Tuesday, November 07, 2017

नेपालमा आर्थिक क्रांति को फार्मूला: लैंडलाइन उछिनेर एकै पटक मोबाइल फ़ोन



धनी देशका नाम चलेका कॉलेज विश्वविद्यालय बाट डिग्री प्राप्त नेपाल बनाउँछु भनेर तम्सिएका थुप्रै व्यक्तित्व हरु ले बुझ्नुपर्छ त्यस्ता डिग्री हरु २०१७ साल देखि नै प्रशस्त थिए नेपालमा। विदेशी डिग्री को बेफाइदा: नेपाल जस्तो देशले जे कुरामा पनि पश्चिम देशको अनुसरण गर्नुपर्छ भन्ने भेड़ा सोंच। क्रिटिकल थिंकिंग चाहिन्छ, आउट ऑफ़ the बॉक्स थिंकिंग चाहिन्छ। रिजल्ट दिने execution चाहिन्छ। पश्चिम ले हिडेको बाटो ले ग्लोबल वार्मिंग दियो। वायुमंडल ततायो अमेरिका युरोप ले, बरफ पगलियो नेपालको हिमालमा। यो पृथ्वी ले एउटा ग्लोबल वार्मिंग धान्न सक्दैन, अर्को पनि ग्लोबल वार्मिंग को कल्पना पनि गर्न सकिँदैन।

Knowledge र टेक्नोलॉजी हो। निकट भविष्य मा यस्ता प्रविधि हरु सामुन्ने आउँदैछन त्यसको तुलना मा इंटरनेट नै पनि सानो देखिनेछ। अहिलेसम्म को इंटरनेट। साइंस फिक्शन मा स्पेस ट्रेवल मा शार्ट कट को नाम हो वर्महोल (wormhole) । देश विकासमा त्यस्ता विभिन्न वर्महोल हरु देखिन्छन। चाडै धेरै विकास गर्ने तरिका हरु।

भारतीय सँग फ़ोन थिएन। तर उसले बेलायती/अमेरिकी ले जस्तो पहिला लैंडलाइन लिएन। एकै चोटि मोबाइल फ़ोन समायो। त्यो विकासको प्रयासमा एउटा वर्महोल नै हो। ड्रोन टेक्नोलॉजी एप्लीकेशन मा अहिले रवांडा नंबर एक देश देखिएको छ। बाटो पुल बन्ने कहिले कहिले ड्रोन देशको कुना कुना मा पुगिसक्यो। टॉप quality शिक्षक ट्रेन गर्न समय लाग्छ। तर भएका टॉप क्वालिटी शिक्षक लाई प्रत्येक गाउँ सम्म डिजिटल टेक्नोलॉजी मार्फ़त पुर्याउन सकिन्छ। स्वास्थ्य सेवामा पनि क्रांतिकारी हो डिजिटल टेक्नोलॉजी। डाक्टर ले नाड़ी छामेर, कम्पाउंडर ले रगत सैंपल लिएर गर्ने परिक्षण हरु अब मोबाइल एप्लीकेशन ले गर्ने भइसके। औषधि चाहि ड्रोन ले पुर्याउ।

राजनीतिक क्षेत्र मा सरसफाई गर्न सके विकासले गति लिने देखिन्छ। The stars are aligning.


मधेसी ले समानता पाउने बाटो: संघीयता/समावेशिता कि अलग देश?



फोरम-राजपा ले खोजेको संविधान संसोधन हुन्छ भने मधेसी ले करीब करीब राजनीतिक समानता पायो। तर त्यो संविधान संसोधन हुन नदिनु नै काठमांडु को स्थायी सत्ता, पहाड़ी जनसमुदाय र तीन पहाड़ी पार्टी को प्रमुख लक्ष्य हो भन्ने सीके राउत को दाबी हो। संघीयता/समावेशिता मधेसी ले खोजेको बाटो होला तर त्यो संघीयता/समावेशिता पाएको हो त मधेसी ले चार चार पटक क्रांति गरेर? सीके को प्रश्न हो त्यो। संघीयता/समावेशिता को बाटो समानता पाउन सकिँदैन भन्ने सीके को तर्क होइन। काठमांडु को उपनिवेशी स्थायी सत्ता ले संघीयता/समावेशिता लागु नै हुन दिँदैन भन्ने तर्क हो सीके को।

भन्नु को अर्थ फोरम-राजपा ले प्रयास नै नगर भन्ने कथन होइन। तिम्रो अहिले सम्म को प्रयास विफल रह्यो भन्ने स्पष्टोक्ति हो। कथन त सही हो। मेरो कथन फोरम-राजपा को प्रयास सही र जायज छ र दुबै ले अझै पनि हरसंभव प्रयास गर्नुपर्छ। संविधान संसोधन का लागि जति सुकै ठुलो चुनावी जित का लागि लागि पर।

मधेसी को नागरिकता समस्या बड़ो विकराल छ। तर त्यसको समाधान आधुनिक प्राविधि ले सामुन्ने ल्याइसकेको छ र त्यो छिमेकी देशले व्यवहारमा ल्याइसकेको कुरा हो। प्रत्येक भारतीय को बायोमेट्रिक आईडी बनेको छ। र त्यो डेटाबेस बंगलोर मा सुरक्षित छ। भारत सँग सहयोग मागेर त्यसै गरी प्रत्येक नेपाली को बायोमेट्रिक आईडी बनाउनुपर्छ अनि दुबै डेटाबेस ले एक ले अर्को सँग कुरा गर्ने बनाउनु पर्छ। त्यसपछि एउटै व्यक्ति ले दुई देशको नागरिकता लिने समस्या पनि जीरो र राज्यले कसैलाई नागरिकता पत्र बाट वंचित गर्ने समस्या पनि जीरो। यस व्यवस्था ले नागरिकता समस्या मात्र समाधान गर्दैन, law and order मा पनि ठुलो सघाउ पुर्याउँछ, र भारत को देखासिखि नेपाल ले पनि गरीबी रेखा मुनि रहेका हरु का लागि विशेष कार्यक्रम हरु गर्न पायो। मोदी से सिखो।

नागरिकता समस्या समाधान, प्रत्येक मधेसी ले मतदान। बस। अनि लोकतंत्र ले गति लिन्छ। बायोमेट्रिक आईडी बने पछि नेपाल भित्र का ३ करोड़ र नेपाल बाहिर का ३ करोड़ नेपाली सबै ले ऑनलाइन वोटिंग गर्ने व्यवस्था गरे पछि लोकतंत्र दौड़िन थाल्छ। अनि आर्थिक वृद्धि दर ले १०% नाघछ।




सीके राउत का तर्क हरु मा प्वालै प्वाल




मधेसी अधिकार को दशकौं लामो आन्दोलनमा नेपाल भित्र मधेसी लाई समानता छैन भन्ने कुरा लिखित रूप मैं सबैभन्दा बलियो सँग स्थापित गरेका व्यक्ति शायद सीके राउत हुन। मधेसी विरुद्ध विभेद छ। अवश्य हो। मधेसी लाई दोस्रो दर्जा को नागरिक बनाएर राखिएको छ। अवश्य हो।

नया संविधान मा त्यो नहोला भन्ने आशा थियो। तर नया संविधानले मधेसी ले अंतरिम संविधानमा पाएको अधिकार पनि खोसेको छ। त्यस अर्थमा यो संविधान मधेसी का लागि एउटा प्रतिक्रान्तिकारी (counter revolutionary) संविधान नै हो। २००६ अप्रैल क्रांति, मधेसी क्रांति १, मधेसी क्रांति २ , मधेसी क्रांति ३ , र मधेसी क्रांति ४ विरुद्ध को एउटा प्रतिक्रान्तिकारी संविधान। यसलाई मधेसमाथि लादन व्हिप जारी गर्नै नमिल्ने संविधान सभामा काँग्रेस र माओवादी ले व्हिप जारी गरेको। तर संविधान संसोधनको मतदान मा व्हिप जारी गर्न मिल्ने संसदमा काँग्रेस र माओवादी ले व्हिप जारी नगरेको। अहिले ती दुबैले आफ्नो घोषणापत्र मा मधेसले खोजेको संविधान संसोधन बारे चुइँक्क बोलेका छैनन। एमाले त एमाले भइहाल्यो। २२ जिल्ला को मधेस लाई ८ जिल्ला मा खुम्च्याउने प्रयासलाई मलजल गर्दै अगाडि बढ्दैछन।

मधेसी ले संघीयता र समावेशिता का लागि सड़क आंदोलन गरेर केही पाएन भन्ने सीके राउत को तर्क सत्य साबित भएको हो। लक्ष्य पुर्ण समानता हो भने केही पाएन। तर केही पनि पाएन भन्ने कुरा सही होइन। पहाड़ी राजाको ठाउँ मा मधेसी राष्ट्रपति पायो। एक व्यक्ति एक मत लोकतंत्र पाइसकेको छैन तर झन्डै झन्डै एक व्यक्ति एक मत लोकतंत्र पायो। Core मधेसमा अब काँग्रेस नंबर एक पार्टी रहेन। त्यस किसिमको जनचेतना पायो। मधेसले समानता पाइसकेको छैन तर त्यो समानता पाउन सक्ने आधार भने पाएको छ।

सीके राउत जनमत संग्रहको रट लगाएर बसेका छन। त्यो पनि आन्दोलनको बाटो जनमत संग्रह को ऐलान। केटलोनिआ केटलोनिआ, कुर्दिस्तान कुर्दिस्तान भन्दैछन। आम मधेसी जनताले संघीयता र समावेशिता का लागि चार चार पटक क्रांति गरेको र त्यस अगाडि देशकै प्रत्येक लोकतान्त्रिक क्रांतिमा अग्रगामी र नेतृत्वकारी भुमिका खेलेको राजनीतिक चेतना नभएर होइन। केटलोनिआ केटलोनिआ भन्ने सीके राउत ले फ्रांस फ्रांस, जर्मनी जर्मनी किन भन्दैनन? फ्रांस र जर्मनी जस्ता फरक फरक भाषा र संस्कृति भएका ठुला जनसंख्या र अर्थतंत्र भएका देशले राजनीतिक एकीकरणको लक्ष्य राख्नु को कारण के हो? किनभने राजनीतिक एकीकरण का थुप्रै राजनीतिक र आर्थिक फाइदा हरु छन। नपत्याए अमेरिका लाई सोध, भारत लाई सोध, चीन लाई सोध। युरोप एक देश बन्छ भने विश्व शक्ति बन्छ। होइन भने अमेरिका को पुच्छर विश्व राजनीति मा। भने पछि अहिले मधेस लाई अलग देश बनाउने र पछि त्यसै नेपाल सँग राजनीतिक एकीकरण गर्ने? लक्ष्य त दक्षिण एशिया को पहिले आर्थिक एकीकरण र पछि राजनीतिक एकीकरण हुनुपर्छ। उचित र सही र अग्रगामी राजनीतिक रोडमैप त त्यो हो।

मधेस अलग देश नै सही औषधि हो भने त्यहाँसम्म पुग्ने रोडमैप के? सीके सँग अहिले रोडमैप छैन। आन्दोलनको बाटो जनमत संग्रह र जनमत संग्रह को बाटो अलग देश भन्दैछन। पहिलो कुरा आंदोलन को संभावना छैन। मधेसी जनता ले समानता चाहेको छ तर अलग देश नै चाहेको छैन। साबिक मधेस भुमिमा ४०% त आज गैर मधेसी छ। त्यस समुह लाई नजरअंदाज गर्न मिल्दैन। मधेस एउटा मिश्रित जनसंख्या हो।

केही गरी आंदोलन भयो अ रे। अनि आंदोलन को जवाफमा जनमत संग्रह हुन्छ त? कि त नेपालको अहिलेको संविधान खारेज हुनुपर्यो कि त जनमत संग्रह गराउन पाउने भनेर संसोधन हुनुपर्यो। काठमांडु मा रहेको स्थायी सत्ता ले जनमत संग्रह गराईदिने प्रावधान संविधानमा अहिले छैन। उल्टै यदि प्रदेश सरकार ले जनमत संग्रह गराए त्यो प्रदेश सरकार  र प्रदेश सभा विघटन गरिदेउ भन्ने प्रावधान छ संविधानमा। त्यो त टकराव को प्रावधान हो। कुर्दिस्तानमा इराकी सेना पस्ने परिस्थिति हो त्यो। केटलोनिआ को प्रदेश सरकार र सभा विघटन हुने परिस्थिति हो त्यो।

मधेसको परिप्रेक्ष्यमा जनमत संग्रह पछि के हुन्छ त्यो प्रश्न नै उठ्दैन। मधेसको परिप्रेक्ष्यमा त्यो एउटा नितांत hypothetical प्रश्न हो। चासो राख्ने ले केटलोनिआ र कुर्दिस्तान को अध्ययन गर्नुपर्छ।

तर काम गार्हो हो त्यसैले गर्नु हुँदैन भन्ने मेरो तर्क होइन। गार्हो त २००६ अप्रैल क्रांति थियो, मधेसी क्रांति १, मधेसी क्रांति २, मधेसी क्रांति ३ , र मधेसी क्रांति ४ थियो। त्यसको तुलना मा त केटलोनिआ ले गरेको जनमत संग्रह सजिलो हो। एक जना पनि शहीद भएन।

तर core मधेस बाट काँग्रेस लाई विस्थापित गर्नु मा सीके राउत को ठुलो योगदान छ। २०४६ साल पछि होच्याएर मधेसी विरुद्ध विभेद छ र भनेर भन्ने काम हुन्थ्यो। मधेसी विरुद्ध भेदभाव छ मात्र होइन यति सार्हो छ कि मधेस अलग देश एक मात्र समाधान भन्ने सीके को तारंतार रटान ले फोरम र राजपा का लागि राजनीतिक स्पेस बनाउने काम गरेको छ।

तर सीके को लक्ष्य त्यो होइन। सीके को लक्ष्य सक्रिय र प्रत्यक्ष राजनीतिक नेतृत्व हो। त्यसकालागि देश, प्रदेश र चुनाव चाहियो। मैले भन्न खोजेको त्यो अहिले छ। केटलोनिआ र कुर्दिस्तान नै उदाहरण हुन भने पनि त्यो दुबै ठाउँ मा सीके जस्ता ले पार्टी खोलेर, चुनाव लडेर, चुनाव जितेर प्रदेश सरकार बनाएको पहिला अनि बल्ल जनमत संग्रह गरेको। सीके ले पनि पार्टी खोल्नुपर्छ र चुनाव लड्नुपर्छ। अब चुनाव लड्ने भनेको अर्को पटक को स्थानीय चुनाव हो। अर्को पटक को प्रदेश सभा र प्रतिनिधि सभा को चुनाव हो। त्यसका लागि पार्टी दर्ता गर्नुपर्यो, संगठन विस्तार गर्नुपर्यो।

सीके वास्तवमा मधेसको विवेकशील साझा हो। विवेकशील साझा भन्दा जेठो हो र ठुलो हो। तर चुनाव बाट टाढा बस्ने रणनीतिक गलती गरे सीके ओझल मा पर्ने डर छ। चुनाव बाट टाढा हुनु भनेको जनता बाट टाढा हुनु हो। जुन जनता को अधिकार का लागि लड़ने हो त्यस जनता बाट टाढा किन हुने?