Showing posts with label economic revolution. Show all posts
Showing posts with label economic revolution. Show all posts

Monday, January 31, 2022

म यस क्रान्ति को Open Source Script Writer

मैले गरेको कुरा लाई पत्रकारिता भन्न सकिँदैन। यो डिजिटल एक्टिविज्म हो। पत्रकारिता होइन। 

मैले एउटा पक्ष लिएर कदम कदम मा अगाडि हेर्दै टैक्टिस, स्ट्रेटेजी, लक्ष्य, राजनीतिक विचार बोलिरहेको हुन्छु। अब के गर्ने? अब कुन बाटो जाने? म बारम्बार भनिरहेको हुन्छु। 

तर मैले भनेकै हुनुपर्छ भन्ने मेरो त्यस्तो केही हुँदैन। 

जस्तै कि किसान आन्दोलन गर्ने निर्णय। त्यो निर्णय मा मेरो कुनै सहभागिता छैन। आन्दोलन शुरू भए पछि तर मैले पुर्ण समर्थन गरेको हो। तर अंध समर्थन होइन। बुझेर समर्थन। प्रशंसा गरेको छु। 

मैले स्पष्ट सँग पक्षधरता गरेको छु। म न्युट्रल मान्छे होइन। एउटा पक्ष लाई मेरो पुर्ण समर्थन छ। त्यो हो जनमत पार्टी। 

मैले गरिरहेको काम राजनीतिक काम हो। घटनास्थल बाट १०,००० माइल दुर भए पछि गर्ने भनेको डिजिटल एक्टिविज्म नै हो। 

ब्लॉग मा लेख्ने मा मात्र म सीमित छैन। थुप्रै काम सार्वजनिक नजर भन्दा पर पनि हुँदै आएका छन। 

किसान आन्दोलन गर्ने निर्णय सीके राउत लुम्बिनी प्रदेश को यात्रा पछि निर्धारित गरिएको कुरा हो। किसान लाई स्थानीय स्तर मा भेट्दा जरूरत महसुस भयो। 

अरु थुप्रै मा र म मा एउटा के फरक छ भन्दा सन २००५ देखि लगातार मेरो सहभागिता रहिआएको छ। सन २००६ अप्रिल क्रान्ति र यो फरक क्रान्ति होइन। एउटै क्रांति का बिभिन्न अध्याय। पात्र फेरिनु स्वाभाविक हो। क्रान्ति कसै लाई हीरो बनाउन का लागि हुँदैन। जनता को काम गर्न का लागि क्रान्ति हुन्छ। 

म चाहन्छु नेपाल मा सफल होस र यही टेम्पलेट अफ़ग़ानिस्तान मा लगियोस। प्रवासी अफ़ग़ान हरु केही लाई म त्यही भन्दैछु। 
















क्रान्ति को समयतालिका

किसान आन्दोलन को माँग छ। भएको ५,००० मेट्रिक टन ब्लैक मा बेचेर पैसा कमाउने दाउ मा बसेका मानिस छन तल देखि माथि सम्म। २४ लाख वैक्सीन गायब गरेर बेचे जस्तै। किसान आन्दोलन को माँग पुरा गर्न सजिलो छ। अहिले गर्न सकेको अहिले गर्ने, समय लाग्ने समाधान हरु को रोडमैप बनाउने। आंदोलन किनारा लाग्छ। सकिन्छ। नियत ठीक छ भने माँग पुरा गर्न त्यति गारहो होइन। नियत तर ठीक छैन। कुकुर को त्यो पुच्छर सोझ्याउने प्रयास होइन यो क्रान्ति। कसिङ्गर बढार्ने क्रान्ति हो यो। 

तर माँग पुरा हुन्छ भने आन्दोलन किनारा लाग्छ। त्यो त इमान्दारी साथ भनिएको कुरा हो। माँग पुरा हुँदैन भने के हुन्छ? संगठन विस्तार हुन्छ। पार्टी सदस्यता सात लाख बाट २७ लाख पुग्छ। म्याराथन रेस को गति मा क्रान्ति चलिरहन्छ। प्रहरी दमन को डिजिटल संग्रह बन्छ। क्रान्ति सत्ता मा पुगे पछि चैन ऑफ़ कमांड तानिन्छ। प्रहरी संविधान र कानुन अंतर्गत बस्नुपर्ने हुन्छ। प्रहरी को वफ़ादारी संविधान र कानुन प्रति हुनुपर्छ। यो नेता त्यो नेता प्रति होइन। पद को शपथ खाँदा के भनेर शपथ खाएको? 

अहिले सरकारी तलब खाएको प्रत्येक व्यक्ति, विगत २० वर्ष सरकारी तलब खाएको प्रत्येक व्यक्ति ले आफ्नो र आफ्नो परिवार को संपत्ति विवरण दर्ता गर्नुपर्ने हुन्छ। घुस खाएर जम्मा गरेको सम्पत्ति क्रांति ले सीज गर्छ। मलखाद ब्लैक मा बेचेर फाइदा छ भने त्यो क्षणिक हो। खास फाइदा छैन। 

देश लाई इज ऑफ़ डुइंग बिजनेस मा टॉप ५० देश बनाउन चाहिने कानुन र राज्य संयंत्र बनाउन संविधान सभा को चुनाव पछि शायद एक वर्ष लाग्ला। त्यसै गरी सरकारी सेवा डिजिटल बनाउन एक वर्ष लाग्ला। जनता मालिक हो भने जनता किन जाने सरकारी ऑफिस? सरकारी ऑफिस जनता को घर घर पुग्नुपर्छ। त्यस पछि दुई तिहाई सेना, प्रहरी र कर्मचारी लाई एक वर्ष तलबी विदा मा पठाउनुपर्छ। तलब पाउने ऑफिस आउन नपाउने। क्या मज्जा। इज ऑफ़ डुइंग बिजनेस मा टॉप ५० देश, सरकारी सेवा एस्तोनिया जस्तो डिजिटल भएको एक वर्ष भित्र यति धेरै विदेशी पुँजी देश भित्र पस्छ कि त्यसरी विदा मा बसेको प्रत्येक व्यक्ति ले निजी क्षेत्र मा दोब्बर तलब को काम पाउँछ। 

जो सँग फोन छैन अथवा जसलाई फोन चलाउन आउँदैन तिनले पनि डिजिटल सरकारी सेवा को फाइदा पाउने हुन। गाउँ को सचिव त्यो मान्छे को ह्युमन इंटरफ़ेस भयो। प्रत्येक कर्मचारी र प्रत्येक नागरिक को एउटा नंबर हुन्छ। कुन कर्मचारी ले कुन नागरिक लाई कुन सेवा प्रदान गर्यो सब डिजिटल। नागरिक कति बेला आयो, सेवा प्रदान गर्न कति समय लाग्यो सब डिजिटल। पुर्ण निगरानी। घुस मागेछ भने जेल चलान। 










मुख्य कुरा जनता जाग्नुपर्छ, देश भरि जाग्नुपर्छ

भ्रष्टाचार गलत त हो। बहुदल ले पनि, गणतंत्र ले पनि, संघीयता ले पनि  प्रत्येक ले आम जनता को जीवनस्तर उकास्नु पर्ने हो तर उकासेको छैन किनभने भ्रष्टाचार व्याप्त छ। तलदेखि माथि सम्म। दायाँ बायाँ। सबैतिर। आर्थिक विकास चाहिएको हो भने भ्रष्टाचार नियंत्रण गर्नुपर्यो। लोकतंत्र भनेको नेताराज होइन। जनताराज तर कहिले पनि आएन। 

लोकतंत्र आएर समस्या भएको होइन। नआएर समस्या भएको हो। जुन देश मा प्रत्येक पार्टी अध्यक्ष लाई आफु राजा हुँ जस्तो लागिरहेको हुन्छ त्यो देश गणतंत्र अझ होइन। वड़ा वड़ा गाउ गाउ शहर शहर मा ब्रम्हलुट त्यो कस्तो संघीयता? जनता का नोकर जनता का मालिक सरी कुरा र व्यवहार गर्छन। 

मधेस शुरुवात मात्र हो। देश भरि जनता जाग्नुपर्छ। काठमाण्डु मा जाग्नुपर्छ। सिंह दरबार घेर्ने गरी जाग्नुपर्छ। सन २००६ अप्रिल मा जे काम शुरू गरे जनता ले त्यो काम सकिएको छैन। अलि केही बाँकी छ। 

को चाहन्छ सडकमा जान? त्यो त अरु केही उपाय बाँकी नरहेर गएको हो। 

सही नेतृत्व छ भने सड़क क्रान्ति सदन क्रांति मा परिणत हुन्छ अंततः र डेलिवर गर्छ। अहिले नेतृत्व सही छ। तर पहिला चाहियो क्लीन स्वीप। 



Chandan Singh

January 31: Kisan Andolan

सीके राउतको चुनावी तयारी : उम्मेदवार छनौटदेखि चुनावी खर्चको जोहोसम्म . शनिबार पाँच दलीय सत्ता गठबन्धनले चुनावको बारेमा गरेको निर्णयलाई जनमत पार्टीले स्वागत गरेको छ । जेठभित्र स्थानीय तहको चुनाव गर्ने गठबन्धनको निर्णय स्वागतयोग्य रहेको बताउँदै जनमत पार्टीका महासचिव चन्दन सिंहले चुनावको मिति र कार्यतालिका तत्काल घोषणा गर्नुपर्ने बताउँछन् । ........ चुनावलाई केन्द्रीत गरेर जनमत पार्टीले यो बीचमा माटो संकलन अभियान, कभरेज अभियान र अपन बुथ सब स मजबुत अभियान गरी तीनवटा अभियान सञ्चालन गर्यो । त्यसमध्ये बुथ मजबुत अभियान अझै चलिरहेको सो पार्टीका नेता बीपी साहले बताए । ....... झापादेखि कञ्चनपुरसम्म सम्पूर्ण स्थानीय तहमा संगठनको पहुँच बनाउन ‘कभरेज अभियान’ चलाइएको थियो । असोज १ गते सम्पन्न केन्द्रीय समितिको बैठकले मधेस कब्जा गर्ने रणनीतिअनुसार कभरेज अभियान चलाउने निर्णय गरेको थियो । सो निर्णयअनुसार पार्टीले पालिका तथा वडा तहमा अधिवेशन गर्दै संगठन विस्तारको काम गरेको थियो । अब ती तहमा चुनावी रणनीतिअनुसार बुथ अभियान चलाउने निर्णय पार्टीले गरेको छ । ...... प्रदेश १, मधेश प्रदेश र लुम्बिनी प्रदेशको सबै स्थानीय तहमा जनमत पार्टीको संगठन पुगिसकेको नेता साहको दावी छ । सुदूरपश्चिम प्रदेशको कैलालीमा ७ वटा र कञ्चनपुरको ६ वटा स्थानीय तहमा जनमतको संगठन निर्माण भएको उनले जानकारी दिए । ...... माटो संकलन अभियान हाललाई स्थगित गरिएको छ । स्थानीय तहको चुनावलाई केन्द्रीत गर्दै जनमत पार्टीले स्थानीय तहहरुबाट माटो संकलन गर्ने अभियान चलाएको थियो । मेचीदेखि महाकालीसम्म तराई मधेशका २० वटा जिल्लाका प्रत्येक मधेशी बाहुल्य पालिकामा पुगेर त्यहाँको माटो सङ्कलन गरी ‘मधेश एकता उद्यान’ निर्माण गर्ने निर्णय पार्टीको छ । ........ स्थानीय चुनावअघि तराई मधेशका २० वटै जिल्लाको पालिकामा अध्यक्ष राउत आफै पुगेर माटो संकलन गर्ने तयारी थियो । तर लुम्बिनी प्रदेशको स्थानीय तहबाट माटो संकलन गरिसकेर अर्को प्रदेशमा सुरुवात गर्ने तयारी भइरहेको अवस्थामा अकस्मात किसान आन्दोलन गर्नुपर्ने अवस्था आयो र अभियान स्थगित भएको नेता साहले बताए । ........ एउटा वडाबाट तीनजना उम्मेदवारको नाम माग गरेको छ । सो नाम बुथ कमिटी, नगर कमिटी, जिल्ला कमिटी हुँदै केन्द्रीय कमिटीमा पुग्ने बताइएको छ । उम्मेदवारको अन्तिम नामावली केन्द्रले टुंगो लगाउनेछ । ........ पार्टीले चुनावमा पार्टीले कसैलाई कुनै खर्च नदिने भन्दै आआफ्नो चुनावका लागि आफै व्यवस्था गर्न पनि नेताहरुलाई निर्देशन दिएको छ । चुनावमा उम्मेदवारी दिनुअघि नै आआफ्नो रकमको व्यवस्था गर्न पार्टीले निर्देशन दिएको छ । पार्टीले वडाध्यक्षको उम्मेदवारका लागि एक लाख पच्चिस हजार, पालिका अध्यक्ष तथा मेयरका लागि एक वडा बराबर एक लाख पच्चिस हजार गरी जति वडा छन् त्यति बराबर, प्रदेश सभा सदस्यका लागि २५ लाख र प्रतिनिधिसभा सदस्यका ५० लाख रुपियाँ व्यवस्था गर्न निर्णय गरेको छ । ...... पार्टीको बैठकमा अध्यक्ष राउतले भनेका थिए, ‘चुनावमा जो जो उम्मेदवार बन्नुहुन्छ, त्यसलाई पार्टीले एक रुपियाँ दिने छैन, चुनावको खर्च आफैले व्यवस्था गर्नुपर्छ । चुनावका लागि मतदाता खरिद गर्न होइन, सामान्य खर्चका लागि रकमको व्यवस्था गर्नुस् ।’ जुन रकम पार्टीले व्यवस्था गर्न भनेको छ, त्यो रकम पार्टीलाई दिनुपर्दैन, चुनावमा प्रचार प्रचारका लागि खर्च गर्नका लागि मात्र रहेको पार्टीले स्पष्ट पारेको छ । ..... पार्टीले नागरिकता नभएकाको पहिचान गरी मतदाता बनाउन माग गरेको छ । त्यसका साथै विदेशमा रहेका नेपाली नागरिकलाई पनि चुनावमा सहभागी गराउन माग गर्दै पार्टीले पार्टी दर्ताको क्रममा दिएको चुनाव चिन्हलाई नै निर्वाचनमा कायम गर्नुपर्ने माग पनि गरेको छ । .

Foreign Minister Ashutosh Tiwari

रूद्र पाण्डे र सीके राउत
दुई तिहाइ सैनिक, प्रहरी, र कर्मचारी को घर वापसी नै संघीयता हो

Sunday, January 30, 2022

दुनिया को नंबर एक लोकतंत्र बनाउन कस्तो संविधान लेख्ने?



लोकतंत्र भनेको एक व्यक्ति एक मत हो। लोकतंत्र भनेको एक व्यक्ति एक मत हो भने ६०% मतदान भन्दा ९०% मतदान अझ राम्रो भो। त्यसैले मतदान गर्न सकेसम्म सजिलो बनाउने। 

नेपाल मा लोकतंत्र को स्थापना का लागि नेता राज समाप्त गरिनु पर्दछ। टिकट पार्टी अध्यक्ष ले होइन पार्टी सदस्य ले वितरण गर्ने व्यवस्था हुनुपर्छ। पार्टी को आतंरिक निर्वाचन पनि निर्वाचन आयोग ले नै गर्ने व्यवस्था हुनुपर्छ। अझ गोप्य मतदान। संसदीय दलको नेता मा गोप्य मतदान हुने भए मानिस निर्धक्क उम्मेदवारी दिने थिए, निर्धक्क मतदान गर्ने थिए। 

एक व्यक्ति एक मत लोकतंत्र लाई गड़बड़ गर्ने भनेको पैसा ले हो। नेपाल मा त टिकट बाँड्न पैसा लिने चलन छ। पार्टी अध्यक्ष बन्न त्यसैले तछाडमछाड। पार्टी सत्ता मा जाओस नजाओस, पार्टी अध्यक्ष को पुछारथ कायम रहन्छ, पार्टी अध्यक्ष को कमाइ भइरहन्छ। 

चुनाव खर्च सकेसम्म कम गर्ने उपाय अबलंवन नगरेसम्म तगड़ा लोकतंत्र निर्माण गर्न सकिँदैन। १% मत बटुले राष्ट्रिय पार्टी बन्ने र प्रत्येक राष्ट्रिय पार्टी ले प्रत्येक तह को चुनाव मा जति मत पायो त्यसको समानुपातिक पैसा राज्य बाट नै पाउने। जुन तह मा पैसा उठेको हो त्यसै तहमा त्यो खर्च हुनुपर्ने। कुनै पनि राजनीतिक पार्टी को आम्दानी को अर्को स्रोत हुन नहुने। यो एक थोक गर्न सकियो भने नेपाल दुनिया को नंबर एक लोकतंत्र बन्यो। 

अथवा राष्ट्रिय पार्टी बन्न १%, प्रादेशिक पार्टी बन्न ३% र स्थानीय पार्टी बन्न ५% भोट बटुल्ने पर्ने गर्न सकिन्छ। सानो सानो पार्टी को आफ्नै महत्व हुन्छ। आकार सानो हुन्छ तर महत्वपुर्ण विचार प्रवाह गरिरहेको हुन्छ। 

चुनाव बाट पैसा लाई निकाल्नु पर्छ र देश बाट भ्रष्टाचार समाप्त गर्नुपर्छ। ९०% बढ़ी मतदान हुने वातावरण सृजना गर्नुपर्छ। 

नेपाल को भुभाग मा रहेको प्रत्येक मनुष्य ले बायोमेट्रिक आधार को डिजिटल परिचयपत्र अनिवार्य र सुलभ तरिका ले दिने व्यवस्था हुनुपर्छ। नागरिकता को बहस गर्दै गरौंला। तर औंठा छाप त राज्य होइन ईश्वर ले दिएको हो। त्यो परिचय को आधारमा बैंक खाता खोल्न पाउने। 

राजनीतिक प्रक्रिया को बहस र बजेट पुर्ण पारदर्शी। प्रत्येक तहमा। 

नेपाल दुनिया को नंबर एक लोकतंत्र बन्यो कि बनेन कसरी थाहा पाउने? आर्थिक वृद्धि दर लगातार २० वर्ष २० प्रतिशत दियो भने बन्यो होइन भने बनेन। 




एक से सात, सात से २७ लाख

कहा जाता है अभी जनमत पार्टी के सदस्य सात लाख हैं। दो साल में एक लाख से सात लाख। अभी से अंतरिम सरकार का नेतृत्व लेने तक में सात से २७ तक ले जाना होगा। ऐसा मॉडल बनाइए कि कोइ भी नागरिक एक फोन कॉल मारे और सदस्य बन जाए। और प्रत्येक सदस्य से लेभी लिजिए। ज्यादा नहीं लेकिन लिजिए जरूर। सातों प्रदेश तक पहुँचना होगा। 

क्रांति के समय में क्रांतिकारी रफ़्तार में संगठन विस्तार होता है। जल्दी जल्दी। फटाफट फटाफट। ७७ जिले तक जाना होगा। काठमाण्डु टोल टोल में जाना होगा। सिंह दरबार घेरने का काम बाँकी होगा। क्रांति का उत्कर्ष तो वही होगा। स्थानीय लोग करेंगे। 

एक प्रवास जनमत संघ भी चाहिए। पाँच लाख उस में भी। 

सब डिजिटल। 

यानि कि सात महिने में सदस्य संख्या बढ़ के सात से २७ लाख हो जाने चाहिए। आसान है। प्रत्येक सदस्य चार और लोगों को पकड़े। बाँह पकड़ के सदस्य बनाइए। 






म्याराथन रेस गति क्रांति, सौ मीटर रेस क्रांति

अहिले क्रांति म्याराथन रेस को गति मा हिडिरहेको छ। यो माँग पुरा गराउने क्रान्ति होइन। यो सत्ता मा रहेका लाई नाङ्गो बनाउने क्रान्ति हो। उद्देश्य त्यो होइन कि त्यो यथार्थ हो। अँग्रेजी मा एउटा कहावत छ। तिमी ले मलाई झुक्याउँदा पहिलो पटक तिम्रो गलती। तर दोस्रो पटक त मेरो गलती। देउबा ले पाँच पाँच पटक। यो डेलिवरी गर्ने मान्छे नै होइन। 

चुनाव गर्न सके पनि नसके पनि घोषणा गर्नु बाध्यता हो। घोषणा गरेको चुनाव गर्न नसके गयो संविधान। देश अंतरिम सरकार मा जान्छ। जनमत पार्टी को नेतृत्व मा देश ले अंतरिम सरकार पाउँछ। प्रमुख दल सबैले त्यसमा सहमति दिनुपर्ने हुन्छ। सहमति नदिये चुनाव फेल गर्न गरेको मधेस बन्द देश बन्द चल्छ अनिश्चित काल। अंतरिम सरकार बनेको एक वर्ष भित्र संविधान सभा को चुनाव। अंतरिम संविधान संसोधन। संविधान सभा मा जम्मा १०१ सीट। ताकि बहस र मतदान हुन सकोस। चेलाचपाटी लाई तलब भत्ता खुवाउने ठाउँ होइन संविधान सभा। 

अंतरिम सरकार मा प्रत्येक राष्ट्रिय दल को प्रतिनिधित्व रहन्छ। तर दुई तिहाई जनमत पार्टी को रहन्छ। २५ जना मध्ये आठ जना कांग्रेस, एमाले, माओवादी, जसपा, एस, लोसपा। तर जोसुकै कांग्रेस, जोसुकै एमाले, जोसुकै माओवादी, जोसुकै जसपा होइन। को कांग्रेस, को एमाले, को माओवादी क्रांति ले निर्णय गर्छ। पुस्ता हस्तांतरण गर्न नसकेका पार्टी हरु को पुस्ता हस्तांतरण क्रांति ले गर्छ। बुढ़ा हरु बाई बाई।  

संबिधान सभा को चुनाव को तयारी हुँदै गर्छ तर काम धमाधम हुन्छ। पहिलो दिन मैं देश बाट ५०% भ्रष्टाचार ख़तम। भ्रष्टाचार नगर्ने प्रधान मंत्री र कैबिनेट लाई गर्न नदिने प्रधान मंत्री ले गर्ने हो त्यो। भ्रष्टाचार माथि प्रहार अंतरिम सरकार ले नै शुरू गर्छ। सरकारी तलब खाने प्रत्येक ले आफ्नो र आफ्नो परिवार को संपत्ति दर्ता गर्नुपर्छ। विगत २० वर्ष सरकारी तलब खाएको प्रत्येक ले। सरकारी खर्च को एक एक पैसा इंटरनेट मा पुर्ण पारदर्शी। सरकारी ठेकापट्टा लिने ले त्यसरी नै प्रोजेक्ट को खर्च को एक एक पैसा को हिसाब इंटरनेट मा राख्दै जानुपर्ने प्रत्येक तीन तीन महिना। किसान आन्दोलन को माँग पुरा गर्ने अंतरिम सरकार ले। अख्तियार को पुनर्गठन। सुन को टोइलेट हुने प्रत्येक लाई अख्तियार बाट घोक्रेठयाक। 

बाँकी को राज्य पुनर्संरचना संविधान सभा को चुनाव पछि। न्यायपालिका को तल देखि माथि सम्म सर्जरी। सेना र प्रहरी को डाउन साइजिंग। कर्मचारीतंत्र को भो। देश प्रत्यक्ष निर्वाचित प्रधान मंत्री मा जान्छ। ७७ जिल्ला गायब हुन्छन्। अंचलाधीश गए। सीडीओ पनि जान्छन। सच्चा संघीयता आउँछ। मुख्य कुरा देश ले आर्थिक क्रान्ति पाउँछ। 






क्रान्ति तो जनता करती है, नेता कार्यकर्ता आते जाते रहते हैं

साक्षरता क्रान्ति नहीं करती 
फ्रांस में कोई साक्षर नहीं था 
क्रान्ति तो जनता करती है

नेता कार्यकर्ता आते जाते 
रहते हैं
आए हैं
जाएंगे 
पत्ता साफ होगा सबका 
एक एक का जमानत 
हजम कर देगी जनता 

जिन में राजनीतिक चेतना ना हो 
वो सड़क पर आएंगे ही नहीं 
जो सड़क पर आ रहे हैं 
वो सब का नेतृत्व कर रहे 

धीरे धीरे पहाड़ में भी लोग हिम्मत करेंगे 
अभी तक प्रत्येक बार यही तो हुवा 
तिरहुतिया फ़ौज ने प्रत्येक बार 
पृथ्वी नारायण को हराया 
एक नहीं प्रत्येक 
राणा शासन ख़त्म हुवा मधेस में 
निर्दल गिरा धनुषा के यदुकुहा में 
नाम ही शहीदनगर हो गया 
उस क्रांति के प्रथम शहीद 
कामेश्वर कुशेश्वर 
संघीयता बीपी मदन के 
शब्दावली में ही नहीं 
लेकिन मधेसी के ओठ ओठ पर 

लोकतंत्र दिया 
गणतंत्र दिया सब दिया 
अब आर्थिक क्रांति भी देगी 
ये मधेस 
जय मधेस 
बिगुल फुंका जा रहा है 






Saturday, January 15, 2022

January 15: Kisan Andolan

काठमाण्डु की ओर बढ़ रहा किसान आन्दोलन का कारवां

किसान आन्दोलन का कारवां 
काठमाण्डु की ओर बढ़ रहा 
देखो 

ये तिरहुरिया फ़ौज है 
प्रत्येक बार जिता है 
फिर एक बार जितेगा 

एक से एक ढेलफोरबा 
राज कर रहा है 
देखो 

भकलोल सब को देखो 
चोरबा एक एक को फेंको 

शक्ति का एक मात्र स्रोत जनता 
शासक नहीं चोर नौकरो को 
भगाने की सोंच रहा है 

किसान आन्दोलन का कारवां 
काठमाण्डु की ओर बढ़ रहा 
देखो

सब का होगा सफाया 
सरकार जाएगा 
जाएगा संविधान 
संविधान सभा को संसद बनाया 
व्हिप जारी कर के 
फिर से पैदा होगा 
संविधान सभा
और नयी नवेली संविधान 

लोकतांत्रिक, गणतंत्रात्मक, संघीय 
संविधान

दुनिया की नवीनतम क्रान्ति 
दुनिया को देगा उच्चतम लोकतंत्र 

किसान आन्दोलन का कारवां 
काठमाण्डु की ओर बढ़ रहा 
देखो