Tuesday, August 31, 2021

Facebook: August 31





जसपा विभाजनको कारण व्यक्तिवादी प्रवृत्ति हो : राजकुमार लेखी राजकुमार लेखी, केन्द्रीय कार्यकारिणी समिति सदस्य, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल ........ सरकारमा आफू गयो भने अग्रगमनकारी हुने, अरु व्यक्तिको नेतृत्वमा सरकारमा गयो भने प्रतिगमनकारी हुने । १९ महिनासम्म उपेन्द्र यादवजी दुई तीन वटा मन्त्री लिएर केपी ओलीको सरकारमा सहभागी हुँदा एउटा पनि माग र मुद्दा सम्बोधन गराउन नसक्दा त्यो अग्रगमन भयो । तर महन्थ ठाकुरजीको अगुवाईमा एक दर्जन मन्त्रालय, दर्जनौं झुठा मुद्दा खारेजी, थुप्रै साथीहरुको रिहाई र थुप्रै माग मुद्दा सम्बोधनार्थ प्रक्रियामा जाँदा त्यसलाई प्रतिगमन देख्ने आरोप–प्रत्यारोपका कारण यो अवस्थामा आएको हो । .......

जसपाभित्र रहेका केही मुख्य नेतृत्वहरुमा आत्मकेन्द्रित प्रवृत्ति बढी देखिन्छन् । टीम वर्क र सामूहिक भावनाको अभाव देखिन्छ ।

....... व्यक्तिवादी प्रवृत्तिका कारण जसपा विभाजन भएको हो । ......... रेशमजी आबद्ध भएको पार्टी र थरुहट आन्दोलनकारी शक्तिहरुले आफ्नो तर्फबाट पहल गरिरहेकै छन् । तर त्यसको खासै सुनुवाइ भएको हामीले पाउँदैनौं । ....... नेपालको समकालीन परिवेशमा सबै दलभित्र एकै खालका गलत प्रवृत्ति हावी भएको देखिन्छ ।

सबै दलका मुख्य नेतृत्वहरु दलाल पुँजीपतिको चंगुलमा छन् । माफियाहरु सबै पार्टीमा हावी भएको हामी देख्छौं ।

सबभन्दा पहिला हाम्रो नेतृत्वको ध्यान त्यतातिर जान आवश्यक छ । अन्य दलहरुले जतिसुकै समाजवाद र जनवादको कुरा गरे पनि जनताको सबभन्दा चासो र प्राथमिकताको विषय शिक्षा र स्वास्थ्य हो । शिक्षा र स्वास्थ्यको क्षेत्रमा राज्यको तर्फबाट कमसेकम २५ प्रतिशत रकम छुट्याएर पनि जनताको बीचमा काम गर्न सक्यौं भने नेतृत्व र दलहरुप्रति जनताको विश्वास बढ्न सक्छ ।


जसपा, लोसपा र मधेश (सम्पादकीय) २०४६ सालको परिवर्तनले अपेक्षित उपलब्धि हासिल गर्न नसक्नु र पछि व्यवस्था नै विफल हुनुको एउटा कारण ५० को दशकमा देखिएको दल विभाजनको विकृति पनि हो । किनभने उक्त अवधिमा देशका दुई ठूला दल कांग्रेस र एमाले मात्रै विभाजित भएका थिएनन्, तेस्रो ठूलो दल राप्रपा पनि यही नियतिबाट गुज्रिएको थियो । ..... सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहले जीवनकालमा दुईपटक फुट व्यहोर्नु प¥यो । त्यत्तिकै अवधिमा उनका शिष्यहरूले आठ पटकसम्म नेपाल सद्भावना पार्टीलाई चिराचिरा पारे । ...... यसरी विभाजन गर्दा दर्शन, सिद्धान्त र विचारले कहिल्यै प्रमुखता पाएन । पद, पैसा र प्रतिष्ठा नै विभाजनको मुख्य कारक तत्व बनेको थियो । तराई कांग्रेसको विरासत बोकेको सद्भावना पार्टी र नेसपाको विरासत बोकेको जनता समाजवादी पार्टी उपेन्द्र र राजेन्द्र पक्षले जति जनतालाई दिएका छन्, त्योभन्दा बढी देश र मधेशले उनीहरूलाई भुक्तानी गरेको यथार्थ पनि स्वीकार गर्दैपर्छ । विगतमा मधेशी जनअधिकार फोरमफो बढ्दो लोकप्रियतामा लगाम लगाउन तराइ मधेश लोकतान्त्रिक पार्टीको जन्म भयो । यहीँबाट फोरम र तमलोपामा टुटफूटको प्रक्रियाको थालनी भयो ।

जसपा विभाजनको असर मधेशमा वैकल्पिक शक्ति बनाउने सपना बोकेका नेताहरुले आफ्नो सपनालाई आफैले तुहाएका छन् । गठन भएको १६ महिनामै जनता समाजवादी पार्टी विभाजित भएको छ । यो विभाजन अरु कसैबाट नभई पार्टीकै नेताहरुको अहमको परिणाम हो । ...... माउ पार्टी फुटाएर नयाँ दल दर्ता गराए सांसद पद गुमाउनुपर्ने जोखिम अध्यादेशले पार लगाइदिएपछि दल विभाजनको होडबाजी चल्ने निश्चित छ ।

जसपा विभाजन र प्रदेश २ को उकुसमुकुस पार्टीका अल्पकालीन र दीर्घकालीन नीति, कार्यक्रम र योजनालाई सेलाएर सरकारमा जान मात्र तँछाडमछाड गर्ने नेता–कार्यकर्ताको अहंकार र चरित्रका कारण पनि मधेसवादी दलहरू दुर्दशाग्रस्त हुँदै आएका हुन् ।......... सत्तारूढ नेपाली कांग्रेसको सत्तायात्रा निर्विघ्न तुल्याउन ती दलहरूको विभाजन आवश्यक थियो । ........ नयाँ सत्ताको अभ्यास पनि अनौठो र उदेकलाग्दो हुन्छ । यसमा आपसी समझदारी कम र ढिपी बढी हुन्छ । त्यसमा पनि संयुक्त सरकार सञ्चालनमा दलीय दम्भ र फरक दृष्टिकोणले सदैव संकट सिर्जना गरिरहेको हुन्छ । प्रादेशिक सत्ता सञ्चालनको डोरो केन्द्रीय नेतृत्वकै हातमा रहने हुँदा त्यहाँ हुने खटपटको प्रतिविम्ब प्रदेश तहमा पनि देखिने गर्छ । अर्थात्, प्रदेश सरकारको अहिलेको अन्तरदलीय सहभागिता पनि द्वन्द्व निरूपणको पटाक्षेप होइन । ...... मन्त्रीहरूबीचको संवादहीनता, मन्त्रालयहरूबीचको कमजोर समन्वय र लडभीडले गर्दा प्रदेशको सत्ता राजनीति अस्तव्यस्त भइरहेको छ । यसले समग्रमा प्रदेशको राजनीतिक अस्थिरतालाई मलजल दिएको छ । ........ भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कुरा गर्ने राउत सरकार आरम्भदेखि नै उपभोक्ता समितिको विकास मोडलमार्फत नेता–कार्यकर्ता पोस्ने काम गरिरहेको भनी आलोचित छँदै थियो । ......... संघ सरकारले प्रदेशलाई चाहिने जनशक्ति नदिने, भएका जनशक्तिको पनि घरीघरी सरुवा गर्ने,

संघबाट आएका कर्मचारीहरूले राजनीतिक नेतृत्वलाई नटेर्ने

र ती कर्मचारीलाई राजनीतिक नेतृत्वले काम गर्ने वातावरण नदिने समस्याले प्रदेश सरकारको कामकाज बाधित हुँदै आएको छ । आर्थिक तथा वित्तीय अनुशासन कायम नहुनुले पनि प्रदेश सरकारको छविमा ग्रहण लागेको छ । ........... केपी ओली सरकारको पतनसँगै दुई कित्तामा विभाजित मधेसकेन्द्रित दलका नेता–कार्यकर्ताबीच एकअर्कालाई भित्तामा टाँस्ने गरी हुर्मत लिने काम गरियो, जसले फुटको असर मस्तिष्कको नसासम्मै पुगेको अनुभूति दिन्छ । आरोप, प्रत्यारोप र विषवमनको यो शृंखलाले सामाजिक सञ्जालका भित्ताहरूलाई समेत भद्दा बनाउँदै आएको छ । यसै कारण मधेस राजनीतिमा आवेगी गति भए पनि लयहीन सुस्तता देखिँदै छ । वैमनस्यको कर्कश र कठोर बहावले तन्द्राहरण गर्ने खालको केटौलेपनले मधेस राजनीतिलाई गाँजेको छ । ......... फुट हुँदा अनुहार हेरेर किनारा लाग्ने नेता–कार्यकर्ताको चरित्रका कारण

मधेसकेन्द्रित दलको नेतृत्वमा मधेसवादको आवरणभित्र पलाएका सत्तालिप्सा, भाइभतिजावाद, आफन्त–कार्यकर्ता पोस्ने काम, अनियमितता र भ्रष्टाचारलाई बढावा दिने प्रवृत्ति पहिलेभन्दा बढी खतरनाक भएर अगाडि आएको छ ।

........ टुटफुटको लामो र नैराश्यपूर्ण यात्राबाट गुज्रिँदै पछिल्ला दिनहरूमा एकीकृत हुँदै गएका मधेसवादी दलहरूप्रति मधेसी जनतामा अलिकता भए पनि भरोसा पलाएकै थियो । तर, जसपा विभाजनसँगै त्यो भरोसामा पनि चट्याङ परेको छ । यसले मधेसी जनताको दिग्दारी बढाएको छ । ......... विचार विदीर्ण भएको पार्टीभित्र वैचारिक नेतृत्वको अवसान हुन्छ । अनि संगठनको आधार विचारबीज नभएर लाभहानि बन्न पुग्छ । यस्तोमा पार्टीको अवस्था गन्जागोल हुन्छ । यहीँनेर पार्टी फुटका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय शक्तिहरूले सहजीकरण गरिदिने काम नेपाली राजनीतिक दलको विभाजन कथाले देखाउँछ । नेतृत्वको व्यक्तिगत स्वार्थ र अजेय शक्ति हासिल गर्ने तृष्णाले पनि पार्टी फुटाउन मार्गप्रशस्त गर्छ । जसपा विभाजनका सारभूत कुरा यिनै हुन् । ........... मधेसवादी दलहरूबीच समय–समयमा भएका एकीकरण र पृथकीकरण सैद्धान्तिक तथा राजनीतिक अवधारणाअनुरूप भएका हुन् कि थ्रेसहोल्ड, भारतीय इसारा, हैसियतको मूल्यांकन, जनदबाब र कार्यकर्ताको प्रभावले भन्ने खुट्याउनु जरुरी छ । ........

जातीय ‘माइजन’ हरूको पार्टी भएको आरोप खेप्दै आएका ती दलहरूले नेतृत्वभित्र सन्तुलन मिलाउने जटिलताबाट पार पाउनुपर्ने हुन्छ ।

.......... पार्टीभित्र नेता–कार्यकर्ताको मूल्यांकन, जिम्मेवारी विनियोजन र भूमिका निर्वहनमा सहजीकरण नगर्ने हो भन्ने कुपोषित हुँदै गएका मधेसवादी दलहरूलाई बलियो–बांगो बनाउन सकिँदैन ।


‘चुनावको खर्च उठाउन मन्त्री’ ‘ओलीको सनकमा देश चल्यो, संस्थागत निर्णय भएन भनेर माधव नेपालजीले लड्नुभयो । आज फेरि व्यवहारमा उहाँहरू नै त्यही काम गर्दै हुनुहुन्छ ।’......... ओलीको सनकमा देश चल्यो, संस्थागत निर्णय भएन भनेर माधव नेपालजीले लड्नुभयो । आज फेरि व्यवहारमा उहाँहरू नै त्यही काम गर्दै हुनुहुन्छ । अनुकूल जे भयो त्यो ठीक र त्यही कुरा अरूले गरेको छ भने सार्वजनिक रूपमा विरोध गर्ने नेपालका नेताहरूको चरित्र भएको छ । लोकतान्त्रिक दल कांग्रेस र एमालेमा यो रोग छ भने केन्द्रीयतामा विश्वास गर्ने माओवादीमा त्यो नहुने कुरै भएन । तर पार्टी गठनको प्रक्रियामा रहेको हुँदा माधवजी नै संस्था हो । .......

नेपालमा धेरै नेता आफूलाई केन्द्रमा राखेर पार्टी बनाउँछन् । संस्था पनि त्यसैगरी बनाउँछन् । त्यसले गर्दा प्रभावकारी सेवा प्रवाह हुन सक्दैन । गरिब देशहरूमा नेताको सनकमा मन्त्री बन्ने, नेताको नजिक भएका भरमा वा आफूलाई पैसा दिने नेतालाई मन्त्री बनाउने गरिएको छ ।

.......... पार्टी खर्चिलो छ, निर्वाचन खर्चिलो छ । त्यसैले सबै मन्त्री बनेर कमाउन चाहन्छन् ।

कार्यकर्ता पनि खर्चिला छन् । पैसा नभए आजकल कार्यकर्ताले नै भेट्दैनन् ।

......... नेताहरूले आफूलाई शक्तिशाली बनाउन आफ्नो मान्छेलाई मन्त्रीमा लैजाने अधिकार पनि लिन्छन् र त्यो मान्छेबाट धेरै पैसा उठाउँछन् । यसबाहेक मन्त्री बन्न पैसा बोकेर नेताकहाँ पनि जान्छन् । मन्त्री बन्न कसरी पुग्छन्, कुन ढंगले ‘एप्रोच’ गर्छन् भन्ने त मैले नै देखेको छु । ........ अहिले प्रचण्डसँग राजनीतिक शक्ति पनि छ, आर्थिक शक्ति पनि छ । दुईवटै शक्ति भइसकेपछि कार्यकर्ता पनि तिनीहरूसँग नै हुन्छन् । उनीहरूले पार्टीको संगठनको शक्ति पनि राख्छन् । त्यसले गर्दा नेतृत्वको चाकरी नगरी टिकट नपाउने, मन्त्री बन्न नपाउने, अरू नियुक्ति नपाउने हुन्छ । ब्युरोक्रेसीमा बढुवा नपाउने समस्या हुन्छ ।





YouTube: August 31

प्रचण्ड: अनावश्यक मान्छे

नेपाल मा गणतंत्र ज्ञानेन्द्र को कारण ले आएको हो। क्रेडिट प्रचण्ड लिने गर्छन। 

नेपाल मा संघीयता मधेसी क्रांति को देन हो। संघीयता त माओवादी को सोंच नै होइन। तिब्बत को जस्तो नक्शा कोरेका। कर्णाली प्रदेश मा मंत्री को हुने म निर्णय गर्छु भनेर ओली ले भने जस्तो। जब मधेस मा क्रांति को बिगुल फुकियो माओ पार्टी ले हथियारधारी कार्यकर्ता को जत्था पठाएको आंदोलन दबाउन। मधेसी क्रांति को प्रथम शहीद नेपाल प्रहरी अथवा नेपाल सेना ले गोली चलाएको होइन पुष्प कमल पार्टी ले मारेको। कामरेड लाई लाग्छ मधेस नेपाल को सिंजिआंग (xinjiang) हो। 

श्री ५ ज्ञानेन्द्र गए। श्री ६ पार्टी अध्यक्ष पुष्प कमल बाँकी छन। नाम मैं रिडण्डेंसी (redundancy) भएको मान्छे। 

चीन मा "महान सांस्कृतिक क्रांति" पछि के भयो कामरेड पुष्प लाई अत्तोपत्तो छैन। अरु ले टाइम मशीन को कल्पना गर्छन वर्तमान बाट विगत अथवा भविष्य सम्म पुग्न। कामरेड पुष्प लाई टाइम मशीन चाहिएको त्यो तथाकथित महान सांस्कृतिक क्रांति बाट आज सम्म आइपुग्न। त्यो यति महान क्रांति थियो चीन मा त्यस बारे गफ पनि गर्न पाइँदैन। 

कामरेड पुष्प को गिरिजा सँग वार्ता हुनु भन्दा अगाडि धीरेन्द्र सँग वार्ता भएको। शाह वंश मा त्योभन्दा कुपुत्र अर्को जनमेन। त्यो पुष्प कमल गणतंत्रवादी? धीरेन्द्र सँग गफ गरेको मिलेर राजनीतिक पार्टी हरु लाई तह लगाऊँ भनेर। कामरेड को रणनीति। 

कसै लाई मम मन पर्छ कसै लाई चाउमीन। नास्तिकता भनेको त्यस्तो होइन। ईश्वर छ भन्ने कुरा को ज्ञान नहुनु भनेको बरु आकाश मा सुर्य चन्द्र नदेख्ने बुझ्न सकिन्छ। त्यो सुर्य चन्द्र सृष्टि गर्ने बारे कामरेड लाई अत्तोपत्तो भएन। नेपाल जस्तो धार्मिक देश को प्रधान मंत्री बनने अझै इच्छा जाहेर गरेका कामरेड। 


नास्तिकता भनेको घातक कुरा हो। कामरेड प्रचंड लाई सरासर झूठ बोल्न लगाउने त्यही नास्तिकता ले हो। मान्छे मरेको अत्तोपत्तो नहुनु। नरसंहार लाई व्यापार ठान्ने बनाउने नास्तिकता ले हो। 


१० वर्ष को गृहयुद्ध मच्चाउँदा आठ वर्ष दिल्ली बसेका। टाइम टाइम मा फोटो खिचाउन भने आइपुग्ने। उत्तरी सीमाना मा चीन ले हडपेको ८४ हेक्टर जग्गा के त्यो भुमि सुधार हो? त्यस बारे बोल्न पाइँदैन भन्छन पुष्प जी। बेइजिंग होइन भने कमसेकम सिंगापुर पुगेर आतंक मच्चाउनु पर्ने थियो। दिल्ली गएर किन बसेको? बॉलीवुड फिल्म मा देखाइरहेको हुन्छ। आतंक मच्चाउँछ मुंबई मा, मान्छे छ दिल्ली मा। दिल्ली होइन सिंगापुर मा। दिल्ली प्रचंड को सिंगापुर थियो? 

प्रथम संविधान सभा ध्वस्त पार्ने शत प्रतिशत श्रेय प्रचंड लाई जान्छ। होइन भने देश ले प्रगतिशील संविधान दुई वर्ष मा पाइसक्ने। 

अप्रिल २००६ मा भयो क्रांति। १९ दिन मा १९ जना शहीद भए। त्यो १९ जना शहीद हुनु अगाडि नै ज्ञानेंद्र वापस पिंजरा मा गएको भए ज्ञानेंद्र एलिज़ाबेथ। क्रांति पछि पनि गिरिजा ले त बेबी किंग बेबी किंग भन्दै थिए। 

म त्यस विषय मा निरपेक्ष।  तर मलाई आज ज्ञानेंद्र मिस भएको छैन। (पारस त मिस गर्न नै पर्दैन, न्युज मा आइरहन्छ)कामरेड पुष्प लाई मिस भएको छ। राजा हुँदा शान त थियो। भन्छन। महिला राष्ट्रपति पचाउन बड़ा गारहो। विद्या ले प्रचंड को नाक काटी। महिला भएर। भएको ले। 

शांति प्रक्रिया को उपलब्धि प्रचंड गोंजालो हुनु परेन। होइन भने प्रचंड पथ भनेको गोनजालो पथ। गोनजालो लाई आज कसैले मंडेला भनेको छैन। (प्रचंड को स्टेट कैप्चर को चौथो प्रयास)

मान्छे मारेर गणतंत्र आउने होइन। १० वर्ष मा नभएको काम १९ दिन मा भयो। सात पार्टी ले हथियार उठाएको होइन। माओ पार्टी ले हथियार बिसाएको हो। 

प्रचंड ले मधेस कब्ज़ा गर्ने होइन। जनमत पार्टी ले चितवन कब्ज़ा गर्छ। प्रचंड गोरखा बाट लड्ने अब। बाबुराम र प्रचंड सँगै चुनाव हार्ने। 






जनमत पार्टीको केन्द्रिय सचिवालय जनकपुरमै, डा.राउतद्वारा समुदघाटन