Wednesday, April 05, 2023

बारा २

मन्त्रीबारे देउवाको प्रस्तावले शेखर र गगनबिच मतभेद
उपेन्द्रलाई प्रभुको चुनौती : सप्तरीका जनताले लखेटेको नेता बारामा पनि पराजित हुनेछ
पूर्वमन्त्री खान भारतीय गिरोहको ‘सेक्स ट्रयाप’मा
उम्मेदवारी दर्ता नहुँदै बारा–२ मा जसपा र जनमतको घरदैलो कार्यक्रम (फोटोफिचर) जनमत पार्टीका अध्यक्ष डा.सीके राउत हिजैदेखि बारामा छन् । उनी कहिले आफ्ना उम्मेदवार कुशवाहालाई साथमा लिएर त कहिले एक्लै मतदाताको घरदैलो, खेतबारी, मन्दिर, पसलहरुमा पुगिरहेका छन् । .......... बारा–२ मा एकलाख पाँच हजार ११ जना मतदाता छन् । त्यसमध्ये जसपाका रामसहाय यादव (अहिलेका उपराष्ट्रपति) ले १३ हजार ८२२ मत ल्याएर जसपा–एमाले गठबन्धनबाट विजयी भएका थिए । दोस्रो स्थानमा रहेका माओवादी–कांग्रेस–लोसपालगायत पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कुशवाहा (माओवादी)ले १३ हजार ४६८ मत ल्याएका थिए । उनी जनमत पार्टीमा प्रवेश गरेर त्यहाँबाट पुनः उम्मेदवार बन्ने घोषणा गरेका छन् ।



मधेश सरकारबाट एमालेलाई निकाल्दा जनमत यथावत किन ? यस्तो छ कारण दुवै परिस्थितीमा जनमत चाहिने भएकाले जनमत सरकारमै
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
बहुरूपिया उम्मेदवारलाई बारावासीले हराउँछन् : आजपा अध्यक्ष साह
‘सरकार पुनर्गठनमा आजसपासँग धोका भयो’
‘उपेन्द्र यादव दुई तिहाई मतले उपनिर्वाचन जित्छन्’ बारा २ मा जम्मा ३८ वटा वडामध्ये २८ वटा वडामा गठबन्धनको बर्चस्व रहेको उनले लेखेका छन् ।
‘सीके राउत हरेक चीजमा बार्गेनिङ्ग गर्दै हुनुहुन्छ’ उहाँ बारा २ मा पराजित हुनुहुन्छ भन्ने कुरा कसैले सोच्दै नसोच्नु । मधेशका जनता यति अराजनीतिक छैनन् कि उहाँ फेरि हराएर पठाउँछन् । त्यहाँ जनताले भनिरहेका छन् कि कुनै पनि हालतमा उहाँलाई जिताएर पठाउने । ..... उहाँको थर यदि यादव नभएर उपाध्याय, दाहाल वा अन्य अरु केही भएको भए उहाँ पहिले नै प्रधानमन्त्री बनिसक्नु हुन्थ्यो । ....... गठबन्धनको बैठकमा उहाँले अहिलेसम्म कुनै पनि सवाल खडा गर्नुभएको छैन । राजनीतिमा लोकप्रियताका लागि विभिन्न किसिमका व्यक्तव्य दिने कुराहरु भइरहन्छ । ....... डा.सीके राउत अहिले नवसिखुवा राजनीतिज्ञ जस्तो व्यवहार प्रदर्शन गर्दै हुनुहुन्छ । उहाँ अहिले गठबन्धनमा पनि हुनुहुन्छ तर गठबन्धनकै निर्णय मानिरहनु भएको छैन । हरेक चीजमा उहाँ बार्गेनिङ्ग गर्दै हुनुहुन्छ । जब गठबन्धनमा उपराष्ट्रपति जसपालाई दिने निर्णय भइसकेको थियो भने कि यो पदन देउ कि यो पद देउ भन्दै बच्चाजस्तो खेल गर्दै हुनुहुन्छ । यसरी राजनीति चल्दैन । उहाँ अहिले नयाँ–नयाँ राजनीतिमा आउनुभएको छ, धेरै कुरा सिक्न बाँकी छ । उहाँ धैर्य राख्नुपर्छ ।



उपनिर्वाचनमा दलहरूका यस्ता रणनीति राष्ट्रिय स्वतन्त्र पार्टीको तनहुँ र चितवनमा सहजै जित हासिल गर्ने ....... आन्तरिक विश्लेषण छ । जसपाको सत्तागठबन्धनका बलमा चुनाव जित्ने अपेक्षा छ । ........ युवा मत आकर्षित गर्न सक्ने आधारमा युवा महामन्त्रीद्वय विश्वप्रकाश शर्मालाई चितवन २ र गगन थापालाई तनहुँ १ को कमान्डर तोकेको छ । ........ वाग्लेले कांग्रेसको मत काटेको अवस्थामा एमालेलाई फाइदा पुग्न सक्ने कांग्रेसको आन्तरिक आकलन छ । त्यहाँ वैकल्पिक धारको विवेकशील साझा पार्टीको पनि वाग्लेलाई समर्थन छ । त्यस्तै, कांग्रेसका पूर्वजिल्ला सचिव विश्वनाथ बास्तोलाले पनि वाग्लेलाई मत मागेका छन् । ........ वाग्लेले कांग्रेस त्याग्नुअघि निरन्तर महामन्त्री थापाको निकट भएर काम गरेका थिए । यस आधारमा महामन्त्री थापालाई नै तनहुँमा जित निकाल्ने जिम्मेवारी दिइएको छ । चितवनमा स्थानीय निर्वाचनमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको पक्षमा मत मागेका छन् । ....... कांग्रेसले समानान्तर रूपमा बारा २ मा गठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई मत दिन पार्टीपंक्तिलाई सक्रिय बनाएको छ । माओवादी र एकीकृत समाजवादीले उपनिर्वाचनमा सत्तारूढ गठबन्धनका साझा उम्मेदवारलाई सघाउने निर्णय गरेका छन् । चितवन २ र तनहुँ १ मा कांग्रेसका उम्मेदवार र बारा २ मा जसपाका उम्मेदवारलाई सघाउने निर्णय भएको छ । ....... उपनिर्वाचनमा तीनै क्षेत्रमा जित निकाल्ने दाबीसहित राष्ट्रिय स्वतन्त्र पार्टीले ‘क्लिनस्विप’ रणनीति तयार पारेको छ । सोही कारण रास्वपा सभापति रवि लामिछानेले सार्वजनिक रूपमै भनिरहेका छन्, ‘हामी क्लिनस्विप गर्छौँ । एकको बदला तीन सांसद भएर संसद् छिर्छौँ ।’ ....... चितवन २ मा सभापति लामिछाने, तनहुँ १ मा अर्थशास्त्री स्वर्णिम वाग्ले ....... मंसिरको मनोविज्ञानका आधारमा मत बटुल्ने र पुराना दलमाथि आक्रामक रवैया अपनाएर उपनिर्वाचनमा जित निकाल्ने रास्वपाको रणनीति छ । ........ ‘चितवन २ मा हाम्रो मत घटेको छैन, झन् बढेको छ । त्यसैले सहजै जित्छौँ,’ उनले भने । ....... कांग्रेसको पकड क्षेत्र मानिएको तनहुँ १ मा वाग्ले पूर्वकांग्रेसी भएका कारण धेरै मत आफूतिर ‘ट्रान्सफर’ हुने रास्वपाको आकलन छ । तनहुँ १ मा यसअघि रास्वपा १२ हजार सात सय ७३ समानुपातिक मत ल्याएर चौथो स्थानमा थियो । .

‘उपनिर्वाचनमा उपेन्द्रको जित सुनिश्चित छ’

Tuesday, April 04, 2023

Democracy For Russia



मधेशमा उपेन्द्र यादव र सीके राउतबीच वर्चस्वको लडाइँ जनमत पार्टीका अध्यक्ष सीके राउत पाँच दिनयता बारामा छन् । बारा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउन शिवचन्द्र कुशवाहालाई पार्टी प्रवेश गराएर मधेश झरेका उनी बिहानदेखि साँझसम्म घरदैलोमा व्यस्त हुन्छन् । ....... राउत गढीमाईस्थित पार्टी कार्यालयमै बास बस्छन् । जनमतका प्रवक्ता बीपी साहका अनुसार हरेक दिन बिहान उठेर अगुवा कार्यकर्तालाई अघि लगाउँदै घरदैलो थाल्छन् । कति ठाउँ उनको साथमा उम्मेदवार कुशवाहा हुन्छन्, कतिपय बेला हुन्नन् । ....... दिनभर घरदैलो गरेर राउत साँझ पार्टी कार्यालयमै फर्किन्छन्, जहाँ वडा इन्चार्ज तथा अगुवा कार्यकर्ता गरी १००-१५० का लागि मेसमा खाना पाकेको हुन्छ । राउत पनि त्यही खाना खान्छन् र पार्टी कार्यालयमै सुत्छन् । साह भन्छन्, ‘कुनै आकस्मिक काम प¥यो भने हो, नभए चुनाव सकेर मात्र फर्किनुहुन्छ होला ।’ ......... घरदैलोका क्रममा पनि राउत चर्को भाषण गर्छन् । ....... सीके राउत, उपेन्द्रमाथि निशाना साध्छन्, ‘जहरिला साँप’, ‘बाहिरिया फिरंगी’, ‘भगौडा’ जस्ता उपनाम दिएर आलोचना गर्छन् । ......... ‘म झन्डा उठाएर मूल बाटोबाटै आइरहेको छु । नेपालको नागरिकलाई बाहिरिया भन्न पाइँदैन ।’ ....... १० वैशाखमा हुने उपचुनावमा यादवसँग जनमतका कुशवाहा उम्मेदवार हुन्, प्रतिस्पर्धा भने राउत आफैंले गर्दैछन् । ......... २०४८ सालमा पहिलो पटक नेकपा एमालेको तर्फबाट सुनसरीमा उठेका यादव गिरिजाप्रसाद कोइरालासँग पराजित भएका थिए । २०५१ सालको आम निर्वाचनमा पनि सुनसरीबाटै लडेर पराजित भएका उनी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मोरङ–५ र सुनसरी–५ क्षेत्रबाट विजयी भएका थिए । ....... ४ मंसिरको चुनावमा एमालेको समर्थनका बाबजुद यादव पराजित भए, दुई गठबन्धनसँग प्रतिस्पर्धा गरेका राउत भारी मतले विजयी भए । ......... जनमतले साना दलहरूको समर्थन जुटाएर छुट्टै उम्मेदवार (ममता झा) खडा ग¥यो । नेताहरूका अनुसार हार्ने निश्चित प्रतिस्पर्धामा जनमतले छुट्टै उम्मेदवारी दिनुको एक मात्र उद्देश्य थियो, उपेन्द्र यादवलाई ललकार्नु । ........ गठबन्धनको बलमा उपचुनाव जित्ने र फेरि संसदमा आउने उपेन्द्रको दाउलाई बुझेका सीके राउतले उपनिर्वाचनको मिति तय नहुँदै उपराष्ट्रपति यादवको निर्वाचन क्षेत्रमा जनमतले उम्मेदवार उठाउने घोषणा गरे । अनि, मंसिरको चुनावमा बारा २ मा दोस्रो भएका माओवादी केन्द्रका शिवचन्द्र कुशवाहालाई पार्टी प्रवेश गराएर उम्मेदवार बनाएका छन् । .......... उपेन्द्र यादवलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाको समर्थनका बावजुद राउत आफ्नो लक्ष्यमा डगमगाएका छैनन् । कतिसम्म भने बारा–२ मा जनमतको उम्मेदवारी रोक्ने शर्तमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमतका अध्यक्ष राउतलाई उपप्रधानमन्त्री तथा उद्योगमन्त्री बन्न प्रस्ताव गरेका थिए । तर राउतले सरकार नै छाडेर चुनावी प्रतिस्पर्धा रोजेका छन् । .......... ‘उनी सत्तामा आउजाउ गरिरहेका दलहरूप्रति मधेशमा रहेको असन्तुष्टि समातेर स्थापित हुन लागिपरेका छन् । ..... महन्थ ठाकुर नेतृत्वको लोसपा निकै कमजोर देखिएको छ ....... उपेन्द्र यादव पनि निरन्तर ओरालो लागेका छन् ...... २००७ सालको राजनीतिक परिवर्तनपछि वेदानन्द झा, २०४७ को बहुदलीय व्यवस्थापछि गजेन्द्रनारायण सिंह र २०६३÷६४ को मधेश आन्दोलनपछि उपेन्द्र यादव उदाएका थिए । ....... अहिले डा. सीके राउत आएका छन् । ........ ‘राजनीति नै गर्ने चाहनाका साथ अमेरिकाबाट फर्किएको बताउँदै नयाँ प्रयोगका विषयहरू त उठाउँछन् तर त्यो नयाँ भनेको के हो र त्यसलाई कसरी हासिल गर्ने भन्ने स्पष्ट पार्न सकेका छैनन्’, उनले भने । ......... कर्णको बुझाइमा महन्थ ठाकुर र उपेन्द्र यादव पछिल्लो पाँच वर्ष काठमाडौंको सत्ता राजनीतिमा लिप्त रहँदा मधेशमा बढेको असन्तुष्टिलाई समाएर जनतामा जान राउतलाई सजिलो छ ।