Sunday, December 03, 2017

ओली को मधेसी दल ले चाहेको संविधान संसोधन कुनै हालत मा हुन नदिने भाषा शुभ संकेत होइन

ओली आफ्नो गठबंधन ले बहुमत ल्याउने मा ढुक्क देखिन्छन। मधेसी दल ले चाहेको संविधान संसोधन कुनै हालत मा हुन नदिने भाषा शुभ संकेत होइन।







संविधान संशोधन हुँदैन, कार्यकारी राष्ट्रपति चाहिँदैन: केपी ओली 'सानो आकारको सरकार बन्छ, गैरकम्युनिष्ट पनि अटाउँछन्'
कुराकानीका क्रममा केपी ओलीबाट हामी यी राजनीतिक प्रश्नहरुको जवाफ सुन्न चाहन्थ्यौं कि उनको नेतृत्वमा सरकार बन्यो भने मधेसी, माओवादी र कांग्रेसले समेत उठाउँदै आएको ‘संविधान संशोधन’ को मुद्दा के होला ? ....... पहिलो हो- राष्ट्रियताको सवाल । सार्वभौम सत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र स्वाभिमानको सम्वर्द्धन गर्न सकियोस् । नेपालका निम्ति यसले विशेष महत्व राख्छ । कुनै राष्ट्रको सम्बन्धमा त्यस देशका बासिन्दाहरुले त्यसको अस्थित्वको गौरव बुझ्दैनन् भने त्यो राष्ट्र कसरी हुन्छ ? त्यसमा पनि हाम्रोजस्तो देश ठूला-ठूला देशहरु उपनिवेश हुँदा बन्दूकसँग खुकुरी लिएर लडेर भए पनि स्वाधीनता बचाएको देश हो । यस्तो गौरवमा त हामीले साँच्चै गौरवान्वित हुनुपर्छ । त्यसैले यस्तो गौरवको रक्षा गर्दै अगाडि बढ्ने आजको आवश्यकता हो । ....... अधिकार भनेको वाक, प्रकाशन अभिव्यक्तिको स्वतन्त्रताको मात्रै होइन । उम्मेदवार उठ्ने, पार्टी खोल्न पाउने, भोट हाल्नेमात्रै होइन, अधिकार भनेको आधारभूत मौलिक हक सहितको हो । भोकै मर्न भएन । भोकै पर्न भएन । बस्ने आवास नभएको स्थिति हुनुभएन । मौसम अनुसारको कपडा लगाउन पाउने अवसर पाइएन भन्ने अवस्था हुनुभएन । छोराछोरी पढाउन सकिनँ, पाइनँ भन्ने अवस्था हुनुभएन । विरामी हुँदा औषधि उपचार पनि पाइँन भन्ने अवस्था हुनुभएन । यी आधारभूत कुराहरुसहितको लोकतान्त्रिक अधिकार जनताले पाउनुपर्‍यो । राज्यबाट प्राप्त गर्ने सहुलियत, सुरक्षासहितका हक अधिकारहरु जनताले पाउनुपर्‍यो । मौलिक हक, नागरिक हक, मानवअधिकार, यी सबै प्राप्त हुनुपर्‍यो । ......... तेस्रो- समानतामा आधारित राष्ट्रिय एकता । हामी विविधतायुक्त देशमा छौं । हिमाल-पहाड-तराई-मधेस हाम्रो भूगोल छ । पूर्वपञ्चिममा उहिले खोलानालाले उत्तर दक्षिण काटेको हुनाले खोला वारि र पारि मानिसहरुको आवागमन नहुने र एउटै समुदायका पनि फरक-फरक भाषाहरु भए । यसले लामो समयसम्म हामीलाई पीडा त दियो, तर एउटा राम्रो काम के भयो भने भाषिक, सांस्कृतिक मौलिकता विकास भयो । यहाँ विविधताहरु जन्मे । ...... यी विविधतालाई अस्त्र बनाएर, विविधतामा भेदको विषय बनाएर, भेदलाई भिन्नतामा परिणत गरेर, त्यसलाई घृणाको विषय बनाएर वैमनश्यता, परस्परमा विद्धेषको खेती गराउने काम गरियो । दुनियाँमा विद्धेषको खेती हुने गरेको छ, कहीँ भिन्नता देखियो भने धाँजो अझ चर्काउने र भिन्नताको खेती गर्ने काम हुने गरेको छ । यता बस्नेले होसियार हुनुपर्छ, उता बस्नेले तपाईलाई टेढा आँखाले हेरिराखेको छ भनेर द्वन्द्वको खेती हुने गरेको छ । विशाल द्वन्द्व गराउने र द्वन्द्व भएपछि द्वन्द्व व्यवस्थापनको अर्को खेती गर्ने दुनियाँमा मृत्युका व्यापारीहरुको एउटा तरिका छ । त्यो नेपालमा अभ्यास गर्न खोजिएको थियो, त्यसलाई हामीले असफल बनायौं । हामीले यस्तो ड्राइभ गर्‍यौं कि यो विविधतामा एकता, सामाजिक सदभावसहित एकजुट भएर राष्ट्र निर्माणमा जानुपर्छ भनेर यसलाई हामीले जितेर लग्यौं । अब यो धेरै ठूलो समस्याको रुपमा छैन । ...... पहिलो हामी विभेद अन्त्य गर्छौं, त्यसपछि असमानता अन्त्य गर्न सकिन्छ । विभेद अन्त्य गर्नजस्तै सजिलो असमानता अन्त्य गर्न हुँदैन । असमानता अन्त्य गर्नलाई धेरै मिहेनत गर्नुपर्छ । भेदभावको अन्त्यचाहिँ छिटै गर्न सकिन्छ । ......... हामीकहाँ जातीय विविधता छ । भाषिक विविधता छ । आस्थागत, धार्मिक, सांस्कृतिक विविधताहरु छन् । यसमा परस्परमा एक अर्काको विश्वास, एकअर्काको आस्थाप्रति सम्मान व्यक्त गर्ने अनि सहअस्थित्व, सहकार्य कायम राख्दै पारस्परिक सदभाव, सहयोग र सदभावका साथ हामी अगाडि बढ्छौं । र, मजबुद राष्ट्रिय एकता बनाउँछौं । ....... राष्ट्रिय एकता र सामाजिक सदभाव यसकारण जरुरी भयो कि हाम्रो देश विविधतायुक्त छ । यहाँ फेरि मत्युका व्यापारीहरुले हतियारको व्यापार गर्ने प्रयास गर्न सक्छन्, त्यसमा होसियार हुनुपर्नेछ । ...... विगतमा संविधान संशोधनका दुईवटा प्रयास भए । त्यो देश हितविरुद्ध, अरु नै उद्देश्यका साथ आएको आपराधिक योजना हो, जसलाई कुनै पनि हालतमा सफल हुन नदिने मात्र होइन, अगाडि बढ्न दिइँदैन । ....... संविधान अपरिर्वतनीय दस्तावेज हुँदै होइन । परिर्वतनीय दस्तावेज हो । त्यसमा समायानुकुल परिर्वतन/परिर्माजन हुन सक्छ, देशका लागि जनताका लागि । ..... नीति निर्माणदेखि राज्य सञ्चालन सबै तहमा जनताको बढी भन्दा बढी सहभागिता र राज्यबाट प्राप्त गर्नु पर्ने सेवा सुविधा, हकअधिकार, सुरक्षा, मान सम्मान, न्याय पाइन्छ भन्ने प्रत्याभूतिमा कुनै कमी देखियो भने वा संवैधानिक व्यवस्थामा रहेको कमीले गर्दा जनताले कुनै हक अधिकार प्रगतिको अवसरबाट बञ्चित हुनुपर्‍यो भने वा कहीँ कतै भेदभाव देखिने भयो भने संविधान संशोधन गर्नैपर्छ । ..... नेपाली जनताका लागि संविधान बेस्स्री संशोधन हुन सक्छ, अरु कसैका लागि हुँदैन । नेपालको हित विपरीत संविधान संशोधन हुँदैन । नेपाललाई टुक्राउन, हिमाल, पहाड र तराईलाई छुट्याउनका लागि संशोधन … यस्ताहरुसँग के बहस गर्नु ! ...... अहिले संविधानमा भएको व्यवस्था कार्यान्वयन गर्ने हो । व्यवहारका क्रममा आवश्यकता अनुसार परिर्माजन हुनसक्छ, प्रणालीहरु परिर्माजित हुन्छन् । त्यसैले यसमा धेरै आत्तिन जरुरी छैन ।

Monday, November 27, 2017

ओली को तानाशाही बोली

बाहुन बाहुन एक भए: ओली  र प्रचंड। क्षेत्री एक ठाम: देउबा, कमल थापा, पशुपति राणा। मधेसी जनजाति एक: उपेंद्र यादव, अशोक राई, महंथ ठाकुर। ओली र प्रचंड ले पार्टी एकीकरण गर्लान। देउबा र रामचंद्र पौडेल ले पनि पार्टी एकीकरण गर्लान। फोरम राजपा एउटै पार्टी बन्छ। तीन पार्टी: कम्निष्ट, काँग्रेस, राजपा। त्यो त पछिको कुरा। 

अहिले लाई स्थानीय चुनाव को नतिजा लाई प्रक्षेपण गर्दा ओली ले बहुमत ल्याएर प्रधान मंत्री बन्ने देखिन्छ। ओली लाई त्यस्तो लागेको हुनुपर्छ। बोली बड़ो तानाशाही भएको छ। डाक्टर गोविन्द केसी लाई "कर्मचारी" भनेको अपमान गर्ने उद्देश्य ले नै होला। को प्रधान मंत्री बन्दैछ नेपाल प्रहरी ले हेक्का राखे हुन्छ भन्ने खालको बोली लोकतान्त्रिक संस्कार होइन। विधि को शासन (rule of law) मा प्रहरी प्रधान मंत्री को तबेला को घोड़ा होइन। हुँदैन। ओली को उन्माद चरम भएको छ। यो टैमनी हॉल राजनीति हो। सिंडिकेटराज। लुटतंत्र। 

विवेकशील साझा ले कम्तीमा चार सीट मजाले ल्याउँछ। तर चार ले नपुग्ने भइसक्यो। विवेकशील साझा ले ३४ सीट ल्याउनु पर्ने भो। ओली लाई रोक्ने अर्को उपाय के? 


Saturday, November 25, 2017

१०० एमाले + ३० माओवादी + ३० फोरम-राजपा = सरकार + सम्विधान संसोधन

१०० एमाले + ३० माओवादी + ३० फोरम-राजपा = सरकार + सम्विधान संसोधन