Thursday, February 15, 2018

प्रचंड संग रहेको ३० दिनको समय



केपी ओली प्रधान मंत्री नियुक्त भइसके। ३० दिन भित्र संसदमा विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ। त्यो विश्वासको मत पाए पछि ओली दुई वर्ष का लागि ढुक्क। अनि त प्रचंड संग कुनै किसिमको leverage नै बाँकी रहँदैन। खेल ख़तम पैसा हजम।

चुनावको तीन दिन अगाडि देखि नै माओवादी माथि खन्नीन थालेका ओली। चुनाव अगाडिको एक एक सहमति तोडन भ्याइसके ओली ले। ६०-४० मा अगाडि बढ्ने भन्ने थियो। त्यो मानन छाड़े। ओली प्रम प्रचंड पार्टी अध्यक्ष भन्ने थियो। त्यो शुरू देखि नै नमानेको, प्रचंड थाकीहाल्च्छन नि भन्दै दुई महिना बढ़ी झुलाए। बहुदल त दुबैले मानने नै भनेको हो। तर त्यस सिद्धांत को नाम जबज नै हुनुपर्छ भन्नु एमाले सप्तकोशी हो माओवादी तमोर नदी, मिस्सिन आउ भनेको हो। माओवादी पार्टी एमाले मा विलय भैजाउ भनेको। विलय हुने सान्तिनो पार्टीले पार्टी अध्यक्ष कुन आधारमा पाउने?

जनताको मैंडेट भनेको संसदको अंक गणित हो। एमाले ले चुनाव अघिको सहमति पटक पटक सुनियोजित किसिमले नै तोडिसक्यो। प्रचंड संग ३० दिन कम समय छ। आफ्नो समर्थन फिर्ता लिने र आफ्नो नेतृत्व मा पाँच वर्ष का लागि माओवादी-कांग्रेस-मधेसी को संयुक्त सरकार बनाउने। नत्र भने कम्तीमा दुई वर्ष पछुताउनु पर्नेछ। ३० दिन पछि प्रचंड का लागि खाए खा नखाए घिंच को अवस्था आउँदैछ।

प्रचंड ले कदम चाल्नुपर्छ
कम्युनिज्म, समाजवाद र सिद्धांत को कुरो
प्रचंड प्रधानमंत्री बन्नु पर्छ (2)
अंक गणित ले एमाले लाई पाँच प्रदेश मा थन्क्याउ भन्छ
प्रचंड प्रधानमंत्री बन्नु पर्छ


Monday, February 12, 2018

अब फोरम र राजपा माथि एकीकरण का लागि दबाब पर्यो








एमाले र माओवादी को एकीकरण आखिर हुने नै भए पछि अब फोरम र राजपा माथि चर्को दबाब परेको छ। एकीकरण गर्नै पर्ने किसिमको अवस्था सृजना भएको छ। त्यो राम्रो हो। साथै संविधान संसोधन का लागि पनि अवस्था केही अनुकुल हुन आएको छ। एकीकरण पछि को नेकपा ले संविधान संसोधन गर्छ होइन भने मधेसमा आफ्नो अस्तित्व समाप्त हुंदै गएको हेर्छ।

फोरम ले पहाड़मा ताकेको जनजाति त एमाले सँग छ। पहाडको संपर्क भाषा नेपाली स्थापित रहेको अवस्था छ। जनजाति ले पनि खोजेको त्यही हो। एक नंबर मा राई र चार नंबर मा गुरुंग भए त मुख्य मंत्री।

फोरम र राजपा ले पार्टी एकीकरण गर्नुपर्छ र प्रदेश मा विकास र केंद्र मा संविधान संसोधन को मुद्दा दरो किसिम ले उठाउनु पर्छ।

संविधान कायार्न्वयन गर्न नसकेर समाप्त पार्ने खतरा छः महन्थ ठाकुर
राजपा अध्यक्ष महन्थ ठाकुरले संविधानको ३०६ धारामध्ये १८० वटा धारा संसोधन गर्नुपर्ने बताए ।