Tuesday, January 26, 2016

Hridayesh Tripathy: Fireside Chat

Nepal News (49)

के हुदै छन मधेश वृतमा ?
सदभावना अध्यक्ष राजेन्द्र महतो र तराई मधेश राष्यि अभियानको संयोजक जेपी गुप्ता विच लामै छलफल भएको छ । महतो र गुप्ता विचको छलफल भएकै केहि घण्टामा विराटनगरमै एउटा पत्रकार सम्मेलन गरेर फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनरत पक्ष विचको एकताको थाली साकारात्मक रुपमा अघि वढेको बताएका छन । ...... उता दिल्लीमा उपचारर्थ तमलोपा अध्यष महन्थ ठाकुर त्यही वाट अव चाडै आन्दोलनकारीहरु विचको एकताले मुर्त रुप लिन सक्ने तर्क दिएका छन । मधेशमा आन्दोलनरत सवै पक्षविचको एकता पक्कै पनि आन्दोलनलाई थप चर्काउने नै छ । नकी काठमाडौमा भनिदै आएको जस्तो आन्दोलन अव छैन भनेर । .........

मधेशका जिल्लाहरुमा प्रमुख दलहरुलाई कार्यक्रम गर्न निधेष गर्ने घोषणाको प्रतिस्पर्धा नै देखिन्छ ।

रंगली घटना पश्चात वारा, पर्सा, धनुषा, सिरहा, सप्तरी लगायतका जिल्लाहरमा आन्दोलनरत सवै पक्षहरुले सार्वजनिक विज्ञिपत निकाल्दै प्रमुख दलहरुलाई कार्यक्रम गर्न नदिने बताउन थालेका छन । .......... पश्चिम मधेशमा पनि टिकापुर घण्टा पश्चात विकसित थारु समुदायका युवाहरुको मनोविज्ञानका कारण त्यस क्षेत्रमा हतियारी समुह शक्तिशाली रुपमा उदय हुने सम्भावना छ । ........ मधेशमा देखिएको चार ओटै धारहरु आ आफनो ठाउमा शक्तिशाली हुदै गएको देखिन्छ, जुन भोलीका लागी काठमाडौ माथी अत्यद्यिक हावी हुने निश्चित छ ।
प्रधानमन्त्री भन्छन्, ‘नाका नखुलेसम्म भारत जान्नँ’
‘एक साता ढिला गरेको भए अहिलेसम्म संविधान बन्दैनथ्यो’
‘यो अघोषित नाकाबन्दी हो, त्यसकारण अघोषित रुपमै खुल्छ । अब एक दुईदिन भित्रै नाकाहरु सहज हुन्छन्’ ..... संघीयता वैज्ञानिक नभए आयोगमार्फत टुंग्याउन सकिने प्रधानमन्त्रीको धारणा थियो । ‘संघीयताका सिमानामा चित्त बुझेन भने संविधानमा आयोगको व्यवस्था छ । त्यसले टुंगो गर्ला । तर मैले जे भन्छु त्यही गर्नुपर्छ, अहिले नै गर्नुपर्छ भनेर पाखुरा सुर्किदा हुन्छ र ..... प्रधानमन्त्रीले संविधान संशोधनबाट मधेसी मोर्चा पनि खुसी नै रहेको दाबी गरे । ‘तर उहाँहरु यसलाई खुलेआम स्विकार्न सक्नुहुन्न । किनकि आफूहरुले उठाएको मुद्धा अर्काले बिचैमा खोसिदेला कि भन्ने पिर छ,’ उनले भने । ...... ‘राम्रा काम गर्छु भन्दा मलाइ उडाइयो,’ कतिपय महत्वाकांक्षी घोषणामा हास्यको पात्र बन्नुपरेको बताउँदै प्रधानमन्त्रीले भने,

‘काठमाडौंमा मेट्रो रेल चलाउँछु भन्दा मैले सजाय भोग्नुपर्छ ।’

'भारतले नेपालमा ‘माइक्रो मेनेजमेन्ट’ गर्ने प्रयास छोडोस्'
भारतीय पत्रकार बर्मा भन्छन्, 'भारत चाहन्थ्यो, मधेस र पहाडको बीचमा द्वन्द्व बढोस्'
नेता नेपालले भारतले नेपालको आफ्नो स्वामिभान छ भन्ने बुझ्न जरुरी रहेको बताए । ...... नेपालले भने ,‘माइक्रो मेनेजमेन्टको जरुरी छैन ।’ उनले नेपाल र भारतबीच समान हैसियतको समबन्ध मात्र हुने उल्लेख गर्दै आर्थिक रुपमा ठूलो र सानो हुँदैमा फरक नहुने बताए । भारतले ‘भाइ भाइको सम्बन्ध’ राख्न खोज्ने तर नेपालले मित्रताको सम्बन्ध मात्र राख्न चाहेको नेता नेपालको धारणा थियो । ‘भाइ–भाइ भन्ने वित्तिकै ठूलो र सानो भन्ने हुन्छ, भारतले नेपाललाई ठूलो दाजुको जस्तो व्यवहार गर्छ भन्ने महसुस नेपालीहरुलाई भएको छ,’ नेता नेपालले भने,‘ हामी समान तहको मित्रता सम्बन्ध चाहन्छौं ।’ ...... भारतीय बरिष्ठ पत्रकार तथा बिष्लेषक आनन्दस्वरुप बर्माले नेपालमा कम्यूनिष्टहरु सत्तामा पुगेको भारतले कहिल्यै पनि देख्न नचाहने भएकाले सधै कम्यूनिष्ट नेताहरुको सरकारलाई असफल पार्ने रणनीति लिने गरेको टिप्पणी गरे । हिन्दु अतिवादी विचारधाराबाट प्रेरित भएका नरेन्द्र मोदी भारतीय सत्तामा रहेको उल्लेख गर्दै पत्रकार बर्माले नेपाललाई शान्तिसंग रहन नदिने ठोकुवा गरे । ‘मोदी नेपाललाई हिन्दुराष्ट्र बनाउँछु भनेर हिडेका थिए । तर नेपालमा त्यसअनुसार भएन उल्टै

कम्यूनिष्टहरु सत्ताका सबै प्रमुख स्थानमा उनी कसरी खुसी हुन सक्थे,’ पत्रकार वर्माले भने, ‘त्यसैले कम्यूनिष्ट नेताहरुलाई शासनमा असफल बनाउने चहना अनुसार उनले मधेसलाई बहाना बनाएका हुन् ।’

......... पत्रकार बर्माले भने, ‘भारतले नाकाबन्दी गरेपनि विकल्पको रुपमा नेपालले पेट्रो चाइनासँग सम्झौता गर्ने वित्तिकै चीनतर्फ नेपाल लाग्यो भनेर भारतीय मिडियामा व्यापक चर्चा गराइयो ।’ ..... भारत नेपाल भित्र द्वन्द्व बढाएर त्यसमा आफूले हस्तक्षेप गर्न पाइयोस् भन्ने ढंगले अघि बढेको बर्माको टिप्पणी थियो । ‘भारत चाहन्थ्यो, मधेस र पहाडको बीचमा द्वन्द्व बढोस् र त्यसमा आफूले हस्तक्षेप गर्न पाइयोस्,’ पत्रकार बर्माले भने,‘ तर संयोगबस नेपालमा त्यस्तो द्वन्द्व भएन यो खुसीको कुरा हो ।’ .....

‘किन सार्कभर युरोपमा जस्तो खुल्ला हुनुपर्‍यो होइन भने सिमामा कुनै न कुनै व्यवस्थापन गर्नु पर्छ,’ उनले भने । नेपालको जलस्रोतप्रति भारतको आँखा गढेको त्यसका कारण पनि कतिपय समस्या नेपालमा खडा गर्न खोजिएको भन्नेमा टिप्पणी भित्र केही सत्यता पनि उनसक्ने आफ्नो बुझाई रहेको बर्माले बताए ।

तराईका कांग्रेस नेताको मोर्चालाई अपिल-'अधिवेशनमा सहयोग गर'
संविधान संशोधन उपलब्धी मुलक
विज्ञप्तीमा बिमलेन्द्र निधी, आनन्दप्रसाद ढुंगाना, फर्मुला मन्सुर सहित प्रदेश नम्बर २ का सभासदहरुको हस्ताक्षर छ ।
मोर्चाका नेता भन्छन्, ‘आन्दोलन पुनर्विचार हुन्छ’
‘महागठबन्धन निर्माणको आवश्यकता छैन’
तराई केन्द्रित आन्दोलनले समाधान ननिस्कने बताउँदै यादवले अब हिमाल, पहाडसम्म पनि आन्दोलनको राप पुर्‍याउने बताए । उनले बाहिर चर्चा भएजस्तो मधेस आन्दोलनको लागि महागठबन्धन निर्माणको योजना नरहेको स्पष्ट पारे । .....तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले संविधान संशोधनकै आधारमा नाकाबन्दी खोल्ने स्थिति नबनेको भन्दै नाकाबन्दी खुल्ने प्रोपागाण्डा मच्चाउनुको तुक नभएको बताए । ..... उनले

अहिलेको संसोधनले आफूहरुको मागको एउटा विन्दु पनि छुन नसकेको

भन्दै आन्दोलनको स्वरुप परिवर्तन गर्नु पर्ने भए पनि अब मधेसी जनताको बीचमा राखेर मात्रै अघि बढ्ने स्पष्ट पारे ।
पूर्वका नाका सामान्य
‘आयात पूर्ववत् अवस्थामै फर्किएको छ,’ भन्सार प्रमुख भीमप्रसाद अधिकारीले भने, ‘नाका लगभग खुलै छ भन्दा पनि हुन्छ ।’ तर, पानीट्यांकी भन्सार क्षेत्रमा भने अझै २ देखि ३ सय गाडी लामबद्ध नै छन् । भारतीय अर्ध सैनिक बल (एसएसबी) ले नेपाल प्रवेश गर्ने सवारीलाई दिने सास्ती पनि कम भएको छ । .....

पहिला एउटा ट्रक जाँच गर्न २ देखि ३ घण्टा लगाउने सुरक्षाकर्मीले अहिले १०–१५ मिनेटमा जाँच गरेर पठाउँछ ।

‘कांग्रेस महाधिवेशन रोक्ने एमालेको षड्यन्त्र ‘
कांग्रेसको माघ १५ गते गाउ, २२ गते क्षेत्र, २५ गते जिल्ला र फागुन २१ देखि २४ सम्म केन्द्रीय महाधिवेशन हुने भएकाले अधिकांश सांसदहरु जिल्लामा गइसकेको उल्लेख गर्दै श्रेष्ठले अहिले संसदीय नियमावली फेर्ने कसरत हुनु कांग्रेस महाधिवेशन भाँड्ने षड्यन्त्र रहेको बताए ।
नाकाबन्दीको फाईदा सत्ताधारीले उठाए
यसरी छिनाझप्टीमा परेको मधेश कहिले गोर्खाली साम्राज्यवादको अन्डरमा बस्यो, कहिले व्रिटिश र त्यसअघी मुगलको अन्डरमा थियो । ..... मधेशमा झन धेरै औपनिवेशिक शासन छ, नेपालका अरु जाती जनजातीहरुमा त्यस्तो समस्या छैन । यहाँ भन्न खोजिएको के हो भने, यहाँका राई, लिम्वु, मगर, तामाङ लगायतका जाती जनजातीमा नेपाली हौँ कि होइनौँ भन्ने समस्या छैन । तर, मधेशमा त्यो समस्या ब्यापक रुपमा छ । गोर्खाली साम्राज्यवादले मधेशीहरु नेपाली हुन कि होईनन् भन्ने ठुलो प्रश्न खडा गरिदिएको छ । ......

पृथ्वीनारायण शाहले आफ्ना वंशजहरुलाई दक्षिणकामाथि विश्वास नगर्नु भन्ने कुरा सिकाए । यसको अर्थ मधेशीहरुमाथी विश्वास नगर्नु भनिएको हो, त्यो अहिलेसम्म यथावत छ । यहाँका कांग्रेस, कम्युनिष्ट या मण्डले सवैले मधेशीहरुमा एकै खालको ब्यवहार दोहोर्याईरहे । सवैले मेधशलाई मण्डले राष्ट्रवादकै दृष्टिकोणबाट मधेशलाई हेरिरहे । मधेशी जनतालाई उपेक्षा गरिरहे । त्यसविरुद्ध अहिले मधेश आन्दोलनमा छ ।

...... त्यतिवेला १३ सय मधेशीहरुले आफ्नो ज्यानको कुर्वानी गरेका छन् । धेरैजना बेपत्ता र घाईते भएका छन् । ..... तिनै दलाल र जमिन्दारले अहिले आन्दोलनको स्वामित्व लिईरहेका छन् । आम मान्छेहरु आन्दोलनमा भएकाले तिनै दलाल र जमिन्दारले चाहेर पनि आन्दोलन रोकिनेवाला छैन । ...... जसरी यहाँका केन्द्रिय मिडियाले मण्डले राष्ट्रवादको वकालत गरिरहेको छ, मधेशमा फरक कुरा पाईन्छ । मधेशमा जन–जनले बच्चा बच्चाले भन्छन्, ‘जय मधेश ।’ मण्डले राष्ट्रवादको तर्क गरेर राष्ट्र विखण्डन हुन्छ भनेर यहाँको शासक बर्र्ग जत्ति चिच्याएपनि जनताले सवै कुरा बुझिसकेको छ, त्यसैले त तराईमा हरेक कुराको अभाव हुँदा पनि जनता आन्दोलनको पक्षमा छ । ...... अहिलेका प्रधानमन्त्री केपी ओलीलाई पनि मधेशी जनताले नै पालेको हो, नेता बनाएको हो ।

भूमिगत कालमा मधेशी जनताले उनको सुरक्षा गरेका थिए । केपी ओली पक्राउ पर्दा रौतहटका जनताले थानालाई घेरेर ‘केपी ओलिलाई मार्न पाईदैन’ भन्दै प्रशासनको विरुद्ध धावा बोलेका थिए ।

माधव नेपाल, विष्णु वहादुर मानन्धरहरु सवैले मधेशी भूमिमै राजनीति गरेर आज यहाँसम्म पुगेका हुन् । त्यहाँ बर्गीय समस्या हल भैसकेको छ भनेको हैन, तर अहिले राष्ट्रिय मुक्ति आन्दोलनको मुद्धा प्रधान भएको छ । .........

हाम्रो भनाई साझा नेपाल बन्नुपर्यो भन्ने हो, नेपालको नाममा गोर्खाली उपनिवेश रहनुभएन । अहिले रुपमा नेपाल भनेपनि सारमा गोर्खाली उपनिवेश नै कायम छ ।

...... यहाँका मिडिया र सत्ताधारीले प्रचार गरेजस्तो भारत सरकारले नाकाबन्दी गरेको होईन्, भारतले त सवैचिज दिएकै छ । जुन नाकामा आन्दोलनकारीलाई पिटेर, मारेर हटाएको छ त्यो नाकाबाट समान ल्याएकै छ । अन्य नाकाको चोरबाटोबाट पनि सामान आईरहेको छ, तस्करी चलेकै छ । परराष्ट्रमन्त्रीले तस्करहरुलाई धन्यवाद दिएकै छन् । भारतले नाकाबन्दी गर्ने हो भने, बोर्डरमा सिमासुरक्षा बलको यत्ति धेरै फोर्स छ की उनीहरुले एकादुई गाडी पनि छिर्न दिँदैनन् । तर, अहिले बिरगंजको पुलबाहेक सवै नाका खुल्ला छ । यो अघोषित नाकाबन्दी हुँदै होईन् । ..... निश्चित रुपमा भारतीय सरकारले त्यहाँको समस्या हल गर भन्नु बेठीक होईन, त्यो कुनै हस्तक्षेप होईन् । किनभने, मधेशमा आन्दोलन हुँदा त्यसको ठाडो प्रभाव भारतलाई पर्छ । अहिले भारतीय जनताले पनि आवाज उठाउन थालेका छन् .......

अहिले तेल स्टोरमा पुरा छ, तर जनतालाई दिईएको छैन । सेना, पुलिस, नेता सवै तस्करी गरिरहेका छन् । तस्करी यहाँ पनि छ, मधेशमा पनि छ । शासक र अर्धशासक आन्दोलनकारी अहिले तस्करीमा मस्त छन् । ...... बोर्डरमै बस्ने जनताले ग्याँस तेल पाएका छैनन्, तर काठमाडौंमा पाएका छन् । हामी पनि तस्करले बेचेको तेल किनिरहेका छौं । तसर्थ, यो नाकाबन्दीको फाईदा मण्डले राष्ट्रवाद अझ भनौँ, अहिलेका सत्ताधारीले उठाए ।

........ अबको नयाँ नेपालमा भोटको भ्यालु बराबर हुनुपर्छ । पहाडको पनि नागरिक हुन् मधेशका पनि नागरिक हुन्, शिक्षा स्वास्थ्य रोजगारको अधिकार सवैतिरका जनाताले पाउनुपर्छ । अब मधेश न बाहीरी बसाई सराई न भित्रको बसाई सराई थेग्ने अवस्थामा छ । त्यसो गर्दा पहिचान पनि खत्तम हुन्छ, भुगोल पनि थोरै छ । महेन्द्रकालीन योजना अबका दिनमा पनि मधेशमा थोपर्नु हुँदैन भन्ने हाम्रो भनाई हो । तर

अर्धसरकारी आन्दोलनकारी सीमांकन मिलाएपछि पुग्छ भन्दैछन् । तर, नेकपा (माओवादी) चुरे सहितको समग्र मधेश प्रदेशको पक्षमा छ ।



कांग्रेस १३ औं महाधिवेशन : पदमा पुग्न परिवारकै लडाइँ
कृष्णप्रसाद कोइरालाका तीन छोरा विश्वेश्वरप्रसाद कोइराला, मात्रिकाप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला नै पार्टी सभापति बने । १२ औं महाधिवेशनबाट सभापति जितेका सुशील कोइराला पनि कोइराला परिवारकै नातेदार हुन् । उनी

कृष्णप्रसाद कोइरालाकी सालीका छोरा

हुन् । ..... पञ्चायतकालमा कांग्रेसका संस्थापक बिपी कोइरालालाई नुवाकोट जिविस सभापतिको हकमा फाँसी दिन राजदरबारलाई सिफारिस गर्ने अर्जुनरसिंह केसी बहुदलपछि स्थायी रूपमा कांग्रेसको राजनीति गरिरहेका छन् । ...... १२ औं महाधिवेशनमा ‘पपुलिष्ट’ मत ल्याएर केन्द्रिय सदस्य जितेका थापाको घैंटे काण्डबाट कांग्रेसमा केही इमेज खस्केको बताइन्छ ।
कट्रिना कैफसँग सलमानको सेल्फी : भने, ‘म पनि तपाईको लागि पागल छु’
भारतीय सीमामा दुई दिन अझै कडा रहने, सवारीको पास अनिवार्य
यता मंगलवार विहान मात्रै ईन्धन लिन २५ जति खाली ट्यांकर भारत प्रवेश गरेको साथै भारतबाट नेपाल आउने माल सामानमा आफुहरुको कहिलेपनि अवरोध नगरेका मालवाहक गाडीहरु देखाउँदै भन्सार अधिकारी बताउँछन् । आजैबाट पुनः दुई दिन चलेर बन्द भएको सार्वजनिक यातायात समेत संचालनमा आएको छ भने भन्सारमा आन्दोलनकारीको शुन्य उपस्थितिले मालवाहक सवारीहरु निर्वाधरुपमा नेपाल भित्रिएको देखिन्छ ।

नाकाबाट टेन्ट हटेकोमा मोर्चाले सो नयाँ ढंगले निर्माण गर्न हटाइएको बताएको छ ।



नाकाबन्दी खोल्ने विषयमा मोर्चा विभाजित
नाकाबन्दीसहितको आन्दोलनमा पुनर्विचार हुन्छः अध्यक्ष यादव

अंतरिम संविधान मा थियो


  • ७५ जिल्ला प्रत्येकमा कमसेकम एक निर्वाचन क्षेत्र 
  • मधेसमा जनसंख्या समानुपातिक ५१% सीट 
अंतरिम संविधान मा सीमांकन नामांकन बाहेक त आइसकेको थियो। भएको पनि हरण गर्ने काम भयो र त। सुल्झि सकेका समस्या, निको भइसकेका घाउ। नागरिकता को बारेमा अंतरिम मा छिनोफानो भइसकेको। 

मधेसी जनजाति ले आफुले भने जस्तो सीमांकन नामांकन नमानेकोले सजाय स्वरुप भइसकेको कुरा पनि लथालिंग पारिएको हो जाना जानी। निहुँ खोज्ने काम गरिएको। 


Monday, January 25, 2016

Naya Shakti: Ray Of Hope

पूर्वअर्थसचिव एवं नयाँ शक्ति पार्टीका अन्तरिम केन्द्रीय सदस्य रामेश्वर खनालले आगामी ०७५ साल मंसिरभित्र हुने आम निर्वाचनमा आफ्नो दल सरकारमा पुग्ने दाबी गरेका छन् ।

Posted by OnlineKhabar on Monday, January 25, 2016


रामेश्वर खनाल भन्छन्- ०७५ सालमा नयाँशक्ति सरकारमा पुग्छ
'कांग्रेस एमालेसँग माग्दै रत्नपार्कमा ढुंगा हानेर बस्दैनौं !'
पूर्वअर्थसचिव एवं नयाँ शक्ति पार्टीका अन्तरिम केन्द्रीय सदस्य रामेश्वर खनालले आगामी ०७५ साल मंसिरभित्र हुने आम निर्वाचनमा आफ्नो दल सरकारमा पुग्ने दाबी गरेका छन् । .....

नेपाली कांग्रेस परित्याग गरेर नयाँ शक्ति पार्टीमा लागेका खनाल

........ नयाँ विचारधारा नेपालको आवश्यकता हो भन्ने पहिलेदेखि नै महशुस भएको थियो । ....... अहिले भइरहेका सबै राजनीतिक दलहरुको संरचना, नीतिगत आधार, विचारधारा सबै आन्दोलनकारीको जस्तो छ । केही कुरा पूरा गर्नका निमित्त आन्दोलन अथवा युद्ध गर्ने ढाँचामा छ । नेपाली कांग्रेस पनि लोकतन्त्र प्राप्तिका लागि विभिन्न आन्दोलन गरेर आएको हुनाले अहिलेसम्म त्यही संरचनाबाट मुक्त हुन सकेको छैन । ....... त्यसैगरी, नेकपा एमाले, एनेकपा माओवादी र त्यसपछि खडा भएका अन्य सबै राजनीतिक दलहरुको संरचना उस्तै छ । कुनै पनि राजनीतिक दलको धारणा सरकारमा गइसकेपछि जनतालाई सेवा गरेर प्रभाव पार्नुपर्छ भन्ने छैन । जनतासँग सीधै उपस्थित हुनुभन्दा विभिन्न किसिमका भातृ संगठन, दलालहरु खडा गरेर तिनको माध्यमबाट गतिविधि अगाडि बढाउने भूमिगतकालीन शैली दलहरुमा अझै विद्यमान छ । .....

कुनै पनि राजनीतिक दलमा नीति निर्माणमा गर्नुपर्ने अध्ययन, अनुसन्धान र विचार बिमर्श पर्याप्त हुँदैन । नेताले फ्याट्ट बोलिदिने, त्यसपछि बोलिहालियो क्यारे, यही त हो नि हाम्रो पार्टीको नीति भन्ने प्रवृत्ति छ ।

...... राजनीतिक दलहरुले आफ्नो नीति निमार्णका निमित्त अध्ययन, अनुसन्धान र बिचार बिमर्श गर्दै गरेनन् । .......

दलभित्र लडेका, ढुंगा हानेका, प्रहरीबाट कुटाइ खाएको खत देखाउन सक्ने मान्छेलाई त्यही आधारमा दलभित्र अवसर दिने संस्कार रहेछ ।

........ बाहिरबाट दलमा प्रवेश गर्न चाहने व्यक्ति पार्टीमा प्रवेश गर्न चाहन्छ भने त्यहाँ प्रवेशिका परीक्षा पास नगरेकोसँग समानरुपमा त्यो उच्च ज्ञान भएको दक्ष व्यक्तिले प्रतिस्पर्धा गर्नुपर्ने रहेछ ।

म त कांग्रेसको ढोकाबाट भित्रै छिर्न पाइँन ।

अहिलेको राजनीतिक संस्कारबाट देशले निकास पाउँदैन, त्यसका लागि नयाँ राजनीतिक विकास गर्नुपर्छ भन्ने कुरा मैले मात्रै होइन कि पुराना राजनीतिक दलका शीर्षस्थ नेताहरु नै भन्नुहुन्छ । ......... नयाँ शक्तिको घोषणासभामा तपाईको ‘सिटिङ लेभल’ हेर्दा तपाई सेकेन्ड म्यानजस्तै देखिनुहुन्छ ........... म कांग्रेसमा अवसर खोजेर गएकै थिइँन । राजनीतिमार्फत नीति निर्माणको सुपि्रम लेभलमा पुगेर गतिलो नीतिहरु बनाएर देशको विकासमा काम गर्न सकिन्छ कि भन्ने मेरो धारणा थियो । ....... म विवेकशील नेपाली अभियानको शुभचिन्तक पनि हो । रविन्द्र मिश्रले सुरु गर्न खोज्नुभएको थियो, अझै पनि उहाँसँग सम्वादमै छु । उहाँले फ्लोर गर्न सक्नुभएन, बाबुराम जीहरुले फ्लोर गर्नुभयो । उहाँहरुले तपाई आउनुपर्‍यो भनेपछि यसतर्फ लागेको हुँ ।

नयाँ शक्ति आवश्यक छ भन्ने मलाईमात्र नभई धेरैलाई लागेको छ ।

देशको विकास गर्ने, डेलिभर गर्ने खालको शक्ति आवश्यक थियो । - .......... नयाँ शक्तिले समावेशी र सहभागितामूलक लोकतन्त्र भनेको छ, जुन अरु दलहरुले भनेका छैनन् । र, यो समावेशी निगाहको समावेशी होइन । निगाहको समावेशी त पञ्चायतकालमा पनि थियो । बालाराम घर्ती मगर, हिरालाल विश्वकर्मा, मृगेन्द्र सिंहलगायत राज्यसत्तामा थिए त । तर, यो अभियानको समावेशिता भनेको स्वतस्फूर्तरुपमा हुन्छ ।

अन्य राजनीतिक दलहरुमा टिकट दिँदा माथिबाट तल जान्छ । तर, नयाँ शक्तिमा तलबाट माथि हुँदै आउँछ । अभियानका सदस्यहरुले नै चुन्छन् ।

....... कांग्रेसले समाजवाद, एमालेले मार्क्सवाद, माओवादीले साम्यवाद भन्छन् । नयाँ शक्तिले कुनै वाद भनेको छैन । नयाँ शक्तिको बाद भनेको जनताको सम्मृद्धि र आर्थिक विकास हो । ........ पुराना दलहरुको सोच, संरचना र नीति केही माग पूरा गराउने, त्यसको निमित्त लड्नेमा आधारित छ । माग पूरा गराउने, लड्ने, भित्तामा लेखेर फलानो ठाउँको खारेज गर, फलानो ठाउँको बहाली गर, जनवादी शिक्षा लागू गर भनेर अर्कासँग माग गर्ने त्यो संस्कार पूर्णरुपमा अलग भएर नयाँ शक्तिले सेवा प्रवाहमुखी संरचनाको किास गर्नुपर्छ भन्ने हो । .......

अब हामीले माग गर्ने होइन, माग पूरा गर्ने हो भन्ने नयाँ शक्तिको सोच हो । यो काम बाहिर बसेर होइन, भित्रै गएर गर्नुपर्छ । भित्र जान चुनाबै लड्नुपर्छ, त्यहाँ बहुमत ल्याउनु पर्छ ।

....... उद्यमशीलतामा आधारित पुँजीवाद भनिएको छ । यसको अर्थ के हो भने

सम्पत्ति केही पनि नभएको तर दिमागमा नयाँ सोच भएको, हातमा सीप भएको व्यक्ति पनि सम्मृद्ध हुने खालको आर्थिक संरचनाको विकास गर्नेछौं ।

....... नयाँ शक्तिले नेपाल भूपरिवेष्ठित राष्ट्र होइन, यो त दुई ठूला अर्थव्यवस्था भएका राष्ट्रको बीचमा भएको सम्भावनायुक्त राष्ट्र हो भनेर परिभाषा गरेको छ । भारत र चीनबीचको गतिशील पुल भनेर नेपालले अधिकतम आर्थिक लाभ लिनुपर्छ । ........... आगामी ०७३ साल बैशाख १ गते नयाँ शक्तिले राजनीतिक दलको संरचना सार्वजनिक गर्छ । ०७५ मंसिर सम्म निर्वाचन हुनुपर्ने नयाँ संविधानले व्यवस्था गरेको छ । त्यो निर्वाचनमा नयाँ शक्ति सरकारमा पुग्नेगरी .......

पाँचजना सदस्य भएको परिवार छ भने बिहान उठ्ने वित्तिकै शौचालयमा बस्न लुई घण्टा लाइनमा बस्नुपर्ने स्थिति छ । त्यसैगरी, गाउँमा १० बजे मेलापात जानु छ भने बिहान ७ बजेदेखि खान पकाउन सुरु गर्नुपर्छ । गाउँले जनताको बिहान त शौचालय जाँदा र खाना पकाउँदै बित्छ ।

......... टीका लगाएर, माला लगाएर पार्टी प्रवेश गर्ने भन्ने यहाँ हुँदैन ....... अब पुराना दलहरुको अस्तित्वचाहिँ संकटमा पर्छ । अब वादवाला दलहरुले नाम परिवर्तन गरेनन् भने टिक्न निकै मुस्किल छ । ...... अहिले जसरी नयाँ शक्तिको अभियान चलेको छ, म उहाँहरुलाई समर्थन गर्न आएको हुँ । उहाँहरुले तपाईको सहयोग र समर्थन चाहिन्छ भन्नुभयो । तपाईको अनुभव चाहिन्छ भनेपछि उहाँहरुलाई सहयोग गर्न तयार भएको हुँ । ...... अहिले पाँच लाख रुपैयाँ नभई कम्पनी खोल्न पाइँदैन, हामी एक रुपैयाँ नभएको मानिसले पनि कम्पनी खोल्न पाउने व्यवस्था गर्नेछौं । देश विकास गर्ने सरकारले होइन, व्यक्तिले हो । ...... कुनै देश अल्प विकसितबाट विकसित भएको सय वर्षे इतिहास हेर्नुभयो भने सहकारीबाट विकास भएको पाइँदैन ......

देशको विकास गर्ने भनेको व्यक्तिले हो । व्यक्तिलाई शीप सिकाएर उद्यमशील बनाउनुपर्छ । हिजोसम्म सय रुपैयाँको उत्पादन गर्ने प्रत्येक व्यक्तिले आजको दिनदेखि १० हजारको उत्पादन गर्न सक्यो भेन प्रतिव्यक्ति आम्दानी १० हजार पुगिहाल्छ ।

....... प्रत्येक व्यक्तिको उद्यमशिलता प्रवर्द्धन गर्ने आर्थिक नीति बनाइने छ ।

भारतमा अहिले भइरहेको वृद्धि सन् १९९२ देखि १९९७ सम्म पाँच वर्षको अवधिमा भएको उपलब्धी हो । उनीहरुले बनाएको नीतिले आर्थिकरुपमा भारतलाई विश्वकै शक्तिराष्ट्र बनाइदियो ।

.......... भारतमा १७ डलर लिएर काम सुरु गर्ने नारायणमूर्तिले विलियन डलरको कम्पनी बनाए । भारत सरकारले कम्पनी दर्तामा सहजीकरण गरिदियो । नेपालमा कम्पनी खोल्न ५ लाख चाहिन्छ, हाम्रो नीति उद्यमशील व्यक्तिले शुन्य लागतमा कम्पनी खोल्न पाउनुपर्छ भन्ने हो । पाँच वर्षमा विकासका थुप्रै अवरोध हटाउन सकिन्छ । .......

हामी खुला दिलले विदेशी लगानी भित्र्याउन चाहान्छौं ।

........ पार्टीका सदस्यलाई कानुन, अर्थशास्त्र, राजनीति शास्त्र र व्यवस्थापनको तालिम दिने योजना छ । बाबुरामजीले मसँग खोजेको पनि व्यवस्थापन नै हो । अहिलेको जमानामा आवश्यक भनेकै कुशल व्यवस्थापन हो । ....... त्यहाँ डेलिभरी गर्न खोज्दा यसले भाग नै खान्छ कि भन्ने एकथरीको धारणा देखियो । अहिलेसम्म कांग्रेसबाट राजनीतिमा जिम्मेवारी दिएको छैन, निस्केको भनुँ कि त्यहीँ छु भनुँ ? यहीबेलामा मुलुकमा केही परिवर्तन गर्छु भनेर अगाडि बढिरहेको शक्तिलाई समर्थन गर्नुलाई अस्थिरता भन्न मिल्दैन ।

Former rebel and PM, BRB announced a new political force in Nepal with few, relatively clean names. Don't quite like the...

Posted by Sagar Onta on Sunday, January 24, 2016

ओली सुशील मार्का नेता हरु र देश उँभो लाग्ने कुरा

संसारको उसै पनि सबैभन्दा गरीब देश, अब योभन्दा कति गरीब हुनु, तीव्र गतिमा विकास नहोला, क्षमता नपुग्ला, तर स्थिति यति सारहो ख़राब छ, योभन्दा चाहिँ ख़राब हुँदैन कि भन्यो ओली सुशील हरुले देशलाई अझ धरातल मा लाने उपाय हरु खोज्न भ्याएका हुन्छन्। केही न केही खुबी अवश्य छ। हामी थुप्रै ले देख्न नसक्ने कुरा हरु देख्न सक्ने ओली सुशील हरु। एक किसिमको इंजीनियर नै हो। अब योभन्दा तल देश जाँदैन, जानै मिल्दैन भन्यो, त्यहाँ बाट पनि तल लाने उपाय खोजिसकेको हुन्छ। यो एउटा आफ्नै किसिमको विशेषता हो।


1 Down, 10 More To Go

कसरी हुन्छ तराईका २० जिल्लामा ८० निर्वाचन क्षेत्र र बाँकी ५५ मा ८५?
मधेसका २० जिल्लामा ८० निर्वाचन क्षेत्र, हिमालका कम जनसंख्या भएका ६ जिल्लामा ६ निर्वाचन क्षेत्र र पहाड तथा हिमालका बाँकी ४९ जिल्लामा ७९ निर्वाचन क्षेत्र रहने ...... जनसंख्यालाई मुख्य र भूगोललाई सहायक आधार मान्ने ...... जनसंख्यालाई मात्र आधार मान्दा प्रदेश नम्बर ६ को निर्वाचन संख्या एकैपटक घटेर १० मा झर्थ्यो। मधेसका २० जिल्लाले भने ८३ निर्वाचन क्षेत्र पाउने थिए। ...... विशुद्ध जनसंख्याका आधारमा मात्र निर्वाचन क्षेत्र तय गर्ने सिद्धान्त प्रतिपादन गर्ने हो भने अहिले एउटा निर्वाचन क्षेत्रमा १६०,५७३ जनसंख्या पर्छ। पहाड तथा हिमाली भेगका १८ जिल्लाको जनसंख्या १ लाख ६० हजारभन्दा कम छ। ...... हिमाली भेगका ६ जिल्ला

मनाङ, मुस्ताङ, रसुवा, हुम्ला, डोल्पा र मुगु

को जनसंख्या ६० हजारभन्दा कम छ। त्यसैले, यी सबै जिल्ला निर्वाचन क्षेत्रविहीन हुन्छन्। ........ मधेसका २० जिल्लाले पाउने ८३ सिटमध्ये ३ सिट र पहाडका जिल्लाबाट ३ सिट झिकेर हिमालका ६ जिल्लालाई ६ सिट दिएपछि तराईका २० जिल्लाले ८० सिट र पहाडका ४९ जिल्लाले ७९ सिट पाउँछन्। ..... मधेसका २० जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा १५ निर्वाचन क्षेत्र, प्रदेश नम्बर २ मा ३२, चितवनमा ३, प्रदेश नम्बर ४ मा पर्ने नवलपरासीको भू–भागमा २, नवलपरासीको बाँकी भाग, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा २० तथा कैलाली र कन्चनपुरमा ८ गरी जम्मा ८० सिट मधेसका जिल्लामा हुनेछन्। ..... ‘यसरी निर्वाचन क्षेत्र तय गर्दा न तराईलाई अन्याय हुन्छ न त पहाडलाई

Nepal News (48)



Hail Comrade Premier

Progenies of King Prithvi destroyed flourishing Malla civilization with their decadent ways.

Usurper-Premier Jang turned the entire country into a giant prison for over a century where inmates toiled for the benefit of the family of jail-keepers. King Mahendra wound the clock back by at least few decades in an attempt to reestablish a family fiefdom. ......... And then Nepal got its first standup comedian as the head-of-government who claims to be a 'nationalist' of the same category in the second decade of the twenty-first century. His courtiers have to be ready with whatever are the verbal equivalents of a bedpan, a warm water jug and a washcloth whenever their boss opens his mouth to say something in public. ......... He never fails to regale his interlocutors with tall tales and Xanadu dreams. ...... Premier Oli's promises about gas pipeline into every kitchen, wind power to pull railways, multiple international airports to handle tourist influx, and metro trains for urban transport in one of the poorest countries of the world, from where youngsters are forced to escape to work in slave-like conditions in countries of western, southern and south-eastern Asia, causes amusement rather than derision. When ordinary consumers even in the capital city have to face at least 16 hours of power cut every day, they learn to appreciate black humor. ......

Cylinders of LPG can only be bought in the informal market at highly inflated rates, but the poor bear the burden of having a comical Prime Minister with a grin as they chitchat about absurdities of the government with a laughter accompanying every crackle of the firewood in the makeshift hearth at the height of winter.

........ The famed resilience of Nepalis is perhaps too charitable a way to explain away the collective indifference of the people with their own sufferings. There must be a better reason behind the subjugation of an entire country for over a century by a single extended family of rulers and their loyal lackeys in society. The risible demeanor of scholars manufacturing apologia for the indefensible regime can't just be dismissed as mere hogwash. The malaise perhaps has much deeper roots in the larger society. Could it be a case of longstanding collective delusion around the idea of showcase nationalism? That probably results from being shut-off from the outside world for much of the history of the country. ........ Ganesh Man Singh .. had the courage to publicly compare the people of Kathmandu with a flock of sheep .....

He knew the hollowness of nationalism in a dirt-poor country better than the most educated theorists of his time.

......... When driven into collective delusion, perfectly reasonable human beings begin to behave like rams in high heat—agitated, but their herd instinct still intact—that follow their leader in the hope of physical and psychological gratification........ Without catchphrases there can be no mass-delusion. Religions—the opium of the masses—have their holy chants, hypnotizing hymns and mesmerizing mantras. The intoxicant of nationalism runs on catchwords and labels. A patriot is the one who never questions the decision of the leader. A nationalist has to have an enemy in order to exist. A dissenter is a traitor in disguise. Quest for autonomy and self-rule is tantamount to separatism. ........ Little did the White Shirts that went to the Indian Embassy with bottles of petrol to donate realize that they were pouring the inflammable liquid over the fire of mistrust raging between two of the closest neighbors in the world.

Collective delusion does that to sensible people.

...... Unless the media have been consistently ignoring their pleas, they appear to have remained conspicuously silent about excesses of security forces almost throughout the six-month protests. Catchwords have the power to energize or sedate, depending on the issue involved, even the most considerate of all activists. ........

Former Speaker of the Pratinidhi Sabha Daman Nath Dhungana is an exemplary constitutionalist. Padma Ratna Tuladhar is an irrepressible rebel committed to the cause of downtrodden. Writer and commentator Khagendra Sangraula has a sterling reputation of speaking truth to power against all odds. Mahanth Thakur is one of the cleanest politicians in contemporary Nepal with impeccable integrity. When reputations of such people are brought into controversy, perhaps it's time to worry about collective health of society.

...... The media, however, is either circumspect or silent. The civil society is largely complicit in the government's diversionary discourses. When interests of the Permanent Establishment of a country are equated with the Nation itself, the resulting silence can become suffocatingly deafening.
कसरी हुन्छ तराईका २० जिल्लामा ८० निर्वाचन क्षेत्र र बाँकी ५५ मा ८५?
मधेसका २० जिल्लामा ८० निर्वाचन क्षेत्र, हिमालका कम जनसंख्या भएका ६ जिल्लामा ६ निर्वाचन क्षेत्र र पहाड तथा हिमालका बाँकी ४९ जिल्लामा ७९ निर्वाचन क्षेत्र रहने ...... जनसंख्यालाई मुख्य र भूगोललाई सहायक आधार मान्ने ...... जनसंख्यालाई मात्र आधार मान्दा प्रदेश नम्बर ६ को निर्वाचन संख्या एकैपटक घटेर १० मा झर्थ्यो। मधेसका २० जिल्लाले भने ८३ निर्वाचन क्षेत्र पाउने थिए। ...... विशुद्ध जनसंख्याका आधारमा मात्र निर्वाचन क्षेत्र तय गर्ने सिद्धान्त प्रतिपादन गर्ने हो भने अहिले एउटा निर्वाचन क्षेत्रमा १६०,५७३ जनसंख्या पर्छ। पहाड तथा हिमाली भेगका १८ जिल्लाको जनसंख्या १ लाख ६० हजारभन्दा कम छ। ...... हिमाली भेगका ६ जिल्ला

मनाङ, मुस्ताङ, रसुवा, हुम्ला, डोल्पा र मुगु

को जनसंख्या ६० हजारभन्दा कम छ। त्यसैले, यी सबै जिल्ला निर्वाचन क्षेत्रविहीन हुन्छन्। ........ मधेसका २० जिल्लाले पाउने ८३ सिटमध्ये ३ सिट र पहाडका जिल्लाबाट ३ सिट झिकेर हिमालका ६ जिल्लालाई ६ सिट दिएपछि तराईका २० जिल्लाले ८० सिट र पहाडका ४९ जिल्लाले ७९ सिट पाउँछन्। ..... मधेसका २० जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा १५ निर्वाचन क्षेत्र, प्रदेश नम्बर २ मा ३२, चितवनमा ३, प्रदेश नम्बर ४ मा पर्ने नवलपरासीको भू–भागमा २, नवलपरासीको बाँकी भाग, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा २० तथा कैलाली र कन्चनपुरमा ८ गरी जम्मा ८० सिट मधेसका जिल्लामा हुनेछन्। ..... ‘यसरी निर्वाचन क्षेत्र तय गर्दा न तराईलाई अन्याय हुन्छ न त पहाडलाई


आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले घोषणा गर्‍यो तीन महिने आन्दोलनको कार्यक्रम
आन्दोलनका कार्यक्रम काठमाडौं र प्रदेश स्तरमा गर्ने बताइएको छ जसअनुसार काठमाडौंमा माघ ११ मा कालो झन्डा प्रदर्शन र १६ गते मार्च गर्ने बताइएको छ । ......त्यस्तै अरु आदोलनकारी शक्तिहरुसँग सहकार्य र मोर्चाबन्दी पनि गरिने भएको छ । प्रवक्ता, प्रा.डा. ओम गुरुङद्वारा जारी.......विज्ञप्तिमा जनाइएअनुसार सुदूरपश्चिमको कैलालीमा माघ २३ बृहत् विरोध सभाको आयोजना गरिने छ । विरोध सभाको व्यवस्थापनको जिम्मा थरुहट/थारुवान संयुक्त संघर्ष समिति, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदहरु तथा जातीय संघ संस्थाहरुलाई दिइने छ । .....त्यस्तै गरेर इटहरीमा फागुन १२ र वीरगञ्जमा फागुन १४ गते प्रादेशिक विरोधसभामा गर्ने बताइएको छ । ....... काठमाडौंमा चाहिँ टोल/बस्तीमा आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले उठाएका मुद्दाहरुप्रति आम समुदायलाई सचेत बनाउन र उनीहरुलाई आन्दोलनमा संगठित गर्न व्यापक जागरण अभियान चलाइने विज्ञप्तिमा उल्लेख छ ।