Monday, March 14, 2016

मधेस स्वराज आंदोलन ले देशमा वाक स्वतंत्रता संस्थागत गर्ने छ

मधेस अलग देश स्थापित नभएको कारण एउटा मात्र छ। अहिलेसम्म मधेसी जनताले त्यो चाहेको छैन। पुलिस को डंडा या अदालत को डर ले रोकेको छैन। नेपाल सेना को क्षमता को कुरा छैन।

११ बुँदे सम्बोधन हुना साथ मधेस अलग देश को एजेंडा हराउँछ। मधेसी जनताको ११ बुँदे प्रति आसक्ति त्यही हो।

बरु अहिंसात्मक मधेस स्वराज आंदोलन ले देशमा वाक स्वतंत्रता संस्थागत गर्ने छ। बोल्न त पाऊँछ। शन्तिपुर्वक बोल्न पाऊँछ।

मानव अधिकार को आदर गर्ने राज्य ले अहिंसात्मक मधेस स्वराज आंदोलन लाई कारवाही गर्नै मिल्दैन। बरु फटाफट मधेसी मोर्चा को ११ बुँदे अनुसार संविधान संसोधन गरे मधेस स्वराज आंदोलन मत्थर हुन्छ। त्यो जायज राजनीतिक अस्त्र हो। कुरा के छ भने मधेस स्वराज आंदोलन ले ११ बुँदे को विरोध गरेको छैन। नेपाल भित्र नै समानता पाइन्छ भने किन अलग हुनुपर्यो भन्ने पनि छ।

सीके राउत को एक लाख सदस्य संख्याको संगठन ले मधेस अलग देश लाई विधिवत महाधिवेशन मार्फ़त अनुमोदन गर्न बाँकी नै छ। त्यो भनेको के?

विचार एक जना बाट शुरू हुन्छ। र अधिकांश त्यसरी नै हुन्छ। तर त्यसको लोकतान्त्रिक अनुमोदन नहुँदा सम्म त्यस विचारले राजनीतिक रूप लिसकेको हुँदैन। महाधिवेशन डाक्ने  खुल्लमखुल्ला बहस छलफल गर्ने। दुई विचार मुख्य रुपले आउन सक्छ। एक, मधेस अलग देश तत्काल को लक्ष्य बनाउने। त्यस्तो भन्ने ले रोडमैप दिनुपर्छ र एउटा समयसीमा। कि यो रोडमैप को बाटो दुई या तीन वर्ष मा त्यहाँ पुग्न सकिन्छ। त्यो पास भयो भने र त्यस समयसीमा भित्र लक्ष्य प्राप्त भएन भने त्यस नेतृत्वले राजीनामा दिनुपर्ने हुन्छ। दुई, मधेस अलग देश सही हो तर त्यसलाई दुरको लक्ष्य मान्दै त्यस समय सम्म को मधेसको प्रत्येक आंदोलन र प्रत्येक चुनाव मा सहभागी हुँदै अगाडि बढ्ने, र संगठन ले राजनीतिक पार्टीको रूप धारण गर्ने।

दुरको लक्ष्य भनेको जस्तो कि माओवादी को छ। समाजवाद भनेको दुरको लक्ष्य। तर ५० वर्ष अहिले आर्थिक क्रांति गर्ने।

मधेस अलग देश लाई दुरको लक्ष्य मान्ने तर त्यस अगाडि नेपाल भित्र समानता को भरमग्दुर प्रयास गर्ने।

स्वराजी हरुलाई धरपकड़ गरेर नेपाल सरकार ले नेपालमा वाक स्वतंत्रता छैन भन्ने सन्देश मात्र दिएको छ। ११ बुँदे सम्बोधन गरे स्वराजी को चिंता नै हुँदैन।



Sunday, March 13, 2016

पहाड़ लाई उपनिवेश बनाउनु नपरोस्

२१ औं शताब्दी हो भनेर मात्र मधेस आंदोलनले समानता र बराबरीको कुरा गरेको हो। होइन भने भारत, चीन, अमेरिका, रूस सबको साथ मधेस आंदोलन लाई प्राप्त भएको यो अवस्थामा मधेसले चाहने हो भने पहाड़ मधेसको उपनिवेश बन्छ। मधेस आंदोलन ले समानता मागेको सबै का लागि हो। पहाड़ का लागि पनि हो।


Nepal News (13)

आयो बाहुबली-२ को ट्रेलर (हेर्नुस् भिडियो)
दिल्ली गए मधेसी मोर्चाका नेताहरु, राजेन्द्र महतो किन गएनन् ?
नेपाल–भारत महिला मैत्री समाजको एक गोष्ठीमा सहभागी हुन मोर्चाका नेताहरु दिल्ली गएका हुन् । .... तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठीलगायतका नेताहरु भारत गएका छन् । ...... सद्भावनाका अध्यक्ष राजेन्द्र महतो भने पार्टीको काममा व्यस्त भएकाले दिल्ली गएका छैनन् । रौतहटको गौरमा पूर्वघोषित कार्यक्रम परेकाले महतो दिल्ली नगएका सद्भावनाका नेता मनिष सुमनले जानकारी दिए ।
मधेसको जायज माग सम्बोधन गर्नुपर्ने पक्षमा छु : प्रचण्ड
प्रचण्डले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाउन मात्र संविधान जारी गरेको बताए । उनले भने, ‘संविधान जारी नभएको भए देश अहिले ठूलो दुर्घटनामा परेको हुन्थ्यो । हामी बुझ्ने मान्छे भएकोले भएर संविधान जारी गर्न बाध्य भयौं ।’ ..... सिरहा क्षेत्र नम्बर ५ बाट निर्वाचित सभासद समेत रह्नुभएका अध्यक्ष प्रचण्डले सिरहामा हवाई अड्डा बनाउने काम समेत अगाडी बढीसकेको बताए । उनले भने, ‘चुनावकै बेला म सिरहामा हवाई अड्डा बनाउने प्रतिवद्धता जनाएको थिए । त्यो काम पुरा गर्छौ । काम अगाडी बढिसेको छ ।’
मधेसवादी दलको विकल्प वार्ता मात्र : सीतादेवी यादब
विराटनगरस्थित कोइराला निवासमा शनिबार सञ्चारकर्मीसितको भेटघाटमा कोषाध्यक्ष यादवले संविधान संशोधनमार्फत मधेसवादी दलले राखेका कतिपय माग पूरा भइसकेकाले अब आन्दोलन आवश्यक नरहेको भन्दै वार्ता, संवाद, सहमति, सहकार्यबाट समाधान खोज्न आग्रह गरिन् ।