Thursday, April 22, 2021

निर्दल बाट दुईदल, बल्ल अब बहुदल

नेपालमा मल्ल काल को समाप्ति पछि असभ्य मानिस हरुको शासन शरू भएको, अहिलेसम्म चलेको छ। राणा शासन को अन्त्य पछि १० वर्ष ट्रांजीशन। ३० वर्ष निर्दल। त्यसको ३० वर्ष दुई दल, अर्थात कांग्रेस र कम्युनिस्ट। कांग्रेस ले ३० वर्ष असफल सत्ताधारी पार्टी भन्ने प्रमाणित गर्यो। विगत तीन वर्ष विपक्षी पार्टी को रुपमा पनि असफल रह्यो। गणतंत्र पछि प्रचंड ले मौका पाए पनि, गुमाए पनि। तीन वर्ष अगाडि एमाले पक्षले ठुलो मौका पायो, र गुमायो। गुमाउँदैछ। 

३० वर्ष पछि पंचायत ढल्यो। अब ३० वर्ष पछि ढलने पालो कांग्रेस र कम्युनिस्ट को। अबको फेज मा वास्तवमा नै नेपालले बहुदल पाउने देखिन्छ। सीके राउतको एक तिहाई मधेसी लाई मात्र संगठित गर्ने स्ट्रेटेजी ले केन्द्रमा बहुमत पुर्याउँदैन। रविन्द्र मिश्र को थिंक टैंक पार्टी बन्ने अंतिम मौका अर्को चुनाव हो। कांग्रेस थप खुम्चिन्छ। नेकपा अब एमाले, बीमाले, सीमाले गरी तीन हुने भए। बरु तीन मध्ये कुन चाहिं एमाले हुने त्यो चुनावले देखाउँछ। कांग्रेस भन्दा बढ़ी खुम्चिन्छ माओ पार्टी। चेयरमैन को नाम बदनाम गर्न पाइन्छ? 

उत्तरी युरोप का समाजवादी देशहरुमा कुनै पनि दलको बहुमत नआएको दशकौं बितिसक्यो। त्यसलाई सामान्य र सकारात्मक मानिन्छ। नेपालमा पनि त्यस्तै हुन लागेको प्रतीत हुन्छ। अहिले नै चार वटा दलको अंकगणित यस्तो छ कि चार वटा नै सरकार बनाउन सक्ने अवस्थामा रहेकोले चार वटा ले नै चुनाव जितेको अवस्था हो। त्योभन्दा स्वस्थ लोकतंत्र कुन हुनु? तर त्यो अंक गणित लाई आदर त गर्नुपर्यो। प्रत्येक नेता जी लाई भिटो पावर चाहिने। देउबा लाई २०४७ साल आए जस्तो लागेको छ। ओली लाई एक्लै दुई तिहाइ ल्यायें, फेरि ल्याएर देखाइदिन्छु जस्तो लागेको छ। प्रचंड जंगल पस्ने धम्की दिएर आफ्नो सन २००६ को इमेज फर्काउन चाहन्छन। अर्थात एकले अर्का लाई स्वीकार नगर्ने। 

ओली सरकार लाई दिएको समर्थन बिभिन्न बहानामा फिर्ता नलिनु एउटा कुरा हो। तर नीति तथा कार्यक्रम पास गर्ने समय जुन आउन लागेको छ केही हप्तामा त्यति बेला प्रचंड ले के निहुँ निकालेर समर्थन गर्ने? माधवले फ्लोर क्रॉस गर्ने त्यति बेला पो हो कि? 

सबभन्दा गारहो जसपा लाई हो। त्यही प्रधान मंत्री पद का लागि एउटा नेकपा बाट तीन वटा एमाले, बीमाले, सीमाले भइसक्यो तर उछालने ले महंथ को नाम उछालेका छन। आफ्नो मुद्दा को सम्बोधन गरे यसो त्यसो भन्दै आएका महंथ र राजेंद्र, एउटा पनि माग पुरा भएको छैन। माधवले फेरि कर्णालीमा फ्लोर क्रॉस को नाटक मंचन गरेर जसपा लाई हलुको पारिसके। 





महन्थ ठाकुरको ब्रिफिङ : माग पूरा नभएसम्म ओलीलाई सघाइँदैन  जसपाका मागबारे सरकारसँग छलफल चलिरहे पनि अहिलेसम्म माग पूरा नभएको ठाकुरले बताएका छन् । ........  मुद्दा फिर्ता, बन्दी रिहाइ, नागरिकता समस्या, संविधान संशोधनलगायतका विषयमा प्रधानमन्त्री ओलीसँग भएको छलफलको बारेमा अध्यक्ष ठाकुरले सांसदहरुलाई जानकारी गराउँदै अहिले पनि माग पूरा भइनसकेको बताएका थिए । ....... ठाकुरले आफूहरुले उठाउँदै आएको माग कुनै पनि पूरा नभएको। ..... प्रधानमन्त्री ओली जसपा नेपालले राखेको मागप्रति सकारात्मक रहेको र अहिलेसम्म माग पूरा हुनेमा आफू विश्वस्त रहेको पनि ठाकुरले बैठकमा बताएको। .......  तत्कालीन समाजवादी पार्टीका १६ सांसद रहेका छन् । सरकारमा जानेबारे विवाद भएकाले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने अवस्था आएमा पार्टी विभाजन या फ्लोर क्रस हुने सम्भावना रहन्छ । त्यसले गर्दा दुवै पक्षले आ–आफ्ना सांसदहरुसँग नियमित छलफलहरु गर्दै आएका छन् । हालसम्म जसपाको संसदीय दल समायोजन भएको छैन ।


आन्तरिक लोकतन्त्रको खोजी चुनाव मात्रले लोकतन्त्रको प्राणप्रतिष्ठा गर्न सकिँदैन । राजनीतिक पार्टीहरूमा विमर्श र आन्तरिक लोकतन्त्र अथवा विधिअनुसार चल्ने प्रतिबद्धता भएन भने पनि लोकतन्त्र सही बाटामा हिँड्न सक्दैन ।

Wednesday, April 21, 2021

MCC: Perspectives

Behind the Curve Corrupt governments cash in on the Millennium Challenge Corporation’s outdated metrics

Millennium Challenge Corporation: Overview and Issues

Where has the Millennium Challenge Corporation succeeded and failed to incentivize reform—and why?  Among the 23 federal agencies that are involved in the design and delivery of U.S. foreign assistance programs, the Millennium Challenge Corporation (MCC) is truly unique. It enjoys broad bipartisan support in the U.S. Congress; nongovernmental watchdog groups consistently argue that the organization should be protected and strengthened; and it is held in high esteem by other bilateral and multilateral development finance institutions..................... It uses third-party measures of policy performance to identify well-governed partner countries that can reasonably be expected to put U.S. taxpayer dollars to good use.................. It requires partner countries to lead the process of designing and implementing development projects in response to local priorities rather than earmarks or directives from Washington........... It screens candidate projects based on cost-benefit analysis, and after projects are completed, it subjects them to rigorous impact evaluations.

The Millennium Challenge Corporation (MCC) and Global Health 

About MCC

Millennium Challenge Corporation: Can the Experiment Survive?

Hating on the Hurdle: Reforming the Millennium Challenge Corporation’s Approach to Corruption

Millennium Challenge Corporation  The Millennium Challenge Corporation (MCC) is a bilateral United States foreign aid agency established by the U.S. Congress in 2004. It is an independent agency separate from the State Department and USAID. It provides grants to countries that have been determined to have good economic policies and potential for economic growth. The country qualification process is objective, involving scores provided by third parties in 17 different areas. An eligible country must apply for a grant with a specific project in mind.




एम सी सी बहस

देउबा को माधव नामी जडीबुटी





अहिले कर्णाली को फ्लोर क्रॉस पछि एकाएक देउबा बिउँतनु र प्रचंड तात्तिनु ले देखाउँछ माधव सँग केही न केही समझदारी भएको छ। केन्द्रमा फ्लोर क्रॉस अगाडि ओली ले कसैलाई पार्टी बाट निकाल्न नमिल्ने, फ्लोर क्रॉस पछि निकाल्न त मिल्ने तर एक वर्ष सम्म का लागि देउबा प्रधान मंत्री भइसकेको हुने। तर फ्लोर क्रॉस गरेका हरुको सांसद पद गुमे पछि देउबा को बहुमत गायब हुने, तर गायब भए पनि एक वर्ष फरक नपर्ने। त्यस्तो गिजलटो छ नेपालको संविधान। तर त्यति हुँदा माधवले पाउने के? सुर्य चिन्ह त गुमाउँछ। 

यो संविधान सभा दोहोरिन लागेको हो। जसपा लाई निस्तेज पार्ने प्रयास हो यो। यो माधवको सुसाइड बॉम्बर चाल हो। आफु सिद्धिने तर ओली लाई पनि क्षति पुर्याएर मात्र। 

कम्युनिस्ट एक पटक फुटोस कि दुई पटक त्यसले देउबा को निर्वाचन हस्तरेखा मा खासै फरक पर्दैन। सत्ता का लागि सत्ता कांग्रेस को मुद्दा हो। त्यो कुनै मुद्दा नै होइन। २०४६ देखि राज गर्दै आएको पुस्ता को समय आएको हो। त्यति बेला राजीव गांधीको नाकाबंदी ले पंचायको ढोका बंद गरिदियो। अहिले महामारी त छ तर यो झुण्ड लाई कुनै सहयोग चाहिएको छैन। आफै मारकाट गर्दै छन। 

३० वर्ष प्रयाप्त समय हो। यी नेता हरुले केही गर्ने थिए भने गर्थे। समय अब सकियो। ३० वर्षमा पंचायत ढल्यो। ३० वर्षमा अब कांग्रेस कम्युनिस्ट ढलन लागे। नया नेता हरु का लागि स्टेज बन्दैछ। 

अविश्वासको प्रस्ताव अगाडि बढाउन देउवा सहमत देउवा र प्रचण्डबीच छिट्टै निर्णायक वार्ता हुने
तात्यो राजनीतिक माहोल, सुरु भयो नेताहरुको दौडधुप काँग्रेस–माओवादी उत्साहित, केपी–माधवबीच आकस्मिक भेट
देउवा उत्साहित : नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र  कांग्रेसले माओवादी केन्द्र, जनता समाजवादी पार्टीभित्र डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसद र नेपाल पक्षका सांसदको साथ पाउने अवस्था सिर्जना भएकाले सरकार बन्ने अवस्था बनेका निष्कर्ष निकालेको हो ।
ओली नेतृत्वको सरकारलाई साथ दिने ठाकुरको निष्कर्ष जसपाका पाँच वटै माग पूरा गर्न प्रधानमन्त्रीले प्रतिबद्धता जनाएको र केही माग पूरा गर्न प्रक्रियासमेत अघि बढाएको ठाकुर निकट नेता डा. सुरेन्द्र झाले बताए । सरकारले माग पूरा गर्न प्रक्रिया अघि बढाइरहेका बेला जसपा सरकार विरोधी गठबन्धनमा नलाग्ने सहमति भएको जानकारी उनले दिए ।
काँग्रेसले भन्यो–केही दिनभित्रै मुलुकको राजनीतिले कोल्टे फेर्छ  जसपाको एउटा समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै सघाउने अडान लिँदै आएपनि देउवाले अन्तिम सो पार्टीमा संकट आउन सक्ने भन्दै बैठकमा ब्रिफिङ गरे । बैठकमा सहभागी स्रोतका अनुसार जसपा विभाजित हुन सक्ने देउवाको भनाइ थियो । ...... ‘माओवादीले औपचारिक रुपमै समर्थन फिर्ता लिन्छ, जसपा जसरी पनि हामीतिरै आउँछ’, देउवाको भनाइ थियो, ‘त्यसपछि ओलीविरुद्ध अविश्वास प्रस्ताव आउँछ, काँग्रेसकै नेतृत्वमा सरकार बन्छ । दुई–तीन दिनमा राजनीतिले कोल्टे फेर्छ ।’

मुख हेरेर होइन मांगको सम्बोधन हेरेर सहकार्य हुन्छ : भण्डारी  उनले परिआएको खण्डमा आफनै नेतृत्वमा समेत सरकार बनाउन पनि पछि नहटने बताए । पुर्व रक्षा मन्त्री भण्डारीले भने, ‘बैकल्पिक शक्ति बनेर दश वर्ष पछि सरकार चलाउने सोच्या थियौं तर सायद आवयश्कता अहिले नै आइपरेको छ ।’

महन्थ ठाकुरको ट्रयाक सही छ : देवेश झा (अन्तर्वार्ता)  सञ्चारमाध्यमहरुले जनतामा आफ्नो प्रचारका लागि यस्ता शब्दाबलीको प्रयोग गर्छन । जसपाका अध्यक्ष महन्थ ठाकुरले पनि भन्नुभएको थियो कि मिडियाले उहाँलाई प्रधानमन्त्री नै बनाइदियो । प्रधानमन्त्रीको पद रिक्त नभएसम्म पदपूर्तिको कुनै सम्भावना हुँदैन । संविधानको धारा ७६ को १, २, ३ र ५ ले प्रधानमन्त्रीमा नियुक्त गर्ने प्रक्रियाको रहेको छ । यी चारवटै धारामा जसपाको कुनै सम्भावना छैन । ......... नेपालको संविधानबमोजिम जेठ १५ गते नेपाल सरकारले बजेट प्रस्तुत गर्नैपर्छ । अर्थात् त्योभन्दा पहिले नीति तथा कार्यक्रम पारित भएको हुनुपर्छ । .......... यदि माओवादीले नीति तथा कार्यक्रमलाई समर्थन ग¥यो भने त्यसपछि पनि बोल्ने कुनै नैतिक आधार रहन्छ त ? ............ हिजोसम्म मधेशी नेताहरुलाई पदलोलुपको संज्ञा दिने मिडियाहरुले अहिले सत्तामा नगइदिएको कारणले हलो अड्काएको टिप्पणी गरिरहेका छन् । जसपाले आफ्नो मुद्दाका लागि राजनीति गर्ने कि ओलीलाई ढाल्ने वा अरुलाई प्रधानमन्त्री बनाइदिने ? ........... उपेन्द्र यादवजी दुईबुँदे सहमतिसहित यही प्रधानमन्त्री ओलीको सरकारमा सामेल भएको कुरा ताजै छ । त्यतिबेला ओली पवित्र हुनुहुन्थ्यो, अहिले अपवित्र हुनुभो भन्न मिल्दैन । बरु त्यतिबेला उहाँ मधेशप्रति अहिलेको जति पनि सकारात्मक हुनुभएको थिएन, जति अहिले हुनुहुन्छ । एउटा तिक्ततापूर्ण वातावरणमा उपेन्द्रजीको बहिर्गमन भएको थियो । ........... विगतमा पार्टी विभाजन गरेर जाँदाको परिणाम प्रायः सबै नेताले थाहा पाइसकेकोले पार्टी विभाजन गर्ने पक्षमा कोही छैन होला । .......... त्यतिबेला उपेन्द्र यादवको विचार स्वीकार्य भए वा नभए पनि उहाँ पार्टी फोड्नु हुने छैन । बरु मौन बस्नु होला र आफ्नै दृष्टिकोण लिएर अर्को पक्ष ओलीसँग जाँदा पनि मधेशको लागि हितकारी नभएको प्रमाणित गर्नेतिर आफ्ना कदमहरु चाल्नुहुनेछ । यसरी पनि उहाँले दलमा आफ्नो वर्चस्व बनाउने अवस्था सिर्जना गर्ने प्रयास गर्न सक्नु हुनेछ । जसपा मात्रै होइन, कुनै पनि पार्टी फुट्ने सम्भावना छैन । .......... हृदयेश त्रिपाठीजीको मधेश राजनीतिसँगको संलग्नता अथवा भूमिकालाई सन्देह गर्न मिल्दैन । उहाँ सुरुदेखि नै स्व.गजेन्द्र नारायण सिंहसँग रहेर आफ्नो भूमिका खेल्दै आउनुभएको छ । उहाँले आफ्नो समग्र जीवन यसैमा लगाउनुभएको छ । .............. अहिले अत्यन्त जटिल मोडमा नेपालको राजनीति छ, एउटा अन्योलताको परिस्थिति सिर्जना गरिदिएको छ । त्यसैले हुस्सु लागेको अवस्था भएकोले हामीले धेरै कुरा देख्न सकिरहेका छैनौं
‘अहिलेकै सरकारलाई साथ दिने बाहेक जसपासँग विकल्प छैन’  सञ्चारमाध्यमहरुले जसपालाई अनिर्णित भनिरहेका छन् । तर हामी अनिर्णयको बन्दी भएका होइनौं । ............ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई विश्वास गर्न सकिने आधार पनि छैन । .......... वैकल्पिक सरकार निर्माण हुने अवस्था नदेखिएकोले भविष्यमा उनीहरुको सरकार बन्ला र हाम्रो माग पूरा गर्ला भनेर कल्पना मात्र गर्न सकिन्छ । त्यसैले वर्तमान अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टरुपमा भनिसक्नुभएको छ कि सकेजति मुद्दाहरु सम्बोधन गर्छौं र प्रक्रिया पनि सुरु गरिसक्नुभएको छ । मधेशका समस्याहरु सम्बोधनका लागि उहाँले विभिन्न पाइला चालिसक्नुभएको पनि छ । प्रधानमन्त्री ओली यस विषयमा अहिले एकदमै प्रष्ट र स्पष्ट हुनुहुन्छ । त्यसैले, मधेशका मुद्दाहरु सम्बोधन गराउनका लागि अहिलेकै सरकारलाई साथ दिने बाहेक जसपासँग अर्को विकल्प छैन । मुद्दा सम्बोधनका लागि प्रधानमन्त्री ओलीले देखाउनुभएको अग्रसरतालाई मध्यनजर गर्दै जसपाले समर्थन गर्नैपर्छ । .......... अहिलेका प्रधानमन्त्रीजस्तो कुनै पनि सरकारका प्रधानमन्त्रीले यसअघि मधेशका मागहरु पूरा गर्नका लागि प्रक्रिया सुरु गरेकै थिएनन् । .............. अहिले कागजी सहमतिभन्दा पनि प्रधानमन्त्री ओलीले गरेर देखाउन खोज्नुभएको हामीले हेरिरहेका छौं । अहिले कांग्रेस र माओवादीलाई सरकार ढाल्ने र बनाउने काममा जसपा अनिवार्य भएकोले तिनीहरुले त्यस्ता प्रतिबद्धताहरु दोहो¥याइरहेका छन् । तर व्यवहारतः हामीले हेर्दा प्रधानमन्त्री ओली हाम्रा मागहरु सम्बोधनका लागि प्रक्रिया सुरु गरिसक्नुभएको छ । कांग्रेस र माओवादीले मुलुकलाई अस्थिरतातर्फ लानका लागि यो सरकारको विकल्प खोजिरहेका छन् । ............ मधेशका मुद्दाहरु सम्बोधन होस् भन्ने चाहना पूर्वसमाजवादी पार्टीका नेताहरुको पनि छ । यदि यो सरकारले सम्बोधन गर्छ भने उहाँहरुको पनि अभिव्यक्ति परिवर्तन हुन्छ । ........... पूर्वराजपाका नेताहरु र पूर्वसमाजवादी पार्टीका नेताहरु सबैले मधेशको समस्या समाधान चाहेकाले जसपाभित्र दुईमत छैन । ..........  अहिले उहाँले मधेशलाई राम्ररी अध्ययन गर्न थाल्नुभएको छ । मधेशको आवश्यकतालाई बुझ्ने प्रयास गर्नुभएको छ भन्ने अनुभूति हामीलाई थालेको छ । यदि प्रधानमन्त्रीको सल्लाहकार टिममा मधेशलाई बुझ्ने कोही सदस्य भइदिएको भए यस्तो अवस्था आउने थिएन । अहिलेको अवस्थामा उहाँ मधेशका सबै मुद्दाहरुको बारेमा जानकारी भइसकेको छ । उहाँले मधेशको माग र मुद्दा सम्बोधन गर्नेतिर अग्रसर हुनुभएको छ ।




नेतागिरी के चक्कर में अपनों से रिश्ते खराब ना करें, बाद में गब्बर और ठाकुर सब एक साथ दिखते हैं! सबका जय हो! सबका मंगलमय हो!! जय जनमत, जय स्वराज

Posted by ई. दीपक कुमार साह on Monday, April 19, 2021