Saturday, February 21, 2015

वार्ता नै उपयुक्त हो

माओवादी-मधेसीको दुई तिहाई हुँदा पनि नहुने रहेछ। काँग्रेस-एमालेको दुई तिहाई हुँदा पनि नहुने रहेछ। त्यति देखि सकियो। भने पछि संख्या होइन वार्ता नै मुख्य कुरा रहेछ। र वार्ताको वातावरण बनाउने प्रमुख जिम्मेवारी प्रधान मंत्रीको हो। वार्ता नै उपयुक्त हो।

आंदोलन भनेको वार्ताको लागि दबाब हो। क्रांति अंतिम अस्त्र मात्र हो। आंदोलन पछि पनि वार्ता नै हुने हो भने, क्रांति पछि पनि वार्ता नै हुने हो भने, अहिल्यै वार्ता किन नगर्ने?

तर वार्ता भनेको आत्म समर्पण होइन। वार्ता सम्मानजनक हुन्छ। माओवादी-मधेसीले चाहेको सबै कुरा माओवादी-मधेसीले पाउने होइनन्। काँग्रेस-एमालेले चाहेको सबै कुरा काँग्रेस-एमालेले पाउने होइनन्। वार्ताको स्पिरिट त्यस प्रकारको हुन्छ।

पार्टी सभापति भन्दा पार्टी महासमिति माथि भन्ने यथार्थ लाई सुशीलले मान्ने हो भने झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कंचनपुर को झमेला त्यसै गायब हुन्छ। जो अगुवा उही बाटो ______!


सहमति नखोजिएको कारण भ्रष्टाचार हो

सहमतिमा पुग्ने हो भने संविधान बन्छ। संविधान बनेपछि सरकार फेरबदल हुन्छ। चुनाव होला, के के होला। अनि सत्तामा बस्दा गरिने भ्रष्टाचारको धारा बंद हुन्छ, पानी आउन छोड्छ भनेर vested interest हरुले अनावश्यक गंथन गर्दै छन।

Follow the money. सहमति नखोजिएको कारण भ्रष्टाचार हो।


मधेसी क्रांतिले गिरिजा होइन राज्य (state) सँग सम्झौता गरेको हो

English: Seated Buddha at Ellora Caves, Mahara...
English: Seated Buddha at Ellora Caves, Maharashtra, India. Español: Ellora, Maharashtra, India. हिन्दी: भारत के महाराष्ट्र राज्य में स्थित एलोरा गुफाओं में बुद्ध भगवान की मूर्ती (Photo credit: Wikipedia)
गिरिजाले स्व विवेकले संविधानमा "स्वायत्त मधेस राज्य" लेखेका होइनन्। ज्ञानेन्द्रले स्व विवेकले नारायणहिटी खाली गरेका होइनन्।

राज्य (state) ले गरेका सम्झौता पालन गर्नु सुशीलको पदीय दायित्व हो। समझौता पालन नगर्नु statelessness को आभाष हो। यदि नेपालमा राज्य (स्टेट) छैन भने वार्ता को त कुनै मतलब नै भएन।

सहमति र प्रक्रिया को झमेला त पछिको हो। पहिला त सुशीलले पुराना सम्झौता पालन गर्ने हो। शपथ खाएको त होला।

मधेसी क्रांतिले गिरिजा होइन राज्य (state) सँग सम्झौता गरेको हो। 

पहिचान समस्या कहिले देखि भयो?

Population Density Map Of Nepal
Population Density Map Of Nepal (Photo credit: Wikipedia)
In Nepal, an elusive quest for consensus

एउटा भाषा छ, Esperanto नामको। त्यो कहीं पनि बोलिने भाषा होइन। बिभिन्न भाषा हरु मिसाएर बनाइएको भाषा त्यो। अंतर्राष्ट्रीय भाषा एउटा चाहियो भनेर बनाइएको। तर चलेन। कसैले pickup गरदिएनन्।

जातीय पहिचान नै नभएको भाषा अथवा धर्म अथवा भेषभुषा त्यस्तो छ कुनै नेपालमा? यदि पहिचान समस्या हो भने। पहिचान समस्या हो भने पहिचान मुक्त नेपालको निर्माण गरौं।

आफ्नो पहिचान र आफ्नो भाषा र आफ्नो भेषभुषामा देशको ढुकुटी रित्याउने तर अर्काको पहिचान को कुरा आउना साथ टाउको दुखाउने? आफ्नो पहिचान चाहिं चाहिने, अर्काको पहिचान विरुद्ध युद्ध ऐलान गर्ने?

पहिचान समस्या कहिले देखि भयो? पहिचान समस्या हुँदै होइन। अर्काको पहिचान मात्र समस्या भएको हो। 

Friday, February 20, 2015

मधेस प्रतिको पर्वते घृणाको नंबर एक उदाहरण: हुलाकी राजमार्ग

English: India Gate in Delhi, India Deutsch: I...
English: India Gate in Delhi, India Deutsch: India Gate in Delhi, Indien हिन्दी: इण्डिया गेट, दिल्ली, भारत (Photo credit: Wikipedia)
भारत सरकारले बनाइदिन्छु भनेको हो। चुतिया हरुले बन्न दिएनन् -- बाटोमा तगाडो हाले। अहिले भारतले हार मानेर नेपाल-भारत सीमा सँग सँगै भारत भित्रै सड़क बनाउँछु भन्दा त्यहाँ पनि गलत बोल्दै छन। नबनाउ नबनाउ भन्दैछन्।

भारतलाई बिश्व शक्ति बन्नु छ भने त्यसको शुरुवात काठमाण्डु माथि मधेसीको शासन स्थापित गरेर हुन्छ। नेपाल-भारत सीमा सँग सँगै भारत भित्रै सड़क बनाउने र हुलाकी राजमार्ग पनि बनाउने।

मधेस प्रतिको पर्वते घृणाको नंबर एक उदाहरण हुलाकी राजमार्ग हो। त्यो घृणा मधेस प्रति होइन भारत प्रति हो। दिल्ली लाई चेतना भया।

नेपालको राजनीतिमा तख्तापलट हुन्छ ---- काठमाण्डु माथि मधेसीको शासन स्थापित हुन्छ। भारत विश्व शक्ति बन्छ।

गजेन्द्र राजमार्ग
बुद्ध रेलमार्ग
जानकी राजमार्ग

पुर्व पश्चिम।

North South Roads In Madhesh
Gajendra Rajmarg, Buddha Railmarg, Janak Rajmarg

नेपाल भु-परिवेष्टित होइन भारत परिवेष्टित राष्ट्र हो। नेपालमा मधेसी प्रति घृणा। दिये तले अँधेरा। 

देशको नाम र झण्डा बदल्नु जरुरी छ



नेपाल शब्दले देश भरिका मानिसलाई नसमेटेको देखियो। नेपाल एउटा जातीय शब्द हो। आफ्नो घरमा नेपाली भाषा बोल्नेहरुलाई मात्र समेटछ त्यस शब्दले। असमका नेपाली, बर्माका नेपाली --- ती त जातीय नेपाली हुन। नेपाल शब्दले देश भित्रको एउटा मात्र समुहलाई समेटेको देखियो। सबैलाई समेटने नया नाम चाहियो।

देश गणतंत्र मा गैसक्यो तर झंडा अझै राजतन्त्रात्मक नै छ। राष्ट्रिय गान फेरियो तर झंडा फेरिएन। झंडा पनि फेर्ने हो। झंडाको चंद्र र सुर्य चंद्रवंशी र सुर्यवंशी राज परिवारहरुको होइन? कि केपी र बामे पनि सुर्यवंशी भैसके?

देशको नाम र झण्डा बदल्नु जरुरी छ, राष्ट्रिय गान फेरे जस्तै। नया झण्डा त्रिकोणात्मक नै हुन सक्छ। Rectangular हुनु जरुरी छैन।

एउटा नाम हुन सक्छ हिपत: हिमाल पहाड़ तराई। झण्डा हुन सक्छ एउटा triangle मा दुई रंग: सेतो र हरियो। हिमालको सेतो र पहाड़/तराईको हरियो।

Triangle represents Everest. Blue represents Buddha.


Thursday, February 19, 2015

The Original Maoist Map Is A Pretty Good One

The only change I'd make is combine Bheri-Karnali-Seti-Mahakali into a single Khasan. Eight states? That is just one more than what the Congress-UML want.