Monday, February 01, 2016

कि ७५ जिल्ला कायम रहन्छ कि ७५ जिल्ला गायब हुन्छ

कि ७५ जिल्ला कायम रहन्छ कि ७५ जिल्ला गायब हुन्छ। एक मधेस दो प्रदेश मा जाँदा मधेसको कुनै पनि जिल्ला तोड़ फोड़ हुँदैन। जस्ताको तस्तै।


Nepal News (1)



सीमाकंन पुनरावलोकन पछि मात्रै नाका सहज : दाहाल
‘संविधान संसोधनसंगै नाका खुल्छ भन्ने धेरैको अपेक्षा थियो । तर मलाईचाहिँ त्यस्तो लागेको थिएन,’ पार्टी कार्यालय पेसिरडाँडामा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले भने– ‘राजनीतिक संयन्त्र निर्माण गरी जवसम्म सीमाकंन पुनरावलोकनको प्रक्रिया अघि बढ्दैन, तवसम्म नाका खुल्छ जस्तो लाग्दैन ।’ ...... इन्धन लगायत अत्यावश्यक सामग्री आयातको नेपालको कुल आयातको ८० प्रतिशत हिस्सा ओगट्ने वीरगञ्ज नाकामा सुचारु नभई ब्यवहारिकरुपमा नाकाबन्दी अन्य हुँदैन । ......

कालोबजारि र तस्करीमा सक्रिय गिरोहले नाकाबन्दी लम्बियोस भन्ने चाहना राखेको पनि उनले बताए ।

....... ‘एउटा छिमेकीको नाताले मैले बेजिङ ओलम्पिकको समापन समारोहमा जानै पथ्र्यो, त्यस अघि भारत जान सम्भव पनि थिएन,’ उनले भने– ‘मैले चीन–भारतबीच खेल्न खोजेको होइन । त्यतिवेला ओलम्पिक समापन समारोह बेजिङको साटो दिल्लीमा भएको भए म भारतनै पहिले जान्थे । ...... गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बेइजिङ ओलम्पिक समापनमा नजानु हाम्रो महान छिमेकीकोमा नजाने काम हुन सक्दैनथ्यो ।’ ..... ‘कांग्रेसको महाधिवेशन अघिनै पनि राष्ट्रिय सरकार बनाउन सकिन्छ । सबैले मान्छन् भने ओलीजीकै नेतृत्वमा पनि बनाउन सकिन्छ । कांग्रेसको महाधिवेशनबाट जो निर्वाचित भएर आउँछ, उसैको नेतृत्वमा पनि बनाउन सकिन्छ ।’ ......

अध्यक्ष दाहालले एमाओवादी परित्याग गरी नयाँशक्तिको गृहकार्यमा रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको कदमलाई ‘राष्ट्रघात’ भनेको छन् । भट्टराईको कदम जनयुद्ध, बलिदान, वेपत्ता योद्धा र सहिद परिवार विरुद्ध रहेको उल्लेखगर्दै उनले भने– ‘उहाँको कदम राष्ट्रघाती र विचारघाती मात्रै छैन, आत्मघाती पनि छ । उहाँले जे रोप्नु भएको छ, भोली त्यही फल्छ ।’

...... साम्यवादी दर्शनमा आधारित जनवादका लागि शसस्त्र क्रान्तिमा अगुवाई गरेका नेताले कम्युष्टि पार्टीनै परित्याग गरेको भट्टराईको जस्तो कदम संसारमै विरलै पाईने दाहालको भनाई छ ।


जनकपुरमा कांग्रेस सभासदहरुको घर अगाडि दिनभरि प्रदर्शन
पूर्वमन्त्री निधिको घरमा आगजनी, दुई मोटरसाइकल जलाइए
मोर्चाका कार्यकर्ताहरुले कांग्रेस पूर्वमन्त्री विमलेन्द्र निधीको मिल्स एरियास्थित घरमा आगजनी प्रयास गरेका थिए । उनिहरु सांसद निधीको घरमा प्रवेश गरी दुईवटा मोटरसाइकलमा आगजनी गरेका थिए । आगजनीबाट ज२प ९४३८ नम्बरको मोटरसाइकल जलेर नष्ट भएको छ, भने ज१प ४३५ नम्बरको राजदूत मोटरसाइकलमा सामान्य क्षति पुगेको छ । ...... पूर्णत: नष्ट भएको मोटरसाइकल रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको हो । पूर्वमन्त्री निधीका दाजु नवेन्द्र निधी हाल क्याम्पस प्रमुख छन् । ..... मधेसी मोर्चाका कार्यकर्ताहरु कांग्रेस सांसदहरुको घरमाथि आक्रमण गर्न सक्ने चेतावनी हुँदा हुँदै पनि जिल्ला प्रहरी कार्यालयले कांग्रेस नेता निधीको घर अगाडी सुरक्षाकर्मी खटाएको थिएन । घरमा आक्रमण हुने बेला क्याम्पस प्रमुख नवेन्द्र निधी क्याम्पसमा थिए । किरण एक्लै घरमा थिइन् ।...... यसअघि मोर्चाका कार्यकर्ताहरुले भानुचौकस्थित सांसद आनन्दप्रसाद ढुंगाना तथा ब्रह्मपुरीस्थित सांसद लीला कोइरालाको घरमाथि पनि ढुंगामुढा गरेका थिए । .....

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय समावेशी मधेसी गठबन्धन, ननपोल्टिकल अर्गनाइजेशन लगायतले नेपाली कांग्रेसको जारी गाउँ, नगर तथा जिल्ला अधिवेशन बिथोल्ने निर्णय गरेको छ । आन्दोलनरत्त मोर्चाले ‘मधेस विरोधी संविधानमा हस्ताक्षर गर्ने सभासदहरु’लाई जिल्ला प्रवेशमा समेत रोक लगाएको छ । .... सद्भावना अध्यक्ष संजयकुमार सिंहले भने, ‘मधेसको चासोको विषयमा चुप्प बस्ने अनि मधेस विरोधी संविधानमा हस्ताक्षर गर्नेहरुलाई किन चाहियो मधेसका जिल्लाहरुमा संगठन ?’

....... नेपाली कांग्रेसको जारी नगर अधिवेशनलाई बिथोल्न मोर्चाले सोमबार नगर क्षेत्रका पसल, वित्तीय संस्था तथा स्कूल कलेज समेत बन्द गराएका थिए । बन्द सफल बनाउन मोर्चाका नेताहरु दिनभरि लाठीसहित प्रदर्शन गरेका थिए ।


बिहारी नेताले भने– मधेस अान्दाेलन नेपालको आन्तरिक समस्या मात्र होइन
मधेसी मोर्चाका शीर्ष नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्रराय यादवसमेत सहभागी बिहारको मुजफ्फरपुरमा आइतबार भएको कार्यक्रममा बिहारका सत्तारुढ राष्ट्रिय जनता दलका उपाध्यक्ष एवं पुर्व केन्द्रियमन्त्री रघुवंसप्रसाद सिंहले तराई–मधेसमा भइरहेको आन्दोलन नेपालको आन्तरिक मामिला मात्र नभएको बताएका हुन । ......

‘हाम्रो नाताकुटुम्ब आन्दोलनमा मारिरहँदा नेपालको आन्तरिक समस्या मात्र भनेर हामी चुप लाग्ने स्थिती हुँदैन,’ उनले भने ।

सिंहले भारतको विदेश नीतीको पनि आलोचना गरे । ‘बढो चमकधमकका साथ गएका थिए नि नरेन्द्र मोदी पशुपतिमा जल चढाउन । के भयो ?’ उनले भने, ‘अहिले मोदी टुरिस्ट बनेका छन । तर हाम्रो समबन्धी छिमेकमा समस्यामा रहँदा नहेर्ने ?’ ......

‘चौबिस लाख हाम्रा छोराछोरीको बिवाह भएको ठाउँमा समस्या हुँदा हामी आन्तरिक समस्या भनेर चुप लाग्ने स्थिती छैन्,’ उनको तर्क थियो । उनले नेपालमा समस्या हँुदा आफूहरुको मुटु दुख्ने गरेको बताए ।

...... मधेस समस्या सुल्झाउन भारत सरकारले कुटनीतिको प्रयोग गर्दै मध्यस्थता गर्नुपर्नेमा जोड दिए । नेपालको समस्यामा भारत उदासिन र बेखबर रहन नहुने बताउँदै सिंहले नेपाल र भारतबीचको समबन्ध खराब नहोस् भन्ने तर्फ पनि भारत सरकार सचेत रहनुपर्ने बताए । ..... ‘नेपालमा नरेन्द्र मोदीको पुत्ला जलाइँदैछ, अनि विदेश नीतिलाई कसरी ठिक मान्ने ?’ उनले भने, ‘छिमेक बिग्रिरहेका बेला संसारका अरु देशसँग मित्रता गरेर हुँदैन् । छिमेकीको समस्या समाधानमा भारत सरकारले ध्यान दिनुपर्छ ।’ नेता सिंहले संविधन संशोधन धोका भएको आरोप लगाए । संशोधनलाई सकारात्मक भन्ने भारत सरकारको कदम गलत रहेको सिंहले आरोप थियो ।




लालुलार्इ भेटे मोर्चा नेताहरु
आन्दोलनमा सर्मथन खोज्दै मोर्चा नेता विहारमा
केन्दि्रय नेता भन्दा सिमा जोडिएका राज्यका नेताहरु मधेश समस्यावारे बढी जानकार रहेकाले बिहारका सता र विपक्षी नेतालाई भेटन आएको महतोले बताए ।


गठबन्धनले गर्‍यो ‘महागठबन्धन’ बनाउने निर्णय
वीरगन्जमा दुई दिन चलेको गठबन्धन बैठकले आन्दोलनरत दलहरुको एउटै आन्दोलन, मागपत्र र वार्ता टोली बनाउनुर्पो प्रस्ताव गरेको छ । .... बैठकले महागठबन्धन निर्माणका लागि सहमत हुन औपचारिक रुपमै मोर्चालाई आग्रह गरेको छ ..... गठबन्धनले राज्यले वार्ताको नाटक मात्र गरेको भन्दै आन्दोलनका सबै कार्यक्रमलाई जारी राख्ने जनाएको छ ।


बिहारकाे मुख्यमन्त्री नितिश कुमार र लालुसँग अाज मधेसी मोर्चाका नेताहरुकाे भेटवार्ता हुँदै
संविधान संशोधनको प्रक्रिया सुरु भएपछि भारतको केन्द्र सरकारले आमहड्ताल र नाकाबन्दी तत्काल फिर्ता लिन मोर्चाका नेताहरुमाथी तिव्र दबाब दिइरहेका बेला मोर्चाका नेताहरु सिमावर्ती बिहार राज्य सरकारसँग आन्दोलनमा सहयोगको आग्रह गर्ने बुझिएको छ । ..... यसअघि हिजो मोर्चाका नेताहरु बिहारको मुजफ्फरपुृरमा आयोजित मधेस बहस कार्यक्रममा सहभागी भएका थिए । राष्ट्रिय जनता दलका उपाध्यक्ष रघुवंसप्रसाद सिंहले पछिल्लो केही समय यता सीमा क्षेत्रमा मधेस आन्दोलनबारे कार्यक्रम गर्दै आएका छन् । सिंहकै योजनामा हिजो मुजफ्फरपुरमा कार्यक्रम भएको थियो । उनकै पहलमा आज मोर्चाका नेताहरु लालुप्रसाद र नितिशकुमारलाई भेट्दै छन् ।
संवादमा फर्किए मोर्चा र दलहरू
कार्यदललाई सक्रिय पार्ने सहमति
संविधान संशोधनले पनि आफ्ना माग पूरा नगरेको भन्दै मोर्चा आन्दोलनमै रहेपछि प्रमुख दलहरूले पुनः सहमति खोज्ने औपचारिक प्रयास थालेका हुन् । सोमबार भएको कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका शीर्ष नेताहरूको बैठकले दुबै पक्षले यसअघि बनाएको कार्यदललाई नै सक्रिय बनाउने निर्णय गरेको छ । यो निर्णयअनुसार अब सीमांकनका लागि बनाउने संयन्त्रलगायत विषयमा कार्यदलले सहमतिको प्रस्ताव बनाउन प्रयास गर्नेछ । ..... 'अब टुंगोमा पुग्ने गरी सहमति खोजिनेछ र त्यसका लागि कार्यदलले गृहकार्य गरी प्रस्ताव ल्याउनेछ,' बैठकपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भने । दुवै पक्षबीच कुराकानी हुन नसकिरहेका बेला सोमबारको छलफल सकारात्मक प्रगतितर्फ उन्मुख भएको तमलोपाका अध्यक्ष महन्थ ठाकुरले बताए । वार्ता र छलफल जहाँ अडकिएको थियो, त्यहींबाट सुरु गरी कार्यदलस्तरबाटै सहमतिको प्रस्ताव ल्याउन प्रयास गरिने जानकारी उनले दिए । .....

कार्यदलमा कांग्रेसका महेश आचार्य, एमालेका भीम रावल, एमाओवादीका कृष्णबहादुर महरा र मोर्चाबाट हृदयेश त्रिपाठी, लक्ष्मणलाल कर्ण र रामनरेश राय छन् ।

....... प्रदेशको सीमा परिवर्तनका लागि राजनीतिक संयन्त्र बनाउने र त्यसलाई तीन महिनाको समयावधि दिने विषयमा तीन दल र मोर्चाबीच सैद्धान्तिक सहमति भएको थियो । तर, उक्त संयन्त्रले प्रदेशको सीमांकन गर्दा मधेसमा दुई प्रदेश हुनुपर्नेसहित त्यसको कार्याविधि संविधानमै अनुसूचीमा राख्नुपर्ने अडान मोर्चाका तर्फबाट आएपछि प्रमुख दलहरूसँग सहमति हुन सकेको थिएन । .....

नाकाबन्दी खुलेको अवस्थामा मात्र प्रधानमन्त्रीको भारत भ्रमण सहज हुने सत्तारूढ दलहरूकै ठहर छ । नाका सहज नभएको अवस्थामा भारत भ्रमणमा जान समस्या पर्ने निष्कर्ष निकाल्दै सत्तारूढ दलको उच्च स्तरीय राजनीतिक समन्वय समितिको आइतबारको बैठकले मोर्चासँग छिटो सहमति खोज्नुपर्ने निर्णय लिएको थियो ।

तीन ध्रुव: एमाले-माओवादी, काँग्रेस, मधेसी-जनजाति-नया शक्ति



सीके राउतको कार्यकर्ता देखे पछि तर्सिए उपेन्द्र यादव
कार्यक्रममा सीके राउतको कार्यकर्ताहरुको उपस्थिति देखेर उपेन्द्र यादव तर्सिएका थिए । कार्यक्रम सुरु हुनुभन्दा अगाडि नै उपेन्द्र यादवले आयोजकलाई सीके राउतको कार्यकर्ताहरुलाई कार्यक्रमबाट बाहिर गर्न आग्रह गरेका थिए । आयोजकले यो खुल्ला कार्यक्रम हो भनेर यादवको कुरालाई टालेका थिए । ....... कार्यक्रम अगाडि बढ्दै गयो उपेन्द्र यादवको टाउँको दुखाई बढ्दै गयो । पुनः कार्यक्रम सञ्चालन भइरहँदा उपेन्द्र यादवले अगाडि पट्टि रहेका सीके राउतका कार्यकर्ताहरुलाई पछाडि गएर बस्न आग्रह गर्दै आयोजकलाई अढाए । तर पुनः आयोजकले मानेन् । ..... कार्यक्रममा सहभागी बीरगञ्जका पत्रकारहरुले हुलाकी न्यूजलाई भने,‘सीके राउतको कार्यकर्ताहरुलाई देखेर उपेन्द्र यादव पहिलेदेखि नै तर्सिएका थिए, झन् महेन्द्र यादव र रघुबंश प्रसादले सीके राउतको चर्चा गरेपछि यादव जी रातोनपिरो हुनु भयो ।’ ...... कार्यक्रममा मधेशी मोर्चाका घटक तराई–मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले मधेश पहिलेदेखि नै अलग देश रहेको र अहिले नेपालमा मिसिएको बताए । त्यसपछि सीके राउतका कार्यकर्ताहरुले ताली बजाउन सुरु गरे । ...... झन् कार्यक्रमका प्रमुख अतिथि डा.रघुबंश प्रसादले मधेश अलग देश तत्काल माग्ने अवस्था नआएको र केही दिन प्रतिक्षा गर्न भने पछि राउतका कार्यकर्ताहरु हौसिए । यता उपेन्द्र यादवको टाउको दुखाई बढ्दै गएको थियो ।
११ बुँदे मा पुगेर मधेस आंदोलन को सफल विसर्जन भएको अवस्थामा देश एउटा स्वस्थ बाटो मा जाने देखिन्छ। द्रुत गतिको आर्थिक विकास रोक्न नसकिने अवस्था आउन सक्छ।

तीन ध्रुव को उदय हुन सक्छ: एमाले-माओवादी, काँग्रेस, मधेसी-जनजाति-नया शक्ति।

एमाले र माओवादी एक पद एक उम्मेदवार मा जानु, काँग्रेस मा गगन थापा को उदय हुनु, मधेसी जनजाति र नया शक्ति एक पद एक उम्मेदवार मा जानु। मधेसी मोर्चाले मधेसमा काँग्रेस को जरो काटेको अवस्था छ। बाबुराम ले त्यसरी नै एमाले र माओवादी को जरो काटन सक्ने संभावना छ। अहिले नंबर एक स्थान मा भने मधेसी जनजाति र नया शक्ति नै छ। तर लोकतंत्र राम्रो व्यवस्था भएकै लोकतान्त्रिक प्रतिस्प्रधा हुने भएकोले हो। तीन ध्रुव ले सकेसम्म राम्रो गर्ने, सकेसम्म को आतंरिक एकता प्रदर्शन गर्ने, र सकेसम्म स्वस्थ र लोकतान्त्रिक प्रतिस्प्रधा गर्नु मा नै आम जनता लाई फाइदा छ। गगन थापा को उदय मा ढिलाई भए काँग्रेस नंबर तीन मा पुग्छ। तर केंद्र, प्रदेश र स्थानीय गरी तीन तहमा शक्ति बाँडिएको अवस्थामा तीन ध्रुव नै कहीं न कहीं सत्ता मा रहने हुँदा कुनै पनि शक्ति पुर्ण रुपले सत्ता बाहिर रहँदैन। त्यो राम्रो हो।

चौथो ध्रुव: सीके राउत। एक्लै। सीके राउत को मधेस अलग देश को सोंच गलत होइन। अहिंसा को बाटो मा हिडेको कमजोर भएर होइन चतुर भएर हो। हिंसाको बाटो विचलन र पराजय को बाटो हो। तर गंतव्य नै मधेस अलग देश मानेकोले समस्या देखिएको हो। गंतव्य तो लोकतंत्र र समृद्धि हो। मधेस अलग देश त साधन मात्र हो। मधेस अलग देश भन्दा राम्रो त मधेसी ले पहाड़ माथि शासन गर्नु हो। लिच्छवि राज पार्ट दो। तर सीके राउत ले आफैले आफैलाई साँघुरो बनाए जस्तो देखिन्छ। मधेसी हिंदी भाषा र हिन्दु धर्म वाला भारतीय सांस्कृतिक राष्ट्रियता को अभिन्न अंग भएको कुरा को आदर सीके राउत ले गरेको देखिएन। बुद्ध लाई मधेसी राष्ट्रियता को केंद्रविंदु मान्दै पहाड़ को बाटो सारा चीन कब्ज़ा गर्ने बाटो पो बाटो। त्यस किसिमको विराट विचार का लागि मधेस अलग देश अंतिम गंतव्य होइन क्षणिक टैक्टिक्स मात्र हुन सक्छ।

मुख्य कुरा त संगठन विस्तार हो। सारा दक्षिण एशिया को ली कुऑन यु भनेको मोदी हो। मोदी को उदय भैसक्यो। मोदी ले २० वर्ष शासन गर्छ। मोदी हाथी को खुट्टा मा मधेसको डूङ्गा बाँध्नु नै उत्तम उपाय हो। मधेस अलग देश को विचार मोदीको विचार सँग मेल खाए जस्तो मलाई लाग्दैन।

मधेस अलग देश मा पनि जान सक्ने तर त्यस सम्म को प्रत्येक आंदोलन र प्रत्येक चुनाव मा सक्रिय रुपले सहभागी हुने ------ सीके राउत को बाटो शायद त्यो हो। सीके राउत ले tactical flexibility देखाउने हो भने झापा देखि कंचनपुर सम्म मधेसी मोर्चा ले एकक्षत्र स्वीप दिन्छ। पहाड़मा गगन र बाबुराम को भन्दा मधेसमा सीके राउत को अपील कैयौं गुणा बढ़ी छ। अहिलेसम्म एउटा पनि चुनाव नलडेको, एक पटक पनि सत्ता मा नपुगेको, १००% क्लीन इमेज, विश्व स्तरको शैक्षिक पृष्ठभूमि, सालाना करोड़ों को तलब त्याग गरेको, वैज्ञानिक मान्छे। बिभिन्न कारणले सीके राउत ले मधेस को imagination capture गरेको अवस्था छ। तर tactical flexibility को अभावमा त्यसको पुर्ण फाइदा मधेसी कॉज ले पाएको छैन।

मधेसीको सशक्तिकरण का लागि मधेस अलग देश ठुलो कि मधेसी ले सारा देश माथि शासन गरेको ठुलो? कि मधेस चीन भरि छाएको ठुलो। वर्ष को २०० डॉलर कमाइ राखेको मधेसी का लागि १,००० डॉलर ठुलो हो तर हजार ठुलो कि १०,००० ठुलो। हजार मा गएर किन अड्किने? १०,००० या ५०,००० को लक्ष्य किन नराख्ने?

दिल्ली ले मधेस आंदोलन को साथ दिएको अवस्थामा, मधेस जागिसकेको अवस्थामा मधेस अलग देश सानो लक्ष्य भयो। सारा देश कब्ज़ा गर्ने लक्ष्य हुनुपर्छ। अहिलेको मधेस आंदोलन लाई पार लगाउन सक्ने निर्णायक व्यक्ति सीके हो। जब तक मानव अधिकार का घोषणपत्र रहेगा तब तक मधेस अलग देश की संभावना बनी रहेगी लेकिन अभी के समय में मधेसी मोर्चा के ११ बुँदे को मानते हुवे भन्दै आफ्नो संगठन लाई पनि अहिले कै आंदोलन मा एकाकार गराउनु पर्छ।

नेपाल भारत भुटान बंगलादेश आर्थिक एकीकरण को बाटो मा हिडिसकेको अवस्थामा मधेस अलग देश को बाटो नदीको पानी उल्टो दिशामा लाने प्रयास जस्तो देखिन्छ। मधेस अलग देश को लक्ष्य लाई माओवादी को समाजवाद जस्तो टाढाको लक्ष्य बनाउनु नै श्रेयस्कर छ। होइन भने सीके ले आफुलाई अनुपलब्ध बनाए जस्तो देखिन्छ। मधेसी जनता लाई सीके चाहिएको आज, सीके ले चाहिँ म आज उपलब्ध छैन भने जस्तो देखियो।




Sunday, January 31, 2016

Nepal News (60)





बिहारको मुज्फरपुरमा मधेशी शिर्ष नेताको उपस्थितीमा कार्यक्रम
बिहारको तर्फ वाट सतारुढ गठवन्धनका एक जना शिर्ष नेता रघुवंश प्रसाद सिंह सहभागी थिए । मोर्चाका शिर्ष नेताहरु फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष अध्यक्ष राजेन्द्र महतो, तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादव सहभागी थिए भने तमलोपाको तर्फवाट उक्त पार्टीका सासंद जगीलाल यादव थिए । ........ जारी मधेश आन्दोलनमा सिमापारीका नागरिकको भुमिका र बिहारका राजनितीक शक्तिहरुले गर्न सक्ने सहयोगको वारेमा पछिल्लो समयमा सिमामा रहेको भारतीय सहरहरुमा कार्यक्रमहरु तीव्र रुपमा हुदै आएका छन । पछिल्लो समयमा तराई मधेशको कसपलवस्तू देखि मोरड सम्मका्े क्षेत्रवाट सहभागी हुने गरी विभिन्न भारतीय सहरहरुमा कार्यक्रमहरु सम्पन्न भइसकेका छन ।

बिहारको सतारुढ गठवन्धनका एक जना शिर्ष तथा प्रभावशाली नेता रघुवंश प्रसाद सिह उक्त सवै कार्यक्रमहरुमा सहभागी हुदै जारी मधेश आन्दोलनको पक्षमा बोल्दै आएका छन ।

....... मधेशमा आन्द्योलन चर्किए पश्चात सिंहकै उपस्थितीमा बिहारको पटनामा समेत दुई ओटा महत्वपुर्ण कार्यक्रमहरु यस अघि नै सम्पन्न भईसकेका छन । एउटा कार्यक्रम वौद्धिक जमातको उपस्थितीमा भएको थियो भने अर्को मधेशी नेताहरुकै उपस्थितीमा भएको थियो । भारतीय नेता रघुवंश प्रसाद सिंहले नेपालको मधेशीहरु माथी काठमाडौको सताले विभेद गरीरहेको भन्दै त्यसका लागी

१० औ लाख भारतीय विहारका नागरिकहरुलाई लिएर दिल्ली र काठमाडौमा धर्ना दिन जाने तयारीमा आफुहरु रहेको बताउदै आएका छन ।

........ मोर्चाका तीन ओटै शिर्ष नेताहरु पटना पुगेर त्याहाका उच्च राजनितीक तहमा भेटघाट समेत गर्ने बताइएको छ । त्यहावाट तीन ओटै शिर्ष नेताहरु काठमाडौ फर्किए पश्चात मात्रै यता मोर्चाको बैठक बस्ने बताइएको छ । ......

भारतीय नेता सिंहले पटक पटक नेपाल भारतको नाकाहरुमा मधेशीहरु सगै अव बिहारका भारतीय जनता पनि धर्नामा बस्ने बताउदै आएका छन । साथै उनले काठमाडौमा १० लाख नागरिकलाई लिएर नेपाल भारत मैत्रि जुलुस निकाल्दै मधेशीहरुको मुद्धा सम्बोधन नहुन्जेल सम्म धर्नामा बस्ने समेत बताउदै आएका छन ।

........... मोर्चाको आन्तरिक तयारी र सिमावर्ती क्षेत्रहरुमा भईरहेको विभिन्न अन्तक्रिया लगायतका कार्यक्रमहरुले फेरी आन्दोलन चर्कने सम्भावना देखिन्छ । आन्दोलनरत मोर्चाले समेत चिसो कम भए लगतै आन्दोलन पुन चर्काउने बताउदै आएका छन ।

Nepal News (59)

संयुक्त संयन्त्र निर्माण गर
मोर्चाले प्रादेशिक सीमांकनलाई ‘बटमलाइन’ बनाउँदा निकासको गाँठो त्यसमै अड्किरहेको छ । मोर्चाले तराई–मधेसमा दुई प्रदेश हुनुपर्ने अडान राखिरहेको छ । ..... मुलुकको अर्थतन्त्रमा ठूलो क्षति भइरहेको छ । विकास निर्माणदेखि लिएर सम्पूर्ण क्षेत्र प्रभावित छन् । यस्तो अवस्थामा आन्दोलनरत मोर्चा पनि जिम्मेवारपूर्वक प्रस्तुत हुन जरुरी हुन्छ । मोर्चाले जतिसक्दो चाँडो आन्दोलन फिर्ता लिनुपर्छ या त्यसको नाका केन्द्रित स्वरूप पनि फेर्नुपर्छ । माग राखेर सरकारलाई दबाब दिने नाममा जनतालाई निरन्तर सास्ती दिएर आन्दोलन गरिरहनु आफैंमा ठीक होइन । ...... वार्ता र संवादबाट निकास निकाल्नुको विकल्प छैन, न घुर्कीले समाधान दिन्छ न त बेवास्ताले ।


नेतृत्व संकटबारे बहस : 'यही नेतृत्वले कहिल्यै मुलुक बन्दैन' [भिडियाे]
पूर्व मुख्यसचिव पौडेलले आफूले सचिव र मुख्य सचिव हुँदा ५ जना प्रधानमन्त्रीसँग काम गरेको भन्दै उनीहरु सबैलाई पर्दा पछाडिबाट कसैले सञ्चालन गर्ने गरेको टिप्पणी गरे । .... कांग्रेस नेता थापाले आगामी महाधिवेशनमा आफूले खोसेर नेतृत्व लिने बताए । 'नेतृत्व मागेर होइन खोसेर लिने हो', उनले भने, 'अब म चाँडै खोसेर लिन्छु, तपाईंहरुले चाँडै थाहा पाउनुहुन्छ ।'


नाकाबन्दीअघिभन्दा बढी सिलिन्डर ग्यास भित्रियो
तर, नाकाबन्दी हुनुअघि र पछि उही परिमाणमा सिलिन्डर संख्याको ग्यास आयात भए पनि अधिकांश उपभोक्ताले पाएका छैनन् । ...... उद्योगहरूले भूमिगत डिलरबाट बिक्री गर्दै आएकाले सबै उपभोक्ताले पाउन नसकेको बिक्रेताहरूको भनाइ छ ।

भूमिगत डिलरबाट ग्यास पठाउँदा पर्याप्त मात्रामा कालोबजारी गर्न पाइन्छ ।

उनीहरूका अनुसार केही व्यवसायीले कालोबजारी गर्नकै लागि ग्यास वितरणको विवरण अनिवार्य बुझाउनुपर्ने भनिए पनि निर्देशनको अवज्ञा गर्दै आएका छन् । ....... निगमका नि. नायव कार्यकारी निर्देशक सुशील भट्टराईले केही सातायता आयातमा केही सुधार भए पनि रक्सौल नाका सहज नहँुदा आपूर्तिमा समस्या भएको बताए । रक्सौलबाट भित्रिने इन्धन मुख्यत: उपत्यकाका लागि हो । ती नाकाबाट करिब ६० प्रतिशत आयात हुन्छ तर सोही नाका अवरोध छ । ..... ‘मुख्य नाका अवरोध हँुदा मागको करिब ४० प्रतिशत मात्रै इन्धन (पेट्रोल, डिजेल, ग्यास, हवाई इन्धन र मटितेल) आयात भएको छ,’ उनले भने, ‘अहिले जिल्लाका लागि भित्रिएको इन्धन उपत्यकामा तानेर वितरण भइरहेको छ ।’
नायक खोजिरहेछ देश
त्यही कुष्ठाले होला हामी नायकलाई उसको संघर्षको समयमा घृण गछौ, कुरा काट्छौ अनि नायक बनेपछि उसकै गुण गाउाछौ । हामीमा त्यो दैद्ध चरित्र हावि छ । तर हामी एक हातमा ढुंगा र अर्कोमा माला लिएर सयमको क्षितिजमा केवल नायकको प्रतिक्षा गरिरहेका हुन्छौं । .....

समाज आफैमा खलनायक हुन्छ ।

समाज खलनायक हुनु भनेको समाजका विश्वास,आस्था,नियम,प्रणाली, प्रकृया, संमचना,परिस्थिति, समय, स्थानमनोविज्ञान, विचार, संस्कार, अवधारण धर्म परिवार,सम्बन्ध, शान्ति आदि जस्ता तत्वहरु खलनायकत्वको आभार बन्दछन् । यसैको परिधीभित्र नायक बन्ने पात्र पनि आफैमा जेगिएको हुन्छ ....... किनकी नायक र खलनायकको भिडन्तमा समाज छाती थापेर रगत पिउन बाध्य हुन्छ । यसकारणसमाज खलनायक जन्मन रोक्न पनि सक्दैन । हरेक समाजको नियती आफैभित्र आन्तरिक द्वन्द्वमा रुमल्लिनु हो । .....

समाजले नै पहिला खलनायक जन्माउछ अनि बाध्य भएर नायक पनि जन्माउछ ।

...... नायकले चलचित्रको दुई तिहाई भन्दा बढी समयसम्म दु:ख पाइरहन्छ पिडा झेलिरहन्छ उ सागसागै उसका परिवार आफन्त साथीभाइले पनि उस्तै नियती बेहोरिरहन्छन् । तर अन्तमा नायकले उसको संघर्ष आत्मशक्ति र बालिदान उच्चतम विन्दुमा पुर्‍याएर खलनायकसाग चुनौती सााट्छ । उसको मानवता र महानताकै कारण सफलता हासिल गर्दछ ।खलनायकत्व समाप्त गर्दछ । ....... अन्यायका कारण सोझासाझा मानिसहरुका जीबनलाई दु:खी बनाइरहेको छ । व्याख्यै गर्न नसक्ने गरी खलनायकहरु हाासिरहेका छन । अनि हाम्रा सपना, चाहना आवश्यकता, अधिकार, भविष्य वर्तमान स्वाभीमान अस्तित्व आदि भुट्दै छन । के अव समय भएन र नायक जन्मने? ..... नायकत्व त्यस्तो भाव हो जसले सबैमा सकारात्मकताको अनुभूती गराउाछ । नायकत्व त्यस्तो सपना हो जो सवैको साझा बन्दै जान्छ । .... नेपाली जनताले त्यही रात जुजारीरहेका छन विहानी आउाछ भन्ने आशमा ।


आन्दोलनको स्वरूप फेर
मधेसको जनजीवन आर्थिक, सामाजिक, सांस्कृतिक हरेक दृष्टिकोणले ठप्प बनेको महिनौं भइसक्यो । त्यसको जति व्याख्या गरे पनि अहिले कम नै हुन्छ । हरेक परिवारसँग कुनै न कुनै दुःख, दर्द र संघर्षका कथा छन् । साढे ५ महिना लामो अझ कहिले सहज हुने यकिन नभएको बन्द झेल्ने पुस्तामा दर्ज भएका छन्, मधेसका वासिन्दा । ..... बन्द र नाकाबन्दीले उकुस-मुकुस भई पीडामा रहँदा पनि मधेसीहरु अधिकारको आन्दोलनमा प्रत्यक्ष/अप्रत्यक्ष सक्रिय सहभागी भइरहेछन् । आज, भोलि भन्दाभन्दै काठमाडौंतिर आशाको नजर लगाएको महिनौं भइसक्यो । अनेकौं निर्णायक भनिएका वार्ताहरु विफल भएका समाचारहरुले नैराश्यता मात्र बढाएको छ । .....

मधेसमा आफूहरुले धेरै मत पाएको भनेर घमन्ड गर्ने र भाषण छाँट्दै हिँड्ने कांग्रेस, एमाले र एमाओवादीलाई आफ्ना मतदाताको पीडा र भावना बुझ्ने रत्तिभर फुर्सद छैन । उनीहरु भविष्यमा हुनसक्ने राजनीतिक नाफा-घाटाको जोड-घटाउको हिसाब निकाल्नै व्यस्त छन् ।

...... जनआन्दोलन होस् वा माओवादी सशस्त्र द्वन्द्व सबैले आफ्नो सफलताका लागि काठमाडौंलाई प्रहार गर्ने, गलाउने र थकाउने रणनीति अपनाए । र आन्दोलनको उपलब्धिका लागि त्यो सूत्र स्थापितजस्तै भएको छ । ...... नाकाबन्दीले काठमाडौंलाई गलायो र थकायो पनि । सम्पूर्ण बजार कालाबजारीको नियन्त्रणमा पुगेको छ । तर चलाख र चतुर सरकारले 'राष्ट्रवाद'को नक्कली मास्कले आफ्नो थाकेको/गलेको अनुहारलाई छोप्ने र आफू विरुद्धको प्रहारलाई छेक्न त्यसलाई कवचसमेत बनाएको छ । ......

ज्ञानेन्द्रकालमा लोकतान्त्रिक शक्तिलाई निरुत्साहित पार्न उनीहरुको सम्पत्ति छानबिन गर्ने नाममा शाही आयोग बनाएझैं अहिले मधेसीहरुको नागरिकता छानबिनको प्रश्न उठाइँदैछ । सत्तामा बसेकाहरु मधेसको मुद्दाको गम्भीरता बुझ्नुभन्दा आन्दोलन र आन्दोलनकारीलाई बदनाम गर्नमात्र उद्यत देखिएका छन् ।

...... मधेस आन्दोलन, नाकाबन्दी र भूकम्प पीडितको कहालिलाग्दो अवस्थाले अस्तव्यस्त क्षणमा सरकारमा रहेको कम्युनिष्ट गठबन्धन प्रतिपक्षमा भएका भए आफू विपरीतको सरकारलाई अहिलेको जस्तो सहज पक्कै हुन दिँदैनथे । ........ सरकार र प्रतिपक्ष उस्तै-उस्तै भएपछि समस्या थप बल्झिएको हो । ..... संविधान जारीपछि प्रधानमन्त्री बन्ने तयारीमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नाकाबन्दी सुरु भएको तेस्रो दिन असोज ९ मा आयोजना गरेको सम्पादकहरुसँगको अन्तरक्रियामा भनेका थिए-

'तपाईंहरु अहिले साँझ घर पुगेपछि नाकाबन्दी खुलेको समाचार थाहा पाउनु हुनेछ ।'

त्यस लगत्तै प्रधानमन्त्री भएयता चार महिनाको अवधिमा उनले त्यो कुरा पटक-पटक दोहोर्‍याउन अप्ठ्यारो मानेका छैनन् । तर समस्य चार महिनाअघि जस्तो थियो, अहिले पनि उस्तै छ ।

मानिसहरु आधा ग्यास भरिएको सिलिन्डर र केही लिटर पेट्रोलका लागि मन्त्रीको सिफारिस खोज्दैछन् ।

प्रधानमन्त्रीका कुरा मानिसलाई पत्यार लाग्न छाडेको छ । ....... मधेसमा जारी आन्दोलनले उहिल्यै 'जनआन्दोलन'को रूप लिइसकेको छ । एकै दिन एकै समयमा १ हजार ५ सय किलोमिटरको दूरीमा लाखौं मानिसको सहभागिता भएको मानवसाङ्लो नै मोर्चाले आह्वान गरेको आन्दोलनलाई 'जनआन्दोलन' भन्नलाई पर्याप्त हुन्छ । .....

आन्दोलनले मधेसको मुद्दालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा बलियोगरी स्थापित गराउन सफल भएको छ ।

...... आफ्नो सबै दुःख सहेर आन्दोलनमा सघाएका मधेसी जनताको अहिलेको भावना आन्दोलनको स्वरुप फेरियोस् भन्ने पक्षमा पुगेको छ ।
उच्चस्तरीय समितिमा दाहालले भने, ‘कांग्रेसलाई पनि बायस नगरौं’
ठूला परियोजना तत्काल अगाडि बढाउने निर्णय
‘संविधान निर्माणमा कांग्रेस सँगै छ,’ दाहालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘उसलाई बायस गर्नु हुँदैन ।’ .....

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द र सिके राउतका गतिविधिप्रति संकेत गर्दै हिंसात्मक र पृथकीकरणका विरुद्ध राष्ट्रवादी शक्तिहरुको एकतामा जोड दिएका थिए ।

कांग्रेस–तमालोपा वार्ता: संवादहीनता तोड्ने प्रयास
स्वास्थ्य उपचारको क्रममा १२ दिनको दिल्ली बसाईपछि बिहीबार राति काठमाडौं आएका ठाकुरलाई कोइरालाले सम्पर्क गरी भेटघाटका लागि प्रस्ताव गरेका थिए । ‘कोइराला आफैं ठाकुरजी कहाँ आउने प्रस्ताव गर्नु भएको थियो,’ ठाकुर निकट स्रोतले भन्यो ‘तर, उहाँलाई आवागमनमा अप्ठ्यारो हुने बुझेर ठाकुरजी नै कोइराला निवास पुग्नु भएको हो ।’ ..... दुई नेताबीच व्यक्तिगत स्तरमा अनौपचारिक भेट भएको र दुईबीच एक अर्काको स्वास्थ्यबारे सोधासोधपछि केहीबेर मुलुकको राजनीतिक घटनाक्रमबारे कुराकानी भएको लालले बताए ।


मोर्चा कार्यकर्ताद्वारा लिला कोइरालाको घरमा आक्रमण
जनकपुरमा तनाव, ५ घाइते
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जनकपुरको ब्रम्हपुरस्थित कांग्रेस नेतृ लिला कोइरालाको घर घेरेर ढुंगामुढा गरेपछि तनाव भएको छ । प्रहरीले मोर्चा कार्यकर्तालाई हटाउने क्रममा केही राउण्ड अश्रु ग्यास र लाठी प्रहार गरेको छ । ..... कांग्रेसका जिल्ला सभापति रामसरोज यादवले कोइरालको घरमा ढुंगा र पेट्रोल बम प्रहार गरिएको बताए ।

मोर्चाका नेताले सभासद समेत रहेकी कोइरालालाई शनिबार भेटेर जनपुर छाड्न आग्रह गरेको थियो । संविधानमा हस्ताक्षर गरेका सभासदलाई जिल्ला प्रवेशमा रोक लगाइएको भन्दै सदभावना अध्यक्ष संजय सिंहले आक्रोशित कार्यकर्ताले त्यही भएर उनको बिरोध गरेको बताए ।

प्रहरीको प्रहारबाट मोर्चाका ५ जनाबढी घाइते भएका छन् । ......कोइरालाले भने आफू आफ्नो घर आएको र कसैले बिरोध गर्दैमा घर छाडेर जान नसकिने कान्तिपुरलाई प्रतिक्रिया दिएकी छन् ।
कांग्रेस अधिवेसन वहिष्कार
मधेसी मोर्चाको अवरोधले यस जिल्लामा हुन नसकेको गाउँ/नगर अधिवेसनको सिलसिलामा महासमिति सदस्य हरिशंकर यादवको नेतृत्वमा सात वटा गाउँ इकाइ समितिले आइतवार अधिवेसन बहिष्कार गरेका छन् । बहिष्कारमा क्षेत्रीय सचिव मदन सिंहसमेत सहभागि थिए । ....

काँग्रेस नेतृत्वकै सरकारले ल्याएको संविधानमा मधेस तराईको मागलाई उही सरकारले वेवस्ता गर्दा समस्या टुंगोमा नपुगेको भन्दै उनीहरुले अधिवेसन वहिष्कार गर्नु परेको बताउँछन् ।

..... 'कांग्रेसको गतिविधिले तराईमधेसका नागरिकले दुःख पाइरहेको छ, त्यसैले हामीले महाधिवेसनमा भाग लिनुको अर्थ छैन्, महासमिति सदस्य हरिशंकर यादवले भने, 'मधेसको माग पुरा गराउन काँगेसको भुमिका न्युन भयो ।' महासमिति सदस्य यादवको नेतृत्वमा कलैयामा पत्रकार सम्मेलन गरी अधिवेसन बहिष्कार गर्ने घोषणा गरिएको हो । पत्रकार सम्म्ोलनमा सयौं स्थानीय नेताकार्यकर्ताको सभहभागी थिए ।


मिडियामा मधेस [भिडियो]

नाकाबंदी फिरता लेउ भनेर प्रेशर दिने तर ११ बुँदे पुरा गर भनेर प्रेशर नदिने हरु

मधेसी मोर्चा लाई नाकाबंदी फिरता लेउ भनेर प्रेशर दिने तर साढ़े तीन पहाड़ी दल लाई ११ बुँदे पुरा गर भनेर प्रेशर नदिने हरु सब एक एक गरी बेईमान हुन। एमाले र काँग्रेस ले नमानेर मात्र भन्ने प्रचंड को हिंट आफैमा बेईमानी हो। माओवादी ले ११ बुँदे हामी मान्छौं भनेर कतै भनेको मलाई थाहा छैन। एकोहोरो किसिमले नाकाबंदी फिर्ता लेउ भन्ने हरुको नियत शंकास्पद छ। अन्याय सह भनेको हो। विरोध नगर, अन्याय सह, दोस्रो दर्जाको नागरिक हुनमा नै चित्त बुझाउ भनेको हो। त्यस्तो भन्ने हरुका विरुद्ध नै त यो आंदोलन हो। आंदोलन जसका विरुद्ध गरिएको हो, ती प्रतिपक्षी हुन भने ती प्रतिपक्षी हुन। ती शत्रु हुन भने शत्रु हुन। हाम्रो पक्ष एउटै हो भन्ने चालबाजी का साथ एकोहोरो किसिमले नाकाबंदी फिर्ता लेउ भनेर वकालत गर्ने हरु नाकाबंदी फिर्ता के ले गर्छ भन्ने थाहा नभए जस्तो गर्छन। नाकाबंदी त दुई मिनट मा समाप्त हुन्छ। ११ बुँदे पुरा त गर। अहिले प्रमुख समस्या नै एकोहोरो किसिमले नाकाबंदी फिर्ता गर भन्ने हरु हुन। प्रचंड एमाले को बी टीम नै हुन। पार्टी एकाकार भइसकेको अवस्था छ वैचारिक किसिमले। माओवादी लाई एमाले ले क्वाप्प निलिसक्यो।


हिन्दी भाषा, हिन्दु धर्म, भारतीय सांस्कृतिक राष्ट्रियता, मधेस, मधेसी और नेपाल

प्रत्येक भारतीय नागरिक हिन्दु नहीं हैं। और दुनिया का सबसे बड़ा लोकतंत्र भारत। सभी भारतीय नागरिक कानुन के नजर में बराबर हैं। लेकिन एक सांस्कृतिक राष्ट्रियता है, एक भारतीय सांस्कृतिक राष्ट्रियता जिसके केंद्रविंदु में हिन्दी भाषा और हिन्दु धर्म है। तमिल या मराठी बोल्ने वाले भी भारतीय नागरिक हैं। ऐसा नहीं कि बगैर हिंदी बोले भारतीय हो नहीं सकते। लेकिन मधेसी तो भारतीय नागरिक नहीं हैं। लेकिन वो जो भारतीय सांस्कृतिक राष्ट्रियता है जिसके केंद्रविंदु में हिन्दी भाषा और हिन्दु धर्म है, मधेसी उसके अभिन्न अंग हैं। लेकिन सभी मधेसी हिन्दु नहीं। बहुत मुसलमान हैं। बुद्ध मधेसी थे। मधेस चीन, सारे चीन, पर कब्ज़ा करेगा। बुद्ध धर्म के रास्ते। लेकिन बहुत कम मधेसी बुद्धिस्ट हैं। आज। लेकिन मधेसी राष्ट्रियता का बहुत बड़ा हिस्सा बुद्ध का है।

हिन्दी भाषा, हिन्दु धर्म, भारतीय सांस्कृतिक राष्ट्रियता, मधेस, मधेसी और नेपाल। हिंदी भाषा पर आक्रमण निरंतर ढाई सौ साल से चला आ रहा है। इस मधेस आंदोलन का एक प्रमुख मांग है कि अब नेपाल में नेपाली भाषा और हिंदी भाषा दोनों बराबरी के ओहदे पर रहेंगे। भारत के संसद में हिंदी और अंग्रेजी दोनों में काम होता है। अब नेपालके संसद में नेपाली और हिंदी दोनों में काम होगा।

विद्या जुता पहन के जानकी मंदिर के भितर तक पहुँच गयी। मधेसी हो या पहाड़ी कोई हिन्दु वो कर ही नहीं सकता है। विद्या हिन्दु नहीं सनातनी हैं। जिस तरह रावण सनातनी था।

तो जब बात हिंदी भाषा और हिन्दु धर्म का हो, तो ये लड़ाई मेरा कब से हो गया? ये तो मोदी का लड़ाई है। मोदी लड़े अपना। बहुत जल्द मेरा प्रमुख फोकस होगा अमरिका। यहाँ बाजार गर्म हो रहा है।