Saturday, June 27, 2015

बेइमानी को क्रम जारी छ: कृष्ण सिटौला Humpty Dumpty

उपेन्द्र महतो, विनोद चौधरी, शेष घले र नेपालमा मधेसी जनजातिको सवाल



उपेन्द्र महतो, विनोद चौधरी मधेसी, शेष घले जनजाति -----  तर यी तीन जनाले मधेसी र जनजाति को राजनीतिक उत्थान को सवाल मा केही गरे जस्तो लाग्दैन। बरु जानी नजानी मधेसी जनजाति लाई थिचेर राखेका शक्ति हरु लाई नै बेला बेलामा बल पुर्याएका छन।

तीन जना self made billionaire हरु।

लोकतन्त्रमा शक्तिका तीन आधार: Money, Message, Organization.

Message र Organization भएका मधेसी जनजाति शक्ति हरु छन ---- यसो Money ले help गर्दिनु टाइम टाइम मा।

होइन भने देश टुट्छ। 

स्वायत्त प्राधिकरण को कुरा: सुशील र रामे ले शर्ट को टांक लगाए

संघीयता नै नभएको नक्शा लाई संघीयता भन्दै आएका हरुले जुन कुरा स्वायत्त प्राधिकरण नै होइन त्यसलाई प्राधिकरण भनेर पास गर्दिये। कसको बाउको के लाग्छ? Whose father what vitamin?

जस्तै कि Election Commissioner स्वायत्त हुन्छ। भन्दैमा Election Commission लाई parallel government को आरोप लाग्दैन त। यहाँ राजनीतिक संस्कारमा त्रुटि देखियो।

डूङ्गा पल्टिन्दा लाइफ जैकेट लगाऊँ भनेको त्यो स्वायत्त प्राधिकरण। सुशील र रामे ले होइन पर्दैन भनेर आ-आफ्नो शर्ट को टांक लगाए। जब कि त्रिशुली मा पानी गहिरो छ।  

भ्यागुतावाद को नमुना। माओवाद, साम्यवाद, समाजवाद ले पार्टी सार्टी भनला। भ्यागुतावाद ले पार्टी सार्टी मान्दैन, भुकम्प पहिरो केही मान्दैन, भोकमरी सोकमरी मान्दैन। बड़ो जबरदस्त वाद हो त्यो। Evergreen, जुन सुकै परिस्थितिमा लागु हुने।



असार अन्तिममा संविधान : बाबुराम
संविधानसभामा मस्यौदा पेश भएपछि जनतामा जाने भएकाले सबैले आफ्नो असन्तुष्टि व्यक्त गर्ने बाटो खुला रहेको उनले बताए । ‘विभिन्न पक्ष सन्तुष्ट हुँदैनन् । हामीले चाहेको जस्तो सबै छैन’ .... अबका १८ दिनमा काम सिध्याएर संविधान जारी हुनेमा ढुक्क हुन पनि उनले आग्रह गरेका थिए ।
भट्टराईको भेलामा प्राधिकरणबारे शंकै-शंका
प्रधानमन्त्रीले नै नेतृत्व गर्ने प्राधिकरण कामकाजी हुन नसक्ने जिकिर गरे । ‘अहिले पनि ४० भन्दा बढी निकायमा प्रधानमन्त्री प्रमुख हुनुहुन्छ,’ उन ले शंका व्यक्त गरे, ‘प्राधिकरणको हविगत पनि त्यस्तै त हुने होइन ।’ ..... राप्रपा नेता प्रकाशचन्द्र लोहनीले प्राधिकरणको नेतृत्व लिएर भट्टराई समानान्तर प्रधानमन्त्री बन्ने हुन् कि भन्ने आशंका (वर्तमान प्रधानमन्त्रीमा) भएको हुन सक्ने उल्लेख गरे । ...... राप्रपा नेता लोहनीले सरकार बलियोरुपमा उपस्थित नभए हाइटीको समस्या दोहोरिने बताए । ‘सरकार बलियो भए सिचुवान र गुजरातजस्तै द्रुत निर्माणमा जान सक्छौं,’ उनले भने, ‘नभए उही हाइटीको बाटो लाग्ने हो ।’ .... भट्टराईले प्रोटोकल बिर्सेर प्राधिकरणको नेतृत्वमा बसेर काम गर्ने भनाइलाई राजनीतिक चश्माले हेरेको भन्दै खिन्नता प्रकट गरे । ..... ‘कसैले सोध्दा आर्किटेक्चरल इन्जिनियरीङ तथा क्षेत्रीय विकासको विद्यार्थी भएको नाताले देशको यस्तो संकटको घडीमा प्रोटोकल बिर्सेर आफ्नो विज्ञता र क्षमताले भ्याएसम्म नवनिर्माणको काममा जुनसुकै हैसियतमा योगदान गर्ने दायित्व सम्झेको छु भनेको थिएँ,’ उनको भनाइ थियो, ‘तर यस्तो अभिप्रायलाई ‘बाबुरामले प्राधिकरणको नेतृत्व हत्याएर राजनीतिक लाभ लिन लागेको’ भन्ने आशयको टिप्पणी केही कोणहरुबाट गरिएको देख्दा म दु:खी छु । हरेक चीजलाई दलीय राजनीतिक चस्माले हेरिने नियतिबाट मुलुकले जति छिटो मुक्ति पाउनेछ हाम्रा लागि उति श्रेयस्कर हुनेछ ।’ ...... ‘प्राधिकरणमा मन्त्रिपरिषदको लामो छायाँ भएकोले यो कत्तिको स्वायत्त र प्रभावकारी हुनेछ भन्ने आफ्नो ठाउँमा

कि मधेसीले समानता पाउँछ कि देश टुट्छ

मधेसी हरु लाई अनागरिक बनाउन खोज्ने, मधेसी हरुको मताधिकार खोस्ने, मधेस को बिहार उत्तर प्रदेश सँग को रोटी बेटी को सम्बन्ध बुझ्न नखोज्ने अथवा बुझ पचाउने, मधेसी लाई एक व्यक्ति एक मतको लोकतंत्र दिन्न भन्ने, मधेसी लाई संघीयता दिन्न भन्ने ------- यो देश तोड्न चाहने हरुको बोली र विचार हो। 

देश तोड्न अति सजिलो छ। तोड्नै परे तोड्दिमला। चेतना भया। एक चोटि त्यो निर्णय मा मधेसी जनता पुगे पछि फर्किने संभावना रहँदैन। 




नेपाली काँग्रेस र मधेसी समुदाय

नेपाली काँग्रेस र मधेसी समुदाय को सम्बन्ध उही बोक्सी उही धामी झाँखरी जस्तो छ।

मधेसी क्रांति त अहिले भयो। मधेसी समुदाय ले संघीयता मागेको एक जुनी बित्यो।  २००७ साल देखि नै हो मागेको। बीपी कोइराला को लोकतंत्र को अवधारणा मा संघीयता को लागि ठाउँ थिएन। बीपी बाहुन नै हो, विचारमा पनि र व्यवहारमा पनि।

२०४६ पछि त प्रखर रुपले हो मागेको। मागेको को सँग? भन्दा काँग्रेस सँग होइन? मार्गरेट थैचर ले संसदीय दलको विश्वास गुमाए पछि जोन मेजर आयो। तर गिरिजाले काँग्रेस संसदीय दलको विश्वास गुमाए पछि महेंद्र नारायण निधि आएन। मधेसी समुदाय ले काँग्रेस लाई पत्याउनु पर्ने ठाउँ नै छैन।

मधेसी क्रान्ति हुँदा प्रधान मंत्री काँग्रेस को। ५४ शहीद को रगत को श्राप परोस त्यो काँग्रेस पार्टी लाई। यदि काँग्रेस मधेसी समुदाय सँग छ भने क्रान्ति गर्नु नै किन परेको?

अझ एक मधेस तीन प्रदेश भनेर काँग्रेस को महासमिति ले पारित गरेको। पछि त्यसै पार्टीको सभापति सुशील झापा, मोरंग, चितवन, कैलाली, कंचनपुर लाई मधेस बाट चोर्ने विद्यामा सबभन्दा अगाडि छ।

संघीयता उसको एजेंडा होइन भनेर काँग्रेस ले बारम्बार भनेको छ। सही भनेको छ। तर लोकतंत्र उसको व्यवहार होइन भन्ने कुरा पटक पटक प्रमाणित भएको छ। होइन भने संसदीय दलले नया नेता चुन्न नपाउनु, महासमितिको निर्णय पार्टी सभापतिले नमान्नु -- त्यो लोकतान्त्रिक होइन त।

अब अहिले बदमाशी गर्ने सुशील ले अनि त्यो बदमाशी को विरुद्ध आवाज उठायो भनेर मधेसी जनता अमरेश को पछि पछि लाग्नुपर्ने, काँग्रेस को समर्थन गरि रहनु पर्ने? उही बोक्सी उही धामी झाँखरी। यो कसलाई उल्लु बनाउन खोजेको? कि त अमरेश ले पार्टी महाधिवेशन मा सुशील को विरुद्ध उम्मेदवारी दिन सक्नु पर्यो। म पार्टी लाई आतंरिक लोकतंत्र र संघीयता को बाटोमा लान्छु भनेर पार्टी कार्यकर्ता हरु लाई भन्न सक्नु पर्यो। मधेसको नोट र वोट को आधारमा चलेको पार्टी ---- नेतृत्व चाहिं मधेसीको हातमा किन छैन? नेपाली काँग्रेस मा सुशील कोइरालाको राज भनेको भारत माथि ब्रिटिश गवर्नर को राज जस्तो। छेउ न टुप्पो को कुरा। काँग्रेस भित्र का मधेसी हरुको मानसिक दासता को कुनै सीमा छैन। निर्लज्ज मधेसी हरु।


नेपालको माटो सुहाउँदो पंचायती प्रजातंत्र र काँग्रेस एमाले को संघीयता

पञ्चे हरु जुन कुरा प्रजातन्त्र हुँदै होइन त्यसलाई प्रजातन्त्र भन्थे: नेपालको माटो सुहाउँदो पंचायती प्रजातंत्र। काँग्रेस र एमाले का बाहुन हरु जुन कुरा संघीयता नै होइन त्यसलाई संघीयता भन्ने गर्छन। लाज मर्दो छ।



नेपालको माटो सुहाउँदो पंचायती प्रजातंत्र र काँग्रेस एमाले को संघीयता ---- उस्तै उस्तै हो। कहिले ५ विनास क्षेत्र को प्रस्ताव त कहिले सात अंचल को प्रस्ताव। वाक्क लाग्दो। 

Friday, June 26, 2015

दिल्लीमा सम्मेलन गरेको भए ६ बिलियन आउँथ्यो

३ बिलियन आयो, मोदीले भने जस्तो दिल्लीमा सम्मेलन गरेको भए ६ बिलियन आउँथ्यो। यो  बाँकी ३ बिलियन को हिसाब किताब नेपाली जनताले सुशील सँग माग्ने कि न माग्ने?

(१) मोदी बीजेपी को नेहरू हो ---- यो मान्छे ले १५-२० वर्ष पड्काउँछ। भारत ले आफ्नै डेंग स्याउ पिंग, आफ्नै ली कुऑन यु पाए जस्तो। यस्ता मान्छे प्रत्येक चुनाव ले पैदा गर्दैन। एक जुनीमा एक पटक आउने मान्छे।

(२) मोदीको नेपाल प्रति soft feeling छ ----- भारत पछिको उसको सबै भन्दा प्रिय देश नेपाल।

(३) संसारको अहिले उ टॉप पॉलिटिशियन ---- उ जति पॉपुलर दुनिया मा अर्को छैन।

उ आफै दुनिया भरि कूदे को छ FDI का लागि। उसलाई बेइज्जत भा जस्तो लागेको छैन। राष्ट्रियता गुमे जस्तो लागेको छैन। माग्ने मान्छे जानु पर्छ भन्ने business attitude छ।

सुशील ले चिनुक फर्कायो। सुशील ले मोदी लाई नाइ भन्यो। सुशील impeach हुने कहिले हो?

ऑक्टोबर मा अफ्रीका भरिका राष्ट्राध्यक्ष हरु दिल्ली मा भेला हुन लागेका छन। तर सुशील र बामे को भाइ रामे लाई दिल्ली पुग्न धौ धौ भो।

नेपालको गरीबी नै नेपालको राष्ट्रियता हो भन्ने हरु लाई म भन्छु बरु नेपाल लाई सिक्किम बनाई दिएको राम्रो। जनमत संग्रह गर्ने अनि भारतको राज्य बन्ने। होइन भने भारत अमेरिका जस्तो बन्ने, नेपाल चाहिं हेटी भएर बस्ने जुनी जुनी सम्म। अहिले नेपाल त्यो बाटो मा हिंडेको छ।

आज देखि मेरो यो नया अडान हो ---- नेपाल लाई सिक्किम जस्तै भारतको एक राज्य बनाउनु पर्छ, जनमत संग्रहको मार्फ़त। मेरो यो अडान मानने पार्टी हरुको नेपालको संसदमा बहुमत पुगे पछि जनमत संग्रह हुन्छ।

नेपालमा भन्दा खस हरु भारतमा बढ़ी छन --- नेपालमा भन्दा तिबती हरु भारतमा बढ़ी छन --- नेपालमा भन्दा नेपाली हरु भारतमा बढ़ी छन। अलग देशको नौटंकी को समय समाप्त भएको छ। नेपाली साहित्य नेपालमा भन्दा भारत मा बढ़ी धनी छ।

नेपाल हेटी बनेर बस्ने अझै एक दुई जुनी कि नेपाल सिंगापुर बनने, सिक्किम बन्ने, स्विट्ज़रलैंड बन्ने? नेपाली जनताले सोँच्नु पर्छ।