका सवाल आउँछन् । ...... सबैभन्दा पहिला हुनुपर्ने नै विचार हो । विचार नभई नेतृत्व र संगठनले मात्रै पार्टीलाई जीवन्त बनाउन सकिँदैन । विचारपछि मात्रै संगठन आउँछ । संगठनले नीति बनाउँछ । नीतिलाई लागु गर्न नेतृत्व आउँछ । प्राथमिकताका हिसाबले सबैभन्दा माथि विचार हुन्छ । ..... अब महाधिवेशनपछि महासमितिको बैठक बोलाएर नीति, संगठन र विचारबारे परामर्श गर्न आवश्यक छ । ..... बीपीको पालामा समावेशी शव्द हुन्थेन । ...... बीपीले देखाएको समाजवादी बाटोलाई अघि बढाउने मेरो संकल्प हो । ..... ६० र ४० को भागबन्डा अन्त्य हुनुपर्छ । १३ औं महाधिवेशनले भागबन्डाको राजनीति, व्यक्तिवादी चरित्रको अन्त्य गर्नुपर्छ । ..... अर्जुननरसिंह केसी मेरो बुबाको नाता जोडिनुभन्दा अघिदेखि मैले अत्यन्त आदर गर्ने नेता हुनुहुन्छ । मैले समकालीन राजनीतिमा नेताका रूपमा स्नेह, माया र संरक्षण पनि उहाँबाट नै पाएको छु । म उहाँको मेहनतको प्रशंसक पनि हुँ । कुनै अवसर नपाउँदा पनि डटेर नै पार्टीमा काम गरिरहने अथक योद्धा र विचारक हुनुहुन्छ । त्यसमाथि पनि घरभित्रको सबैभन्दा नजिकको नाता हो । राजनीतिक जीवनको कठोर निर्णयमा म छु । यो निर्णय लिन सजिलो थिएन । तर यतिखेर म आफ्नो लडाइँमा छु र उहाँ आफ्नै लडाइँमा हुनुहुन्छ । ...... नेपाली कांग्रेसले सही बाटो समात्यो भनेमात्र देशले सही बाटो समात्छ, अन्यथा फेरि पनि

यो गोलचक्करको अभिसाप

समाप्त हुने छैन । ...... नेतृत्वमा तहका पुराना सोचको स्वाभाविक बहिर्गमन र नयाँ सोचका मानिसको आगमन नहुने हो भने विचार र क्षमताको दृष्टिले पार्टी जमेको पोखरीमा परिणत हुन्छ । म पार्टीलाई अविरल बग्ने नदी बनाउन चाहन्छु .....

कार्यकर्तामा आधारित भएको पार्टीबाट फेरि आम जनतामा आधारित पार्टी बन्नु आवश्यक छ

...... साधारण सदस्यलाई पूर्ण रूपमा पार्टीभित्र शक्तिहीन र महत्त्वहीन बनाइएको छ भने क्रियाशील सदस्यता क्याडर–बेस्ड कम्युनिस्ट पार्टीकै जस्तो बनाइएको छ । जसले कांग्रेस सही अर्थमा मास–बेस्ड पार्टी हुन सकेको छैन । ..... ४० वर्षमुनिका ६२ प्रतिशत छन्, तर युवा पुस्ता नेतृत्वमा पुग्ने देखिँदैन । मुलुकमा १८ देखि ४० वर्षका मतदाताको जनसंख्या ६० प्रतिशत छ । ..... अब कांग्रेसले स्थानीय, प्रदेश र केन्द्रीय गरी तीन निर्वाचनमा होमिनुपर्ने छ । त्यतिखेर मत माग्न हामी जानैपर्ने हुन्छ । कांग्रेस महामन्त्री मत माग्न आउने अवस्था बनाउने कि एउटा साधारण सदस्य आएको छ भन्ने बनाउने भन्ने विषय सबै कांग्रेसजनले बुझ्नु हुनेछ । ..... महाधिवेशनको पूर्वसन्ध्यामा तीर्थाटन गर्न जानेहरू
तस्बिरमा नेपाली कांग्रेसको १३ अाैं महाधिवेशन

देउबा, चित्रलेखा र गगनले जित्ने होला

I am guessing. 

ओली सँग धेरै समय छैन। मधेस आंदोलन लाई सम्बोधन गरे रहन्छ नभए बढारिन्छ। कम्निष्ट ले आफ्नो तानाशाही चरित्र मनग्गे देखाए, बामदेव देखि ओली प्रचंड बस्नेत सम्म। बहुदल को ट्रेनिंग नपुगेको हो? बहुदल भनेको अर्को पार्टी को अस्तित्व स्वीकार गर्ने भन्दा पनि मानव अधिकार को सम्मान गर्ने भनेको हो। अर्को पार्टी त मास्न नसक्नेले पनि स्वीकार्छ। नाकाबंदी सकियो कि मधेसको जिल्ला जिल्लामा फेरि धर पकड़ शुरू। त्यही फासिज्म ले ल्याएको नाकाबंदी। फर्किन सक्छ। 

काँग्रेस महाधिवेशन जित्नु चुनाव जित्नु जस्तै हो। You will feel a wind behind your back. 

कोइराला खानदान को पनि र बाहुनवाद को पनि युग काँग्रेस मा समाप्त भएको छ। होइन भने संस्थापन भनेको बाहुन भनेको। बाहुनवादी जनमानस एमाले तिर लाग्ने भए। 

देउबा ले बरु दक्षिण कैलाली थरुहट लाई दिने कि? बाहुन ले जब लचक भन्छ त्यो मैले भनेको कुरा ढिलो नै भने पनि मान्यौ कि भनेको हुन्छ। देउबा वास्तव मा लचक पनि दृढता देखाउन सक्ने हुन। कैलाली मा लचक हुनुपर्यो। 


Wednesday, March 02, 2016

Nepal News (4)

मधेशी दललाई एकता गर्न बुद्धिजिवीहरुको सुझाव
नाकाबन्दी खोलाउन भएको राजनीतिक कसरतहरु यस्तो रहेछ
मधेस आन्दोलन असफल बनाउन राज्यको चार रणनीति
सामान्यता आन्दोलन तयारीका तीन चरण हुन्छन् । विद्रोहलाई संगठित तरिकाले अगाडि बढायो र सत्ताले पनि त्यसलाई स्वीकार्यो भने मात्र आन्दोलन हुन्छ । आन्दोलन भनेको नै सत्तामा सामेल हुनका लागि हो । आन्दोलनले आमूल परिवर्तन दुनियाँमा कहीं कतै भएको छैन । सत्ता तयार हुँदैन र आन्दोलनकारी तयार हुन्छन् भने आन्दोलन क्रान्तिमा परिवर्तन हुन्छ । क्रान्तिमा गएपछि सत्ताको उलटपुलट हुन्छ । सामाजिक मूल्य–मान्यता बदलिन्छ । आर्थिक सम्बन्ध परिवर्तन हुन्छ । सांस्कृतिक मूल्य–मान्यता अर्को आउँछन् र त्यसबेला मात्र क्रान्ति भएको ठहरिन्छ । ....... पहिलो : मधेसी–मधेसीबीच फुट सिर्जना गर्न कसैले आफूलाई क्रान्तिकारी भन्ने, कसैले आफैंलाई आन्दोलनकर्मी भन्ने, कसैले आफूलाई विद्रोही भन्ने । त्यसले गर्दा शक्ति नै छरियो । दोस्रो : मधेस आन्दोलनलाई एक्ल्याउने । जनजातिसँग मिल्न नदिने, दलितसँग मिल्न नदिने, खस आर्यसँग जोडिन नदिन यसमा मिडियाको भूमिका हुन्छ कि बौद्धिकको भूमिका हुन्छ कि सबैलाई राज्यले प्रयोग गरे । तेस्रो : अन्तर्राष्ट्रिय रूपमा एक्ल्याउनका लागि यो त सशस्त्र हुँदै छ । हिंस्रक हुँदै छ । यो विखण्डनवादी हो भन्ने किसिमले भ्रम छरियो । कुकुरलाई बदनाम गर अनि गोली हान्देउ । यो कुकुर त बौलायो गोली हान्न उचित छ भन्ने किसिमको रणनीति राज्यले अपनाएको छ । चौथो : राष्ट्रभित्रै पनि स–साना समूहलाई एक्ल्याउने काम गरियो । त्यसलाई राष्ट्रिय आन्दोलनसँग जोड्न दिइएन । राष्ट्रिय आन्दोलन भन्नेबित्तिकै विखण्डनकारी भन्थे । त्यसमा मिडियाले पनि त्यस्तैगरी साथ दियो किनभने मिडियाले पनि त्यही महेन्द्रमाला पढेका छन् । बुद्धिजीवीले पनि त्यही महेन्द्रमाला पढेका हुन् । ........ राज्य सत्ताले षड्यन्त्रमूलक रणनीति अपनाउँदै गयो भने यसलाई क्रान्ति हुनबाट कसैले रोक्न सक्दैन । र, क्रान्ति कुनै बाटोमा हिँड्दैन । क्रान्ति जहिले पनि पहाडीखोलाजस्तो हो । त्यसले आफ्नो बाटो आफंै बनाउँछ । ..... क्रान्तितिर यो मधेस विद्रोह जाने हो भने कहाँ जान्छ, कसैले भन्न सक्दैन । त्यो कुरा राज्य सत्तालाई विभिन्न तरिकाबाट सम्झाउन सकिन्छ । राज्यभित्र मधेसीजस्तै तामाङ, थारू, मगरजस्तै अन्य समूह छन् । उनीहरूसँग एलाइन्स गर्न गाह्रो छ । पहाडी जनजातिमा पनि गोर्खालीकरण भएको छ । उनीहरूमाथि शोषण भए पनि त्यसलाई उनीहरूले नियतिकै रूपमा स्वीकार गरेर बसेका हुन्छन् । काठमाडांैका एकथरि नेवार त हामी पनि गोर्खाली नै हौं, हामी राज्यसत्ताकै अंग हौं भन्नेसम्ममा पुगिसकेका छन् । केही जनजाति जस्तै गुरुङले पनि गोर्खाली भनेको त हामी हौं भन्न थालेका छन् । ...... अन्तर्राष्ट्रिय जगत्लाई पनि यो आन्दोलन सिभिल राइट्स मुभमेन्ट्स हो । यो नागरिक अधिकारको आन्दोलन हो । ...... मधेस आन्दोलनको सबैभन्दा कमजोर पक्ष भनेको अन्तर्राष्ट्रिय सम्बन्ध नै हो । अन्तर्राष्ट्रिय रूपमा कुनै कामै भएको छैन भन्दा पनि हुन्छ । माओवादीको अन्तर्राष्ट्रिय सम्पर्क सूत्र भारतमात्रै होइन कि अमेरिकासम्म पनि पुगेको थियो । काँग्रेसको दुनियाँभरि फैलिएको छ । अन्तर्राष्ट्रिय रूपमा कमजोर भएको एउटा माले थियो । त्यसले एउटा पनि आन्दोलन गर्न सकेन । जहिले पनि सत्तावरिपरि रह्यो र प्रधानमन्त्रीसम्म पायो तर मालेले कहिले पनि कुनै आन्दोलन गर्न सकेन । मधेस आन्दोलन पनि झन्डै–झन्डै मालेको ताल भयो । भित्र खुब उफ्रिने तर बाहिर कतै केही छैन । बौद्धिक तयारी छैन, मिडियामा कोही छैनन्, कूटनीतिमा कोही छैनन्, त्यसले गर्दा आफ्नो कुरा कहीं कतै पुग्न सक्दैन । आन्दोलन गर्नका लागि आन्तरिकले मात्र हुँदैन बाह्य सहयोग पनि चाहिन्छ । समर्थ नै नभए पनि सम्पर्क हुनैपर्छ । ....... लड्न लडाइँ नै हो तर सेनापति चार (मधेसी मोर्चा) थरी छन् । एक–अर्काबीच कुरा पनि हुँदैन । यसरी हुँदैन । .....

भीष्मपितामहको सेनापतित्वमा पाण्डवविरुद्धमा कुनै ठूलो कारबाही भएन किनभने उनीहरू आफ्नै मान्छे थिए ।

...... एउटा कमान्डर हुनैपर्छ । कमान्डर देखाउनलाई मात्र होइन, त्यसलाई अधिकारसम्पन्न बनाउनुपर्छ । ...... यदि आन्दोलनमा जाने हो भने त्योअनुसारको तयारी हुनुपर्छ । त्यसका लागि संगठन व्यापक हुनुपर्छ । नेतृत्व विकास गर्नुपर्यो । बौद्धिक तयारी हुनुपर्यो । अन्तर्राष्ट्रिय सम्पर्क हुनुपर्यो । ...... परालको आगो, काठको आगो, कोइलाको आगो के रोज्ने हो एउटा कुनै रोज्नुपर्छ ।
प्रदीप गिरी: कांग्रेसमा गुट छैन, गिरोह छ
'चरी र घैंटेहरुसँग न विचार हुन्छ, न मूल्य हुन्छ'
कांग्रेसमा गुटको ठाउँ गिरोहले लिएको छ । गिरोह भनेको उही चक्रे मिलनको गिरोह, जसमा कसैले चक्रे मिलनलाई च्यालेन्ज गर्‍यो भने ‘उठाओ बन्दुक, ओर लगाओ निसाना’ भन्दैन ? अहिले कांग्रेसमा गिरोहवादी प्रवृत्ति एकदमै बलियो भएर गएको छ । गुटका नाममा गिरोह बन्दैछ । ...... काठमाडौंमा चरी काण्ड, घैंटे काण्ड, चक्रे मिनल भन्ने छ नि, उनीहरु पनि त्यसै ग्याङ चलाउँदैनन् । ८/१० जना, ५०/६० जना मान्छे लिएर हिँड्छन् । मैले धेरै वर्ष पहिले ग्याङमा आधारित हिन्दी फिल्म कम्पनी भन्ने हेरेको थिएँ । हिन्दुस्तानका नामुद गुण्डाहरुको जीवनमा आधारित छ त्यो । .... गिरोहको पनि चरित्र राजनीतिक हुँदैन । ..... गिरोह कुनै अर्थमा पार्टी र गुटभन्दा फरक हो । किनभने गिरोहमा राजनीति हुँदैन, विशुद्ध तत्कालिक लाभका लागि बनेको समूह हुन्छ । जस्तो-एउटा विजनेश ग्रुप हुन्छ । कर्पोरेट कम्पनीलाई त तपाई पोलिटिकल मान्नुहुन्न, विशुद्ध नाफाका लागि बनेको हुन्छ र कानुनसम्मत हुन्छ । गिरोह-ग्याङ कसरी बन्छ ? त्यो गैरकानुनी ढंगले कमाउनका लागि । ........

यो गिरोह गिरिजाबाबुका पालामा सुरु भएको थियो ।

गिरिजाबाबु हाट्टहुट्ट गर्ने काम बडो गर्न थाल्नुभएको थियो ...... गिरिजाबाबुले कहिल्यै पार्टीमा सैद्धान्तिक कुरा राख्नुभएन । आफ्नो पक्षमा समर्थन जुटाउँदा त्यसका मूल्य र मान्यता के छन् हेर्नुभएन । त्यसैले गिरिजाबाबुले जुनसुकै पार्टीका मान्छेलाई आमन्त्रण गर्नु भो । उहाँलाई मद्दत गर्ने मान्छे कट्टर कम्युनिष्टलाई पनि ल्याउनुभो । पञ्चायतका मान्छेलाई पनि ल्याउनुभो । नाम भन्दा ठीक हुँदैन । एक से एक गुण्डाहरु ल्याउनुभो । किनकि उहाँलाई पार्टीमा बलियो बन्नुथियो । किसुनजीले एउटा पनि संदिग्ध चरित्रको मान्छेलाई पार्टीमा ल्याउनुभएन । यसरी पार्टी विस्तारै गिरोहमा परिणत हुँदै गयो । ...... गिरोहमा राजनीतिको बहस हुँदैन । लुटी ल्याउने, भुटी खाने -डकैती गर्ने र बाँडीचुँडी खाने) हुन्छ । त्यहाँ पनि हल्का हुँदोहोला, झ्यालबाट छिर्ने कि ढोकाबाट भनेर बहस त हुन्छ होला । .... हाम्रो नेपाली कांग्रेस पार्टीको अहिलेको रोग गुट होइन, गिरोहको हो ।

Nepal News (3)

काग्रेस महाधिवेशन लगतै मोर्चाका सबै अध्यक्षहरु दिल्ली जादै ।
मोर्चाका सबै अध्यक्षहरु चार दिन सम्म दिल्लीमा रहने ..... १५ मार्च अर्थात २ चैतमा मोर्चाका अध्यक्षहरु काठमाडौ फर्के पछि मात्रै मोर्चाले हालै निर्णय गरेको प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने कार्यक्रम राखिने छ । ..... मोर्चाका अध्यक्षहरु दिल्लीमा आयोजना हुने अन्तक्रिया कार्यक्रम सहित उच्च तहका राजनितीक र कुटनितीक भेटघाट समेत गर्ने छन । ..... मोर्चाले पछिल्लो समयमा काग्रेस महाधिवेशन पश्चात विकसित हुने राजनितीक वातावरणलाई नियालेर मात्रै आफनो आन्दोलनको रणनिती बनाउने बताउदै आएका थिए । ..... होलिका दहनको दिनमा मोर्चाले मधेशमा संविद्यानमा हस्ताक्षर गरेका सांसदहरुको पुतला सामुहिक रुपमा जलाउने समेत कार्यक्रम राखेका छन । त्यसैगरी मोर्चाले पछिल्लो समयमा आन्दोलनकारीहरु माथी प्रशासनको धरपकड वढेको भन्दै ५ चैत हल्ला बोल कार्यक्रम अन्र्तगत मधेशका सदरमुकामहरुमा जम्मा भइ १ घण्टा सम्म आन्दोलनका नाराहरु लगाउने समेत निर्णय गरेको छ ।
मोर्चा सचिवालय द्धारा गृहकार्य सुरु ।
मोर्चा स्रोतका अनुसार मोर्चाले पुन आन्दोलन चर्काउने गरी अल्टीमेटन सहितको प्रधानमन्त्रीलाई बुझाउने भनिएको ज्ञापन पत्र आउदो १ चैत पछि मात्रै दिने छन । भोली सम्भवतह सचिवालयले त्यसलाई टुगो लगाए पनि काग्रेस महाधिवेशन पश्चात मात्रै उक्त ज्ञापन पत्र प्रधानमन्त्रीलाई बुझाउने योजना रहेको मोर्चा स्रोतको भनाइ छ । यद्यपी मोर्चाले यही विचमा तराई मधेशका सदरमुकामहरुमा विभिन्नि विरोधका कार्यक्रमहरु भन्ने सूरु गर्ने छन ।