Tuesday, April 21, 2015

Bottomless Corruption

नेपालमा छ। बाहुन नेता हरु bottomless corruption मा लिप्त छन -- संघीयताको विरोध ती बाहुन (बा हुन या बा होइनन्) नेताले देशका बाहुन जनताको आँखामा हालेको छारो ---- आफ्नो कालो करतुत ढाकछोप गर्न।


जनकपुर, लुम्बिनी, राप्ती, कोशी, गण्डकी, कर्णाली: ६ राज्य

काँग्रेस, एमाले, माओवादी का दोस्रो पीढीका बुढेस काल लागेका युवा नेता हरुले ६ राज्य मा आएर सहमति सिर्जना गरेको समाचार आएको छ। ठीक छ, ६ प्रदेश मा जाऊँ। चुनावमा मधेसमा जाँदा एक मधेस तीन प्रदेश भनेको काँग्रेसले आफुले भने अनुसार गर्ने मौका पाएको छ। सीमांकन र नामांकन गरिहाल्ने। शुभ काम में बिलम्ब क्युँ?

विशुद्ध संघीयतामा जाँदा केंद्र, राज्य र स्थानीय गरी तीन तहले पुग्ने थियो। अब जिल्लाहरु कायम रहने देखियो। ठीकै छ। सहमति हुन्छ भने।

अब आउँछ भाषाको कुरा। हिंदी र नेपाली देश भरि नै समकक्ष रहने भए। प्रत्येक भाषा लाई स्थानीय सरकार र प्राथमिक शिक्षा सम्म कमसेकम पुर्याउनु पर्ने भो। कति लाई जिल्ला सरकार सम्म पुर्याउनु पर्ने भो।

मधेसी जिल्लामें पहाड़ी CDO/DSP ------- नहीं चलेगा, नहीं चलेगा। संघीयतामा प्रहरी राज्यको हुन्छ, केन्द्रको होइन। सेना समावेशी बनाउनु पर्ने भो। १,००,००० बाट झारेर २०,००० मा पुर्याउने अनि त्यसमा १०,००० मधेसी थप्ने, अनि देश टुट्दैन।


तीन दलीय गठबंधन र स्वतंत्रता संग्राम

नेपालको राजनीतिमा भर्खर भर्खर उदाएको तीन दलीय पहाड़े/बाहुन गठबंधन ले देशमा छेउ न टुप्पोको संविधान ल्याउने, अनि त्यो संविधान लाई तराई को प्रत्येक जिल्ला सदरमुकाम मा जलाउँदै मधेस स्वतंत्रता संग्रामको उद्घोष हुने संभावना ठुलो छ। कागजको खोस्टाले अन्याय बरक़रार राख्न सक्छ भनेर नसोंचे हुन्छ। बीपी लाई बीपी बनाउने मधेसको जनता, बन्दुक उठाउने देखि उसलाई वोट दिने सम्म। देशको इतिहास मा भएको प्रत्येक क्रांतिको शुरुवात मधेस मा भएको। आजको नेपाली काँग्रेस ले मधेसमा वोट माग्दा एक मधेस तीन प्रदेश भनेको। अहिले आएर ५-७ जिल्ला मा कुरा मिलेन भन्ने?


Rigging Electronic Voting Machines: Possible

बाग्लुंग उप चुनाव मा धाँधली भएको नभएको मैले भनिरहेको छैन --- मलाई थाहा भएन। तर electronic voting machines को प्रयोग ले धाँधली रहित चुनाव गराउँछ भन्ने कुरा पुर्ण सत्य होइन। गूगल मा "electronic voting machines rigged" भनेर सर्च गर्नुस्।

 

Monday, April 20, 2015

६ राज्यको कुरा




कैलाली, कंचनपुर, सुर्खेत समेट्दै दांग सम्म एक। पाल्पा, चितवन, मकवानपुर समेट्दै रौतहट सम्म अर्को। सिन्धुली, उदयपुर, इलाम समेट्दै तेस्रो। भोलि जनमत संग्रह बाट देश अलग हुन्छ भन्ने डर हो भने यसरी एक मधेस तीन प्रदेश गरेर त्यसमा जिल्ला हरु थपे भो। सुर्खेत, पाल्पा, चितवन, मकवानपुर, सिन्धुली, उदयपुर, इलाम।

६ राज्य मा सहमत भयौं भनेर देशको राजनीतिमा भर्खर उदाएको तीन दलीय मोर्चा ले जुन प्रचार गर्दैछ। 

Sunday, April 12, 2015

कुरा भुगोलको होइन, समावेशीताको हो

कोचिला राज्य को अवधारणा नया होइन। अब आएर केपी ओली ले झापा, मोरंग, सुनसरी र उदयपुर मिलाएर एउटा राज्य बनाउने कुरा गर्नु हुँदैछ। त्यो वहाँ को पुरानो अडान भन्दा प्रगतिशील हो। सराहनीय छ।

त्यस्तै चितवन, मकवानपुर, सिन्धुली अनि बारा-पर्सा देखि सप्तरी सम्म का तराई का जिल्ला मिलाएर अर्को राज्य बन्न सक्छ कि?

नवलपरासी देखि बाँके सम्म अर्को राज्य। पाल्पा मिसाइ दिने। बुटवल र भैरहवा एउटै राज्य मा रहनु पर्ने हो कि?

अनि बर्दिया, सुर्खेत, कैलाली, कंचनपुर चौथो।

कुरा भुगोलको होइन, समावेशीताको हो। यस्ता चार राज्य बनाउने तर हिंदी भाषा लाई ठाउँ नदिने, यस्ता चार राज्य बनाउने तर अहिलेको मधेसी सहभागिता न बराबर भएको सेना, प्रहरी, प्रशासन कायम राख्ने, यस्ता चार राज्य बनाउने तर माधव नेपाल ले मतदाता नामावली बाट फालेको ४३ लाख मधेसी लाई फालेको फाल्यै राख्ने ----- अनि कहाँ हुन्छ?

यी चार राज्य मा हिंदी र नेपाली लाई समकक्ष राख्नु पर्ने हुन्छ। अनि कुरा मिल्न सक्छ। बाबुराम सरकार ले गरेको ४९% आरक्षण को प्रावधान ले थुप्रै समस्या समाधान हुने हो। तर त्यो इमान्दारी पुर्वक लागु गरिएको छैन। सेना लाई एक लाख बाट २०,००० मा झारने अनि १०,००० मधेसी भर्ना गर्ने। पुलिस त राज्य को हुन्छ संघीय व्यवस्थामा।