Sunday, March 13, 2016

संगठन विस्तार नै सच्चा र ठोस क्रांति हो



गच्छदारलाई महतोले दिए ठूलो झट्का
फोरमका ११ सय नेता कार्यकर्ता सदभावना प्रवेश

जिल्लामा फोरम लोकतान्त्रिक पार्टी लगभग सखाप भएको अवस्था छ।

सरकारमा सामेल भएपछि पार्टी परित्याग गरेका रौतहट जिल्ला कार्य समितिसहित करीब १ हजार भन्दा बढी नेता कार्यकर्ता गच्छदारकोसाथ छोडेर राजेन्द्र महतोको पार्टीमा प्रवेश गरेका छन् । ..... शनिबार रौतहटको गौरमा सदभावना पार्टीद्वारा आयोजित बिशाल आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा फोरम लोकतान्त्रिक रौतहटका जिल्ला अध्यक्ष अजय गुप्ताको नेतृत्वमा एघार सय नेता कार्यकर्ता सदभावना पार्टीमा प्रवेश गरेका छन् ।....बिगतको संबिधान सभामा रौतहट क्षेत्र नं १ मा माधव कुमार नेपालद्वारा झिनो मतले पराजित भएका थिए अजय गुप्ता। उक्त कार्यक्रममा काँग्रेस, एमाले, एमाओवादी लगायतको पार्टीबाट पनि ४०० बढी नेता कार्यकर्ता पनि सदभावना पार्टीमा प्रवेश गरेका थिए ।.....पार्टी प्रवेश गर्नेहरूलाई सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले फुलमाला का साथै अबिर लगाएर स्वागत गरेका थिए। आन्दोलनको क्रममानै फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले सदभावना अध्यक्ष महतोलाई आफ्नो पार्टीका नेता कार्यकर्तालाई भडकाई पार्टी प्रवेश नगर्न चेतावनी दिएका थिए ।


अब कठोर आन्दोलन हुन्छ : महतो
अधिकारको निमित भएको आन्दोलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा मधेशी पहिचान स्थापित गरेको ठोकुवा गर्दै महतोले आफ्नै घटक दलका कारण नाकावन्दी असफल भएको टिप्पणी गरेका छन् । मधेशमा संगठन मजवुत पर्ने अभियान संचालन गरिएको जानकारी गराउँदै अध्यक्ष महतोले संविधान संशोधनवाट मधेशको माग सम्बोधन नभएको उल्लेख गरे । मोर्चाको ११ बुँदे माग बटम लाइन भएकोले एककदम पछाडी नहट्ने दावी गरे । मधेशको माग सम्वोधन नभए सम्म राजधानी नजाने उद्घोष गरेका महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको माग सम्वोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दा उनलाई भेट्न दिल्लीबाट काठमाडौँ गएको प्रष्ट पारे । संचारकर्मीहरुको प्रश्नको जवावमा महतोले जनताको भावनको कदर गर्दै नाकाबन्दी खोलिएको स्पष्ट गरेका छन् ।
गुप्ता फेरि सद्भावना पार्टीमा प्रवेश

Nepal News (12)

यादव र ठाकुर दिल्लीमा, महतोले अन्तिम समयमा भ्रमण रद्द गरे
मोर्चाका सातमध्ये दुई पार्टीका नेतामात्रै गए, तमसपालाई निम्ता आएन
भ्रमणमा जाने भनिएका सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले बीचैमा रद्द गरे । आफू दिल्ली ‘कार्यव्यस्तता’ को कारण नगएको उनको प्रष्टीकरण छ । ‘आन्दोलनको तयारी गर्नु छ, कहाँ यो बेला गोष्ठी सेमिनारतिर धाइरहने ?’ रौतहट पुगेका महतोले टेलिफोनमा भने, ‘त्यहा जानैपर्ने अहिले त्यस्तो केही देखिनँ मैले ।’
यही सरकारले चुनाव गराउँछ : दाहाल
दाहालले यो सरकार दुई वर्ष टिक्ने र चुनाव पनि यसही सरकारले गराउने बताए ।
प्रधानमन्त्रीले मोर्चालाई भने- एक दुई दिनमै उपचार खर्च र मुद्धा फिर्ता हुन्छ ।
मोर्चाका नेताहरुका अनुसार सरकारी पक्षले मोर्चाको राजनितीक मुद्धामा छलफल नगरे पनि धाइतेहरुको उपचार खर्च, तराइ मधेशमा आन्दोलनको क्रम .... आउदो मन्त्रीपरिषदको बैठकवाट प्रधानमन्त्रीले यी कामहरु गर्ने वताएका थिए । .... प्रधानमन्त्रीले् आफु दिनभर अरु काममा व्यवस्त भएकाले मोर्चाको ध्यानाकर्ष पत्र पढन नपाएको भन्दै राजनिती मुद्धामा केहि समय पछि संवाद गर्ने बताएदै पन्छिए, लाल भन्छन, उहाले खाली धाइतेहरुको उपचार खर्च, मुद्धा फिर्ता र न्यायीक छानविन समितीको गठनकै वारेमा कुरा गर्नु भयो । ..... सदभावना सहअध्यक्ष लालका अनुसार प्रधानमन्त्रीले संघियताको सन्दर्भमा सरकारले वनाएको समितीमा मोर्चालाई सहभागी हुन आग्रह गरे पनि मोर्चाले सम्रग मुद्धामा सहमती बने मात्रै त्यसको वारेमा सोच्न सकिने बताएका थिए । लालका अनुसार प्रधानमन्त्रीले केहि दिन भित्रै गृहकार्य गरेर राजनितीक विषयमा पनि छलफल गर्न वोलाउने बताउनु भएको छ ।
मोर्चाका शिर्ष नेताहरु दिल्लीमा ।
उक्त कार्यक्रमकै लागी भनेर विभिन्न मधेशी पार्टीहरु सक्रिय प्राय जसो सवै प्रमुख महिला नेतृहरु पनि त्याहा पुगेका छन । .... आइतवारै वेलुकि दिल्लीमा नेपाली राजदुतले मधेशी शिर्ष नेताहरुको लागी डिनर मिटिंगको आयोजना गरेका छन । जुन मिटिंगमा भारतीय पक्षहरुको समेत उपस्थित रहने बुझिइएको छ । .... मोर्चाका शिर्ष नेताहरु सोमवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभेल सहित अन्य पनि भेटघाट गर्ने
४३ वर्ष काँग्रेसमा लागे तर मधेशी–थारुको भविष्य देखिनःसुरेन्द्र चौधरी(अन्तर्वार्ता)
अब नेपाली कांग्रेससँग मेरो प्राविधिक सम्बन्ध मात्र छ । यो पुरानो सोच भएको पार्टी हो । यो पार्टीले मुलुकको आकांक्षा अनुसारको परिणाम दिन सक्दैन । ..... नेपाली कांग्रेस एउटा आफैंमा साम्प्रदायिक पार्टी हो । म ४३ वर्षदेखि नेपाली कांग्रेससँग आबद्ध छु । मेरो बुबा नेपाली कांग्रेसको मुक्ति सेनामा हुनुहुन्थ्यो । उहाँले सारा जीवन नेपाली कांग्रेसमा बिताउनुभयो र उहाँकै प्रेरणाले म नेपाली कांग्रेसमा लागे । करिब साढे सात वर्ष मैले जेल जीवन बिताएँ । एउटा खास जातिका मानिसहरूले नेपाली कांग्रेस पार्टीलाई कब्जा गरेका छन् । अरूको त्यहाँ कुनै स्थान नै छैन । हामी त भोट बैंक मात्र हौं जस्तो गर्ने अनि प्रयोग मात्र गर्ने । कहिलेकाँही आवश्यकता प¥यो भने अलि गुलियो कुरा गर्ने तर कहिले पनि निर्णायक भूमिकामा सामेल गराउन नखोज्ने यस्तो मलाई महसुस भएपछि नेपाली कांग्रेसमा हाम्रो भविष्य पनि छैन । यसमा नेपालको पनि भविष्य छैन भन्ने सोचेर म यो पार्टीबाट निस्किएँ । ...... नयाँ पुस्ताका नेतृत्वमा यति धेरै साम्प्रदायिक भावना कांग्रेसमा हाबी भयो कि एउटा खास तहका मानिसहरू (बाहुन, क्षेत्री)को कब्जामा रह्यो र सुधार गर्न पनि केही सकिएन । ...... यसपालिको महाधिवेशनमा मेरो विरूद्धमा जाली मतदाताको सूचीको प्रयोग गरियो । किनकी मैले मधेशी, थरूहट, जनजाति, दलित आन्दोलनलाई सहयोग गरे । यसकारण बाहुन, क्षेत्री नेताहरूको आँखामा म तारो बनेँ । यसपालिको महाधिवेशनमा मलाई सजिलो पारिदिए म नआउँ भनेर उनीहरूले जाली मतदाताको सूची बनाए । त्यो जाली मतदाता सूची मैलै बहिष्कार गरे त्यसपछि उनीहरूले एकलौटी अधिवेशन गरेर सुरेन्द्र चौधरी हा¥यो भनेर देशभरि प्रचार गरे । मैले बहिष्कार गरिसकेपछि हारेको भन्नुको कुनै अर्थ नै छैन नि । ...... म छिट्टै देशभरिका साथीहरूलाई काठमाडौंमा जम्मा गर्छु । अहिले मेरो सम्पर्कमा ७५ जिल्लाका ३०÷४० हजार साथीहरू आएका छन् । तिनीहरूले नयाँ पार्टी गठन गर्नुपर्छ भनेर नै मलाई सल्लाह दिइरहेका छन् । हामीहरूले एउटा वैकल्पिक शक्तिको निर्माण गर्नका लागि पहिले त हामी आफैंले एउटा जमात तयार पार्नुपर्छ । अहिले मेरो अन्य कुनै पार्टीमा प्रवेश गर्ने योजना छैन । ...... हामीले बनाएको शक्ति यस्तो बनोस् जुन शक्तिले आगामी चुनावमा कमसेकम ७०÷८० सिट सांसदको पद जिताउन सकियोस् । .....

यो त सबै नौटंकी हो । मधेश आन्दोलनलाई तुहाउनका निम्ति गरिएको एउटा षड्यन्त्र मात्र हो, यो संशोधन । भएकै भाषालाई तलमाथि गरेर आन्दोलन रोक्नु थियो त्यसका लागि एउटा नाटक मञ्चन भएको हो । त्यो भन्दा अरू केही होइन ।

...... संघीयतामा मुलुकलाई लैजाने संघीयताको आधार पहिचान हो भनेर संस्कृति, भाषा, इतिहासको कुरा गर्ने तर दिने बेलामा तराईमा दुईवटा प्रदेश दिन किन डराउने । कमसेकम मधेशमा दुईवटा प्रदेश त दिनैपर्छ । ....... हामी नेपालमा १० हजार वर्षदेखि बसिरहेका छौं तैपनि हामीलाई इन्डियन नै भन्छन् नि । हामीले कहाँ पाएका छौं नेपालीको दर्जा अहिलेसम्म । ......... उखान टुक्रा सुनाएर नेपाली जनतालाई हँसाउने काम भन्दा अरू केही काम केपी ओलीले गर्लान् भनेर आशा नगरे हुन्छ । भारतसँग सहयोग पनि लिने गालि पनि गर्ने यस्तो सम्बन्ध त धेरै समय चल्दैन नि । नेपालका केहीमा भारतले राम्रो नराम्रो जे गर्दा पनि गाली गर्ने मानसिकता नै छ त्यसमा परिवर्तन आउन जरूरी छ ।
वैशाखपछि फेरि आन्दोलन : महतो
महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मोर्चाले शुक्रबार बुझाएको पत्रलाई सम्बोधन गर्ने मौका नगुमाउन अनुरोध पनि गरेका छन् । सरकारसँग अझै एक महिना समय रहेको भन्दै उनले चैत महिनाभित्र आफूहरुले उठाएका ११ बुँदे मागलाई सम्बोधन गर्न सरकार गम्भीर बन्नुपर्ने धारणा राखे । .... आफूहरु शक्ति संचय र पार्टीका संगठनलाई सुदृढ बनाउन लागेको
थरुहट आन्दोलनका लागि लेखीद्वारा पार्टी गठन (नामाबलीसहित)
‘नागरिक समाजवादी पार्टी’

महोत्तरी तमलोपा का नया हैण्डबील ! अदालत माने न्यायालय, तो न्याय होना चाहिए ! अगर अदालत सरकार की कार्यालय की तरह काम करेगी तो सरकारी कार्यालय जैसा ही अदालत का बिरोध भी सही ही होगा ! देखें अदालत क्या करती है ?!

Posted by Brikhesh Chandra Lal on Sunday, March 13, 2016

देश पिटिक्क भाँचिने बाटो मा हिडेको हो?

जिल्ला जिल्ला मा धरपकड़ हुँदै छ। झुठा मुद्दा लेफ्ट एंड राइट लगाइदैछ। यो त फासिज्म हो। यो एमाले माओवादी र कमल थापा को फ़ासिस्ट गठबंधन। पंचायत काल फर्काई सक्यो देशमा।

११ बुँदे मा विषय प्रवेश नै गर्न चाहेको छैन सत्ता पक्ष। एक पीढ़ि हामी मधेस लाई उपनिवेश बनाएर राख्छौं अझै भन्ने मुड मा छ।

त्यस अर्थमा एक महिना फेरि मधेस अथवा देश बंद गरेर कहाँ पुग्ने इच्छा व्यक्त गरिएको हो? फासिज्म लाई सत्य आग्रहले भ्याउँदैन।

मधेस सीके राउत को बाटो तिर लंकंदैछ।

कमसेकम देशमा लोकतंत्र भएको भए त्यो नहुने। तर देशमा छ फासिज्म। चरम नस्लवाद।

नेपाल सरकार सँग क्षमता थियो भने विकास नै गर्थ्यो। यदि मधेस अलग देशको मुड मा पुगेछ भने त्यसको सामना गर्न सक्ने क्षमता नेपाल सरकार सँग छैन। यस सरकार लाई न भारत, न चीन, न अमेरिका को साथ छ।