Saturday, July 21, 2012

The Act Of A Potential President

English: Pushpa Kumar Dahal (also known as Pra...
English: Pushpa Kumar Dahal (also known as Prachanda), prime minister of Nepal, during av visit to Norway in March 2009 ‪Norsk (bokmål)‬: Pushpa Kumar Dahal (også kjent som Prachanda), Nepals statsminister, under et besøk i Norge i mars 2009 (Photo credit: Wikipedia)
आफ्नो सबै सम्पत्ति पार्टीलाई बुझाउने प्रचण्डको घोषणा, लाजिम्पाट निवास पनि छाड्ने 

 काठमाडौं

 एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो सम्पत्ति पार्टीलाई बुझाउने घोषणा गर्नुभएको छ । पार्टीको सातौं विस्तारित बैठकको समापन गर्दै अध्यक्ष प्रचण्डले आफूसँग रहेका सबै सम्पत्ति पार्टीलाई बुझाउने घोषणा गर्नुभएको हो । माओवादी लडाकूको रकम हिनामिना भएको भन्दै अध्यक्ष प्रचण्ड लगायत पार्टी नेतृत्वको विस्तारित बैठकमा चर्को आलोचना भएपछि अध्यक्ष प्रचण्डले यस्तो घोषणा गर्नुभएको हो । उहाँले वैकल्पिक आवासको व्यवस्था हुनासाथ लाजिम्पाट निवास छाड्ने समेत घोषणा गर्नुभयो । अध्यक्ष प्रचण्डले यस्तो घोषणा गर्दा बैठकमा सहभागीहरुले लामो समयसम्म ताली बजाएर घोषणाको स्वागत गरेका थिए । अध्यक्ष प्रचण्डले केन्द्रमा आर्थिक र लेखा समिति गठन गर्ने समेत जानकारी दिनुभयो । पार्टीभित्रको गूटबन्दी अन्त्य भएको आभाष दिलाउन आफ्नो सचिवालयका कर्मचारी बाबुराम भट्टराईकोमा र भट्टराईको सचिवालयका कर्मचारी आफ्नो सचिवालयमा ल्याउने समेत अध्यक्ष प्रचण्डले बताउनुभयो ।
Enhanced by Zemanta

No comments: