Monday, December 28, 2015

नाकाबंदी फिर्ता लिने विचार तथ्यगत हो

मधेसी मोर्चा ले पौष मसान्त सम्म मा नाकाबंदी फिर्ता लिने छलफल गरिरहेको समाचार आएको छ। यो एउटा तथ्यगत विचार हो, as in fact based ------
देश भित्र शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने मानव अधिकार को चरम हनन हुँदा हामी धक्का खांदा खांदा सीमा पुगेको, नाकाबंदी भयो, तर यो पनि प्रमाणित भयो कि जनतालाई मर्का पर्दा नेतालाई दुख्ने देश नेपाल भइसकेको रहेनछ, भविष्य मा बनला, अहिले बनिसकेको छैन, बरु जनतालाई मर्का पर्दा नेता हरु कालाबाजारी मा पोख्त भए र हामीलाई नाकाबंदी कायम राख्न प्रेशर दिँदै आएका छन, तर ती सबैलाई छिछोलदै, आंदोलन लाई फेरि सीमा बाट वापस देशभित्र ल्याउने निर्णय मा हामी पुगेका छौं। दिल्ली, बेइजिंग, ब्रसेल्स, लंदन, वाशिंगटन, सारा दुनिया हाम्रो आंदोलन को समर्थक भइसकेको अवस्था मा हाम्रो शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने मानव अधिकार को हनन अब शायद नहोला। हामी वापस संसद र सड़क को संघर्ष मा आइपुगेका छौं। एक मधेस दो प्रदेस हाम्रो bottomline थियो, छ र रहिरहनेछ। हाम्रो ११ बुँदे माग पुरा गरेर संविधान संसोधन नगरेसम्म यो आंदोलन रोकिँदैन। फेरि अनिश्चितकालीन मधेस बंद को स्थिति न आओस, नाकाबंदी को स्थिति न आओस। 
यस्तै केही।

११ बुँदे पुरा नभएसम्म यो संविधान कार्यान्वयन हुने भनेको कल्पना बाहिर हो। मधेसी ले अधिकार मागेको होइन। हामीले अधिकार नपाए तिमीले पनि नपाउने भनेको हो।




















In The News (59)



नाकाबन्दी पुस मसान्तसम्म : मोर्चा
असोज ३ मा संविधान जारी भएको तेस्रो दिनदेखि मोर्चाले घोषणा गरेको नाका धर्नाका कारण जनजीवन अस्तव्यस्त हुँदै गएको र मधेसमै आन्दोलनकारीको उपस्थिति घट्न थालेको भन्दै चार दलका नेताले संघर्षको स्वरुप बदल्ने बेला आएको विचार राखेका थिए । ठूला तीन दलका तर्फबाट सरकारले संविधान संशोधन प्रस्ताव अगाडि बढाएको पृष्ठभूमिमा उही शैलीको नाकाबन्दीलाई निरन्तरता दिइरहे सर्वसाधारणमा असन्तुष्टि बढ्न सक्नेबारे पनि बैठकमा छलफल भएको स्रोतले बतायो । ......

पुस मसान्तसम्म नाकाबन्दी जारी राख्ने, त्यसपछि खुलाउन सकिनेबारे छलफल भइरहेको

...... ‘छलफल भइरहेको छ, तर मेरै मुखबाट किन अहिले नै वाचा गराउनुहुन्छ,’ ठाकुरले संकेत गरे, ‘हामी मोर्चाको जिल्ला तहसँग समन्वय गरिरहेका छौं । आन्दोलनको स्वरुपबारे छिट्टै निर्णय हुन्छ ।’ ....... सुनसरीदेखि सर्लाहीसम्मका किसानहरुले उखु काटेर मिलमा पुर्‍याउन नाकाबन्दीका कारण कठिन भइरहेको गुनासो गरिरहेको ..... ‘सीमा नाकाको धर्ना खुलाउने प्रस्ताव बैठकमा चर्चाको रुपमा आएको छ,’ त्रिपाठीले भने, ‘यो महिनाभरि यही स्वरुपमा जारी राखौं, अर्को महिनाका लागि सोचौंला भन्ने कुरा भएको छ । औपचारिक निर्णय हुन बाँकी छ ।’ ......

मोर्चा सोतका अनुसार आन्दोलन क्रममा नाकाबन्दी गर्ने कुनै योजना थिएन । तत्काल विकसित राजनीतिक घटनाक्रमका आधारमा निर्णय लिँदै जाँदा नाकाबन्दी हुन पुगेको मोर्चा सूत्र स्वयं बताउछ ।

..... ‘सदरमुकाम र राजमार्गमा यति दमन भयो कि, हामीसग अरु कुनै विकल्प भएन । सुरक्षाका लागि नाकामा बस्दा बस्दै आफैं धर्ना हुन गयो ।’ ..... भारतीय विदेशमन्त्री सुष्मा स्वराज र परराष्ट्रमन्त्री कमल थापाबीच नयाँ दिल्लीमा कुराकानी भएपछि काठमाडौं संस्थापन मोर्चामाथि हाबी हुन थालेको मोर्चा स्रोतको दुखेसो छ । मोर्चाका अर्का नेताले भने, ‘अहिले पनि जबर्जस्ती नाकाबाट धर्नाकारी हटाइ नै रहेका छन्, कहा रोकेका छन् र ? राजेन्द्र महतोजीलाई कुटेपछि विराटनगर नाका पनि उही दुई तीन घण्टा बन्द भयो, त्यसपछि त खुलाइहाले नि । ....... सद्भावना अध्यक्ष

राजेन्द्र महतो ‘मोर्चा निर्णयविपरीत’ शनिबार विराटनगर–जोगवनी नाका बन्द गर्न गएको भन्दै बैठकमा केही नेताहरुले आलोचना समेत गरेको

समेत खुलेको छ । मोर्चा आबद्ध एक दलका अध्यक्षले जोगवनी नाका बन्द गर्ने कुनै निर्णय नभए पनि महतोले बढ्ता जोसिएर धर्नामा बसेको आरोप लगाए । ‘विराटनगरको सभामा उहालाई मानिसहरु पर्खिरहे । तर उहा त धर्नामा बसिदिनुभयो,’ ती अध्यक्षले बैठकमा भनेको उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘मोर्चाका नेताले नै नियम पालाना गर्दैनन्, आफूखुसी गर्छन् ।’ ....... ती अध्यक्षको प्रतिवाद गर्दै सद्भावना महासचिव मनिषकुमार सुमनले सबै सीमा नाका बन्द गर्ने मोर्चाको निर्णय यथावत् रहेको अवस्थामा महतो धर्नामा जानु कुन अनौठो भयो भनी प्रश्न गरेका थिए । महतो घाइते भएकामा मोर्चाकै अरु दलका अध्यक्षले ढिलोगरी चासो राखेकोमा उनले क्षोभसमेत प्रकट गरे । त्यसपछि बैठकमा सीमा नाका बन्द गर्ने निर्णय नै बदल्नुपर्ने प्रस्तावले प्रवेश पाएको थियो । ...... मोर्चाले पुस १७ र १९ गते धरान र बुटवलमा प्रदर्शन गर्दैछ । ती दुई प्रदर्शन सकेपछि १९ गते आयोजना हुने मोर्चा बैठकले आन्दोलनको स्वरुपबारे निर्णय लिन सक्ने मोर्चाले जानकारी दिएको छ । मोर्चा र ठूला तीन दलबीच मंसिर २७ यता कुनै वार्ता नभएको विषयले समेत बैठकमा चर्चा पाएको थियो । परराष्ट्रमन्त्री थापाको दिल्ली भ्रमणपछि सरकार वार्ताबाट अकस्मात् पछि हट्नु ‘रहस्यमय भएको’


सदभावना अध्यक्ष महतोको स्वास्थ्य अझै सामान्य भएन
उनको रगतमा भएको चिनिको मात्रा अझै नियन्त्रणमा आउन सकेको छैन । उनि उभ्न खोज्दा चक्कर आउने समस्या देखिएको छ । ...... 'टाउकोमा चोट, अनियन्त्रित सुगर, उभ्न खोज्दा चक्कर आउनु जस्तो समस्या कायमै रहेकोले उनलाई केही दिन प्रत्यक्ष चिकित्सकिय निगरानीमा आराम गर्नु पर्छ', एक चिकित्सकले भने-'उनको टाउको मात्र नभएर खुट्टा लगायतका ठाउँमा पनि चोट लागेको छ ।'
संविधान संशोधनको प्रस्तावमाथि छलफल सुरु
छलफलमा भाग लिँदै एमाले सांसद केशव बडालले तराई मधेस आन्दोलनको मागलाई सम्बोधन गर्न विधेयक ल्याइएको बताए ।


युवाहरु भारततिर, बझाङका गाउँ खाली (फोटोहरु)
आइतवार बझाङबाट महेन्द्रनगरका लागि छुट्ने गाडी महिला र बालबालिकाले घेरिएको थियो । गाडीभित्र र बाहिर भएका सबैका आँखा रसाएका थिए । कोही एक अर्कालाइ अंगालो हालेर रुवावासी गरिरहेका थिए । कोही ढोगभेट गरिरहेका थिए । ३६ जना यात्रुको चलानी काटेको महाकाली यातायातको गाडीभित्र बसेका सबै यात्रु ५ वटा गाउँका थिए । १६ जना जयपृथ्वी नगरपालीको खेइरा र बस्टी, ७ जना सुनिकोटको सेरागाँउ, र ११ जना यात्रु कैलासको पिमी र २ जना कोटदेवलको डुङग्रीका यात्रु भारततर्फ जानका लागि हिंडेका थिए । बाहिरको भीडमा उनीहरुलाइ बिदाइ गर्न आएका आफन्तहरु थिए । ...... यसरी हुल बाँधेर अधिकाशं गाउँका युवाहरु भारततिर रोजगारीका लागि ओइरिन थालेपछि

गाउँहरु पुरुषबिहीन भएका छन ।

तिहारपछि सुरु भएको भारत जानेको लर्काे अझै पनि रोकिएको छैन । ..... ‘मंसिर यता मात्र पाँच सय भन्दा बढी मानिसहरु यहाँबाट भारत गैसकेका छन । कुनै कुनै वडामा त एक जना पनि पुरुष भेटिदैन ।

कोही मर्दा लास उठाउने मान्छेसम्म गाँउमा छैनन्

’, कैलास गाविसका पूर्व अध्यक्ष सुरतबहादुर सिहले भने,

‘१५ ! २० जना त परिवार र केटाकेटी समेत लिएर हिंडेका छन ।’

...... ६५ नाघिसकेका आमाबुवालाई ९ कक्षा पढ्ने बहिनीको जिम्मा लगाएर भारतको बैङ्लोर हिंडेका कोटदेवल ७ का प्रयाग रोकायाले गाँउमा काम नपाएपछि परिवार पाल्नका लागि भए पनि श्रीमतीसहित भारत जान लागेको बताए । ‘खेतिपातीमा उब्जनी छैन, बहिनी पढाउनु छ, आमाबुवाको उपचार गर्नु छ, सबैको पेट पनि पाल्नै पऱ्यो’, उनले भने, ‘गाँउमा काम पाइदैन भारत नगएर के गर्नु ? ’ ......

१३ वर्षको स्कुले छोरा र व्याउने भैसी छिमेकीको जिम्मामा छोडेर श्रीमतीसहित भारत हिंडेका कैलासका कलु कामीले चामल किनेको ऋण तिर्न र लुगाफाटो जोर्नका लागि परदेश हिंडेको बताए । “बैसाखमा भैसी व्याउने छ, त्यतिबेलासम्म फर्कौला’, उनले भने ।

...... श्रीमती र परिवारसहित गएकाहरु १/२ वर्ष बसेर फर्किने र एक्लाएक्लै गएका अधिकांस मानिसहरु जेठको खेती लगाउने बेलासम्म घर पुगिसक्ने गर्दछन । ..... भारत जानेको संख्या यकीन नभए पनि तिहारपछि विभिन्न गाँउबाट १० हजार भन्दा बढी मानिसहरु भारत गैसकेको अनुमान छ । भदौदेखि परेको खडेरीका कारण बर्खे बालीको उत्पादन घट्नु र हिउँदे बाली पनि खडेरीको चपेटामा परेपछि खाद्यान्नको समस्या टार्नका लागि भारततिर हिंडेको अधिकांशको भनाई छ । जडिबुटीको कारोवार र यार्सागुम्बाको मूल्य घटेका कारण पनि भारत जानेका संख्या ह्वात्तै बढेको जानकारहरु बताउँछन् । ....... बझाङबाट गएकाहरु भारतको

बैंङ्लोर, केरला, तामिलनाडु, दिल्ली, उतराञ्चल र उत्तरप्रदेशका विभिन्न ठाउँमा गएर कुल्ली, दरवान, र कृषि मजदुरको रुपमा काम गर्ने गर्दछन ।



भूकम्प पीडितको टहरो दैनिकी (फोटोहरु)
दनुवार बाहुल्यता भएको गाविसका लभभग सबै घर भत्किएका छन् र पीडितहरु पाल र टहरोको सहारामा जेनतेन जाडो काटिरहेका छन् । उनीहरुलाई सरकारले केही गर्देला कि भन्ने आश छ ।




जनकपुरमा दिनभर प्रदर्शन, प्रहरी चौकीमा पेट्रोल बम प्रहार
प्रदर्शनकारी र प्रहरी समेत ३५ घाइते
सदभावना अध्यक्ष राजेन्द्र महतोमाथि शनिवार बिराटनगरमा आक्रमण भए यता संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन उग्र बनाएको छ । सोमवार यहाँ दिनभर प्रदर्शन भएको छ । .... एक सातादेखि संचालनमा रहेका स्कूल कलेजहरु सोमवार दोश्रो दिन पनि पुनः बन्द गराइए । नगर भित्रका पसल तथा व्यापारिक प्रतिष्ठानहरु पूर्णतः बन्द रहे । आन्दोलनकारीहरुले जानकी मन्दिर परिसरमै रहेको जानकी प्रहरी चौकीमा ढुंगामुढा तथा पेट्रोल बम प्रहार गरे पछि स्थिति तनावपूर्ण बनेको थियो । चौकी वरिपरी दिनभरि प्रदर्शनकारी र सुरक्षाकर्मी बीच ढुंगा हानाहान भएको थियो । यसक्रममा प्रहरीले केही राउण्ड अश्रुग्यासका गोला प्रहार गरेका थिए । ..... अश्रुग्यास तथा प्रहरीको लाठी चार्जबाट २१ जना प्रदर्शनकार घाइते भएको सद्भावना धनुषाका अध्यक्ष संजयकुमार सिंहले जानकारी दिएका छन् । कान र टाउकोमा गम्भीर चोट लागेपछि वेहोस भएका पूर्वी धनुषा नरहाका २० वर्षीय रामचन्द्र मुखियालाई सघन उपचारको लागि धरान पठाइएको छ । यसै गर १४वषिर्य जीतेन्द्र ठाकुरको टाउकोमा गंभीर घाउ लागेको छ । सुरक्षाकर्मीहरुले ठाकुरलाई घेरा हाली अन्धाधुन्द लाठी प्रहार गरेको आरोप मोर्चाका नेताहरुले लगाएका छन् । केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको दावी पनि मोर्चाका नेताहरुले गरेका छन् ।..... यता प्रदर्शनकारीको ढुंगामुढाबाट १४ जना सुरक्षाकर्मी घाइते भएको र तीमध्ये ५ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिए । प्रदर्शनकारीर्लाइ नियन्त्रणमा नलिएको दावी एसपी जोशीले गरे ।...... आईतवार अपरान्ह प्रदर्शनकारी तथा सुरक्षाकर्मी बीच रामचौक, जनकचौक तथा शिवचौकमा भएको दोहरो भिडन्तको क्रममा प्रहरीले नियन्त्रणमा लिएको ६ जनालाई सोमवार मुक्त गरिएको संयुक्त युवा संघर्ष समितिका अध्यक्ष धवेन्द्र साहले जानकारी दिए । ....... यसबीच आईतवार अपरान्ह प्रदर्शनकारी तथा सुरक्षाकर्मीबीच रामचोक, जनकचोक तथा शिवचोकमा भएको दोहरो भिडन्तको क्रममा प्रहरीले नियन्त्रणमा लिएको ६ जना प्रदर्शनकारीलाई छाड्नुपर्ने माग मोर्चाले गरेको छ । ..... मोर्चा घटक सदभावना पार्टी धनुषाका अध्यक्ष संजयकुमार सिंहले नियन्त्रणमा लिइएका युवकहरुलाई अविलम्ब नछाडि नगरिए कडा आन्दोलनमा जाने चेतावनी दिए । ...... आईतबार अपरान्ह दुईतर्फी झडपमा १२ जना प्रदर्शनकारी तथा केही सुरक्षाकर्मी घाइते भएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले अनेकौ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।

गृह मंत्री माओवादी, टैक्टिक्स माओवादी, संस्कार कमल थापा, जीब्रो ओली, घाइते राजेंद्र महतो

माओवादी गृह मंत्री ले राजेंद्र महतो को टाउको फोड्छ अनि माओवादी प्रचंड राजेंद्र महतो को हालखबर पुछ्न प्लेन मा विराटनगर पुग्छ। प्रचंड लाई चेस खेले जस्तो लाग्छ। मैले नै टाउको फोड़े तर कसैले थाहा सम्म पायेन। प्रचंड लाई त्यस्तो लगिरहेको हुन्छ।

राजेंद्र को देखा तो ऐसा लगा

प्रचंड को टाउको फुट्ने अनि वास्तव मा नै कसले फोड्यो भन्ने थाहा नहुने अवस्था आयो भने के हुन्छ? माओवादी गृह युद्ध ताका माओवादी र राजावादी दुबैले एकले अर्काको नेतृत्व तहमा आक्रमण नगर्ने भद्र सहमति थियो। त्यो प्रचंड ले मधेस आंदोलन को क्रम मा तोड़े जस्तो देखियो। पहिलो तोड़ेको त प्रचंड ले हो।

प्रकाश लोहनी कि कसले एउटा लेख लेखेथ्यो केही वर्ष अगाडि। म मंत्री थिएँ। माओवादी सँग वार्ता थियो। बाबुराम आए। कुरा मिलेन। त्यस को भोलि पल्ट जिल्ला को मेरो पुर्ख्यौली घर जुन कि ऐतिहासिक किसिमको थियो त्यो बमले उड़ाई दिए।

अहिले केही महिना मधेसी सँग को प्रत्येक प्रमुख वार्ता पछि पुलिस एक्शन मा जाने काम भएको छ। माओवादी state capture भइसकेको हो?

कमल थापा र माओवादी एकै ठाउँ आइसकेको अवस्था छ। केही फरक बाँकी रहेन। देशमा माओवादी ले रगत को होली खेल्नु अगाडि कमल थापा ले मच्चाउनु मच्चाएको। महा मंडले। मंडले को प्रमुख मुखौटा।

गृह मंत्री माओवादी, टैक्टिक्स माओवादी, संस्कार कमल थापा, जीब्रो ओली, घाइते राजेंद्र महतो।

महतो नेपाल प्रहरीको कुटाइबाट घाइते भएका होइनन् : गृहमन्त्री
मधेस समस्याको समाधान तत्काल खोज्न आयोगको आग्रह
गृहमन्त्री शक्ति बस्नेतले मधेसी मोर्चाका नेता राजेन्द्र महतो विराटनगर नाकाका प्रदर्शनका क्रममा शनिबार प्रहरीको कुटाइबाट घाइते नभएको दाबी गरेका छन् । ...... बस्नेतले महतोसहितका नेताहरू जोगवनीबाट नाराबाजी गर्दै विराटनगरको रानी भन्सार नाकामा आएको र प्रहरीले पटक-पटक चेतावनी दिंदा पनि नहटेको दाबीसमेत गरेका छन् । राष्ट्रिय मानवअ अधिकार आयोगमा सोमबार आयोगका पदाधिकारीसमक्ष गृहमन्त्री बस्नेतले प्रदर्शनका क्रममा केही आन्दोलनकारी भारततर्फ गएर नेपाली सुरक्षाकर्मीलाई ढुंगा हानेको र त्यस क्रममा भारतीय सुरक्षाकर्मीले पनि लाठीचार्ज गरेको दाबी गरे । .... 'कतिपय आन्दोलनकारी नेपालतर्फ थिए भने कतिपय जोगवनीतर्फ गएर नेपालतर्फ ढुंगा हानेका थिए' बस्नेतको भनाइ उद्धृत गर्दै आयोगका एक अधिकारीले भने- 'पछि महतो घाइते भएको भन्दै भारततर्फबाट एम्बुलेन्समा ल्याइयो ।

महतो आन्दोलनकारीले हानेको ढुंगा लागेर घाइते हुनुभएको हो कि भारतीय प्रहरीको लाठी लागेर अझै खुल्न बाँकी छ ।'

गृहमन्त्रीले महतोको स्वास्थ्य अवस्था अहिले गम्भीर नरहेको दाबीसमेत गरेका थिए ।

एक मधेस दो प्रदेस विरुद्ध दिइने तर्क हरु

पहिलो कुरा त तर्क नै दिँदैनन्। यति सम्म हेपुवा प्रवृति छ कि आप कह रहे हो एक मधेस दो प्रदेस और मैं कह रहा हुँ नहीं तो बस नहीं, मैं कह रहा हुँ न ---- वैसी attitude है। कोई तर्क वितर्क करने की जरुरत ही नहीं समझते। उनका है कि जो कह रहे हो होगा उसका ठीक उलटा। क्यों कि आप ने जो कह दिया।

एक मधेस दो प्रदेस विरुद्ध दिइने तर्क हरु के छन?

त्यस पछि आउँछ कुरा नेता को। कि ओली जी भन्दै हुनुहुन्छ हुँदैन। भने पछि हुँदैन। सिटौला जी, देउबा जी ले पनि हुँदैन भन्नु भएको छ। त्यसकारण हुँदैन। यानि कि मधेसी जनता जाए भाँड में, थारु जनता जाए भाँड में, शहीद जाए भाँड में। ओली देउबा सिटौला भीम रावल ले हुन्न भने पछि हुन्न भन्ने राणा शासन attitude नै समस्या भएकोले एक मधेस दो प्रदेस भनेको हो। Bull's Eye!

त्यस पछि उनी हरुले कुरा गर्छन जनता को। बल्ल। यो लोकतंत्र हो कि होइन? जनताले भनेको मानने कि नमान्ने? तपाईंले भनेर हुन्छ, झापा का मान्छे ले दुई नंबर मा बस्दिन भन्दा भन्दै जबरजस्ती दुई नंबर मा राख्न मिल्छ?

जनता ---- झापा का बाहुन जनता, झापा का राजवंशी चाहिँ के? कैलाली का थारु के? झापा का बाहुन को चित्त नदुखाउन यति टाउको दुखाउने ले रुपन्देही का मधेसी सँग के सोधपुछ गरेको? गरेको कि नगरेको? ७५ जिल्ला छन। अरु जिल्ला का जनता को कुरा बुझ्नु पर्दैन?

त्यही झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कंचनपुर का बाहुन पुरुष को हुनुपर्ने ७% तर केंद्र सरकार मा भयो ९०% अनि त संघीयता मा जानुपरेको ---- भने पछि संघीय सीमांकन मा उनको कुरा हुन्छ जीरो। उनको केंद्र स्तर मा ९०% बाट झार्न लाई बाँकी का लागि आरक्षण हो। मधेसी र थारु को केंद्र सरकार मा पहुँच नभएकोले हो मधेसमा संघीय सीमांकन गर्नु परेको। संघीयता मधेसी र थारु का लागि हो, बाहुन का लागि होइन।

त्यस पछि सारिन्छ देश को एकता को कुरा। पहाड़ मधेस मिसाएन भने देश टुट्छ। जब कि यथार्थ उल्टो हो। त्यही मिसाएर देश टुटको संघारमा पुगेको छ।

मिलेर बस्नु पर्छ भन्छन। अनि त्यही त एक मधेस दो प्रदेस भनेको। तराई मा ४०% पर्वते र ६०% मधेसी/थारु छ। त्यहाँ एक मधेस दो प्रदेस भनेको मिलेर बस्ने मात्र भनेको होइन। अहिले तराई मा देशको ५१% र पहाड़मा ४९% लाई भविष्यमा तराई मा ७०% पहाड़मा ३०% र दुर भविष्यमा तराईमा ९०% पहाड़मा १०% भन्न चाहेको छ मधेस आंदोलन ले। मधेसमा अब जग्गा र जंगल छैन। तर भारत देखि चीन देखि दुनिया अमेरिका बेलायत जहाँ पनि महानगर का लागि समथर जमीन नै चाहिएको छ। नेपालको आर्थिक भविष्य हो शहरीकरण र औद्योगिकीकरण। त्यो हुने तराई मा हो।

एक मधेस दो प्रदेस को बाटो भनेको भविष्य मा पहाड़ी भारत मा पाले बन्नु पर्दैन, दुनिया का शहर हरुमा बेचिनु पर्दैन, काम खोज्दै मलेशिया कतार पुग्नु पर्दैन, दुनिया का उच्चतम opportunity खोज्न अमेरिका बेलायत पुग्नै पर्छ भन्ने छैन ---- त्यो हो एक मधेस दो प्रदेस भनेको। मधेसी शहीद भएको पहाड़ी का लागि हो। यो अधिकार भन्दा बढ़ी सभ्यता को लड़ाई हो।


कमल थापा: आधुनिक नेपालको प्रत्येक क्रांति को प्रमुख भिलेन