Showing posts with label covid-19. Show all posts
Showing posts with label covid-19. Show all posts

Monday, May 24, 2021

तेस्रो लहर: अक्टोबर/नोभेम्बर/डिसेम्बर: बालबालिका बढी प्रभावित हुने





तेस्रो लहरको तयारी लकडाउनमा पनि संक्रमित निस्फिक्री गाउँघर, जंगल, धारापँधेरा घुमिरहेका छन्। गाडी चल्न मात्र रोक छ भीड, भेला, भोजभतेरमा रोक छैन। काफल पाक्ने समय र यार्सागुम्बा टिप्ने समय भएकाले सयौंको संख्यामा जंगल जंगलमा छन्। बाग्लुङको बलेवा क्षेत्रमा वैशाखमा मात्र दुई दर्जन विवाहका भोज भए। त्यस्तै ८४ पुजा, रुद्री, सत्यनारायण, पोखरी र वरपीपल बिहे पनि भए। ......... लकडाउन, भीड, भोजभतेरले नै गाउँ र घरघरमा कोरोना लगेको छ। .......... युद्धमा खटिएका सिपाही अर्थात् महामारीमा स्वास्थ्यकर्मीहरू बिरामीको जीवन र मृत्युबीचको लडाईंको प्रत्यक्षदर्शी बन्नुपर्दा स्वास्थ्यकर्मीलाई अत्यास लाग्छ। बिरामीको ज्यान जोगाउन नसकेकोमा केही धुरुधुरु रुन्छन् पनि। ........ पहिलो चरणको कोभिडबाट पनि नेपालमा ४० प्रतिशत स्वास्थ्यकर्मीमा एन्जाइटी, डिप्रेसन र धेरैमा पोष्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर थियो। ....... पहिलो लहरमा संक्रमित युवा नै बढी भए पनि अस्पताल भर्ना र मृत्यु ६० वर्षमाथिका दीर्घरोगीको थियो भने अहिलेको भर्ना विशेषत ३० देखि ५० वर्षका युवा जमातको छ र स्वाभाविक मृत्यु पनि। ......

तेस्रो लहर छिट्टै अक्टोबर/नोभेम्बरमा आई डिसेम्बरमा जान सक्ने भएकाले अहिलेदेखि नै तयारी नगरे दोस्रोजस्तै सम्हाल्न सक्दैनौं।

........ पहिलो लहरमा बुढापाका, दोस्रो लहरमा युवा बढी प्रभावित भएजस्तै तेस्रो लहरमा खोप नलगाएका र बालबालिका बढी प्रभावित हुने भएकाले ......... बच्चामा इम्युनिटी त्यसै पनि कम हुन्छ, हालसम्म बच्चामा कुनै खोप छैन। कोभ्याक्सिन खोप दुईदेखि १८ वर्षकोमा क्लिनिकल ट्रायल चल्दैछ। तथापि फाइजरको खोप १२ देखि १५ वर्ष उमेरसम्मका लागि सुरु भयो जुन नेपालमा तत्कालै आउने सम्भावना देखिँदैन। ......... आज पनि संक्रमितमध्ये ८० प्रतिशत बढीमा सामान्य लक्षण छ र घरमै उपचार सम्भव छ। १५ प्रतिशत मध्यमस्तरका छन् र अस्पताल आवश्यक पर्छ। पाँच प्रतिशतलाई आईसीयुमा भर्ना गर्ने खालका देखिएका छन्। ...... सामान्य समस्या भएकाहरू अनावश्यक औषधि र उपचार प्रक्रियामा नअल्झी स्वास्थ्यकर्मीको सल्लाहबमोजिम घरमै प्रशस्त तातो झोलिलो खाना खाए राम्रो निद्रा र तनावरहित अवस्थामा बसे निको हुन्छन्। ........... ढिलो अस्पताल जाने तथा घरमै अक्सिजन लिनेहरूमा जटिलता र मृत्यु छ।

सहरभन्दा गाउँमा धेरै संक्रमित ‘सहरमा भन्दा गाउँघरतिर धेरै संक्रमित छन्’, डीसीसीएमसीका प्रमुखसमेत रहेका प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेल भन्छन्, ‘बजार क्षेत्रमा निषेधाज्ञाको पूर्णपालना छ। गाउँघरमा खुकुलो छ। त्यही कारणले यस्तो भएको हो।’ ...... अहिले दुर्गम गाउँहरूमा पनि बिरामीको संख्या बढिरहेको छ। ‘गाउँ–गाउँमा बिरामी छन् भन्ने खबर आइरहेको छ। खै के हो भन्नै सकिँदैन’ ...... ‘गम्भीर खालका चाहिँ छ्रैनन्, बिरामीचाहिँ धेरै छन्।’ ....... ‘स्वाब संकलन गर्न गाउँमा जाँदा कोही धेरै कामको धपेडी भएर बिरामी भएको भन्दै छल्न खोज्छन्, कोही पानी परेका बेला मेलापात, घाँसदाउरा गरेर बिरामी भएको भनेर उम्किन खोज्छन्’, उनले भने, ‘कोभिड रोकथाम गर्न सहरमा जस्तो सजिलो गाउँघरमा नहुने रहेछ। सहरबजारमा शिक्षित, सचेत जमात हुन्छन्। नियम पालना गर्न बाध्य गराउन प्रहरी प्रशासनको बल पुग्छ।’ बिहे, ब्रतबन्ध आदिको भोज भत्तेरका कारण गाउँमा संक्रमण धेरै फैलिएको ....... ‘हाम्रो वडामा धेरै फैलिएको नै भोजभतेरबाट हो’, उनी भन्छन्, ‘निषेधाज्ञाको पूर्वसन्ध्यामा काठमाडौं, चितवन, पोखराबाट मान्छेहरू धेरै आए। आइसोलेट भएर बसेनन्। गाउँ चाहारे। अनि बिहे, बर्तुनको निम्ता मान्ने भनेर सराबरी भए, फैलिहाल्यो।’ गाउँघरमा निषेधाज्ञाको कुनै अनुभूति नै नहुने उनले बताए। ..... कोभिड पोजेटिभ देखियो भने समाजले हेयको दृष्टिले हेर्ला, बाहिर निस्कन नपाइएला भनेर परीक्षण गर्न नमान्ने र संक्रमण फैलने गरेको ....

एक हजार एक सय घरधुरी रहेको बारपाक गाउँमा अहिले तीन सय जनाभन्दा धेरै रुघाखोकीका बिरामी छन्।

...... ‘बिहान सात बजेदेखि स्वाब संकलनका लागि बसेका थियौं, साढे ११ बजेसम्म कोही पनि आएनन्’, उनले भने, ‘अनि आफैं घरदैलोमा गएर फकाइफुल्याई बल्लतल्ल २५ जनाको स्वाब त संकलन गरियो। आजसम्म रिपोर्ट आएको छैन।’ बिरामीको संख्या अत्याधिक बढ्दै गएपछि गत बुधबार स्वास्थ्यकर्मीको टोलीले

७० जनाको एण्टिजेन परीक्षण गर्दा ३३ जनाको पोजेटिभ देखाएको





एमालेका ‘घाटे वैद्यहरू’का कथा-व्यथा

गणतन्त्रको 'महाभारत', चतुर ओली र हुस्सु विपक्ष! सर्वोच्च अदालतको ढोका ढकढक्याउनुपर्ने प्रतिपक्षी गठबन्धनले आइतबारको दिन यसै खेर फाल्यो। ...... शुक्रबारको मध्यरात नेपाली राजनीतिका लागि यसै पनि प्रिय छैन। त्यसले हमेसा विनाश र विग्रह लिएर आएको छ। ...... प्रतिपक्षी गठबन्धनले आइतबारको दिन देखाएको मूडले मुलतः उनीहरुमा रहेको रणनीतिक चेतनाको अभाव देखाउँछ। यदि प्रतिपक्षी दलहरुमा रणनीतिक चातुर्य हुन्थ्यो भने उनीहरुले राष्ट्रपति कार्यालयमा संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गत् ओलीको निवेदन र शेरबहादुर देउवाको निवेदनसमेत गरी दुइटा निवेदन दर्ता भएको खबर आउनेबित्तिकै राष्ट्रपतिको खिलाफमा बानेश्वरको संसद भवनमा महाभियोग प्रस्ताव दर्ता गरिसकेको हुनुपर्थ्यो। ...... जब बालुवाटार र शीतलनिवास मध्यरातमा षड्यन्त्रको तानावानामा व्यस्त थिए, प्रतिपक्षी गठबन्धन अब राष्ट्रपतिले भोलि सर्वोच्च अदालतसँग अथवा देशका कहलिएका वकिलहरुसँग सल्लाह लिन्छिन् भनेर सुत्न गइसकेका थिए। ..... प्रतिपक्षी गठबन्धनमा कुनै खास चतुर रणनीतिकार भने छैनन्। शेरबहादुर देउवा स्वयं त्यस्तो कुशल रणनीतिकार होइनन्। ....... शेरबहादुर प्रधानमन्त्री भइसकेपछि कांग्रेस पार्टीको भन्दा दरबारको भाषा धेरै बुझ्न थाले। उनलाई किसुनजी वा गिरिजाबाबुसँग परामर्श भन्दा ससुराली खलकको कानेखुशी निको लाग्न थाल्यो। त्यसपछि त उनले प्रजातन्त्र दरबारमा बुझाइहाले। पार्टी नै फोडिदिए। ........ माओवादीसँग सहकार्य भन्दा पनि संसद पुनःस्थापना गर्ने, त्यो पनि अदालतले विघटन सदर गरिसकेको संसदलाई उनले जनआन्दोलनको जगमा, त्यही संसद बिघटनको मतियार बनेका राजा ज्ञानेन्द्रको हातबाट पुनःस्थापना गराए। त्यो गिरिजाप्रसादको जीवनको सबभन्दा ठूलो मास्टरस्ट्रोक थियो। ...... देउवाले प्रधानमन्त्रीमा दावा नगरी राष्ट्रपति र ओलीलाई टक्कर दिनको लागि कांग्रेस पार्टीभित्रैबाट वा बाहिरबाट कसैलाई प्रधानमन्त्रीको सिफारिस गर्नु पर्थ्यो। त्यसले उनको मोरल कद पनि बढाउँथ्यो। देउवाले आफू प्रधानमन्त्री हुने र पार्टी सभापति हुनेबाहेक न पाटी भित्र न त बाहिर नै विकल्प खोजेका छन्। एउटा कुशल रणनीतिकारले एउटामात्र विकल्पमा काम गरेर रणनीतिकार हुँदैन। ........ ठोकेर भन्न सकिन्छ, गिरिजाप्रसाद भएको भए यस्तो अवस्थामा माधव नेपाललाई प्रधानमन्त्री सिफारिस गर्थे। एमालेभित्रकलाई पनि विद्रोह गर्न सहज हुन्थ्यो। ओलीको हतियारले ओलीलाई नै प्रहार गर्न सहज हुन्थ्यो। ....... नाकाबन्दीताकाको उनको नक्कली राष्ट्रबाद पनि अब बाँकी छैन। ........ शेरबहादुर देउवा, माधव नेपाल र प्रचण्डको प्रतिपक्षी गठबन्धन जस्तो नागरिक आन्दोलन पनि हात्ती आयो हात्ती आयो फुस्सा धेरैपटक नबनोस्।

महारानी भिक्टोरियाको डायरीमा जंगबहादुरको बेलायत यात्रा

‘अदालतमाथि आशा गरौं, अवहेलनामा कारबाही भएर प्रधानमन्त्री आजीवन अयोग्य घोषित हुन सक्छन्’ ओलीले प्रधानमन्त्रीमा दाबी नै पेस गर्न नमिल्ने अवस्थामा दावी पेस गर्नु, शेरबहादुर देउवाले बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीको लागि दाबी पेस गरेको अवस्थामा राष्ट्रपतिले कुनै निर्णय गर्न नसक्नु र त्यसकै आधारमा संसद विघटन गरिएकालेसर्वोच्च अदालतले अन्तरिम आदेशबाटै संसद विघटनको निर्णय बदर गर्नुपर्ने केसीको तर्क छ। ........ ‘सरकार दिनसक्छ भने त्यस्तो प्रतिनिधि सभा विघटन गर्न पाइँदैन।’ ....... विघटन गर्ने निर्णय गैरकानुनी हो भनि भएको फैसलाको पूर्णपाठ नै सार्वजनिक नहुँदै हतार–हतार विघटन किन गरियो ? यो प्रश्न उठेर दुवै जनामाथि अदालतको अवहेलना सम्बन्धी कारवाही चल्न सक्छ। ....... अहिले देश कोरोनाले आक्रान्त भएको छ। यो समयमा कोरोना नियन्त्रण गर्न सरकारले प्रभावकारी योजनाका साथ अघि वढ्नुपर्ने थियो । सके सबै दललाई समेटेर सहमतीय सरकार गठन गर्नुपर्ने थियो। सबै दलहरु एकै ठाउँमा भएर पाँच वर्षको अवधिमा पनि थप गरेर जनतालाई महामारीबाट बचाउनुपर्ने थियो। ........ उहाँहरुले संविधान र कानुनलाई यति हेप्नु भयो कि संवैधानिक परिषदको बैठक सभामुख र विपक्षी दलको नेता उपस्थित नहुँदा, अध्यादेश ल्याएर नियुक्ति गर्नुभयो। यो घरको काम होइन सरकारी काम हो। ६ जना हुनुपर्ने संविधानले परिकल्पना गरेको संवैधानिक परिषदमा मैले बोलाउँदा नआउने भनेर तीन जना बसेर निर्णय गर्नु भयो, जसले संविधानको औचित्य नै समाप्त भयो। ....... प्रधानमन्त्रीलाई तीन वटा निकायसँग डर हुन्छ- सञ्चार माध्यम, राष्ट्रपति र सर्वोच्च अदालतसँग। सञ्चार माध्यमलाई नियन्त्रण गर्न धेरै खोज्नुभयो, तर सक्नुभएको छैन। राष्ट्रपतिले त उहाँले जे भन्नुभयो, त्यही मान्नुभएकै छ। भारतमा यसरी हुने सिफारिसलाई राष्ट्रपतिले सजिलै मान्दैनन्। किन गर्ने, म कहाँ सन्तुष्ट हुन्छु भनेर प्रधानमन्त्रीको प्रश्नमा प्रश्न सोध्ने गरिन्छ, तर यहाँ त जे आयो त्यसलाई ल्याप्चे लगाउने कार्य मात्र राष्ट्रपतिबाट भएको छ।

अब एउटै डर हो अदालतको।

............... म आशा गर्छु प्रधानमन्त्रीलाई दनक दिने छ। आशाको केन्द्र अदालत भएकाले अबको आशा त्यहीँमात्र छ। सरकारले त आपतकाल लगाउन सक्ने देख्छु। ...... फेरि विघटनतिर जानुले यो फेरि २०१७ साल पुस १ गते दोहोरिए जस्तै भएको छ। ........ यसमा हामी जनता पनि दोषी छौं, किनकि पाँच वर्षका लागि निर्वाचित गरेर पठाउँदा हामीले सही छनौट गरेनौं, जसका कारण अहिले यो समस्या भोग्न परेको छ। ......... पटक-पटक यस्तै मानिसहरुलाई नेतृत्वमा पुर्‍याउँछौ। ........ संविधानअनुसार यो नमाने अवहेलनामा कारबाही हुन्छ। पाकिस्तानमा यस्तै भएको छ। तत्कालीन प्रधानमन्त्री युसुफ राजा गिलानीलाई सर्वोच्चले यस्तै घटनामा अवहेलना शुरु गर्दै अदालतमा उपस्थित गराएको थियो। मुद्दाको सुनुवाइ हुदाँसम्म इजलाशको बेञ्जमा राखेर यही सजाय भयो भनि फैसला सुनाएको थियो जसले गर्दा प्रधानमन्त्री पद गुमाएर उनी अयोग्य भएका थिए। ............ अब राज्यको ढुकुटी नागरिकको उपचारमा लगाउने कि निर्वाचनमा लगाउने हो ? प्रश्न उठेको छ– नागरिक बचाउने कि निर्वाचन गर्ने ?

मंसिरमा कोरोना समाप्त भएन झन बढ्दै गयो भने के गर्ने ?

...... वश्वासको मत लिनका लागि २५ दिनको समय बाँकी हुँदै प्रधानमन्त्रीले ‘म सक्दिन’ भनेर किन भन्नु भयो ? अनि पछि कताबाट बहुमत छ भनेर दाबी गर्नु भयो ? ........ मैले तपाईसँग विश्वासको मत पुग्ने अवस्था छैन भनेर धारा ७६ को ५ को प्रक्रिया शुरु गरें, तर अहिले कसरी छ भन्न सक्नुहुन्छ भन्नुपर्ने थियो। कसरी पत्याउने भन्दै फ्लोर परिक्षण गर्छु संसद बोलाइदिनुस् भन्नु पर्ने थियो। ........

प्रधानमन्त्रीमाथि अवहेलनामा कारबाही चल्न सक्छ, अवहेलना ठहर भएर आजीवन प्रधानमन्त्रीका लागि अयोग्य हुन पनि सक्छन्।



संविधान नमान्‍ने राष्ट्रपतिको निर्णय मान्‍नुपर्दैन, सभामुखले तत्काल प्रतिनिधि सभा बोलाउनुपर्छ सर्वोच्चको अस्तीको फैसलाले विघटन नै हुँदैन। विघटन नै नभएको अवस्थामा किन यसलाई मानेर अरू दलहरू अघि बढ्ने? ....... अब प्रतिनिधि सभा वैठक राख्ने अनि भटाभट सरकार गठनदेखि राष्ट्रपतिलाई कारबाही गर्नेसम्मका काम गर्नुपर्छ। ........ सभामुख अग्निप्रसाद सापकोटाले तत्काल प्रतिनिधि सभाको बैठक बोलाउने अनि राष्ट्रपति र उपराष्ट्रपतिलाई समेत उक्त बैठकमा बोलाउनुपर्छ। केपी शर्मा ओलीले जे पायो त्यही गर्न हुने अनि अरूले वैधानिकरूपमा प्रतिनिधि सभाको बैठक किन राख्न नहुने? नहुने भन्ने कतै देखिँदैन। ....... राजनीतिक दलहरूले अब हिम्मत देखाउने समय आएको छ। राष्ट्रपतिसँग के छ? न त जनमत, न नैतिक बल नै छ। प्रहरी वा आर्मीको प्रमुख हुँ भन्दैमा हुन्छ र? ....... अहिले सबै किरियापुत्री बसेको बेला पनि चुनाव गर्छु भनेर कहीँ चुनाव हुन्छ? कसैले पनि यस्तो महामारीको अवस्थामा चुनाव गर्न सक्छ? ...... अहिले हामीले नै निर्वाचित गरेको व्यक्ति साँढे भएको छ।

जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री बन्ने तय, शपथको तयारी अध्यक्ष महन्थ ठाकुरले सरकारमा जान इच्छा नदेखाएकाले वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ओली सरकारमा जाने तयारी गरिएको उनले बताए। महतोसहित मन्त्रीको आकांक्षीमा लक्ष्मणलाल कर्ण, अनिल झा, राजकिशोर यादव, शरतसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अग्ररिया, इबाल मिँया, विमल श्रीवास्तव रहेका छन्। ....... ‘प्रधानमन्त्री ज्यूले उदारपूर्वक जसपाका माग मुद्दा सम्बोधन गर्नुभएको छ।

संविधान संशोधन संशोधनका लागि कार्यदल बनाउनु भएको छ।

नागरिकता विधेक पास भएको छ। मधेस आन्दोलनका मुद्दा फिर्ता भएका छन्। कतिपय फिर्ताको प्रक्रियामा छन्।

रेशम चौधरी हप्तादिनभित्रै छुट्ने तयारीमा हुनुहुन्छ’

महन्थ–राजेन्द्रपक्षका ति सासंसदले भने,‘जसपाका अधिककांश माग र मुद्दा सम्बोधन भइसकेकाले सरकारमा जान जसपालाई कुनै समस्या छैन।’

Saturday, May 22, 2021

Hridayesh Tripathy Appeals To The Diaspora (An ANTA Event)

$50 Billion Spent On Global Vaccinations Will Save Trillions



The Online Event: The Association of Nepali Teraian in America (ANTA) is hosting a webinar tomorrow (Sunday, May 23rd) at 11:00 AM EST (8:45 PM Nepal Time) titled "Engaging the Diaspora in the Covid-19 Pandemic".

Hon'ble Minister Mr Hridayesh Tripathi, Minister of Health & Population and Hon'ble Mr Brijesh K Gupta, Former Minister & Parliamentarian from Nepal have agreed to grace the event to provide their perspectives on the role of the Diaspora in America and the global context, as well as navigate the myriad ways the community fits into the greater COVID-19 crisis sweeping Nepal at this time.

Dr Dasharath Lohar, a towering figure & a community leader from Kapilvastu who is based in the USA will also join us as a panelist. We would like to hear from these dignitaries and established professional originally belonging to the Western Nepal in the context of the broader Diaspora and Awadhi diaspora in particular vis-a-vis ongoing pandemic.

His Excellency Ambassador Dr. Yuba Raj Khatiwada has kindly agreed to be our keynote speaker for the event.

This event will be moderated by Dr Chakradhar Mishra (Adviser) and Mr Shiv Mishra (Life Member) and the technical oversight will be provided by Mrs. Ruby Dev (CTO).




I am so glad ANTA is doing this. Nepal has not faced a greater crisis in the lifetime of anybody alive today. The most important thing we all can do is reach out to everyone we know and deliver the message on masking, social distancing, and handwashing again and again like relentless Coca-Cola ads. Find ways to make it interesting.

We must also do whatever fundraising we can for emergency medical attention. And we must all lobby hard in support of the IMF proposal to come up with $50 billion to end the global pandemic. My heart goes out to Hridayesh Tripathi, a personal friend of mine, and also a colleague in the early 90s for a short year or so. He is having to learn all the gripping details of this unfolding tragedy. He is having to manage the emotions of too many nervous people. He is at the very forefront of it. And I say, Salute. The least we can do is express solidarity. No soldier in Nepali history has had to face a more gargantuan task. Right now it is outright an impossible task. And he is having to face endless questions on when the vaccine will arrive. As if they are in his backroom closet.

Let's do all we can. And some more.

Wednesday, May 05, 2021

संसदको ज्यामिति



अति भो । अब घरभित्र होईन, सडकमा उत्रौ । आखिर मर्नुनै छ भने हाम्रो स्वास्थ्यमाथि खेलबाड गर्ने कालाबजारी, बिचौलिया र दलाल सरकारका बिरूध्द लडेरै मरौ ।

Posted by Om Gurung on Wednesday, May 5, 2021

नेपालमा रहेका मेरा साथी भाइ तथा शुभेच्छुकहरु...

Posted by Binod Shah on Tuesday, May 4, 2021

Saturday, May 01, 2021

Say Hello

  1. Call everyone you know inside Nepal/India one person at a time. 
  2. Do not start lecturing. First, build rapport. Listen more than you speak. Say hello. Ask questions. 
  3. After you build rapport emphasize the basic message on masking, social distancing, and handwashing. Not everyone can social distance, but everyone can cover their mouth and nose. Pieces of cloth can also work. The message now is, wear two masks. 
  4. Call periodically to keep emphasizing the basic message. Do the Coca-Cola thing. The most established brand name in the world still advertises aggressively. 
  5. Do what you can in terms of fundraising for emergency medical situations. 













Wednesday, April 28, 2021

महामारी को दोष: नेता को कि जनता को?

नेता को दोष नहुने भए देशलाई पप्रधानमंत्री चाहिन्थ्यो नै किन? प्रमुख जिम्मेवारी त प्रधान मंत्री को नै हुन्छ। अमेरिका मा डोनाल्ड ट्रम्प ले पनि गैर जिम्मेवार व्यवहार गर्यो, ब्राज़िलमा बोलसनेरो ले पनि गैर जिम्मेवार व्यवहार गरे र लाखौं नमर्नुपर्ने मानिस मरे भनेर पंछिन पाइँदैन।      

पुरा नेतृत्व वर्ग जिम्मेवार छ। अहिले एक वर्ष देखि संसदको प्रत्येक पार्टीले आफ्नो सम्पुर्ण संरचना संचालन गरेर एकोहोरो किसिमले सबैले मास्क लगाउने, सामाजिक दुरी कायम राख्ने, हातले अनुहार नछुने, दिनमा चार पाँच पटक साबुन पानीले रगड़ी रगड़ी हात धुने, तातो पानी खाने, काढ़ा पिउने आदि सन्देश दिनुपर्ने समय थियो र छ। नेपाल सरकारको प्रत्येक मंत्रालय, प्रत्येक सैनिक र प्रहरी, फ़िल्मी दुनिया का हस्ती हरु सबैले एकोहोरो सुचना प्रवाह गर्नुपर्ने समय थियो र छ। कोका कोला को ब्रांड दुनिया भर स्थापित छ। तैपनि उसले बराबर विज्ञापन दिराखेको हुन्छ। किन? किन भन्दा दिन छोड्यो भने मान्छेले त्यो ब्रांड लाई बिरसिनछन। देशका ९०% बढ़ी मानिस बिना मास्क नहिडने हो भने खोप सबैले लगाए जतिकै फाइदा हुन्छ।  भने पछि गरीब देश, खोप पाइएन भन्ने ठाउँ छैन। 

लोकतंत्रमा जनताले अधिकार पाउँछ तर साथै प्रत्येक नागरिक को थाप्लोमा जिम्मेवारी पनि आइपुग्छ। नेता लाई गाली मात्र गरेर देश चलिदिने भए आहा कति सजिलो! लोकतंत्र एउटा सजिलो राजनीतिक व्यवस्था हुनेथियो। तर लोकतंत्र गारहो राजनीतिक व्यवस्था हो किनभने प्रत्येक नागरिकले आफ्नो जिम्मेवारी वहन नगरे व्यवस्था चल्दैन। नेता भनेको पदमा पुगेको नागरिक नै हो, त्यो पनि सीमित समयका लागि। होली भारतमा सबैले मच्चिएर मनाए। अहिले त्यहाँ हाहाकार छ। नेपाल भारत भन्दा चार हप्ता पछाड़ि छ। होली मनाउने जनता पनि जिम्मेवार हो। एक वर्ष नमनाए केही बिग्रिने थिएन। 

धनी देश हरु पनि जिम्मेवार। यो वायरस ले धनी देश हरु मात्र उम्किने बाटो छोडेको छैन। संक्रमण जथाभावी फैलिये नया नया वैरिएंट हरु आउँदै जान्छन र ती खोप लगाएका धनी देशका नागरिक सम्म नै पुग्छन। प्रत्येक मनुष्य सम्म खोप पुर्याउनु विश्व अर्थतन्त्रको नया प्रस्थान विन्दु हो। त्यसका लागि सबै देश हरु मिलेर जे गर्नुपर्यो त्यो गर्नुपर्यो। 

संक्रमित हुने जति सबै मर्ने गरेको भए महामारी नै हुने थिएन। वुहान मा दश बीस हजार मरथे, कुरा त्यहीं सिद्धिनथ्यो। मोटामोटी संक्रमित १०० जना मध्ये ८० लाई डॉक्टर अस्पताल केही चाहिँदैन, २० बिरामी हुन्छन्, ती मध्ये पाँच चाहिं सिकिस्त नै, र मर्ने एक जना हो। तर त्यो एक पनि धेरै हो। र यो एक वर्ष पुरानो जानकारी हो। नया नया वैरिएंट हरु बारे हामीलाई थाहा भइसकेको छैन। 

विश्व महामारी भएकोले प्रत्येक मनुष्य को कर्तव्य बन्न जान्छ कमसेकम आफ्नो चिनजान हरुमा मास्क र सामाजिक दुरी बारे सुचना प्रवाह एक पटक होइन, दुई पटक होइन, कोका कोला ले जस्तो पटक पटक गरिरहने, महामारी चलिरहँदा सम्म गरिरहने। 



Pandemic Responsibilities: Leaders' Or The Peoples'

The country would not need a Prime Minister if leaders were not responsible. The primary responsibility rests with the Prime Minister. You can not say Donald Trump in the US was also irresponsible, that Bolsanaro was also irresponsible, and skip responsibility. 

The entire political leadership is responsible. All political parties in the parliament should have been using their entire organizational structures to constantly hammer home the message for over a year that masks should be worn, people should social distance, they should not touch their faces, they should gargle with warm water, they should wash their hands multiple times a day. That time is still now. All government ministries, every soldier, every police officer, film industry celebrities all should have been hammering home the message. Coca-Cola is a globally famous brand name. But it still spends billions every year on advertising. Why? Because if they stop, people will forget the name. If more than 90% of the people in the country were to not leave home without wearing masks, it would be as good as if everyone had been vaccinated. You can't say we are a poor country and the vaccine has not reached us yet. 

A citizen in a democracy has rights, but also responsibilities. If a country could be run by simply griping about politicians, wouldn't that be oh so easy! Democracy would have been easy. But democracy is a challenging political system to work precisely because it needs every citizen to do their best to do the responsible thing. A leader is simply a citizen who has attained high office, that also for a limited time. India celebrated Holi with gusto, and now it is paying the price. Not celebrating Holi this year would not have been any major sacrifice. Nepal is about four weeks behind India. 

The rich countries are also responsible. This virus does not leave a path out only for the rich countries. Large-scale infections anywhere on the planet will give rise to mutant variants that will find their way back to the rich countries. Some of those variants will defeat the vaccines and it will be back to square one also for the vaccinated. Taking the vaccine to every human being is the new departure point for the global economy. All countries have no choice but to come together for this.

If every infected person would have died, this would not have been a pandemic. We might have lost 10-20,000 lives in Wuhan and that would have been the end of it. But because 80% of the infected do not need medical attention, only 5% need serious medical attention, and about 1% die, we have the mayhem that we have. But that information is a year old. We don't have the data on the new variants. 

Because this is a global pandemic, it is the responsibility of every human being to at least reach out to their immediate social circles with the basic messages repeatedly for as long as the pandemic rages on: wear a mask, social distance, wash your hands, avoid crowds and large gatherings. Do the Coca-Cola thing and keep repeating. 






राजेन्द्र महतो भन्छन्, ‘सरकारसँग विश्वासकाे वातावरण बन्यो’  ‘हाम्रा अझै केही माग पुरा गर्न बाँकी छ, त्यो माग पुरा भएपछि सरकारमा जान सकिन्छ,’ उनले भने, ‘तर त्यसका लागि मागहरु पुरा हुनुपर्छ । सरकारले १५ वटा मुद्दाअन्तर्गत १२० जनाको मुद्दा फिर्ता गरेकोमा जसपा नेपालले धन्यवाद ज्ञापन गर्दछ । सरकारको निर्णय स्वागतयोग्य हो । मुद्दा फिर्ता गरेर सत्ता सहकार्यका लागि वातावरण तयार भएको छ ।’ .............  शरतसिंह भण्डारीले भने आफूहरुले सरकारसँग पाँचवटा माग राखेको र सो माग पुरा भएपछि मात्र सत्तासमीकरणको बारेमा छलफल गर्ने बताए । मुद्दा फिर्ता, राजबन्दी रिहाइ, नागरिकताको विषय, संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायतका माग पुरा भएपछि मात्र सरकारलाई समर्थन गर्ने कि नगर्ने विषयमा छलफल गर्ने उनले बताए । ‘अहिले जति जनाको मुद्दा फिर्ता गरेको छ । त्यसका लागि सरकारलाई धन्यवाद । यो राम्रो सुरुवात हो, यसलाई जसपा नेपाल स्वागत गर्दछ तर अहिले नै सरकारलाई समर्थन गर्ने अवस्था रहेको छैन,’ उनले भने । उनले नेकपा एमालेसँग मात्र होइन, अन्य दलसँग पनि सत्ता सहकार्यको बारेमा अहिले कुनै कुरा नहुने बताए ।

केपी भर्सेस माधव : संकटको डिलमा को छ ?  ओलीले नेपालको अडानलाई अस्वीकार मात्रै गरिदिएनन्, त्यसको भोलिपल्टै बालुवाटारमा महाधिवेशन आयोजक समितिको बैठक राखेर स्थायी कमिटीबाट नेपाल पक्षलाई हटाइदिए । यसबाट केपी ओली एक्लै अगाडि बढ्न चाहन्छन् भन्ने थप प्रष्ट भएको छ । ........ अब प्रधानमन्त्री ओलीले नेपाल पक्षका आफूलाई मन परेका नेताहरुलाई व्यक्तिगत रुपमा छानीछानी आफूतिर तान्ने रणनीति लिएको देखिन्छ । उनले प्रष्टै भनिसकेका छन्, म गुटसँग ‘डिल’ गर्दिनँ, व्यक्तिसँग गर्छु । ............ योगेश भट्टराई मात्र होइन, स्वयं ओली समूहभित्रैका दोस्रो तहका नेताहरु पनि आफ्नो राजनीतिक भविश्य सोचेर चिन्तित बनेका छन् । पार्टी फुट्यो भने त्यसको घाटा माधव पक्षलाई मात्र नभएर ओली पक्षलाई पनि हुने ती नेताहरुले बुझेका छन् ।  .......... एमाले बचाउने ब्रह्मास्त्र अब युवाहरुसँग मात्र रहेको ..........  सर्वोच्च अदालतलाई दिएको जवाफमा पनि प्रधानमन्त्रीले दुईतिहाई बहुमतकै लागि ताजा जनादेशमा जानुपरेको जिरह गरेका थिए । .......... दुईतिहाई त के, सामान्य बहुमतको कुरो पनि प्रधानमन्त्री ओलीले गर्न छाडेका छन् । .......... यसअघि प्रधानमन्त्री ओलीले आगामी चुनावमा माधव नेपाल समूहका नेताहरुले कहीँ पनि चुनाव नजित्ने बताउँदै आएका थिए । माओवादीको त पत्तासाफै हुने बताउने गरेका थिए । ................ अहिलेकै अवस्थामा चुनावमा जाने हो भने ओली समूहले बहुमत त के, प्रत्यक्षतर्फ ९/१० सीटमात्रै जित्न सक्ने निश्कर्ष निस्किएको .......... ‘माओवादीले समर्थन फिर्ता लियो र जसपाले सरकारलाई भरथेग गरेन भने ओलीले फेरि संसद विघटन गरेर ‘अर्ली इलेक्सन’ मा जाने कदम त चाल्न सक्लान् । तर, यसो गर्दा ६ महिना (आगामी मंसिर) भित्रै चुनावमा जानुपर्ने हुन्छ, जुन समय ओली पक्षका  लागि अनुकुल होइन । २०६९ साल बैशाख अगाडि चुनाव भयो भने ओलीका लागि तयारी नपुग्ने ........ एमाले पार्टीभित्रको विवादका कारण आगामी चुनावमा नराम्रो पराजय व्यहोर्न बाध्य हुनुपर्ने वास्तविकताचाहिँ ओलीले ढीलै भए पनि बुझेका छन् । .......... नेकपा एक थियो, फुट्यो । १७४ सीट रहेको पार्टी १२१ सीटमा झर् यो । नागरिक समाज र वौद्धिक समुदायमा पनि पार्टी र सरकार आलोचित बन्यो । सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक ठह¥याइदियो । संसद पुनस्थापनापछि पनि सरकार ढल्ने जोखिम पहिले भन्दा झन बढेर गयो । माओवादी चोइटिसकेपछि पनि एमालेभित्र एकता कायम हुन सकेन  । .......... अन्ततः पार्टी पनि चोइटिने र सत्ता पनि नरहने, चुनावमा जान पनि नपाइने, चुनावमा गइ नै हाले पनि बहुमत ल्याउन नसक्ने जुन परिस्थिति अहिले केपी ओलीका सामु उत्पन्न भएको छ, यो संकटको मुहान पुस ५ को कदम नै हो ।  ....... नयाँ भेरिएन्टसहित पुनः फैलिएको कोरोना राज्यको नियन्त्रणभन्दा बाहिर जाने खतरा बढेको जनस्वास्थ्यविदहरुले औंल्याइरहेका छन् । यस्तो बेलामा महामारीसँग लड्न राष्ट्रिय एकता र संकल्प चाहिन्छ । तर, सरकारले अन्य दलहरुको विश्वास गुमाएको अवस्था छ । ............. विपक्षीले  महामारीसँग जुध्न सर्वदलीय राजनीतिक संयन्त्रको माग गरिरहेका छन् । सरकार भने एक्लै हिँड्ने ध्याउन्नमा देखिन्छ । .......... पछिल्ला दिनमा प्रधानमन्त्री र मन्त्रीहरु आफैं भिडभाडमा हिँडेको दृश्यले सरकारमाथिको आलोचना बढेकोे छ .......... देशमा संकट आइपर्दा सरकारको मूल्यांकन हुने गर्दछ ......... ओली नेतृत्वको सरकार र पार्टी दुबैको लोकप्रियता खस्कने सम्भावना बढ्छ । यो स्थितिमा सरकार जति समय टिक्छ, उसको लोकप्रियतामा क्षयीकरण हुँदै जान्छ । महामारीका बेलामा सरकारले सुशासन दिन सकेन भने यसको असर आगामी चुनावमा पनि पर्छ र सम्बन्धित दलमा पनि ।  .......... हरेक मोर्चाहरुमा माधव नेपाल पक्ष केपी ओलीसँग हार्दै–हार्दै आएको देखिन्छ । ........ देश चुनावमा गयो भने केपी ओलीले माधव नेपाल पक्षका नेताहरुलाई टिकटै नदिने सम्भावना छ ......... केपी ओलीले देशव्यापी पार्टी गठन प्रक्रियाको थालनी गरिसकेका छन् । माधव नेपाल पक्षले पनि समानान्तर कमिटीका रुपमा पार्टीभित्रै पार्टी गठन गरिरहेकै छ । औपचारिकरुपमा दुई पार्टी घोषणा हुन मात्र बाँकी छ ।  ......... २०७४ सालमा सिंगो एमालेले एकल बहुमत ल्याउने आँट नगरेर माओवादीसँग मोर्चाबन्दी गरेको थियो, अब फुटेको एमालेले बहुमत ल्याउने विश्लेषण गर्नु भनेको ‘भदौमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ’ भनेजस्तो मात्र हो ।

पार्टी र सरकार : दोस्ती कि दुस्मनी ? मुखमा मदन भण्डारी र बगलीमा स्टालिनवाद बोक्ने प्रधानमन्त्रीलाई स्थिरताका नाममा मुलुकले पाँच वर्ष बोक्नैपर्छ भन्ने छैन । किनभने, हामी जान्दछौं, सरकारको स्थिरताभन्दा लोकतान्त्रिक संविधानको स्थिरता र रक्षाको प्रश्न प्रधान हुन्छ । ........... सात सालको क्रान्ति सम्पन्न भएको यो सत्तरी वर्षमा कोही एक मात्र पनि प्रधानमन्त्रीले पाँच वर्ष कार्यकाल पूरा शासन गरेको उदाहरण छैन । .........  कोरोनाको महामारीले सेतो कात्रोमा जनता बेह्रिएका बेला रातो झन्डा फहराउँदै भोट माग्न जाने शासकीय सनकले गर्दा संसद् विघटनसमेत गरियो । ........ संविधानमा राखिएको स्थिरताका नवीन प्रावधानहरूले पनि अस्थिरताको पुरानो प्रवृत्तिलाई अन्त्य गर्न र अस्थिरता छेक्न सकेनन्, सक्ने पनि छैनन् । .......... मुखमा मदन भण्डारी र बगलीमा स्टालिनवाद बोक्ने प्रधानमन्त्री ........ बहुमतप्राप्त कुनै पनि दलको सरकार र प्रधानमन्त्रीले पूरै कार्यकाल शासन कहिल्यै गर्न नसक्नुका प्रवृत्तिगत साझा कारणहरू पहिचान गर्न एकदमै अनिवार्य छ । .......... आर्थिक रूपमा गरिब तर भूतपूर्व प्रधानमन्त्रीहरूको संख्यामा धनी कहलिएर गिनिज बुकमा रेकर्ड राख्न उद्यत मुलुक ........... प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाने हो भने ........ अर्को पद्धतिमा गए पनि मान्छे त हामी नै हौं क्यारे, हामीसँंग हाम्रो प्रवृत्ति पनि त्यहाँ पुग्ला नै, तब के गर्ने ? ............ नेपाल देशको राष्ट्रिय हित र राष्ट्रिय स्वार्थको केन्द्रमा छिमेकीहरूलाई विश्वासमा लिने, सीमा प्रश्नको हल ऐतिहासिक तथ्यमा आधारित रहेर राष्ट्रिय एकतासाथ खोज्ने, नेपालको भूमि दुवैविरुद्ध प्रयोग हुन नदिने र दुवैसंँग व्यावसायिक सम्बन्ध बलियो बनाएर उनीहरूको समृद्धिबाट लाभान्वित हुने नेतृत्व–योग्यता नेपाल देशले अब प्रस्तुत गर्न सक्नैपर्छ । यस्तो योग्यता विकसित नगर्ने अनि अस्थिरताको विरह–गीत गाएर दोष उतै थोपर्ने काम एक्काइसौं शताब्दीको गणतन्त्र नेपाललाई सुहाउँदैन । ............... दल होइन, संसदीय दल प्रधान रहने अवस्था ......... दल पार्टी सदस्यको मतले बनेको हुन्छ, संसदीय दल पार्टीसंँगै जनताको मत र मनले अनुमोदित हुन्छ । त्यसैले पार्टीको मूलनीति उल्लंघन गरेको स्थितिमा बाहेक प्रधानमन्त्रीलाई अन्य हस्तक्षेप पार्टीबाट नहुने व्यवस्था उपयुक्त ........ मुलुक निर्माणका लागि नीतिगत स्थिरता प्रधान कुरा हो । तर, हाम्रो पद्धति र प्रवृत्ति दुवैमा एक हदसम्म परिमार्जन गर्दै राजनीतिक स्थिरता पनि हासिल हुन सके समृद्धिको गति चौगुणा बनाउन सकिन्छ ।

प्रचण्ड राष्ट्रिय समस्या हो : प्रधानमन्त्री ओली नेपाली काँग्रेसमा भन्नुस् न ? उहाँ शेरबहादुर देउवा, रामचन्द्र पौडेल कृष्ण सिटौला, शेखर कोइराला, शशांक कोइरालाकाबीचमा अहिले पनि खेलिरहनुभएको छ 

ओलीले हामीलाई कारबाही गर्न सक्दैनन् : भीम रावल ‘उहाँ (केपी शर्मा ओली)ले सर्वोच्च अदालतको फैसला विपरित र नेकपा एमालेको विधान विपरित केन्द्रीय कमिटीलाई भंग गर्नुभयो । कथित आयोजक कमिटी बनाउनु भो महाधिवेशनका लागि । मान्छे थप्ने, हामीलाई कारबाही गर्ने भनेर स्पष्टीकरण सोध्ने गतिविधि गर्नुभएको छ,’ उनले भने, ‘यी स्वेच्छाचारी र पार्टी विधान, पार्टीको मार्गनिर्देशन, नवौं राष्ट्रिय महाधिवेशनको निर्णय विपरितका गतिविधि हुन् । र यसको विरुद्धमा देशव्यापी रुपमा कार्यकर्तालाई एमालेको सिद्धान्त, नीति, कार्यक्रम र यसको विधानको रक्षाको लागि जुन अभियान चलाएका छौं, हामीले यसलाई जारी राख्नुपर्छ ।’ नेता रावलले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी पाइला चाल्न नसकेको समेत बताए ।

१२० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय (सूचीसहित)  जसपाले मुद्दा फिर्ताका लागि २२४ जना प्रतिवादी रहेको २६ वटा मुद्दाको सूची बुझाएको थियो । ........ प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने औपचारिक निर्णय गराउन जसपाका नेताहरु उपेन्द्र महतो र बाबुराम भट्टराई लागि परिरहेका वेला सरकारले मुद्दा फिर्ताको निर्णय गरेको हो । 

एमालेमा नेपाल पक्षमाथि कारबाही रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश

जनता समाजवादी पार्टीबाट यी २३ सांसदको प्रधानमन्त्री ओलीलाई साथ (नामसहित)  संसदमा निर्णायक भूमिका खेल्ने हैसियतमा रहेको जसपाका महन्थ ठाकुर ओली पक्षमा छन् भने उपेन्द्र यादवकै केही सांसदहरु ओलीलाई समर्थन गर्न उद्यत छन् । ओलीले नै माग पूरा गरिरहेका कारण अविश्वासको प्रस्तावमा सहमति नहुने ठाकुरले शीर्ष नेताको मंगलबारको बैठकमा भनिदिए । .......... राजेन्द्र महतोदेखि अन्य सबै सरकारलाई समर्थन दिने या चुनावमा जाने पक्षमा छन् । ........ उपेन्द्र यादवले भने सरकार गिराउन बैठक बोलाउनुपर्ने बताए पनि महतोले कोरोना कहरमा बैठक बोलाउन नहुने बताए 


The Challenges of Animal Translation Artificial intelligence may help us decode animalese. But how much will we really be able to understand? .......... whenever we attempt to communicate with animals, we risk projecting our ideas and preconceptions onto them ........... “What Is It Like to Be a Bat?” Bat life, Nagel argued, is so profoundly different from human life that we can never truly know the answer to that question. ............ the only way to know what it is like to be a bat is to be a bat, and to have bat concepts .......... if a lion could talk, we could not understand him—our human minds would not share the sensory and conceptual landscape that lion-talk would express. .......... the Interspecies Internet ......... “Computer technology is finally allowing us to see inside the world of animals in ways that are showing us that they are complex sentient beings that deserve our understanding and respect” ..........  doubt that genuine translation can be easily achieved between species that don’t share the same basic perceptual and cognitive processes ........... we have more in common with other primates than with octopuses and squid: the last common ancestor we share with chimpanzees lived six to eight million years ago, whereas the last we may share with octopuses lived in the Precambrian seas around six hundred million years before that .............  great apes can learn to communicate with humans in very sophisticated ways........ “We study things that matter to us.” This may mean that we are too ready to attribute meaning and understanding to the animals with whom we communicate.  ......... “the time has come for people to understand that what we recognize as reality is not necessarily what other animal species recognize.” ......... “bees and some birds see in the ultraviolet range of the visual spectrum, but we don’t. Bats, dolphins, dogs, and cats hear sounds in the ultrasonic range, but we don’t.” Dogs have vastly more smelling capacity than we humans do. ....... many dolphins might as well live on a different planet—a gravity-free world that’s typically blue-green in all directions, with no shadows or smells and a vast and alien soundscape .............. 



India is in the midst of the second wave of COVID-19 pandemic. Other countries in South Asia are likely to follow India.

Posted by Madhav Bhatta on Wednesday, April 28, 2021


As we watch the catastrophe in India unfold, Big Pharma is pulling out all the stops to prevent vaccines from becoming...

Posted by Robert Reich on Wednesday, April 28, 2021

सम्पत्तिको उग्र आकाङ्क्षा बोकेर सतामा पुगेका कम्न्युस्ट हरु ले जनतालाई कसरी थाङ्नामा सुताउदै छन बिचार गरौ ।मेलम्ची...

Posted by Deepak Pun on Monday, April 26, 2021

Friday, April 23, 2021

नेपाली राजनीतिका नीरो हरु




गर्नुपर्ने अहिले पनि त्यही हो जुन एक वर्ष अगाडि थियो। देशमा ९०% बढ़ी मानिस मास्क लगाएर हिडे जनजीवन धेरै हदसम्म सामान्य रहन्छ। मास्क लगाउने। भीड़भाड़ नगर्ने। हाथले अनुहार नछुने। मास्क छैन भने गम्छाले पनि काम चल्छ। साबुन पानीले दिनमा तीन चार पटक कमसेकम आधा मिनट रगड़ी रगड़ी हाथ धुने। 

मास्क लगाउने कुरा तर थुप्रै का लागि बड़ा गारहो काम रहेछ। 

भारतको अहिलेको हाहाकार होली को देन हो। एक वर्ष होली पर्व नमनाए केही बिग्रिने थिएन। 

खोप लगाएका हरुले पनि नियम पालन गर्ने हो।   


"Nepal is about 4-weeks behind India but it is following a similar COVID-19 trajectory. ......... There seems to be a lot of complacency about the virus and its potential impact in Nepal because the first surge was not "that bad".......  Complacency has tragic consequences."

How COVID-19 Surged Again in India A conversation about the crisis in Mumbai and the risks of rapid reopening.
‘The system has collapsed’: India’s descent into Covid hell Many falsely believed that the country had defeated Covid. Now hospitals are running out of oxygen and bodies are stacking up in morgues
Reuters: Oxygen supplies run low as India grapples with coronavirus "storm""India had let its guard down when the virus seemed to be under control during the winter, allowing big gatherings such as weddings and festivals"









Thursday, April 15, 2021

मुख्य कुरा अहिले महामारी हो

वैक्सीन पत्ता लाग्नु प्रयाप्त छैन। वैक्सीन पत्ता लाग्नु अगाडि पनि ९०% बढ़ी मानिस बिना मास्क घर बाहिर ननिस्के जनजीवन मोटामोटी सामान्य नै हुने। तर हामी त्यति पनि गर्न नसक्ने रहेछौं। देखियो। 

अहिले सबैभन्दा भयावह अवस्थामा भारत देखियो। यो होली ले गर्दा हो। होली मनाए मच्चिएर। अहिले दैनिक दुई लाख पुगेको छ संक्रमित को संख्या। त्यो पनि टेस्ट गरेका मध्ये बाट हो। वास्तविक संख्या कैयौं गुणा बढ़ी हुनुपर्छ। 

वैक्सीन पत्ता लागे पछि धनी देशले गलती गरे। सोचे अब आफ्नो जनसंख्या लाई खोप लगाऊँ। तर खोप नलगाएको जनसमुदाय, चाहे त्यो जहाँ सुकै होस, त्यहाँ संक्रमण फैलिरहने हो भने वायरस म्युटेट भएर नया नया स्ट्रेन को वायरस हरु आउने भयो। ती नया नया स्ट्रेन का वायरस फेरि फैलिँदै फैलिँदै धनी देश पुग्ने भो। अनि फेरि बैक टु मंगलमान। 

अर्थात सकेसम्म चाडो सम्पुर्ण विश्व समुदाय सम्म खोप पुर्याउनु एक मात्र उपाय हो। सबै मिल्नु पर्यो। कर लाग्छ। 

अहिले नेपालमा पनि चुनाव का लागि सर्वदलीय सरकार होइन कि महामारी को सामना गर्न सर्वदलीय सरकार बनाउने समय हो। तर उल्टो भएको राजनीतिक स्थिरता पनि समाप्त पारे। 

भारतको यो देसरो वेभ नेपालका लागि खतरनाक हो। 

प्रत्येक मनुष्य सम्म सबैले मिलेर वैक्सीन पुर्याउनु विश्व अर्थतन्त्रको नया प्रस्थान विन्दु हो। धनी देश मात्र उम्किने बाटो यस वायरस ले छोडेको देखिँदैन।