Saturday, September 30, 2017

सीके राउत ले कोर्स करेक्शन गर्नु जरुरी छ








सीके राउत को कथन हो काठमाण्डु ले मधेसलाई केही सय वर्ष देखि उपनिवेश बनाएर राखेको छ। ब्रिटिश शासन बाट भारत स्वतंत्र भए जस्तै नेपाल बाट मधेस स्वतंत्र हुनुपर्छ। मधेसी ले एक व्यक्ति एक मत लोक्तन्त्र वाला समानता पाउने त्यो बाहेक अर्को बाटो छैन। साबिक मधेसका २०-२२ जिल्ला लाई त्यो भविष्य को मधेस देश मानेका छन।

सीके ले मधेसको इतिहास को गहन अध्ययन गरेका छन। मधेसी स्थानीय हो, बरु काठमाण्डु को शासक वर्ग बाहिर बाट आएको भनेर प्रमाणित गरेका छन। सीकेमा बौद्धिक प्रखरता छ। मधेस आंदोलन को दशकौं लामो इतिहासमा कुनै पनि मधेसी नेताले यति धेरै पुस्तक हरु त के एउटा पुस्तक पनि लेखेका छैनन। संगठन निर्माण गर्ने क्षमता छ। तथ्यगत विश्लेषण गर्ने गर्छन। सफा इमेज छ। त्यागको इमेज छ। एउटा करिश्मा छ जसले विशेष गरी नया पीढ़ी लाई आकर्षित गरेको छ।

मधेसी प्रति विभेद छ। त्यो त धेरैले भनेका छन। त्यस समस्याको समाधान के त? पहिलो संविधान सभामा माओवादी र मधेसी ले संघीयता लागु गर्ने किसिमको मैंडेट पाएका हुन त। तर त्यो मैंडेट प्रचण्डले खेर फाले। साम्यवादको सपना देखेर। त्यति बेला संघीयता इमान्दारीपूर्वक लागु गरिएको भए देश र मधेस अर्कै दिशा र गति मा अगाडि बढिसकेको हुने थियो। काठमाण्डु ले बेइमानी गर्यो। पुराना शक्ति हरुले बेइमानी गरे। स्थायी सत्ता ले बेइमानी गर्यो। अनि सीके को राजनीतिक जन्म भयो। संघीयता बिना समानता संभव छैन। संघीयता मान्दैन भने एक मात्र उपलब्ध बाटो मधेस अलग देश हो। सोंच त्यो हो।

मधेस आंदोलन १ भयो। मधेस आंदोलन २ भयो। मधेस आंदोलन ३ भयो। तर त्यो प्रत्येक पटक संघीयता का लागि भयो। समावेशिता का लागि भयो। मधेस अलग देश का लागि क्रांति भएकै छैन। सीके ले बदर वोट मागे। कति प्रतिशत पाए त? भने पछि खोइ त मैंडेट? मधेस अलग देश को एजेंडा भएको पार्टी दर्ता गर्ने प्रावधान नै छैन नेपालको संविधान मा। भने पछि क्रांति एक मात्र उपलब्ध बाटो हो। त्यो बाटो उपलब्ध छ त? मधेसी ले एक व्यक्ति एक मत पाइ सकेको छैन। तर झन्डै झन्डै एक व्यक्ति एक मत पाएको छ त। संविधान संसोधन बाट एक व्यक्ति एक मत नै पाउने संभावना निकै बढ़ी छ। अनि त क्रांति को संभावना नै रहँदैन। चुनाव हुन्छ, क्रांति हुँदैन।

नेपालमा लोकतंत्र छ। लोकतान्त्रिक राजनितिक धरातल बड़ो चलायमान हुन्छ। छिन छिन मा धरातल बदलिरहन्छ। राजनीति गर्ने ले त्यो बदलिँदो धरातल को हेक्का त राख्नै पर्छ। मेरो गोरुको बारहै टक्का भन्ने ठाउँ हुँदैन।

पहिलो कुरा त जनमत कै आउँछ। मधेसमा जनमत मधेस अलग देशको पक्षमा छैन। कमसेकम अहिले छैन। भविष्यमा निर्माण हुने संभावना पनि छैन। संविधान संसोधन भएर मधेसी ले एक व्यक्ति एक मत पायो कि सीके राउत को खेल खतम।

सीके राउत को मधेस अलग देशको नारा एउटा बंद घड़ी जस्तो हो। बंद घड़ी ले दिनमा दुई पटक सही समय दि राखेको हुन्छ। कि नेपालमा २०१७ साल फेरि आउनुपर्यो र मधेसी को अधिकार पुरा खोसिनुपर्यो। कि बर्लिन को पर्खाल भत्किए आकारको घटनाक्रम विश्व राजनीति मा आएर चीन र भारत सोवियत संघ जस्तै विघटन हुनुपर्यो। त्यो दुबैको संभावना मैले देखिराखेको छैन। राजनीतिक एकीकरण को फाइदा यही हो कि फ्रांस र जर्मनी दुबै राजनीतिक एकीकरण गर्न चाहन्छन। बिहार र बंगाल बीच जुन कि अहिले नै छ।

सीके राउत ले कोर्स करेक्शन गर्नु जरुरी छ। पार्टी दर्ता गराउनु पर्छ। चुनाव लड्नु पर्छ। प्रचंड ले साम्यवाद छोडेका छैनन। Backburner मा राखेका छन। त्यसै गरी सीके ले मधेस अलग देशको नारा लाई बैकबर्नर मा राख्न सक्नुपर्छ। संविधान संसोधन गरेर कुनै पनि प्रदेश सभा ले बहुमत का आधारमा अलग देश का लागि जनमत संग्रह गर्न पाउने कुरा लाई एजेंडा बनाउन पाइयो।

फोरम र राजपा का लागि मधेस अलग देशको नारा नजाने गाउँको बाटइ नसोध्नु जस्तो हो। किन होला? भुराजनीति। Geopolitics .  भारतले कुनै पनि हालतमा मधेस अलग देश हुन दिँदैन। र नेपालको राजनीति मा भारत भनेको सोलर सिस्टम मा सुर्य जस्तो हो। तर त्यही भारत मधेसी लाई समानता दिलाउन जेसुकै गर्न तैयार देखिन्छ।

लक्ष्य मधेसी ले समानता पाउने हो। लक्ष्य त मधेस अलग देश होइन। बरु मधेस अलग देश को नाराले लक्ष्य प्राप्ति बाट सीके लाई डाइवर्ट गरेको देखियो। सीके को राजनीतिक उर्जा खेर गैराखेको छ।

सीके ले चुनाव लड्नुपर्छ। त्यस किसिमको कोर्स करेक्शन गर्नु जरुरी छ।







नया नेपाल


ओली र उपेंद्र: संभावना

एमाले एकातिर र एमाले बाहेक का सबै अर्को तिर भएमा १० वर्ष एमाले सत्ता बाहिर बस्नुपर्ने हुन्छ। तर राजनीति मा सधैँ का लागि मित्र सधै का लागि शत्रु कोही पनि हुँदैन भन्ने गरिन्छ। हुन त नेपाली मीडिया मा समाचार कम हावा गफ बढ़ी हुन्छ। त्यसैले यस समाचार को तथ्य के हो भन्न गार्हो छ। तर यो बाटो एमाले ले सोच्नुपर्ने बाटो भने हो।






अगामी मंसिरमा हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तराईका २२ जिल्लालाई लक्षित गरी एमालेले फोरमसँग गठबन्धन बनाउन लागेको छ । ...... ओलीले उपेन्द्रसँग फोरमलाई ३० वटा सीट प्रत्यक्ष दिने बचन दिएका छन् । साथै फोरमलाई नै मुख्यमन्त्री पनि दिने ओलीको प्रस्ताव रहेको स्रोतले बतायो । दुबैको गठबन्धन भए २२ जिल्लामा बहुमत आउने र गठबन्धन सरकारमा उपेन्द्र यादवलाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव पनि एमालेले गरेको छ । ...... ओलीले गठबन्धन बने अहिलेको संशोधन विधयेक भन्दा पनि ठूलो संशोधन विधेयक अघि सार्ने आश्वासन पनि समेत उपेन्द्रलाई दिएका छन् । यहाँसम्मकी मधेस दुई प्रदेशसम्म पनि बनाउन सकिन्छ भन्ने गरेका छन् ।

ओली ले यति गर्न सके कम्तीमा ५ वर्ष प्रधान मंत्री सजिलै खान्छन। उही हो संविधान संसोधन अहिलेको अहिले हुनुपर्यो, चुनाव अगाडि नै। ओली र उपेंद्र ले यति गर्न सके अरु हेरेको हेरै हुनेछन।

एक मधेस दो प्रदेश हुनु जरुरी छैन। नवलपरासी र रुकुम दुइ टुकड़ा गरे जस्तै झापा मोरंग सुनसरी चितवन कैलाली कंचनपुर दुइ टुकड़ा गरे भै गो। मधेस र थरुहट मा बसदिन भन्ने हरु लाई किन जबरजस्ती राख्ने?