Showing posts with label kabindra sitoula. Show all posts
Showing posts with label kabindra sitoula. Show all posts

Tuesday, November 18, 2014

सगुन र दर्शन रौनियार



जुन दिन मैले सगुन को presentation देखें चौतारी रेस्टोरेंटमा त्यो दिनभन्दा अगाडि मैले सगुनको कहिले नाम नै सुनेको थिएन। म झण्डै नपुगेको। अंजन (श्रेष्ठ) ले दिउँसो invite गर्यो। उसलाई डिल्ली (भट्ट) ले invite गरया रै छ। ६ बजे भनेको म ६ बजे पुगें। कोही छैन। म फर्कियें। अंजनलाई टेक्स्ट गर्छु त म न्यु जर्सी मा छु, आउँदै छु भन्छ। चौतारी को owner गोविन्द श्रेष्ठजीले "पहिला appetizer छ, अनि त्यस पछि खाना छ" पो भन्छ बा। कसलाई के सुर्ता घर ज्वाइँलाई खानै को सुर्ता भने जस्तो।

अंजनले मलाई डाकेको, उसलाई डाकेको डिल्लीले। यो by invitation मात्र हो भने म जान्न भन्दै थिएँ, डिल्लीले टेक्स्ट गरेर "होइन, तपाइँ त जानै पर्छ" भने। अनि म पुगेको। माथि नै मधु (क्षेत्री) भेंट भो। "तपाइँको भाषण छ हो?" पो भन्छ। म झण्डै न आएको कार्यक्रममा मेरो भाषण? होइन होला भनें।

खगेन्द्रजी NRN president का लागि लड्ने घोषणा गरेकै दिन हो कि भोलिपल्ट मैले मेरो फर्म ले डिजिटल मार्केटिंग गर्दिन्छ भनेर बजट सहितको प्रपोजल राखेको। Interest देखिएन। त्यसको केही हप्ता पछि त्यही प्रपोजल त्यति बेलासम्म अझै president का लागि लडिरहेको नवीन शेरचन लाई पनि देखाएँ। उहुँ, त्यहाँ पनि इंटरेस्ट देखिएन। अनि मैले त्यो कुरा drop गरदिएको। कसले कसलाई के भन्यो, कसले के सुन्यो, कसले के बुझ्यो --- मधु त पछि, "ह, मेरो दाईको विरुद्ध नवीनलाई सपोर्ट गर्दिने!?" भनेर सोधि खोजि गर्न आई राख्या थियो!" :)

सगुनको कार्यक्रम पछि मैले एउटा ब्लॉग पोस्ट लेखें, कहीं सगुन दर्शन रौनियार त होइन भनेर।

Sagoon: Nepali Tech StartUp: Presentation At Chautari

सगुन बारे मैले त्यस पछि अरु पनि थुप्रै थाहा पाउने मौका पाएँ, and I am bullish on its prospects. मैले औपचारिक रुपमा नै Advisor बन्ने भैसकें। सगुन के हो के होइन त्यो भविष्यले बताउने छ।
  • सगुनले राउंड २ fundraising गर्न सकेमा त्यो दर्शन रौनियारले प्राइमरी चुनाव जिते सरह हुनेछ। र यसमा मैले लीड रोल खेल्ने पक्का पक्की भै सक्यो। 
  • सगुनले राउंड ३ fundraising गर्न सकेमा त्यो दर्शन रौनियार Congressman बने जस्तो हुनेछ। 
  • सगुनलाई कसैले खरीद गरिदिएमा त्यो दर्शन रौनियार United States Congress मा शक्तिशाली पदमा पुगेछ भन्नु पर्छ। 
  • सगुन IPO भएमा दर्शन रौनियार राष्ट्रपति पो भएछ कि भने जस्तो हुनेछ। 

Sunday, November 16, 2014

सगुनका संभावनाहरु

A social network diagram
A social network diagram (Photo credit: Wikipedia)
सगुन अहिले निकै चर्चामा आएको नेपाली tech startup ------ सगुनका प्रमुख दुई व्यक्तिहरु संग मैले विगत हप्ता अन्तरक्रिया गर्ने मौका पाएको छु। Advisor भएर औपचारिक रूपमै सघाउने कुराहरु छन, राउंड २ fundraising मा मदत गर्ने कुराहरु भएका छन।

गोविन्द गिरी नेपाली भएकोले भेंट भएको हो। तर त्यसपछि मैले मेरिट को आधारमा कुरा गरेको छु।

  1. १००,००० user भनेको धेरै हो। 
  2. ३५० K fundraising सार्है सराहनीय हो।
  3. Tech team build गर्नु fundraising भन्दा गारहो काम जुन कि वहाँ हरुले गर्नु भा को छ। 
मेरा केहि प्रश्न छन ---- फीचर हरु बारे। त्यस बारेमा विस्तारमा गफ गर्ने भनेर गोविंदजी र मैले भनेका छौं। Social networking is not "done" (saturated) any more than mobile is. I think there is space for a social network. But you do have to stand out. And you do have to have a large, growing, engaged base of users. त्यो किसिमको फीचर सेट ल्याउन सक्नु परयो। I am confident Govinda Giri will be able to pull it off. For now I am giving a strong thumbs up to anyone who might be considering coming into Sagoon's round 1. 

मेरो अनुभवमा न्यु यर्कको नेपालीहरुलाई टेक startup मा इन्वेस्ट गर भन्नु भनेको हिन्दुलाई गाई खा भन्नु जस्तो। मरे काटे गर्दैन। अचम्मै छ।

सगुनको पहिलो र दोस्रो राउंड बीच फरक

Friday, November 14, 2014

सगुनको पहिलो र दोस्रो राउंड बीच फरक

सगुन सँग सम्बन्ध

केही घण्टा अगाडि कोलोराडो बाट एक जना साथीले कॉल गर्नु भो। "तपाईंले सगुनको fundraising मा रोल खेल्ने कुरा रै छ, मलाई पनि ५ हजार हाल्न मन लाग्यो" भनेर भन्नु भो।

सगुनका दुई जना फाउंडर हरुसँग म सम्पर्कमा छु। वहाँ हरुले आंट गरेकै हो। मान्नु पर्छ। मेरो आफ्नै एउटा pre launch tech startup छ। त्यसैले हामीलाई एकले अर्काको कुरा बुझ्न सजिलो हुन्छ। सगुन अहिले राउंड १ मै छ। 350K fundraising गरिसकेको, 150K गर्ने प्रयासमा रहेको अवस्था छ।

मैले सगुनको राउंड २ fundraising मा lead role लिने कुरामा हाम्रो छलफल भइ राखेको छ। निर्णय शायद त्यसै किसिमको हुन्छ होला।

तर मैले साथीलाई भनें ---- तपाइँ राउंड २ मा आउन पाउनु हुन्न। क़ानूनले नै दिँदैन। राउंड २ मा venture capitalist हरु, लाइसेंस प्राप्त एंजेल इन्वेस्टर हरु मात्र हो आउन पाउने।

आउने भए राउंड १ मा आउनुस् भनेर मैले भनें र गोविन्द गिरी र कवीन्द्र सिटौला सँग मैले संपर्क गराई दिएँ टेक्स्ट मेसेज मार्फ़त।

सगुन का १००,००० user छन --- त्यो early stage मा धेरै हो।


Thursday, November 13, 2014

सगुन सँग सम्बन्ध

न्यु यर्कको नेपाली समुदायमा हालसाल व्यापक चर्चामा आएको नेपाली tech startup सगुन का दुई Cofounder सँग मेरो हिजो कुराकानी भयो। मैले औपचारिक रुपमा नै Advisor को रुपमा सगुनलाई सघाउने कुरा भयो। विशेष गरेर राउंड २ fundraising मा मैले मदत गर्ने कुरामा विशेष छलफल भयो।

The only thing I need is a rapidly growing user base भनेर मैले भनें।