Saturday, February 21, 2015

सहमति नखोजिएको कारण भ्रष्टाचार हो

सहमतिमा पुग्ने हो भने संविधान बन्छ। संविधान बनेपछि सरकार फेरबदल हुन्छ। चुनाव होला, के के होला। अनि सत्तामा बस्दा गरिने भ्रष्टाचारको धारा बंद हुन्छ, पानी आउन छोड्छ भनेर vested interest हरुले अनावश्यक गंथन गर्दै छन।

Follow the money. सहमति नखोजिएको कारण भ्रष्टाचार हो।


मधेसी क्रांतिले गिरिजा होइन राज्य (state) सँग सम्झौता गरेको हो

English: Seated Buddha at Ellora Caves, Mahara...
English: Seated Buddha at Ellora Caves, Maharashtra, India. Español: Ellora, Maharashtra, India. हिन्दी: भारत के महाराष्ट्र राज्य में स्थित एलोरा गुफाओं में बुद्ध भगवान की मूर्ती (Photo credit: Wikipedia)
गिरिजाले स्व विवेकले संविधानमा "स्वायत्त मधेस राज्य" लेखेका होइनन्। ज्ञानेन्द्रले स्व विवेकले नारायणहिटी खाली गरेका होइनन्।

राज्य (state) ले गरेका सम्झौता पालन गर्नु सुशीलको पदीय दायित्व हो। समझौता पालन नगर्नु statelessness को आभाष हो। यदि नेपालमा राज्य (स्टेट) छैन भने वार्ता को त कुनै मतलब नै भएन।

सहमति र प्रक्रिया को झमेला त पछिको हो। पहिला त सुशीलले पुराना सम्झौता पालन गर्ने हो। शपथ खाएको त होला।

मधेसी क्रांतिले गिरिजा होइन राज्य (state) सँग सम्झौता गरेको हो। 

पहिचान समस्या कहिले देखि भयो?

Population Density Map Of Nepal
Population Density Map Of Nepal (Photo credit: Wikipedia)
In Nepal, an elusive quest for consensus

एउटा भाषा छ, Esperanto नामको। त्यो कहीं पनि बोलिने भाषा होइन। बिभिन्न भाषा हरु मिसाएर बनाइएको भाषा त्यो। अंतर्राष्ट्रीय भाषा एउटा चाहियो भनेर बनाइएको। तर चलेन। कसैले pickup गरदिएनन्।

जातीय पहिचान नै नभएको भाषा अथवा धर्म अथवा भेषभुषा त्यस्तो छ कुनै नेपालमा? यदि पहिचान समस्या हो भने। पहिचान समस्या हो भने पहिचान मुक्त नेपालको निर्माण गरौं।

आफ्नो पहिचान र आफ्नो भाषा र आफ्नो भेषभुषामा देशको ढुकुटी रित्याउने तर अर्काको पहिचान को कुरा आउना साथ टाउको दुखाउने? आफ्नो पहिचान चाहिं चाहिने, अर्काको पहिचान विरुद्ध युद्ध ऐलान गर्ने?

पहिचान समस्या कहिले देखि भयो? पहिचान समस्या हुँदै होइन। अर्काको पहिचान मात्र समस्या भएको हो।