Monday, December 28, 2015

In The News (60)

जनता कथ्याँग्रीयेर मर्दै...'कम्युनिस्ट' राष्ट्रपति पशुपतिमा भेटी चढाऊन्दै ..यो मुलुकको दुर्दशा !

Posted by Kosmos Biswokarma on Monday, December 28, 2015

एमालेका गुण्डाहरूद्वारा मधेशी माथी खुकुरीले आक्रमण...... मोरंग जिल्लाको गोबिन्दपुर वाड नं. ७ मा राजेन्द्र महतोको हत्या...

Posted by Upendra Mahato on Monday, December 28, 2015

सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष राजेन्द्र महतो अहिले धरान स्थित मेडिकल कलेजमा भर्ना हुनु हुन्छ। हिजो बिराटनगर स्थित ग...

Posted by सदभावना पार्टी on Monday, December 28, 2015

Our prty president Rajendra Mahto health situation is critical. Yesterday midnight we shifted him from golden hospital...

Posted by Devendra Yadav on Sunday, December 27, 2015

Situation in Gobind pur vdc of morang district is tense.more than 25 people injured and 8 seriously wounded by khukhari ...

Posted by Devendra Yadav on Monday, December 28, 2015

Prashant Jha's book launched in Janakpur.

Posted by Dipendra Jha on Monday, December 28, 2015

A final reminder - the release of Ganatantra ko Sangarsha in the Madhes heartland, Janakpur. And a discussion with Khagendra Sangroula, Ujjwal Prasai, Krishna Hachhethu and other friends

Posted by Prashant Jha on Monday, December 28, 2015

I sometimes wonder what is the criteria to become a minister in Nepal, I have found stupidity and idiocy very common...

Posted by Sujit Kumar Swatantra Madheshi on Monday, December 28, 2015

नेपाली जनताको सहनशीलतालाइ संसारको उच्चतम सम्मानले पनि पुग्दैन,अर्कै आविष्कार गर्नु पर्ला जस्तो छ ।

Posted by Er Satya Narayan Shah on Sunday, December 27, 2015

#RacialMedia

Posted by Ramgyan Yadav on Monday, December 28, 2015

राजबिराजमा बिशाल बिरोध प्रदर्शन .....

Posted by Upendra Mahato on Monday, December 28, 2015

ट्रान्सफर्मर खरिदमा भ्रष्टाचार भएकाले अहिले सबै पड्के, जनताले भात पकाउन पाएका छैनन्। ती भ्रष्ट लाई यो जाडोमा सडकमा नांगै उभ्याउनुपर्ने हैन?

Posted by Prateek Pradhan on Sunday, December 27, 2015

कल ये भि हो सकता है कि, मधेसी शेना भी, नेपाली नेताओ को बुलाके वहि हाल करेगें जो कि नेपाली पुलिसो ने मधेसी नेता राजेन्द्र महतो के साथ किया है। नेपाली शासक मधेस मे सम्प्रादिय दगां भडकाना चाहती है।

Posted by Lokendra Yadav on Sunday, December 27, 2015

नेता राजेन्द्र महतो को स्वास्थ्य स्थिती चिन्ताजनक छ । हामी भागवान सँग प्रर्थना गरौ ।नेपाल मा कुनै मधेसी सुरक्षित छैन । बिचार गरौ ।

Posted by Mahesh Yadav Adhikari on Monday, December 28, 2015

नेपालका कुनैपनि मन्त्रि ,सांसद ,नेता र बरिस्ठ कमॅचारीलाई मर्सीडीज चढन अलिकतीपनि लाज लाग्नु पर्ने हो यदि नैतिकता र ईमान्...

Posted by eनेपाल खबर.कम on Wednesday, December 23, 2015


सरकारलाई उपेन्द्र यादवको कडा चेतावनी
सरकारले दमन गरेर वार्ता विथोल्न खोजेको आरोप
‘यस्तै चलिरहने हो भने वार्तामा बस्ने वातावरण रहँदैन् । हामी तराई झर्छाै, आन्दोलन सशक्त पार्छाै । नाकाबाट एक दानो पनि छिर्न दिँदैनौं’ चेतावनी दिँदै यादवले भन्नुभयो ।
ओलीको विकल्प: प्रचण्ड नेतृत्वको राष्ट्रिय सरकार !
'एमाओवादी चौथो बन्यो भने टोपबहादुरले जिम्मा लिनुपर्छ'
माओवादी नेता प्रचण्डलाई संविधानसभाबाट संविधान जारी गर्नु थियो । एमाले नेता खड्ग ओलीलाई सिंहदरबारमा प्रधानमन्त्रीको फोटो झुन्डयाउनु थियो । कांग्रेस नेता सुशील कोइरालालाई बेइज्यतीपूर्वक सत्ता बहिर्गमनबाट बच्नु थियो । .....

परन्तु, प्रधानमन्त्री बन्नुअघि आकाशको तारा खसाउँछु भन्ने केपी ओली सरकारको नेतृत्वमा पुगेको तीन महिना हुँदासम्म वरको सिन्को पर सार्न नसक्ने असक्षम प्रमाणित भएका छन् । सञ्चारकर्मीहरुको टिप्पणीमा रोमको राजा निरोलाई पनि ओलीले माथ गरेका छन् । नेपाली राजनीतिलाई डेढ दशकअघिको विहारीकरण गरेका छन् ।

..... संविधानको मस्यौदामाथि जनताको सुझाव संकलन क्रममा बहुसंख्यक नागरिकबाट कार्यकारी राष्ट्रपतीय प्रणालीको समर्थन भएको हो ...... खड्ग ओलीकै रोजाइ अनुसारको संसदीय प्रचलनमा सरकार बन्नासाथ ढाल्ने क्रम सुरु हुन्छ ......

मन्त्रीहरुको यही ताल हो भने आसन्न निर्वाचनमा राप्रपा नेपाल र संघीय समाजवादी फोरम पक्कै तेस्रो स्थानका निम्ति प्रतिस्पर्धा गर्ने छन् । एमाओवादी चौथो या पाचौं स्थानतिर धकेलिनुपर्ने जोखिम बढ्दो छ ।

..... खड्ग ओलीको मधुमास पूरा भएको दिन माओवादीले समर्थन फिर्ता लिनुपर्छ । यो उपयुक्त नदेखिएमा समर्थन कायम राखेर आफ्नो पार्टीका मन्त्रीहरुलाई अनिवार्य फिर्ता गर्नुपर्छ । .... ओली सरकारले कम्तिमा थारु-मधेसी आन्दोलनको सम्मान गर्नुपथ्र्यो । कालोबजारी रोक्नुपथ्र्यो । महंगी घटाउने र अभाव हटाउने इमान्दार पहल गर्नुथ्र्यो । यो सबै राष्ट्रिय जिम्मेदारीबाट च्यूत बनेर खोक्रो राष्ट्रवादको भाषणबाजी एवं मन्त्रालय विभाजन गरी-गरी शेरबहादुर देउवालाई उछिन्ने कलंक थोपरेको हुँदा सचेत नागरिक किमार्थ मौन रहन सक्दैन । ....... तेस्रो विकल्प हो, प्रचण्ड नेतृत्वमा कांग्रेस, एमाले, मधेसवादीलगायतको राष्ट्रिय सहमतिको सरकार बनाउने । जसले, थारु-मधेसीलगायत आदिवासी जनजाति, दलित, मुस्लिमका नैसर्गिक मागहरु सम्बोधन गर्नेगरी संविधान संशोधन गर्नेछ

नाकाबंदी फिर्ता लिने विचार तथ्यगत हो

मधेसी मोर्चा ले पौष मसान्त सम्म मा नाकाबंदी फिर्ता लिने छलफल गरिरहेको समाचार आएको छ। यो एउटा तथ्यगत विचार हो, as in fact based ------
देश भित्र शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने मानव अधिकार को चरम हनन हुँदा हामी धक्का खांदा खांदा सीमा पुगेको, नाकाबंदी भयो, तर यो पनि प्रमाणित भयो कि जनतालाई मर्का पर्दा नेतालाई दुख्ने देश नेपाल भइसकेको रहेनछ, भविष्य मा बनला, अहिले बनिसकेको छैन, बरु जनतालाई मर्का पर्दा नेता हरु कालाबाजारी मा पोख्त भए र हामीलाई नाकाबंदी कायम राख्न प्रेशर दिँदै आएका छन, तर ती सबैलाई छिछोलदै, आंदोलन लाई फेरि सीमा बाट वापस देशभित्र ल्याउने निर्णय मा हामी पुगेका छौं। दिल्ली, बेइजिंग, ब्रसेल्स, लंदन, वाशिंगटन, सारा दुनिया हाम्रो आंदोलन को समर्थक भइसकेको अवस्था मा हाम्रो शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने मानव अधिकार को हनन अब शायद नहोला। हामी वापस संसद र सड़क को संघर्ष मा आइपुगेका छौं। एक मधेस दो प्रदेस हाम्रो bottomline थियो, छ र रहिरहनेछ। हाम्रो ११ बुँदे माग पुरा गरेर संविधान संसोधन नगरेसम्म यो आंदोलन रोकिँदैन। फेरि अनिश्चितकालीन मधेस बंद को स्थिति न आओस, नाकाबंदी को स्थिति न आओस। 
यस्तै केही।

११ बुँदे पुरा नभएसम्म यो संविधान कार्यान्वयन हुने भनेको कल्पना बाहिर हो। मधेसी ले अधिकार मागेको होइन। हामीले अधिकार नपाए तिमीले पनि नपाउने भनेको हो।




















In The News (59)



नाकाबन्दी पुस मसान्तसम्म : मोर्चा
असोज ३ मा संविधान जारी भएको तेस्रो दिनदेखि मोर्चाले घोषणा गरेको नाका धर्नाका कारण जनजीवन अस्तव्यस्त हुँदै गएको र मधेसमै आन्दोलनकारीको उपस्थिति घट्न थालेको भन्दै चार दलका नेताले संघर्षको स्वरुप बदल्ने बेला आएको विचार राखेका थिए । ठूला तीन दलका तर्फबाट सरकारले संविधान संशोधन प्रस्ताव अगाडि बढाएको पृष्ठभूमिमा उही शैलीको नाकाबन्दीलाई निरन्तरता दिइरहे सर्वसाधारणमा असन्तुष्टि बढ्न सक्नेबारे पनि बैठकमा छलफल भएको स्रोतले बतायो । ......

पुस मसान्तसम्म नाकाबन्दी जारी राख्ने, त्यसपछि खुलाउन सकिनेबारे छलफल भइरहेको

...... ‘छलफल भइरहेको छ, तर मेरै मुखबाट किन अहिले नै वाचा गराउनुहुन्छ,’ ठाकुरले संकेत गरे, ‘हामी मोर्चाको जिल्ला तहसँग समन्वय गरिरहेका छौं । आन्दोलनको स्वरुपबारे छिट्टै निर्णय हुन्छ ।’ ....... सुनसरीदेखि सर्लाहीसम्मका किसानहरुले उखु काटेर मिलमा पुर्‍याउन नाकाबन्दीका कारण कठिन भइरहेको गुनासो गरिरहेको ..... ‘सीमा नाकाको धर्ना खुलाउने प्रस्ताव बैठकमा चर्चाको रुपमा आएको छ,’ त्रिपाठीले भने, ‘यो महिनाभरि यही स्वरुपमा जारी राखौं, अर्को महिनाका लागि सोचौंला भन्ने कुरा भएको छ । औपचारिक निर्णय हुन बाँकी छ ।’ ......

मोर्चा सोतका अनुसार आन्दोलन क्रममा नाकाबन्दी गर्ने कुनै योजना थिएन । तत्काल विकसित राजनीतिक घटनाक्रमका आधारमा निर्णय लिँदै जाँदा नाकाबन्दी हुन पुगेको मोर्चा सूत्र स्वयं बताउछ ।

..... ‘सदरमुकाम र राजमार्गमा यति दमन भयो कि, हामीसग अरु कुनै विकल्प भएन । सुरक्षाका लागि नाकामा बस्दा बस्दै आफैं धर्ना हुन गयो ।’ ..... भारतीय विदेशमन्त्री सुष्मा स्वराज र परराष्ट्रमन्त्री कमल थापाबीच नयाँ दिल्लीमा कुराकानी भएपछि काठमाडौं संस्थापन मोर्चामाथि हाबी हुन थालेको मोर्चा स्रोतको दुखेसो छ । मोर्चाका अर्का नेताले भने, ‘अहिले पनि जबर्जस्ती नाकाबाट धर्नाकारी हटाइ नै रहेका छन्, कहा रोकेका छन् र ? राजेन्द्र महतोजीलाई कुटेपछि विराटनगर नाका पनि उही दुई तीन घण्टा बन्द भयो, त्यसपछि त खुलाइहाले नि । ....... सद्भावना अध्यक्ष

राजेन्द्र महतो ‘मोर्चा निर्णयविपरीत’ शनिबार विराटनगर–जोगवनी नाका बन्द गर्न गएको भन्दै बैठकमा केही नेताहरुले आलोचना समेत गरेको

समेत खुलेको छ । मोर्चा आबद्ध एक दलका अध्यक्षले जोगवनी नाका बन्द गर्ने कुनै निर्णय नभए पनि महतोले बढ्ता जोसिएर धर्नामा बसेको आरोप लगाए । ‘विराटनगरको सभामा उहालाई मानिसहरु पर्खिरहे । तर उहा त धर्नामा बसिदिनुभयो,’ ती अध्यक्षले बैठकमा भनेको उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘मोर्चाका नेताले नै नियम पालाना गर्दैनन्, आफूखुसी गर्छन् ।’ ....... ती अध्यक्षको प्रतिवाद गर्दै सद्भावना महासचिव मनिषकुमार सुमनले सबै सीमा नाका बन्द गर्ने मोर्चाको निर्णय यथावत् रहेको अवस्थामा महतो धर्नामा जानु कुन अनौठो भयो भनी प्रश्न गरेका थिए । महतो घाइते भएकामा मोर्चाकै अरु दलका अध्यक्षले ढिलोगरी चासो राखेकोमा उनले क्षोभसमेत प्रकट गरे । त्यसपछि बैठकमा सीमा नाका बन्द गर्ने निर्णय नै बदल्नुपर्ने प्रस्तावले प्रवेश पाएको थियो । ...... मोर्चाले पुस १७ र १९ गते धरान र बुटवलमा प्रदर्शन गर्दैछ । ती दुई प्रदर्शन सकेपछि १९ गते आयोजना हुने मोर्चा बैठकले आन्दोलनको स्वरुपबारे निर्णय लिन सक्ने मोर्चाले जानकारी दिएको छ । मोर्चा र ठूला तीन दलबीच मंसिर २७ यता कुनै वार्ता नभएको विषयले समेत बैठकमा चर्चा पाएको थियो । परराष्ट्रमन्त्री थापाको दिल्ली भ्रमणपछि सरकार वार्ताबाट अकस्मात् पछि हट्नु ‘रहस्यमय भएको’


सदभावना अध्यक्ष महतोको स्वास्थ्य अझै सामान्य भएन
उनको रगतमा भएको चिनिको मात्रा अझै नियन्त्रणमा आउन सकेको छैन । उनि उभ्न खोज्दा चक्कर आउने समस्या देखिएको छ । ...... 'टाउकोमा चोट, अनियन्त्रित सुगर, उभ्न खोज्दा चक्कर आउनु जस्तो समस्या कायमै रहेकोले उनलाई केही दिन प्रत्यक्ष चिकित्सकिय निगरानीमा आराम गर्नु पर्छ', एक चिकित्सकले भने-'उनको टाउको मात्र नभएर खुट्टा लगायतका ठाउँमा पनि चोट लागेको छ ।'
संविधान संशोधनको प्रस्तावमाथि छलफल सुरु
छलफलमा भाग लिँदै एमाले सांसद केशव बडालले तराई मधेस आन्दोलनको मागलाई सम्बोधन गर्न विधेयक ल्याइएको बताए ।


युवाहरु भारततिर, बझाङका गाउँ खाली (फोटोहरु)
आइतवार बझाङबाट महेन्द्रनगरका लागि छुट्ने गाडी महिला र बालबालिकाले घेरिएको थियो । गाडीभित्र र बाहिर भएका सबैका आँखा रसाएका थिए । कोही एक अर्कालाइ अंगालो हालेर रुवावासी गरिरहेका थिए । कोही ढोगभेट गरिरहेका थिए । ३६ जना यात्रुको चलानी काटेको महाकाली यातायातको गाडीभित्र बसेका सबै यात्रु ५ वटा गाउँका थिए । १६ जना जयपृथ्वी नगरपालीको खेइरा र बस्टी, ७ जना सुनिकोटको सेरागाँउ, र ११ जना यात्रु कैलासको पिमी र २ जना कोटदेवलको डुङग्रीका यात्रु भारततर्फ जानका लागि हिंडेका थिए । बाहिरको भीडमा उनीहरुलाइ बिदाइ गर्न आएका आफन्तहरु थिए । ...... यसरी हुल बाँधेर अधिकाशं गाउँका युवाहरु भारततिर रोजगारीका लागि ओइरिन थालेपछि

गाउँहरु पुरुषबिहीन भएका छन ।

तिहारपछि सुरु भएको भारत जानेको लर्काे अझै पनि रोकिएको छैन । ..... ‘मंसिर यता मात्र पाँच सय भन्दा बढी मानिसहरु यहाँबाट भारत गैसकेका छन । कुनै कुनै वडामा त एक जना पनि पुरुष भेटिदैन ।

कोही मर्दा लास उठाउने मान्छेसम्म गाँउमा छैनन्

’, कैलास गाविसका पूर्व अध्यक्ष सुरतबहादुर सिहले भने,

‘१५ ! २० जना त परिवार र केटाकेटी समेत लिएर हिंडेका छन ।’

...... ६५ नाघिसकेका आमाबुवालाई ९ कक्षा पढ्ने बहिनीको जिम्मा लगाएर भारतको बैङ्लोर हिंडेका कोटदेवल ७ का प्रयाग रोकायाले गाँउमा काम नपाएपछि परिवार पाल्नका लागि भए पनि श्रीमतीसहित भारत जान लागेको बताए । ‘खेतिपातीमा उब्जनी छैन, बहिनी पढाउनु छ, आमाबुवाको उपचार गर्नु छ, सबैको पेट पनि पाल्नै पऱ्यो’, उनले भने, ‘गाँउमा काम पाइदैन भारत नगएर के गर्नु ? ’ ......

१३ वर्षको स्कुले छोरा र व्याउने भैसी छिमेकीको जिम्मामा छोडेर श्रीमतीसहित भारत हिंडेका कैलासका कलु कामीले चामल किनेको ऋण तिर्न र लुगाफाटो जोर्नका लागि परदेश हिंडेको बताए । “बैसाखमा भैसी व्याउने छ, त्यतिबेलासम्म फर्कौला’, उनले भने ।

...... श्रीमती र परिवारसहित गएकाहरु १/२ वर्ष बसेर फर्किने र एक्लाएक्लै गएका अधिकांस मानिसहरु जेठको खेती लगाउने बेलासम्म घर पुगिसक्ने गर्दछन । ..... भारत जानेको संख्या यकीन नभए पनि तिहारपछि विभिन्न गाँउबाट १० हजार भन्दा बढी मानिसहरु भारत गैसकेको अनुमान छ । भदौदेखि परेको खडेरीका कारण बर्खे बालीको उत्पादन घट्नु र हिउँदे बाली पनि खडेरीको चपेटामा परेपछि खाद्यान्नको समस्या टार्नका लागि भारततिर हिंडेको अधिकांशको भनाई छ । जडिबुटीको कारोवार र यार्सागुम्बाको मूल्य घटेका कारण पनि भारत जानेका संख्या ह्वात्तै बढेको जानकारहरु बताउँछन् । ....... बझाङबाट गएकाहरु भारतको

बैंङ्लोर, केरला, तामिलनाडु, दिल्ली, उतराञ्चल र उत्तरप्रदेशका विभिन्न ठाउँमा गएर कुल्ली, दरवान, र कृषि मजदुरको रुपमा काम गर्ने गर्दछन ।



भूकम्प पीडितको टहरो दैनिकी (फोटोहरु)
दनुवार बाहुल्यता भएको गाविसका लभभग सबै घर भत्किएका छन् र पीडितहरु पाल र टहरोको सहारामा जेनतेन जाडो काटिरहेका छन् । उनीहरुलाई सरकारले केही गर्देला कि भन्ने आश छ ।




जनकपुरमा दिनभर प्रदर्शन, प्रहरी चौकीमा पेट्रोल बम प्रहार
प्रदर्शनकारी र प्रहरी समेत ३५ घाइते
सदभावना अध्यक्ष राजेन्द्र महतोमाथि शनिवार बिराटनगरमा आक्रमण भए यता संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन उग्र बनाएको छ । सोमवार यहाँ दिनभर प्रदर्शन भएको छ । .... एक सातादेखि संचालनमा रहेका स्कूल कलेजहरु सोमवार दोश्रो दिन पनि पुनः बन्द गराइए । नगर भित्रका पसल तथा व्यापारिक प्रतिष्ठानहरु पूर्णतः बन्द रहे । आन्दोलनकारीहरुले जानकी मन्दिर परिसरमै रहेको जानकी प्रहरी चौकीमा ढुंगामुढा तथा पेट्रोल बम प्रहार गरे पछि स्थिति तनावपूर्ण बनेको थियो । चौकी वरिपरी दिनभरि प्रदर्शनकारी र सुरक्षाकर्मी बीच ढुंगा हानाहान भएको थियो । यसक्रममा प्रहरीले केही राउण्ड अश्रुग्यासका गोला प्रहार गरेका थिए । ..... अश्रुग्यास तथा प्रहरीको लाठी चार्जबाट २१ जना प्रदर्शनकार घाइते भएको सद्भावना धनुषाका अध्यक्ष संजयकुमार सिंहले जानकारी दिएका छन् । कान र टाउकोमा गम्भीर चोट लागेपछि वेहोस भएका पूर्वी धनुषा नरहाका २० वर्षीय रामचन्द्र मुखियालाई सघन उपचारको लागि धरान पठाइएको छ । यसै गर १४वषिर्य जीतेन्द्र ठाकुरको टाउकोमा गंभीर घाउ लागेको छ । सुरक्षाकर्मीहरुले ठाकुरलाई घेरा हाली अन्धाधुन्द लाठी प्रहार गरेको आरोप मोर्चाका नेताहरुले लगाएका छन् । केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको दावी पनि मोर्चाका नेताहरुले गरेका छन् ।..... यता प्रदर्शनकारीको ढुंगामुढाबाट १४ जना सुरक्षाकर्मी घाइते भएको र तीमध्ये ५ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिए । प्रदर्शनकारीर्लाइ नियन्त्रणमा नलिएको दावी एसपी जोशीले गरे ।...... आईतवार अपरान्ह प्रदर्शनकारी तथा सुरक्षाकर्मी बीच रामचौक, जनकचौक तथा शिवचौकमा भएको दोहरो भिडन्तको क्रममा प्रहरीले नियन्त्रणमा लिएको ६ जनालाई सोमवार मुक्त गरिएको संयुक्त युवा संघर्ष समितिका अध्यक्ष धवेन्द्र साहले जानकारी दिए । ....... यसबीच आईतवार अपरान्ह प्रदर्शनकारी तथा सुरक्षाकर्मीबीच रामचोक, जनकचोक तथा शिवचोकमा भएको दोहरो भिडन्तको क्रममा प्रहरीले नियन्त्रणमा लिएको ६ जना प्रदर्शनकारीलाई छाड्नुपर्ने माग मोर्चाले गरेको छ । ..... मोर्चा घटक सदभावना पार्टी धनुषाका अध्यक्ष संजयकुमार सिंहले नियन्त्रणमा लिइएका युवकहरुलाई अविलम्ब नछाडि नगरिए कडा आन्दोलनमा जाने चेतावनी दिए । ...... आईतबार अपरान्ह दुईतर्फी झडपमा १२ जना प्रदर्शनकारी तथा केही सुरक्षाकर्मी घाइते भएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले अनेकौ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।