Monday, October 02, 2017

सीके को मधेस अलग देश का तीन चरण

कम्निष्ट हरुले भन्ने गर्थे, शायद अहिले पनि भन्छन। पहिला पुँजीवाद कै विकास गर्नुपर्छ। औद्योगिकरण हुन्छ। अनि एउटा मजदुर वर्ग को उदय हुन्छ। अनि बल्ल समाजवादी क्रांति हुन्छ। अर्थात नेपाल जस्तो देशमा पहिला व्यापक पूँजीवादी औद्योगिकरण हुनुपर्यो। अहिलेको अवस्थामा गणतंत्र सम्म हो जान सकिने।

तर म भन्छु हाइड्रो समाजवाद त अहिले संभव छ। बहुदल मास्ने समाजवाद कहिले पनि संभव छैन। हुनु हुँदैन। तर जनताको आधारभुत आवश्यकता पुरा गर्ने समाजवाद अहिले संभव छ। त्यसका लागि नेपालका सबै नदी बारे दक्षिण एशिया स्तरमा सोंचनुपर्यो। व्यापक reforestation देखि बिजली, सिंचाई, खानेपानी, तटबंधन, बाढ़ी नियंत्रण। बिहारमा बाढीको प्रकोप समाप्त गर्नुपर्छ। बिहारमा पनि, मधेसमा पनि। चुरियाको exploitation ले जताततै बाढ़ी आयो। Global warming ले गर्दा पनि।

मैले भन्न खोजेको स्टेज स्टेज को कुरा। सीके ले स्टेज स्टेज मा सोंचनुपर्यो। पहिलो स्टेज फोरम, राजपा र स्वराजी को सांगठनिक एकीकरण। दोस्रो स्टेज सत्ता प्राप्ति र व्यापक विकास। साक्षरता ९०% माथि पुर्याउने किसिमको विकास। अनि बल्ल मधेस अलग देश। यसरी तीन स्टेज मा सोंचने र अहिले लाई मधेस अलग देश लाई बैकबर्नर मा राख्ने।


एमाले माओवादी एकीकरण ले देशको राजनीति तख्तापलट भयो
















एमाले माओवादी एक पद एक उम्मेदवार मा गयो। नेपाली काँग्रेस विपक्षी दल बन्यो। हेर्दा ओली ले बाजी मारे जस्तो देखिन्छ। तर यो प्रचंड को चतुर्याई हो। स्थानीय चुनाव पछि हाफ साइज पनि नभएको दल ले झन्डै ५०-५० को औसत मा डील गर्यो। दुई नंबर प्रदेश को जनता लाई ठाडै झुक्याइ दिए। संसोधन प्रस्ताव फेल हुन्छ र मात्र माओवादी र काँग्रेस ले सपोर्ट गरेका हुन।

नवलपरासी मा छाता चुनाव चिन्ह कुनै ब्रांड नेम नै होइन। अनि हृदयेश ले सुर्य समाते। मधेसको पद्म रत्न? संविधान संसोधन बारे आफ्नो अडान एमाले ले फरक बनाएको समाचार कतै आएको छैन।

यस विकासक्रम ले काँग्रेस, राजपा र फोरम माथि व्यापक दबाब डालेको छ। कि चुनाव अगाडि नै हार मान कि व्यापक गठबंधन गर। राजपा र फोरम ले अहिले को अहिले एकीकरण गर्नै पर्छ। र प्रदेश २ मा ६० राजपा र ४० काँग्रेस का हिसाबले जानुपर्छ।