Showing posts with label janakpur. Show all posts
Showing posts with label janakpur. Show all posts

Thursday, August 27, 2015

Janakpur



भाद्र 10 जनकपुर , संयुक्त मधेशी मोर्चा द्वारा आयोजित जनकपुर मा आज लाठी जुलुस प्रदर्शन गरिएको थियो ।उक्त जुलुस नगर परिक्रमा गरी सरकारी कार्यालय हरु अंचल प्रहरी कार्यालय , नेपाल राष्ट्र बैंक , खानेपानी सँस्थान , कृषि बिकास कार्यालय लगायत दर्जनौ कार्यालय मा मधेश सरकार लेखी जुलुस कोण सभा मा परिणत भई समापन पश्च्यात केहि प्रदर्शन कारी हरुले जानकी चौक स्थित रहेको प्रहरी चौकी मा दूँगा मूढ़ा र पेट्रोल बम प्रहार गरे पछि स्थिति तनाव भएको छ । प्रहरी ले पनी आँशु ग्यास र लाठी चार्ज गरेको छ ।कुनै पक्ष तर्फ क्षति भएको बारे बिबरण प्राप्त भएको छैन । यो समाचार लेखुंजेल सम्म प्रहरी र प्रदर्शन कारी बिच झरप भईनै रहेको छ ।

Sunday, August 23, 2015

Muslim Voice: Janakupr

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले आज जनकपुरमा निकालेको रयाली | रयाली पश्चात प्रशासन कार्यालय मार्फत नेपाल सरकार समक्ष आफ्ना माग सहितको ज्ञापन पत्र बुझाईएको थियो | भाद्र ६ | भिडियो साभार: मो. अरमान रइन जी

मुस्लिम आन्दोलन, जनकपुर

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले आज जनकपुरमा निकालेको रयाली | रयाली पश्चात प्रशासन कार्यालय मार्फत नेपाल सरकार समक्ष आफ्ना माग सहितको ज्ञापन पत्र बुझाईएको थियो | भाद्र ६ |भिडियो साभार: मो. अरमान रइन जी

Posted by Madhesi Community on Sunday, August 23, 2015

Friday, August 21, 2015

Anil Jha In Janakpur



Amit Kumar
नेपाल साद्भाबना पार्टी आज जनकपुर मे हरेक चौकमे कार्यक्रम किया जिसमे प्रधानमन्त्री सुशील कोइराला ओर गृहमन्त्री बामदेब को जपल जुता मारो फिर बादमे पुतला दहन कार्यक्रम रखाथा जिसमे समपुर्न मधेश बासी ओर जनकपुर बासी सामिल था सभी मधेश प्रेमी ने उन दोनो खसबदी को चप्पल जुता मारा फिर पुतला दहन हुवा कोन सभा जनक चौक मे हुवा उस कार्यक्रम मे सहभागी नेपाल साद्भाबना पार्टी अध्यक्ष अ्निल झा केन्द्रिय नेता राजिब झा धनुषा पार्टी अध्यक्ष रमन सिंह पार्टी उपा अध्यक्ष मनिश चौधरी मुना कोइरी युवा पत्रकार समाज सेवि ब्यपारी सब लोग सहभागी था उस कार्यक्रम मे बकाता लोक से एकही आबाज सुना मधेश ओर मधेशिका अधिकार के लिये स्व गजेन्द्रनारायण सिंह ओर नेपाल साद्भाबना पार्टी का सपना था अब अबसय पुराहोगा कार्यक्रम मे लगभग 2500 जनता समलित था जागो मधेशी छिन्लो अपना अधिकार जय मात्रभुमी जय मधेश....

Thursday, August 20, 2015

Janakpur

जनकपुर मा जनता र बिभिन पार्टी दुआरा जनकपुर बन्द गर्दै तथा सरकार लाई चेतावनी दिदै

Posted by Condition of Janakpur Dham on Thursday, August 20, 2015

जनकपुर मा मास समूह दुअरा के . पी ओली मुर्दाबाद .. मदेशी नेता सभासद छोड... मदेश बचाऊ नारा जुलुस गर्दै..

Posted by Condition of Janakpur Dham on Thursday, August 20, 2015


Wednesday, August 19, 2015

पहिचान बिनाको संघीयता: पांग्रा बिनाको साईकल





कांग्रेस नेता कंडेलमाथि दुव्र्यवहार, एमाले सभासद बैजनाथ चौधरीको शव बनाई दाहसंस्कार
पूर्व गृहराज्यमन्त्री एवं नेपाली कांग्रेस नवलपरासीका सभापती देबेन्द्रराज कंडेलमाथि परासीमा दुव्र्यवहार भएको छ । मंगलबार अखण्ड नवलपरासी र लुम्बिनी प्रदेशको माग गर्दै कांग्रेस नवलपरासीद्वारा निकालिएको शान्तीपुर्ण साईकल ¥यालीका क्रममा परासीमा उनीमाथि दुव्र्यवहार भएको हो । ..... कांग्रेसले निकालेको र्याली अगाडि बढिरहँदा केही व्यक्तीले बिचमै रोकेर “तिमी मधेशी होईनौ, तिमीले आन्दोलन गर्नुपर्दैन” भन्दै उनीमाथि दुव्र्यवहार गरेका थिए । र्यालीमा सहभागी कांग्रेसका अन्य कार्यकर्तामाथि कुटपिट पनि गरिएको छ । ...... कुटपीटमा करीब एक दर्जन घाईते भएका छन् । ........ पुर्व गृहराज्यमन्त्री एवं नेपाली कांग्रेस नवलपरासीका सभापति देबेन्द्रराज कंडेलको अगुवाईमा अखण्ड नवलपरासीको मागसहित लुम्बिनी अंचलका जिल्लाहरुलाई समाबेश गरी लुम्बिनी प्रदेश कामय हुनुपर्ने माग राखि बृहत शान्ती ¥याली आयोजना गरिएको थियो । ...... थरुहट संघर्ष समिति र मधेशी मोर्चाको बन्द पनि नवलपरासीमा जारी छ । ..... यता, परासीमा विगत ९ दिनदेखि आन्दोलित बनेका अखण्ड नवलपरासीका मागकर्ताहरुले निर्वाचन क्षेत्र नं. ४ का सभासद तथा नेकपा एमालेका केन्द्रिय सदस्य बैजनाथ चौधरीको शव बनाएर बुद्धचोकमा दाहसंस्कार गरेका छन् भने अर्काेतिर मधेशी तथा थरुहटको संयुक्त मोर्चाले प्रधानमन्त्री शुसिल कोईरालको पनि शव बनाई दाहसंसकार गरेका छन् ।
प्रहरीले दमन गरेको अधिकारकर्मीहरुको ठहर
केही दिन अगाडि सुर्खेतमा तथा मंगलबार सप्तरी र कपिलवस्तुमा प्रहरीले दमन गर्दै गोली प्रहार गरी आमजनताको शान्तिपूर्ण आन्दोलन गर्न पाउनुपर्ने अधिकार हनन् गरेको धनुषाका मानवअधिकारकर्मीहरुले ठहर गरेका छन् । धनुषाका आधा दर्जन भन्दा बढी अधिकारकर्मीहरुले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी आन्दोलनको क्रममा राज्यले बल प्रयोग गरेको प्रति आपत्ति जनाएका हुन् । .... प्रहरीको कुटाईबाट घाईते भएका जनकपुर–५ का १४ वर्षीय बालक दिनेश साह उपचारपछि घर फर्के पनि पूर्णरुपमा निको नभएको तथा स्वास्थ अवस्थामा सुधार नभएकोले उनको पूर्ण उपचारको लागि राज्यसँग अपिल गरेको ईन्सेक धनुषाका बिनोद महराले जनाएका छन् ।


जलेश्वरमा आन्दोलन उग्र हुदै
अनिश्चितकालका लागि भनिएको बन्दले जलेश्वर उग्र हुन थालेको छ । आज जलेश्वरको दुर्गाचौक,शंकरचौक लगायतको ठाउमा आन्दोलनकारीले टायर वाली बिरोध जनाएका छन भने यातायात,व्यापार पुर्णरुपमा बाधित रहेको छ।


सिरहाको मिर्चैयामा प्रहरी र प्रदर्शनकारीबीच झडप, मोटरसाइकलमा आगजनी
‘थरुहट स्वायत्त प्रदेश’ मागसहित गुरही पर्व पनि सडकमै
राजनीतिक दलहरुले आफूहरुको ऐतिहास पहिचान र अधिकार मेटाउने खालको ६ प्रदेशको प्रस्तावित संघीय संरचना ल्याएको भन्दै साउन २१ गतेदेखि आन्दोलनरत थारू समुदाय आज नागपञ्चमीका दिन सडकमै गुरही पर्व मनाउने तयारी रहेका छन्। .... कैलाली-कञ्चनपुरसहित थारू बाहूल्य जिल्लालाई थरुहट प्रदेश बनाइनु पर्ने प्रमुख माग राख्दै आन्दोलनमा होमिएको यो समुदाय माग पूरा नहुन्जेल सबै पर्वहरुलाई आन्दोलनको रुपमा स्थापित गरी सडकमा मनाउने मनस्थितिमा पुगका हुन्। ..... गुरही पर्व मूल आयोजक समिति कैलालीकी सदस्य रविना चौधरी राजनीतिक अधिकार नपाएसम्म सांस्कृतिक अधिकार पाउने नसकिने बताउँदै उनी परम्परागत भेषभुषामा सजिएर आज साँझ मनाउने जानकारी दिइन्। ..... समिति सदस्य चौधरीका अनुसार आज महिलाहरु लेहंगा र बुलाउजमा र पुरुषहरु सेतो धोती र सटमा सजिएर धनगढी बजार परिक्रमा गर्ने र धनगढीस्थित क्याम्पस चौकमा गुरही सेलाउने कार्यक्रम तय गरेका छन्। विगतका वर्षमा झैँ यस वर्ष पनि

‘हमार भाषा कला संस्कृति हमार पहिचान, यकर संरक्षण सम्बर्द्धन कैना हमार अभियान’

भन्ने मूल नाराका साथ मनाउने भएका छन्। ..... गुरही पर्व थारू समुदायको ऐतिहासिक तथा मौलिक पर्व हो। गाउँघरमा व्याप्त रहेको रोग व्याधि हटाउने र गाउँवस्तीलाई रोग मुक्त, सम्मुनत बनाउने यो गुरही पर्वको मुख्य विशेषता हो। ..... थारू कल्याणकारिणी सभा कैलाली सभापति समेत रहेका संघर्ष समिति संयोजक चौधरीका अनुसार गुरही पर्वमा गाउँका चेलीबेटीहरु गाउँ वस्तीको रोगव्याधीको प्रतिमा तथा पुतला (गुरही) गाउँको दक्षिणी दिशामा सेलाउने प्रचलन रहेको छ। संगै यूवाहरु सेलाएको ती पुतलाहरुलाई चुरकी (एक प्रकारको घाँस) र केराको डाँठलाई सोटा तथा कोर्रा बनाई लैजाने र सेलाएको पुतलालाई पिट्ने गरिन्छ। जसले गर्दा रोगव्याधि वस्तीमा पुनःनपस्ने जनविश्वास पनि कायमै रहको पाइन्छ। .... तर वर्तमान समयमा चाडपर्वहरुलाई केहि परिष्कृत गरेर लैजानु पर्ने पनि आवाज आजभोली उठिरहेको छ। गुरही आयोजक समितिकी सदस्य तथा स्थानीय सञ्चारकर्मी उन्नती चौधरी गुरही पर्वमा रोगी व्याधिलाई सेलाउने गरेको भएतापनि वर्तमान अवस्थामा थारू समुदायको मुख्य रोगव्याधि राजनीतिकर्मीहरुको संकुचित विचार रहेको बताइन्। ती राजनीतिकर्मीहरुको अदुर्दशी सोचका कारण थारू पहिचान र अस्तित्व संकटमा परेको बताउँदै उनी गुरहीमा नेताहरुको कुविचार रुपी पुतला सेलाउनु पर्ने र सोटाले पिट्नु पर्ने पनि उनको विचार छ।

Tuesday, August 18, 2015

जनकपुर तातियो

जनकपुर तातियो
सप्तरीको भारदहमा प्रहरीको दमनको शिकार भएका राजिव झा र राजिव राउतलाई गोली लागि हत्या भएपछि जनकपुर तनावग्रस्त भएको छ भने साँझ रामानन्द चौकमा प्रदर्शनकारी र प्रहरी वीच भएको छ । त्यस्तै रामानन्द चौकमा रहेको ना१ख ७४८७४ नम्बरको बस र प्रहरी विटमा समेत प्रदर्शनकारीहरुले आगजनी गरेका छन् । यता सद्भावना पार्टीका आधा दर्जन सभासदले दिएको राजिनामालाई समेत आन्दोलनकारी तथा बुद्धिजिवीले यसलाई साकारात्मक लिदैँ स्वागत गरे । अब आउने दिन निर्णायक आन्दोलन हुने निश्चित रहेको बताउदँै आन्दोलन झन् सशक्त हुने यूवाहरुको भनाई छ ।

Saturday, August 01, 2015

बल्ल मैले माओवादी लाई पत्याएं, नारायण काजी ले त अत्याएको

एमाओवादीका मधेशी नेताले विशेष समितिलाई बुझाए मस्यौदालाई संशोधन गर्न यस्तो माग
प्रस्तावनाको प्रथम हरफिको दोस्रो लाईनमा सार्वभौम अधिकार पछि संघीय शव्द थप्नुपर्ने । तेस्रो हरफमा एकात्मक र पछि पितृसत्तात्मक शव्द थप्नुपर्ने । जनआन्दोलन, जनयुद्ध पश्चात मधेश विद्रोह । ....... नेपालको सरकारी कामकाजको भाषा त्रिभाषिक हुनुपर्ने । ..... धारा १३ अंङ्गीकृत नागरिकता सम्बन्धी व्यवस्था । (१) को दोस्रो पँक्तीमा नेपालमा १५ वर्ष स्थायी बसोवासको ठाँउमा ५ वर्ष हुनुपर्ने । ....... धारा–१९ दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्र भन्दा वाहिर शव्दावली हटाउनुपर्ने तथा नेपाली मुलको सट्टामा नेपाली शव्द राख्नुपर्ने । ...... धारा २३(३) को दोस्रो हरफको पँक्तीमा खस आर्यको ठाँउमा खसान शव्द थप्नुपर्ने । ...... धारा ४५ (दलितको हक) दफा (१) मा दलित समुदायका व्यक्तिहरुलाई निजामति सेवा अगाडी संबैधानिक अंग र निजामति सेवा, सेना, प्रहरी लगायतका राज्यका सवै निकाय र क्षेत्रहरुमा समानुपातिक, समावेशी थप्नुपर्ने दफा (७) मा दलित महिला, पुरुष र पछि मधेशी दलित लगायत थप्नुपर्ने । ....... उपधारा (३) को तेस्रो पँक्ती नेपालमा ८ प्रदेश रहनेछ पछि प्रदेशको सिमाँकन सँविधानसभाबाटै निर्धारण गर्नुपर्नेछ । यस पछिका पँक्ती हटाउने । उपधारा (६) मा जिल्ला सभा हटाउनुपर्ने र कानुनको सट्टामा प्रादेशिक कानून बमोजिम राख्नुपर्ने । ....... उपधारा (७) यसमा

विशेष संरचना पछि स्वायत क्षेत्र, संरक्षित क्षेत्र तथा विशेष क्षेत्र राख्नुपर्ने

। र प्रादेशिक सरकारको सहमतिमा गर्नुपर्ने प्रावधान राख्नुपर्ने । ........ धारा–६३ आर्थिक अधिकारको प्रयोग उपधारा (६) प्रदेश सरकारले बैदेशिक सहायता वा अनुदान लिदा संघीय सरकारलाई जानकारी गराउने तथा ऋण लिदां संघीय सरकारसँग अनुमति लिई लिनु पर्नेछ । धारा–६४ राजश्व श्रोतको बाँडफाँड उपधारा २ मा

सँघ, प्रदेश र स्थानीय तहलाई न्यायोचित वितरण गर्ने ठाउमा जनसँख्याको आधारमा वितरण गर्ने वाक्याँस थप्नुपर्ने ।

...... धारा ९० राष्ट्रिय सभाको गठन र सदस्यहरुको पदावधी उपधारा (२) क .............. प्रत्येक प्रदेशबाट एक जना महिला र एक जना पुरुष अनिवार्य हुनेगरी

जनसँख्याको आधारमा ४० सदस्य

भन्ने प्रस्ताव राख्नुपर्ने । ......

न्यायलयको संरचना संघीय हुनुपर्ने

। अदालतहरुको अधिकार बाँडफाँड संघीय संरुचना अनुरुप हुनुपर्ने । न्यायधिशको नियुक्ति समानुपातिक समावेसी हुनुपर्ने । प्रत्येक प्रदेसमा अधिकार सम्पन्न न्यायपरिषद् हुनुपर्ने । ....... धारा १७५ को उपधारा १ मा (ग) थप गरी दलित, मूस्लिम र अल्पसँख्यक जाती÷समुदायको लागि स्वायत क्षेत्र, संरक्षित क्षेत्र वा विषेश क्षेत्रको व्यवस्था हुनुपर्ने । ....... धारा २१८ जिल्ला सभाको ठाँउमा प्रतिनिधिसभा क्षेत्र राख्नुपर्ने त्यस्तै धारा १ देखि ८ सम्म रहेका जिल्ला सभाको सबै ठाँउहरुमा प्रतिनिधिसभा क्षेत्र थप्नुपर्ने । ...... गाँउसभा, नगरसभा तथा प्रतिनिधिसभा क्षेत्र गठन गर्दा दलित समुदायबाट समानुपातिक, समावेशी प्रतिनिधित्व गर्ने व्यवस्था हुनुपर्ने । ....... राष्ट्रिय समावेसी आयोगको सट्टा मधेशी आयोग, मुस्लिम आयोग र जनजाती आयोगको व्यवस्था अलग अलग सँघ र प्रदेश दुवै ठाँउमा गर्नुपर्ने साथै दलित आयोग पनि प्रदेश स्तरमा हुनुपर्ने । ....... धारा २६२(४) मा राष्ट्रपतिले कानुन बमोजिम प्रधानसेनापतिको नियुक्ति र पदमुक्तिको ठाँउमा मन्त्रिपरिषद्को सिफारिसमा प्रधानसेनापति नियुक्त र पदमुक्त गरिनेछ । ....... प्रदेश स्तरमा प्रादेशिक प्रहरीको साथ साथै अर्धसैनिक बल, गुप्तचर, तथा अनुसन्धानका संगठन रहनेछ र सोको गठन प्रादेशिक कानुन बमोजिम समानुपातिक समावेशीताको आधारमा हुनेछ । ....... अखण्डता पछि संघीयता, गणतन्त्र, प्रादेशिक स्वायत्तता र धर्मनिरेक्षता थप्नुपर्ने । ....... सँबैधानिक परिषद्को सदस्यमा प्रत्येक प्रदेशको मुख्यमन्त्री सदस्य रहनेछ बुँदा थप्नुपर्ने । ........ राज्य, प्रदेशको सम्पूर्ण निकाय, अंगमा, मूस्लिमहरुको समानुपातिक समावेशीक प्रतिनिधित्व सहभागीता गराउनु्पर्ने । ....... मूस्लिम समुदायहरुलाई राज्यपक्षबाट पछाडी पारिएकोले मुस्लीमको अवस्था दैनीय रहेको हूँदा राजनैतिक, आर्थिक, समाजिक, शैक्षिक, साँस्कृतिक धार्मिक रुपमा अगाडी बढाउनलाई आरक्षण र विशेषाअधिकारको लागि संविधानको जुनजुन धारा र ठाँउमा दलित, महिला, उल्लेख भएको हो त्यसको साथमा मुस्लीम शब्द थपेर समावेश गर्नुपर्ने । ...... धारा ४५ को दलितको हकमा –जनसंख्याको आधारमा समानुपातिक शव्द थप्नु पर्ने । त्यसलाई मधेश पहाडमा समानरुपमा बाँडफाँड हुनुपर्ने ...... सघीय व्यावस्थापिका समानुपातिक सहितको थप ३ प्रतिशत हुनुपर्ने । प्रादेशि व्यवस्थापिकामा समानुपातिक सहित ५ प्रतिशत हुनुपर्ने । स्थानिय निकायमा समानुपातिक सहित १० प्रतिशत हुनुपर्ने । प्रत्यक्ष निर्वाचनमा विशेष क्षेत्र वनाई दलितको प्रतिनिधित्व सुनिश्ति गर्नु पर्ने । प्राविधिक र उच्च शिक्षामा दलितलाई निशुल्क हुनुपर्ने । ...... १. रामचन्द्र झा २. प्रभु शाह ३. विश्वनाथ शाह ४. महेन्द्र पासवान ५. रामरिझन यादव ६. रामकुमार शर्मा

बल्ल मैले माओवादी लाई पत्याएं, नारायण काजी ले त अत्याएको।  राम चन्द्र झा लाई त पार्टी उपाध्यक्ष बनाउनु पर्ने। गोरखा एकै जिल्ला दुई जना, त्यो भएन। नारायण काजी लाई झिकेर त्यो ठाउँमा राम चन्द्र झा लाई ल्याउनु पर्यो। समावेशी भन्ने अनि मधेसी त कतै छैन त माओवादी भित्र visible ठाउँ मा।