Sunday, June 28, 2015

आठ राज्यको सीमांकन र नामांकन

गगन थापाको प्रस्ताव- संविधान जारी गर्नुअघि नै प्रदेशको सीमांकन यसरी गराैं ---- संघीयताको सुनिश्चितताका लागि केही प्रस्ताव


मुख्य कुरा प्रत्येक आठ राज्यको राज्य सभा मा पनि र प्रतिनिधि सभामा पनि जनसंख्या समानुपातिक प्रतिनिधित्व हुनुपर्यो। नत्र भने भाँडभैलो हुन्छ। तर आठ राज्यको नामांकन र सीमांकन मा यी दुबै सँग म सहमत छु। तल हेर्नुस्।


कोचिला, मिथिला, भोजपुरा, थरुहट, कोशी, बागमती, गण्डकी, कर्णाली


अर्को नागरिकता को सवालमा बेइमानी को प्रपञ्च हुँदैछ।  त्यो देश तोड्ने प्रयास गरिएको हो। 

Saturday, June 27, 2015

मधेसी लाई अनागरिक बनाउने राजनीतिक षड्यंत्र ले गर्दा देश टुट्छ

मधेसी लाई अनागरिक बनाउने राजनीतिक षड्यंत्र ले गर्दा देश टुट्छ भने देश टुटेको जिम्मेवारी कसको हुन्छ? मधेसी पहाड़ी सँग बस्न नचाहेको भन्दा पनि पहाड़ी मधेसी सँग बस्न नचाहेको अनि देश टुटेको भन्ने अर्थ लाग्छ। अनि यो षड्यंत्र को रिंग लीडर हरु सुशील र केपी। केपी ओली लाई त ठ्याक्कै मतलब छैन। बरु देश टुटोस, अनि टुटेर बाँकी रहने देशको प्रधान मंत्री म हुन पाऊँ भन्ने छ केपी ओली लाई। देश टुट्यो भने उसलाई प्रधान मंत्री बन्न बाट रोक्ने मधेसी हरु देश भित्रै रहँदैनन् --- अनि क्या मजा भन्ने छ केपी लाई।

देश टुटने मात्र होइन, नाकाबंदी होला त्यहाँ -- चेतना भया।