Sunday, January 04, 2015

3 Geographic States, 10 Identity Regions

The three geographic states should make the Congress and the UML happy. The 10 regions with identity names should make the United Maoists and the Madhesi Morcha happy. I think we are beginning to find middle ground.


एक देश, तीन राज्य, २५ प्रदेश, दक्षिण एशियाको आर्थिक एकीकरण

मधेश (मधेश र भित्री मधेश समेटने गरी ---- जसमा उदयपुर, चितवन, दांग, सुर्खेत स्वतः पर्ने भए), सगरमाथा र कर्णाली गरी भौगोलिक नामका तीन राज्य, र ती तीन राज्य भित्र अहिलेका ७५ जिल्ला मेट्ने गरी २५ जातीय र भौगोलिक नामका २५ प्रदेश ---- र सन २०३० भित्रमा दक्षिण एशियाको आर्थिक एकीकरण ---- मैले सारेको प्रस्ताव यस प्रकारको छ। तीन राज्यलाई आत्म निर्णयको अधिकार हुन्छ। किनभने सार्वभौमसत्ता जनतामा निहित छ भने, जुन कि छ, संघीयता भनेकै आत्म निर्णयको अधिकार सहितको हुन्छ। सार्वभौमसत्ता जनतामा आएको २००६ मा नै हो।

सीके राउतले मधेश राज्यलाई जनमत संग्रहमा लान पहिले त मधेश राज्यको संसदमा बहुमत ल्याउन सक्नुपर्यो --- त्यस पछि हुने जनमत संग्रहमा पनि आफ्नो पक्षमा बहुमत ल्याउन सक्नुपर्यो। सीके राउतको र उसका समर्थकहरुको मानव अधिकार हनन गर्ने अधिकार वामदेव र उसका टट्टु प्रहरीहरुलाई छैन। मेरो भनाइ त्यति मात्र हो। मधेश अलग देश बन्छ कि बन्दैन त्यो अहिले मेरो सरोकारको विषय नै होइन। बन्छ भने कसरी बन्छ, बन्दैन भने कसरी बन्दैन भन्ने बारेमा मैले स्पष्ट कोरेको मात्र हो।

मधेश अलग देश बनन चाहेको देखन चाहने जनताकोमा जाने हो, मधेश अलग देश बन्न देखन नचाहनेहरु पनि जनताकोमै जाने हो। सार्वभौमसत्ता जनतामा निहित रहेको देशमा अर्को उपाय छैन।


प्राथमिक भाषा र हिंदी भाषा

नेपालका अधिकांश मानिस देश विदेश घुम्न जाँदैनन् --- त्यो यथार्थ मात्र होइन, मानव मनोविज्ञान नै हो। अमेरिकामा पनि अधिकांश मानिस देश विदेश घुम्न जाँदैनन्। अधिकांश मानिसको चरित्र स्थानीय किसिमको हुँदो रै छ।

मातृभाषाको महत्व त्यहाँ बाट आएको हो। तर राजा एक भाषा एक भेष एक धर्म एक भेषभुषा महेन्द्र वीर विक्रम शाह देवले बहुसंख्यक नेपालीलाई आफ्नै देशमा विदेशी बनाइ दिए। त्यो महेन्द्रको वामदेवले घरमा सालिक राखेको छ, पुजा गर्छ।

प्राथमिक शिक्षा आफ्नो मातृभाषामा पाउनु सबैभन्दा उत्तम भनेर वैज्ञानिकहरुले पत्ता लगाएको तथ्य हो। त्यो तथ्यलाई महावैज्ञानिक महेन्द्रले पनि मानेन, औंठा छाप वामदेवले त मानने कुरै भएन। एउटा हुन्छ progressive अर्को थरि हुन्छ regressive ---- महेंद्र र वामदेव regressive खालका भए। Regressive मानिसहरु देशलाई पछाडि धकेलन पटटी लागि रहन्छन्। नेपालको अहिलेको गरीबी उनीहरुलाई पर्याप्त छैन, नेपाल अझै गरीब हुनुपर्ने उनको भनाइ छ।

सरकारी कामकाजको भाषा नेपाली मात्र हुन सक्दैन, किनभने अधिकांश नेपाली नागरिकले घरमा नेपाली बोल्दैनन्। सरकारी कामकाजको भाषा बन्न सक्ने नेपालमा १०-१५ भाषा छन। सार्वभौमसत्ता राजामा रहेको नेपालमा नेपाली भाषा माथिबाट जनतामाथि थोपरियो, तर अब सार्वभौमसत्ता जनतामा रहेको नेपालमा त्यसो गर्न मिल्दैन त।

अनि आउँछ आर्थिक कुरा। सारा विश्व एउटै बाजार बनिसकेको आजको दुनियामा आर्थिक पक्ष हेर्नै पर्ने हुन्छ।

अधिकांश नेपाली देश विदेश जाँदैनन्। देश विदेश जाने अधिकांश नेपाली भारत जान्छन्। यो इंटरनेटको पनि जमाना हो। गूगलले सारा इंटरनेटलाई हिन्दीमा अनुबाद गर्न लागेको छ। प्रत्येक नेपाली दक्षिण एसियाली पनि हो। हिन्दी भाषालाई संयुक्त राष्ट्र संघको छैँठौ भाषा बनाउने अभियानमा नेपाल सरिक हुनैपर्छ --- विश्व राजनीतिमा आफ्नो अधिकार पाउने त्यो पहिलो ठोस कदम हुनेछ नेपालकोलागि। नत्र नेपाललाई संसारमा कहीं पनि कसैले गनेको अवस्था नै छैन। उपेन्द्र महतो त्यत्रो सफल व्यापारी हो --- तर उसको नेपाली पासपोर्टको संसारमा कहीं पनि आदर नभएको देखेर नै हो महतोले NRN Movement launch गर्नु परेको। वीर नेपाली भन्ने कुरा पंचायती प्रोपागण्डा लेख्ने हरुको दिमागमा मात्र हुँदो रै छ -- यथार्थ अर्कै छ।

हिन्दी भाषाको महत्व नेपालका मधेसीलाई त छ नै तर पहाड़ीलाई पनि छ। नेपालमा आर्थिक क्रान्ति गर्नु छ भने हिंदी भाषालाई सरकारी कामकाजको भाषा र पठनपाठनको भाषा बनाउनै पर्ने हुन्छ। नेपाली भाषा र हिंदी भाषालाई नेपालमा समान मान्नु पर्ने हुन्छ।

हिंदी भाषा मधेसी पहिचानको सबै भन्दा महत्वपुर्ण पक्ष नै हो। भोलि खड़ा हुने मधेश राज्यको सरकारी कामकाजको प्रमुख भाषा नै हिंदी हुनेछ। Welcome to federalism.