Showing posts with label balen for nepal. Show all posts
Showing posts with label balen for nepal. Show all posts

Monday, May 23, 2022

News: May 23



मधेशमा कमजोर भयो जसपा र लोसपा : सीकेको उदय, कांग्रेसलाई ‘सुखद’ प्रदेशमा जनाधार धेरै रहेको भनिएका जसपा र लोसपा निर्वाचन परिणाममा ठूला दलभन्दा निकै पछाडि छन् । मधेशका २० स्थानीय तहमध्ये जसपाले तीन स्थानको प्रमुखमा मात्रै जित हात पारेको छ । लोसपाले सर्लाहीमा मेयर र उपमेयर जितेर खाता खोलेको छ । ....... आठ जिल्लाका एक सय ३६ पालिकामा अहिलेसम्मको मतगणनामा पनि कांग्रेस, एमाले र माओवादीकै अग्रता छ । ......... लोसपाले २०७४ को चुनावमा सप्तरी, महोत्तरी र सर्लाहीमा बढी सिट जितेको थियो । लोसपाले यसअघि जितेको जनकपुर उपमहानगर र जलेश्वर नगरपालिकामा उसका उम्मेदवार चौथो–पाँचौं स्थानमा छन् । मधेशका १ सय ३६ स्थानीय तहमध्ये लोसपाले २६ मा नेतृत्वको दाबेदारी नै गरेन भने ८ जिल्लाका १ हजार २ सय ७१ वडामध्ये ५ सय २२ मा उम्मेदवार नै उभ्याएन । ...... अन्य प्रदेशमा भन्दा मधेस प्रदेशमा झन्डै दोब्बर उम्मेदवारी थियो । ....... लोसपाका शीर्ष नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिल झाको गृहनगरमै लोसपा कमजोर देखिएको छ । लोसपाका नेताहरूले २५ स्थानीय तह भन्दा बढी जित्ने लक्ष्य बनाएको थियो । तर उनीहरूको लक्ष्य पूरा हुने अवस्था छैन । ....... चुनावमा पार्टीले अपेक्षा गरे अनुसार मत नल्याएपछि भाँडभैलो शुरू भएको छ । पार्टी पराजय हुनुमा अध्यक्ष महन्थ ठाकुर र मधेश प्रदेश समितिका अध्यक्ष जितेन्द्र सोनलले जिम्मेवारी लिनुपर्ने भन्दै राजेन्द्र महतो निकट नेताहरूले आक्रोश पोखेका छन् । ....... उनीहरूले पार्टीको नेतृत्व तुरून्त फेर्नुपर्ने तर्क राखेका छन् । चुनाव अघिसम्म लोसपाका नेताहरूले यस पटक कम्तीमा पनि ३५ सिटमा पालिका प्रमुख जित्ने अपेक्षा राखेका थिए । अहिलेसम्म लोसपाले एक ठाउँमा पनि पालिका प्रमुख जितेको छैन । .......... २०७४ को स्थानीय निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीले २५ सिट ल्याएको थियो । तत्कालीन राजपाका अधिकांश नेताहरू अहिले लोसपामा आबद्ध छन् । त्यसैले यसपटक कम्तीमा ३५ सिट ल्याउने लोसपाका नेताहरूले अनुमान गरेका थिए । ......... लोसपाले अपेक्षा गरे अनुसार परिणाम ल्याउन नसक्नुमा पार्टीको केन्द्रीय अध्यक्ष तथा मधेश प्रदेश समितिका अध्यक्षले जिम्मेवार लिनुपर्ने बताए । उनले भने, ‘पार्टी नेतृत्वले लोसपालाई एउटा क्लब जस्तै बनायो । पार्टीलाई फराकिलो बनाउन सकेन । युवाहरूलाई जिम्मेवारी दिइएन । त्यसको परिणाम अहिले देखिएको छ ।’ ......... ‘यो अवधिमा संगठन विस्तारको नाममा सिन्कोसमेत भाँचिएन । यस्तो अवस्थामा कसरी पार्टीले चुनाव जित्छ ?’ ........ ९ महिनासम्म संगठन विस्तार तथा सुदृढीकरणको लागि पार्टी नेतृत्वले केही काम नगरेको महतो निकट नेताहरूको भनाइ छ । लोसपाले अहिलेसम्म कार्यकारिणी समिति बाहेक अन्य कुनै समिति बनाएको छैन । पार्टीका भ्रातृ संगठनहरू बनाइएका छैनन । यहाँ सम्म की अध्यक्ष ठाकुरले केन्द्रीय समितिसमेत बनाउन सकेका छैनन् । ........ लोसपाका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतोकै गृह वडामा लोसपा पराजित भएको छ । मतदाता सूचीमा ठाकुरको नाम सर्लाहीको बलरा नगरपालिका ३ मा छ । ........ मतदाता सूचीमा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोको नाम सर्लाहीको चन्द्रनगर २ मा रहेको छ । ....... २०६४ को पहिलो मधेश आन्दोलनको उत्कर्षमा सत्ताको केन्द्रमा थियो नेपाली कांग्रेस । जनसंख्याका आधारमा प्रतिनिधित्व, संघीयता र मधेसलाई गरिएको विभेद अन्त्यको माग गर्दै थालिएको मधेस आन्दोलनबाट कांग्रेसले त्यतिबेला दुई नोक्सानी खेप्यो । पहिलो, कांग्रेसका मधेशी मूलका नेता छिन्नभिन्न भए । दोस्रो, आधार क्षेत्र रहेको मधेश गुमायो । मधेश आन्दोलनको रापतापकै बेला २०६४ चैतमा भएको पहिलो संविधानसभाको निर्वाचनमा कांग्रेसले मधेशमा ठूलो नोक्सानी बेहो¥यो । उक्त चुनावमा विद्रोहकै जगमा राष्ट्रिय राजनीतिमा उदाएका माओवादी र मधेशवादी दलले भुइँ तहसम्म जरा फैलाए । .......... आन्दोलनको रापताप बाँकी नै रहेका बेला भएको २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस नै मधेशमा सबैभन्दा ठूलो दल बन्यो । मधेशका १ सय ३६ पालिकामध्ये कांग्रेसले प्रमुख÷अध्यक्षमा ४० र उपप्रमुख÷उपाध्यक्षमा ३५ सिट जित्यो । त्यतिबेलाको संघीय समाजवादी पार्टी (हाल जसपा) दोस्रो ठूलो दल बन्यो । उसले मधेशमा प्रमुख÷अध्यक्ष २६ र उपप्रमुख÷उपाध्यक्ष २५ तहमा जित्यो । तेस्रो ठूलो दल भने तत्कालीन राष्ट्रिय जनता पार्टी (हालको लोसपा) बन्यो । उक्त पार्टीले प्रमुख÷अध्यक्षमा २५ र उपप्रमुख÷उपाध्यक्षमा ३० सिट जितेको थियो । माओवादी केन्द्र भने मधेशमा चौथो शक्तिका रूपमा देखिएको थियो । उसले मधेसमा २१ प्रमुख÷अध्यक्ष र २४ उपप्रमुख÷उपाध्यक्ष पद जित्यो । मधेसमा सबैभन्दा कमजोर देखिएको एमालेले प्रमुख÷अध्यक्ष १८ र उपप्रमुख÷उपाध्यक्ष १९ सिट जितेको थियो । .......... पहिलो मधेश आन्दोलनपछि गुमाएको शक्ति २०७४ को स्थानीय तह निर्वाचनमा फर्काएको कांग्रेस यसपाला पनि बलियो शक्तिका रूपमा मधेसमा देखिएको छ । मतगणनाले मधेशमा कांग्रेस बलियो शक्तिकै रूपमा रहने बरू उसले अघिल्लो स्थानीय तहमा हासिल गरेको शक्तिलाई थप विस्तार गर्न सक्ने देखिएको छ । ....... पहिले पटक मूलधारको राजनीतिमा समाहित सीके राउत नेतृत्वको जनमत पार्टीले मधेशमा ठूलो जित हासिल नगरे पनि राजनीतिक आधार तयार पार्न सक्ने संकेतहरू देखिएका छन् । जनमत पार्टी सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकामा प्रमुख पद जितेको छ । मधेशका १ सय २५ भन्दा बढी पालिकामा उम्मेदवारी दिएको जनमत पार्टीले अहिलेसम्म ४ वटा वडाध्यक्ष जितिसकेको छ ।

बलान–बिहुल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा जनमतको जीत डा.राउतको गृहजिल्लासमेत रहेको सप्तरीमा बलान–बिहुलसँगै हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीले यसअघि नै विजयी भइसकेको छ ।
सिंहदरबार गाउँमा होइन, जनता राज स्थापित गर्छौं हाम्रो नगरपालिकामा भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँछौं । यहाँका जनताले सामन्तवादको अन्त्य गरेका छन् । अब जनता राज स्थापित हुन्छ । यो हनुमाननगर कंकालिनी नगरपालिकामा जनता राज आइसक्यो । म मेयरमा निर्वाचित भइसकेपछि धेरै संख्यामा जनताहरू विजय जुलुसमा सहभागी भएर एउटा सन्देश दिए कि यहाँ अब जनता राज कायम भयो । हामीले जनमत पार्टीको एजेण्डाअनुसार काम गर्नेछौं । ......... यसअघि यो पालिकामा खुल्लारूपमा भ्रष्टाचार र अनियमितताहरू भइरहेको हामीले हे¥यौं । विगतका जनप्रतिनिधिहरूले गरेका भ्रष्टाचार वा अनियमितता अब यो पालिकामा हुँदैन भन्ने कुरामा विश्वास दिलाउन चाहन्छु । कुनै पनि योजना वा कार्यक्रममा कमिशन हुन्थ्यो त्यो कुरा पूर्णरूपमा यहाँ बन्द हुन्छ । पहिला यो नगरपालिकामा करारमा कर्मचारी राख्दा लाखौं रूपैयाँ घुस लिइन्थ्यो । तर अब ती कुराहरू हुँदैन । ......... विगतमा हामीले नारा दियौं अब त्यो नारालाई पूरा गर्ने समय आएको छ । ......... जनमत पार्टी मात्रै एउटा यस्तो पार्टी हो, जसले भ्रष्टाचारविरोधी आन्दोलन नै चलायो । अरू कुनै पनि पार्टीले आजसम्म भ्रष्टाचारविरोधी आन्दोलन चलाएका छैनन् । ........ यदि हामी सफल नभएको भए यहाँ फेरि पाँच वर्षसम्म जनताले सामन्तवादको सामना गर्नुपथ्र्यो । यहाँका जनता सचेत छन् । यसअघिका मेयर नगरपालिकामा कहिल्यै बस्नुभएन । आफ्नै घरमा बस्नुहुन्थ्यो, सर्वसाधारण जनता कहिल्यै भेट्न पाउँदैथ्यो । जोसँग पहुँच हुन्थ्यो उसले मात्र भेट्न पाउँथ्यो । म एउटा गरिब परिवारको हुँ, एउटा गरिब मान्छेले पनि राजनीति गर्न सक्छन् भन्ने कुरा जनमत पार्टीले स्थापित ग¥यो । ......... हामी पैसा बाँडेर, रक्सी, मासु आदि खुवाएर चुनाव जितेका होइनौं । हाम्रो एकदम न्यून खर्च भएको छ । हामीले प्रचार प्रसार, पर्चा, पम्पलेट आदिमा मात्रै रूपैयाँ खर्च गरेका थियौं । चुनावमा मेरो खर्च भनेको बढीमा दुईदेखि अढाई लाख रूपैयाँसम्म मात्रै खर्च भएको छ । त्यसबाहेक हाम्रो कुनै खर्च भएको छैन । .......... जसले पैसा खर्च गरेर कुनै पदमा पुग्छन्, त्यसको कैयौं गुणा बढी भ्रष्टाचार र अनियमितता गरेर उठाउँछन् । हामी त्यसको सख्त विरोधी हौं । हामी स्वच्छ राजनीतिकरूपमा अगाडि बढेका छौं ......... हामीले पैसा खर्च गरेनौं तर वैचारिक राजनीतिलाई अगाडि बढायौं । अब मधेशका जनता सचेत हुँदैछन्, हामीले विचारलाई अगाडि बढाउँदै राजनीतिक संस्कारको विकास गर्दैछौं । हामीले अपेक्षा गरेअनुसारको सफलता पाउन सकेका छैनौं, तैपनि हाम्रो जीत भयो । चुनावको पूर्वसन्ध्यामा अन्य उम्मेद्वारहरूले धेरै पैसा खर्च गरे, तर पनि अधिकांश जनताले हामीलाई नै विश्वास गरे । सामन्तवादीहरूले पैसा बाँड्दा पनि जनताले परास्त गरिदिए । ......... अहिलेसम्म हाम्रो पालिकामा १०+२ को कक्षा छैन । म आफ्नो कार्यकालभित्र १०+२ को पढाई सुरू गराउँछु । अँग्रेजी माध्यममा विद्यालयहरूमा पढाई सुरू गर्छौं । त्यसको गृहकार्यमा हामी लागिसकेका छौं । यस्तै, सीपमूलक रोजगारका लागि तालिमहरूको व्यवस्था गर्छौं । हाम्रो पार्टीको एजेण्डा नै हो कि १० जना युवाको रोजगारी त्यसका लागि हामीले तयारी गरिरहेका छौं । बेरोजगारीको समस्या, विदेशिनुपर्ने अवस्था लगायतलाई हामी समाप्त गर्ने प्रयास गर्छौं । ........ हामीले अपेक्षा गरेनुसारको सफलता त प्राप्त गर्न सकेनौं तर जहाँ–जहाँ जनमतका प्रतिनिधिहरू विजयी भएका छन्, त्यहाँ एउटा उदाहरणीय कार्य हुनेछ भन्ने कुराको विश्वास दिलाउन चाहन्छु । ....... विगतका पाँच वर्षमा जनताले गाउँ–गाउँमा सिंह मात्रै पाए, तर दरबारको अनुभूति गर्न सकेनन् ।

Sunday, May 22, 2022

बालेन को पार्टी ले २०% आर्थिक वृद्धि दर दिन सक्नुपर्छ

बालेन को पार्टी ले २०% आर्थिक वृद्धि दर दिन सक्नुपर्छ। चीनले नगरेको काम गर्नुपर्छ। चीन ले हदै गर्यो १०% गर्यो। २० वर्ष सम्म २०% आर्थिक वृद्धि दर दिए पछि आर्थिक क्रांति समाप्त। 

प्रमुख चुनौती नै राजनीति हो। काठमाण्डु मा गरेको काम अब को चुनाव मा सारा देशमा गर्नुपर्छ। पुराना पार्टी हरु माकुरा को जालो हो प्रत्येक। फाल्नुपर्छ। दिवाली त्यसै मनाउन पाइन्छ? 

प्रथम कदम चुनावी विजय हो। स्वीप गर्नुपर्छ। 

न्यायपालिका मा क्रान्ति चाहियो। संसद मा दुई तिहाई छ भने सकिन्छ। प्रत्येक न्यायधीश लाई महाअभियोग लगाएर हटाउने। त्यस पछि मेरिट का आधार मा पुगेका हरु को पुनर्नियुक्ति। राजनीतिक भागबण्डा, यो पार्टी त्यो पार्टी भन्दै पुगेका हरु सब फाल्ने। भ्रष्ट न्यायपालिका भएको देशमा विधि को शासन हुन्छ? विधि को शासन बिना आर्थिक क्रांति हुन्छ? 

सेना लाई फेरि गृह युद्ध अगाडि को ३०,००० मा लानुपर्छ। सेना को काम रोड बनाउने होइन। त्यसका लागि कंस्ट्रक्शन कंपनी हरु खोल। 

सशस्त्र प्रहरी बाई बाई। बोर्डर मा आतंक मचाएर बसेको छ। 

दुई तिहाई कर्मचारी लाई एक वर्ष तलबी विदा दिएर बाई बाई। सरकारी सेवा फोन फोन मा डिजिटल सेवा। उद्यमी लाई काम गर्न सजिलो बनाउने। रोजगारी सिर्जना गर्ने तरिका त्यही हो। 

सरकारी हिसाबकिताब पुर्ण पारदर्शी। 

संविधान संसोधन गरेर केंद्र र प्रदेश मा सांसद को संख्या घटाउने। भारत जस्तो ठुलो देश मा ५५० जति सांसद, नेपाल मा भने ३००? किन चाहियो? अनावश्यक खर्च। 

देश लाई प्रत्यक्ष निर्वाचित राष्ट्रपति मा लाने। 



News: May 22

Friday, May 20, 2022

Balen Shah/Balidan



गाई त बान्यौ ढुङ्ग्रोमा, मोइ छैन, मोइ छैन
गरिबको, चमेली, बोल दिने कोही छैन
गरिबको बोल दिने कोही छैन, कोही छैन
गरिबको, चमेली, बोल दिने कोही छैन

देशको रक्षा गर्ने जती सबै चुतिया छन्
नेता जती सबै चोर, देश लुटी खाछन्
आमाको सारीमा, कट्टु सोची मुतिराछन्
खानेबेला एक, गर्ने बेला फुटिराछन्
नाङ्रेस, नेमाले, नाउबादी
सबै मिली घुमी देश खाउँ बाँडि हामी
सधैं चिलिम फुकी जस्तो case नि बिगारी
सस्तो सारी, महँगो गाडी
कानुन कयदालाई नाङ्गो-बाङ्गो पारिदै उघारी
नारीमा कुमारी जोगाउने बलतकारी
खाडिमा चिनारी लुटाउने सधैं हामी
बाढिमा बिरामी फुकाउने त्यही पानी
देशको कर्माचारी शक्तिशाली सरकारी
३० हजार को तलब, ३० वटा घरबारी
बिचबजारको सडक बिसवटा खाल्डो पारी
खल्ती भारी, बैन्क मारी, सात तहको अधिकारी
कस्ले तिर्ने सात समुद्र पारी देशको सात उधारी

गाई त बान्यौ ढुङ्ग्रोमा, मोइ छैन, मोइ छैन
गरिबको, चमेली, बोल दिने कोही छैन
गरिबको बोल दिने कोही छैन, कोही छैन
गरिबको, चमेली, बोल दिने कोही छैन

पुरानो भो इतिहास केहि फेरिएन
बाँकी हुँदा यत्ती सास, मोहा मेटिएन
कहाँ कुद्छ रेल, यहाँ बाटो भेट्टिएन
कलाकारलाई जेल, मुर्खा लाटोले बुझेन
जङ्गल भयो फडानी, त्यो आगोनै निभेन
सात तोपको सलामीमा बाठोनै थिएन
कसरी पो बन्छ देश, विदेशी माटो किनेर?
हेर त्यो मुटु चिरेर, छिमेकीनै तिम्रो मनमा
यो आत्मियता हैने आँखा लाछौ तिमीले धनमा
अपराधी देशमा छन, घुमिराको साईरनमा
सफा पानी चढाकोछ आउँदैछ रे साईकलामा
फोक्कटमा बेच्, मेलम्ची कस्ले ल्याईरहन्छ
यो ब्यापार हो सबै, यो राजनिती हैन
यो राज्यको राजाहरुमा राजयोगनै छैन
यो रामराज्य हैन, राम्रो नै रमाउदैन
नराम्रो नै हाम्रो भो, जो कमाउदैछ

गाई त बान्यौ ढुङ्ग्रोमा, मोइ छैन, मोइ छैन
गरिबको, चमेली, बोल दिने कोही छैन
गरिबको बोल दिने कोही छैन, कोही छैन
गरिबको, चमेली, बोल दिने कोही छैन

मलाई बोल्न दे सरकार, अपराध हैन
मन खोल्न दे दरबारको म सराप हैन
मन खराब छैन, सही बोल्न डरउँदैन
कानुन पो लाग्छ कि, आवाज उठाउदैमा
बलिदानको गीतामा मेरो शब्दको सलामी
गाउँ-गाउँ बाट उठ युवा कलम थामी
सोर्है आना सही कुरा, सुन सोची साराले
भुमरीमा भौतारी भविश्य अभिभाराले
के हुन्छ एउटा नाराले, त्यो सपनाको सहाराले
के भन्न पो बाकिँछ, बुद्ध नै साँची छ
कोपिला मास्दा के फुल्छ त्यो डालिमा?
आँशु र रगत लुकेकोछ लालिमा
हाँसोमा बारुदको गन्ध, सधैंको द्वन्द
कहाँ खोजौ शान्तिको सन्देश, कवितालाई छन्द
पवित्रछ मन त, धेरै छ नि भन्न
कुरा सुखदुखको मुखै भो बन्द

गाई त बान्यौ ढुङ्ग्रोमा, मोइ छैन, मोइ छैन
गरिबको, चमेली, बोल दिने कोही छैन
गरिबको बोल दिने कोही छैन, कोही छैन
गरिबको, चमेली, बोल दिने कोही छैन

३० वर्ष निर्दलीय तानाशाही, ३० वर्ष दलीय तानाशाही, अब साँच्चिकै लोकतन्त्र

३० वर्ष निर्दलीय तानाशाही, ३० वर्ष दलीय तानाशाही, अब साँच्चिकै लोकतन्त्र 

ज्वालामुखी जस्तै विस्फोट होउ युवा 
बिजली को गतिमा एउटा नया पार्टी बनाउ 
आफ्नो भविष्य आफै कोर 
तिम्रो पुस्ताले क्रांति गर्न बाँकी छ 
अबको आउने चुनाव मा क्रांति गर 
बुथ बुथ मा गर 
देश कब्ज़ा गर 
सुशासन र समृद्धि देउ 
अबको क्रान्ति आर्थिक क्रांति 
सुशासन आफैले दिन सक्नुपर्छ 
सुशासन चाहिन्छ 
पुँजी र प्रविधि त जति पनि छ 
पुँजी र प्रविधि को कमी होइन 
सानो र चुस्त सरकार चाहिन्छ 
जनता मालिक हो भने 
सरकार जनताको घर पुग्नुपर्छ 
द्रुत गतिको आर्थिक वृद्धि देउ 
बढ़ी पैसा कमाउन का लागि नै 
अमेरिका बेलायत ऑस्ट्रेलिया जापान दुबई 
गएका नेपाली आइपुग्छन 
ती नेपाल का भ्रष्ट निकम्मा नेता हरुले धपायेका 
शरणार्थी हरु हुन 
यो ज्ञान अर्थतंत्र को जमाना मा दुई कान बीच को मांसपेशी प्रयोग गर 
मेहनत गर 
फाइव जी को बाटो दुनिया को कुना कुना मा गएर कमाउ 
उद्यम गर 
तर पहिला सत्ता कब्ज़ा गर 
उफ़ 
अति भो 


हामी भेडा होइनौं लोकतन्त्रको तर मात्र खान पल्केका ढाडे बिरालाहरूलाई साँचो सुम्पन नचाहँदैमा कोही मानिस भेडा हुँदैन। ....... बन्द कोठामा राजनीतिका बाह्रमासे जुवाडेहरूले कौडा हानिरहेकै बखत शहरमा आगो सल्कियो। वेवास्ता गरेरको एक झिल्कोले शहर सल्काएपछि केहि थान जुवाडे झल्याँस्स ब्युँझिएका छन्। ....... काठमाडौं शहर मात्र होइन, नेपालभरि नागरिकको मतको लौराले सोठ्याएपछि मदहोस जुवाडेहरू तिलमिलाउन थालेका छन्। राजनीति, मिडिया, बौद्धिक वर्ग र प्रशासन सबै मिलेर बनाएको अहङ्कारको लंकामा आगो लाउन एकपछि अर्को पात्र मैदानमा देखा परिरहेका छन्। नागरिक अभिमतको मूल्य नबुझी दलीय निरङ्कुश गठबन्धनमा रमाएकाहरूको एक्कासि होस आएको छ। ........ उनीहरूको लोकतान्त्रिक संरचना यति खेर खतरामा पर्न थालेको छ। नेताका गोजीमा लुसुक्क बसेका बौद्धिक विश्लेषकहरू फुत्त फुत्त निस्केर अखबारका पाना भरिरहेछन्। मतदाताहरूलाई भनिरहेछन्– तिमीहरू स्वाँठ–ल्वाँठ; लोकतन्त्रको मर्म नबुझ्ने भेडाहरू। चुनावको अघिल्लो दिनसम्म मतदाताको छनोटको अधिकारमाथि धावा बोल्दै थिए दलका नेताहरू। लोकतान्त्रिक प्रणाली त्यति वेला कता पानी खान गएको थियो? ........ काठमाडौंमा बालेन साहले लिएको अप्रत्याशित अग्रता र देशभरिमा स्वतन्त्र र ताजा अनुहारले देखाएको कमाल राजनीतिका बाह्रमासे खेलाडीहरूलाई चित्तै बुझेको छैन। रन्थनिएर बर्बराउन थालेका छन्। के यी सदाबहार खेलाडीले भने जस्तै जनता भेडा हुन्? काठमाडौं इन्द्रचोकका एक व्यापारीलाई एक यूट्युब पत्रकारले सोधे, “तपाईंहरू त हावाको तालमा स्वतन्त्र उम्मेदवारको पछि लागेको रे त! लोकतान्त्रिक प्रणालीलाई मतदाताले बुझेनन् रे! एउटा मान्छेले जितेर सबै थोक हुन्छ?”  ....... स्थानीय व्यापारीको उत्तर यस्तो छ, “हामीलाई हाम्रो मतको महत्त्व थाहा छ। पटक पटक सबैलाई मौका दिएको हो। हामीले आफूले छानेको मान्छे रोज्न पाउनु लोकतन्त्र हो। एकै पटकमा सबै थोक खोजेको छैन। काठमाडौं व्यवस्थित होस्। हामीले हाम्रो काम सुबिस्ताले गर्न पाऔं।

कसैले जित्दैमा थालमै भात आइपुग्छ भनेर भोट दिएको होइन। हामीलाई भेडा भन्नेलाई थाहा होस्, हामी भेडा होइनौं।”

........ जनतालाई भेडा भन्ने महामानवहरूको हिसाबकिताब शुरू भएको छ। ......... मतगणनाको मेसोमा न्यूरोडका एक तन्नेरी बानेश्वरमा अड्डा जमाएर बसेका थिए। उनलाई पनि कसैले प्रश्न गर्‍यो, “नेवार भएर पनि मधेशीलाई यत्रो समर्थन?” ........ तन्नेरीले जवाफ दिए, “जातभन्दा माथि विकास हुन्छ।” काठमाडौंका तन्नेरीहरूमा नेवा र मिथिलाका युवा नेताले शहर सम्हालेको हेर्ने रहर मौलाइसकेको छ। ....... दलहरूको अत्याचारमा दिक्दार भएका मानिसहरूलाई एकछिन खुशी हुन दिनुस्। खबरदारीको वेला हुँदै छ। दशकौंदेखि अलमल र जालझेलको राजनीतिले दिक्दार भएका नागरिकले यो पटक थोरै उमङ्ग बाँच्न पाएका छन्। धेरै ठूलो कुरा खोजेका छैनन्। उम्मेदवारहरूको साना साना व्यावहारिक योजनामा आश साँचेका छन्। राम्रो काम गर्नेलाई जनताले मूल्याङ्कन गरेर बसिरहेका हुन्छन्। भक्तपुरमा भारी मतान्तरले जितेका उम्मेदवारलाई हेरे हुन्छ। .... राम्रो कामलाई दोहोर्‍याएर अनुमोदन गरिदिन्छन् भन्ने कुरा ललितपुरका चिरिबाबु महर्जनलाई हेरे हुन्छ। ....... मतगणना स्थलमा दोस्रो पटक उभिएर मुस्कुराउँदै आफूले गरेका काम, जनताले गरेको माया बताउन सक्ने चिरिबाबु जस्ता कति जनप्रतिनिधि छन् ? ........ लोकतन्त्रको तर मात्र खान पल्केका ढाडे बिरालाहरूलाई साँचो सुम्पन नचाहँदैमा कोही मानिस भेडा हुँदैन। मानिस हावा वा लहरको पछि छैनन्। उमेरको पछि मात्र पनि छैनन्। नत्र चिरिबाबु कसरी दोहोरिए? र्‍यापर वा ग्ल्यामरको पछि पनि छैनन्। मानिसहरूले के खोजिरहेछन्, हातमा लगाएको नीलो मसीले सुटुक्कै भनिसक्यो। उनीहरूको विचार शङ्खध्वनि बनेर गुन्जेको छ। मन पर्दैन कान थुन्नुस्। नागरिक मतको अवमूल्यन नगर्नुस्।  ........ एमाले नेता रघु पन्तले भने जस्तो काठमाडौंंमा बालेन दलहरूको विरुद्धमा उठेका होइनन्। नागरिकका लागि उठेका हुन्। नागरिकले मत आफ्ना लागि हालेका हुन्। दलहरूको विरुद्धमा होइन। दलहरू के भगवान्‌का अवतार हुन् र, नागरिकहरू चरणदास भएर बसिरहनुपर्ने?  ......... यी मानिस आए भने काम गर्न सक्दैनन् भन्ने पन्त र पन्त जस्ता मानिसहरूको कुराबाट हामीले बुझ्छौं– दलको ‘सिन्डिकेट’ भित्र नबस्ने मानिसलाई हामीले गरिखान दिंदैनौं। ....... दलीय सिन्डिकेट विना राजनीति मात्र होइन, कुनै पनि पेशाले एक कदम अघि बढ्न नसक्ने स्थिति भइसकेको छ। व्यापार, व्यवसाय, शिक्षा, स्वास्थ्य विकास जहींतहीं दलको पासोमा नागरिक छन्। लोकतान्त्रिक संयन्त्रको नाम लिंदै गलामा पासो लाउँदै गरेपछि नागरिक फुत्कन खोज्छ। ......... लोकतन्त्रमा नागरिक सार्वभौम हो भन्ने कुरा मत परिणाम आउँदै गर्दा दलहरू र बौद्धिक बिर्संदै गएको देखिन्छ। नागरिक सर्वोच्चताको रक्षा गर्न नसक्ने दलहरूको रक्षा गरेर बस्न नागरिकले खाँचो ठानेको छैन। राजनीतिक दल जोगाउन केही भरौटे, झोले मात्र भएर पुग्दैन। नागरिक चाहिन्छ। जनता खोला हो। दलहरूलाई तिर्खा लागेको छ भने खोलातिर धाउने हो। खोला किन हामीकहाँ आएन भनेर विक्षिप्त हुँदै रिसाउने होइन। ........ धरानमा एक साधारण नागरिक दलीय सिन्डिेकटलाई आच्छु आच्छु पारेर मेयरको दौडमा छन्। उनै हर्क साम्पाङ एक वर्षअघि नदी दोहनको विरुद्धमा उत्रिंदा दलीय सिन्डिकेटको आक्रमणमा परेका थिए। नदीको बहावका लागि उनले खप्परबाट रगत बगाएका थिए। आज नागरिकले मत पुरस्कार दिइरहेछन्। आफ्नो मत कति अमूल्य हो भनिरहेछन्। ........ अघिल्लो स्थानीय चुनावमा नदी दोहन गर्नेहरू निर्वाचित भए। स्थानीय स्तरका देशभरका धेरै निकायहरू ठगहरूले भरिएको जनताले महसूस गरे। ठगहरू राजनीतिमा पसेर ठगीधन्दालाई संरचनागत रूपमै मलजल गर्दै थिए। यो पटक मानिसहरूले चूपचाप विद्रोह गरेका छन्। जनकपुरमा मेयरको दौडमा स्वतन्त्र उम्मेदवारले तरङ्ग ल्याएका छन्। कमला नदी जोगाउन खोज्दा हत्या गरिएका दिलीपकुमार महतोको ज्यान जोगिएको भए हामीले जनप्रतिनिधिका रूपमा देख्न पाउँथ्यौं कि? ........ जनताका लागि दलहरू हुन्। जनता दलहरूका लागि होइनन्। दलहरूमा कस्ता मान्छे हावी भइरहेछन्, उनहिरूले गहिरो गरी नियाल्दै छन्। नागरिकहरूले विवेक देखाइरहेछन्। ........ देशैभरिबाट दलका लोकतन्त्र रक्षकहरूका रङ्गीन समाचारहरू आइरहेछन्। नुवाकोटको बेलकोटगढी नगरपालिकाका पूर्व वडाध्यक्ष फोनमा बोल्छन्,

“पृथ्वी सुब्बाले बोलेपछि बोल्यो। भोलि बिहान म आफैं आउँछु पत्रिकामा पैसा बेरेर।”

........ दुई लाखमा पच्चीस भोटको डिल हुन्छ। फोन संवाद सकिन्छ। ....... यस्ता महान् कार्यका नमूना एक ठाउँबाट होइन, अनेक ठाउँबाट आइरहेछन्। पोखरामा एमाले र फुटेका एमालेको अडियो काण्ड अर्को नमूना हो। डेढ सय भोट सहित अन्तर्घात गर्ने योजना अडियोमा सुनिन्छ। भाषा मिलाई मिलाई पैसाको डिलिङ गरेको बुझिन्छ।  ......... रोल्पातिर। गंगादेव-५ मखानेटारका तुलाराम वली कचहरीतिर जाँदै छन्। माओवादी केन्द्रले बोलाएको कचहरी छ गाउँमा। चुनावको वेला चियापानी खाऊ भनेर दिएको पैसा फिर्ता माग्न बोलाएका रे! चुनाव हारेपछि मानबहादुर नामका उम्मेदवारले पैसा फिर्ता माग्न बोलाएका छन्। तुलाराम भन्छन्, “आउन त हामीकहाँ सबै आउँछन्। हामीले भोट दिन्नौं कसैलाई भन्दैनौं। हारेपछि पैसा मागे!” ......... यति भन्दा उनी मुसुमुसु गरेको यूट्युब भिडिओमा देखिन्छ। जनतालाई भेडा ठानेर किन्न खोज्ने नेतालाई जिल्याएकोमा उनलाई हर्ष पनि छ। कचहरी धाउन परेकोमा विस्मात पनि। ....... अर्कातिर काठमाडौं महानगर जस्तो ठाउँमा एउटा सानो चुस्त टोलीको भरमा,

बालेनले डेढ लाखमा चुनावी काम फत्ते गरेका छन्। जनतालाई भेडा ठानेर जनता किन्न हिंडेका छैनन्।

......... देशभरि धेरै ठाउँमा स्वतन्त्र उम्मेदवारहरू मानिस किनबेच नगरी विजयी भइरहेका उत्साहजनक समाचार आइरहेछन्। स्थानीय सरकारको मोर्चा युवाहरूको काँधमा जाँदै गरेको देखिन्छ। यो सबै हुँदै गर्दा जनताको मनमा उत्साह छ। मरिसकेको आशमा पालुवा पलाएको छ। यो परिणाम दलीय सिन्डिकेटलाई सिस्नो भएको छ। ......... पकेटबाट फुत्त टिकट निकालेर पैसामा भोट किन्दै हिंड्नेले कस्तो लोकतान्त्रिक प्रणालीको जगेर्ना गरिरहेछन्? ........ आजसम्मको दलीय सिन्डिकेटले दिएको परिणाम के हो? ........... उनीहरूले सोचेभन्दा ठीक उल्टो अहिलेको पुस्ता परिणाममुखी राजनीति चाहन्छ। भोटका लागि जे पनि गर्ने, जति पनि गिर्ने संरचनागत हेपाइलाई बहिष्कार गर्छ। ....... पेशेवर बौद्धिकहरूले नागरिकको मत अधिकारको न्यूनतम मर्यादा पनि गर्न सकेको देखिंदैन। आफूकहाँ शिर झुकाएर आशीर्वाद लिन आउनेहरूलाई मात्र, नेता र बौद्धिकले मन पराएको देखिन्छ। ...........

मुखमा लोकतन्त्र र गणतन्त्र चरित्रमा सामन्त। अहिलेको दृश्य यही हो।

....... दलीय सिन्डिकेटले समाजले पत्याएको, समाजको हित गर्ने मानिसलाई टिकट दिंदैन। कोसँग कति पैसा छ, हेर्छ। कति छलछाम र गुन्डागर्दी जानेको छ, त्यो हेर्छ। ........... गाउँ–शहर राम्रो बनाउने सम्भावना भएको व्यक्तिको प्रवेशद्वार के हो? स्वतन्त्र उम्मेदवारमा उठेर मानिसहरूले के बिराए? काठमाडौंका स्वनामधन्य बौद्धिकहरूले बालेनको मत बढिरहँदा यसरी सरापिरहेछन्, मानौं उनी अपराधी हुन्। संरचनागत भ्रष्टाचार र अपराध गर्ने दलका गुन्डाहरू लोकतन्त्रका रक्षक कसरी भए? बालेन र उनलाई मत दिने नागरिक लोकतन्त्रका खतरा कसरी भए? तपार्ईंलाई मात्र आउँछ– लोकतन्त्रको परिभाषा?  ........ बानेश्वरमा एक महिलाले भनिन्, “म कट्टर एमाले, मेरो परिवार एमाले। मैले भोट बालेनलाई हालें।” उनीसँगै उभिएका अर्का युवाले आफू कट्टर कांग्रेसी भए पनि भोट बालेनलाई हालेको बताए। चुनाव आयो कि कांग्रेस र कम्युनिष्टको रगडाझगडा, अब मत्थर हुँदै जान थालेको देखिन्छ। कट्टर पार्टी समर्थकहरू पनि दलीय दबदबाको विकल्प खोज्दै हिंडेको भेटिन्छ।  ......... अघिल्लो चुनावमा स्थानीय निर्वाचनमा उठेका ठेक्कापट्टाका ठगहरूले राजनीतिलाई राम्रैसँग धमिल्याएको देखिन्छ। नेपालमा कि कांग्रेस हुन्छ कि कम्युनिष्ट हुन्छ भन्ने उखान फेरिंदै छ। उम्मेदवार कि पैसावाल हुन्छ कि ठेकेदार हुन्छ भन्ने भाष्य यो चुनावले फेर्दै छ। फलानो ठाउँ कांग्रेसको पकड, ढिस्कानो ठाउँ लालकिल्ला, दलहरूको यस्तो अभिमान आत्थु आत्थु भएको छ। अर्को पाँच वर्षमा यो अझै बढेर जानेछ। मानिसहरू कांग्रेस-कम्युनिष्ट कम, मानिस ज्यादा हुनेछन्।








स्थानीय चुनावको सन्देशः प्रतिगामी ‘वैकल्पिक शक्ति’ लाई झापड
बालेनलाई भोट किन दिएको?
धरानवासीले किन पत्याए हर्क साम्पाङलाई?

News: May 20

बालेन लोकप्रियताको अर्थ बालेन त्यति बाचाल पनि हुन चाहेनन्, चर्को स्वरमा पनि बोलेनन् । पार्टीका उम्मेदवारहरूले जस्तो अरुलाई बिझाउने कुरा पनि गरेनन् । समग्रमा उनले आफूलाई कालो चस्मा भित्रै लुकाई राखे । .......

काठमाडौं महानगरपालिकाको मेयर पदको लागि बालेनले प्राप्त गरेको सुररुवाती मतको भित्री कारण पर्गेल्न नसकेर धेरै राजनीतिक पण्डितहरू यतिखेर 'हाइवरनेसन’ मा छन् भनिन्छ ।

धेरैको चुनावी आकलन र विश्लेषणले पनि अन्तर्निहित सत्यको पहलुलाई खुट्याउन सकेको छैन। ............ बालेन एक प्रवृत्ति हो र यस्तो प्रवृत्ति खास–खास समयमा खास–खास सन्दर्भमा उदाउँछ। ...... राजनीतिक मूलधारका दलहरूले अनदेखा गरेको आधुनिक युवापुस्ता र तिनीहरू रम्ने–रमाउने 'साइबर संसार’ (सोसल मिडिया, सञ्जालीय गतिविधि र मतदातासँगको 'कनेक्टिभिटी') र त्यसमार्फत देखा पर्दै गरेको पुस्तागत एकतालाई पनि यस्ता परिचर्चाभित्र जोड्नु वाञ्छनीय नै हुन्छ। ........ हाम्रोतिर उनी भोट माग्न पनि आएनन्। उनको तर्फबाट अरू कोही माइक फुक्दै पनि आएन। हाम्रो टोलतिर मूलधारका दलको राम्रै बर्चस्व छ, जुन बालेनका निम्ति ठूलो व्यवधान थियो। त्यसलाई चिर्ने उनले प्रयास नै गरेनन्। ......... तर मत खसाल्ने दिनसम्म आइपुग्दा हाम्रो घरभित्र बालेनको जबरजस्त क्रेज पसिसकेको थियो र त्यो निकै दबाबमूलक थियो। बालेन क्रेज मूलत: मिडिया सिर्जित थियो। मिडियाले खास–खास समयमा उसले रुचाएका (वा भनौं मिडिया अपील भएका) खास–खास व्यक्तिलाई यसरी प्रस्तुत गरिदिन्छ कि त्यो व्यक्ति वास्तवमै त्यस्तै छ भन्ने भान पर्छ जनसाधारणमा । र, त्यो वास्तविक जस्तै लाग्छ। यसो भनौं, बालेनले प्रत्यक्ष र सामूहिक भेटघाटको मूलढोकाबाट भन्दा मिडिया क्रेजको जस्केलाबाट मतदाताको घरसम्म पुग्ने चुनावी रणनीति अख्तियार गरे। ........... कुनै पनि सम्भावित विवादभन्दा माथि रहने चुनावी रणनीति लिएको बुझ्न सकिन्छ। ....... पार्टीका उम्मेदवारहरूले जस्तो अरुलाई बिझाउने कुरा पनि गरेनन्। .......

राजनीतिक दलको विकल्प राजनीतिक दल नै हो, स्वतन्त्र उम्मेदवार होइन

......... यसपटकको चुनावमा काठमाडौं महानगरपालिकामा कम्तिमा २० हजार बढी मतदाता १८ वर्ष पूरा गरी पहिलोपटक मताधिकार प्रयोग गर्ने अवस्थामा पुगेका थिए । उनीहरूलाई बालेनको क्रेजले झ्याप्पै आकर्षित गर्‍यो। ...... युवा मतदाताको ठूलो पंक्ति २०४० सालपछि जन्मिएको हो। त्यो युवा पंक्तिको मेमोरी (समझ) मा २०४७ सालको राजनीतिक परिवर्तन त्यति गढिलो छैन। त्यसपछिका राजनीतिक ऊहापोहले उनीहरूलाई खासै आकर्षित गरेकै छैन। उनीहरू सिद्धान्तभन्दा 'पर्फर्मेन्स’ र सेवा प्रवाहमा शीघ्रता तथा सुधारको अपेक्षा गर्छन्। राजनीतिक दलका पुराना नेताकार्यकर्तालाई उनीहरूको ऐतिहासिक त्याग–समर्पण वापत यतिखेर पुरस्कृत गर्ने कुरामा पनि उनीहरू सहमत हुँदैनन्। .......... कुनै खास राजनीतिक दलको अनुशासन र सीमाभित्र बसेर वैचारिक धारको राजनीति गर्ने कुरा उनीहरूको रुचिभित्र पर्दैन। त्यो धैर्य उनीहरूमा छैन। परम्परागत राजनीतिको भाषामा भनिने 'पूर्णकालीन कार्यकर्ता’ हुने रहर पनि उनीहरूमा छैन। एउटा खुट्टा पेशामा टेकेर आंशिक र मौसमी राजनीति गर्ने वा सुधारमुखी हस्तक्षेपको राजनीति गर्ने प्रवृत्ति उनीहरूको व्यवहारमा प्रकट हुन्छ उनीहरूको राजनीतिले जनतासँग प्रत्यक्ष संवाद पनि गर्दैन। मिडियाको भरपूर उपयोग, सामाजिक सञ्जालको व्यापक प्रयोग र फरक भाषामा वैकल्पिक राजनीतिको दाबी गर्छ। .......... प्रयोगको राजनीतिमा जोडिन चाहेको यो पुस्ता बरोबर माइतीघर मण्डलामा जम्मा हुन्छ । तर मण्डलाको भौतिक र राजनीतिक ‘स्पेस’ कसले तयार गरिदियो भन्ने कुरालाई उनीहरूकै भाषामा भन्नुपर्दा 'बालै’ दिँदैन । ....... दिमागमा असन्तोषको शब्दकोश, हातमा स्मार्टफोनमार्फत् संसारभरको सूचना र वैश्विक ’एक्सपोजर’ लिएर सञ्जालीय सम्बन्धमार्फत् यो पुस्ता राजनीतिमा हस्तक्षेप गर्ने तहसम्म पुगेको छ,उनीहरूमा जनतासँग खुल्लम–खुल्ला संवाद र अन्तरक्रिया गर्ने 'कन्फिडेन्स’ विकास होला/नहोला हेर्न बाँकी छ ।




बालेन जित्दाको असर अहिले सम्मको मत परिणामको गति हेर्दा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र उर्फ बालेन साहको जित निश्चित जस्तो देखिन्छ । ....... उनको जितको बढ्दो सम्भावनाले सिण्डिकेट मानसिकता बोकेकाहरूमा अहिले नै देखिएको छटपटी, निदान हुन नसक्ने पीडा र काबु बाहिरको स्थितिको बोधको त्रासदी लोकतन्त्रको निमित्त गम्भीर ध्यानाकर्षणको विषय भएको छ । ........ राष्ट्रियता र लोकतन्त्रका मसिहा भनिने महान अभियन्ताहरूले गहिराईको मापन पनि बालेन जित उन्मुख प्रकरणले स्पष्ट देखिन थालेको छ । ........ बालेन युवाहरूको समर्थनले जित हासिल गर्दैछन् । ...... तराई–मधेसको संघर्षले संघीयता र तीन तहको सरकार हामीले पाएका छौं । भ्रष्टाचार र तमाम विकृतिका बावजुद यसले गर्दा ग्रामीण क्षेत्रमा विगत ४÷५ वर्षमा आएको परिर्र्तनले मुलुकलाई नयाँ दिशा प्रदान गरेको छ । ........ नेपालको मूलधारीय राजनीतिबाटै तालिम पाएका तराई–मधेसका नेताहरू मधेसको महान एजेन्डा बोक्न सकेनन् । स्वार्थ, पैसा र ईशाराले परिचालित भए । ...... काठमाडाैं महानगरपालिकामा बालेनको उम्मेदवारी तथा त्यसले उठाएको तरंगले, त्यहाँ ल्याएको नयाँ सोच र जोशले तथा राजनीतिमा सिण्डिकेट मानसिकतामाथि गरेको चोटले निश्चय नै नयाँ नयाँ आयामहरू थपिनेछन् । काठमाडौंमा अब को रैथाने र को बाहिरिया ? ....... स्थानीय सरकारको सफल सञ्चालन भनेको स्थानीय विशिष्टताको संरक्षण, स्थानीय आवश्यकता र समस्याको पहिचान एवं समाधान तथा प्रदेश, संघ एवं विश्वसँग समन्वयका आयामहरू हुन् । ........ जनकपुरका मनोज साह, धनगढीका गोपाल हमाल, बर्दिवासका प्रह्लाद क्षेत्री वा धुलिखेलको विदुर बस्नेतको जस्तो होइन, काठमाडौंमा बालेन्द्र साहको उम्मेदवारी । अरुहरुको हकमा दलीय अन्तर्घात, आन्तरिक लोकतन्त्रको चरम अभाव, भ्रष्टाचारको लोभिँदो अवसर र दलहरूमा उम्मेदवारी खरीद बिक्रीको कारणले उत्पन्न परिस्थितिको परिणाम हो । ........... स्थानीय तहको उम्मेदवार हुन विचारलाई हुत्याउँदै आयाराम गयाराम हुनेहरू र जनतालाई तरकारी बजारको सागपात ठान्ने, अवाञ्छित तरिकाबाट धनोपार्जन गरी उपप्लावित राशीले मानसम्मान किन्न खोजी गर्ने, कालो धनलाई सेतो बनाउनेहरूलाई निश्चय नै यो चोटिलो प्रहार पनि हो । यसका साथै यस उम्मेदवारीले राजधानीमा उत्पन्न वर्तमान लहरले काठमाडौंमा बसेर देशको सत्ता, सञ्चार, श्रोत र धेरै हदसम्म कूटनीतिक गतिविधि समेतमा पकड राख्नेहरूलाई चुनौती दिएको पनि हो । बालेन्द्र साह र उनका पछाडि पृष्ठभूमिमा रहेका युवाहरू यसका लागि निश्चय नै साधुवादका पात्र हुन् । ....... बालेन साहप्रतिको मतदाताको आकर्षणलाई वर्तमानमा राष्ट्रिय राजनीतिमा क्रियाशील दलहरू, तिनको नेतृत्व र आचरणप्रति जनताको मोहभङ्गले गर्दा असन्तुष्टिको मत प्रदर्शित भएको भन्ने टिप्पणी वास्तवमा सिण्डिकेट मानसिकताकै पालिस गरिएको पूर्वाग्राही टिप्पणी हो ।

यसलाई असन्तुष्टिको मत भन्दा पनि वर्तमानको सोच र दिशाको मत किन न भन्ने ?

......... बालेनलाई आउँदै गरेको मत भागबण्डा, राजनीतिक खरीद–बिक्री, नातावादी चरम सोच, राजनीतिक दलहरूमा रहेको जमिन्दारी प्रथा र आन्तरिक लोकतन्त्रको चरम अभावसहित हरेक किसिमको वर्चस्वको विरोधको मत हो । साथै, विविधताको सम्मान, स्वच्छता र पारदर्शिताको माग हो । यो गणतन्त्र र संघीय संरचनाको पक्षमा त्यसको संस्थायीकरण र संविधान तथा कानूनहरूमा समुचित सुधारको माग पनि हो । सबैभन्दा महत्वपूर्ण कुरो सिण्डीकेटको पञ्जाबाट मुक्तिको निमित्त चक्रव्यूह तोड्ने अभिमन्यूको उर्जाले युवाहरूले देखाएको यो समुचित बाटो हो । .......... कोर एरियाबाट आफूहरुलाई अधिक भोट आउने केशव स्थापित र सिर्जना सिंहको आशामा तुषारापात छाउँदै छ । अहिले भोटमार्फत् काठमाडौंका मतदाताहरूले जुन भावनाको उद्घोष गरिरहेका छन्, त्यसको परिपालनको सम्पूर्ण प्रयास र निरन्तरता नै यस जितको उपलब्धिपूर्ण असर हुनेछ । ........... स्थानीय समस्याहरूको पहिचान र त्यसको सर्वोत्तम समाधान, स्थानीय भाषा, संस्कृति, विविधताको संरक्षण, लोकतन्त्रको रक्षा । पारदर्शिता र सार्वजनिक रकमको सम्मानपूर्ण सदुपयोगको निमित्त पारदर्शी उदाहरणीय कार्य प्रणाली । संघ–प्रदेश–महानगरबीच नमूना समन्वय, उपभोक्ताको हित संरक्षण, स्वच्छ व्यापारको अनुकूलको वातावरण निर्माण । शैक्षिक र स्वास्थ्य क्षेत्रमा नाफामुखी भन्दा कम लागतमा गुणात्मक सेवा भावको विकास




जर्ज डब्लू बुसले जब इराक युद्धलाई ‘बर्बर’ र ‘अन्यायपूर्ण’ भने‍... बुसले लगतै आफूलाई सच्चाउदै ‘युक्रेनमाथिको रुसी आक्रमण भन्ने खोजेको’ भनेका थिए । सम्बोधनमा बुसले रुसी प्रणालीको कमजोरी र युक्रेन युद्धमा त्यसको सम्बन्धबारे बोल्दै भनेका थिए,‘ रुसमा नियन्त्रण र सन्तुलनको प्रणाली नुहदाँ एक जना व्यक्तिले इराकमाथि पूर्णत बर्बर र अन्यायपूर्ण आक्रमण घोषणा गर्न सके ।’ गल्ती बोलेको महसुस भएपछि लगतै बुसले ‘मेरो मतलब, युक्रेनमाथि’ भनेर आफ्नो भनाई सच्याउने प्रयास गरेका थिए । ...... बुसले बुढ्यौलीको कारण यस्तो गल्ती भएको ठट्टा गरे । ..... वर्षौं लम्बिएको इराक युद्धमा लाखौं मानिसको मृत्यु भयो भने त्योभन्दा धेरै विस्थापित भएका थिए । बुसले भुलवस भनेका भनाई समाजिक संजालमा भाइरल बनेको छ । डलास न्युजका एक रिपोर्टरले हालेको बुसको सानो भिडियोलाई मात्रै ३० लाख पटक हेरिएको छ।

पालिका प्रमुखमा जनमतको पहिलो जीत डा.सीके राउत नेतृत्वको जनमत पार्टीले पालिका प्रमुखमा खाता खोलेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा जनमतले जीत हासिल गरेको हो ।

बलान–बिहुल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा जनमतको जीत डा.सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरी जिल्लाको बलान–बिहुल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जीत हासिल गरेको छ । डा.राउतको गृहजिल्लासमेत रहेको सप्तरीमा बलान–बिहुलसँगै हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीले यसअघि नै विजयी भइसकेको छ । बलान–विहुल गाउँपालिकाको अध्यक्षमा जनमतका खेमचन्द्र यादव २९९४ मतसहित निर्वाचित भएका हुन् ।

स्थानीय निर्वाचनमा चरम–धाँधली र सत्ताको दुरुपयोग : जनमत पार्टी (विज्ञप्तिसहित) जनमत पार्टीले स्थानीय निर्वाचन २०७९ पूर्णतः धाँधलीपूर्ण रहेको तथा जनमत पार्टीलाई सत्ता गठबन्धन र स्थानीय प्रशासनले निषेध गरिएको निष्कर्ष निकालेको हो ।





एमालेलाई हराउन मतगणनामा धाँधली भएको महासेठको आरोप रघुवीर महासेठले मतदान शान्तिपुर्ण भएपनि मतगणनामा शान्तिपुर्ण धांधली भएको आरोप लगाएका छन । ....... निर्वाचनमा प्रहरीको भूमिका राम्रो रहेपनि मतगणनामा निर्वाचन अधिकृतहरुले सत्ता गठबन्धनलाई जिताउन शान्तिपुर्ण धांधली गरिरहेको आरोप लगाए । ....... महासेठले निर्वाचन सम्बन्धी नेपालको इतिहासमै कहिले नभएको निर्णयहरु यस पटक भएको आरोप लगाउंदै भने सत्तारुढ गठबन्धनले एमालेलाई हराउन खसेको मतपत्रभन्दा पनि बढी मत फेला परेपनि त्यसलाई सदर गिन्ती गर्ने लगायतका निर्णय गरेर निर्वाचन अधिकृतहरु कहाँ परिपत्र पठाइएको आरोप समेत लगाए । ....... मधेस प्रदेशका धनुषा, सर्लाही, रौतहट, महोत्तरी, पर्सा, सिरहा र सप्तरी सहितका अधिकांश जिल्लामा मतपेटिका भित्र बढी मतपत्र भेटिनु, कांग्रेसका लागि रि काउन्टीन गर्नु र अन्य दलले रि काउन्टीन मांग गर्दा नगर्नु लगायतका क्रियाकलापले सत्ता गठबन्धनका प्रमुख दल काँग्रेसलाई जिताउन षडयन्त्र भइरहेको उनले भने । ........ महासेठले भने रौतहटमा एमाले पक्षका १२ मतदान केन्द्रमा मतदान रद्द गराउनु, सर्लाहीको कडौना धनकौल, बागमती, बलरा र बरहथवामा एमाले कार्यकर्तामाथि आक्रमण गरी बुथ कब्जा गर्नु धनुषाको धनौजी, क्षिरेश्वरनाथ र मिथिला बिहारी सहितका पालिकामा खसेको भन्दा बढी मत भेटिनु भनेको एमालेलाई हराउन सत्तारुढ गठबन्धन दलबाट धांधली भएको हो । ........ सत्ताको दुरुपयोग गरी कांग्रेसले एमालेबाट धनगढी नगरपालिकाका जितिसकेको घोषणा भइसकेका उम्मेदवार हराएर आफ्ना उम्मेदवारलाई जिताउनु, जित्न लागेका एमालेका उम्मेदवारहरुलाई १०÷१० मतको मतान्तरले जबरदस्ती हराउनु लगायतका क्रियाकलाप अनुचित रहेको भन्दै मतपत्र बढी भेटिएका कारण हिजो मंगलवार बिहानैदेखि स्थगित गरिएको मतगणना सुचारु गर्न मांग गरे ।

धनुषाको १८ मध्ये १० पालिकाको नतिजा यस्तो आयो, कांग्रेसको दबदबा र अग्रता एक उपमहानगर, ११ नगर र ६ गाँउपालिका रहेको धनुषाको अहिले सम्मको ९ पालिकाको नतिजा अनुसार कांग्रेस ५, एमाले २ र जसपा ३ पालिका जितेको छ ।

Thursday, May 19, 2022

बालेनको मत ठूला राजनीतिक दलकालागि खतराको घण्टी होः एमाले सांसद एवं सचिव योगश भट्टराई



We’re in the Midst of an Unprecedented Democratic Effort. Let’s Stop Messing it Up we need to start working harder to bridge societal divides. ...... According to Freedom House’s 2021 ‘Freedom in the World’ report, the world has entered the 16th year of a democratic recession, and the international balance has shifted in favor of tyranny. ....... We’ve come to take it for granted that in relatively affluent countries like the US, Australia, Germany, or Japan, democracy will always be the chosen system of government and is unlikely to come under serious threat. “I started worrying about whether that was really true, because I saw all these signs of fading democratic values,” Mounk said. “People participating less in civil society, the extremes rising, people being more open to populist leaders.” Take Trump in the US, Bolsonaro in Brazil, Modhi in India, or López Obrador in Mexico, to name a few. ........... “But it also has to do with the fact that we’re trying to do something unprecedented right now,” he added.

“We’re trying to build religiously and ethnically diverse democracies that treat their members as equals.”

.......... When democracies like Germany and the US were founded, they were to a large degree religiously and ethnically homogeneous. The US has become more diverse, but it doesn’t have a history of treating different groups of citizens equally; one group got the power and influence while other groups were excluded. ........ building diverse democracies is extremely hard, and it’s gone wrong multiple times in history. ......... “If you understand that, you can look at the changes in US society over the last decade and have optimism,” he said. “Maybe not at a political level, but in the changes you see at the heart of our society. We are actually making real progress towards building these diverse democracies, and we’ll continue to build on that in the coming decades.” .......... Patel’s focus is on building civil society: athletic leagues, religious organizations or houses of worship, and other special interest or hobby groups where we spend time outside of our families. “Civil society is the place where people from diverse identities and divergent ideologies come together to engage in common aims and cooperative relationships,” Patel said. “This is the real genius of American society—you have a critical mass of institutions and spaces that bring people together for common aims, and the nature of the activity shapes cooperative relationships.” .........

Bringing people from different groups together to deepen trust and understanding is key.

......... we must manage it in a way that inspires cooperation and friendship rather than hatred, resentment, or violence. .......... He cited India as a thriving diverse democracy, but with periodic outbursts of violence between Hindus and Muslims. ......... in villages and cities where there’s less violence, there are more civic associations that unite people; Hindus and Muslims are both members of literature clubs, athletic clubs, volunteer organizations, etc. ........... In places where violence more frequently breaks out, these associations still exist, but they keep Hindus and Muslims separate. It’s no big surprise, then, that in moments when tensions are running high, the people in the first group of cities trust each other, while in the second, they don’t feel like they know each other. .......... “The rule of human history is that identity communities build institutions for their own identity communities to serve, grow, and reproduce them,” Patel said—and, when it comes down to it, to fight other communities. ......... A brilliance of diverse democracies, he added, is that groups can start institutions that are an expression of their identity—say, a Jesuit university or a Jewish volunteer organization—but serve people from any group. Patel’s own father, an Indian Muslim, came to the US to attend the MBA program at Notre Dame—a private Catholic university—and that’s why Patel is here today........... we’d better start working harder to get away from the polarized, divisive political culture we’re stuck in now. ............ “We’re at a moment in America where liberals and conservatives don’t agree on anything,” Mounk said. “But there’s one thing they agree on, and it’s wrong and dangerous: that’s the idea that demography is destiny.” In his opinion this is far too simplistic, because the way different demographics vote can change over time. ........... Catholics and Irish Americans were key for Democrats in the 1960s, Mounk said, but today are one of the most reliable voter bases for Republicans. What made Trump competitive in the 2020 election was that he significantly increased his share of voters among every non-white demographic, from African-American to Asian-American to Hispanic. Biden ultimately won because he increased his share of white voters relative to Hillary Clinton’s share from 2016. ............. Technology has done some damage to democracy, mainly through social media algorithms that amplify the most extreme voices at the expense of moderate, rational ones. ......... We see people using tech to solve issues like homelessness, pollution, climate change, and even making existing digital technologies more ethical. ........ “Never in history has a democracy succeeded in being both diverse and equal, treating members of many different ethnic or religious groups fairly, and yet achieving that goal is now central to the democratic project in countries around the world.”




He Might Be the Most Influential Director You’ve Never Heard Of Marty Callner made the first modern special, setting the template still in use. (He was also key to hair-metal videos. But that’s another story.) ......... Callner was raised by a single parent (his father left when he was 2) in Cincinnati, a midcentury television hub. He credits a 1969 trip on synthetic psilocybin for awakening his previously dormant creativity, started working an entry-level job in live local news and immediately fell in love. He hung around the Cincinnati station at all hours, sponging up shot composition and camera angles. When a director suddenly left one afternoon for a family emergency, Callner got his chance, moving on to direct commercials and Boston Celtics games including their championship season in 1974. His success led to two offers: to work for NBC Sports, a national behemoth, or for a relatively unknown new cable channel called HBO, where he would be able to shape its look and style (and direct live coverage of Wimbledon). Callner bet on the option where he could have more sway. It wouldn’t take long for this to pay off in his big break. ......... “That changed my life,” Callner said, adding that the article led HBO to sign him up for a series of specials that made the cable channel the central home for this nascent form. He directed the first specials of Robin Williams, Steve Martin and Carlin, who became a good friend and the best man at his wedding. Did Carlin give a speech? “I’m sure he did but I don’t even remember being there,” Callner said, smiling. “It was the 1980s.” ........... By the end of the decade, Callner had become bored with specials and excited by a flashier art form in its infancy at another young cable channel, MTV. ........ His first video, Twisted Sister’s “We’re Not Gonna Take it,” was a slapstick production that leaned on his comic background. In it, a boy (played by his son) sends his angry dad out the window thanks to the power of his declaration, “I want to rock!” (which was Callner’s voice dubbed in). This proved to be a major hit and led to directing jobs on hundreds more videos, including 18 with Aerosmith and four with Cher. It was Callner’s idea to put Cher on a cannon on a Navy ship in the video “If I Could Turn Back Time.” Asked why, he said, “It was phallic,” which is hard to argue with. ........ The secret auteur of the genre known as hair metal was his hairdresser wife of 40 years, Aleeza Callner, who blow-dried the heads of the members of Whitesnake, Poison, Kiss, the Scorpions — not to mention Sam Kinison and Jerry Seinfeld. ........ Asked if it ever bothers him that his work is so much better known than he is, he said what mattered to him was the final product. “I didn’t become a household name,” he said, in front of a beautiful view of the water, “but I did become the highest paid television director in Hollywood, and the reason is: I made people a lot of money.”