Saturday, January 31, 2015

उपल्लो सदन मधेस उपनिवेशको हतियार नबनोस्

केंद्र सरकारको माथिल्लो सदनको सवालमा सबैभन्दा उपयुक्त हुनेछ कि सम्पुर्ण देशलाई एक निर्वाचन क्षेत्र मनियोस, उपल्लो सदनमा १०० सीट होउन, अनि पुर्ण समानुपातिक निर्वाचन। १% मत ल्याउने पार्टीले १ सीट पायो, २०% मत ल्याउने पार्टीले २० सीट पायो। लिस्ट चुनाव अगाडि बुझाउनु पर्ने र सार्वजनिक पनि गर्नुपर्ने। चुनाव पछि लिस्ट फेरबदल गर्न नपाइने। लिस्ट समावेशी हुनुपर्ने दमजम को मुद्दामा। यस फॉर्मूलाले राष्ट्रिय एकता बलियो पार्छ।

तर काँग्रेस एमालेका टाउके बाहुन को भनाइमा यदि तराईमा एक राज्य र पहाड़मा दुई राज्य हुने हो भने प्रत्येक राज्यले उपल्लो सदनमा ३०-३० सीट पाउने। त्यसो गर्दा तराई माथि पहाड़को उपनिवेश परमानेन्ट हुन्छ।

उपल्लो सदन मधेस उपनिवेशको हतियार नबनोस्। देश टुक्रिने बाटोमा जान्छ।


संघीय नेपालमा पनि केंद्र सरकार निकै बलियो रहन्छ

नेपाल संघीयतामा गइसकेको देश हो, त्यसलाई संस्थागत गर्न मात्र बाँकी छ। तर त्यो भविष्यको संघीय नेपाल जहाँ कि राज्य सरकारहरु हुनेछन्, मुख्य मन्त्रीहरु हुनेछन्, बलिया बलिया स्थानीय सरकारहरु हुनेछन्, त्यस निकट भविष्यको नेपालमा पनि देशमा अधिकांश शक्ति केंद्र सरकारमा नै निहित रहने छ।

संघीय नेपालमा पनि केंद्र सरकार निकै बलियो रहन्छ। यति बलियो कि ऐतिहासिक रुपले ओझलमा परेका दलित मधेसी जनजाति महिलाका अधिकांश संघर्ष भविष्यमा केंद्र स्तरमा नै केंद्रित हुनेछन्। मधेस राज्यको स्थापना पछि पनि मधेसी समुदायले काठमाण्डुमा संघर्ष गरि नै रहनुपर्ने छ।

देशसँग चार वटा रोटी छ भने दुई रोटी त केन्द्रसँग नै रहिरहने हो। बाँकी दुई रोटी बारे पनि लोकतान्त्रिक पद्धति अनुसार नै निर्णय हुँदै जाने हो।

मधेसमा हुलाकी राजमार्ग बनाउने केंद्र सरकारले नै हो। देशका सबै ठुला हाइड्रो प्रोजेक्ट हरु केंद्र सरकारको मातहतमा नै रहने हो।


सहमति बाहेक अर्को उपाय छैन



काँग्रेस र एमालेका टाउके बाहुनहरुले बलधकेल संविधान बनाउन सक्ने सम्भावना छँदै छैन। दुई तिहाई कै कुरा आउँछ। प्रक्रियाको कुरा आउँछ। विपक्षी पार्टी हरुको पनि कुरा आउँछ। सहमति राम्रो बाटो हो मात्र होइन कि सहमति बाहेक अर्को बाटो छैन नै।

सहमति बाहेक अर्को उपाय छैन।


CK Raut Reminds Me Of Arvind Kejriwal








चीनले उठ भन्दा उठ बस भन्दा बस गर्ने झलनाथ खनाल

तिब्बत शरणार्थीको सवालमा चीनले उठ भन्दा उठ बस भन्दा बस गर्ने झलनाथ खनाल अहिले चीनले हस्तक्षेप गरेन भारतले गर्यो भनेर कुन मुखले भनेको?

मोदीले सुझाव दिएका हुन, अर्हाएका होइनन्। सहमति भनेर भनेको त नेपालका पार्टीहरुले हो। नेपालको राष्ट्रपतिले हो।

ओबामाले भारत आउँदा $4 बिलियनको पैकेज ल्याए। मोदी नेपाल आउँदा $1 बिलियनको पैकेज ल्याए। चीनले ल्याएको छैन त।

छोटी मुँह बड़ी बात। एमालेका बाहुनहरुको।


सीके राउतको पक्षमा जनमत

सीके राउत जेलमा हुँदा जमानतकालागि डेढ़ लाख मधेसी जनताले एक एक रुपयाका दरले चंदा दिए। भने पछि सीके राउतले राजनीतिक पार्टी खोल्ने भए त्यो पार्टीले कमसेकम तीन-चार लाख मत बटुलेर मधेसको सबैभन्दा ठुलो पार्टी बन्ने जस्तो देखियो।

सीके राउतको पक्षमा जनमत प्रसस्त रहेछ।


प्रक्रिया नमान्ने काँग्रेस र एमालेका बाहुन टाउकेहरु

It's Your Move
It's Your Move (Photo credit: Wikipedia)
सर्वोच्च अदालतले नागरिकताको कुरामा सन्तानले नागरिकता पाउन आमा वा बाबु जसको नागरिकता भए पनि हुने कुरा अंतरिम संविधानमा आइसकेकोले नया संविधानमा त्यसै हुनुपर्ने भन्ने निर्णय गरिसक्दा पनि काँग्रेस र एमालेका बाहुन टाउकेहरु आमा र बाबुको दोहन गर्दैछन् --- प्रक्रिया नमान्ने उनीहरुको लामो श्रृंखलामा यो नया अध्याय हो।

प्रक्रिया नमानेको कसले हो?
नेकपा (एभाले)
नभएको दुई तिहाई
अमा र बाबु र क्रान्ति