Wednesday, December 30, 2015

In The News (71)

मोर्चाको उग्र प्रदर्शनले वीरगन्जमा तनाव (तस्बीरसहित)
वीरगंज –मधेश आन्दोलनलाई फितलो भएको भन्दै सशक्त बनाउन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले लाठि जुलुश प्रदर्शन गरेको छ । वीरगन्जको घण्टाघर चोकबाट मोर्चाका नेता कार्यकर्ताले निकालेको लाठी जुलुस नगरको विभिन्न भाग परिक्रमा गरी वीरगन्ज रक्सौलको दशगजा क्षेत्रमा रहेको मितेरी पुलमा पुगी धर्नामा सहभागि भएको छन् ।


विनोद चौधरीको आत्मकथा अब अंग्रेजीमा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनका धर्मपुत्र जीतबहादुरलाई उनको परिवारसँग भेट गराउनका निम्ति चौधरीले निर्वाह गरेको भूमिकाका लागि धन्यवादसमेत दिएका थिए । अंग्रेजी संस्करणमा यसको सविस्तार वर्णन गरिएको छ । ...... ‘लेखकका रुपमा परिचय बनाएपछि सार्वजनिक जीवनमा मेरो ब्यक्तित्वको अर्को आयाम विकास हुनपुग्यो जुन मैले चिताएको थिइँन,’ चौधरी भन्छन्, ‘पुस्तकसँग जोडिएको पहिचान मैले आजीवन सार्वजनिक जीवन बिताउँदाको अनुभवभन्दा एकदमै बेग्लै हुनपुग्यो ।’ ...... गणबहालस्थित सरकारी स्कुलको विद्यार्थी जीवनदेखि खिचापोखरीका सडकमा खेल्दै र हुर्कदै गरेका चौधरी, उद्योग वाणिज्य संघको नेतृत्वसम्म, अनि आजसम्म अन्य कुनै नेपाली पुग्न नसकेको ब्यावसायिक विस्तारको रोचक गाथा यस पुस्तकमा समेटिएका छन् । ..... उनको चाउचाउ ब्राण्ड ‘वाइवाइ’ले दुइ अर्ब प्याकेटभन्दा बढी उत्पादनको कोशेढुँगा कायम गरिसकेको छ ..... यतिबेला आठवटा मुलुकमा ८८ वटा होटल चलाइरहेको उनको टिमले सन् २०२० भित्रमा दुइ सयवटा होटल पु¥याउने संकल्प लिएको छ । ..... मुलुक भित्र मात्र नरहेर यस भेगकै राजघरानादेखि राजनीतिमा महत्वपूर्ण भूमिका निभाउने नेताहरुसम्मको पहुँच र पकडले उनको जीवनलाई नै स्वादलाग्दो बनाएको छ । यस्ता सम्पर्क र उठबसहरुले उनलाई बेला बेलामा चर्चा र विवादको घेरामा पनि नतानेको भने छैन । यसै वर्ष महाभूकम्पलगत्तै जब उनले राहत आव्हानका साथै सहयोगका निम्ति मैदानमा उत्रिए, उनी फेरि फोब्र्सको अर्को सूचीमा देखापरे, चालिस सर्वश्रेष्ठ दाताका रुपमा ।


मोर्चाको पाँच मागमा तीन दल असहमत
राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति, मुख्यमन्त्रीलगायत १३ वटा निकायमा अंगीकृत नागरिकले पनि नियुक्ति पाउने मागमा तीन दल असहमत छन् । मुलुकलाई बहुराष्ट्रिय परिभाषित गर्न, निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्यालाई मात्रै आधार मान्न, सेना तथा सुरक्षा निकायमा समानुपातिक प्रतिनिधित्व गराउन र प्रदेशको जनसंख्याका आधारमा संघीय संसद्मा सदस्य मनोनीत गर्न पनि तीन दल सहमत छैनन् । ....... जनसंख्याका अधारमा निर्वाचन क्षेत्र निर्धारण, अंगीकृत नागरिकता लिएका व्यक्तिले राज्यका १३ वटा निकायमा नियुक्ति पाउने मागमा मोर्चा लचिलो देखिएको छ । न्यायपालिका, बहुराष्ट्रसम्बन्धी परिभाषा, प्रदेशको बहुभाषिक नीतिलगायतमा पनि लचिलो हुनसक्ने मोर्चाको संकेत छ ।

हिंसा समाधान होइन, समस्या हो: मधेस आंदोलन सन्दर्भ

Mohandas K. Gandhi
Mohandas K. Gandhi (Photo credit: Wikipedia)
कुनै पनि परिस्थिति मा र प्रत्येक परिस्थितिमा हिंसा समस्या हो। अधिकार आंदोलन ले जुन सुकै परिस्थिति मा अहिंसा को बाटो मात्र हिड्नु पर्छ। लाठी जुलुस त मधेसमा गम्छा र लाठी सांस्कृतिक पहिचान जस्तो हो। तर त्यो लाठी पनि गम्छा जस्तो मात्र हो। मधेसी मेला ठेला जाँदा लाठी बोकेर हिड्छ। त्यसलाई आंदोलनकारी ले हथियार को रुपमा प्रयोग गर्नु हुँदैन।

गांधी ले पहिल्याएको अहिंसाको बाटो एटम बम भन्दा शक्तिशाली हो। अहिंसा को बाटो भनेको राजनीतिक चेतना को बाटो हो। जनता आंदोलन मा उत्रिएन भनेको राजनीतिक चेतना को कमी भो भन्ने हुन्छ। जुन कमी मधेस आंदोलन मा छैन।

मधेस आंदोलन ले दिल्ली बेइजिंग युरोप अमेरिका सबै तिर जितिसक्यो। मधेस कब्ज़ा भैसक्यो। अब काठमाण्डु मात्र ढलन बाँकी छ। हामी यहाँ सम्म आइपुगेको नै अहिंसा ले गर्दा हो। हिंसा को बाटो हिडेको भए हामी लाई दुनिया त होइन सीतामढी चाहिँ पुर्याउँथ्यो। हथियारधारी त लुक्छ। आम जनता भागेर सीतामढी पुग्ने मात्र हुन्छ। अहिंसा को आंदोलन को ५० शहीद ले दुनिया हल्लाएको छ। हिंसाको बाटो को ५,००० मृत्यु ले पनि त्यहाँ पुर्याउन सक्दैन।

हिंसा को बाटो कस्तो हो भन्दा जुन बच्चा को नवारण गर्नु छ त्यसै बच्चा लाई बलि दिन्छु भने जस्तो हो। Makes zero sense.

आवेग मा आउने क्षण हरु हुन्छन्। म आफै त्यसको भुक्तभोगी छु। तर त्यो उर्जा लाई अहिंसा को बाटो मा नै लगाउनु पर्छ। त्यस लाई ईंधन बनाउनु पर्छ। यो विजय निकट पुगिसकेको आंदोलन हो। सबै ले संयमित भाषा बोल्नु जरुरी छ। हिंसाको भाषा बोल्नु भनेको मधेस आंदोलन किन, के का लागि र कसरी भन्ने नबुझ्नु हो। हिंसा को भाषा ले मंजिल दुर पुर्याउँछ।

लाठीले मधेशको माग सम्बोधन नगरे बन्दुकले गर्ने महतोको चेतावनी
सिरहा–संघिय समाजवादी फोरम नेपालका सभासद डा. वीरेन्द्र महतोले लाठीले मधेशको आन्दोलन सम्बोधन नभए बन्दुकले सम्बोधन गराउने चेतावनी दिएका छन् । ..... संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको पुर्व घोषित कार्यक्रम अनुसार सिरहा सदरमुकाममा बुधबार लाठि जुलुस प्रदर्शनपछि आयोजित सभालाई सम्बोधान गर्दै उनले सो चेतावनी दिएका हुन् । महतोले शान्तिपुर्ण आन्दोलन र लाठि जुलुस लगायतका विभिन्न बिरोधका कार्यक्रमबाट मधेशको माग सम्बोधन नभए मधेशी जनता बन्दुक लिएर अधिकार लिन तयार भएको बताए । मधेशको माग दिलाउनका लागि एक सय मात्र नभएर हजारौं मधेशी अधिकारका लागि मर्न तयार भएको भन्दै उनले अब अधिकार लिएरै छाड्ने उद्घोष गरे । ....... कार्यक्रममा सम्बोधन गर्दै महतोले सुरक्षामा खटिएका सुरक्षाकर्मी तर्फ इसारा गर्दै भने, ‘मधेशीको जायज माग सम्बोधन भए र विगतका दिनमा समेत मधेशीलाई समान रुपमा हेरेको भए टोपीको छोराको स्थानमा मधेशका धोती र लगौटा वालाको छोरा सुरक्षामा कार्यरत अहिले हुन्थ्यो । तर, पहाडी समुदायका केहि नेताहरुले मधेश र तराई मधेशमा बसोवास गर्ने मधेशीलाई सधै दोस्रो दर्जाको नागरीकको रुपमा हेरेकाले अहिले आन्दोलनको आवश्यकता भएको छ ।’ संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सान्तिपुर्ण आन्दोलनलाई विभिन्न नामहरु दिएर अधिकारको आन्दोलनलाई बदनाम गर्न खोजिएको समेत उनले गुनासो गरे । ययैबीच मधेशी मोर्चाद्वारा गरिएको आन्दोलनमा तोडफोड र आगजनी हुन थालेपछि स्थानीय प्रशासनले सिरहाको पूर्व पश्चिम सडकको पाँच सय मिटर दायाँ वायँ क्षेत्रमा लगाएको निषेधाज्ञा यथाबत नै रहेको छ ।