Tuesday, October 03, 2017

काँग्रेस छांगा बाट खसे झैं भयो








बाबुरामले माओवादी पार्टी छोड्दा प्रचंड लाई यस्तै अनुभुति भएथ्यो। केही गरी २ नंबर मा फोरम सँग गठबंधन गर्छन ओली ले भने काँग्रेस देश भरि पत्ता साफ। संसद मा एक तिहाई मुनि पुग्छ काँग्रेस। काँग्रेस लाई कम्निष्ट ले पेल्यो। काँग्रेस लाई मधेस केंद्रित दल ले पेल्यो। काँग्रेस लाई विवेकशील ले पेल्यो।

ओली ले अहिले नै संविधान संसोधन गर्ने भए फोरम सँग हो होइन भने उपेंद्र यादव लाई मिलाउन सक्ने अवस्था छैन। तर संविधान संसोधन बारे ओली मा नया सोंच आएको देखिएको छैन।

काँग्रेस ले अर्को गठबंधन बनाउनु पर्छ। २ नंबर प्रदेश मा ६०% राजपा फोरम लाई र आफुले ४०% लिने गरी।

संविधान संसोधन लाई प्रचंड ले छोडेका हुन भने मधेस ले प्रचंड लाई छोड्छ।



एमाले, माओवादी, नया शक्ति एकीकरण बारे मेरो विचार


  • अब सीधासाधा नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने। ब्रैकेट सब फाल्ने। कम्युनिस्ट ले बहुदल मान्छ। त्यसमा तटस्थ रहने। बरु नेपालको सन्दर्भमा हाइड्रो समाजवाद लागु गर्ने। १०,००० मेगावाट बिजली उत्पादन गरेर सबै को आधारभुत आवश्यकता पुरा गर्ने। 
  • यो शांति प्रक्रिया टुङ्गिएको हो। सन २००५ मा शुरू भयो। अब टुंगियो। मंगसिर चुनाव पछि नया सरकार बने पछि पुरा टुंगियो। 
  • प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्य मंत्री को संभावना बढ्यो। चाहिने कुरा। राजनीतिक स्थायित्व का लागि। 
  • प्रत्यक्ष निर्वाचित राष्ट्रपति बाहेक गर्नु पर्ने एउटा अर्को कुरा छ। मत पाएको समानुपातिक पैसा सरकार बाट पाउने, त्यस बाहेक अरु कुनै आम्दानी स्रोत नहुने पार्टी हरुको। 
  • प्रचंड र बाबुराम ले एकीकृत पार्टी लाई मधेस को पक्ष मा संविधान संसोधन गराउन का लागि डोर्याउन सक्नुपर्छ। होइन भने यो सैद्धांतिक एकीकरण होइन, बाहुन मिलन हो। 
  • सुर्य ले ६०% बढ़ी सीट जित्छ। सीधा अंक गणित हो यो। काँग्रेस अब ह्वात्तै खुम्चियो। काँग्रेस अब देशको सबैभन्दा ठुलो पार्टी कहिले पनि हुँदैन शायद। 
  • यस पार्टी ले बाबुराम को नेपाल लाई भारत र चीन बीच को पुल बनाउने भिजन समात्नुपर्छ। यो एकीकरण चीन जितेको होइन। चीन र भारतको अभुतपूर्व आर्थिक प्रगति बाट फाइदा लिने हो। 
  • फोरम, राजपा र स्वराजी ले यसरी नै एकीकरण गर्नै पर्छ। 



एमाले, माओवादी र नया शक्ति को एकीकरण र मधेस




Monday, October 02, 2017

लोहा गरम है, मारो हथौड़ा



फोरम र राजपा बीच एकीकरण गर्ने हो भने अहिले गर्ने हो। चुनाव पछि होइन। चुनाव पछि त चार वर्ष का लागि कुरा सेलाउँछ। स्वराजी सँग एकीकरण गर्ने बेला अहिले हो। २ नंबर प्रदेशको मुख्य मंत्री पद का लागि सीके राउत उपयुक्त उम्मेदवार हुन। मधेस से उतना ही प्यार है तो करो मधेसका विकास।

फोरम मा जुन सांगठनिक अनुशासन छ त्यो राजपा मा छैन। राजपा मा भांडभैलो छ। राजपा को चुनाव चिन्ह छाता बड़ा उपयुक्त छ। मान्छे भेला गर्यो। अनि त्यो भेला माथि छाता ओढ़ाई दियो। त्यही हो राजपा को संगठन। काठमाण्डु मा वडा समिति मा हुनुपर्ने थुप्रै मानिस राजपाको केंद्रीय समिति मा छन। केंद्रीय समिति त यस्तो हुनुपर्यो कि बसेर छलफल गर्न सकियोस। तर अहिले के छ? पहिला जसलाई महाधिवेशन भन्ने गरिन्थ्यो त्यसलाई अचेल केंद्रीय समिति भन्ने चलन छ।

समाधान महाधिवेशन हो। सबै तहमा आन्तरिक चुनाव गर्दै जाने अनि अन्त्यमा गएर जनकपुरमा महाधिवेशन गर्ने र केंद्रीय पदाधिकारी चुन्ने।

तर सांगठनिक अनुशासन को नाममा उपेंद्र यादव कसैसँग छलफल नगरी एकोहोरो ताल ले फेरि हिड़यो भने फेरि जुटेको पार्टी एक पटक फेरि फुट्छ। वाक स्वतंत्रता हो। मान्छे ले बोल्छ। पार्टी मा गुट उपगुट हुन्छ।

एकीकरण अहिले गरेर महाधिवेशन बरु चुनावको लगत्तै पछि गरे हुन्छ। र सीके राउत लाई पार्टी मा भित्र्याउने काम proactive किसिमले गर्नुपर्यो। कमसेकम प्रयास त गर्नुपर्यो।

तपाईं मधेसीको हक़ अधिकार का लागि लडेको कि के का लागि लडेको? तपाईंले गर्दा हामी मधेसीको हक़ अधिकार का लागि लडिरहेका हरु लाई डिस्टर्ब भयो भन्नुपरयो। आउनुस, केही मत्थर हुनुस। मुख्य मंत्री बरु तपाईं नै बन्नुस भन्नु पर्यो। सीके लाई त्यसरी भित्र्याउन सके एउटा तरंग आउँछ। २०४८ मा पुर्वी पहाडमा मदन भंडारी आए जस्तो हुन्छ। राजपा ले २२ जिल्ला मा स्वीप दिन्छ। भने पछि प्रयास त गर्नु परयो। न भेट न घाट। कस्तो आंदोलन हो यो?

फोरम र राजपा वाला हरु सीके लाई यो जंगल मा कस्तो अचम्म को जन्तु आइपुग्यो जस्तो गरी हेर्छन। त्यस्तो केही होइन। कमसेकम राजनीतिक वार्तालाप त हुनुपर्यो।

विवेकशील ले काठमाण्डु मा र विस्तारै पहाड़का अन्य शहरी क्षेत्र मा एमाले को जरो काट्दै जाने हो। काँग्रेस मधेसमा अहिले हाफ साइज भइसक्यो। माओवादी साबिकको एक तिहाई मा ओर्लियो। कांग्रेस र एमाले को भविष्य पनि त्यही नै हो।

भने पछि फोरम र स्वराजी सँग एकीकरण गरेको राजपाको भविष्य उज्जवल छ। देशमा उही उही साइज का चार पाँच पार्टी मध्ये एक राजपा हुन सक्छ। अनि त राजपा बाट कोही प्रधान मंत्री हुन्छ। पाँच वर्ष भित्र हुन्छ। १० वर्ष भित्र हुन्छ।


सीके को मधेस अलग देश का तीन चरण

कम्निष्ट हरुले भन्ने गर्थे, शायद अहिले पनि भन्छन। पहिला पुँजीवाद कै विकास गर्नुपर्छ। औद्योगिकरण हुन्छ। अनि एउटा मजदुर वर्ग को उदय हुन्छ। अनि बल्ल समाजवादी क्रांति हुन्छ। अर्थात नेपाल जस्तो देशमा पहिला व्यापक पूँजीवादी औद्योगिकरण हुनुपर्यो। अहिलेको अवस्थामा गणतंत्र सम्म हो जान सकिने।

तर म भन्छु हाइड्रो समाजवाद त अहिले संभव छ। बहुदल मास्ने समाजवाद कहिले पनि संभव छैन। हुनु हुँदैन। तर जनताको आधारभुत आवश्यकता पुरा गर्ने समाजवाद अहिले संभव छ। त्यसका लागि नेपालका सबै नदी बारे दक्षिण एशिया स्तरमा सोंचनुपर्यो। व्यापक reforestation देखि बिजली, सिंचाई, खानेपानी, तटबंधन, बाढ़ी नियंत्रण। बिहारमा बाढीको प्रकोप समाप्त गर्नुपर्छ। बिहारमा पनि, मधेसमा पनि। चुरियाको exploitation ले जताततै बाढ़ी आयो। Global warming ले गर्दा पनि।

मैले भन्न खोजेको स्टेज स्टेज को कुरा। सीके ले स्टेज स्टेज मा सोंचनुपर्यो। पहिलो स्टेज फोरम, राजपा र स्वराजी को सांगठनिक एकीकरण। दोस्रो स्टेज सत्ता प्राप्ति र व्यापक विकास। साक्षरता ९०% माथि पुर्याउने किसिमको विकास। अनि बल्ल मधेस अलग देश। यसरी तीन स्टेज मा सोंचने र अहिले लाई मधेस अलग देश लाई बैकबर्नर मा राख्ने।


एमाले माओवादी एकीकरण ले देशको राजनीति तख्तापलट भयो
















एमाले माओवादी एक पद एक उम्मेदवार मा गयो। नेपाली काँग्रेस विपक्षी दल बन्यो। हेर्दा ओली ले बाजी मारे जस्तो देखिन्छ। तर यो प्रचंड को चतुर्याई हो। स्थानीय चुनाव पछि हाफ साइज पनि नभएको दल ले झन्डै ५०-५० को औसत मा डील गर्यो। दुई नंबर प्रदेश को जनता लाई ठाडै झुक्याइ दिए। संसोधन प्रस्ताव फेल हुन्छ र मात्र माओवादी र काँग्रेस ले सपोर्ट गरेका हुन।

नवलपरासी मा छाता चुनाव चिन्ह कुनै ब्रांड नेम नै होइन। अनि हृदयेश ले सुर्य समाते। मधेसको पद्म रत्न? संविधान संसोधन बारे आफ्नो अडान एमाले ले फरक बनाएको समाचार कतै आएको छैन।

यस विकासक्रम ले काँग्रेस, राजपा र फोरम माथि व्यापक दबाब डालेको छ। कि चुनाव अगाडि नै हार मान कि व्यापक गठबंधन गर। राजपा र फोरम ले अहिले को अहिले एकीकरण गर्नै पर्छ। र प्रदेश २ मा ६० राजपा र ४० काँग्रेस का हिसाबले जानुपर्छ।