Thursday, March 17, 2016

फ़ासिस्ट सरकार, सुरेन्द्र मधेसी को रिहा करो!

मानव अधिकार का उल्लंघन करनेवाला फ़ासिस्ट सरकार ही होता है। वाक स्वतंत्रता, Right To Peaceful Assembly ----- इनका उल्लंघन लोकतंत्र में नहीं होता है। फ़ासिस्ट सरकार, सुरेन्द्र मधेसी को रिहा करो!

मधेश का उभरता सितारा, क्रान्तिकारी विचारक, वीर सपूत सुरेन्द्र मधेशी -----------------------------वे आज पुलिस के हिरासत...

Posted by Dr. CK Raut on Friday, February 26, 2016

Wednesday, March 16, 2016

Nepal News (16)

विरासत निर्माणको मौका
राजासँग मिलेर राणाशासन फाल्नु, कम्युनिष्टसँग मिलेर पञ्चायत ढाल्नु, माओवादीसँग मिलेर संवैधानिक राजतन्त्रबाट लोकतान्त्रिक संघीय गणतन्त्रतिर फड्को मार्नु आदि काम कांग्रेसकै नेतृत्वमा भएका हुन् ।.... राष्ट्रियता, संघीयता, जातीय पहिचान, समावेशी लोकतन्त्र, समावेशी अर्थतन्त्र, खुलाबजार, उदारवादी अर्थतन्त्र आदिबारे कांग्रेसको अस्पष्टता ..... नेपाली कांग्रेसका प्रथम सभापति मातृकाप्रसाद कोइराला कांग्रेस त्यागेर राजाको नेतृत्वमा परामर्शदातृ सरकारको प्रमुखमात्र बनेन, पछि पञ्चायत र निरङ्कुश राजतन्त्रकै हिमायती बने । ..... कांग्रेसभित्र अहिले पनि धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रको यथार्थलाई सहजै स्वीकार्न नसकिरहेको एक अवस्था विद्यमान छ । ..... गिरिजाप्रसादले नै सभापतिको पदको विरासत थम्याइदिएका सुशील कोइरालाले ‘यो गिरिजादाजुको धृतराष्ट्रमुखी योजनाले सारा पार्टी डुबाउनेभयो’ भनेको ...... यसपटक सुशील कोइराला उठेकै भए पनि पार्टीका धेरै कार्यकर्ता विकल्पको खोजीमा लाग्ने देखिन्थे । ...... भारतको नाकाबन्दी, अभाव र कालाबजारीका बाबजुद उर्लिएको राष्ट्रवादी भावना र राष्ट्रियताको जग ..... देउवा सैद्धान्तिक व्याख्याता वा नीतिका मार्गदर्शक भनेर चिनिँदैनन् । नीतिगत र सैद्धान्तिक बहस गरेर जनमत बटुल्ने देउवाको सबल पक्ष होइन । ..... जनतामा सत्ताका लागि जे पनि गर्नसक्ने भन्ने उनको नकारात्मक छविले सुशासनको प्रत्याभूति र भ्रष्टाचार निवारणको प्रतिबद्धतालाई चुनौती दिनेछ । हिजो सत्तामा जान वा सरकार बचाउन दरबार, भारत आदि शक्तिको सहानुभूति लिने काम गिरिजाप्रसाद, माधव नेपाल, शेरबहादुर देउवा सबैले गरेका थिए । ..... देउवालाई भारतीय राजदूतलाई दूतावास वा होटलामा भेट्नपर्ने समस्या छैन । ..... चाहे विदेशी राजदूतहरूलाई आफ्नै निवासमा बोलाउने हैसियत राख्छन् । ......

अखण्ड सुदूर पश्चिममा अडिग देउवा अहिले सीमा मिलाएर मधेस समस्याको हल खोज्नुपर्छ भन्नेमा छन् ।

दिल्लीमा उपनिवेश बहस
महन्थ बोले, ‘सीमांकन, नागरिकता लगायतका सवालमा कहीं कोही जवाफी बनिरहेको छैन । प्रधानमन्त्री केपी शर्मा ओली अहिले पनि उस्तै ‘रिजिड’ छन् । समस्या समाधानभन्दा सत्ता र कुर्सीको ध्याउन्न सबैमा देखिन्छ ।’ ......

सहमति र प्रतिबद्धता अनुसार मधेस समस्या सम्बोधनमा तदारुकता देखाउन आग्रहसहितको ज्ञापन लिएर अघिल्लो सातामात्रै प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेट गरेका नेता ठाकुर त्यो भेटघाटपछि अझ ‘निराश’ बनेका रहेछन् ।

....... नभन्दै सीमांकन निर्धारण मामलामा एकतर्फी राजनीतिक कार्यदल बनाएर गत फेब्रुवरी १९ मा दिल्ली उत्रिएका प्रधानमन्त्री ओलीको त्यो कार्यदलकै हैसियतमाथि प्रश्नचिन्ह उब्जिसकेको छ । कुनै कार्यादेश र कार्यावधि तोक्न नभ्याएकै अवस्थाको कार्यदलमा गणतन्त्र विरोधी कित्ताका परराष्ट्र मन्त्री कमल थापा सर्वेसर्वा संयोजक पात्र छन् । ......

‘समस्या समाधान नहोस्, बहस र परामर्श अघि बढ्नै नसकोस् भनेरै यसो गरिएको हो’

...... ‘हामी मधेसमा छौं, तर मधेस काठमाडौंका शासकको उपनिवेशजस्तै छ,’ ठाकुरको बोली चर्को बन्दै गैरहेको थियो, ‘म मेरै भूमिमा आप्रवासी बनेको छु, हामी मधेसी आफ्नै भूमिमा ‘अन्वान्टेड’ बनेका छौं ।’ ...... गोवा राज्यकी गभर्नरदेखि भारत सरकारका केन्द्रीय मन्त्रीसम्मको उपस्थितिमा हिन्दी लवजमा नेता ठाकुरले दिल्ली र काठमाडौं दुबैतर्फ संकेत गरेर चर्को स्वरमा आवाज उठाए—

द्रौपदीको चिरहरण हुँदा भगवान कृष्णले बचाएको कथा हामी पढ्छौं । तर हामी मधेसी नागरिकको राज्य संयन्त्रले संगठित रूपमा चिरहरण गरिरहँदा पनि बचाउन कोही आएको छैन, हाम्रालागि कृष्ण बनेर कोही आएको छैन ।

...... ‘के हाम्रो पहिचान भनेको खाली बोतल हो ? अथवा पुराना कागज, शिरमा गम्छा वा मधेसी भैयामात्रै हो ?’ ........ ‘महोदय राजदूत पनि मधेस सीमावर्ती क्षेत्रकै प्रतिनिधि हुनुहुन्छ । तर मधेस र मधेसीले बेहोरेको कठिनाइमा उहाँ बोल्न चाहनुहुन्न, किनभने उहाँ सरकारको मान्छे हो’ ...... नेता कोसियारीको मन्तव्य निकै अर्थपूर्ण थियो— ‘उपेन्द्र यादवजी मेरो घरमा आइरहनुहुन्थ्यो । ..... मैले उहाँलाई त्यसबेलै मधेसमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको लमतन्ने एउटा प्रदेश लिएर के गर्नुहुन्छ ? बरु दुई प्रदेशमा जानुस् भनेपछि उहाँहरू नयाँ समझदारीमा पुग्नुभएको थियो ।
ठाकुर र यादव दिल्लीवाट आज फर्कदै ।
मंगलवार ठाकुर र यादवको भारतीय विदेशमन्त्री सुष्मा स्वराजसंगको बैठक तय भए पछि यीनीहरु आफनो पुर्व फर्कन कार्यक्रम रद्ध गरेका थिए ..... मोर्चाका नेताहरु दिल्ली स्थित नेपाली राजदुतले आयोजिना गरेको डिनर मिटिंगमा समेत सहभागी भएका थिए, जाहा भारतीय कुटनितीज्ञहरुको समेत उपस्थित थियो । .....

भारतीय पक्षले सिमाकंनको मुद्धा ठोस रुपमा सम्बोधन नहुन्जेल सम्म मधेश आन्दोलन प्रति भारतीय सदभाव कायमै रहने बताएका थिए ।

.... हिजो मंगलवार नै काठमाडौ समेत भारतीय विदेशसचिव एस जय शंकरले मोर्चाको नेताहरुको संगको भेटमा समेत मोर्चा भन्दै आएको पुन आन्दोलनको वारेमा गहिरो चासो राखेका थिए । ..... ठाकुर र यादव सम्बद्ध स्रोतका अनुसार यी दुई शिर्ष मोर्चाका नेताहरुले आफुहरु सिमाकंनको सवालमा २ प्रदेश भन्दा तल कुनै पनि हालतमा नझर्ने बताउदै जारी आन्दोलन प्रति भारतीय पक्षले देखाउदै आएको सदभाव कायम राख्न आग्रह गरेका थिए । नेपालको हरेक अधिकारको आन्दोलनमा भारतीय सहित अन्य विदेशी शिक्तहरुको सदभाव देखिएकै हा्े, दिल्ली मै रहेका एक मधेशी नेता भन्छन, त्यही भएर नेपालको मधेशी समुदायहरुले गरीरहेको आफनो अधिकारको आन्दोलनमा समेत त्यो बनाउन भुमिका खेल्नु कुनै नौला कुरा होइन ।
देउवाले भने, ‘राष्ट्रिय सरकार आवश्यक छैन’
उनले संसद्मा रहेका सबै दल सरकारमा जाने हो भने तानाशाही हुने भन्दै बलियो प्रतिपक्षको आवश्यकता पर्ने बताए ।
कांग्रेसमा पराजितलाई केन्द्रीय सदस्यमा मनोनयन तयारी
सभापतिमा पराजित दुई, महामन्त्रीमा पराजित दुई र कोषाध्यक्षमा पराजित दुईका साथै बिरामी परेर उपचाररत नरहरि आचार्यलाई केन्द्रीय सदस्य मनोनयन गर्ने भएका छन् ।
मोर्चाका नेतालाई भारतीय विदेश सचिवले भने, ‘अब राज्यविरुद्द लड’
‘मैले बुझेसम्म तपाईंहरुको लडाइँ काठमाडौंका जनताविरुद्ध होइन, राज्यसँग हो’ .... उनले मधेस आन्दोलनमा भएका कमजोरी अबका दिनमा नदोहोर्याउन पनि मोर्चाका नेतालाई भनेका थिए ।

Tuesday, March 15, 2016

Nepal News (15)

मधेशी मोर्चाले चिनिया राजदुतलाई ध्यानाकर्षण गराउने ।
मोर्चामा आबद्ध ७ दल सहित अन्य जनजाती पार्टीहरुको संघिय गठवन्धनले आज आउदो ६ गते काठमाडौमा जनप्रर्दशन गर्ने निर्णय समेत गरेको छ । मंगलवार फोरम नेपालको कार्यलयमा बसेको संघिय गठवन्धनको बैठकले मोर्चाको घोषणा अनुसार आउदो चैत अन्तिम देखि संयुक्त जनआन्दोलन कडा रुपमा गर्ने निर्णय समेत गरेको छ । .... भारतीय विदेश सचिव जय शंकरले भने मधेश भारतको सिमना संग जोडिएको र सिमा खुल्ला भएकाले भारतको चासो त्यसग जोडेर राखेका थिए । ..... जयशंकरले मोर्चाले भन्दै आएको पुन आन्दोलनको वारेमा समेत गम्भिरता पुर्वक चासो राखेका थिए । त्यसको साथै जयशंकरले आफु आजै प्रधानमन्त्री ओली र काग्रेस सभापति शेर बहादुर देउवा संग भेटन लागेको भन्दै मधेश आन्दोलनको सामाधान वारे कुरा गर्ने बताएका थिए ।
अब प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र
सरकारले संघीयताको नयाँ सीमांकनअनुसार विभाजन गरिएका सातै प्रदेशमा एक–एक ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने भएको छ । यसको नीतिगत निर्णयका लागि उद्योग मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाइसकेको छ । .... प्रस्तावमा सबै प्रदेशमा एक हजार बिघा क्षेत्रफलभन्दा बढी जमिनको पहिचानसमेत गरी प्रक्रिया अघि बढाउन स्वीकृति मागिएको छ । मन्त्रिपरिषद्ले प्रस्ताव स्वीकृत गरेमा सातै प्रदेशमा नयाँ औद्योगिक क्षेत्र थपिनेछन् ।
भारतीय विदेश सचिवले मोर्चालाई सोधे, ‘अब कस्तो आन्दोलन गर्नुहुन्छ ?’
नेपालको क्याविनेटमा पटक पटक मन्त्री भइसकेका मधेशका चारजना पूर्व मन्त्रीहरु भारतीय विदेश मन्त्रालयका सचिव जयशंकरलाई द्वारिका होटलमा गएर भेटका छन् । ..... त्यसरी एकजना सचिवस्तरका व्यक्तिलाई विहानै विहानै भेट्नेहरु मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष एवं पूर्व सुचना तथा सञ्चार मन्त्री राजकिशोर यादव, नेपाल सद्भावनाा पार्टीका अध्यक्ष एवं पूर्व उद्योग मन्त्री अनिल झा, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष एवं पूर्व उद्योग मन्त्री महेन्द्र राय यादव तथा तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष एवं प्रवक्ता एवं पूर्व शिक्षा मन्त्री सर्वेन्द्र नाथ शुक्ला हुन् । ........ यी मधेशका पूर्व मन्त्रीहरुलाई बोलाएर होटलमा भेटिसकेपछि अन्य नेता तथा मन्त्री, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरुलाई पनि जयशंकरले भेटेका छन् । तर होटलमा बोलाएर होइन, उनीहरुकै निवासमा गएर वा उनीहरुले बोलाएको ठाउँमा गएर जयशंकरले भेटेका हुन् । तर मधेशवादी दलबाट पटक पटक क्याविनेट मन्त्री भइसकेका नेताहरुले आफ्नो प्रोटोकल बिर्सेर एक मन्त्रालयका सचिव कहाँ लम्पसार पर्नुले नेपालको जगहसाई भएको टिप्पणी भइरहेको छ । ..... हुन त केही समय पहिले पूर्व परराष्ट्र मन्त्री उपेन्द्र यादव र पूर्व स्वास्थ्य मन्त्री राजेन्द्र महतो र पूर्व उद्योग मन्त्री महेन्द्र राय यादव विहारका पूर्व मुख्य मन्त्री लालु यादवसँग उनकै निवासमा भेट्दा पनि आलोचना भएको थियो । ...... भारतीय विदेश मन्त्री प्रणव मुखर्जीको उदाहरण दिँदै उनले यसअघि प्रधानमन्त्री स्वयं विदेश मन्त्रीलाई भेट्न जाँदा कुनै ठूलो विषय नबन्ने तर सँधै मधेसी नेताहरुका बारेमा मात्र प्रश्न उठाइनेमा आपत्ति प्रकट गरे । ......

भारतीय विदेश सचिव जयशंकरले बिना संघर्ष सरकारले केही दिने पक्षमा नरहेको भन्दै मधेशवादी दललाई आन्दोलनमा जान सुझाव दिएका छन्

...... भेटघाटमा उनले आफूहरुले मधेशीको माग पूरा गराउन धेरै प्रयास गरेको तर सरकारले कुनै सुनुवाई नगरेकाले मोर्चासँग संघर्षको विकल्प नरहेको कुरा राखेका थिए । ...... उनले संघर्षका लागि सबै मधेशवादी दल एक हुनुपर्ने कुरामा पनि जोड दिएका थिए । एक्ला एक्लै संघर्ष गरेर यो सरकारले सुन्नेबाला छैन त्यसैले शान्तिपूर्ण आन्दोलन गर्न सुझाव दिएको बैठकमा सहभागि एक नेताले बताए । आफूहरु शुरुदेखि नै मधेशीको माग पूरा होस् भन्ने पक्षमा रहेको र आउने दिनमा सहयोग रहने कुरा उनले राखेको बताइन्छ । ...... ‘६ महिनादेखि आन्दोलन गर्नुभयो तैपनि तपाईहरुको माग पूरा भएन अब कस्तो खालको आन्दोलन गर्नुहुन्छ भनि उहाँले जिज्ञासा राख्नु भएको थियो, जवाफमा हामीले

पहिला मधेशमा मात्र आन्दोलन भएको थियो अब देशैभरि आन्दोलन हुन्छ

भनि जवाफ दिएका थियौं,’ प्रवक्ता झाले भने । ...... मधेशी मोर्चाको मागको सम्बन्धमा सरकार गम्भीर हुन्छ भनेर आन्दोलनको स्वरुप पनि परिवर्तन गरेको तर हालसम्म सरकारले कुनै सुनुवाई नगरेको जिकिर गरेका थिए । ‘बरु मधेशमा उल्टै आन्दोलनकारीलाई धडपकड गर्नुको साथै मुद्दा लगाउने काम गरिरहेका छन्, आन्दोलन खुकुलो छ त्यस समयको सदुपयोग गरोस् भनि हामीहरुले ज्ञापनपत्र पनि बुझायौं । अब चैत्र मसान्तसम्ममा मधेशको माग पूरा गरेन भने आन्दोलनमा जान्छौं
यो सरकार ढल्छ, शेरबहादुरको नेतृत्वमा नयाँ सरकार : खाँड
‘ यो सरकारमा काग्रेस कुनै पनि हालतमा जाँदैन ।’ ..... संविधान मान्ने, राजतन्त्र ब्यूताउने, संघीयता नस्विकार्ने दलहरुको अप्राकृतिक गठबन्धनले बनेको सरकारमा मेल खाँदैन । ...

बजार जाँदा सरकार छ कि छैन भन्ने स्थिति रहेको, विकास ढप्प भएको, संबैधानिक समस्या समाधान गर्न नसकेको

...... महेन्द्र राय यादवले मधेसको समस्या समाधान नगरी प्रधानमन्त्रीले गर्ने विदेश भ्रमण जनताको हितमा नहुने भन्दै

चीनले प्रधानमन्त्रीको यो भ्रमणलाई महत्व नदिएको

दावी गरे । ...... अहिलेको सरकार असफल भएको र प्रतिपक्ष पनि त्यस्तै भएको भन्दै माग पुरा नभएसम्म जसको नेतृत्वमा सरकार बने पनि आफुहरुकोलागि कागलाई बेल पाक्यो हर्ष न विष्मात जस्तै भएको बताए । ..... आफूहरुको माग पुरा नभए

होली पछि कडा आन्दोलन सुरु गर्ने र त्यो हिमाल, पहाड र तराईमा एकै पटक हुने

दावी गरे ।
दिल्ली पुगेर महन्थले भने, ‘नेपालभित्र दुईवटा नेपाल छ’
कार्यक्रममा पूर्व मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिल बहादुर थापा पनि उपस्थित थिए । उनले नेपालमा हुने परिघटनाबाट छिमेकी भारत अछुतो रहन नसक्ने धारणा राखे । ‘मधेसको माग पूरा नगरी नेपालको संविधान अपुरो रहनेछ,’ थापाले भने । ..... कार्यक्रममा भारतीय नेताहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । भारतीय युनियन मन्त्री सन्तोष गाँवरले नेपाल र भारतको सम्बन्ध अटुट रहेको बताउँदै दुई देशबीचको मित्रतामा देखिएको ‘तुवालो’ हटाउनुपर्ने जिकिर गरे । ..... जेडियुका नेता शरद यादवले नेपाल–भारत सम्बन्ध यथवात रहेको रहेको बताउँदै जातिय व्यवस्थाविरुद्ध लड्न आग्रह गरे । ..... राजदूत उपाध्यायले मधेसलाई ‘वास्तविक नेपाल’ भएको बताउँदै दुई देशबीचको संस्कृति र सम्भयताको मिलनबिन्दु रहेको बताए ।
काँग्रेस सभापतिका नालीबेली: टंकप्रसाद आचार्यदेखि शेरबहादुर देउवासम्म
खुमबहादुर खड्का ‘किङ मेकर’
उनी खुलातर्फको केन्द्रीय सदस्यमा शेखर कोइरालाभन्दा २ मत ल्याएर दोस्रो मात्र बनेनन् आफू निकटका ५ जनालाई केन्द्रीय सदस्यमा जिताउन पनि सफल भएका छन् । ....यसले पनि अवको केन्द्रीय समितिको हरेक निर्णयमा खड्का हावी हुने देखिन्छ ।सदस्यमा विजयी भएका शंकर भण्डारी, पुष्पा भुसाल, अजय चौरसिया, मोहन बस्नेत र देबेन्द्रराज कँडेल खड्कानिकट केन्द्रीय सदस्य हुन् । ..... देउवालाई पार्टी सभापति बनाउन पनि खड्काले ठूलै भूमिका निर्वाह गरे । बिरामीका बबजुद उनले सभापतिको दोस्रो चरणको निर्वाचनमा फिल्डमै उत्रिएर मत मागेका थिए ।