Thursday, June 09, 2022

काठमाण्डु मा खानेपानी को समस्या

पहिलो समस्या फोहर को समस्या। दोस्रो समस्या खानेपानी। त्यस पछि २४ घंटा बिजली। अनि 5G हो। त्यति गरे पछि सारा उपत्यका फ़ास्ट ट्रैक मा पुग्छ। विश्व शहर। 

मलाई लाग्छ खानेपानी को समस्या को सबैभन्दा छिटो र राम्रो समाधान उपत्यका वरिपरि का डांडा हरु छन। शिवपुरी को त म कुना कुना पुगेको छु। प्रत्येक डांडा मा सानो ठुलो गरी १०० वटा जलाशय ताल हरु को निर्माण। एशियन डेवलपमेंट बैंक बाट ऋण लिने। अनि समस्या समाधान। 








9: Balen

जसपाभित्र फेरि सुरु भयो विवाद
महन्थ ठाकुरलाई विश्वासमा लिने देउवाको रणनीति
मन्त्री हेरफेर गरे वा नगरे पनि जसपा र नेकपा एस फुटने खतरा, प्रधानमन्त्रीको अस्त्र लोसपा एता प्रधानमन्त्री देउवाले यि दुई दलमा विवाद र विभाजन भए लोसपालाई सरकारमा ल्याएर सरकार बचाउने तयारी गरेका छन् । त्यसो भएको खण्डमा यि दुईदललाई सरकार बाहिरै राखेर लोसपालाई सरकारमा ल्याएर निर्वाचन गराउने दाउ देउवाको छ ।

फुटेर होइन जुटेर चुनावमा जानुपर्ने लोसपालाई जसपा अध्यक्ष यादवको आग्रह जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपालाई गठबन्धनमा ल्याए जसपाले स्वागत गर्ने बताएका छन् । ...... अगामि निर्वाचनमा पुनः एक भएर जाँउ उनले लोसपाका नेताहरुलाई सम्बोधन गर्दै भने । उनले लोसपालाई एकताका लागि कुनै पनि बेला स्वागत गर्न तयार रहेको बताए । ...... अध्यक्ष यादवले यस अघि निर्वाचन क्षेत्र निर्धारण हुँदा मधेशको जनसंख्या मात्र ४६ प्रतिशत रहेको र अहिले बढेर ५३ प्रतिशत भएको भन्दै ५३ प्रतिशत जनसंख्याको आधारमा निर्वाचन क्षेत्र हुनुपर्ने बताएका छन् । चुनाव अगाडि नागरिकता विद्ययेक पारित गरि सजह नागरिकता वितरणको व्यवस्था र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र हुनुपर्ने उनको अडान छ ।

रेशम चौधरीलाई अबिलम्व रिहा गर्न मांग गर्दै प्रधानमन्त्रीलाई लोसपाको ज्ञापन ११ बुँदे ज्ञापनपत्रमा संवैधानिक व्यवस्था अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिकता प्रदान गर्नुपर्ने र वैवाहिक अंगीकृत सम्बन्धी हालको व्यवस्था कायमै राख्न माग गरेको छ ।

उदाए बालेन २०७४ सालमा स्थानीय तह निर्वाचन हुँदा काठमाडौं महानगरका मतदाता बालेन (बालेन्द्र) साहले भोट हालेनन् । उनको भनाइमा त्यतिवेला उठेका उम्मेदवारहरूप्रति उनलाई भरोसा थिएन । त्यसैले उनले ३१ वैशाख २०७४ मा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस नै लेखेका थिए, ‘म अर्कोचोटि भोट हाल्नेछु र आफैंलाई हाल्नेछु, देश कसरी विकास गर्ने मलाई थाहा छ ।’ ....... काठमाडौं महानगरको मेयर बन्ने हुटहुटी उनलाई अहिले अचानक जागेको होइन भन्ने कुरा साहले पाँच वर्षअघि फेसबुकमा गरेको यही पोष्टले जनाउँछ । ....... बालेन निकटस्थहरूका अनुसार २०७२ सालमा भूकम्प आएका वेला पुनर्निर्माणका काममा सरिक हुँदा उनलाई राज्य प्रणाली र संरचनाप्रति चित्त बुझेको थिएन, त्यसले यसलाई सुधार गर्न एउटा भरपर्दो विकल्पको खाँचो छ भन्ने उनलाई लागेको थियो । त्यही विकल्प बन्ने हुटहुटी लिएर गरेको तयारीपछि पाँच वर्षअघि भनेजस्तै साहले यसपालिको निर्वाचनमा काठमाडौं महानगरको मेयरमा आफैं उम्मेदवार बने, आफूले आफैलाई भोट हाले । ...... साहले ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित हुँदा उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याएका छन् । ....... काठमाडौं महानगरको मेयरमा साह निर्वाचित हुनु भनेको नागरिक राजनीतिक दलको क्रियाकलापबाट वाक्कदिक्क भइसके र विकल्प खोजी गरिरहेका छन् भन्ने सन्देश हो । ‘जनताले विकल्पको खोजी गरिरहेका थिए, त्यो विकल्प बालेनको अनुहारमा देखे’ उनले भने, ‘राजनीतिक दलप्रति निराशा र बालेनमा आशा देखिएको छ ।’ ....... उम्मेदवारी मनोनयको वेलासम्म बालेनलाई मुख्य राजनीतिक दलहरुले प्रतिस्पर्धी नै मानेका थिएनन् । नेकपा एमालेबाट मेयरका उम्मेदवार बनेका केशव स्थापित आफ्नो जीत सुनिश्चित भएको भन्दै कसरी उत्सव मनाउने भनेर भाषण गरिरहेका थिए । तर साहचाहिँ चुपचाप चुनावी तयारी गरिरहेका थिए । ........ स्थापितले साहविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिइरहँदा साहले उनको भनाइलाई प्रतिकार गरेनन्, बरु स्थापितलाई ‘बाबु’ भन्दै आफ्नो ब्राण्ड एम्बेसडरको रुपमा काम गरिरहेको बताइदिए । स्थापित एकपछि अर्को गर्दै आपत्तिजनक अभिव्यक्ति दिँदै गए, तर साहले चुपचाप नै रहे ।