Thursday, May 28, 2015

सीके राउत को कुन विचार सँग तपाइँ सहमत हुनु हुन्न?

English: Lord Mahavir, The Torch-bearer of Ahimsa
English: Lord Mahavir, The Torch-bearer of Ahimsa (Photo credit: Wikipedia)
सीके राउत को विचार सँग म सहमत छैन भन्ने हरु को लामो लाइन छ। त्यस पंक्ति मा राजेंद्र महर्जन र प्रशांत झा पनि उभिए छन। त्यो लामो लाइन मा बसेका हरु लाई म सोध्न चाहन्छु ---- तपाइँ सीके राउत को कुन विचार सँग सहमत हुनुहुन्न?

सीके को सबै भन्दा ठुलो विचार हो अहिंसा। गांधी, मंडेला, बुद्ध ले देखाएको अहिंसा को बाटो मा हिँडेको मान्छे सीके। तपाइँ उसको अहिंसाको विचार प्रति असहमत हुनुहुन्छ कि? उसले पनि गोइत ले जस्तै बन्दुक उठाउ भन्ने तपाइँ को सुझाव हो कि?

सीके को अर्को विचार हो सामाजिक न्याय। नेपालका सबै नागरिकले देशमा समानता को अनुभूति गर्न पाउनु पर्छ। नेपालमा मधेसी लाई समानता चाहिन्छ। तपाई उसको त्यो विचार सँग असहमत हुनु हुन्छ कि? नेपालमा मधेसीले समानता पाउने हो भने नेपाल नेपाल नै रहँदैन भन्न खोज्नु भएको हो कि तपाईंले?

सीके का प्रमुख दुई विचार यिनै हुन मेरो बुझाइ मा।

रह्यो टैक्टिस को कुरा। नेपालमा संघीयता देशको संविधानले भनेको छ। नेपालमा स्वायत्त मधेस प्रदेश देशको संविधानले भनेको छ। सीके त्यो दुबै कुराको विरोधी होइन। सीके ती दुबै चाहने मान्छे हो। सीके ले नेपालमा संघीयता चाहेको छ। स्वायत्त मधेस प्रदेश चाहेको छ। तपाइँ चाहीं देशको संविधान विरोधी हो कि? असहमति के पर्यो?

नेपालमा संघीयता संस्थागत भए पछि राज्य (स्टेट) मा मधेसी हरुको समानुपातिक सहभागिता आउनु पर्ने भो। नेपाल सेनामा ५०,००० मधेसी भर्ना गर्नु पर्ने भो। मधेस राज्य को प्रहरी मधेसी हुने भो। देशको प्रशासन मा मधेसी तल देखि माथि मोटामोटी ४०% देखिनु पर्ने भो। भारत को राजदुत पहाड़ी हुन्छ भने अमेरिका को राजदुत मधेसी हुनु पर्यो। भारत को राजदुत मधेसी हुन्छ भने अमेरिका को राजदुत पहाड़ी हुनु पर्यो। प्रधान मंत्री पहाड़ी हुन्छ भने सभामुख मधेसी हुनु पर्यो। प्रधान मंत्री मधेसी हुन्छ भने सभामुख पहाड़ी  हुनु पर्यो। रातारात नहोला, लागला ५ वर्ष। तर ५ वर्ष पर्याप्त समय हो।

तर नेपालमा संघीयता आए पनि, स्वायत्त मधेस प्रदेश संस्थागत भए पनि, ५ -७ वर्ष बिते पनि मधेसी हरुको अवस्था जस्ता तस्तै रह्यो भने नया औषधि खोज्नु परेन? अनि मधेस रेफेरेंडम मा जान्छ। बहुमत का आधारमा मधेस अलग देश बनने तिर लाग्छ। यो सीके को विचार हो? तपाइँ उसको यो विचार सँग असहमत हो कि? हो भने त्यसै रेफेरेंडम मा तपाइँ पनि जनता को मा जाने। जनता लाई सीके लाई वोट नदेउ भनेर सुझाव दिने, अनुनय विनय गर्ने। Happy now?

सीके राउत को कुन विचार सँग तपाइँ सहमत हुनु हुन्न? स्पष्ट पारि दिनु हुन्छ कि? 

भौतिक कारवाही को चेतावनी गैर कानुनी काम गरेको प्रमाण हो

कुनै नागरिक अथवा संगठनले कुनै अर्को नागरिक माथि शारीरिक आक्रमण गर्छ भने अथवा गर्छु भन्ने चेतावनी दिन्छ भने लोकतन्त्रमा त्यो गैर कानुनी कदम हो र राज्यले तुरुन्त कारवाही गर्ने कदम चाल्नु पर्छ। अझ लोकतन्त्रमा राजनीतिक नेता को सुरक्षा को लागि, चाहे त्यो नेता सत्तामा होस् या नहोस् -- राज्यले विशेस कदम हरु चालने गर्छ।

ये राजा सिंह कौन?

यो राष्ट्रिय सरोकार मंच नाम को संगठनले बजाप्ते विज्ञप्ति प्रकाशित गरी नेपालको पुलिस प्रशासन लाई आफ्नो गैर कानुनी काम को प्रमाण दिएको छ। गृह मंत्रालय ले कदम चालने हो।

Physical threats are illegal in a democracy.

भौतिक कारवाही को चेतावनी गैर कानुनी काम गरेको प्रमाण हो।

राजनीतिक कुरा गर्ने हो भने, नेपालका चेली बेचने गैर कानुनी धन्दामा लागेका माफिया गैंग हरु लाई अहिले प्रधान मंत्री ले नै फिशिंग expedition मा पठाएका समाचार आएका छन। त्यहाँ यस संगठन को ध्यानाकर्षण भए जस्तो लाग्या छैन। यो मंच ले चुइँक्क बोल्या छैन।

राहत को काममा निकम्मापनभ्रष्टाचार को खेती गरेर नेपालका चेली हरु लाई देह व्यापार को नजिक नजिक पुर्याउने सत्तामा रहेका बाहुन हरु प्रति यो मंच को जोश जाँगर कतै देखिएको छैन।

नेपालका चेली बेचने माफिया गैंग हरुसँग प्रत्यक्ष सम्बन्ध राखेर बसेका बामे जस्ता प्रति यस मंचको रीस देखिँदैन कतै। त्यस्ता लाई यो मंच ले राष्ट्रियता ले ओतप्रोत व्यक्ति भन्ने गरेको छ। त्यसको एउटा मात्र कारन छ। बामे मधेसी समुदाय प्रति घृणा गर्ने racist मान्छे हो।

मधेसी समुदाय प्रतिको racist hatred नै तिम्रो राष्ट्रियता को परिभाषा हो भने तिम्रो त्यो राष्ट्र खुम्चिएर चुरे उत्तर समेटिन कति पनि बेर लाग्ने छैन। होस राख हे मधेसका पाहुना हरु।

सीके राउत दक्ष जनशक्ति अंतर्गत पर्दैन?
Don Sushil?
अदालतको महा मानहानी
Hulaki Rajmarga
Media Coverage
खसवादी पार्टी (काँग्रेस/एमाले) ढालने महाभुकम्प?
बाढ़ी, आगलागी, पहिरो, कोशी र महाभुकम्प

यो मंच एमाले को फ्रंट आर्गेनाइजेशन हो भन्ने त्यसै थाहा हुन्छ। बहुदलीय व्यवस्थाका मंडले हरु। राहत को काममा पुर्ण रुपले असफल भएका हरु को यो distraction tactics हो। नेपाली चेली बेचने बामे ले पोसेर राखेका माफिया गैंग हरुले तर नेपाली चेली बेचिएको कुराको जिम्मेवारी लिनुपर्ने सीके राउत ले?