Pages

Wednesday, February 09, 2022

Dr. CK Raut: February 9



सीके राउत भन्छन्, ‘हामी निर्वाचनमा जान आतुर छौं, तर पहिला किसानको माग सम्बोधन’

Monday, February 07, 2022

चुनाव लड्ने निर्णय स्वागतयोग्य छ


चुनाव लड्ने निर्णय स्वागतयोग्य छ 

विप्लव लाई चुनाव लड्ने कि नलडने सोध्न सकिन्छ। विप्लव ले चुनाव लड्छु भन्यो भने त्यो समाचार हो। विप्लव ले हिंसा छोड्ने निर्णय गर्छ भने त्यो समाचार हो। 

जनमत पार्टी नेपाल को इतिहास को सबैभन्दा शांतिपुर्ण ट्रैक रेकॉर्ड भएको पार्टी। प्लेन हाईजैक गर्ने पार्टी सत्ता मा छ। र त्यो माओवादी होइन। जनमत पार्टी हिंसा र प्रहरी दमन को शिकार पार्टी हो। काठमाण्डु को मीडिया पुर्वाग्रही पनि हो भ्रष्ट पनि हो। 

चुनाव लड्ने? भनेको संविधान संसोधन नगरे पनि हुन्छ होइन त भनेको हो। 

निर्वाचन आयोग ले चुनाव चिन्ह दिने तर त्यो चुनाव चिन्ह बैलट पेपर मा भने नपाउने। कस्तो व्यवस्था हो त्यो? 

काठमाण्डु को मीडिया सत्ताधारी हरु ले विज्ञापन को पैसा को बल मा किनेर राखेको मीडिया हो। त्यत्रो आन्दोलन भएको छ। समाचार मा आउँदैन। किनभने सत्ताधारी त्यही चाहन्छ। आन्दोलन को समाचार छाप्ने हो भने विज्ञापन पाउन छोड़ला भन्ने डर। भ्रष्ट मीडिया। 

जनमत पार्टी ले चुनाव लड्दैन भने गर्छ के? अवश्य चुनाव लड्छ। जनमत पार्टी ले चुनाव लड्दैन भने के बाबाधाम जान्छ?