१९ र ५६ को अंक गणित त आफ्नो ठाउँ मा छँदै छ। तर ज्ञानेन्द्र ले एक पटक दिई सकेको फेरि फिर्ता लिएको छैन। गिरिजा का उत्तराधिकारी ले दिई सकेको कुरा बारम्बार थुतने प्रयास गरेको गरै छ ---- अहिले पनि गरि राखेको छ।
साँच्चि ५६ जना मरेको हेर्न किन पर्खिनु परेको गिरिजा लाई? ५ जना मै किन उज्यालो देखेन उसले? किनभने उसको चरित्र लोकतान्त्रिक भएको कहीं कतै रेकॉर्ड नै छैन। उसले सधैं काँग्रेस लाई एउटा परिवारको बिर्ता मात्र ठान्यो। अहिले पनि त्यो पार्टीले उसको त्यो विचारको आदर गरेकै छ। राणा, शाह, कोइराला ---- उसको दिमाग मा रहेको श्रृंखला।
काँग्रेस जे छ मधेसको बलमा छ। काँग्रेस पार्टी भित्र को राणा शासन कहिले अन्त हुने? देशको राणा शासन त उहिले अन्त भैसक्यो। मधेस को बलबुतामा, मधेसको नोट र वोट को बलमा देशमा शासन गर्ने पार्टी को नेतृत्व मा मधेसी आउनुपर्छ होइन भने देश बाट पंचायत व्यवस्था गायब पारे जस्तै मधेस बाट काँग्रेस पार्टी लाई गायब पार्नु पर्छ।
नेपाली काँग्रेस र मधेसी समुदाय को सम्बन्ध उही बोक्सी उही धामी झाँखरी जस्तो छ।
मधेसी क्रांति त अहिले भयो। मधेसी समुदाय ले संघीयता मागेको एक जुनी बित्यो। २००७ साल देखि नै हो मागेको। बीपी कोइराला को लोकतंत्र को अवधारणा मा संघीयता को लागि ठाउँ थिएन। बीपी बाहुन नै हो, विचारमा पनि र व्यवहारमा पनि।
२०४६ पछि त प्रखर रुपले हो मागेको। मागेको को सँग? भन्दा काँग्रेस सँग होइन? मार्गरेट थैचर ले संसदीय दलको विश्वास गुमाए पछि जोन मेजर आयो। तर गिरिजाले काँग्रेस संसदीय दलको विश्वास गुमाए पछि महेंद्र नारायण निधि आएन। मधेसी समुदाय ले काँग्रेस लाई पत्याउनु पर्ने ठाउँ नै छैन।
मधेसी क्रान्ति हुँदा प्रधान मंत्री काँग्रेस को। ५४ शहीद को रगत को श्राप परोस त्यो काँग्रेस पार्टी लाई। यदि काँग्रेस मधेसी समुदाय सँग छ भने क्रान्ति गर्नु नै किन परेको?
अझ एक मधेस तीन प्रदेश भनेर काँग्रेस को महासमिति ले पारित गरेको। पछि त्यसै पार्टीको सभापति सुशील झापा, मोरंग, चितवन, कैलाली, कंचनपुर लाई मधेस बाट चोर्ने विद्यामा सबभन्दा अगाडि छ।
संघीयता उसको एजेंडा होइन भनेर काँग्रेस ले बारम्बार भनेको छ। सही भनेको छ। तर लोकतंत्र उसको व्यवहार होइन भन्ने कुरा पटक पटक प्रमाणित भएको छ। होइन भने संसदीय दलले नया नेता चुन्न नपाउनु, महासमितिको निर्णय पार्टी सभापतिले नमान्नु -- त्यो लोकतान्त्रिक होइन त।
अब अहिले बदमाशी गर्ने सुशील ले अनि त्यो बदमाशी को विरुद्ध आवाज उठायो भनेर मधेसी जनता अमरेश को पछि पछि लाग्नुपर्ने, काँग्रेस को समर्थन गरि रहनु पर्ने? उही बोक्सी उही धामी झाँखरी। यो कसलाई उल्लु बनाउन खोजेको? कि त अमरेश ले पार्टी महाधिवेशन मा सुशील को विरुद्ध उम्मेदवारी दिन सक्नु पर्यो। म पार्टी लाई आतंरिक लोकतंत्र र संघीयता को बाटोमा लान्छु भनेर पार्टी कार्यकर्ता हरु लाई भन्न सक्नु पर्यो। मधेसको नोट र वोट को आधारमा चलेको पार्टी ---- नेतृत्व चाहिं मधेसीको हातमा किन छैन? नेपाली काँग्रेस मा सुशील कोइरालाको राज भनेको भारत माथि ब्रिटिश गवर्नर को राज जस्तो। छेउ न टुप्पो को कुरा। काँग्रेस भित्र का मधेसी हरुको मानसिक दासता को कुनै सीमा छैन। निर्लज्ज मधेसी हरु।
पहिले कृष्ण प्रसाद भट्टराई को कुरा गरौं। बीपी कोइराला को कुरा अलि पछि गरौं। महेन्द्र नारायण निधि को कुरा गरौं अनि त्यस पछि बीपी को कुरा गरौंला। नेपालमा लोकतंत्र मारेको गोलीले होइन, बीपी र सुगरले हो। बीपी बीपी, सुगर चाहिं गिरिजा।
कृष्ण प्रसाद भट्टराई लाई बहुदल पुनर्बहाली को पहिलो चुनाव मा हरायो गिरिजाले चमक्यो मदन भण्डारी। कति गलत निर्णय! निरक्षर हरुको देशमा गिरिजा SLC Pass नै हो कि चाहिने, लोकतंत्र भनेको त्यही हो कि?
कृष्ण प्रसाद भट्टराई मेरो आइडियोलॉजी मा गलत मान्छे हो तर सानो मान्छे होइन। मेरो आइडियोलॉजी संघीयता हो। कृष्ण प्रसाद (अर्को केपी) आजीवन संघीयता विरोधी मान्छे। बीपी को शिष्य जो ठहरियो। तर राजनीतिक कुशलता भएको मान्छे चाहिं हो। त्यो कृष्ण प्रसाद लाई फिर्ता नल्याए सम्म पार्टी फेरि माथि पुग्दैन भन्ने निर्णयमा पुगे पछि गिरिजाले विष पियेर केपी लाई फिर्ता ल्यायो, कृष्ण कन्हैया फेरि प्रधान मंत्री बने --- तर त्यस पछि के भयो त्यो कुरा बड़ो महत्वपुर्ण छ।
माओबादी को हिंसा शुरू भइसकेको अवस्था थियो। १०-१५ हजार मान्छे मरेर वार्ता गर्नु भन्दा अहिले नै वार्ता गर्नु राम्रो भन्ने निर्णय मा केपी भट्टराई पुगिसकेको। त्यसलाई भनिन्छ राजनीतिक कौशलता। त्यो थियो उसमा। देश शायद दरबार हत्या काण्ड अगाडि नै संविधान सभा मा जान्थ्यो, गृह युद्धमा होइन।
तर दरबारको इशारामा गिरिजाले कृष्ण प्रसाद लाई फेरि फाल्यो। गिरिजाले संवैधानिक राजतन्त्र नबुझेको। संवैधानिक राजतन्त्रमा राजदरबार ले त्यसरी देशको राजनीतिमा चासो लिन पाउँदैन। अंततः १५-१७ हजार मान्छे मरे। आखिर देश संविधान सभा मै गयो। त्यो गिरिजा लाई शांति दुत भन्छन काँग्रेसी हरु।
Girija did not know that he did not know.
त्यो एउटा उदाहरण हो। गृह युद्ध चर्काउने नै गिरिजा हो।
गिरिजा पहिलो पटक प्रधान मंत्री भए पछि १-२ वर्ष मै उसले पार्टी को स्पष्ट बहुमत हुँदा हुँदै संसद मा विश्वास गुमायो। त्यस पछि लोकतान्त्रिक संस्कृति मानने ले के गर्छ भने राजीनामा दिन्छ अनि उसको पार्टीको संसदीय दल ले अर्को नेता चुन्छ, त्यो नेता प्रधान मंत्री बन्छ। मार्गरेट थैचर पछि जॉन मेजर त्यसरी नै आएको।
त्यो अर्को व्यक्ति महेन्द्र नारायण निधि थियो। तर गिरिजा को मधेसी समुदाय प्रतिको racist hatred यति सार्हो तीव्र थियो कि उसले गर्न नहुने कुरा गर्यो। संसद विगठन गर्दियो। पार्टी बरु ध्वस्त होस् तर कुनै मधेसी प्रधान मंत्री नबनोस् --- उसको त्यो चरम गैर लोकतान्त्रिक व्यवहार। गैर लोकतान्त्रिक सोंच नभनौं। उसले सोंचेर गरेको कुरा होइन। It was his knee jerk reaction.
यस घटना पछि नेपाली काँग्रेस र मधेसी समुदाय बीच खड़ा भएको फाटो कहिले पुरिन्न्न।
अब कुरा गरौं बीपी को। बीपी लाई फेरि फर्किन दरबार लाई सघाएको नंबर एक सिविलियन सुर्य बहादुर थापा। बाउ महेंद्र लाई सघायो, छोरा वीरेंद्र लाई सघायो। तर त्यो सुबथा द्वारा सधैं प्रयोग हुन तैयार गिरिजा। The entire fucking time.
सुगर गिरिजा।
बहुदल आए पछि गिरिजाले जुन पटक पटक बदमाशी गर्यो त्यो नगरेको भए नेपाल नया शताब्दीमा आर्थिक क्रांतिको बाटो मा अग्रसर भइ सकेको हुने।
नेपाली काँग्रेस भित्र आज आतंरिक लोकतंत्र को पुर्ण अभाव जुन छ त्यसको नंबर एक कारण नै गिरिजा हो।
English: Seated Buddha at Ellora Caves, Maharashtra, India. Español: Ellora, Maharashtra, India. हिन्दी: भारत के महाराष्ट्र राज्य में स्थित एलोरा गुफाओं में बुद्ध भगवान की मूर्ती (Photo credit: Wikipedia)
गिरिजाले स्व विवेकले संविधानमा "स्वायत्त मधेस राज्य" लेखेका होइनन्। ज्ञानेन्द्रले स्व विवेकले नारायणहिटी खाली गरेका होइनन्।
राज्य (state) ले गरेका सम्झौता पालन गर्नु सुशीलको पदीय दायित्व हो। समझौता पालन नगर्नु statelessness को आभाष हो। यदि नेपालमा राज्य (स्टेट) छैन भने वार्ता को त कुनै मतलब नै भएन।
सहमति र प्रक्रिया को झमेला त पछिको हो। पहिला त सुशीलले पुराना सम्झौता पालन गर्ने हो। शपथ खाएको त होला।
मधेसी क्रांतिले गिरिजा होइन राज्य (state) सँग सम्झौता गरेको हो।
नेपाली काँग्रेसले सात सालमा, ३६ सालमा, ४६ सालमा, ६२/६३ मा, जति पटक क्रान्ति गर्यो त्यो मधेशको काँध चढेर गर्यो। जति पटक सत्तामा गयो मधेशको काँध चढेर गयो। भने पछि त नेपाली काँग्रेसको नेतृत्व मधेसीको हातमा हुनुपर्ने। काँग्रेस लोकतान्त्रिक पार्टी हो भने। नेतृत्व मधेसीको हातमा छैन भने पनि नेपाली काँग्रेसले मधेसीको हक़ हितकोलागि संघर्ष गर्नु पर्ने। उल्टै त्यो काँग्रेस मधेसीलाई थिचोमिचो पो गर्छ। महेन्द्र नारायण निधि र विमलेन्द्र निधिलाई पाखा, गणेशमान सिंह र प्रकाश मान सिंहलाई पाखा। काँग्रेसको बनावट नै यस किसिमको छ कि पद मै पुगे पनि मधेसी र जनजातिकालागि काँग्रेसमा ठाउँ छैन। नत्र भने सर्वमान्य नेताभन्दा माथि कुन पद छ? निधि महामंत्री भएकै हुन। बरु गिरिजाले काँग्रेसलाई मध्यावधि चुनावमा होमेर काँग्रेसलाई तहसनहस पार्यो तर निधिलाई प्रधान मंत्री हुन दिएन।
जसरी बहुदल नआएसम्म गिरिजाकालागि नेपालको राजनीतिमा ठाउँ थिएन र तिनले पंचायती चुनाव बहिष्कार गरिरहे, त्यसरी नै अहिलेको काँग्रेसभित्र मधेसी र जनजातिका लागि ठाउँ छैन।