Pages

Sunday, January 02, 2022

Facebook: January 2

किसान आन्दोलन बारे मैले नबुझेको

किसान आन्दोलन अहिले मधेस को प्रत्येक जिल्ला मा पुगेको छ। चर्केको छ। पुर्व पश्चिम लोकमार्ग अवरुद्ध छ। सरकार ले चाल्न सक्ने प्रथम कदम भनेको मंत्रीमंडल स्तर मा वार्ता हो। प्रधान मंत्री, कृषि मंत्री र आन्दोलनक़ारी का तर्फ बाट केही नेता हरु। यति चार पाँच जना प्रधान मंत्री कार्यालय मा बसेर वार्ता गर्नु किन गारहो भएको? अहिले पुर्व पश्चिम लोकमार्ग अवरुद्ध भएको बेला देश को प्रधान मंत्री का लागि आन्दोलनक़ारी सँग वार्ता गर्नु भन्दा बढ़ी जरूरी काम के छ? कुन रिबन काट्न व्यस्त? त्यति जाबो भेटघाट गर्न पाउनु त कुनै पनि नागरिक को अधिकार हो। यो देश मा राणा शासन पो हो कि? जनता का प्रतिनिधि ले देश को प्रधान मंत्री लाई भेट्न नपाउने?