Sunday, October 30, 2016

सहमतिमा पुग्न सके अति उत्तम

"सात प्रदेशलाई नै मान्दै त्यसका सिंमाकनमा सामान्य हेर फेर गर्ने, भाषाका सम्बन्धमा भाषा आयोगको सुझावको आधारमा संविधानको अनुसुचीमा राख्ने गरी चार बुदे प्रस्ताव अघि सारेका थिए ।

त्यसैगरी राष्ट्रिय सभामा प्रतिनिधित्वको सम्बन्धमा विद्यमान व्यवस्था ५/५ जना को सट्टा ३ वा ४ गर्ने तथा नागरिकतामा देखिएको समस्या सम्बोधनका लागि अन्तरिम संविधान अनुसार नै नागरिकताको प्रावधान राख्ने ढंगले संसोधनको प्रस्ताव पेश गरेका थिए ।"

नागरिकतामा अन्तरिम सम्विधान को हुबहु गरे त्यो एक मुद्दा सल्टियो। राष्ट्रीय सभा मा प्रत्येक प्रदेश ले न्यूनतम 3 सीट पाउने बाकी जनसंख्या को आधार मा गरे त्यो पनि सल्टियो। भाषा बारे आयोग बनाउने भनेको तत्काल मलहम पट्टी लगाउने भनेको हो। काम चलाउ।

सीमांकन मा तर त्यो सम्भव छैन।

केन्द्र र प्रदेश बीच शक्ति बाडफाड। आरक्षण। यी बारे त खै कुरै भा छैन ।

Tuesday, October 25, 2016

मधेस, लोकमान र छठ

मधेशमा राजनितिक दलहरुको चहलपहल वढदै | bhumionline

लोकमान प्रकरण ले देशको राजनीति तातिएको छ। चरित्र यो मान्छे को कमल थापा टाइप को देखिन्छ। तर प्रक्रिया पुर्याएर अगाडि बढेको राम्रो ।

अर्को हल्ला छ ठुला ठुला नेता सबै मुछिएका छन भ्रष्टाचार मा। त्यो त अख्तियार मा लोकमान हटेर फाइल गायब हुने होइन होला।

तेस्रो एन्गल देखाइएको छ भारत। यो त प्रचण्ड लाई पनि भारत को मान्छे भने जस्तो भएन? ओली ले प्रचण्ड लाई भारत को मान्छे भन्ने, प्रचण्ड ले बाबुराम लाई। अस्वस्थ कुरा।

सद्भावना र तमलोपा एकीकरण गर्ने हल्ला थियो। के भो। त्यो अति आवश्यक कुरा।

मुख्य कुरा त सम्विधान सन्सोधन हो। सबै पार्टी त्यस मा न आई सुखै छैन। नभए सम्विधान ढल्छ। अन्तरिम सम्विधान ब्युतन्छ।

मधेसी दल हरु सन्ग अहिले मोमेंटम छ । 2046 मा जुन मोमेंटम कान्ग्रेस सन्ग थियो त्यो अहिले मधेसी दल हरु सन्ग छ। तर पार्टी एकीकरण बेगर मोमेंटम को फायदा हुँदैन।