Saturday, December 06, 2014

मोदीलाई नेपालले रेड कारपेट ट्रीटमेंट दिने हो

English: Image of Narendra Modi at the World E...
English: Image of Narendra Modi at the World Economic Forum in India (Photo credit: Wikipedia)
मोदी जनकपुर आउन चाहन्छन् भने जनकपुर र चार अरु ठाउँ घुमाउने हो। मोदीले जनकपुरको बारह बिघा मैदानमा आम जनतालाई सम्बोधन गर्ने इच्छा प्रकट गर्छन भने त्यो त गर्ने गर्ने टुंडीखेलमा पनि सभाको आयोजना गर्ने। विश्वको नंबर एक सबैभन्दा exciting पॉलिटिशियन बन्न पुगेका मोदीलाई त्यस किसिमको रेड कारपेट ट्रीटमेंट दिने जुन कि मोदीले गुजरातमा FDI (Foreign Direct Investment) लाई दिएका थिए। आफुले देश विकास गर्न नसक्ने नेपालका नालायक नेताहरुले मोदीको बाटोमा रोड़ा नअड्काउने।

Modi is country's first pro-business PM; economic growth may cross 10%: Prem Watsa, Fairfax CEO
India's manufacturing, services growth outpaced China in November: HSBC
India can build $10 trillion economy by 2034: PwC
Narendra Modi's popularity sees invites waiting from all over the world
US President Barack Obama praises PM Modi for shaking India's 'bureaucratic inertia'
Obama administration to focus next 2 yrs on India-US trade ties: US official
Busy second half in 2015, China pushes for a visit by Narendra Modi in first half of February
India Is The Fastest Growing Startup Ecosystem In The World: NASSCOM


Thursday, December 04, 2014

मोदीलाई शङ्का गर्ने ठाउँ छैन

Modi Has Been A Blessing For Nepal
Modi Noticed A "Trust Deficit"

मोदीले जस्तो सोशल मीडिया प्रयोग गर्ने नेता विश्वमा अहिले अर्को छैन। मोदी नंबर एक नै हो। (Politician Number One: Modi) मैले भन्न खोजेको मोदीले के गर्न खोजे, कहाँ कति बेला के बोले, ती सब खुद मोदीकै मुखबाट सुन्न सकिन्छ। मोदी खुद आफैमा मीडिया हो। र मैले मोदीलाई बड़ो नजिकबाट फॉलो गर्दैछु। मोदीको नेपालसँगको अन्तर्क्रियाको मैले गहिरो अध्ययन गरेको छु।

नेपाल र मोदीबारे सबैले बुझ्नु पर्ने कुरा के हो भने मोदी संसारकै सबैभन्दा व्यस्त मान्छे। मोदी नेपाल आउनु अगाडि १७ वर्ष भारतको कुनै पनि प्रधान मंत्री नेपाल नआएको कारण छ: समयको अभाव। मोदी भने नेपाल दुई पटक आउन भ्याइ सके, फेरि आउँछु भन्दैछन्। मैले विश्वका थुप्रै देश घुमें, तर नेपालमा मलाई जुन किसिमको माया प्राप्त भयो त्यो कहीं पनि प्राप्त भएन भनेर भनेका छन।

मोदी जस्तो मान्छे नेपाल आएको नेपाललाई लाटरी परेको हो।

मोदी नेपाललाई ठग्छु भनेर हिंडेको मान्छे होइन। भारतलाई पनि First World Country बनाउँछु, साथै नेपाललाई पनि First World Country बनाउँछु भनेर हिंडेको मान्छे मोदी। मोदी पाउन भारतका जनताले वोट दिनुपर्यो, नेपालका जनताले वोट नै नदिकन पाइ राखेका छन। फोकटमा। यो त धन्यवाद भन्नु पर्ने कुरा हो।

संसारका धनी भन्दा धनी देश आफ्नो देशमा FDI (Foreign Direct Investment) भित्र्याउन तँछाड़ मछाड गर्छन। भारत, चीन, अमेरिका, ब्रिटेन -- सबैले। मोदीले भकाभक तीन महिनामा दुई बिलियन डॉलर नेपाल ल्याइदिए, अर्को ६ बिलियन डॉलर पनि ल्याउन लागेका छन। यो यदि हिंदुत्व हो भने मलाई यस्तो हिंदुत्व अझ चाहियो।

भारतमा मोदीले विकास बाहेक धर्मको कुरा गरेका छैनन् --- नेपालमा त झन गर्ने कुरै भएन। नेपाल धर्म निरपेक्ष राज्य हो --- आज पनि हो, भोलि पनि हो। त्यो छलफल समाप्त भयो। २००६ को अप्रिल क्रांतिको त्यो आदेश थियो।

प्रचण्डलाई एक जनाले सोधे, संसारका अधिकांश देश कुनै न कुनै धर्म सँग आबद्ध छन, नेपाल हिन्दु राष्ट्र भन्दिए के पो बिग्रिन्छ? प्रचण्डले भने ----- संसारमा जति बिकसित देश छन ती प्रत्येक धर्म निरपेक्ष नै छन। देशलाई निरक्षरताबाट साक्षरता तर्फ लाने हो, साक्षरता बाट निरक्षरता तर्फ होइन।

नेपालमा लगभग बढ़ीमा १,००० जति मानिस छन ---- पुलिस, प्रशासन, सेना, पार्टी, मीडिया, NGO आदि इत्यादिमा ---- जसको राष्ट्रीयताको परिभाषा नै नेपाललाई सकेसम्म लामो समय सम्म गरीब बनाएर राख्ने भन्ने छ। एउटा कुन चाहिं राणा प्रधान मन्त्रीले कॉलेज उदघाटन गर्दा रोए जस्तो। मान्छे टाठा बाठा हुन्छन् अनि हामीलाई टेरन छोडछन भन्ने डर। यसै १,००० मान्छेको जमातले मोदीलाई सकेसम्म गाली गरेको अवस्था छ। यो मोदीले देश झिलिमिली पार्ने भो, आपत पार्ने भो भनेर यो १,००० मान्छेलाई निल्नु नओकल्नु भइ राखेको छ।

नेपाल भारत को कुरै छैन, तराई पहाड़को कुरै होइन। राष्ट्रियता त हुँदै होइन। चार वर्षमा एक पटक वोट खसाल्नु बाहेक जनताको महत्व छैन भनठान्ने यो १,००० को अलोकतांत्रिक चरित्रको जमात। तर मोदी grassroots बाट माथि आएको मान्छे --- यो सानो १,००० को जमात र तीन करोड़ नेपाली जनता बीच फरक छुट्याउन सक्ने मान्छे हो।

हुँदा हुँदा यो १,००० को जमातले भारतबाट भाड़ाका टट्टू झिकाइ झिकाइ मोदीलाई गाली गर्न लगाउन थालेका छन।

मोदीकरणको नेपाली रूप