Sunday, November 02, 2014

पद्म रत्न तुलाधर र सीके राउत



एमाओवादीवाला २२ दलको गठबंधन संग कुरा मिलाउन नखोजेको केपी ओली, काँग्रेस-एमालेका बाहुनहरुले पद्म रत्न तुलाधर र सीके राउत नामको ज्वारभाटा जुन आउँदैछ त्यो देखि नै रहेका छैनन्। देशमा आगो लाग्ने किसिमका नक्शाहरु पेश भैराखेका छन।

यो क्रांतिको आवाज हो। हिन्दु राज्य भनेर जुन प्रतिक्रांतिकारी कदम चालिँदैछ, त्यसले क्रांतिको आगोमा घ्यु थप्ने काम गर्नेछ। मधेसी र जनजातिलाई माइनस गर्ने जुन प्रयासहरु भैराखेका छन त्यसले क्रांतिको आगोमा घ्यु थप्ने काम गर्नेछ।

क्रांति भनेको chaos र anarchy होइन। क्रांति अग्रगामी हुन्छ। क्रांतिको दिशा बड़ो स्पष्ट हुन्छ। क्रांतिको स्पष्ट गन्तव्य हुन्छ। ४३ लाख मधेसीलाई माइनस गरेर ल्याएको, धाँधली गरेर ल्याएको, पुलिस-प्रशासन-सेनाको दुरुपयोग गरेर ल्याएको तथाकथित दुइ तिहाईको अंक गणित पद्म रत्न तुलाधर र सीके राउतलाई मान्य छैन। उनीहरु सिर्फ न्यायसँग सरोकार राख्छन्।

२२ दलको गठबंधन ८ राज्यको बहुपहिचानसम्म जाने तरखरमा छ, तर क्रांतिले एकल पहिचान सहितको २५ राज्य, आत्म अधिकार सहितको २५ राज्य माग्न सक्छ। क्रांतिले पैदा गर्ने प्रत्येक राज्यको नाम जातीय हुन सक्छ।

केपी ओली (जसलाई नेपालको दौउद इब्राहिम पनि भन्ने गरिन्छ) जस्ताले जस्तो असहिष्णुता संविधान सभामा देखाईराखेका छन, त्यसले क्रांतिको मार्ग प्रशस्त गर्छ।

धाँधली बिनाको चुनाव
संघीयता महँगो हो भने



ओलीको उल्टो बोली: संघीयता एकात्मक व्यवस्थाभन्दा सस्तो

केपी ओलीले या त बुझ पचाएका हुन, या संघीयता के हो भन्ने नबुझेका हुन।

आकारमा भारतभन्दा नेपाल सानो देश हो। त्यो मेरो विचार होइन। त्यो तथ्य हो: fact जसलाई भनिन्छ। त्यसै गरी संघीय व्यवस्था एकात्मक व्यवस्थाभन्दा सस्तो हो। यथार्थ त्यो हो। ओलीले बेइमानी कुरा गर्नु भएन।

१० राज्य कि ७५ राज्य?
केन्द्र, राज्य र स्थानीय: जिल्ला गायब पार्ने
कति वटा राज्य भन्ने विवाद नै गलत हो
संघीयता बिनाको संविधान = चोरलाई पुरस्कार
वीपी कोइराला र नेपालमा हिन्दी भाषा
संघीयता महँगो हो भने