Wednesday, December 03, 2014

केपी झन झन कड़ा भएर प्रस्तुत हुनुको कारण

एमाओवादिका नारायण श्रेष्ठले केपी ओलीलाई केही दिन अगाडि सोध्नु भएछ, "हामी चाहिं झन झन लचिलो हुँदै जाने, तपाइँ चाहिं झन झन कड़ा कड़ा भएर प्रस्तुत हुने, किन होला?"

त्यसको सीधा जवाफ छ ---- केपी शारीरिक पीड़ामा छन। वहाँलाई दिनको २४ घण्टा पीड़ा भैरहेको अवस्था छ। त्यस्तो अवस्थामा रहेको मानिसको मनोविज्ञान हो ---- आफ्नो पीड़ा अरुले पनि बुझुन भन्ने अभिलाषा हुन्छ, अनि अरुलाई पीड़ामा पार्न चाहिरहेका हुन्छन्। अरु पनि पीड़ामा परेमा अनि बल्ल अरुले आफ्नो पीड़ा बुझ्ने न हो!

मैले केपी देशको नेतृत्व सम्हाल्ने अवस्थामा छैनन् भनेर भनेको त्यसै होइन। अहिलेको जटिल राजनीतिक अवस्थामा देशको नेतृत्वमा केपी पुग्छन् भने देशको राजनीति अझै बढ़ी जटिल हुँदै जानेछ।

सहमतिको संविधान आउनु अगाडि अहिलेको सरकार परिवर्तन गर्नु घातक हुनेछ। त्यस पछि पनि विद्या अथवा अरु कसैलाई खोजेको राम्रो। नेपाल अहिलेसम्म महिला प्रधान मंत्री नपाएको देश।


केपी ओली र सीके राउत बीच फरक: देश तोड्न चाहेको केपीले हो



अचम्मको समाचार आएको छ: केपी ओलीले भारतमा पनि संविधान सभा विफल भएर भारत पाकिस्तान दुई टुकड़ा भएकै हुन, नेपालको संविधान सभा सफल हुनु नै पर्छ भन्ने छैन भनेर भनेको समाचारमा आएको छ। मैले केही दिन अगाडि भनेको थिएँ, केपी प्रधान मंत्री बन्न शारीरिक रुपले असक्षम, वामदेब मानसिक रुपले। तर आज लागिरहेको छ, केपी मानसिक रुपले पनि तैयार हुनुहुन्न कि?

मधेसी विरुद्ध विभेद कायम रहे मधेश अलग देश स्थापना गर्ने कुरा सीके राउत भन्छन, तर उपेन्द्र यादव त्यसो भन्दैनन्। नेपाल देश यादव हरुले स्थापना गरेको देश। यो आफ्नो देश छोडेर कहाँ जाने? उपेन्द्र यादवले त्यस्तो भन्छन। बरु राजस्थान बाट भागेर आएका शाह, राणा, ओलीहरुलाई नेपालबाट धपाउने --- उपेन्द्र यादवको तर्क त्यस किसिमको छ।

केपी ओली अर्काको देशमा आएर देश तोड़फोड़को कुरा गर्ने? सत्ताकालागि नेपालका नेताले जेसुकै गर्छन, यहाँसम्म कि देश पनि तोड्छन् भन्ने कुरा केपी ओलीको आजको अभिव्यक्तिले प्रमाणित गरिदिएकोछ। नेपाललाई दुई टुकड़ा पारेर केपी ओली प्रधान मंत्री हुन्छन् भने देश टुटेकै राम्रो केपी को लागि। केपीको पुर्वज भारतको कुन भागबाट आएको? ख़ालिस्तानबाट हो?

न प्रधान मंत्री बन्न का लागि केपीसँग साधारण बहुमत छ, न उसँग छेउ न टुप्पोको सात विनाश क्षेत्र को नक्शाका लागि दुई तिहाई छ। यो नेताजीलाई अंकगणित सिकाउनु पर्ने हो?