Friday, May 29, 2015

राष्ट्रियता भनेको के?

नेपाल राष्ट्रियता नभएको मुलुक हो। नेपालमा विगत केही सय वर्ष राष्ट्रियता रहँदै नरहेको अवस्था छ। म जिन्दगीमा कहिल्यै नेपाली नभएको मान्छे। त्यो नागरिकतापत्र कागजको खोस्टो ले बनाउने होइन कसैलाई नेपाली। दलित, मधेसी, जनजाति, महिला, खस सबै लाई पायक पर्ने किसिमले नया संविधान लेखिन्छ भने म पहिलो पटक नेपाली बन्छु। अहिले म नेपाली होइन। अहिलेको नेपालमा मेरो लागि ठाउँ छैन। म जस्ता का लागि ठाउँ छैन।

बामे माफिया मान्छे। माफिया को पनि राष्ट्रियता हुन्छ? महेन्द्र सामन्ती मान्छे। सामन्तीको पनि राष्ट्रियता हुन्छ? राम शरण महत भ्रष्ट मान्छे। भ्रष्ट मान्छे को पनि राष्ट्रियता हुन्छ? जहाँ लोकतंत्र छैन त्यहाँ राष्ट्रियता छैन। बीपी ले लोकतंत्र बुझेको संघीयता नबुझेको। गिरिजाले लोकतंत्र संघीयता केही पनि नबुझेको, शक्ति मात्र बुझेको।

लोकतंत्र बिनाको राष्ट्रियता को कल्पना गर्न सकिँदैन। जुन देशमा सार्वभौमसत्ता जनतामा छैन त्यस देशमा राष्ट्रियता छैन। अझ म एक कदम अगाडि गएर बोल्छु। नेपाल लोकतान्त्रिक भइसक्यो, संघीयता शब्दमा आइसक्यो, व्यवहारमा पनि आउला, तर देश गरीब रहिरहेसम्म नेपाल राष्ट्रियता नरहेको मुलुक मान्नुपर्छ। जुन देशका युवा युवती अधिकांशले आफ्नो देशमा आफ्नो भविष्य देख्न सक्दैनन् त्यो मुलुक राष्ट्रियता नरहेको मुलुक मान्नुपर्छ।

राष्ट्रियता भनेको निर्माण गर्नुपर्ने कुरो हो। गार्हो पो छ त।

राष्ट्रियता, सीके राउत र नागरिक समाज


पहाड़ी मीडिया को जातीय रूप

सीके राउत को कुन विचार सँग तपाइँ सहमत हुनु हुन्न?
भौतिक कारवाही को चेतावनी गैर कानुनी काम गरेको प्रमाण हो
सीके राउत दक्ष जनशक्ति अंतर्गत पर्दैन?
अदालतको महा मानहानी
Hulaki Rajmarga
Media Coverage
खसवादी पार्टी (काँग्रेस/एमाले) ढालने महाभुकम्प?
बाढ़ी, आगलागी, पहिरो, कोशी र महाभुकम्प

नेपाली मीडियालाई राउतको चुनौती
काठमाडौं, १५ जेष्ठ । मधेशको मुद्दालाई गौण पारी जनताको दिमाग अन्यत्र भट्काउन कथित नेपाली राष्ट्रिय मीडिया र बुद्धिजीवीहरू पटक–पटक आफ्नो चरित्रहत्या गर्ने खोजेको तथा अर्थहीन सस्ता विवादहरूमा मुछेको आरोप डा. सीके राउतले लगाएका छन् । डा. राउतको विषयमा गलत हल्ला फैलिरहोस्, मान्छेहरू उनीविरूद्ध भड्किरहून् र जनतालाई साँचो कुरा थाहा नहोस् भन्ने नियत नेपाल सरकारको देखिएको डा. राउतले दाबी गरेका छन् । उनले समस्त जनतालाई साँचो कुरा बताई विवाद अन्त गर्नका लागि अन्तर्वार्ता दिन ईटहरीस्थित एरिना टेलिभिजन जाँदा स्टूडियोबाटै पक्राउ पर्नु र केही बोल्न नदिनुले यस कुराको पुष्टि गरेको बताएका छन् । हल्ला फैलाउने राष्ट्रिय मीडियाहरूले प्रतिवादका लागि किन समय दिन सक्दैनन् भने गलत हल्ला फैलिरहोस्, मेरो चरित्रहत्या भइराखोस्, मान्छेहरू टाढिओस् भन्ने नियत मीडियाहरूको भएको उनले बताएका छन् । उनले मधेशवाणीलाई भने, ‘अहिले भूकम्पको नाममा मधेशको जंगल मास्ने र पहाडीहरूलाई मधेशमा भारी संख्यामा बसाउने ठूलो षडयन्त्र हुँदैछ, त्यसका बारेमा अरू संसदवादी नेताहरूले त बोलेनन् तर हामीले कडा प्रतिवाद गर्यौं । मधेशी जनताले विस्तारै आसन्न पहाडी आप्रवासनको समस्याबाट अवगत हुन थाले, सचेत हुन थाले, त्यसबारेमा कुरा गर्न थाले । यस्तो बेलामा मधेशी जनताको ध्यान अन्यत्रै मोड्नु आवश्यक थियो । त्यहीं भएर नेपालीहरूले यो षड्यन्त्र रचे, हुँदै न भएको विवाद ल्याएर सबैको ध्यान मधेशको आसन्न मुख्य समस्याबाट मोड्ने, मेरो चरित्रहत्या गरेर म विरूद्ध जनता भड्काउने काम गरे । अहिले नै हेर्नुस् केही दिन अगाडिसम्म मधेशीहरू पहाडीहरूको आप्रवासनले निम्त्याउन सक्ने समस्याको बारेमा सोच्दै थिए, तर यो नचाहिँदो विवाद ल्याइदिएर सबैजना यस्ता सस्ता कुरामा अल्झिन पुगेका छन् कि डा. सी. के. राउतले यस्तो भने, उस्तो भने भनेर । अनि थाहै नदिई, भित्र–भित्रै नेपाल सरकार पहाडीहरूलाई मधेशमा बसाइरहेका छन्, मधेशको वन फँडानी गरेर काठ लगिराखेका छन् । जनताको ध्यान त अन्यत्रै पारि दिएको छ । सरकारको यो रणनीतिलाई खासमा मोडस अपरेन्डी (mयमगक यउभचबलमष्) भनिन्छ । जसरी जादूगरले हात एकातिर चलाएर मान्छेको ध्यान एकत्रित पारेको हुन्छ, तर काम भने अर्कै तिर चालै नपाउने गरी गरिसकेको हुन्छ, त्यसरी नै नेपाली शासकले अहिले पनि गर्न खोजेका छन् । हल्ला–खल्ला गरेर विवाद सिर्जना गरी जनताको ध्यान अकोतिर सस्तो कुरामा मोडिदिने र भित्र–भित्रै आफ्नो षड्यन्त्रलाई सफल बनाउने, पहाडी आप्रवासनलाई तीव्र बनाउने काम भइरहेको छ । न भए हामीले अरू महत्वपूर्ण कुराहरू गर्छौं, कार्यक्रमहरू गर्छौं, सभा समम्मेलन गर्छौं, २९ गते मात्रै मधेशभरि भूकम्पपीडितका लागि आमउपवास ग¥यौं, तर कतै कुनै राष्ट्रिय मीडियाले एक लाइन लेखेनन् । यही १२ गते नै ईटहरीमा त्यत्रो ठूलो घटना भयो, हजारौं पहाडी जम्मा भएर दंगा फैलाउने काम गरे, ५ जना साथीलगायत मलाई गिरफ्तार गरियो तर कान्तिपुरले एक लाईनसम्म लेख्ने जमर्को गरेन, तर अनावश्यक हल्ला फैलाउने काममा जहिले पनि मीडिया र सरकार लाग्छन् । अब जनता नै सचेत भएर अगाडी बढ्नुपर्छ । यस्ता भ्रममा नपरेर मधेशको मुख्य जल्दाबल्दा मुद्दालाई हेर्नु पर्छ, र अहिले तत्काल त्यो हो । लाखौं पहाडीको आप्रवासनले निम्त्याउने समस्याहरू, वन फँडानी, मधेशमा बजेटको कमी, प्रहरी दमन आदि ।’

यो भन्दा अगाडि गतवर्ष भदौ २८ गते डा. राउतलाई पक्रेर राज्यविप्लवको मुद्दा लगाएपछि पनि नेपाली मिडिया र कथित बुद्धिजीवीहरूले राज्य विप्लवको मुद्दा, स्वतन्त्र मधेशको आवश्यकता आदि माथि प्रश्न उठाउनु र बहस गर्नु भन्दा पनि अनावश्यक सस्ता कुरामा बहस सीमित पारी जनतालाई मधेशको वास्तविक मुद्दा बुझ्नु भन्दा टाढा राखेको उनको आरोप छ ।

डा. राउतले कथित नेपाली राष्ट्रिय मीडियाहरूलाई राष्ट्रिय प्रसारणमा आएर बहस गर्न चुनौती दिदैं भनेका छन्, “हिम्मत भए उनीहरूले राष्ट्रिय प्रसारणमा आएर बहस गर्नुप¥यो कि मैले कहाँ गलत भनेको छु, मेरो मुद्दा कहाँ गलत छ । त्यसलाई टीभीमा मात्र हैन, टुँडिखेल र सार्वजनिक स्थलहरूमा स्क्रीन राखेर पनि देखाउनुप¥यो, सबैले प्रत्यक्ष हेरून् कि म कहाँ गलत छु । यसरी एकोहोरो भएर जे पायो त्यही लेख्ने, जे पायो त्यही प्रचार गर्ने, अनि अन्तर्वार्ता दिन जाँदा पनि सत्य उजागर हुन्छ भनेर डराएर प्रहरीद्वारा समाउन लगाउने, भन्ने कुराले नै प्रष्ट गर्छ कि मधेशको मुद्दामा कति दम छ । राज्यलाई नांगिने डर छ’ उनले थपे ।

Thursday, May 28, 2015

सीके राउत को कुन विचार सँग तपाइँ सहमत हुनु हुन्न?

English: Lord Mahavir, The Torch-bearer of Ahimsa
English: Lord Mahavir, The Torch-bearer of Ahimsa (Photo credit: Wikipedia)
सीके राउत को विचार सँग म सहमत छैन भन्ने हरु को लामो लाइन छ। त्यस पंक्ति मा राजेंद्र महर्जन र प्रशांत झा पनि उभिए छन। त्यो लामो लाइन मा बसेका हरु लाई म सोध्न चाहन्छु ---- तपाइँ सीके राउत को कुन विचार सँग सहमत हुनुहुन्न?

सीके को सबै भन्दा ठुलो विचार हो अहिंसा। गांधी, मंडेला, बुद्ध ले देखाएको अहिंसा को बाटो मा हिँडेको मान्छे सीके। तपाइँ उसको अहिंसाको विचार प्रति असहमत हुनुहुन्छ कि? उसले पनि गोइत ले जस्तै बन्दुक उठाउ भन्ने तपाइँ को सुझाव हो कि?

सीके को अर्को विचार हो सामाजिक न्याय। नेपालका सबै नागरिकले देशमा समानता को अनुभूति गर्न पाउनु पर्छ। नेपालमा मधेसी लाई समानता चाहिन्छ। तपाई उसको त्यो विचार सँग असहमत हुनु हुन्छ कि? नेपालमा मधेसीले समानता पाउने हो भने नेपाल नेपाल नै रहँदैन भन्न खोज्नु भएको हो कि तपाईंले?

सीके का प्रमुख दुई विचार यिनै हुन मेरो बुझाइ मा।

रह्यो टैक्टिस को कुरा। नेपालमा संघीयता देशको संविधानले भनेको छ। नेपालमा स्वायत्त मधेस प्रदेश देशको संविधानले भनेको छ। सीके त्यो दुबै कुराको विरोधी होइन। सीके ती दुबै चाहने मान्छे हो। सीके ले नेपालमा संघीयता चाहेको छ। स्वायत्त मधेस प्रदेश चाहेको छ। तपाइँ चाहीं देशको संविधान विरोधी हो कि? असहमति के पर्यो?

नेपालमा संघीयता संस्थागत भए पछि राज्य (स्टेट) मा मधेसी हरुको समानुपातिक सहभागिता आउनु पर्ने भो। नेपाल सेनामा ५०,००० मधेसी भर्ना गर्नु पर्ने भो। मधेस राज्य को प्रहरी मधेसी हुने भो। देशको प्रशासन मा मधेसी तल देखि माथि मोटामोटी ४०% देखिनु पर्ने भो। भारत को राजदुत पहाड़ी हुन्छ भने अमेरिका को राजदुत मधेसी हुनु पर्यो। भारत को राजदुत मधेसी हुन्छ भने अमेरिका को राजदुत पहाड़ी हुनु पर्यो। प्रधान मंत्री पहाड़ी हुन्छ भने सभामुख मधेसी हुनु पर्यो। प्रधान मंत्री मधेसी हुन्छ भने सभामुख पहाड़ी  हुनु पर्यो। रातारात नहोला, लागला ५ वर्ष। तर ५ वर्ष पर्याप्त समय हो।

तर नेपालमा संघीयता आए पनि, स्वायत्त मधेस प्रदेश संस्थागत भए पनि, ५ -७ वर्ष बिते पनि मधेसी हरुको अवस्था जस्ता तस्तै रह्यो भने नया औषधि खोज्नु परेन? अनि मधेस रेफेरेंडम मा जान्छ। बहुमत का आधारमा मधेस अलग देश बनने तिर लाग्छ। यो सीके को विचार हो? तपाइँ उसको यो विचार सँग असहमत हो कि? हो भने त्यसै रेफेरेंडम मा तपाइँ पनि जनता को मा जाने। जनता लाई सीके लाई वोट नदेउ भनेर सुझाव दिने, अनुनय विनय गर्ने। Happy now?

सीके राउत को कुन विचार सँग तपाइँ सहमत हुनु हुन्न? स्पष्ट पारि दिनु हुन्छ कि?