Showing posts with label ashok rai. Show all posts
Showing posts with label ashok rai. Show all posts

Tuesday, June 16, 2015

उपेन्द्र को नया पार्टी मा शंका गर्नु पर्ने एक बुंदा

उपेन्द्र यादव को नया पार्टीको मेनिफेस्टो मैले पढ़ें, त्यहाँ वाम एकता को कुरा छ। आफ्नो ठाउँमा राम्रै हो। तर एउटा बुंदा छ जुन सार्है नै गलत छ। राज्य सभामा प्रत्येक राज्यले बराबर संख्यामा सीट पाउने। त्यो उपेन्द्र ले नपढेको कि नबुझेको कि बुझ पचाएको? That is a departure from one person one vote democracy. त्यसले मधेस माथिको उपनिवेश लाई परमानेंट गर्छ, संस्थागत गर्छ। कि त पहाड़ तराई दुबै मा बराबर संख्या को राज्य हरु हुनुपर्यो। त्यस्तो अवस्थामा पनि कोचिला ले मिथिला लाई ठग्छ। तर उही सात अंचल टाइप नक्शा आयो भने राज्य सभामा एक जना पनि मधेसी नपुग्ने अथवा एक दुई जना वेदानन्द झा हरु आक्कल झुक्कल पुग्ने अवस्था को सिर्जना हुन्छ। पहाड़ी हरु का लागि लोकतंत्र, मधेसी हरु का लागि पंचायती व्यवस्था।

कुनै बिल प्रतिनिधि सभा मा पास भए पछि त्यो बिल राज्य सभामा पनि पास गर्नु पर्ने हुन्छ। राज्य सभा मा राज्य हरुको जनसंख्या समानुपातिक प्रतिनिधित्व छैन भने मधेसी हरुले प्रतिनिधि सभा मा जति सुकै उछलकूद गरे पनि केही लाग्दैन।
अहिलेको अवस्थामा मधेसी हरुले सबै भन्दा बढ़ी शंका गर्नु पर्ने कुरा नै राज्य सभाको बनौट हो। त्यहाँ त उपेन्द्र यादव मजा सँग चुकेको छ।

उपेन्द्र यादव फेरि ठगिन लागेको हो?
दुई गाउँ को कथा
१० बढ़ी पार्टी एकीकरण गर
१% थ्रेसहोल्ड

भारत मा जस्तै राज्य सभामा राज्यहरुको जनसंख्या समानुपातिक प्रतिनिधित्व हुनुपर्छ ----- that is what one person one vote democracy means.


Monday, June 15, 2015

एकीकृत पार्टीमा सीके राउत का लागि ठाउँ



पार्टी भित्र सबै को विचार एउटै हुनुपर्छ भन्ने छैन। विचार बहुमत मा नपुगेसम्म त्यो आधिकारिक नीति नबनला -- त्यो अर्को कुरा हो। तर लोकतान्त्रिक देशमा लोकतान्त्रिक पार्टी मा फरक मत र फरक विचार सामान्य कुरा हो।

काँग्रेस को संवैधानिक राजतन्त्रको रटान कायम नै रहँदा गगन थापा ले गणतंत्र भनेको। उसले गिरिजा लाई मात्र होइन गिरिजा को बाप बीपी कोइराला लाई चैलेंज गरेको। गणतंत्र भनेको माओवादी पनि थियो तर माओवादी जंगल मा लुकेर बसेको थियो, माओवादी को हातमा बन्दुक थियो। गगन सँग बन्दुक थिएन, गगन खुला सड़कमा थियो।

पहिला गगन एक्लो थियो। पछि सारा पार्टी गणतन्त्रमा आयो। एउटा लोकतान्त्रिक पार्टीको वैचारिक विकास हुने यसरी हो। कुनै देशको राजनैतिक वैचारिक विकास हुने यसरी नै हो। त्यसैले थ्रेसहोल्ड ३% होइन १% हुनुपर्छ भनेको। कहिले काहिं यस्तो हुन्छ देशका यथावट पार्टी हरु भित्र पसेर तिनलाई चैलेंज गर्न गार्हो हुन्छ। अनि नया पार्टी खोल्नु पर्ने एक मात्र उपाय बाँकी रहन्छ। अरविन्द केजरीवाल कांग्रेस अथवा भाजपा मा पस्न सक्ने अवस्था थिएन। तर AAP ले भारतीय लोकतन्त्रमा एउटा नया ऊर्जा प्रदान गरेको छ।

मैले मधेसी समुदाय का लागि समानता चाहेको। नेपाल भित्र त्यो संभव छ भने ठीक छ होइन भने देश दुई टुकड़ा गर्ने, मधेसी समुदाय लाई अनंत काल सम्म भुल भुलैया मा नराख्ने। तर मेरो लागि मधेस अलग देश अंतिम अस्त्र हो। Nuclear Option. किनभने कुनै पनि राज्य (state) को काम नै जनताको जीवन स्तर उकास्ने हो। Political and economic unions are a good thing. Large markets create more opportunities for the participating peoples. चीन एउटा होइन १० वटा देश हुँदो हो त उसले गरेको प्रगति शायद गर्ने थिएन। म दक्षिण एशिया को आर्थिक एकीकरण चाहेको मान्छे।

One person one vote democracy and federalism are sufficient to right the historic wrongs against the Madhesi community. तर त्यसै लोकतंत्र र संघीयता मा बेइमानी हुन्छ भने मरता क्या न करता --- देश टुट्छ। अहिलेसम्म एक नभएर बसेको देश ---- मधेसी लाई integrate गर्न नसकेको देश।

सीके राउत को स्वतंत्र मधेस गठबंधन (Alliance for Independent Madhesh) मा सबै मधेसी पार्टी का मानिस छन। Madhesi Empowerment को एजेंडा मा मधेसी पार्टी हरुको एकीकरण केंद्रविंदु नै हो। मंजिल एक और राही २१५ फिर प्यार कैसे न हो हुनुपर्ने, प्यार चाहिं भएको छैन। नील आर्मस्ट्रांग चन्द्रमा पुग्न सजिलो, मधेसी पार्टी हरु एकीकरण गर्न गार्हो।

एकीकृत पार्टी मा उपाध्यक्ष पद लिने गरी, आफ्नो फरक मत कायम राख्ने गरी, सीके राउत पनि एकीकृत पार्टी मा नै समाहित हुनु राम्रो हुन्छ कि?

एकीकृत पार्टीमा सीके राउत का लागि ठाउँ छ त?

तर सीके राउत एकीकृत पार्टी मा पस्ने तर त्यो एकीकृत पार्टी ले आफ्नो आय व्यय १००% पारदर्शी (AAP जस्तो) नबनाउने हो भने फेरि त्यो पार्टी मा पसेर काम छैन।



उपेन्द्र यादव अध्यक्ष
महन्थ ठाकुर र राजेन्द्र महतो लाई प्रेसर पर्यो
देश तोड्ने कुरा
माओ र मोदी
अमरेश
प्रदेश सभामा दुई तिहाई का लागि आवश्यक ध्रुवीकरण
राम सीता को विवाह र नेपालमा नागरिकता को सवाल
उपेन्द्र यादव फेरि ठगिन लागेको हो?
दुई गाउँ को कथा
१० बढ़ी पार्टी एकीकरण गर
१% थ्रेसहोल्ड

मधेशी प्रश्नलाई हेर्ने दृष्टिकोणबारे
डा. बाबुराम भट्टराईले मधेश समस्या मूलतः आन्तरिक उपनिवेशका कारण जन्मिएको विश्लेषण गरेका थिए । ..... देशको झण्डै आधा जनसंख्या बसोवास गर्ने र दुई तिहाइ आर्थिक योगदान गर्ने तर केन्द्रीय राज्यका अंगहरूमा दस प्रतिशतभन्दा पनि कम सहभागिता र पहुँच हुने मधेशी राष्ट्रजाति (nation/nationality) ..... नेपाली इतिहासमा पहिलो पटक आत्मनिर्णयको अधिकारको आम नीति र स्वायत्त शासनको ठोस कार्यक्रम ..... नेपालमा पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरूले पनि केन्द्रीय सामन्ती राज्यसत्ता निर्माण गर्ने क्रममा खस पहाडिया जाति अहंकारवाद र ब्राम्हणवादी हिन्दु धार्मिक र कट्टरवादको सहारा लिएका थिए । विडम्बनाको कुरा चाहिँ के हो भने त्यो कतिपय औपनिवेशिक र साम्राज्यवादी उत्पीडनको विरोध गर्नेहरूमध्येकै अन्तर्राष्ट्रिय रुपमा बिन लादेनजस्ताहरू र नेपालमा गोरेबहादुर खपाङ्गीजस्ताहरू सही दृष्टिकोणको अभावमा दुश्मनको जस्तो अन्ध–जातिवादी र धार्मिक कट्टरपन्थी हतियार बोकेर अन्ततः दुश्मनकै हातमा खेलौना बन्न पुगेका छन् । पूर्व युगोस्लाभिया, प्यालेस्टाइन, चेचेन्या आदिका जातीय\राष्ट्रिय मुक्ति आन्दोलनहरू त्यसरी नै संकटको गोलचक्करमा फसिरहेछन् । ........ तैह्रौं–चौधौं शताब्दीसम्म अहिलेको कमजोर मंगोलिया विश्व महाशक्ति थियो, जसको साम्राज्य भू–मध्यसागरबाट प्रशान्त महासागरसम्म फैलिएको थियो । ...... नेपालकै कुरा गर्दा पच्चीस सय वर्ष पहिले काठमाडौं उपत्यकामा गोपालवंशी वा गोठाले सभ्यता हुँदा मधेशको कपिलवस्तुमा गौतम बुद्ध र मिथिलामा याज्ञवल्क्य आदि जन्मिसकेका थिए । त्यसरी नै मधेशीहरू जन्मजात कमजोर र कायर हुने भए तेह्रौं शताब्दीको अन्त्य र चौधौं शताब्दीको सुरुमा कैयौं वर्षसम्म काठमाडौं उपत्यका सिम्रौनगढ (हालको बारा जिल्ला) मा राजधानी भएको मधिशे राज्यको कब्जामा हुने थिएन । स्मरण रहोस्, त्यतिबेला काठमाडौं उपत्यका विजय गर्ने र त्यसका मुख्य प्रशासक सिम्रौनगढका मधेशी मन्त्री चण्डेश्वर ठाकुर थिए ....... त्यो प्राक्–पुँजीवादी (pre-capitalist) कालमा राज्यको स्वरुप विभिन्न जातिहरूको बन्दी–गृहको रुपमा पिरामिडको आकारको पिँजडाजस्तो हुन्छ, जसको शीरमा बादशाह वा महाराजा हुन्छ र ऊभन्दा तल क्रमशः राजा–रजौटा, भारदार, सामन्त, जमिन्दार\जमिदार\मुखिया\चौधरी, इजारेदार, बिर्तावाल, जागीरदार आदि हुँदै पिँधमा दास वा अर्ध–दास किसान हुन्छन् । साथै त्यहाँ राज्यविस्तारको मुख्य औचित्य खेतीयोग्य भूमि कब्जा गर्नु र सहायक रुपमा व्यापारिक नाका र केन्द्रहरू कब्जामा लिनु हुन्छ । ...... नेपालकै सन्दर्भमा हेर्ने हो भने गोरखाली राजा पृथ्वीनारायण शाहको मुख्यतः उब्जाऊ भूमि र काठमाडौं हुँदै तिब्बतसम्मको व्यापारिक नाका कब्जा गर्ने भौतिक उत्प्रेरणाले नै राज्यविस्तार अभियान चलाएका थिए र त्यस क्रममा यस भू–भागलाई क्रिस्तान अग्रेजहरूबाट बचाएर ‘असली हिन्दूस्ताना’ बनाउने धार्मिक नारा दिएका थिए । उनले आफ्नो ‘दिव्य उपदेश’मा उल्लेख गरेझैं बनारस र ससुराली मकवानपुर जाने आउने क्रममा मधेश र काठमाडौं उपत्यकाको वैभव देखेर लोभिएका हुनाले नै उनले ती राज्यहरूमाथि आक्रमण गरेका थिए । ...... यसरी ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट हेर्दा पृथ्वीनारायण शाहको नेतृत्वमा बनेको केन्द्रीय सामन्ती राज्यसत्ता कुनै राष्ट्रिय राज्यको अवधारणाअन्तर्गत बनेको थिएन र तत्कालीन नेपालको ऐतिहासिक सापेक्षतामा त्यो सम्भव पनि थिएन । यहाँनेर बुझ्नुपर्ने मुख्य कुरा के हो भने नेपालकै इतिहासले पुष्टि गरे अनुसार पनि कुनै जाति जन्मजात श्रेष्ठ र बलियो अनि अरु जाति तल्लो र कमजोर हुँदैनन् । खालि समाज विकासका क्रममा फेरिँदै जाने उत्पादन प्रणालीअनुसार कुनै बेला कुनै जाति र क्षेत्रको शासकवर्ग बलियो र अर्को बेला अर्को जाति र क्षेत्रको शासकवर्ग बलियो भएर अरु जाति र वर्गमाथि हैकम चलाउने मात्र हुन्छ । उदाहरणको निम्ति मानवजातिको सुरुको घुमन्ते शिकारी जीवन छोडेर पशुपालनको युग सुरु भएपछि ठूलो घाँसे मैदान आसपास बस्ने जातिहरू बढी विकसित र सभ्य देखिए अनि ठूला घोडा पाल्न सक्नेहरू युद्धकौशलमा पनि अगाडि भए खेतिपातीमा आधारित दास र सामन्ती युगमा ऊर्वरा मैदान र सिँचाइयोग्य नदी किनारका आसपास बस्ने जातिहरू बढी विकसित र बलिया देखिए । ....... जहाँसम्म सापेक्ष रूपले गरिब र पिछडिएका गोरखालीहरूले सापेक्ष रूपले सम्पन्न र सभ्य काठमाडौं उपत्यका र मधेशमाथि कसरी कब्जा जमाउन सके भने कुरा छ– इतिहास अकसर र खासगरी सामन्तवादी युगमा के देखिन्छ भने बढी सम्पन्न ठाउँको शासकवर्ग भोगविलास र ऐशआराममा डुबेर उसले आफ्नो लडाकु क्षमता गुमाएको हुन्छ वा उससँग लड्नैपर्ने भौतिक उत्प्रेरणा त्यति हुन्न, जबकि गरिब र पिछडिएको ठाउँमा बस्नेहरू उन्नत जीवनको निम्ति र नयाँ साधनस्रोत कब्जा गर्न ज्यान छोडेर लड्न उद्यत हुन्छन् र लडाइँमा विजयी हुन्छन् । ..... युरोपको इतिहासमा शक्तिशाली रोम साम्राज्य उत्तरका कथित ‘बर्बर’हरूको आक्रमणमा पराजित भएको थियो भने नेपालको सन्दर्भमा पनि त्यसरी नै गोरखालीहरूबाट काठमाडौं उपत्यकावासीहरू र मधेशीहरू पराजित भएका छन् । ....... अब नयाँ नयाँ उत्पादक शक्ति र उत्पादन सम्बन्ध जन्म भएको छ र परिणामस्वरुप देशको उल्लेख्य मात्रामा जातीय र क्षेत्रीय चेतनाको विकास भएको छ । यो चेतना भनेको मूल रुपमा पुँजीवादी चेतना नै हो । खासगरी भारतको रेलमार्गसँग जोडिएको इलाका हुनाले सापेक्ष रुपमा मधेशमा पुँजीवादको विकास र पुँजीवादी चेतनाको विस्तार पनि अन्यत्रभन्दा बढी हुनु स्वाभाविक छ । ...... मधेशको भाषामा विविधता भए पनि प्रायः सबै भारोपेली मूलका हुनाले अन्ततः त्यहाँ साझा भाषाको कुनै समस्या नपर्ने निश्चित छ । ..... पछि ठूलो पैमानाको पुँजीवादको विकासको निम्ति त्यही जातीय राज्य साँगुरो हुन थाल्दछ र त्यसले जातीय सीमा तोडेर ठूलो बजारमा फैलिने माग गर्दछ । त्यसैले जातीय राज्यको माग एउटा ऐतिहासिक चरणमा प्रगतिशील भए पनि अर्को ऐतिहासिक चरणमा त्यो प्रतिगामी हुने कुरालाई सर्वहारावादी अन्तर्राष्ट्रवादीहरूले बेलैमा हेक्का राख्नुपर्दछ । अन्यथा सबै वर्ग, जाति, क्षेत्र र लिंगको मुक्तिको निम्ति लड्ने सर्वहारा क्रान्तिकारीहरू अन्ध–जातिवादमा फस्ने र पुँजीवादी चरणभन्दा अघि बढ्न नसक्ने खतरा रहनेछ । ...... ने.क.पा. (माओवादी) ले मधेशीलगायत सबै उत्पीडित जातिहरूको समस्यालाई आत्म–निर्णयको अधिकार र स्वायत्त शासनको कार्यक्रमअन्तर्गत हल गर्ने नीति तय गरेको छ । कतिपयले प्रतिक्रियावादी र अवसरवादी कोणबाट यो नीतिले देशलाई टुक्राटुक्रा पारेर सिध्याउन सक्छ भने तर्क गरेका छन् भने अन्य कतिपयले संकीर्ण जातिवादी कोणबाट आत्म–निर्णयको अधिकारलाई छुट्टै राज्य गठन गर्ने अधिकारसम्म विस्तारित गर्न नचाहेको हो कि भन्ने आशंका पनि गरेका छन् । हाम्रो पार्टी यी दुवै विपरीत कोणका तर्क र आशंकासँग सहमत छैन र हाम्रो घोषित नीति वैज्ञानिक र नेपालको ठोस विशेषताअनुरुप छ भन्ने कुरामा पूर्ण विश्वस्त छ । ...... सच्चा मालेमावादी क्रान्तिकारीहरूको निम्ति ‘आत्म–निर्णयको अधिकार’ भनेको निःसर्त रुपमा छुट्टै राज्य गठन गर्ने वा छुट्टिने अधिकार नै हो । अझैं लेनिनको शब्दमा भन्नुपर्दा जातिहरूको आत्मनिर्णयको अधिकार भनेको “छुट्टिने प्रश्नलाई निर्णय गर्ने पूर्ण रुपले स्वतन्त्र र जनवादी तरिकाको संवैधानिक ग्यारेन्टी” (संकलित रचना, अंग्रेजी, भाग–१९, पे. ४२९) हो र सबै सच्चा सर्वहारावादी क्रान्तिकारीहरूले यसलाई त्यही रूपमा बुझ्नुपर्दछ । उत्पीडित जातिले चाहँदा वा आवश्यक पर्दा छुट्टिन पाउने अधिकार नहुने हो भने आत्म–निर्णयको अधिकार भन्नुको कुनै अर्थ र तुक नै रहँदैन । त्यसैले यसमा कोही पनि रौं जत्ति पनि द्विविधामा रहन जरुरी छैन । ...... जहाँसम्म आत्म–निर्णयको अधिकार दिएपछि देश टुक्रिन्छ भन्ने कुरा छ, हामी देश टुक्र्याउने पक्षमा पटक्कै छैनौं र त्यसरी देश टुक्रिन्छ भन्ने पनि ठान्दैनौं । बरु स्वतन्त्र रूपले छुट्टिने अधिकार नदिएर बलजफ्ती बाँधेर राख्न खोजेमा देश टुक्रिन सक्छ । सबै उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगको पूर्ण मुक्ति चाहने सर्वहारा क्रान्तिकारी भएको नाताले हामी मधेशलगायत सबै उत्पीडित जाति र क्षेत्रहरूबीच स्वैच्छिक वा स्वतन्त्र एकताको पक्षमा छौं । यदि छुट्टिने अधिकार नदिने हो भने स्वैच्छिक वा स्वतन्त्र एकता हुनै सक्दैन । त्यो त बाध्यात्मक र ससर्त एकता हुन्छ, जुन वास्तवमा एकता नै होइन । यसलाई प्रस्ट पार्दै लेनिन भन्नुहुन्छ– “हामी स्वतन्त्र एकीकरण चाहन्छौं, त्यसैले हामीले छुट्टिने अधिकारलाई मान्यता दिनुपर्छ । छुट्टिने स्वतन्त्रताबिना एकीकरणलाई स्वतन्त्र भन्नै सकिन्न (संकलित रचना, अंग्रेजी, भाग २६, पे. १७६) ।” छुट्टिने र एकीकृत हुने बीचको द्वन्द्वात्मक सम्बन्धलाई प्रस्ट पार्ने योभन्दा सटीक अभिव्यक्ति सायद अर्को हुन सक्दैन । ............ नेपालमा कुनै पनि जाति वा क्षेत्रको एक तिहाइभन्दा बढी हिस्सा नभएको बहुजातीय सन्दर्भमा चीनको जस्तो मूलतः एकात्मक (unitary) व्यवस्थाअन्तर्गतको क्षेत्रीय स्वायत्त भन्ने प्रश्नै उठ्दैन । त्यस हिसाबले एकीकृत राज्यको स्वरुप मूलतः संघात्मक (federal) हुने स्वतः स्पष्ट छ । ...... झण्डै अढाइ सय वर्षदेखि पहाडिया खस जातीय अहंकारवादमा आधारित केन्द्रीय सामन्ती सत्ताले मधेशमाथि विशेष निर्मम र दमनकारी शासन चलाउँदै आएकाले मधेशको उत्पीडन अरु पहाडिया उत्पीडित जाति र क्षेत्रहरूको भन्दा गम्भीर छ । खासगरी सम्पूर्ण मधेशे जातिलाई नै ‘भारतीय’ वा ‘विदेशी’ ठान्ने र गर्मी ठाउँमा बस्नेहरूको स्वाभाविक कालो वर्णको आधारमा झण्डै दक्षिण अफ्रिकामा जस्तो अघोषित प्रकारको ‘रंगभेद नीति’ (apartheid) अपनाउने पहाडिया शासकवर्गको अत्याचारपूर्ण र निकृष्ट आचरणले गर्दा मधेशीहरूमा गहिरो राष्ट्रिय अलगावको भावना (alienation) विकसित हुन पुगेको छ । ..... अर्कोतिर मधेशभित्रै मैदानी आर्य र अनार्य मूलका जाति र भाषा–भाषी बीचमा तथा मैदानी आर्यभित्रकै विभिन्न वर्णाश्रम जातहरू (castes) बीचमा ऐतिहासिक अन्तरविरोध रहने गरेको छ । त्यसलाई नेपाली र भारतीय दुवै शासकवर्गले गिजोल्याएर आप्mनो हितमा प्रयोग गर्ने प्रयत्न गर्दैै आएका छन् । यस क्रममा मूल रुपमा मैदानी आर्यहरूले बसोवास गर्ने मध्य र पूर्वी तराई तथा मूलतः अनार्यहरू, खासगरी थारुहरूले बसोबास गर्ने पश्चिमी तराई ........ मधेशी समस्या मुलरुपमा पहाडी खस जातीय अहंकारवादी सामन्ती शासकवर्गको आन्तरिक औपनिवेशिक नीतिका कारणले उत्पन्न भएको हो ..... आफूले गरेको बदमासीलाई ढाकछोप गर्न छिमेकीले उकासेर घरभित्र समस्या सिर्जना गर्यो भनेर कसैले भन्छ भने त्योभन्दा ठूलो बेइमानी अर्को हुनसक्दैन । ..... मधेशी जातीय मुक्तिका प्रश्न हल गर्नको निम्ति त्यसभित्र सल्बलाइरहेका थुप्रै वर्गीय, लिंगीय, जातपात, धार्मिक, भाषिक अन्तरविरोधहरूको पनि साथसाथै हल खोज्नु जरुरी छ । मधेश क्षेत्र नेपालको आर्थिक रुपले सबभन्दा साधन स्रोत सम्पन्न इलाका हुनाले त्यहाँको वर्गीय अन्तरविरोध अन्यत्र सबैतिरभन्दा बढी तीव्र र घनीभूत छ । देशको बीस प्रतिशतभन्दा कम भूभागमा साठी प्रतिशतभन्दा बढी खेतीयोग्य जमिन, वनसम्पदा, उद्योग कलकारखाना, व्यापारिक केन्द्र, सहरी जनसंख्या, यातायात र संचारका साधन आदि र झण्डै आधा जनसंख्या केन्द्रित भएकाले मधेश\तराईको वर्गीय सम्बन्ध र अन्तरविरोधले सम्पूर्ण देशकै गतिको नियमलाई निर्धारित गर्दछ । खासगरी ठूला सामन्त जमिन्दार र भूमिहीन तथा गरिब किसानबीचको अन्तरविरोध र दलाल तथा नोकरशाही पुँजीपति र आम जनताबीचको अन्तरविरोधले मधेशको सामाजिक विकासको गतिलाई निर्धारण गर्दछन् र तीमध्ये पनि ऐतिहासिक रुपले सामन्त जमिन्दार (जो क्रमशः दलाल तथा नोकरशाही पुँजीपतिमा परिणत हुँदैछन्) र भूमिहीन तथा गरिब किसानबीचको अन्तरविरोध नै मधेशको आन्तरिकरुपमा प्रधान अन्तरविरोध हो । ...... मधेशमा देशको अन्यत्र भूभागमा भन्दा धेरै लामो समयदेखि सामन्तवादले जरा गाड्दै आएको हुँदा त्यहाँको वर्णाश्रम व्यवस्था र जातपातको भेदभाव तथा महिलाहरूमाथिको उत्पीडन अत्यत्रभन्दा बढी जड, रुढ, निर्मम र घनीभूत छ । ..... जनसमुदाय र श्रमिक वर्गको अत्यन्त ठूलो तप्कामाथि हुँदै आएको छुवाछूत र अन्य जातपातको भेदभावको पूर्ण उन्मूलन नगरी र आधा जनसंख्या ओगट्ने महिलाहरूलाई घुम्टोप्रथा, बोक्सी–डायन आदि मध्ययुगीन सामन्ती बर्बरताबाट मुक्त नगरी मधेशी जातीय मुक्ति आन्दोलनले ऊर्जा प्राप्त गर्नै सक्दैन । यस अतिरिक्त मधेशमा खासगरी पूर्वको पर्सा, बारा र रौतहट, मध्यको कपिलबस्तु र पश्चिमको बाँकेमा ऐतिहासिक रुपले मुस्लिम धर्मावलम्बीहरूको ठूलो बसोवास छ र उनीहरू एकातिर पहाडिया हिन्दू ब्राम्हणवादी शासक वर्गबाट चरम धार्मिक उत्पीडन र भेदभावको स्थितिमा छन् भने अर्कोतिर हमेशा पाकिस्तानी आइएसआइको भूतबाट त्रसित भारतीय विस्तारवादी शासकवर्गद्वारा लाञ्छना र आक्रमणको तारो पनि बनेका छन् । उनिहरूलाई पूर्ण धर्मनिरपेक्षता, बराबरी र सम्मानको आधारमा आन्दोलनमा एकीकृत गरेर मधेशी जातीय मुक्ति आन्दोलनमा ऊर्जा र गति भर्न ध्यान दिनैपर्छ । ...... छुट्टै मधेश र थारुवान स्वायत्त क्षेत्रको सीमांकन ..... सच्चा सर्वहारा क्रान्तिकारीहरू सबै जाति र क्षेत्रको पूर्ण समानताको पक्षमा हुन्छन् र जे गर्दा सबै जातिहरूको मुक्ति र उन्नति हुन्छ त्यसलाई निर्धक्कसँग स्वीकार्न उनीहरू पटक्कै हिच्किचाउँदैनन् र हिच्किचाउनु हुन्न । साथै एउटा जातिले आफ्नो मुक्तिको कुरा गर्दा अर्को जातिमाथि अन्याय र उत्पीडन नहोस् भन्ने बारेमा पनि सर्वहारा क्रान्तिकारीहरू उत्तिकै सतर्क र सचेत रहन्छन् र रहनुपर्छ । त्यस हिसाबले जातीय स्वायत्त क्षेत्रहरूको सीमा निर्धारण गर्दा लेनिनले भनेझैं ‘उनीहरूको आर्थिक र सामाजिक अवस्था, जनसंख्याको जातीय\राष्ट्रिय संरचना इत्यादिको आधारमा र स्थानीय जनता स्वयंले मूल्याकंन गरेअनुरुप’ गरिनुपर्दछ ....... जहाँसम्म मधेश र थारुवानलाई एउटै वा अलग अलग स्वायत्त क्षेत्र बनाउँदा कुन चाहिँ दुवैको मुक्ति र विकासको निम्ति बढी उपयुक्त हुन सक्छ भन्ने प्रश्न छ, त्यसको टुंगो लगाउँदा हामीले मेचीदेखि महाकालीसम्मको तराई र भित्री मधेश क्षेत्रमा बसोवास गर्ने जनसमुदायको जातीय र भाषिक बनोट, आर्थिक र सामाजिक विकासको स्थिति, बसोवासको भौगोलिक स्थिति, मनोवैज्ञानिक बनोट आदिको हिसाब गरेर टुंगो लगाउनुपर्दछ । त्यस क्रममा मुख्यरुपले पूर्व र मध्य तराईमा मैदानी आर्य मूलका जाति (जस्तै, यादव, तेली, चमार, कोइरी, कुर्मी, दुषाद÷पासवान, राजपुत, कायस्थ, ब्राह्मण, बनिया, मुसलमान आदि) र भारोपेली भाषाभाषी (जस्तै मैथिली, भोजपुरी, अवधी आदि)को बाहुल्य रहेका र अनार्य वा अष्ट्रो द्रविड मुलका जाति र भाषाभाषी (जस्तै, थारु, राजवंशी, माझी, दनुवार, सन्थाल\सतार, झाँगर÷ढागर, धिमाल, दराई, मेचे, कोचे आदि)को उल्लेख्य उपस्थिति रहेको कुरालाई ख्याल गर्नुपर्दछ । त्यसरी नै पश्चिम तराई र भित्री मधेशमा मुख्य रुपमा अनार्य वा अष्ट्रो–द्रविड मूलका जाति र भाषाभाषी, खासगरी थारुको अत्यधिक बाहुल्य रहेको र सहायक रुपमा मैदानी आर्य जाति र भाषाभाषीको उपस्थिति रहेको कुरालाई विचार गर्नुपर्दछ । साथै एउटा मुख्य जातीय स्वायत्त इलाकाभित्र अरु थुप्रै साना साना जातीय स्वायत्त इलाकाहरू हुनसक्ने र हुनुपर्ने कुरालाई पनि ध्यान दिनुपर्दछ । ....... वर्गीय, जातीय, क्षेत्रीय, लिंगीय मुक्तिको प्रश्नलाई एकिकृत ढंगले र एकैसाथ हल गर्ने लक्ष्यका साथ संचालित महान जनयुद्धले आफ्नो गौरवशाली दस वर्ष पूरा गरेको र केन्द्रीय सत्ता कब्जा गर्ने रणनीतिक प्रत्याक्रमणको तेस्रो तथा अन्तिम चरणमा प्रवेश गरेको सन्दर्भमा अबको निर्णायक लडाइँ मधेश र सहरी क्षेत्रमा हुने स्पष्टै छ । .... लेनिनले उत्पीडक जातिबाट आएका पार्टी नेता तथा कार्यकर्ताहरुले उत्पीडित जातिको पक्षमा र जातिहरूको छुटै राज्य बनाउने अधिकारको पक्षमा बोल्नुपर्दछ र उत्पीडित जातिबाट आउने पार्टी नेता तथा कार्यकर्ताहरूले अन्य सबै जातिसँग एकताको पक्षमा बोल्नुपर्दछ भन्नुभएझैं हाम्रो सन्दर्भमा पनि पहाडी जाति र क्षेत्रबाट आउनेहरूले मधेशी जातिको छुट्टिने अधिकार र स्वायत्तताको पक्षमा तथा मधेशी जातिबाट आउनेहरूले अन्य जाति र क्षेत्रहरूसँग एकताको पक्षमा आवाज उठाउन सिक्नैपर्छ ।

उपेन्द्र यादव अध्यक्ष

अब पार्टी एकीकरण गर्ने हो भने उपेन्द्र यादव लाई अध्यक्ष नबनाइ सुक्खै छैन। महन्थ ठाकुर सर्वमान्य नेता, उपेन्द्र यादव अध्यक्ष, राजेंद्र महतो सहअध्यक्ष, हृदयेश उपाध्यक्ष, अशोक राई वरिष्ठ नेता। अरु पनि ८-१० पार्टी भ्याउने। केन्द्रीय समिति ३१।

देशको चौथो ठुलो पार्टी अहिलेको अवस्थामा उपेन्द्रको छ। त्यो कुरा को वजन हुन्छ।


महन्थ ठाकुर र राजेन्द्र महतो लाई प्रेसर पर्यो

English: Michael Jackson, "Billie Jean".
English: Michael Jackson, "Billie Jean". (Photo credit: Wikipedia)
The Essential Michael Jackson
The Essential Michael Jackson (Photo credit: Wikipedia)
उपेन्द्र यादव र अशोक राई को यो एकीकरण पछि अब महन्थ ठाकुर र राजेन्द्र महतो लाई प्रेसर पर्यो। महन्थ र राजेंद्र माथि अब नैतिक दबाब ह्वात्त बढ्यो। अब त उपेन्द्र लाई दोष दिने ठाउँ बाँकी भएन। Upendra is no longer in the picture.

७५ जिल्ला मा संगठन भएको पार्टी को अध्यक्ष नेपालको इतिहासमा पहिलो पटक एक जना मधेसी भएको छ। यो ऐतिहासिक हो। मधेश अधिकार आन्दोलन को लागि यो एउटा ठुलो दिन हो।

एकीकरण को अंक गणित मा २ + २ = ५ हुन्छ, ४ होइन। यस पार्टीले पुर्वी पहाड़ र पुर्वी तराई स्वाप्पै खाने भो।

देश को राजनीति मा मधेसी अधिकार र जनजाति अधिकार भन्ने हरु यदि एक ठाउँ मा आउँदैनन् भने they are not serious about either Madhesi rights or Janajati rights.

पाँचौं ठूलो शक्ति बन्दै उपेन्द्र र अशोकको एकीकृत पार्टी
मधेशी प्रश्नलाई हेर्ने दृष्टिकोणबारे
रेणुले प्रचण्डलाई गाली गर्दा उपेन्द्र यादव मुसुक्क
उपेन्द्र र अशोकले नयाँ पार्टी घोषणा गरे

यो एउटा बोल्ड move हो। बिहार मा लालु ले MY (मुस्लिम यादव) गठबंधन को भरमा तख्तापलट गर्यो। नेपालमा उपेन्द्रले MJ (Michael Jackson) अर्थात मधेसी जनजाति गठबंधन को भरमा तख्तापलट गर्छ। उपेन्द्र छुपे रुस्तम जस्तो देखियो।

उपेन्द्र यादव फेरि ठगिन लागेको हो?
१० बढ़ी पार्टी एकीकरण गर
१% थ्रेसहोल्ड
Threshold Should Be At 1%
पार्टी एकीकरण किन नगरेको?
विद्या द्वारा मधेसी क्रांतिको अपमान
वाम दशक? संघीय दशक?
उपेन्द्र यादव, अशोक राई

Saturday, June 13, 2015

उपेन्द्र यादव फेरि ठगिन लागेको हो?

कुनै पनि संसद लाई कुन पार्टी को अध्यक्ष को? कुन  पार्टी को केन्द्रीय समिति सदस्य को? संसद लाई त्यस्ता कुराको मतलब हुँदैन। संसद लाई सांसद हरु सँग मात्र मतलब हुन्छ। संसदीय दलको नेता ले संसद मा सत्ता समीकरण को कुरामा नेत्तृत्व गर्छ। पार्टी अध्यक्ष संसदीय दलको नेता पनि हो भने पार्टी अध्यक्ष ले गर्छ। पार्टी अध्यक्ष संसदीय दलको नेता होइन भने सत्ता समीकरण को कुरामा पार्टी अध्यक्ष को रोल रहन्न।

मधेसी क्रान्ति पछि विजय गद्दार टुप्लुक्क आइपुगेको मान्छे। मधेसी क्रांति मा उसको न कुनै योगदान छ न कुनै लगाव। उसले कैलकुलेशन गरेको: काँग्रेस मा बसेर उँभो लागिंदैन, फोरम मा गए उप प्रधान मंत्री सम्म पड्काउन पाइन्छ। पार्टी तपाइँ चलाउनुस्, संसदमा म हेर्छु भनेर उपेन्द्र यादव लाई भन्यो। उपेन्द्र दंग।

मधेसी क्रान्ति को मोमेंटम लाई विजय गद्दार ले चकनाचूर पार्यो जुन कि उसको उद्देश्य न हुन पनि सक्छ। उसको उद्देश्य पद कुर्सी द्रव्य मात्र हो।

अब अशोक राई संगठन वोट सांसद सबै कुरामा जुनियर मान्छे लाई संसदीय दलको नेता बनाउँदैछ। बनाए हुन्छ। तर पछि वोट बटुले मैले पदमा पुग्यो यो पहरिया भनेर बुद्रुक बुद्रुक न उफ्रिने।

मुर्ख गोवार।

संसदीय दलको नेता दुई जनाले कानेखुशी गरेर निर्णय गर्ने कुरा होइन। संसदीय दलको बजाप्ते निर्वाचन हुन्छ।

उपेन्द्र यादव फेरि ठगिन लागेको हो?

उपेन्द्र यादव ले भन्छ ---- मधेशवाद भनेको सिद्धांत होइन, समाजवाद, पुंजीवाद, साम्यवाद पो सिद्धांत हो। मधेसी क्रांति उसले गरेकै होइन। सुनामी जस्तो आइ दियो मधेसी क्रांति अनि उसको डूङ्गा तल बाट माथि पुग्यो।

मधेसवाद भनेको सिद्धांत हो। वर्गीय शोसन जस्तै जातीय शोसन पनि शोसन हो र त्यसको समाप्ति हुनुपर्छ भन्ने सिद्धांत मधेसवाद हो।

दमजम मा सबै भन्दा गार्हो पोजीशन मा दलित तर त्यसै दलित को भेलामा मधेसी दलित लाई मान्छे गन्दैन। त्यो परिस्थिति बुझ्न वर्गीय शोसन ले मदत गर्दैन, कास्ट शोसन ले पनि मदत गर्दैन। त्यस परिस्थिति लाई बुझ्न र त्यस को समाधान खोज्न मदत गर्ने  सिद्धांत मधेसवाद हो।

मधेसी जनजाति एकता चाहिन्छ। तर जनजाति को बाहुन सँग गफ गर्दा जनजाति, मधेसी सँग गफ गर्दा पहाड़िया बन्ने बानी बाट भने सतर्क रहनुपर्छ। देश त देश पनि चाहिन्छ। एक देश चाहिन्छ। तर मधेसी लाई दोस्रो दर्जाको नागरिक बनाएर राख्ने देश चाहिँदैन।

उपेन्द्र को मात्र होइन, महंथ को पनि कमी कमजोरी छ। करिश्मा र dynamism देखिँदैन महंथ मा। Inspiring orator होइन उ। प्रोफेसर बन्नु पर्ने मान्छे कहाँ बाट नेता बन्यो जस्तो लाग्छ।

हृदयेश फेरि पार्टी मा नंबर वन बन्न नचाहने तर पार्टी चलाउनु चाहिं पर्ने। बद्री मंडल सुद्धा लाई पार्टी अध्यक्ष बनाउन भ्याएको। पार्टी मा पद लिएर पार्टी चलाउन नचाहने तर पार्टी आफुले भने अनुसार किन चलेन भनेर शिकायत गर्ने। उपेन्द्र उ जस्तै नंबर टु भएर किन बस्न चाहदैन भन्ने कुरा हृदयेश ले कहिले बुझेन। उपेन्द्र नंबर टु बन्न नचाहने। हृदयेश नंबर वन बन्न नचाहने। कुरा मिल्नु पर्ने हो।

अहिले उपेन्द्र लाई अशोक ले ठग्छ, पछि प्रचण्डले फेरि ठग्छ। "उपेंद्रजी, अशोकजी" भन्न थालि सक्यो प्रचण्डले।

१० बढ़ी पार्टी एकीकरण गर
पार्टी एकीकरण किन नगरेको?
विद्या द्वारा मधेसी क्रांतिको अपमान
बीपी को संवैधानिक राजतन्त्र प्रतिको रटान गलत थियो
गिरिजा लोकतंत्र प्रति गद्दार मान्छे
राष्ट्रपतिमा राम वरण कायम गरेको राम्रो
उपेन्द्र यादव ले महन्थ ठाकुर लाई नेता मान्नु पर्छ
२८ दल बीच एकीकरण गर
नेपालमा नअटेका मधेशी
लोकतंत्र, बीपी, संघीयता, गजेन्द्र नारायण सिंह
मधेस उपनिवेश हो: सीके राउत र सीके लाल
उपेन्द्र यादव, अशोक राई


Friday, June 12, 2015

१० बढ़ी पार्टी एकीकरण गर

१% थ्रेसहोल्ड
Threshold Should Be At 1%
पार्टी एकीकरण किन नगरेको?

नेपालमा कमसेकम १० वटा यस्ता पार्टी छन जुन कि फरक फरक पार्टी हुनुपर्ने कुनै कारण नै छैन। मधेसी पार्टी हरु २ बाट फुट्दै फुट्दै २० वटा ३० वटा भइसकेको हुन्छ एक मधेस एक प्रदेश भन्न छोडेको हुँदैन। त्यस्ता पार्टी को सबै को केंद्रीय समिति पनि कस्तो जंबो जंबो। उनी हरुको स्थानीय यूनिट मा पनि पदाधिकारी छन जस्तो लाग्दैन। पार्टी का पदाधिकारी जति सबै केंद्रीय समिति सदस्य। केंद्रीय समिति किन सानो नबनाएको भन्दा, कसलाई हटाउने? कसै लाई हटाए उसले पार्टी नै फोड़दिन्छ, त्यो रिस्क हामी लिन सक्दैनम् भन्ने जवाफ आउँछ। जब कि यथार्थ उल्टो हो। एक जमाना मा माओ ले accidentally पत्ता लगाएको कुरा। पार्टी को केंद्रीय समिति बाट आधा मान्छे फाल्दियो पार्टी त ग्रॉसरूट्स मा दोब्बर भइ जाने। एक दुई वर्ष पर्ख्यो फेरि केंद्रीय समिति बाट आधा मान्छे फाल्दियो। पार्टी दोब्बर भा को, फेरि दोब्बर भइ जाने। It is like getting rid of fat. You lose fat, and you realize you can now run faster. यस्ता जंबो केंद्रीय समिति भएका पार्टी हरु एउटामा पनि आतंरिक लोकतंत्र छैन भने त्यसै थाहा हुन्छ। ३१ जना सम्म म पत्याउँछु। त्यो भन्दा बढ़ी छ भने त्यो केंद्रीय समिति को बैठक नै बस्दैन। मैले यताउती सोधेर भनेको होइन। त्यो स्वतः कुरा हो। 

पहिला निर्णय गर्ने। हामी तीन पार्टी एक हुन चाहन्छौं। हाम्रो प्रत्येक को केंद्रीय समिति मा १०१ जना छन --- ३०३ जना को केंद्रीय समिति बनाउन त भएन। तीन पार्टी एक गर्दा combined १०१ जना को केंद्रीय समिति कसरी बनाउने? वोट गर्ने। निर्णय सुनाउने सबै लाई अनि वोट गर्ने। निर्णय: "केंद्रीय समिति १०१ बाट ३१ पुर्याउनु पर्ने भो, पार्टी एकीकरण का लागि। " तरिका: ती १०१ जना सबै ले ३१ वोट खसाल्न पाउने, ३१ भन्दा कम खसाले हुने बढ़ी खसाले बैलट बदर हुने। नचिनेको लाई वोट दिने कुरा  आउँदैन। अधिकांश ले १०-१२ जना भन्दा बढ़ी चिनेको हुँदैन -- एउटै केंद्रीय समिति मा बसे पनि। सबै भन्दा बढ़ी वोट ल्याउने ३१ जना को नया केंद्रीय समिति बन्छ। अनि तीन पार्टी एक भयो। ५-६ महिना पर्खिने अनि फेरि वोट गरेर १०१ लाई ३१ मा झार्ने र त्यस पछि केंद्रीय समिति को बैठक प्रत्येक तीन महिना मा एक पटक गर्ने। 

यो फोर्मुला मा गए तीन वटा त के ३० वटा पार्टी हरु लाई पनि एक ठाउँ मा ल्याउन सकिन्छ। एक ठाउँ मा ल्याउनु पर्ने ३० वटा पार्टी नै छ फेरि। 


Wednesday, June 10, 2015

वाम दशक? संघीय दशक?

यदि बांकीको संक्रमण काल ईमानदारीपूर्वक पूरा गरिन्छ भने, यदि मधेसी जनजाति लाई पेल्ने मनस्थिति त्यागिन्छ भने -------   एमाओवादी, एमाले र उपेन्द्र-अशोक फेरि एक ठाउँ मा आउन बेर लाउँदैन। महंथ-राजेंद्र शायद एक होलान। काँग्रेस र तिनको अलायन्स बन्ने बाटो खुल्न सक्छ।

तर हामी त्यहाँ भन्दा धेरै टाढा छौं। ईमान्दारी सान्तिनो कुरा होइन। बरु बेइमानी को संभावना बढ़ी छ। मधेस क्रांति अगाडि कै सोंच काँग्रेस र एमाले मा कायम छ।

संघीय दशक को संभावना बरु ठुलो छ। त्यसमा महंथ-राजेन्द्र-उपेन्द्र-अशोक एक हुन सके काँग्रेस एमाले एका तिर अर्को तिर संघीय शक्ति हरु जम्मा हुने हुन्छ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति को मुद्दा ज्युँ का त्यूँ छ। त्यस का लागि संघीय शक्ति हरु ले दुई तिहाई ल्याउन सक्नु पर्यो। त्यो दुई तिहाई एमाओवादी एक्लै ले ल्याउन सक्दैन। त्यसैले संक्रमण को बाँकी काम मा एमाओवादी ले वाचडॉग रोल खेलेर महंथ-राजेन्द्र-उपेन्द्र-अशोक लाई good humor मा राख्नु जरुरी छ।

नामांकन का लागि पहिचान झल्काउन २/३ चाहियो। त्यस का लागि पनि एमाओवादी र महंथ-राजेन्द्र-उपेन्द्र-अशोक ले एउटै अलायन्स बनाउने आवश्यकता आउने छ।

सेना आफै ४०,००० मा झर्ने कुरा मा छ। बरु ३०,००० मा झर्ने अनि १०,००० मधेसी भर्ना गर्ने। प्रहरी त प्रत्येक राज्यको आफ्नै हुन्छ। त्यो राज्य राज्य ले हेर्छ। प्रशासन निजामती सेवामा ५१% फ्री कम्पीटीशन र ४९% आरक्षण लागु गरेर समावेशी राज्य (state) बनाउनै छ।

संघीय शक्ति हरु एक भएर अगाडि हिड्नु पर्ने प्रशस्त कारण छन ---- तर अहिले बेइमानी को ठुलो गुंजायश देखेर मधेसी दल बिच्किनु नितांत स्वाभाविक हो।

महंथ-राजेन्द्र-उपेन्द्र-अशोक सबै एकै ठाउँमा आएर एउटै एकीकृत पार्टी निर्माण गर्ने हो भने मधेसी र जनजाति नेता हरुको प्रचंड मथिको dependence निकै कम हुने थियो जुन कि राम्रो हुन्थ्यो। तर उपेन्द्र लाई महंथ-राजेन्द्र-उपेन्द्र वाम होइनन् भन्ने छ। हृदयेश लाई त्यो छैन। उ पनि पहिला कम्निष्ट हो।



Thursday, June 04, 2015

उपेन्द्र यादव, अशोक राई

तीन पार्टी एक हुँदै, अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई

यदि यो समाचार सही हो भने धेरै राम्रो हो। सामाजिक न्यायको मुद्दा मात्र होइन, वाम मुद्दा पनि हो। Philosophy मिल्छ। मधेस अधिकार को संघर्षमा मधेसी अध्यक्ष भएको ७५ जिल्लामा संगठन भएको पार्टीको ठुलो महत्व हुनेछ। यस एकीकृत पार्टीको भविष्य राम्रो छ।

अब तमलोपा र सद्भावना पनि एक हुनुपर्यो।

उपेन्द्र र अशोक ले मिलेर एमाले सखाप पार्ने, हृदयेश र राजेंद्र मिलेर काँग्रेस सखाप पार्ने।

यो भुकम्प पछि काँग्रेस एमाले यति धेरै बदनाम भएका छन ---- चरमराएका रुख, अलिकति धक्का दियो भने ढल्छन्। The Mother Of All Anti-Incumbency Waves has been brewing.

दुबै जना पढ़े लेखेका बौद्धिक मानिस। पार्टी सञ्चालन को लामो इतिहास छ दुबै संग। सत्ता को अनुभव।

मधेसी जनजाति एकता जिन्दाबाद। वाम एकता जिन्दाबाद। तराई मा जुन ३३% पर्वते छन, ती मध्ये धेरै जनजाति पनि छन।

दगाबाजी गर्यो विजय ले सजाय पायो उपेन्द्र ले। अशोक मा विजय मा जस्तो चरित्रहीनता छैन।

ओलीसँग साँठगाँठ गर्नु, सत्तास्वार्थ मात्र होः उपेन्द्र यादव
यो भूकम्पभन्दा ठूलो विपत् आउनेवाला छ, यो देशमा । भूकम्पबाट चर्केका घरहरू, चिरा परेका जमिनहरू वर्षात्को समयमा आफैं ढल्छन् । पहिरो जान्छन् र त्यसबाट लाखौं मान्छे हताहती हुन्छन् । पहाडमा पहिरो गएपछि तराई मधेशमा गएर बालुवा थुप्रिन्छ र त्यहाँका जमिनहरू मरुभूमि बन्छन् । त्यतातिर सरकारको ध्यान छैन । को मन्त्री बन्ने, को प्रधानमन्त्री बन्ने, के के बन्ने कुरामा नै नेताहरूको ध्यान गएको छ जो अहिलेको प्राथमिकता होइन । केही दलको आफ्नो स्वार्थ, कुनै समूहको आफ्नो स्वार्थ, कुनै नेताको आफ्नो स्वार्थका कारण देश पुनः सत्ताको खेलतर्फ उन्मुख भइरहेको छ । ...... राष्ट्रिय सहमतिको सरकार गठन भयो भने हुने कामहरू पनि हुँदैन । सबै जनाले खान पाउँछन् तैं चूप मै चूप हुन्छ । प्रतिपक्षको भूमिका दह्रो हुँदैन । ..... अधिकांश नेताहरू त्यस्ता छन् जो कुरा बढी गर्छन् र काम कम गर्छन् । राति एउटा कुरा, बिहान अर्कै कुरा । ...... मैले हिजै (जेठ १८ गते) आफ्नो कुरा राख्दा अध्यक्ष प्रचण्डले म सरकारमा जाने पक्षमा छैन । मलाई पत्रपत्रिकाले बद्नाम गराएको हो । मैले कहिल्यै पनि भनिनँ कि गठबन्धनको पहिलो प्राथमिकता सरकार हो । जहिले पनि संविधान निर्माण, राहत, पुनःनिर्माण पहिलो प्राथमिकतामा राख्नुपर्छ भनी कुरा राखेको हुँ । नेपाली मिडियाले मलाई बद्नाम गराउने काम मात्र गरेको छ, भन्नुभयो । ....... फास्टट्रयाकबाट त कुनै पनि हालतमा संविधान बन्दैन । यो भन्नु नै गलत कुरा हो । अर्को कुरा, संविधान प्रधानमन्त्रीले बनाउने होइन, संविधानसभाले हो । सार्वभौमसत्ता सम्पन्न जनता हो, प्रधानमन्त्री होइन । त्यही सार्वभौमसत्ता सम्पन्न जनताको प्रतिनिधि हो संविधानसभा । ........ नेपालकै इतिहासमा अहिले जस्तो निकम्मा र कमजोर सरकार कहिल्यै थिएन । कमजोर मात्र होइन, कमिशनखोर र भ्रष्टहरूले चलाएको सरकार हो । र, यो कुरा पहिला पनि थाहा थियो सरकार गठन गर्ने बेलामा । कांग्रेस र एमालेका नेताहरू भ्रष्ट छन् । यो बेला यिनीहरूले राम्रोसँग सरकार चलाउन सकिंदैन भन्ने के एमाओवादीलाई थाहा थिएन । सबै कुरा थाहा पाएर पनि चूपचाप बसे । एमाओवादी प्रतिपक्षी दल हो भन्ने कुरा देखाएन । सत्ताधारी दल कमजोर त भयो नै त्यसमा प्रतिपक्षी दल पनि कमजोर भयो । ...... यहाँ अहिले नेताहरूले पहिला सरकार अनि संविधान भन्दा कुरा बिग्रेको हो । ....... अब राहत (खाद्यान्न) बाँड्ने काम लगभग अन्तिम हो । अब एउटा गुरुयोजना तयार गर्नुपर्छ । दीर्घकालीन र अल्पकालीन गुरुयोजना तयार गर्नुपर्छ । दीर्घकालीनमा के के गर्न सकिन्छ, त्यसमा कति बजेट लाग्छ, बजेट कहाँ कहाँबाट आउँछ, कुन कुन देशबाट सहयोग लिने, कस्तो कस्तो सहयोग लिने, सहयोग कसरी लिने लगायतका कुरा तय हुनुपर्छ । पुनर्वासका लागि रि–इन्जिनियरिङ गर्नुपर्छ अब परम्परागत पुनःनिर्माण गर्नुहुँदैन । अब देशको वातावरण, विश्वको बदलिंदो वातावरण, भविष्यमा आउने विपत्को सामना गर्न सक्ने लगायतका विषयमा गहन छलफल गरेर मात्र अगाडि बढ्नुपर्छ । अल्पकालीन योजनामा, अब मनसुन शुरु हुन लागेको छ । त्यसबाट बचाउनका लागि के के गर्न सकिन्छ । टहरा बनाएर हुन्छ कि सुरक्षित ठाउँमा सारेर हुन्छ कि के गरेर हुन्छ त्यो तत्कालै गर्नुपर्छ । विस्थापित र हराएकाहरूलाई खोज्ने, अपाङ्ग र घरवारविहीनलाई कसरी व्यवस्थापन गर्न सकिन्छ लगायतको विषयमा गहन छलफल गर्नु आवश्यक छ । ........ जस्तापाता बेचेर खाने, पाल बेचेर खाने, दालचामल बेचेर खाने, विदेशीले पठाएको पैसा बाँडीचुँडी खानेलाई विदेशीले पत्याउँदैन । ....... अहिले कस्तो षड्यन्त्र भइरहेको छ भने एकथरी समुदायलाई काठमाडौं भ्यालीमा बसाउने र भएका नेवारी जनजातिको बाहुल्यलाई तोडिदिने । तामाङहरूलाई तोडेर तराईमा लाने, अर्थात् जहाँ जसको बहुल्य रहेको छ त्यस बाहुल्यलाई तोडेर अर्को ठाउँमा लैजाने षड्यन्त्र भइरहेको छ । यो धेरै ठूलो षड्यन्त्र हो । यो संघीयतामाथिको प्रहार हो । जहाँ जसको बाहुल्य रहेको छ, त्यसलाई कमजोर गर्ने रणनीति पनि हुनसक्छ, यो पुनर्वासको ।



Thursday, March 12, 2015

एकीकरण को लहर चलेको हो?

यसरी हुँदैछ फोरम नेपाल र संघीय समाजवादी पार्टीको एकीकरण
एकीकृत पार्टीको अध्यक्ष उपेन्द्र यादव हुने ..... एकीकरणका लागि महेन्द्र यादव अध्यक्ष रहेको तराई मधेश सद्भावना पार्टी र राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टीसँग पनि कुरा भइरहेको उनले बताए ।
यो एकीकरण हुनसकेको खण्डमा झापा मोरंग तराईबाट झिक्ने आईडिया त्यो आईडिया पुश गर्ने हरु का लागि घांडो हुने भो। उपेन्द्र यादव ले पुर्वी पहाड़ स्वाप्पै खाने भो। केपी ओली को गृह जिल्ला (जुन कि झापा होइन) उपे ले खाने भो। This is called eating KP Oli's lunch!


Sunday, September 16, 2012

The Janajati Party


The Janajati Party might be the best outcome of the unfortunate demise of the constituent assembly. The NC and the UML are no longer big enough for the Janajati leaders.

Federal Socialist Party is a good name. I also like the idea of naming the Karnali province Khasan. That and a non territorial state for Dalits, and we are golden.

Why Federalism Bothers Ram Sharan Mahat (2)
Why Federalism Bothers Ram Sharan Mahat
Krishna Bhattachan On BBC

Janajati leaders trying to give national character to new party
Federal Socialist Party .... a group of leaders from Madhesi, ethnic and indigenous communities from CPN-UML and various other major political parties have announced in public that they are going to form an alternative political party. ..... the disgruntled leaders from CPN-UML have been actively involved in forming the new party and they are holding talks with dissidents from NC, Maoist parties and other political parties. ..... UML Vice-Chairman Ashok Rai held a meeting with Madhesi People´s Rights Forum (MPRF) Chairman Upendra Yadav ..... Yadav approached Rai and proposed to work together. "I told him that it is too early to talk over the proposal because we have so far not detached ourselves from the UML. We may work together with the forces such as MPRF if we form a new party in future" ..... holding talks with a number of former lawmakers and central committee members from NC, both the Maoist parties and other political groups such as Sanghiya Limbuwan Rajyaparishad led by Kumar Lingden. ..... Leaders associated with the proposed Social Democratic Pluri-National Party, which had unveiled its name and manifesto in August, are also closely working in the process of forming new party. ..... They are also planning to include various social organizations working against all kinds of exclusion. ..... "It may be any institution from Madhesi or dalit communities or any organization from Karnali working against regional discrimination," said Kangmang, who is working to form Federal Socialist Party. ..... also in talks with some leaders who are lobbying for delineating a Khashan province based on Khas [Bahun-Chhetri] identity in the farwestern region. .... Kangmang said former lawmakers and central committee members from Khas community associated with various political parties are in close dialogue with them.
Madhesi parties divided over CA revival
'CA revival if Maoists agree multi-ethnic identity, 11 provinces'
Anti-Putin protest draws tens of thousands
A gentle revolutionary
Enhanced by Zemanta