Thursday, April 22, 2021

शिक्षा, संस्कार र आर्थिक क्रांति

नेपाल लाई सिंगापुर बनाउने कुरा कृष्ण प्रसाद भट्टराई को समय देखि भनिदै आएको कुरा हो। त्यो कुरा ली कुआन यु लाई सुनाएको भए, हामी सानोतिनो टापु देश, बरु तिम्रो भुमि हामीसँग भए हामी धन्य हुन्थ्यौँ भन्थे होला। नेपाल लाई सिंगापुर बनाउने कुरा अजीब हो। तर सिंगापुर को अनुभव बाट नेपाल ले सिक्न सक्ने कुरा धेरै छ। 

नेपाल गरीब देश। गरीबी अनिवार्य होइन। सही र उचित राजनीतिक र आर्थिक बाटो नेपाल धनी देश बन्न सक्छ। त्यस आर्थिक क्रांति को लागि नभै नहुने भनेको शिक्षा हो। तर शिक्षा भनेको साक्षरता, बीए एमए पीएचडी मात्र होइन। शिक्षा भनेको डॉक्टर इंजीनियर मात्र होइन। शिक्षा लाई संस्कार बाट छुट्याउने भुल गर्नु हुँदैन। शिक्षा र आर्थिक प्रगति को नाममा भएको संस्कार पनि गुमाउनु हुँदैन। स्वास्थ ख़राब गरेर धनी बन्ने अनि पैसा खर्च गरेर फेरि स्वस्थ हुने प्रयास जस्तो गोलचक्कर मा समाज लाई फँसाउनु हुँदैन। विवेक पुर्याएर आर्थिक विकास गर्नुपर्छ। 

ईश्वरको अराधना गर्नुपर्छ भन्ने कुरा संस्कारले हो सिकाउने। आमा बुवा को आदर गर्ने कुरा संस्कारले सिकाउने कुरा हो। प्रकृति सँग सामंजस्य मिलाएर बस्ने कुरा संस्कारले सिकाउँछ। तर ईश्वर, मातापिता अथवा पृथ्वी कुनै पनि आर्थिक विकासको बाधक होइन। तीन वटै ले आर्थिक विकास संभव बनाउने हो। अर्थपुर्ण आर्थिक प्रगति। 

आर्थिक क्रांति को कुरा आखिर जीडीपी को कुरा हो। प्रति व्यक्ति आय। नापतौल गर्न सकिने नितांत भौतिक कुरा। आफ्नो राजनीतिक क्रांति लाई गन्तव्यमा पुर्याएर, भ्रष्टाचारलाई नियंत्रण गरेर आधार तैयार गर्ने हो भने चीनले ३० वर्षमा गरेको कुरा नेपालले २० वर्षमा गर्न सक्छ। अहिलेको दुनियाको दुई सबैभन्दा डायनामिक अर्थतंत्र नै चीन र भारत। छेउ कै बंगलादेश नै १० वर्षमा कहाँ बाट कहाँ पुगिसक्यो। त्यो जीडीपी वाला कुरामा निर्णायक फैक्टर हो शिक्षा। नेपाल लाई एक लाख सेना, एक लाख सशस्त्र प्रहरी, एक लाख प्रहरी चाहिँदैन। तर नेपाल लाई तीन लाख शिक्षक पनि अपुग हो। शिक्षकले नभ्याएको डिजिटल टेक्नोलॉजी ले गर्न सक्छ। धनी देशका औद्योगिक क्रांति का लागि बनाइएका स्कुल हरु अहिलेको ज्ञान अर्थतंत्र (knowledge economy) का लागि अनुपयुक्त मात्र होइन प्रत्युत्पादक पनि हो। सगरमाथा को उचाई मैले घोक्नु जरूरी छैन, त्यो त मलाई गुगल ले एक सेकंड मा भन्दिन्छ। तर बिभिन्न विषयमा सोचने काम मैले आफैले गर्नुपर्छ। सोचविचार गर्ने (critical thinking), क्रियाशीलता (creative thinking), टीम संचालन (team building) जस्ता कुरा निकै महत्वपुर्ण हुन जान्छन। 

शिक्षा को क्षेत्रमा क्रांतिकारी रफ्तारमा सर्वव्यापी काम गर्नुपर्छ आजको सरकार हरुले। साक्षरता को परिभाषा आफैमा एउटा बोटलनेक हो। लेखपढ मा सीमित राख्न सकिँदैन। बोल्ने र सुन्ने स्तरमा नै सम्पुर्ण शिक्षा दिने र लिने वातावरण कस्तो होला? त्यस तर्फ पनि सोच्नुपर्छ। 





निर्दल बाट दुईदल, बल्ल अब बहुदल

नेपालमा मल्ल काल को समाप्ति पछि असभ्य मानिस हरुको शासन शरू भएको, अहिलेसम्म चलेको छ। राणा शासन को अन्त्य पछि १० वर्ष ट्रांजीशन। ३० वर्ष निर्दल। त्यसको ३० वर्ष दुई दल, अर्थात कांग्रेस र कम्युनिस्ट। कांग्रेस ले ३० वर्ष असफल सत्ताधारी पार्टी भन्ने प्रमाणित गर्यो। विगत तीन वर्ष विपक्षी पार्टी को रुपमा पनि असफल रह्यो। गणतंत्र पछि प्रचंड ले मौका पाए पनि, गुमाए पनि। तीन वर्ष अगाडि एमाले पक्षले ठुलो मौका पायो, र गुमायो। गुमाउँदैछ। 

३० वर्ष पछि पंचायत ढल्यो। अब ३० वर्ष पछि ढलने पालो कांग्रेस र कम्युनिस्ट को। अबको फेज मा वास्तवमा नै नेपालले बहुदल पाउने देखिन्छ। सीके राउतको एक तिहाई मधेसी लाई मात्र संगठित गर्ने स्ट्रेटेजी ले केन्द्रमा बहुमत पुर्याउँदैन। रविन्द्र मिश्र को थिंक टैंक पार्टी बन्ने अंतिम मौका अर्को चुनाव हो। कांग्रेस थप खुम्चिन्छ। नेकपा अब एमाले, बीमाले, सीमाले गरी तीन हुने भए। बरु तीन मध्ये कुन चाहिं एमाले हुने त्यो चुनावले देखाउँछ। कांग्रेस भन्दा बढ़ी खुम्चिन्छ माओ पार्टी। चेयरमैन को नाम बदनाम गर्न पाइन्छ? 

उत्तरी युरोप का समाजवादी देशहरुमा कुनै पनि दलको बहुमत नआएको दशकौं बितिसक्यो। त्यसलाई सामान्य र सकारात्मक मानिन्छ। नेपालमा पनि त्यस्तै हुन लागेको प्रतीत हुन्छ। अहिले नै चार वटा दलको अंकगणित यस्तो छ कि चार वटा नै सरकार बनाउन सक्ने अवस्थामा रहेकोले चार वटा ले नै चुनाव जितेको अवस्था हो। त्योभन्दा स्वस्थ लोकतंत्र कुन हुनु? तर त्यो अंक गणित लाई आदर त गर्नुपर्यो। प्रत्येक नेता जी लाई भिटो पावर चाहिने। देउबा लाई २०४७ साल आए जस्तो लागेको छ। ओली लाई एक्लै दुई तिहाइ ल्यायें, फेरि ल्याएर देखाइदिन्छु जस्तो लागेको छ। प्रचंड जंगल पस्ने धम्की दिएर आफ्नो सन २००६ को इमेज फर्काउन चाहन्छन। अर्थात एकले अर्का लाई स्वीकार नगर्ने। 

ओली सरकार लाई दिएको समर्थन बिभिन्न बहानामा फिर्ता नलिनु एउटा कुरा हो। तर नीति तथा कार्यक्रम पास गर्ने समय जुन आउन लागेको छ केही हप्तामा त्यति बेला प्रचंड ले के निहुँ निकालेर समर्थन गर्ने? माधवले फ्लोर क्रॉस गर्ने त्यति बेला पो हो कि? 

सबभन्दा गारहो जसपा लाई हो। त्यही प्रधान मंत्री पद का लागि एउटा नेकपा बाट तीन वटा एमाले, बीमाले, सीमाले भइसक्यो तर उछालने ले महंथ को नाम उछालेका छन। आफ्नो मुद्दा को सम्बोधन गरे यसो त्यसो भन्दै आएका महंथ र राजेंद्र, एउटा पनि माग पुरा भएको छैन। माधवले फेरि कर्णालीमा फ्लोर क्रॉस को नाटक मंचन गरेर जसपा लाई हलुको पारिसके। 





महन्थ ठाकुरको ब्रिफिङ : माग पूरा नभएसम्म ओलीलाई सघाइँदैन  जसपाका मागबारे सरकारसँग छलफल चलिरहे पनि अहिलेसम्म माग पूरा नभएको ठाकुरले बताएका छन् । ........  मुद्दा फिर्ता, बन्दी रिहाइ, नागरिकता समस्या, संविधान संशोधनलगायतका विषयमा प्रधानमन्त्री ओलीसँग भएको छलफलको बारेमा अध्यक्ष ठाकुरले सांसदहरुलाई जानकारी गराउँदै अहिले पनि माग पूरा भइनसकेको बताएका थिए । ....... ठाकुरले आफूहरुले उठाउँदै आएको माग कुनै पनि पूरा नभएको। ..... प्रधानमन्त्री ओली जसपा नेपालले राखेको मागप्रति सकारात्मक रहेको र अहिलेसम्म माग पूरा हुनेमा आफू विश्वस्त रहेको पनि ठाकुरले बैठकमा बताएको। .......  तत्कालीन समाजवादी पार्टीका १६ सांसद रहेका छन् । सरकारमा जानेबारे विवाद भएकाले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने अवस्था आएमा पार्टी विभाजन या फ्लोर क्रस हुने सम्भावना रहन्छ । त्यसले गर्दा दुवै पक्षले आ–आफ्ना सांसदहरुसँग नियमित छलफलहरु गर्दै आएका छन् । हालसम्म जसपाको संसदीय दल समायोजन भएको छैन ।


आन्तरिक लोकतन्त्रको खोजी चुनाव मात्रले लोकतन्त्रको प्राणप्रतिष्ठा गर्न सकिँदैन । राजनीतिक पार्टीहरूमा विमर्श र आन्तरिक लोकतन्त्र अथवा विधिअनुसार चल्ने प्रतिबद्धता भएन भने पनि लोकतन्त्र सही बाटामा हिँड्न सक्दैन ।