Tuesday, September 29, 2015

Baburam In Janakpur

In The News (126)

भारतीय च्यानलको प्रसारण नरोक्न निर्देशन
प्रसारण रोकिएकोमा स्पष्टिकरण माग





नाकाबन्दीले तनहुँमा पेट्रोलियम र ग्याँस अभाव
व्यास–१ स्थित सुगम आयाल सप्लायर्सका संचालक महेश बतासले पेट्रोलियम अभाव भएपनि प्रत्येक दिन सवारीसाधनहरुको भिड लाग्ने गरेको बताए । यस अघि ७ गते बिहिबार आफ्नो पेट्रोल पम्पमा डिजेल र पेट्रोल झरे पनि तुरुन्तै सकिएको र त्यसपछि पेट्रोलियम माग गर्दा पनि प्राप्त गर्न नसकेको उनले जानकारी दिए । अधिकांश ग्राहकले फोन गरेर पेट्रोलियम भए नभएको सोध्ने गरेको उनले बताए । ...... पेट्रोलियम आउने आशामा प्रत्येक दिन दमौलीमा रहेका सुगम आयाल सप्लायर्स र जोशी आयाल स्टोर्समा मोटरसाईकल र सवारीसाधनको भिड लाग्ने गरेको छ । जिल्लाका अन्य पेट्रोल पम्पहरुमा समेत पेट्रोलियम पदार्थ सकिएको उनले बताए । ..... दमौलीमा खाना पकाउने ग्याँसको समेत अभाव भएको छ । ग्याँसको अभाव भएपछि दमौलीवासी विकल्पमा जुट्न थालेका छन् । सदरमुकाम दमौलीकी ग्याँस विक्रेता सरु श्रेष्ठले असोज लागे लगत्तै जिल्लामा ग्याँस अभाव भएको बताइन् । आफूहरुबाट मासिक करिव ५ सय वटा ग्याँसका सिलिण्डर विक्रि हुँदै आएपनि असोज लागेपछि जम्मा ६० वटा मात्र सिलिण्डर विक्रि गरेको उनले बताइन् । .....

घरमा खाना पकाउने ग्याँस सकिएपछि भुसबाट खाना पकाउने चुल्हो किनेर खाना पकाउन सुरु गरेको

व्यास ११ की राममाया गुरुङले बताइन् । खाना पकाउन केही झन्जट र ढिलो हुने गरेपनि ग्याँसको विकल्प खोज्नु परेको उनले सुनाइन् । ‘ग्याँस सकिएपछि किन्नलाई अर्को सिलिण्डर पाइएन,’ उनले भनिन्, ‘त्यसैले १२/१५ दिनदेखि भुसको चुल्होमा खाना पकाउँदै आएकी छु ।’ .....

‘ग्याँसको अभाव अहिले मुलुकभर नै देखिएको छ,’

उनले भने, ‘ग्याँसको अभावलाई छिट्टै समाधान गर्नुपर्छ भनेर हामी जुटी रहेका छौं । तत्कालका लागि ग्याँसको विकल्पमा लाग्न हामी सबैमा अनुरोध गर्छौ ।’
गच्छदार र ठाकुर भेट, नाकाबन्दी हाम्रो कारणले होइन : गच्छदार
हवाइ इन्धनको कारण देखाउँदै चाइना साउदर्नले गर्‍यो उडान रद्द

Dear agents and passengers ,We are sorry to inform you all due to aircraft Fuel problem in Nepal , China Southern...

Posted by China Southern Airline Kathmandu on Monday, September 28, 2015


धनगढीमा इन्धनको कोटा प्रणाली लागू
प्रत्येक दिन निजी कारलाई १० लिटर, मिनीबसलाई २० लिटर, ट्याक्सीलाई १० लिटर, ट्रयाक्टरलाई १५ लिटर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्न पाउने गरी कोटा निर्धारण गरिएको छ ।
महामहिम ज्यू यो संविधान ख्यालठट्टा हैन : ओली
उप-राष्ट्रपतिको विज्ञप्तिप्रति ओलीको आक्रोश
संविधान पुनर्लेखन हुँदैन
ओलीले भारतले नेपालको संविधानलाई स्वागत नगर्नु उचित नभएको टिप्पणी गरे । उनले भने,

'भारतजस्तो मित्र राष्ट्रले संविधान बनेकोमा स्वागत गरेन । नोटिस मात्रै लिएको भन्यो । उसका व्यवहारहरु अरु प्रकारका पनि देखिन थालेका छन् ।

भारतजस्तो लोकतान्त्रिक मानिएको देश यस्ता कुरामा अल्झिनु नसुहाउने र अनुचित काम हो ।'...... उनले संविधान जारी भएकोमा खुशीयाली मनाउनु पर्नेमा मधेसवादी नेताहरु धेरै भावनामा भडकिएको बताए । ..... ओलीले अहिले केही नेताले संविधान पुनर्लेखन गर्नुपर्ने माग गरेको र उक्त कार्य हुनै नसक्ने बताए । उनले भने, 'कसैकसैले संविधान पुनर्लेखन गर्नुपर्छ भनेको पनि सुनेको छु । संविधानसभा सक्किसक्यो । संविधान जारी भैसक्यो। जिद्दिको पनि हद हुन्छ नी । असंवैधानिकताको पनि हद हुन्छ नी ।

पुनर्लेखन हुँदैन ।'

...... एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजबाट सुरु भएको हो। देशभरका ६ सय अगुवा नेता छन् । भेला संविधानमा भएका विशेषता र संविधान निर्माणमा पार्टीले खेलको भूमिका र अब के गर्ने विषयमा केन्द्रित छ । ..... यो भेलापछि अगुवा कार्यकर्ता संविधानको विषयलाई प्रचारप्रसार र कार्यान्वय प्रयोजनको लागि देशव्यापी परिचालित हुनेछन् ।


नेपाली राजनीतिमा सक्रिय भाले
डाक्टरसँग बिदा मागेर श्रीमान् श्रीमती कोठाबाट निस्किनै लाग्दा ढोकाबाट श्रीमान् डाक्टरकहाँ पुगेर सोधेछन्,‘डाक्टरसाब भालेले केही पनि गर्दैन भनेर मैले त कुरो बुझेँ । तर, त्यो भालेलेचैं कुरो बुझ्यो कि बुझेन होला ?’ ...... अरु त अरु तराई र मधेसबाट प्रतिनिधित्व गर्ने दलका साना भालेहरु पनि संविधानमा तपाईंहरुका यी–यी मुद्दाहरु समेटिएका छन् भनेर आफ्ना मतदाता समक्ष जान सकिरहेका छैनन् । ..... छिमेकी भारत नेपालमा संविधान जारी भएको ‘जानकारीमा आएको’ भन्दै आफ्नो संलग्नता खोज्दैछ । अझ नेपालमा संविधान जारी भएसँगै सीमामा हिंसात्मक गतिविधि बढेकाले उसले त्यहाँ कडाइ गर्दै अघोषित नाकाबन्दी लगाइसकेको छ । .... भाई फुटे गँवार लुटेको अवस्थामा मुलुक पुग्न लागिसकेको छ । अथवा

ठूलै अनिष्ठ सन्निकट छ भन्ने कुराको भेउ जनजनले पाइसके ।

..... काठमाडौमा रहेको भाले तराई–मधेस शब्द पनि सम्झौतामा राख्न चाहन्न । दशगजामा उभिएर स्वदेसी सुरक्षाकर्मीलाई ढुङ्गा हान्ने भाले पनि छिमेकीको सहारामा देशवासीमाथि नाकाबन्दी गराएर माग पूरा गराउने ध्याउन्नमा छ ।
नेपाली भाषाका च्यानल निषेध गरिने
निर्णय नसच्चयाए मधेश क्षेत्रमा नेपाली भाषाका हरेक संचारमाध्यममा यहाँका जनताले प्रतिबन्ध लगाउने यादवले जनाए । 'काठमाडौं लगायतका पहाडी ठाउँमा २४ घण्टाभित्र पहिलेदेखि सञ्चालनमा रहेका भारतीय च्यानल पुनसूचारु नगराए हामी कडा कदमको लागि बाध्य हुन्छौं,' उनले भने, 'त्यस पछि नेपाली भाषाका सम्पुर्ण टेलीभिजन च्यानल र चलचित्र मधेशमा रोक लगाइने छ ।'
वार्तामा शीघ्रता आवश्यक
यस्ता प्रयासबाट अपेक्षित परिणाम निस्कने छाँट नदेखिनु अहिले चिन्ताको विषय बनेको छ । .... तराई–मधेसको जनजीवन झन्डै दुई महिनादेखिको आन्दोलन र अशान्तिले अस्तव्यस्त पारिरहेकै छ । ..... मधेसमा जारी आन्दोलनप्रति ऐक्यबद्धता जनाउने गरी भारतले सीमामा गरेको अघोषित नाकाबन्दीको असर राजधानीमा महसुस हुन थालेको छ । ....

कतिपय आन्दोलनकारी दल/नेताहरूले संविधानकै पुन:लेखन गरिए मात्र मान्य हुने कुरा गर्न थालेका छन् ।

.... जिल्ला–जिल्लामा तैनाथ गरिएको सैन्य टुकडी सरकारले फिर्ता गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकलाई दस–दस लाख रुपैयाँ बराबरको क्षतिपूर्ति दिने घोषणा गरेको छ । .... यसबीच लगाइएका मुद्दाहरू फिर्ता लिने, घाइतेहरूको उपचार गर्ने, पक्राउ परेकालाई रिहा गर्नेजस्ता उनीहरूका पूर्वसर्त पूरा गरेर सरकारले औपचारिक वार्ताको वातावरण बनाउनुपर्छ । आन्दोलनकारी दलहरूले पनि आफ्ना खास माग केके हुन्, त्यसलाई ठोस रूपमा ल्याउनुपर्छ । .... आन्दोलनकारीका प्राय: कुनै माग नयाँ छैनन्
‘नयाँ शक्ति’ गठनका व्यावहारिक प्रश्न
सबैजसो निर्णायक नेता सुशील कोइराला, केपी ओली, प्रचण्ड, वामदेव गौतम, कृष्ण सिटौला, माधव नेपाल, शेरबहादुर देउवा तराईको मतबाट विजयी भएका हुन्। ....... तर उनीहरूको विजयभूमिमै यो दङ्गाफसाद, हत्या, रक्तपात, अशान्ति, असुरक्षा र जनजीवन ठप्पको अवस्था कसरी पैदा भयो? .... यो जागरुकता न्यायको लागि विद्रोह हो कि फगत सत्ताको लागि जंगबहादुर बन्ने महत्त्वाकांक्षा? वा सहज चेतनाका नाममा अस्वाभाविक उत्तेजना? नेताका नाममा जनताका आँखामा आँसु हुँदो हो त शुभ मानिन्थ्यो, तर भइरहेछ– नेताका कारणले जनताका आँखामा आँसु। ..... कार्यसम्पादनका दृष्टिले मान्छे चार प्रकारका हुन्छन्– जान्दछ–गर्छ, जान्दछ–गर्दैन, जान्दैन–गर्छ र जान्दैन–गर्दैन। .... ‘हामी नयाँ शक्तिको संस्थापक वा नेता भयौं, अब सबै कार्यकर्ता हुन आओ’ भन्ने खालको आह्वानमा आधारित शक्ति बनाउन खोजियो भने त्यस्तो शक्तिको भविष्य हुँदैन।


हे एन आर एन आ ई सि सी !भारतले लगाएको अघोसित नाकबन्दी बिरुद्ध केही त बोल ! कमसेकम पिडामा परेका हाम्रा नेपाली दाजु भाई ,द...

Posted by Bijaya Poudel on Tuesday, September 29, 2015

बि.स. ०४७ सालमा तत्कालिन माओवादीले संसदलाई खसीको टाउको राखेर कुकुरको मासु बेच्ने ठाँउ भने जस्तै अहिले जारी भएको संविधान ...

Posted by Jay Prakash Gupta on Tuesday, September 29, 2015

आज जनकपुरमा तमरा अभियानका संयोजक जय प्रकाश गुप्ताले पूर्व प्र.म. र बरिष्ट नेता डा. बाबुराम भट्टराईसंग भेट गरि मधेस आगमनम...

Posted by Jay Prakash Gupta on Tuesday, September 29, 2015

आज जनकपुरमा तमरा अभियानका संयोजक जय प्रकाश गुप्ताले पूर्व प्र.म. र बरिष्ट नेता डा. बाबुराम भट्टराईसंग भेट गरि मधेस आगमनम...

Posted by Jay Prakash Gupta on Tuesday, September 29, 2015

तिम्रो पो रङ मिल्छ भाषा मिल्छ अनि दिल पनि मिले जस्तो भएको होला । तिम्रो पो माईति मावली र ससुराली त्यतै छ त्यसैले यो मा...

Posted by Bijaya Poudel on Tuesday, September 29, 2015

ईन्डियाको टेलिविजन बन्द गर्नेहरु, ईण्डियन कम्पनीबाट् किनेका सबै मोटार साइकलहरु जलाउ, पहिले अफ्नै घरको मोटर् साइकल्बाट् सुरु गर्यौ अनि बल्ल इन्दिया ले पनि थाहा पाउने छ। यस्तो पो हुनुपर्छ बिरोध् प्रोग्राम

Posted by Mahabir Chaudhari on Tuesday, September 29, 2015

अहिले रातीको १० बजे लहानमा प्रहरीले तमरा अभियानका संगठन विभाग सदस्य राम शंकर साहलाई बिना पुर्जी निजको घरबाट गिरफ्तार गरे...

Posted by Jay Prakash Gupta on Tuesday, September 29, 2015

आज जनकपुरमा गंगा आरतीको १ बर्ष १२२ औं दिवस । जनकपुरमा अध्यात्म, शांति र पर्यटनको नयाँ केन्द्र । सुखद अनुभूतिको क्षण ।

Posted by Jay Prakash Gupta on Tuesday, September 29, 2015

नेपालमा सबै जनता बीचको एकताको सबै भन्दा ठूलो शत्रु यहाँ को मेन स्ट्रीम मिडिया हो ,टी भी र एफ एम विशेष गरी । काठमांडौ र...

Posted by Sarita Giri on Monday, September 28, 2015

India receives more from Nepal in remittance n trade, not to talk about Nepali blood to defend its borders.

Posted by Dinesh Prasain on Monday, September 28, 2015

राजेन्द्र महतो कारागारमा......बिरगंजको कारागारमा बन्द रहेका आन्दोलनकारी तमलोपा का महामन्त्री श्री जितेन्द्र सोनल र नवल...

Posted by सदभावना पार्टी on Tuesday, September 29, 2015

हिन्दी भाषा मधेसको भाषा हो

भारतको पनि होला। हो। तर हिन्दी भाषा मधेसको भाषा हो। हिन्दी भाषा मा बन्देज लगाउने प्रयास मधेस मथिको भाषिक युद्ध को रुपमा मधेसले बुझ्नेछ।


एमाले को Ostrich व्यवहार



संविधानका भ्रमबारे एमालेको खण्डन (पूर्णपाठसहित)



In The News (125)



भारतीय राजदूतले भने, ‘यो अवस्था लामो रहँदैन’



नाकाबन्दीमा कठीन यात्रा (तस्बिरहरु)
अमरेशको कारबाही रोकियो
प्रधामन्त्री सुशील कोइराला र बरिष्ठ नेता शेरवहादुर देउवाले कारबाही गर्ने सार्वजनिक रुपमा बताउँदै आएपनि समितिले बैठक सम्म राखेको छैन । प्रधानमन्त्री कोइरालाले टिकापुरको भ्रमणमा पनि कारवाही हुने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।


पाँच शर्त पूरा गरे सार्थक वार्ताः ठाकुर
सेना, सशस्त्र प्रहरी फिर्ता, मधेस आन्दोलनका मृतकलाई शहीद घोषणा, घाइतेको उपचार, मृतक आश्रित परिवारलाई क्षतिपूर्ति, दंगाग्रस्त घोषणा फिर्ता हुनासाथ औपचारिक वार्ता थालिने उनले बताए । .... विगत ६ दिनदेखि भएको नाकाबन्दीका कारण जनताले सास्ती खेप्नु परेको जिज्ञासा राख्दा ठाकुरले सरकारले मधेसमा ४६ दिनदेखि नाकाबन्दी गरी ढुवानी गरेको बताए । 'मधेसमा कर्फ्यु लगाएर रातको समयमा ढुवानी गरे,' उनले भने,

'यता त ४६ दिनदेखि सरकारले नाकाबन्दी गरेको छ ।'

..... मंगलबार विहान प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले समेत फोन गरी भेट्न चाहेको उनले सोनललाई सुनाए । सहमहामन्त्री सोनलले यसपालीको वार्ता उधारो नभई नगदमै गर्न आग्रह गरेका थिए । राज्यले झुठा मुद्दा लगाएर आन्दोलनकारीलाई फसाएको उनले आरोप लगाए । ... विगत ६ दिनदेखि वीरगन्ज रक्सौल नाकामा जारी धर्नामा अध्यक्ष ठाकुर सहभागी भएका थिए । मितेरी पुलमा २ घन्टा धर्नामा बसे । त्यहाँबाट रक्सौल स्थित रेल्वे स्टेशनमा रेल चढेर उनी बैरगनिया नाका भएर रौतहटको गौर जाने कार्यक्रम रहेको पार्टीका कार्यकर्ताले बताए ।


संविधानका भ्रमबारे एमालेको खण्डन (पूर्णपाठसहित)



बिचरा विजय

संकटको पृष्ठभूमी र समाधानका सुत्र by विजय कुमार
भर्खरै मैले भारतलाई लक्षित जुन अनुच्छेदमा यी शब्द लेखे ‘नेपालका सामान्यजनको जीवन थप कष्टकर तुल्याउने कृत्यमाथि तत्काल पुनर्विचार गर्नुहोस’ तब अचानक मलाई मधेशको याद आयो। ..... विचराहरू महिना दिनदेखि कर्फ्युको छायाँमा बसेका थिए। चालिसौं मृत्युपछि पनि काठमाडौं संवेदनहिन थियो। म आफू लगायत हाम्रो मिडियाको ठूलो अंश हुनुपर्ने मात्रामा संवेदशिल हुन नसकेकै हो।



मैले अहिलेसम्म जिंदगी मा ethnic prejudice ले ग्रस्त नभएको पहरिया एउटा पनि भेटेकै छैन। विजय कुमार अपवाद होइन। अमिताभ बच्चन सँग अंग्रेजी मा अन्तरवार्ता लिने दुस्साहस गरेको मान्छे। उसले खोजेको एउटा न्यूट्रल भाषा। अमिताभ बच्चन सँग हिंदी मा अन्तरवार्ता लिने हो भने त नेपालको राष्ट्रियता माथि आघात पर्छ। यस्ता मान्छे हरुले नै मानव अधिकार संगठन चलाउँछन्, कृष्ण पहाड़ी जस्तो रेसिस्ट मान्छे। मंत्रालय र सरकार चलाउँछन्। मीडिया चलाउँछन्।भारत प्रति घृणा पहिलो धर्म भएका मान्छे हरु। घृणा गर्न औकात को जरुरत नपर्ने रहेछ। साईकल चढ़े पनि हुने रहेछ। मधेसी भारतीय हो भन्दै आएका हरु अहिले एकाएक मधेसी भारतीय होइन भन्न थालेका छन। विजय कुमार का लागि यो फरकीकरण बड़ो जरुरी हुन आएको छ। अहिले अवस्था यस्तो आइसक्यो कि मधेसी भारतीय हो भन्नु मधेसी बलियो हो भन्नु बराबर जस्तो भइसक्यो। अनि किन भन्ने मधेसीलाई भारतीय? बलियो भनेको लाई हेप्न मिल्दैन होला।

बेचारा वीरू, नजाने अब क्या करेगा बेचारा!

Indophobia भन्ने ह्रदय रोग को इलाज संघीयता होइन। संघीयता भनेको तिम्रो ह्रदय रोग तिमीलाई सलाम, हामी आफ्नो ताकतले आफ्नो राज्य चलाउँछौं भनेको हो।

सीमांकन नै पहिलो शर्त हो

झापा देखि नारायणी नदीसम्म मधेस, उता कंचनपुर सम्म थरुहट। यो नै पहिलो शर्त हो। बरु सेना फिर्ता गर्ने काम दुई चार दिन पछि गरे पनि हुन्छ। ७ बाट फेरि ६ मा जाने।


Monday, September 28, 2015

The Earthquake, Facebook, And $17 Million



In April and May, the Facebook community donated over $15 million to support Nepal Earthquake survivors. We'd like to share an update on how your donations are helping International Medical Corps and the people of Nepal rebuild.
Posted by Facebook on Monday, September 28, 2015

In The News (124)

मधेसी मोर्चा र तीनदलको वार्ता सकारात्मक
आफ्ना कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने, सेनालाई ब्यारेक फर्काउनुपर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था हुनुपर्ने .... सङ्घीय प्रदेशको सीमा, नागरिकता, समानुपातिक तथा समावेशिता
संकटको पृष्ठभूमी र समाधानका सुत्र
मुलुक अपठ्यारोमा छ। ‘राष्ट्र’ त यो अझै बनिनसकेकै अवस्था हो। ..... क्षणिक उतेजनाले हामीलाई राप र ताप त दिन्छ तर दिर्घकालिन प्रकाश दिँदैन। दिने भए, आज हामी एसियामा अफगानिस्तान पछि दोस्रो गरिब हुने थिएनौं। .... आज जे जस्ता परिस्थिति उत्पन्न भएका छन्- ती एकै रातमा, एकै छाकमा र एउटै जय शंकरका वा पराजय शंकरका कारण उम्रिएका होइनन्। .... नेपाल-भारत सम्बन्ध यती बहुआयामिक छन्, कुनै एउटा सरकार वा दुबै सरकारले मिलेर पनि सम्बन्धको समग्रतामा एक हदभन्दा बढ्ताको नोक्सान पुर्‍याउन सक्दैनन्। ..... ‘नेपालको मूल समस्या संविधान हुँदै होइन विजय। मूल समस्या अन्तै छ। संविधान निर्माण गर्ने भनेको रुख रोप्ने हो। फर्निचर ल्याएर कोठामा सजाउने होइन। जसरी रुख विकसित हुँदै जान्छ, संविधान पनि विकसित हुँदै जान्छ। हाम्रो आचरण, निष्ठा र ईमान्दारीको मलजल पायो भने मात्र संविधान हुर्कन्छ। होइन भने कागजको खोस्टामा परिणत हुन्छ। पहिला पहिला भएको त्यही हो विजय! अब नेपालमा हुने पनि त्यही हो।’ .....

नेपाल भारत सम्बन्धमा पारदर्शीता र स्पष्टता नआएसम्म जतिवटा संविधान फेरेपनि केही हुन्न।

..... ‘संविधान भनेको जीवन्त रूख हो, मृत काठको फर्निचर होइन। रूख हो, राम्रो हेरचार पाए बढ्छ, होइन भने मर्छ।’ .... छैठीको दिनमा कुनै पण्डितले भविष्यवाणि गरेको भरमा कुनै बालख स्कुल नै नगइकन डाक्टर, ईन्जिनियर वा वकिल हुनसक्छ? ....

संविधानको स्वीकारोक्तिको दायरा फराकिलो पार्न चाही अनिवार्य देखिएको छ।

..... ‘नेपालमा राजनीतिक क्रान्तिको लक्ष्य मात्र पुरा भएको छ। सामाजिक र आर्थिक क्रान्ति बाँकी नै छ। सामाजिक सन्तुलन र आर्थिक विकासको अभावमा राजनीतिक क्रान्तिलाई धेर बेर अड्न गारो हुन्छ। शासन चलाउँदा, धेरै प्रकारले सामाजिक विविधता र जातजातिको सन्तुलन मिलाउँनैपर्छ। ६ वटा राजदूत बनाउँदा सबका सब ब्राम्हण किन बनाइए भनेर बिरोध गर्दा मलाई ब्राम्हण बिरोधी भनेर प्रचारित गरियो। मेरो जीवन पनि अजिबै रह्यो विजय। जवान छँदा काठमाडौंका केही नेवार साथीहरूले-बाहुनको मुतमा बगेर गणेशमान खतम भयो भने–तिनका इसारा अरू कोहि नभएर कोइरालाजी (बीपी) थिए। आज बुढेशकालमा आएर मलाई ब्राम्हण बिरोधी भनियो। म भाषा मिलाएर भन्न जान्दिनँ। तर, सामाजिक सन्तुलन मिलाउँनै पर्छ। आखिर राजनीति पनि हामीले सबैको शान्ति र विकासका निम्ति न गरेका हौ।’ ...... उनको कुनै सरकारी पद थिएन। तर पनि अमेरिका जाँदा अमेरिकी राष्ट्रपति जर्ज बुशले उनको स्वागत ‘ह्वाइट हाउस’ को ‘ओभल अफिसमा’ गरे। ....... उनी पछि कयौं नेपाली प्रधानमन्त्री राष्ट्रसंघमा भाग लिन अमेरिका पुगे। तर, ह्वाइट हाउसको ओभल अफिसमा स्वागत पाउने सपना पनि देख्न सकेनन्, विपनाको त कुरै छाडौं। .... असंख्य प्रधानमन्त्री न्युयोर्क गए, महासभामा भाग लिन आएका एक हुल राष्ट्राध्यक्ष वा सरकार प्रमुखसँग अमेरिकी राष्ट्रपतिले हात मिलाउँदाको फोटो खिचाए, फर्केर आए। .... नेपालका प्रायः सबै भूभाग खुसी भएको अवस्था भए कति सुन्दर हुन्थ्यो होला जीवन। ..... ‘हामीले बनाएको संविधानको मस्यौदामा कतिपय यस्ता प्रावधान छन् जो एक वा अर्को दृष्टिकोणबाट हेर्दा, कसै न कसैलाई आपित्तजनक लाग्न सक्छन्। हामीले स्वीकार गर्न सक्नुपर्छ- दोष र अवगुणहरू हाम्रो देशको वर्तमान अवस्थामा मात्र होइन अपितु जनता स्वयं भित्र पनि रहेकाछन्। यदि जनताले योग्य नैतिकवान मानिसहरूलाई चुनेर पठायो भने त्यस्ता जनप्रतिनिधीले एक ‘दोषयुक्त’ संविधान अन्तर्गत रहेर पनि उत्कृष्ट नतिजा दिनेछन्। तर, यी गुणहरूको अभावमा जस्तोसुकै संविधानले पनि राष्ट्रलाई कुनै मद्दत गर्न सक्ने छैन। आखिर, संविधान एउटा मेसिन झै निर्जिव बस्तु हो। इमान्दार र योग्य मानिसले त्यसलाई सञ्चालन गरे मात्र संविधानले जीवन्त हुने मौका पाउँछ।’ .......

बडा संवेदनशिल सन्तुलनको खाँचो छ। उखान टुक्का र दोहरी गीतको समय होइन।

...... त्यसैले दसकौदेखि ‘मिलेर’ बसेका भनिएकाहरू नै उठेर भन्न थालेका छन् ‘हाम्रो अघिल्लो पुस्ता तिमीहरू सित मिलेर बसेको थिएन। हामी तिमीहरूलाई सहेर मात्र बसेको थियौं। अब पनि हामी मिलेरै बस्न चाहन्छौं। तर अबको मेलमिलाप पुरानै थिति अनुसार हुन सक्दैन।’ ....

संविधान घोषणा गर्न त्यति हतारो किन भयो?

...... त्यसपछिका दिनमा झारा टार्ने शैलीमा दुई दिनको समय सीमा थपियो। संविधानसभामा आन्दोलरत अन्य दल त आएनन् नै, लामो समयदेखि साथ दिएका विजय गच्छदार पनि बैठकबाट रूँदै बाहिरिए। तराई मधेशसँग बिग्रिएको सम्बन्धका उनी अन्तिम त्यान्द्रो थिए। एउटा स्थानमा जम्मा दुई शब्द थप्न चाहन्थे उनी सम्झौतामा। दुई शब्द थिए–तराई र मधेश। ... विग्रहको जब ईतिहास लेखिएला, त्यो बैठकको उपस्थित ती नेताहरूले उन्मुक्ति पाउने छैनन्, जसले त्यो दिन, ती दुई शब्द पनि थप्न दिएनन्। ..... प्रधानमन्त्री सुशील कोइराला कै निकटस्थ एक मन्त्रीले मलाई भने– ‘यो कुरा ईतिहासले मात्र निर्णय गर्ला कि त्यसदिन दुई शब्द पनि थप्न नमान्ने नेताहरुको नियत असल थियो या खराब?’ .....

संविधान ल्याउनु अघि महिना दिनदेखि तराई मधेस क्षेत्रमा कर्फ्युको सन्नाटा थियो। एकचालिस जनाले ज्यान गुमाइसकेका थिए। प्रहरीले ज्यान हत्केलामा राखेर गरेको इस्कर्टिङको बलमा प्राप्त पेट्रोल हालेर काठमाडौं केही नभए झै गरेर कानमा तेल हालेर सुतेको थियो।

....... ‘औलाको नङ जत्रो टुक्रा माग्दा पनि दिएनन्। त्यसपछि मधेसीले रिसाएर पहाडी नेतालाई अब आन्दोलन गरेर कुनै दिन तपाईँको औंला नै लिएर जान्छु हेर्दैगर्नू भने। त्यसपछि भारतले आएर औंला मात्र किन, हातै काटेर दिउँला भनि धाप दियो।’ ..... दमननाथ ढुंगानाले भने-‘नयाँ संविधान आयो तर समाधान आएन।’ ..... नयाँ वानेश्वरमा आतिशबाजी गर्न, भोज खान कतै हामीले हतारो त गरेनौ? ..... भारत नेपालको लागि एक यथार्थ हो। .... नेपाल भारत सम्बन्ध किताबी राजनीतिक यथार्थ मात्र होइनन्। आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक यथार्थको बलमा पनि टिकेका छन्। ...... किशुनजीले गहिरो अर्थ राख्ने ठ्टटामा भनेको शब्द- ‘नेपाल भारत समबन्धलाई एक हदभन्दा बढी तताउन सकिन्नँ। निल्नै नसकिने तातो पिँडालु भएर आउँछ यो। सानो नेपालले मात्र होइन विशालकाय घाँटी भएको भारतले पनि, त्यो ताँतो पिँडालु निल्नै सक्दैन। जिब्रो मात्रै पोल्छ, दुबैको।’ ..... नेपालमा न भारतको अघोषित नाकाबन्दी धेरै दिन टिक्न सक्छ न साइकल राष्ट्रवादका गफहरू। नयाँ पुस्ताका साथीहरू शायद थाहा नहोला,

साइकल राष्ट्रवाद

को यो गफ पहिलो पटक आएको होइन। ..... आफ्ना सन्तानलाई विदेशमा पढाए। अरूका सन्तानलाई साइकल राष्ट्रवाद सिकाए। असली जीवनमा मोटर चढेर जे गरे पनि, नाटकमा केहि दिन साइकल चढेरै देखाए। ..... तपाईँले साइकल चढेको देखेर हामी पनि त केहि छिन रमाइलो गरौं कमरेड। दुई दिनको जिन्दगीमा मरीलानु के पो छ र! ..... आफ्ना मधेशी दिदीबहिनी र दाजुभाइसँग आत्मआलोचना गर्नैपर्छ। .....

अचानक मलाई मधेशको याद आयो।.... विचराहरू महिना दिनदेखि कर्फ्युको छायाँमा बसेका थिए। चालिसौं मृत्युपछि पनि काठमाडौं संवेदनहिन थियो। म आफू लगायत हाम्रो मिडियाको ठूलो अंश हुनुपर्ने मात्रामा संवेदशिल हुन नसकेकै हो।

..... जुन दिनदेखि भारत अघोषित नाकाबन्दीको बुट बजार्दै सिनमा आयो – कुम्भकर्णको निद्रामा सुतेको काठमाडौं जागा भयो। २००७ देखि अहिलेसम्मको ईतिहास हेर्दाको कटु सत्य– ‘नेपालको स्थापना पक्षसँग विद्रोह गर्ने शक्तिलाई जब जब दिल्लीले धाप दिन्छ तबतब ढिलोचाँडो काठमाडौंमा खेला बदलिन्छ।’ ...... नेपाल भित्रका लगभग हर पक्ष मनमनै चाहन्छन्–‘भारतले नेपालको आन्तरिक राजनीतिमा खेलोस् तर आफ्नो पक्षलाई सहयोग हुने गरि मात्र खेलोस्। गोल हान्ने बाटोमा आवश्यक पर्दा भारतले ‘फल’ हानेपनि हुन्छ। तर‘फल’ आफ्नो विपक्षीलाई मात्र हानोस्।’ .....

२०४६ मा भारतले नाकाबन्दी गर्दा सुशील’दा र ओलीजीको नजरमा ‘नैतिक समर्थन’ थियो आज २०७२ मा आएर ‘फल’ भएको छ।

...... वीपीले भनेझैं ‘राष्ट्र’ त यो अझै बनि सकेकै छैन। बन्ने प्रकृयामा छ। ...... पहिलो, मधेश र पहाडबीचको समबन्धलाई बढी समतामुलक ढंगले सञ्चालित हुन सघाउ पुग्नेछ। दोस्रो, नेपाल भारत सम्बन्धलाई भावनात्मक उत्तेजनाको युगबाट वैश्य युगका ‘बिजनेस लाइक’ धरातल तर्फ लैजान सघाउ पुग्ने छ। ...... निधीजी हमेशा धोतीकुर्ता लगाएर हिड्थे। र, त्यो लगाए बापत बेला बखत काठमाडौंमा ठट्टा र अपमानका पात्र पनि बनाइन्थ्यो उनलाई। तर त्यसका बाबजुद हमेशा अविचलित रहे। ...... माइक अगाडि देख्ने वित्तिकै चर्का रमाइला उखानटुक्का गर्ने बानी भएपनि ओलीजी


तीन सर्त पुरा भएपछि मात्र सरकारसँग वार्ताः राजेन्द्र महतो

सेना फिर्ता, मृतकहरुलाई सहिद घोषणा र विगतमा भएका सम्झौता संविधानमा लेख्ने सुनिश्चितता

..... नेता महतोले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संविधानमा हस्ताक्षर गरेको प्रायश्चित गर्न पार्टी र संसदबाट राजीनामा दिएकोमा उनलाई धन्यवाद दिए। तीन दलका अन्य सांसदले पनि भट्टराईले जस्तै राजीनामा दिएर आएमा मधेसी जनाताले माफ गरिदिने अन्यथा कारवाही गर्ने बताए। .... उनले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई मधेस आन्दोलनलाई बदनाम गर्न भारतसँग जोडेर झुठो राष्ट्रवादी बन्न खोजेको आरोप लगाए। उनले आफू बसेको भूमि देखाउदै प्रश्न गरे ‘हामी धर्ना बसेको यो भूमि नेपाल होइन?’
बाबुरामको असुहाउँदो आचरण
द्वन्द्वकालदेखि शान्ति प्रक्रियासम्म आइपुग्दा पार्टी बाहिरको भन्दा भित्रकै शक्तिसँग निरन्तर लड्नुपरेको बाबुरामको कठोर इतिहास हामीमाझ प्रस्टै छ। उनका विचार पार्टीभित्र सधैं छायामा परिरहनु र उनले सहायक पात्रका रूपमा भूमिका खेल्नुपर्ने स्थिति सिर्जना हुनु राजनीतिमा विश्वास गरेर अघि बढ्न चाहनेका लागि सुनियोजित रोकावट नै थियो। यस्तो प्रवृत्तिलाई संस्थापन पक्षले विधि र पद्दतिमार्फत हल गर्ने कोशिस कहिल्यै गरेन। अन्ततः चरम गुटबन्दी गरेर बाबुरामलाई विस्थापित गराउन चाहनेको जित एमाओवादीको साधारण सदस्य त्यागसँगै बाबुरामले सुनिश्चित गरिदिए। ...... बैठकमा अध्यक्ष दाहालले भट्टराईद्वारा उठाइएका विषयवस्तुबारे जवाफ दिँदै उनका क्रियाकलापले पार्टी अन्तरसंघर्षलाई वर्गसंघर्षको स्वरुप दिने खतरा उत्पन्न हुँदै गएको ठहर गरेका थिए। तर, त्यो मूलतः बाबुरामको विचारलाई राजनीतिक घेराबन्दी गर्ने, पेल्ने र उनलाई गतिविहीन बनाउने प्रचण्डपथको सुनियोजित रणनीति मात्र थियो। .... द्वन्द्वकालमै पार्टीका सहयोद्धाबाट चरम घेराबन्दी, असहयोग र आशंका ब्यहोर्नुपरेको भट्टराईलाई समानान्तर हेडक्वार्टर चलाएको, पार्टीभित्रको अन्तरविरोध तथा पार्टीका मूल्य–मान्यताविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएर दक्षिणपन्थी विसर्जनवादीको पदचिह्न पछ्याएकोजस्ता दर्जनौं आरोप थोपरिएको थियो। उनलाई ६ महिना निलम्बनसम्म गरियो। ..... आफ्नै लडाकुहरूबाट नजरबन्दमा बस्नु बाबुरामको सबभन्दा तीतो अनुभव हुन सक्छ। ..... शान्ति प्रक्रियापछि भने उनको लोकप्रियता चुलियो। बुद्धिजीवि वर्गलाई ‘कन्भिन्स’ गर्न सक्ने उनको खुबी माइनस गर्ने तागत पार्टीभित्र थिएन। त्यसैले, उनलाई दिग्भ्रमित बनाउने प्रयास हुन थाले। प्रधानमन्त्रीका रूपमा भारतसँग असमान बिपा सम्झौता गरेको भनेर उनले पार्टीकै कार्यकर्ताबाट कालो झन्डाको सामना गर्नुप¥यो। सुकुम्बासीका घरटहरामाथि डोजर चलाएकोमा पनि उनको खुबै विरोध भयो।

थुप्रै असन्तुष्टिका बाबजुद उनले सेना समायोजनको काम सके, जसलाई कतिपयले सेना विघटन पनि भन्ने गर्छन्।

....... पार्टी फुट्नुमा पनि बाबुरामको भूमिका रह्यो। वरिष्ठ नेता मोहन वैद्यलाई पार्टीबाहिर राख्न सकियो भने मुलुक र आफ्नो हित हुने उनको सोच थियो। ...... बाबुरामको अडान एकहोरो थियो– चुनाव, चुनाव, चुनाव। अलिकति पहल गरेर पहिलो संविधानसभा जोगाउन सकेको भए अहिलेसम्म एमाओवादीको वरियताक्रम पहिलो नै हुन्थ्यो। ..... नमच्चिने पिङको सय झट्का भनेझैं पार्टी छाडेर नयाँ शक्ति पनि नबनाउने, पुरानै पार्टी निर्माणमा पनि खासै ध्यान नदिने तर गुट–उपगुटको जन्मलाई जीवन्तता प्रदान गर्ने बाबुरामको दोहोरो चरित्रका कारण पार्टीका अडान कहिल्यै बलियो हुन सकेनन्। यसले दोस्रो संविधानसभा निर्वाचनपछि पार्टीको स्थान तेस्रोमा झरे पनि संविधानसभामा उपस्थित हुनुको अर्को विकल्प एमाओवादीसँग थिएन। त्यसमाथि बाबुरामले ‘विवादित समस्या समाधान गर्ने समितिको सभापति मै हुन्छु, मलाई सबै थाहा छ’ भने तर विवाद समाधान गर्न भन्दा झनै बल्झाइदिने काम भयो र यो बालहठको नमूना बन्यो। .......

हर्षबढाइँको समय नआएको उनको भनाइ थियो, मानौं समयको घन्टी उनको हातको घडीमा झुन्डिरहेको छ।

..... संविधान जारी गर्दा पनि बाबुरामले ‘आधा गिलास मात्र भरिएको, आधा खालि रहेको’ भन्दै आलोचना गरे। प्रमुख दलहरूले नयाँ संविधानको स्वागत कार्यक्रम आयोजना गरेको दिन दिउँसो उनी बिरामी परे, तर त्यसै दिन साँझ हाँस्य कलाकारहरूसँग बसेर ‘वडा नम्बर ६’ हेर्न भ्याए। ..... उनले त उल्टै सामाजिक सञ्जालमार्फत कहिले थारु आन्दोलनलाई उचाल्ने त कहिले मधेसवादी आन्दोलनलाई समर्थन गर्ने दोहोरो चरित्र प्रदर्शन गरे। कतिसम्म भने, बडो खुसी र आत्मसम्मानका साथ उनले फलाना माग पूरा नगरे देश टुक्रिन सक्ने चेतावनी दिँदै सिमा तोकेर ‘अल्टिमेटम’ समेत दिए। .... राजनीति भनेको कार्यशैलि हो, ‘लिसो’ होइन जहाँ जनता चराजस्तै टाँसिएर बस्न सकून्। बाबुरामले आफूलाई लिसो सम्झिनु दिवा स्वप्नबाहेक अरू हुन सक्दैन।


महतो रातभर सीमाको धर्नामा

प्रमुख आयात निर्यात केन्द्र वीरगञ्ज नाका पूर्ण ठप्प छ।

मधेसमा 'स्पेस' खोज्दै बाबुराम
उनले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावनाका अध्यक्ष महेन्द्र यादवलाई टेलिफोन गरेका हुन् । .... मधेसी नेतालाई भट्टराईले भने, मधेस र मधेसीका माग जायज भएकाले म पनि तपाईँहरुसँगै सहभागी हुन्छु । मधेस आन्दोलन निर्णायक हुनुपर्ने मेरो मान्यता अनुसार नै पार्टी परित्याग गरेको हुँ ।
मधेसका माग सम्बोधन गर्न संविधान संशोधनको तयारी

लोकतन्त्रमा निषेधको राजनीतिको ठाऊँ हुँदैन् । आन्दोलनमा इमान्दार मित्रको सँख्या थप्नु एकप्रकारले शक्ति आर्जन गर्नु हो । त...
Posted by Tula Narayan Shah on Monday, September 28, 2015


In April and May, the Facebook community donated over $15 million to support Nepal Earthquake survivors. We'd like to share an update on how your donations are helping International Medical Corps and the people of Nepal rebuild.
Posted by Facebook on Monday, September 28, 2015

All Elections Are About The Future

 

अरे यार, घूमीफिरि रुम्जाटार नै आउनु थियो भने यत्रो नौटंकी किन? फ़ास्ट ट्रैक किन? ५० जना मार्नु किन? खरबों को नोकसानी। बल्ल तीन बाहुन दल का बाहुन सुगबुगाउन थाले। त्यो पनि कदम कदम मा बेइमानी को प्रयास। निर्वाचन क्षेत्र मा माने सीमांकन मा बेइमानी को प्रयास। सीमांकन मा माने शक्ति बाँडफाँड मा बेइमानी को प्रयास। बाहुन हरुको दिमाग को पंखा नै अर्कै किसिमले घुम्छ।

मधेसी क्रांति ३ को सफल अवतरण पछि पनि मधेसी दल ले गलती गर्ने प्रशस्त मौका रहन्छ। क्रांति को जस लिने होड़बाजी का आधारमा फेरि एकले अर्का को विरुद्ध उम्मेदवारी दिँदै वोट काटाकाट गर्ने हो भने मधेसी दल हरुले गुणात्मक र संख्यात्मक प्रगति गर्ने देखिँदैन। घूमीफिरि रुम्जाटार हुन्छ।

संघीय गठबंधन लाई कायम राख्दै देश भरि तीन तह मा नै एक पद एक उम्मेदवार नदिनु क्रांति प्रति गद्दारी हुनेछ। तर त्यहाँ पनि confusion को ठुलो संभावना रहन्छ। त्यो बाटो  ले पनि मधेसी दल हरु लाई विपक्ष मा नै लान्छ।

सबै भन्दा राम्रो बाटो एकीकृत पार्टी को हो। क्रांति का शहीद को त्यो भन्दा राम्रो सम्मान के होला? जनता ले आफ्नो जिम्मेवारी पुरा गर्ने, क्रांति गर्ने, नेताले भने आफ्नो जिम्मेवारी पुरा नगर्ने? पार्टी एकीकरण नगर्ने?

चुनाव आर्थिक क्रांति को मुद्दा मा लड्नु पर्छ। All Elections Are About The Future. आगामी पाँच वर्ष के गर्ने? जनता लाई स्पष्ट भन्न सक्नुपर्छ। चुनाव जित्ने तरिका त्यो हो।

एकीकृत पार्टी: सबै समस्या को समाधान
मधेस लाई सीके राउत को खाँचो आज छ, १० वर्ष पछि होइन
नेपाली जनता पार्टी: चुनाव चिन्ह लाल गुलाब

In The News (123)

उपराष्ट्रपतिले बक्तव्य जारी गर्दै भने, ‘मधेसमाथि विभेदपूर्ण व्यवहार’
रुपान्तरित ब्यवस्थापिका संसदले संविधान संसोधन गर्न नसक्ने अनौठो तर्क गरेका छन् । संविधानमा संघीय संसदको दुई तिहाईले संविधान संसोधन गर्ने प्रावधान राखेकाले तत्कालै संसोधन हुन नसक्ने उनको तर्क छ ।
भोलिदेखि देशभर हिन्दी च्यानल बन्द हुने
सरकारी टोलीले वार्ता थाल्यो
दुवै मधेसी मोर्चासँग छलफल
वनमन्त्री महेश आचार्य, एमाले पोलिट्ब्युरो सदस्य अग्नि खरेल र एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नियुक्त गरेसँगै उनीहरु तमलोपा अध्यक्ष महन्थ ठाकुर भेट्न सोमबार बिजुलीबजारस्थित पार्टी मुख्यालय पुगे । अघिल्लो साता राजविराजमा सम्पन्न बैठकमार्फत् संयुक्त लोकतान्त्रिक मोर्चामा आबद्ध चार दल समाजवादी फोरम, तमलोपा, सद्भावना र तमसपाले वार्ताको अगुवाई गर्ने ठाकुरलाई अख्तियारी दिएको थियो । ..... ठाकुरले मधेसमा हिंसा र कर्फ्यु जारी रहेको अवस्थामा तत्काल वार्ता हुन नसक्ने भन्दै स्थिति सामान्यीकरण गर्न पाँच पूर्वशर्त राखे । ती शर्तमध्ये सेना फिर्ता गरी सशस्त्र प्रहरीलाई ब्याक फोर्सका रुपमा राख्नुपर्ने, मृतकलाई सहिद घोषणा, क्षतिपूर्ति, आन्दोलनका घाइतेको उपचार, आन्दोलनका गिरफ्तारको रिहाई र मुद्दा फिर्ता जस्ता माग पूरा गरे वार्तामा आउने भन्दै ठाकुरले बटमलाइन राखे । सरकारी पक्षले सोमबारै सेना फिर्ता गरेको, मृतकका परिवारलाई १०-१० लाख रुपियाँ दिने निर्णय भइसकेको, घाइतेको औषधोपचार भइरहेको भन्दै औपचारिक वार्ता थाल्ने प्रस्ताव गरेको बैठकमा सहभागी तमलोपा महामन्त्री सर्वेन्द्रनाथ शुक्लले बताए । तर यी बुँदाहरु कार्यान्वयन भइनसकेको मोर्चाले जिकिर गरेको थियो । ..... गच्छदारले समेत ठाकुरकै शैलीमा पाँच पूर्व शर्त राखे । .... वार्तामा थारु बहुल क्षेत्र र मधेसीका माग समेटिने गरी सीमांकन हेरेफेर, समानुपातिक समावेशी आधारमा प्रतिनिधित्व प्रणाली र जनसंख्याका आधारमा चुनाव क्ष्ाेत्र गरी तीन बुँदालाई बटमलाइन बनाएको उनको भनाई छ । 'वार्ता टोलीले यी प्रस्तावमाथि मंगलबार ठोस प्रस्ताव लिएर आउने आश्वासन दिएको छ,' दुवै मोर्चाका नेताहरुले भने, 'उहाँहरु पहिलेभन्दा सकारात्मक र गम्भीर भएर प्रस्तुत हुनुभएको छ । छिटै समाधान आउने सम्भावना छ ।'
अान्दाेलनरत दलसँग वार्ताका लागि तीन दलद्वारा समिति गठन
झलनाथ खनाल .. “तराई मधेसका माग के हो ? समस्या के हो ? बुझ्नै सकिएन । संविधानमा सबै कुरा समेटिएका छन् । केही असन्तुष्टि रहेका भए त्यसको सम्बोधन गर्न वार्ता टोली गठन गरिएको हो ।” .... नेता खनालले बैठकमा नयाँ संविधानको संशोधनका विषयमा छलफल नभएकाे बताए ।


पार्टी त्यागपछि यस्ता छन् बाबुरामका योजना
डा.बाबुराम भट्टराई मंगलवारबाट फिल्डमा उत्रने भएका छन् । उनले आफ्नो पाटी परित्याग र योजनावारे खुला छलफल थाल्दैछन् । यसका लागि चार जिल्लाको भ्रमण तय गरिसकेका छन् । .... भट्टराईको पहिलो भ्रमण मंगलवार जनकपुरबाट हुनेछ । त्यसपछि उनले दोस्रो भ्रमण भैरहवा र तेस्रो भ्रमण पाल्पा हुनेछ । त्यसबाहेक चौथो भ्रमण भने उनले कैलालीमा गर्ने तय भएको ..... पहाड र तराई–मधेशको दुरी घटाएर राष्ट्रिय एकताको माहौल बनाउने योजना बनाएको ..... भावी राजनीतिक दिशावारे सवैपक्षसँग छलफल गरेर निश्कर्षमा पुग्ने योजना
संविधान संशोधनको तयारी
सरकारले तराई–मधेसका मागलाई सम्बोधन गर्न संविधान संशोधनको तयारी थालेको छ । असोज १५ देखि सुरु हुने संसद्को हिउँसो अधिवेशनमा संविधान संशोधन प्रस्ताव ल्याउने तयारी भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले बताए । उनका अनुसार अन्तरिम संविधानमा भएको व्यवस्थाअनुसार नै निर्वाचन क्षेत्र बीच निर्धारण र राज्यका अंगहरुमा समानुपातिक समावेशी सिद्दान्तबमोजिम प्रतिनिधित्व सुनिश्चित गर्ने विषय समेटेर संविधान संशोधनको तयारी भएको हो ।