The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Showing posts with label right to free speech. Show all posts
Showing posts with label right to free speech. Show all posts
Saturday, September 27, 2014
Saturday, September 20, 2014
सीके राउतलाई आजीवन कारागारको सजाय सुनाइन्छ भने देश क्रान्तिका माध्यमले टुक्रिन्छ
सीके राउतलाई हिरासतबाट रिहाई गरिन्छ भने पनि देश टुक्रिन सक्छ। तर त्यो आज भोलि नै टुक्रीदैन। एक दुई वर्ष भित्रै टुक्रीदैन। सड़क आन्दोलनबाट टुक्रीदैन। क्रान्तिका माध्यमले टुक्रीदैन। र नटुक्रिन पनि सक्छ।
तर केही गरी यदि सीके राउतलाई आजीवन कारागारको सजाय सुनाइन्छ भने देश क्रान्तिका माध्यमले टुक्रिन्छ। मधेसी क्रान्ति जस्तो फेरि अर्को क्रान्ति हुन्छ र यस पटक त्यो तराईका २२ जिल्ला सहितको अलग देशको घोषणा नभएसम्म थामिदैन। देश पाकिस्तान र बंग्लादेश टुक्रिये जस्तै गरी टुक्रिन्छ।
मैले आशा गरिरहेको छु कि नेपालको न्यायपालिकासँग त्यति विवेक छ कि त्यसले Universal Declaration Of Human Rights लाई आदर गर्दै सीके राउतको Right to free speech र Right to peaceful assembly लाई आदर गरोस र सीकेलाई निशर्त र तुरुन्त रिहाई गरोस। त्यसमै न्याय छ।
यदि मधेशले क्रान्तिको बाटो लिनुपर्यो भने पुरा मधेश फेरि बन्द हुन्छ। अलग देशको घोषणा नभएसम्म बन्द रहन्छ।
सही बाटो हो सीकेको रिहाई। देशलाई एक राख्न चाहनेहरुले त्यस किसिमको जनमतको निर्माण गर्ने हो, सीकेलाई हिरासतमा लिने होइन।
अहिले मधेशमा अलग देशको पक्षमा बहुमत छ जस्तो मलाई लाग्दैन, तर सीकेलाई यदि आजीवन कारावासको सजाय सुनाइन्छ भने त्यो जनमत क्रान्तिकारी रफ्तारमा तैयार हुन्छ, सबैलाई चेतना भया।
स्कटलैंडको जनमत संग्रहले ब्रिटेनको राष्ट्रियतालाई बलियो बनायो
राजाको अपमान, देशको अपमान
Subscribe to:
Posts (Atom)