Tuesday, December 23, 2014

काठमाण्डु कुँवाका भ्यागुताहरु

English: Taj Mahal, Agra, India, south face. F...
English: Taj Mahal, Agra, India, south face. Français : Le Taj Mahal, à Âgrâ, en Inde, vu du sud. Italiano: Taj Mahal, Agra, India, lato sud. हिन्दी: ताज महल, आगरा, भारत। (Photo credit: Wikipedia)
एउटा थियो आदि कवि भानुभक्तको कुँवा -- त्यो काम लाग्ने किसिमको कुँवा थियो। एउटा छ काठमाण्डु कुँवा। देशको अहित गर्ने प्रपञ्चहरु सबै यसै कुँवामा हुने गर्छन। काठमाण्डु कुँवाका भ्यागुताहरु भनठानछन बेइजिंग र दिल्लीका मानिसहरु दिन रात नेपाल बारे plotting गर्दै बस्छन्। यथार्थ हो दुनिया हाँक्नु पर्ने बेइजिंग र दिल्लीका मानिसहरुसँग नेपालकालागि खासै समय छैन।

चीन र भारत बीच दुश्मनी छैन। चीनले चेन्नई देखि दिल्ली सम्म बुलेट ट्रेन बनाउन लागेको छ। दुई देशबीच दुश्मनी भएको भए चीनले त्यस्तो कदम चालने बारे किन सोंचथ्यो? तर काठमाण्डु कुँवाका भ्यागुताहरुलाई लाग्छ चीन र भारत बीच दुश्मनी छ, दुबैलाई जुधायेर फाइदा लिउँ। मुसा र हात्तीको कहानी जस्तो। कहीं नभएको जात्रा हाँडी गाउँमा। 

चीन नरेन्द्र मोदीलाई अलि अलि होइन, असाध्यै मन पराउँछ --- किनभने चीनलाई बिजनेस व्यापार गर्नु छ। मोदीलाई सकेसम्म चाँडै चीन भ्रमणमा आउ भनेर भनेको भनै छ। त्यस्तो मोदीलाई अपमान गरेको वामदेवले। त्यो आफ्नो माफिया लिंकहरु ढाकछोप गर्नलाई हो। 

चीन र भारत दुवैले नेपालमा चाहेको कुरा एउटै हो ---- लोकतंत्र, राजनीतिक स्थायित्व र आर्थिक प्रगति। तर नेपालको निवर्तमान पोलिटिकल क्लास यी तीन कुराको दुश्मन भएर खड़ा रहेको छ। निकम्मापन र भ्रष्टाचारले गर्दा। भारत विरोध र मधेसी विरुद्ध को पूर्वाग्रह आफ्नो निकम्मापन र भ्रष्टाचारप्रति जनताको ध्यान नजाओस भन्न खातिर प्रयोग हुने distractionary tactics हुन -- आम जनताले जति चाँडो बुझन सक्यो त्यति राम्रो।




Monday, December 15, 2014

संघीयताको आर्थिक पक्ष

एकात्मक व्यवस्थाभन्दा संघीय व्यवस्था बढ़ी efficient हो ------ संघीयता आर्थिक रुपले धान्न सकिँदैन भन्ने तर्क बेतुक हो। यथार्थ त्यसको ठीक उल्टो हो। धान्न नसकिने भनेको एकात्मक व्यवस्था हो। नेपाललाई अहिलेसम्म संसारको सबैभन्दा गरीब देश बनाएर राखेको नै एकात्मक व्यवस्थाले हो। एकात्मक व्यवस्था र राम शरण जस्तो नालायक मन्त्रीले।


मैले नबुझेको कुरो: सन्दर्भ जल सम्पदा

यसरी डाम्दै छ माथिल्लो कर्णाली परियोजनाले

४,१८० मेगावाट उत्पादन हुन सक्ने ठाउँमा ९०० मेगावाट उत्पादन गर्ने सहमति गरियो भन्ने आरोप छ। यो त बड़ो अचम्मको आरोप भो। यसको टेक्निकल यथार्थ के हो? यो मेरो ज्ञान बहिरको कुरो। अर्को प्रश्न प्रक्रियाको हुन्छ। सहमतिको प्रक्रिया मिल्यो कि मिलेन? मिलेन भने हुनुपर्ने प्रक्रिया के हो? र त्यो हुनुपर्ने प्रक्रिया संस्थागत गर्न के गर्नुपर्ने भो?

र यो आरोप सही हो भने ४,१८० मेगावाट उत्पादन नगरेर ९०० मेगावाट उत्पादन गर्दा भारतलाई के फाइदा हुने हो? नेपालले ४०,००० मेगावाट उत्पादन गर्छ भने त्यो सबै किने पनि भारतलाई अपुग हुने हो। भने पछि दुबै देशलाई बेफाइदा हुने काम भएको हो?

तर यो लेखमा नेपालसँगै पुंजी छ भन्ने अचम्मको तर्क अगाडि सारिएको छ। पुंजी चीनसँग छैन, भारतसँग छैन। ती दुबै देश जो कि संसारको नंबर १ र ३ स्थानमा छन विदेशी पुंजी भित्र्याउन तछाड़ मछाड़ गर्छन। नेपाल चाहिं अफ्रिका बाहिरको सबैभन्दा गरीब देशले विदेशी पुंजी चाहिँदैन भनेर भन्ने?

यस लेखको अर्को कमजोरी भारतको एउटा प्राइवेट कंपनीलाई भारत सरकार मानेर कुरा गरिएको छ। कोका कोला भनेको अमेरीकी सरकार होइन।